जनआन्दोलन भाग दुई: आठौं दिन
२०६२ चैत ३१, बिहीबार

कानुन व्यवसायीले आज बिहान निकालेको विरोध र्यालीमा प्रहरीले कालो कोट लाउने सबैलाई निर्घात कुटेको थियो। फोटोः सागर श्रेष्ठ
[अडियो रिपोर्टः बारको कार्यक्रममा भएको गोली प्रहार र प्रहरी हस्तक्षेपको बारेमा बारका केन्द्रीय सदस्य केदार कार्की जानकारी दिँदै हुनुहुन्छ यो अडियो ब्लगमा। सुन्नका लागि यहाँ क्लिक गर्नुस् अथवा डाउनलोड गरी सुन्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्]
अपडेट (राति 910) नकचरो सरकारले आफ्नो सञ्चारमाध्यमबाट दिएको समाचार सुनेर लाजले शीर निहुरियो। कानुन व्यवसायीको कार्यक्रममा वकीलहरुले सुरक्षाकर्मीको बन्दूक खोस्दा बन्दूक खसेर बन्दूकबाट गोली निस्केको तर गोली कसैलाई लागेन रे- अघि नेपाल टेलिभिजनको समाचारमा भनिँदै थियो। टाउको र आँखामा गोली लागेको चाहिँ कसरी नि ? जवाफ छैन ? नेपाल एफएमबाट अघि बिहान घटना भइसकेपछि एक प्रत्यक्षदर्शी पत्रकारसित गरिएको कुराकानी सुन्न यहाँ क्लिक गर्नुस् वा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
अपडेट (साँझ 650) राजधानीमा रातिको कर्फ्यु हटाइएको छ। चैत २३ गतेदेखि राजधानीमा रातको कर्फ्यु लाग्दै आएको थियो। उता, दोलखामा अश्रुग्यास प्रहार गरेपछि भागेका आन्दोलनकारीहरुलाई चारैतिरबाट छेकेर सुरक्षाकर्मीहरुले लाठी बर्साउँदा ३६ जना घाइते भएका छन्। अहिले चरिकोटका मेडिकल घाइतेले भरिएका छन्। यस्तै सुनसरीको इटहरीमा कार्यक्रम सकेर फर्किरहेकाहरुमाथि सादा पोशाकका सुरक्षाकर्मीले हवाई फायर गरेका छन्। यसपछि भएको भागदौडमा ५ जना सख्त घाइते भएका छन्। बाँकी अपडेटहरु भित्र
अपडेट (दिउँसो 420) नेपाल टेलिकम र अन्य निजी कम्पनीले बन्द गरेको मोबाइल सेवा काठमाडौंमा अहिले केही बेर अगाडिदेखि खुलेको छ। उता, सरकारले केबुल अपरेटरहरुलाई कान्तिपुर टेलिभिजन सञ्चालन नगर्न दबाब दिएको बुझिएको छ। केटिभीले निरन्तर आन्दोलनका समाचार प्रसारण गर्दै आएको थियो।
अपडेट (दिउँसो ३) अस्ति सुरक्षाकर्मीहरुले बर्बर दमन गरेको ठाउँ गोंगबुमा अहिले विशाल सभाको तयारी भइरहेको छ। हजारौंले त्यहाँ सहभागिता जनाउँदैछन्। सुरक्षाकर्मीहरुको पनि उपस्थिति त्यहाँ व्यापक छ। गोंगबुमा एउटा गाडी बिहानै जलाइएको थियो। त्यहाँको सभामा काँग्रेसका रामशरण महत, एमालेका शंकर पोखरेल लगायतका सात दलका केन्द्रीय नेताले सम्बोधन गर्दैछन्। गोंगबु कारबाहीमा १५ जनालाई बेपत्ता पारिएको भन्दै नेपाली काँग्रेसले छानबिनको माग गरेको छ। उता, महेन्द्ररत्न क्याम्पसका विद्यार्थीले परोपकारबाट काष्ठमण्डपसम्म अर्धनग्न जुलुस निकालेका छन्। नयाँ बानेश्वरमा १२ लोक गायक गिरफ्तार भएका छन्। भक्तपुरको बाराही चोकलाई गणतन्त्र चोक नाम राखिएको छ। ललितपुरमा वडा नं २२ को कार्यालय पनि जलाइएको छ।
अपडेट (दिउँसो २:२५) आन्दोलनमा घाइतेहरुको उपचारमा संलग्न एक जर्मन डाक्टरको भिसा आज सरकारले रद्द गरेको छ। यससम्बन्धमा जर्मन दूतावासमा सम्पर्क गर्दा राजदूतले घटना एकदमै दुर्भाग्यपूर्ण भएको तर हामीले यो समस्यालाई सल्टाइसकेकोले प्रेससँग बोल्ने केही कुरा बाँकी नरहेको बताउनु भयो। हामी ती डाक्टर एन्जेलको प्रतिक्रिया लिन खोज्दैछौं।
अपडेट (मध्यान्ह १२:२०) कानुन व्यवसायीको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले गरेको बर्बरतापूर्ण हस्तक्षेपको विरोधमा बारले कडा कार्यक्रम ल्याउने भएको छ। यसका लागि बारको केन्द्रीय समितिको आकस्मिक बैठक अहिले बसिरहेको छ। आज गोली प्रहारबाट घाइते हुनेमध्ये रामचन्द्र सिम्खडाको अवस्था गम्भीर भएको बुझिएको छ। उनको टाउकोमा गोली लागेको थियो। अरु एक जनाको पनि टाउकोमा गोली लागेको छ। अर्का कानुन व्यवसायी भरतमणि गौतमको आँखामा गोली लागेको छ। घाइते सबैको मोडल अस्पतालमा उपचार हुँदैछ। घटनामा एक दर्जनभन्दा बढी घाइते भएका थिए भने ५० जति पक्राउ परेका छन्।
अपडेट (बिहान १०) सरकारले आज दमनको अर्को नांगो रुप देखाएको छ। अहिले केही बेरअघि प्रहरी दमनको विरोध गर्दै नेपाल बारको प्राङ्गणबाट निकालेको शान्तिपूर्ण जुलुस बबरमहलमा पुग्दा हस्तक्षेप गरी गोली चलाएको छ। गोली र अश्रुग्यासबाट बार अध्यक्ष शम्भु थापा, सचिव इन्द्र लोहनी र अरु धेरै घाइते भएका छन्। घाइतेहरुलाई निर्घात् चुटेका थिए। त्यहाँ उपस्थित मानवअधिकारवादी, पत्रकार सबैलाई तिमीहरु माअोवादी हौ भन्दै हामीलाई गोली हान्ने आदेश छ भन्दै कुटेका थिए। बार अध्यक्ष शम्भु थापालाई अनुहारमा नै पर्ने गरी टियर ग्यास हानेको थियो। उहाँहरुलाई हाल गिरफ्तार गरिएको छ। आरआर क्याम्पस तनावग्रस्त छ। त्यहाँ एउटा गाडी जलाइएको छ। गोंगबुमा पनि सडकमा टायर बाली प्रदर्शन भइरहेको छ। आज २ बजे त्यहाँ सभा हुँदैछ। सात दलका केन्द्रीय नेताले त्यहाँ सम्बोधन गर्दैछन्।
No related posts.









Who is this new muso Suvash? Kamal thapa ko manchhe paryo ki kayaho. Padna man chhina bhane mero sansar kina open garnu. Suvash you better to know this site is not for those people like you. Kamal thapa sagai fasi ma chadne bichar chha kayaho loktantra aaya pachhi. hami ta ram ram bhanne ho baki timro jimma.
मन परे हरियो, नपरे रातो
0
0
kshitij
******who along with his bureocrats is trying desperate efforts to depress the mass movement. The ministers specially that “THAPA” and “RANA” should be crucified and gyane should be ***** I salute all the martyers and the injured. I am here in US but I am coming back home *****.
मन परे हरियो, नपरे रातो
0
0
nepali harule aaba aantim aandalon gardai chan . nepal le aaba autocrat rule sahana sakdaina tesaile biswa ka aaru des ko dajo ma pugna nepal ma ganatantra chahincha ra aaile ko aandalon bhaneko tesaiko lagi hunu parcha . rajniti dal ka neta haru aaba pheri raja le dekhayeko lov ma gaye bhane nepali le tini harulai kahile maph garnechainan yo kura netaharule bughnu parcha.
मन परे हरियो, नपरे रातो
0
0
ani sacho samachar ji,
tapai lai chahiyeko chai ke ni. ktm ma manchey haru chai daraundai hinnu. jyan dhanmal ko dar bhai rakhos ki ke ho ktm ma. tapai sayad bidesh ma hunuhuncha ra tapai lai dar nahola tara ktm ma chai shanti nahos bhanney chahanu huncha ki ke ho.
yesai ta ktm bahira jata tatai dar ra tras ko mahoul cha..nepal ma ali surakchit bhaneko ktm cha, tya pani shanti nahos bhanney tapai ko bichar ley ta achhammai paryo.
birodh shanta bhayera chai garna sakinna ra. birodh bhandai ma kosialey gadi chadnu napaunu, kaam ma jana napaunu ki bhat nai khanu napaunu parney ho.
मन परे हरियो, नपरे रातो
0
0
साँचो समचार
आन्दोलन फेरी शिथिल हुन थाली सकेको छ। यसको लक्षण हामीले काठमाडौ बाटै देख्न सक्छौ। आज सबै सवारी साधन सुचारु भैसके, सबै अफिस हरु खुला थिए, क्रीतिपुरमा, गोङ्गबु मा पनी तेती राम्रो सहभागीता थिएन। भोलि शुक्रबार बाट त सबै सवारी साधन सधा झै सुचारु हुने प्रबल सम्भाबना छ। यो पटक पनि सरकार आन्दोलन दबाउन सफल भएको छ। अब काठमाडै मै सवारी साधन चल्न थाले पछि मान्छे त काम मा ब्यस्त भै हाल्छन् अनि जब काठमाडौ मा नै आन्दोलन सिथिल भयो भने त देशका बाकि भाग मा कैले सम्म आन्दोलन चल्न सक्लार? सरकार ले तेसै पनि आन्दोलन सिथिल पार्न का लागि मान्छे हरुलाइ सुरुमै गोली ठोक्न थाली सकेको छ।
मन परे हरियो, नपरे रातो
0
0
kei pani hoina tyo sab parajiit manasikta ko upaj ho sathi haru………….
मन परे हरियो, नपरे रातो
0
0
We r not so far from Loktantra………………….
मन परे हरियो, नपरे रातो
0
0
अब त अतिनै भयो । । ।प्रहरी र सेना को दमन यस्तै रहने हो भने अब जनता ले पनि लाठी, भाल, खुकुरी, उठाउँन बाध्य हुने छन् यो कुरा *** बुझनु पर्ने हो ।
मन परे हरियो, नपरे रातो
0
0
Suvash jee,
तपाईंको लेखाईको आशय के हो? अलि प्रष्टसँग भन्नुहोस् । के तपाईंको जानकारी भएसम्म यहाँ लेखिएका कुरहरु नमिल्दो छ? यदि त्यसो हो भने त्यो पनि प्रष्ट पारौं ।
रह्यो कुरो निष्पक्षताको – त्यो त हरेक ब्यक्तिलाई आफ्नो बैचारिक स्वतन्त्रता उपभोग गर्न पाउने अधिकार छ नि, हैन र? त्यसैका लागि त हामी लडिरहेका छौं नि । अनि blog भनेको त पत्रकारिता सँग-सँगै आफ्नो बिचार राख्ने माध्यम हो जस्तो लाग्छ मलाई त । उमेशजी प्रजातन्त्र, लोकतन्त्र अनि स्वतन्त्रताका पक्षपाती हुनुहुन्छ – त्यो थाहा भएकै कुरा हो, अनि अति नै सह्राहनिय कुरा पनि ।
मन परे हरियो, नपरे रातो
0
0
होईन,,यो प्रजातन्त्र,गन्तन्त्र आए भने त यि पुलिस,आर्मी सबै लाई नै राम्रो हुने होईन र???
***********
तेसैले सबै नेपाली हरु म मेरो बिन्ती छ,,यो आन्दोलन लाई जसरि पनि सफल पारौ अनि ज्ञाने लाई देश निलाल गराउन अनि
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji
kina breaking news update garna dila gareko ho.
hatar 6 hamilai nepalko barema naya naya khabar kunna.
pls update chito chito garnu na la.
bye
dubai bata
मन परे हरियो, नपरे रातो
0
0
loktantra jindabad
मन परे हरियो, नपरे रातो
0
0
pjjjjjjarjatantra jindabad
मन परे हरियो, नपरे रातो
0
0
parjatantra jindabad
मन परे हरियो, नपरे रातो
0
0
Umesh Jee
Patrakarita pesha lai “Maghi Khane Bhado” Nabanaush, Patrakarita garna nai man 6 bhane ali Nishpakchhya bhaye ra garda ramro huncha, 2 carod nepali janata ko aakha ma charo halera ke nai paunu huncha tapai le, think you self. ani samachar sampreshan garda ture & Fact lai prathamikta dida ramro huncha. Cag le can lago bhandai ma Can nai nachami
मन परे हरियो, नपरे रातो
0
0
naya barsha ko upalakshya ma sabai lai suvakamana..
aasha garaou aba aune 2063 saal le desh ma saanti tara purna loktantra layula ani long lasting peace chaula..
mann le chitayeko kura pugos falos fulos…
nirankus sashan ko antya hos…
मन परे हरियो, नपरे रातो
0
0
अनिल पौड्याल
हामिले सुँगुर नपाल्दा के हुन्छ ?
खोरमा सहिसलामत राखेर
चारो भर्नु पर्ने/खुवाउनु पर्ने
खोर भत्काएर उसैले
उल्टै हामीलाई रुउनु पर्ने
वाँदरको पुच्छर लौरो न हतियार
स्वदेशको पिलो विदेशको मतियार
बरु टुकुचामा
खोर सहितै फाल्दा के हुन्छ ?
हामीले सुँगुर नपाल्दा के हुन्छ ?
कहिले चारो खान्न भनेर
कहिले खोरभित्र जान्न भनेर
उसले उल्टै घुर्क्याउँनु पर्ने
तिमी बराहको अवतार हौ
जाऊ/कटखाउ र सुत भन्दै
हामीले साँझविहान फुर्क्याउनु पर्ने
जसको मुल्य छैन
उसैलाई पाल्नु पर्ने
उल्टै निरीह बनेर
आफ्नै मन पगाल्नु पर्ने
सडक ढाकेर बनाएको
त्यसको खोर फाल्दा के हुन्छ
हामीले सुँगुर नपाल्दा के हुन्छ ?
मन परे हरियो, नपरे रातो
0
0
More and more revolution to be continue…….
मन परे हरियो, नपरे रातो
0
0
सरकारले जर्मन डाक्टरको भीसा रद्द गरी अन्तराष्टीय जगतमा आफु कमजोर भएको पुष्टी गर्दछ,यो कालो सरकारको अती नै लज्जास्पद कुरा हो
देश लोकतन्त्र र गणतन्त्रको नजीक आईफुगेको छ लोकतन्त्र जीन्दाबाद,
गणतन्त्रजीन्दाबाद
हत्यारो सरकार मुर्दाबाद
मन परे हरियो, नपरे रातो
0
0
गाउं गाउंबाट उठ, वस्ती- वस्तीवाट उठ
यो देशको मुहार, फेर्नलाई उठ…
गाउं गाउंबाट उठ, वस्ती- वस्तीवाट उठ
यो देशको मुहार, फेर्नलाई उठ…
हातमा कलम हुनेहरु, कलम लिएर उठ्
हातमा बाजा हुनेहरु, बाजा लिएर उठ्
गाउं गाउंबाट उठ, वस्ती- वस्तीवाट उठ
यो देशको मुहार, फेर्नलाई उठ…
हातमा शीप हुनेहरु, शीप लिएर उठ्
हातमा केही नहुनेहरु, आवाज लिएर उठ्
बिदेशमा बस्नेहरु, आन्दोलनलाई सहयोग गर
गाउं गाउंबाट उठ, वस्ती- वस्तीवाट उठ
यो देशको मुहार, फेर्नलाई उठ…
मन परे हरियो, नपरे रातो
0
0