२०६३ वैशाख २, शनिबार

सेनाको ट्याङ्कअगाडिबाट हिँडिरहेका द्वन्द्व पत्रकार भोजराज भाट। फोटो साभारः एपी/विनोद जोशी
द्वन्द्व पत्रकारिताका विषयमा कलम चलाउने भोजराज भाट स्थलगत रिपोर्टिङमा निकै चाख राख्छन्। नेपालका ७० भन्दा बढी जिल्ला घुमिसकेको दावी गर्ने भोजराज गएको महिना त्यस्तै रिपोर्टिङका क्रममा सिन्धुपाल्चोकको ठोकर्पामा पुग्दा अकस्मात् भएको हवाई आक्रमणमा परे। त्यतिबेला उनले भोगेको डरलाग्दो अनुभवलाई मैले भिडियो ब्लगमा प्रस्तुत गर्ने जमर्को गरेको थिएँ। पहिलो भाग १० मिनेटको अपलोड यहाँ गरिसकेको थिएँ। तर दोस्रो भाग १० मिनेटभन्दा लामो भएपछि अर्कै ठाउँमा होस्ट गर्नुपर्ने भयो। गुगललाई रोज्दा उसले तुरुन्तै भिडियो सार्वजनिक गरिदिएन। यसैबीचमा देशमा राजनीतिक हलचलले अर्कै मोड लियो। त्यसैले यो दोस्रो भाग यत्तिकै रहन पुग्यो। आज अलिकति फुर्सद भएको मौका छोपेर यो भिडियो ब्लग सार्वजनिक गर्न लागेको हुँ। भिडियो हेर्न भित्र आउनुहोला।
भोजराज स्पेसटाइममा काम गर्दाका सहकर्मी थिए। त्यहाँबाट उनी नेपाल साप्ताहिकमा गएका थिए। हाल उनको पत्रकारिता नेपाल साप्ताहिकबाट नै अगाडि बढिरहेको छ।
स्पेसटाइमको कुरा गर्दा त्यो एउटा कुरा अझै याद आउँछ मलाई भोजराजको। त्यतिबेला ६ महिना नाघिसकेको थियो हामीलाई स्पेसटाइमले तलब नखुवाएको। अति भएपछि हामी हडताल गर्न तम्सेका थियौं। रिपोर्टिङदेखि लिएर डेस्क र कम्प्युटरकाहरु सम्म काम नगरी बसेका थियौं। नाममात्रका सम्पादक योगेश उपाध्याय हामी हडताल गर्नेहरुलाई सम्झाउन आएका थिए। त्यतिबेला हडताल गर्ने साथीहरुले मान्दै मानेका थिएनन्। उनीहरुले यति कारुणिक र यति मर्मस्पर्शी कुरा सुनाएर त्यहाँ आक्रोश पोखेका थिए कि…। त्यसैबेला भोजराजले रुञ्चे स्वरमा आफ्नो फाटेको जुत्ता देखाउँदै भनेका थिए- मेरो जुत्ता फाटिसक्यो। फाटेको जुत्ता लगाएर हिँडनु परेको छ…हामी कसरी काम गरिरहेका छौं भनेर सोच्नुभएको छ ?
त्यसको केही दिनपछि नै भोजराज लगायतका केही साथीहरुले स्पेसटाइमबाट स्वेच्छिक अवकास पाए तर हामी भने त्यहीँ रह्यौं। हाम्रो ३ महिनाको तलब अझै पनि अत्तोपत्तो छैन त्यहाँ- कसले दिने हो, कहिले दिने हो। इराक काण्डपछि पत्रिका बन्द भएकै पनि वर्षदिन नाघिसक्यो।
भोजराज त्यसपछि नेपाल साप्ताहिकतिर लागे। स्पेसटाइम हुँदैदेखि स्थलगत रिपोर्टिङमा हिँड्थे उनी। नेपालमा हुँदा पनि त्यो क्रम जारी रह्यो। सुदूर पश्चिममा जन्मिएका भोजराजलाई सानैदेखि त्यताको चरम गरिबी र असमानताका बारेमा ज्ञान थियो। त्यसैले द्वन्द्वको बारेमा उनलाई बढी चाख थियो। बिस्तारै उनले द्वन्द्व पत्रकारिता गरे। तर यस क्रममा उनले पाउनु दुःख पाए।
स्पेसटाइममा फाटेको जुत्ताको प्रसङग त एउटा उदाहरणमात्र हो। उनले यो भिडियो ब्लगको लागि भेट हुँदा भनेका थिए- सार्है दुःख भोगियो। स्थलगत रिपोर्टिङका लागि जाँदा अफिसले दिएको भन्दा मेरो आफ्नो व्यक्तिगत पैसा बढी खर्च हुन्छ। मानसिक र पारिवारिक कुरालाई छाडिदिउँ, जुत्ता, लुगा अौषधी र अन्य दुःखको हिसाब आफ्नै थाप्लोमा। द्वन्द्व पत्रकारहरुको सुरक्षाका लागि कुनै व्यवस्था छैन। तर हामी विश्वका अन्य पत्रकारहरु सरह द्वन्द्वको रिपोर्टिङ गर्न कुनै हालतमा कम छैनौं भनेर हामी द्वन्द्व पत्रकारहरुले देखाइदिएका छौं।
उनले भने- मेरा साथीहरु सहरमा आईटी बिट गर्छन्, सम्मान पाउँछन्, कदर पाउँछन्, ककटेलमा रम्छन्। तर म भने दुर्गम बस्तीहरुमा आफ्नो ज्यानको बाजी राखेर हिँडिरहेको हुन्छु। कहिलेकाहीँ त बेकारमा यसो गरेको जस्तो लाग्छ। तर जब यति दुःख गरेर लेखेको रिपोर्टिङ छापिन्छ, र त्यसको फिडब्याक पाउँछु, तब भने मन एकदमै प्रफुल्ल हुन्छ। अनि यो ककटेलमा रम्ने पत्रकारहरुको मजा भन्दा निकै फरक हुन्छ।
तर द्वन्द्व पत्रकारिता त्यति सजिलो छैन। उनलाई माअोवादीले विभिन्न ठाउँमा विभिन्न पटक कैद गरेका थिए उनीहरुको अनुमति बिना प्रवेश गरेको भनी। पछि माअोवादीका कार्यक्रममा जान थालेपछि भने उनले माअोवादी भएको आरोप खेप्नुपर्यो। र, पछिल्लो पटक सिन्धुपाल्चोकको ठोकर्पामा भएको हवाई आक्रमणबाट बचेर आएपछि उनले एउटा नयाँ पुरस्कार पनि पाए सञ्चार राज्यमन्त्रीबाट- माअोवादीको एम्बेड पत्रकार।
उनको अनुभूति हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुस्।
पहिलो भाग हेर्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुस्।
No related posts.









Dear Bhojraj
You are extraordinary. I think you are the real leader of the country.
Best Wishes……..
मन परे हरियो, नपरे रातो
0
0
Its a great work!!!!!!!!!!! U have really captured the real thing!!!!!!!
There will always be unconditional global support!!!!!!!!! Good luck!!!!!!!!! I would like to appreiciate with the silence, because i could not find the appropriate word.
मन परे हरियो, नपरे रातो
0
0
A true Jounalist from whom the lesson should be learnt by the so called psuedojournalists of Nepal — as in Bojraj’s Word “those who are happy making news with no core materials and plunge into cocktails”
Hats up to MR. Bhaat
मन परे हरियो, नपरे रातो
0
0
Bhoj Raj jee
Happy new year 2063
I saw your video part 1 and 2 and like to solut u. Please keep it up. Really we have need like your courage. Time will come to people recognize u and u r perforamence.
Once again good luck and be happy.
Udayaur, eastern nepal
मन परे हरियो, नपरे रातो
0
0
Bhoj you are the great jornalist of nepal.
मन परे हरियो, नपरे रातो
0
0
bhoj i reas your reporting of thokarpa in kavare. your photo & reporting is great.
मन परे हरियो, नपरे रातो
0
0
Well done Bhoj Rja Ji….keep it on la…..
मन परे हरियो, नपरे रातो
0
0
Hello Bhoj Raj ji
You have well done. I think you must keep it up. Your courageous activities seems that you are a Jouranalist for the 21 century.
मन परे हरियो, नपरे रातो
0
0
Bhoj raj
Yours work is very risk but also u give to continue, so that thousand salam to yours work.
kris
मन परे हरियो, नपरे रातो
0
0
Dev Gurung
from Hong Kong
भोजराज जी को सरहानिय जोखिम पूर्ण कार्यको लागि वहाँ साचै नै प्रसन्शको पात्र हुनु हुन्छ । र एस्ता घटना हरु जनसामु पस्काउन हुने उमेश जी लाइ धेरै धेरै धन्यवाद । यस मध्याम बाट तपाईंहरुले प्रतक्ष रुप्मा देशको सेवा गरी रहनु भएको छ । र सम्भव भएसम्मा साक्षतकारको समय बाह्या सोर र हल्ला हरु बाट मुक्त बनाउन सक्यो भने अझ प्रस्ट सुनिने थियो ।
यहाँ हरुलाई एक पटक फेरी धन्यवाद ।
मन परे हरियो, नपरे रातो
0
0
thanks bhojraj ” happy new year 2063″ bring u a lot of success bye “happy new year to all nepali & pardeshi nepali” manoj- kuwait
मन परे हरियो, नपरे रातो
0
0
Bhoja Raj Ji,
Well, done, you r closer to 21st cetury Journalism. This is a need for the time.
Well done. keep it up.
With Best wishes & Successful Life!
मन परे हरियो, नपरे रातो
0
0
bhoj raj ji,
tapai ko sahas ko lagi natamastak chhu. jyan dine haru ra jyan jokhim ma parne haru bahut kam chhan hamro desh ma. khopi ma lukera duniya dekhauna khojne haru ko vid ma tapai le jun sahas ka sath dwanda patrakarita gari rahanu vayeko chha tesko safalata ko lagi suvakamana ka sath naya barsha 2063 ko hardik subhakamana.
krishna ram rana bhat
oslo, norway
मन परे हरियो, नपरे रातो
0
0
Dear Members,
The Nepalese Student’s Society in Germany (NSSGH) would kindly like to draw your attention regarding the current ongoing political crisis in Nepal. As student body comprises of one of the largest intellectual group in any society, NSSGH views this situation as its responsibility to organize an European level demonstration program in Berlin for the restoration of democracy and peace in the kingdom of Nepal.
With an aim of respecting the Nepalese views in the country and abroad, we believe this demonstration is useful for the restoration of the peace in the country and also providing definite guidelines to the present political crisis. The restoration of democracy and the handover the full Executive power to the people of Nepal should be the only solution for the present situation. The legitimate government so formed after this popular movement should start the dialogue with the Maoists for the sustainable peace.
We cordially invite you all to join in this demonstration to extend the solidarity and strong support towards the ongoing public movement in Nepal.
The date has been so chosen that the members can reduce the cost of travel in the weekend ticket. The society also has the provision of providing accommodation for this who wishes to stay overnight.
Venue: Brandenburg gate, Berlin, Germany
Date: Saturday, 22 April 2006
Time: 11.00 AM onwards
Should you wish further to be informed about the gathering please do not hesitate to contact the Organising committee members.
Following persons are available for further information and Assistance
Mr. Chandra Prakash Joshi (Berlin)
Phone: 03080409667(R)
03083855191(o)
Mr. Bikram Pant (Potsdam, Berlin)
Phone: 017625195155
Mr. Krishna Hari Pushkar (Magdeburg)
Phone: 017620652517
03915581270
Mr. Laxmi Kumar Parajuli (Bremen)
Phone: 01633402647
Mr. Bal Singh Choudhari (Manheim)
Phone: 01623435177
Mr. Ashis Gajurel (Halle)
Phone: 017623178867
Mr. Khagendra Chapagain (Berlin)
Phone: 01759863252
Yours,
NSSGH
http://www.geocities.com/nssgh/members.htm
PS: We also welcome other non-student Nepalese members to attend this gathering. Please also forward this to other Nepalese in your touch for solidarity for this peaceful movement.
मन परे हरियो, नपरे रातो
0
0
I would like to congretulate both of you Bhoj Raj Jee and Umesh.It is a hard job to bring news from war.I wish all the success for coming days.
I wish Happy New year 2063.
Lets pray for democratic Nepal.
Ashchrya
London
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji,
tapinko khata ma ali dherai paisai jamma bhako dekhera sarai khusi lagyo..jahile pani merosansar kholne bittikkai tapainko account ma paisa thapiyo ki thapiyena bhanera check garne garthye,..sandhai khyansro lagthyo..tara aja chain chain ali khusi lagyo..ke garne afu jhan gaye gujriyeko pariyo..afai ta mahadev uttano par, kasle dela bar bhanne jasto avaastha cha..tara jas jasle umesh ji ko lagi sahayog garnu bha cha ma uhanharu lai afno tarfa bata pani hardik kritagyeta prakat garna chahachu..prativa ko kadar hunai parcha..tesmathi jhan prativa desh ra prajatantra ko lagi samarpit cha ra hami jasta pathalk haru lai amulye sewa pradan gari ra uslai abasye pani sakne le sakdo sahayog ra prena dinai parcha..ma chain sahayog garna nasakne paryen..tesaile dhanyabad matra prakat gardachu.
मन परे हरियो, नपरे रातो
0
0
YHei bhojraj ji, i like your interview just keep it up.
मन परे हरियो, नपरे रातो
1
0