२०६३ वैशाख २, शनिबार

सँधै व्यस्त रहने पुतलिसडकको खाली सडक।
चितवन र मोफसलमा हजारौंको जुलुस निस्केको देख्दा मलाई आफू काठमाडौंको भनेर बस्नुपर्दा लाज लाग्ने गर्थ्यो। किनभने यहाँ त्यस्तो केही भइरहेको थिएन। कर्फ्यु खुलेपछि काठमाडौं आफैमा मस्त रह्यो। तर हिजो सात दलले आजदेखि उपत्यकामा आम हडताललाई सशक्त रुपमा जारी राख्न अनुरोध गरेपछि भने काठमाडौं पनि जागेको प्रमाण आज विभिन्न ठाउँमा भएका हजारौंका प्रदर्शनले प्रष्ट पारेको छ।
कर्फ्यु खुलेपछि काठमाडौं सुस्ताएको थियो। आम हडताल जारी छ भनिए पनि आफ्नो दैनिकीमा व्यस्त थियो काठमाडौं। तर आज भने सबै ठप्प थिए। सडक सुनसान थिए। पसलहरु बन्द थिए।
आज शनिबार। शनिबार अक्सर म घरमा नै बस्न रुचाउँछु। तर आज विशेष परिस्थिति भएकोले स्वयंसेवा गर्दै रहेको परेवा डट कमको कार्यालयतिर गएँ। परेवा डट कमले पनि अहिले निकै सफलता पाइरहेको छ। हिजो मात्रै यसको कूल हिट्स १ लाख ७५ हजार पुगेको थियो। आर्थिक रुपमा केही हुन नसके पनि लाखौंको लगानीमा चलेका अन्य वेबसाइटहरुको तुलनामा श्रमको मात्र लगानी गरिएको परेवा डट कम अगाडि बढेको देख्दा निकै खुशी लाग्ने गर्छ।
बिहान सबेरै पत्रकारहरुको प्रदर्शनमा हस्तक्षेप भएछ। साथी भोजराज भाटसित यसका बारेमा टेलिफोनमा जानकारी लिएँ र एकैछिनमा अडियो रिपोर्टका रुपमा अपलोड पनि गरिदिएँ। त्यसपछि खाना खाएर बाहिर निस्केँ। बाहिर निकै फरक दृश्य थियो हिजोअस्तिको भन्दा। टंकेश्वरनिर महेन्द्रको शालिकमा मेरो सँधै दृष्टि पर्छ। त्यहाँ सँधै शालिकको सुरक्षार्थ सुरक्षाकर्मी तैनाथ हुन्छन्। आज त १२ जना जति सैनिक र ६ जना जति प्रहरी रहेछन्। एउटा शालिकमात्रलाई पनि यति धेरै सुरक्षा चाहिएको देख्दा अचम्म लाग्छ।
आज विद्यार्थी नेता गगन थापासित अन्तर्वार्ता लिने समय मिलाएका थियौं। तर उनले २ बजेमात्रै आउन भनेका कारण बीचमा मणिको सल्लाहमा मोडल अस्पताल गयौं। त्यहाँ हामीले पनि जनआन्दोलनका घाइतेहरुको उपचारका लागि स्थापना गरिएको कोषमा सहयोग गर्ने विषयमा कोषका संस्थापक मह जोडीसित कुरा गर्यौं।
मह जोडीसितको यो पहिलो प्रत्यक्ष साक्षात्कार थियो। मोडल अस्पतालमा मह जोडी त्यही कोषको काममा नै व्यस्त देखिन्थे। मदनकृष्ण श्रेष्ठले यो कोषको सम्पत्ति अब मोडल अस्पतालको मात्रै नभएर पूरै राष्ट्रको सम्पत्ति भइसकेको बताउँदै यसको मिसयुज नहोस् भन्नेमा ध्यान दिनुपर्नेमा जोड दिए।
त्यसपछि हरिवंशसित पनि केही कुराकानी भयो। कोषका लागि सहयोगका कुरा उठ्दा कोषको खाता नम्बर भोलि सार्वजनिक हुने र वेबसाइटमार्फत् सहायता गर्न चाहनेका लागि भोलिबाट वेबसाइट पनि खुला गरिने बताए। मैले भिडियो ब्लगमा विदेशमा बस्ने नेपालीहरुका लागि सहयोगका लागि आह्वान गरिदिन भनेँ। त्यो भिडियो ब्लग अहिले केही घण्टापछि यहाँ राख्नेछु।
मोडल अस्पतालमा अघि बिहान पत्रकारहरुको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपका घाइतेहरुको उपचार भइरहेको थियो। मैले एक घाइतेसित कुराकानी गरेँ। त्यसलाई मैले भिडियो ब्लगका रुपमा तल राखेको छु-
त्यसपछि रिपोर्टर्स क्लबतिर लाग्यौं। त्यहाँ सडक साक्षात्कारका क्रममा पत्रकार, कलाकारहरु गिरफ्तार भएछन्। क्लबका सदाबहार अध्यक्ष ऋषि धमला सँधै मान्छे बोलाउँदै पक्राउँदै गरिरहेका छन् केही दिनदेखि। हिजो पनि ज्योतिषहरु पक्राउमा परेका थिए। आज त स्वयं धमला पनि गिरफ्तार भएछन्।

आज भक्तपुरमा निस्किएको जुलुसमा लोकतन्त्रको नारा लगाइरहेका नारी। त्यहाँ पनि आज ठूलै जुलुस निस्किएको थियो। उनीहरुले आज सूर्यविनायक चोकलाई पनि लोकतन्त्र चोकको नाम दिएका छन्।
अब दुई बज्न आधा घण्टा बाँकी भएकोले अर्ध भूमिगत अवस्थामा रहेका गगन थापाले समय दिएको ठाउँ शान्तिनगरतर्फ लाग्यौं साथी कृ्ष्ण र म। घाम चर्को थियो, सडक सुनसान थियो। तर दुःख सहेर हामी हिँडिरहेका थियौं। नयाँ बानेश्वरतिर पुग्दा गगनलाई मोबाइलमा सम्पर्क राख्दा मोबाइलको स्विच अफ गरिएको सूचना आयो। त्यसपछि त्यो स्विच अन नै भएन। हामी शान्तिनगर पनि पुग्यौं तर भेट्न सकेनौं गगनलाई। अनि निराश भएर फर्क्यौं।
अनि हजारौंको जुलुस बल्खुबाट निषेधित क्षेत्र तोड्दै रत्नपार्कतिर जाने तयारी भइरहेको सुनेर त्यता जान दौडिएँ। यहाँ पनि पैदलै, के गर्नु, अरु साधन चलेका थिएनन्। हुनत हस्तक्षेप हुन्छ प्रहरीको भन्ने थाहा थियो। अलि डर पनि लागेको थियो। तर पनि आज गइदिउँ न त भनेर गएको थिएँ। तर म त्यहाँ पुग्दा हस्तक्षेप भइसकेछ। हस्तक्षेप भइसकेपछिको एउटा समूह टेकुतिर आएको थियो। उनीहरुसितै केही कुराकानी गरेँ र नाराबाजी सुनेँ। त्यसलाई मैले भिडियो ब्लगका रुपमा प्रस्तुत गरिसकेको छु।

पछि टेलिभिजनमा समाचार हेर्दा धेरै ठाउँमा हजारौंको जुलस निस्केको देखेँ। जेहोस्, काठमाडौंले आज देखाइदियो- उ सुस्ताएको हैन भनेर। तर यहाँ एउटा भन्नै पर्ने कुरा के हो भने काठमाडौंको मुख्य भित्री इलाकाका मानिसहरु २०४६ सालमा जस्तो जागेका छैनन्। अहिले रिङरोड बाहिर र छेउछाउका मान्छेहरु स्वस्फूर्त जागेका हुन्। उनीहरु कुनै नेताको नेतृत्वमा जागेका हैनन्।
र, अन्त्यमा यो पनि….

काठमाडौंका विभिन्न भागमा लोकतन्त्रको नारा लागिरहेको बेला काठमाडौंको भित्री भागका केही स्थानीय युवाहरु भने यसरी तासका बादशाहहरु खेलाउनमा मस्त थिए। उनीहरुलाई उनीहरुको वास्तविक जीवनमा बादशाह र तिनका गुलामहरुले गरिरहेको अत्याचारको बारेमा कुनै मतलब नभएकै हो त ???????
आजका बाँकी फोटोहरु भोलि अपडेट हुनेछन्….
Related posts:











likpa dello cha hai
मन परे हरियो, नपरे रातोः
0
0
i m pradeep and i m too much worried abt nepal current situation.may god give all parties plus king bless to go through right way.(pradeep}from denmark
मन परे हरियो, नपरे रातोः
0
0
under shah kings not only newars but all indegenious people suffered for 250 years. its really time for SPA to change their main agenda to “remove the shah kings and afterward decide whatever nepali people like through constitution assembly”. that is what people of kathmandu is looking for. wish you all new nepal without shah kings.
मन परे हरियो, नपरे रातोः
0
0
According to special army source, Madhav Nepal is scheduled to be killed in Jungel 5 Km east of where he is detained now. Save him.. !!
मन परे हरियो, नपरे रातोः
0
0
kathmandu banako rajdanei ho tacaeila tehako janta lie sabtaha chha farei prajatantar aye pachhei taal kahunchha ………………
मन परे हरियो, नपरे रातोः
0
0
ho kathmandu ka janta utheka nai chhainen…
jhan aru thau ka bhanda educated bahyera afna hak ra adhikar ka lagi aandolan ma utrenu parne ma uniharu pachhadi hateka chan…baru ktm basne sarwasadharan nai badi aandolit bhayeka chhan…
k ktm basi haru aru laidiyeko prajatantra ma ramaune matra janchhan…vastav ma ktm basi le aandolan ko aguwai garnu parne ho tara educated mass bhanera matra hudaina raichha…j hos yaspali sabai janta le dekhayeko adamya sahas ko kadar chahi garnai parchha……..
मन परे हरियो, नपरे रातोः
0
0
Excellent work guys.keep it up.I hope this mass movement will wipe out Monarh system as well.
मन परे हरियो, नपरे रातोः
0
0
Kher Jadaina sahidko ragat
Byartha hudaina hamro yo mehenat!
मन परे हरियो, नपरे रातोः
0
0
Yasogare kasohola?
sirmaa baklo topi odhane, juttako tuna ramrarikasne, chappal launupare purano laune, mobile khaltima rakhera batan launa milne shirt laune.Pantko peti kasilo banaune. Ghadi,sikri audhi nalaune. Aakhir chutinenei bhayemapani lathi/lauro khosera uniharulai pani khuttama hanne/pratikar garne/karaune. Hath kkhutta nachhodne. Eklo paari chuteko dekhema guhar dine/guhar magne. ( KHER JADAINA SAHIDKO RAGAT, BYATHA HUDAINA YO HAMRO MEHENAT.) Mechi dekhi Mahakali sammaka janatalai Salaam! Bideshma bhayekalai abiral samjhana!
मन परे हरियो, नपरे रातोः
0
0
Please send me your feed back on the following feedback that i have posted .Please send me your comments at sapanasansar@hotmail.com
Thankyou
Bishow,kathmandu,Nepal
मन परे हरियो, नपरे रातोः
0
0
के काठमान्डौं का मानिस घर भाडामा दियको भरमा सधै बाचौला भनेर सोचेका हुन कि के हो? खै त सहभागिता ऊनीहरुको ? कि काठमान्डौंका मानिस जनतन्त्र आयपछि देशमा सान्ति छाउने र सबै जनता आफ्नो आफ्नो गाउ जालान र घर भाडा खान नपाउला भनेर आन्दोलनमा उत्सुक सहभागिता नदेखायको ? प्रस्न खडा हुन्छ !
- बिश्ब,काठमान्डौं ( sapanasansar@hotmail.com )
मन परे हरियो, नपरे रातोः
0
0
ahha….amdolan garda gardai wakka vayeera ekchin refreshment break holani
don’t be so depressed umesh ji seeing those ppl injoyin
मन परे हरियो, नपरे रातोः
0
0
PAATAAL PRADESH/BIDESHMA BASERA PANI AAFNOW DESH/MAATRIBHOOMIEKO JAANKARI TAAJAA TAAJAA PAUNA SAKEKOMA DHERAI AABHARI CHHAUN. BADHAIKA PAATRA ABASHYA HUNUHUNCHHA JASLE YO KARYAKARMA SURU GARYO.
Information is Powere. Time is Money.
JANANI JANMABHOOMISCHA SWORGADAPI GARISHI.
NEPALMA POORNJA PRAJATANTRA AAWOS BAHNNE AASHA GARCHHAUN.
मन परे हरियो, नपरे रातोः
0
0
Loktantra Jindabad
Good Work Keep It Up
Jay Nepal
मन परे हरियो, नपरे रातोः
0
0