मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सात दलको ऐतिहासिक सभाको अडियो ब्लग

    सात दलको ऐतिहासिक सभामा बोल्ने सबै वक्ताहरुको अडियो ब्लग यहाँ प्रस्तुत गर्छु भनेर भनेको भए पनि बीच-बीचमा विभिन्न समस्याले गर्दा यत्तिकै भयो। आज केही बाँकी वक्ताहरुको अडियो थोक रुपमा प्रस्तुत गरेको छु। सभामा लाखौंको उपस्थिति भएकोले माइकमा निकै चर्को आवाज सुनिएको थियो। त्यसैले आवाज अलि अस्पष्ट हुनसक्छ।

    सुरुमा एमाले महासचिव माधव नेपाल।

    उहाँले सुशील कोइरालाले बोल्दाबोल्दै भएको ढुंगा प्रहारपछि भएको हंगामा शान्त भएपछि पुनः सम्बोधन गर्नुभएको थियो।

    सुन्नका लागि यहाँ क्लिक गर्नुस्।

    डाउनलोड गर्नका लागि यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
    **************************

    त्यसैगरी सहाना प्रधानको भाषण

    सुन्नका लागि यहाँ क्लिक गर्नुस्।

    डाउनलोड गर्नका लागि यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

    भाकपाका प्रतिनिधि अतुल रञ्जन (हिन्दीमा)

    सुन्नका लागि यहाँ क्लिक गर्नुस्।

    डाउनलोड गर्नका लागि यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

    No related posts.

    20 comments to सात दलको ऐतिहासिक सभाको अडियो ब्लग

    • Himal

      वार्ता प्रक्रिया संकटमा पर्ने गृहमन्त्रीको चेतावनी

      Dear readers !

      I did not like at all the statement that came from the home minister at this crusial juncture.

      The issues of donation and the public mass meeting of maosit army are the causes to threaten against the proposed peace deal. I agree, the donation should not be forceful, but banning to ask for donation is also wrong. Similarly, mass meeting of maoist army should not be a headache, because they have to do some thing during the ceasefire period. The royal army has its barrack and it can do its activities inside. where the maoist army will do its activities? It was born and grew up in the society, and it has to do its activities in the society. Isn’t it logical thinking?

      Peace after proper solution in the country is not only the interest of a single party but it has become the main conern of all the republic forces. Only the royalist and emperelist groups will try to speak against it. They like to hear positively if you speak against the right solution.

      Yesterday, before the 12 pt MOU with cpn (m), we could see how poor situation was of the 7 party andolan, hardly 5-10 thousand people partcipating in their mass meetings. there are several reasons for that, every one of us know about them. Later after the 12 pt MOU, why people emerged in hundreds of thousands in the public mass meetings? the reason is clear, people would like to see peace and prosporus nepal after establishing republic system in the country.

      THIS WAS THE MAIN DRIVING ERNERGY OF EVERYONE WHO PARTICIPATED IN THE MOVEMENT.

      Remember SPA and its government! it was not aimed at to send YOU back to the power and create the same problem as it was 4 years before.

      My suggestion is: do not come to press with the issues, which bring distrust to achieve the main goal. sit together and discuss the matters and make code of cunduct. I further suggest to do like:

      => Form a dialogue team immidiately,
      => Start dialogue immidiately (do not behave yourself_ Mr. Sitaula, as the ruler during the dialoge period, try to undertand the subject matter and the issues tabled from the rebel side: keep in mind that they are the one to destablise the royal feudal system),
      => Prepare a interim bidhan,
      => Form a interim government,

      The intrim government will take the responsibility to institutionalise the new system of republic.

      To Mr Sitaula including others!

      if you are are hearing from those elements (Palace and USA) who again want to bring distrust among the peoples forces, stop consltation to these elements. Work hard to make proper invironment for new changes.

      Himal
      Norway

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Paudel

      स्थायी शान्ति सायद यसरी कायम हुन्छ होला ( मार्गचित्र) :

      १। माओवादीका नेता हरुलाई रिहा गर्ने र अब कहिल्यै नपक्रने वाचा गर्ने तर , उनीहरु नया सत्ता भएकाले जे गर्न चाहन्छन त्यो गर्न दिने। साथै माओवादीहरुले कसैलाई समातेर लाने अथवा पार्टीका विचारको जानकारी गराउने उद्देश्यले लगेमा यस्तो कामलाई “अपहरण” जस्तो नराम्रो शब्द प्रयोग गर्न नपाइने नियम बनाउने । अन्यथा वार्ताको वातावरण बिगारेको ठहर्ने ।
      २। माओवादीलाई चन्दा दिनकालागि सारा जनताले स्वेच्छाले तँछाड मछाड गरिरहेका हुनाले, यो कार्यलाई बीना रोकटोक हुनदिने । अझ पुरानो सत्ताका पुलिस , सेना र प्रशासनलाई पनि नयामा रुपान्तरण गर्नुपर्ने भएकाले यस खालको अभ्यासमा सरिक गराउँदै ऊनिहरुको मद्दत गर्ने महान काममा लगाउने।
      ३। सेना र पुलिसलाई सकेसम्म छिटो अन्तर्ष्ट्रिय निगरानिमा राखी ‘जनसेनालाई’ निर्वाध गतिसिल हुने खालको वातावरण बनाउने ।
      ४। संसदमा हालसम्म राजदरबार सम्बन्धमा कुरा ऊठाउन नपाइने व्यवस्था रहेकोमा जनआन्दोलनले यो कुरालाई स्वत; खारेज गरिसकेकाले ,आइन्दा कुनै पनि हालतमा महान जनसेना र माओवादी पार्टीका बारेमा राम्रा कुराहरु बाहेक बोल्न नपाइने व्यवस्था गर्ने।
      ५। तथाकथित सरकारी अदालत, कार्यालय हरुको औचित्य समाप्त भइसकेकाले, गलत कार्य गर्नेलाई घटना स्थलमा वा घर मै पुगेर भएपनि समातेर वा लतारेर ल्याई , हात काटेर, घुँडामा प्वाल पारेर अथवा , अचानो जस्तो वस्तुमा राखी काटेर अपराधको स्तर अनुसार क्रान्तिकारी ढंगको दण्ड व्यवस्था लागू गर्ने।
      ६ संविधान सभाको चुनावसम्ममा यति गर्दा पनि कम्युनिष्ट जनगणतन्त्रको पक्षमा बहुमत नआएमा माओवादीहरु का लागि सुरक्षित जंगल जाने सुनिस्चित वातावरण प्रदान गरेर।

      ई र यस्तै खालका पूर्वाधारहरू तुरुन्त निर्माण गर्न नसकेमा , भ्रष्ट काङमाले सरकारलाई वार्ता भाँडेको आरोप लगाई पत्तासाप हुनेगरी सफाया गर्ने कार्य गरनु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Paudel

      ईन्द्रजीत साह्रै सही कुरा लेख्नुभयो । म तपाईँसंग पुर्ण सहमत छु। माओवादी जनताका समस्या उजागर गर्ने र तिनको समाधानमा लागेका भए ठीक छन ,हैन उनीहरु हामीमात्र ठीक हौँ , हामी नया सत्ता हौँ र हाम्रो कुरा बलजफत लागू गराइछाड्छौँ कस्ले रोक्छ ? भन्छन भने तिनीहरू राजा ज्ञानेन्द्रको सत्ता भन्दा पनि निम्न चरित्र बोकेका तानासाही हुन । यस्तो प्रवृत्तिले शान्तिको कुरा छाडौँ वातावरण पनि बन्दैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nagarik

      I am wondering whether SPA leaders are trying to establish the rule of LAW. I am sure they are not operating under the provision of 1990 constitution. They do not have any right to work without Legal provisions. And, they do not have any right to declare any legal provisions for their rulling. Thats whay the CA election was the most important step at the moment. Which will have power to draft constitution, and legal provisions, and decide about the fate of the monarch. The government elected under that constitution will only have legal rights to make all mahor decisions.

      Whoever, it is whether KING or SPA leaders, no one has right to rule without LAWs. Else, these can be considered outlawed.

      In addition, it seems conspiracy is going on. I will not surprise if, one day, a huge explosion is heard in the Parliament building, and no parliament member escape. This will be the perfect drama to accuse AOISTs of such action, and perfect pretext for yalists and RA to declare emergency rullings. At least International community will be in delema. The costs of war thereafter will be enormous.

      If such things happens, it will be very unfortunate for Nepali to bear such a hopeless Monarch, who has lost all his comfidence, and believe on Kali, and Tantrik.

      Only hope is the Civil Society Members and the peoples army. So, it will be wise to establish national army as soon as possible, and go for CA election immediately without any delay.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Indrajeet

      माओबद मुर्दाबाद्, राजतन्त्र मुर्दाबाद्, सैन्या बाद मुर्दबाद्, अधिनाएक बाद मुर्दाबाद ।
      प्रजातन्त्र जिन्दाबाद्, लोकतन्त्र जिन्दबाद्, गणतन्त्र जिन्दबाद्, दीगो शान्ति र बिकास जिन्दाबाद ।
      माओबाद मुर्दाबाद ।
      संसार मै काम नलाग्ने भनेर प्रमाणित भाई सकेको कुरा लाई नेपाल म लाद्न पयिन्दैन, बन्दुक को भर म राज्य गर्छु भन्ने दिवा स्वप्न नदेखे हुन्छ, ज्ञाने र प्रचन्ड दुबै ले ।
      माओवादी ले केबल देश को समस्या लाई उजागर गरेका मात्र हुन्, तीनएए हरु सँग समाधान क उपाय हरु छैनन्, एक नेपाली ले अर्को नेपाली को रगत को होली खेलेर क्रान्तिकारी इतिहास् त लेख्नु होला प्रचन्ड जि तर देश मा उन्नती प्रगती र बिकास चाँहीन हुँदैन
      एक्काइसौ सताब्दी को सामाजिक राजनैतीक समस्या धुङे युग को तरिका ले समाधान खोज्नु छो टो बुद्दिको उपज हो, अदुरदर्शियता को पराकाश्ठा हो, नेपाल र नेपाली को दुर्भाग्य हो ।
      २०० बर्ष अघी फ्रान्स म क्रान्ति यसरी भाको थ्यो, ३०० बर्षा अघी बेलायत्मा यस्तो क्रान्ति भाको थ्यो, ५० बर्षा अघी चाइना मा मावो ले यस्तो भन्नु भको थ्यो र अब नेपाल म त्यसतै हुनु पर्छ अनि मात्र साचो क्रान्ति हुन्छ भन्ने बाबुराम र प्रचन्ड लाई चान्डै बुद्दी आवोश्, अनि मात्र नेपाल म केही होला नत्र केही आश नगरे हुन्छ साथी हो, अब जाभार्जस्ती को चन्द, अपहरन गाउँ बाट काठमाडौं मा चन्डै नै हुन छ ।
      बन्दुक नबोक्ने माओबाद जिन्दाबाद्, बन्दुक बोक्ने माओबाद मुर्दाबाद ।
      षान्ती चाहिन्छ भन्ने प्रचन्ड जिन्दाबाद्, युद्ध नै गर्नु पर्छ भन्ने प्रचन्ड मुर्दाबाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AjataShatru

      “माओवादी पर्टिमा प्रजातान्त्रिकरन्”
      एकतिर सिज फायर घोषणा गर्ने, अर्को तिर जाभार्जस्ती च्नदा चन्द सन्कलन गर्ने, किड्न्याप गर्ने जस्ता कृयाकलाप हरुले माओवादी हरु माथि बिश्वास गरी हाल्न हुने स्थिती छैन भन्ने प्रमाणित गर्दछ । माओवादी पार्टी भित्र हाबी सैन्याबादी चिन्तान ले बलियो जरा गाढी सकेकोले अब स्व यम प्रचन्ड को आदेश पनि पर्बाह नगरि बन्दुक कै भरमा राज गर्नु पर्छ, टाउको उठाउने लाई सजाय दिनु पर्छ भन्ने अधिनयाँक बदी शक्ती हरु हबी हुँदै गयिरहेको स्पश्ट देखिन्छ ।
      तर विद्यार्थी नेता का भनयि हरु प्रचन्ड वा बाबुराम क भन्दा पृ थक आउनुले एका तिर माओवादी भित्रको कचिङल्, बैचारइक मत भेद र मान सिक द्वन्द लाई स्पश्ट पार्छ भने अर्को तिर उनि हरु हरु बद्लिन्दो परिस्थिती मा सैन्या बदी चिन्तान बाट प्रजातान्त्रिकअरन तर्फ उन्मुख पनि गर्दछ ।
      एका तिर सम्भिधान सभाको चुनाव बाट आएको निर्णय मनी मान्या हुन्छ भन्ने, अर्को तिर हामी चन्दा उठाउँन छोड्दौनम भन्ने, एकतिर हामी लोक्तान्तृक गण्तन्त्र म बिश्वास गर्छम भन्ने अर्को तिर हाम्रो सेना त जनताको सेना, भन्ग गर्न मिल्दैन भन्ने जस्ता किसिम दुई जिब्रे कुरा हरु माओवादी क नेतृतो बाट र दोस्रो दर्जा का नेता हरु बाट पनि आयि रहेको कुरा लाई नियाल्दा माओवादी को भित्री योजना हामी साधरान जनतले बुझ्ने भन्दा अलि भिन्न पो छ कि भन्ने शन्का गर्ने ठौन हरु प्रशस्त देखिन्छन ।
      सात दल को सरकार, शेना को बिषय लाइ लिएर अझ सम्मा पनि अनभिग्य देखिन्छ । सेना लाई आफ्नो मातहत म ल्याउन नसक्नु यो सरकार को कम्जोरी हो भने यस्ले सरकार लाई माओवादी को अगाडि लाचार बनाएको छ । माओवादी कै यजेन्डा, उनिहरु कै नारा, उनि हरु कै सेना र उनिहरु कै हैकम बाजी हबी भाको दिन को घम जस्तै छ र्लङ छ भने जनताको आकान्छ्या अनुरुप काम देखा उन नसक्नु, अपराधी माथि कारबाही गर्न नसक्नु, सेना लाई आफ्नो बिश्वास म लिन नसक्नु ले यो सरकार केबल माओवादी को लट्टु साबित हुन पुगेको छ भने, अफु जङल मै लुकेर पनि, सेना लाई बाइपास् गरायि सरकार लाई लट्टु घुमेइ जनता लाई धम्क्याउने, लुट्ने, अपहरण गर्ने यस्त कृयाकलाप बाट माओवादी ले देश र गरीब जनता को लागि के भलो गर्लन्, भन्न गाह्रो छ, उनि हरु को आँखामा काठमाडौं मा घर थद्यौने हरु सबै बर्ग शोशक्, बिदेशमा पढ्न गएका परिवार हरु सबै शामन्ती, अरु लाई केही दुख नदियी आफ्नो धर्म कर्म मा लग्ने सबै पुन्जिबादी, यस्तो अति बादी सोचयि ले देश र जनता लाई अग्रगमि छलाङ हैन कहाँली लाग्दो कुवामा चाँहीन हाम फाल्न वाध्य तुल्याउन्छ ।
      बिचार गर्नै पर्ने स्थिती छ, जय नेपाल ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himalaya Putri, Korea

      Umesh jee

      These days why do not providing enough news. There are lot of news concerning maiost.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rakesh

      hello umesh jee,

      what sort of ‘uddabiram’ of maoist ???
      do you understand it ?

      Like before, they are collecting money forcefully, sending letter demanding huge demand and also threatend that if it is given to them they will kill or do this and that ????

      is it is sort of ‘tax’ they are collecting as they often said in media . if it is tax than what sort of political, economic syatem they are going to establish in future ???

      it is not donation. Maoist movement has been a ‘ industry’ so that you can always earn profit by extracting from the people without any investement.

      why they dont stop such activities of kiadnapping, collecting money by force, showing arms forces in publish and making the situation not conduceive for talk. Maoist seems like to continue their profit making industry continue.
      so
      WHAY THEY SAY THEY NEVER DO THAT and
      WHAY THEY DO THEY NEVER SAY THAT

      Nepali janta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rijesh

      माअ‍ोवादीले युद्धबिराममा पनि चन्दा संकलन जारी राख्ने

      युद्धबिरामको अवधीमा माअ‍ोवादीहरुले चन्दा संकलन बन्द गर्नु पर्ने माग उठीरहेका बेला माअ‍ोवादीको एक भातृ संगठनका अध्यक्षले आर्थिक संकलन कार्य जारी रहने जनाएका छन्।

      भ्रातृ संगठन अखिल क्रान्तिकारीमा अध्यक्ष लेखनाथ न्यौंपानेले बिहिबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा हाल नेपालमा दुई वटा सरकार रहेकोले माअ‍ोवादी सरकारले स्वेच्छिक चन्दा संकलन र कर लिन नछाड्ने बताएका हुन्।

      यसैबीच अखिल क्रान्तिकारीले माअ‍ोवादी र सरकारबीच वार्ता हुन पूर्व ९ सुत्रीय मागमा प्रतिवद्धता जाहेर गर्न आग्रह गरेको छ।

      सरकार र माअ‍ोवादी समक्ष प्रतिबद्धता जाहेर गर्न माग गरिएको बिषयमा पूर्ण पौडेल लगायतका सम्पूर्ण गिरफ्तार बिद्यार्थीहरुको अवस्था सार्वजनिक गरिनु पर्ने, राजा महाराजाहरुको गुणगान हटाइ लोकतान्त्रिक गणतन्त्र सम्बन्धी विषय राख्नु पर्ने, क्याम्पस हाता भित्रबाट राजपरिवारको शालीक हटाउनु पर्ने, शिक्षालाई राष्ट्रियकरण गरिनुपर्ने रहेका छन्।

      एक पश्नमा अध्यक्ष न्यौपानेले छिट्टै नै जनवादी शिक्षा बारेमा राष्ट्रियस्तरको कार्यक्रम गर्ने जनाएका छन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rijesh

      मलाई त अब बर्ता सफल होला जस्तो लाग्दैन । किन भने यहाँ सात पार्टी मै खिचातनी छ अनि माओवादी पनि बिस्तारै (niu) खोज्दै छन । अब माओवादीले चन्दा उठाउँन नछोड्ने रे । एस्तो पनि हुन्छ । झन अहिले त कुरा मिलाउन पर्ने बेलामा सबै जाना निउ मात्र खोजी रहेका छन ।
      खोइ के हो के हो ?
      सिस्नु पानी तयार राख्नुस् है जनता हरु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Roshan

      Dear Umesh Ji,

      Like i wrote on this blog, I again urge you to expose Maoist’s forceful extortion of money from general nepalese people.

      We nepalese just stripped king out of power, it is beginning to emerge that in a name of loktantra Maoist could use this ceasefire to assemble needed cash & amunitaion & recruit more soilders & withdraw the ceasefire again.

      Instead of thanking & supporting great nepalese people, Maoist are once again hurting them with many of their demand, like donation.

      You played vital role during the loktantra Jana Andolan & its may be a time again to fight against the Maoist not against them but against their idea of extorting money from general people.

      I have noticed that WUB has been in front in exposing Maoist’s activity during the ceasefire & I sincerely hope that you will follow the same as your efferot will definately put Maoist under pressure to stop their extorting activity.

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Paudel

      चन्दा भनेको कुरा मान्छेसंग अनुरोध गरि मागिन्छ ,दिए दिन्छन नदिए ज्यान मार्ने वा अंगभंग परिदिन्छु भनी धम्काएर लिइन्छ र ? यस्तोलाई कृपया चन्दा नाम नराखी अरू नै भन्नु भए वेस । स्वेचछाले दिएकाले त गुनासो गर्दैन नि। अखिल क्रान्तिकारी का अध्यक्षको तलको वक्तव्य पढ्नुस त मलाई त ऊदेक लाग्यो:

      ” माअ‍ोवादीले युद्धबिराममा पनि चन्दा संकलन जारी राख्ने
      युद्धबिरामको अवधीमा माअ‍ोवादीहरुले चन्दा संकलन बन्द गर्नु पर्ने माग उठीरहेका बेला माअ‍ोवादीको एक भातृ संगठनका अध्यक्षले आर्थिक संकलन कार्य जारी रहने जनाएका छन्। भ्रातृ संगठन अखिल क्रान्तिकारीमा अध्यक्ष लेखनाथ न्यौंपानेले बिहिबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा हाल नेपालमा दुई वटा सरकार रहेकोले माअ‍ोवादी सरकारले स्वेच्छिक चन्दा संकलन र कर लिन नछाड्ने बताएका हुन्। “

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Paudel

      हैन हाम्रो ज्ञानेन्द्र माहिला सरकारलाई किन यस्ता मान्छे चाहिएका थिए होला :

      १। तुलसी गिरी : पञ्चायतको अवसान पछि बहुदलकाल भरि नेपाल फर्किन्न भनी एउटा दार्जिलिङगे क्रिस्चियन आइमाई च्यापेर श्रीलंका र बेंगलोर तिर पलायन भई इसाई धर्म प्रचारमा लागेको मान्छे ।
      २। सत्चित शमसेर राणा :मुख व्यवहार र बुद्दी सबै बाङ्गो भएको जनतालाई मान्छे नठान्ने सामन्त राणा जो समझदारी र समन्वयमा भन्दा देश राणा र शाहहरुको वपौति हो भन्ने कुरामा वि्श्वास राख्छ।
      ३। कमल थापा : दरवार भित्रका अनुदारवादी भुमिगत गिरोहहरुद्वारा पँचायती व्यवस्थाका लागि तयार पारिएको महामण्डले नेता जो बहुदलकालको पनि सबैभन्दा अवसरवादी व्यक्तिको रुपमा चिनियो ।
      ४। टंक ढकाल : भक्तपुर अनि काठमाण्डौको काँठतिर घडेरीको दलाली गर्ने र ऐयासी शाह र राणाहरुकालागि तरुनीको मेसो मिलाइदिने मान्छे। जसले हालैमा आफ्नी राई थरकी स्वास्नी छाडेर एउटी ठकुरानी खोजेर बिहे गरेको छ।
      ५। दुर्गादेवी श्रेष्ठ ; राजनीतिको क ख थाहा नभएकि तर एउटा ठेकेदार नेवार लोग्नेकी दोस्री श्रीमति जसले आफ्ना सौतेनी छोराछोरीहरुको कन्तविजोग गराइन (नपत्याए दमौलि गएर बुझ्नुहोस्)।
      ६। निक्षे शमसेर र सिनेट श्रेष्ठ : पारस शाहका पियक्ड मण्डले जोडिहरु जसको काम होटल र बारमा केटीहरुको जोहो र मेसो मिलाउने मात्र हुन्छ । रानीको भाइ नै पर्ने हुँदा निक्षेले त सबै बहुदलवादीहरुलाई मार्न पर्छ नै भन्थ्यो ।

      ई र यस्तैखालका व्यापारी, व्याभिचारी अनि कहिलै जनतालाई महत्व नदिने शठहरूको नमूना कलेक्सन गरी तानाशाह बन्ने मनोकांक्षा पुरा गर्न खोज्दा, माहिला सरकारको अधोगति हुन पुग्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • ganesh hadikhole

      umesh bro u have been doing great giving hot information of our country especailly for us who are abroad. KEEP IT FLOWING AS EVER. GOOD LUCK…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva

      Maoist leaders freed (6:00 PM)

      Two senior leaders of the CPN (Maoist), Matrika Yadav, and Suresh Ale Magar, have been freed from Nakkhu prison in Lalitpur on Thursday as per the decision of the council of ministers.

      They were being detained for the last two years.

      Details to follow.

      nepalnews.com by May 11 0

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुरक्षाप्रमुखहरूलाई राजीनामा गराऊ

      सडक र संसदमा सुरक्षाप्रमुखहरूको राजीनामा माग भइरहेको छ । जनआन्दोलन दबाएर शाही सत्ता टिकाउन यिनीहरूको प्रमुख भूमिका थियो भन्ने कुरामा विवाद छैन ।
      सडक र संसदमा सुरक्षाप्रमुखहरूको राजीनामा माग भइरहेको छ । जनआन्दोलन दबाएर शाही सत्ता टिकाउन यिनीहरूको प्रमुख भूमिका थियो भन्ने कुरामा विवाद छैन । २१ नेपालीलाई सहिद, एक दर्जनभन्दा बढीलाई जीवनभरका लागि अपांग र ५ हजारभन्दा बढीलाई घाइते बनाउनमा यिनीहरू नै जिम्मेवार छन् । तर, जनआन्दोलनको बलबाट स्थापित सरकारले उनीहरूको राजीनामा गराउन सकेको छैन । सहिदका परिवार, घाइते र अंगभंग भएका आन्दोलनकारीहरूकै अगाडि ती सुरक्षाप्रमुखहरू हिजोकै रवाफमा हिँड्दा जनताले परिवर्तन महसुस गर्न सक्ने छैनन् ।
      निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गर्नेदेखि निरंकुश सत्ता जन्माउने, प्रजातान्त्रिक तथा मौलिक अधिकार खोस्ने र प्रेसमाथि दमन गर्ने कार्य यिनै सुरक्षाप्रमुखहरूको आडभरोसामा भएको थियो । उनीहरूले संविधानले ग्यारेन्टी गरेका सबै किसिमका प्रजातान्त्रिक अधिकारको सट्टा निरंकुश शासन स्थापित गर्न तन-मनले राजालाई सहयोग गरेका थिए । यो अर्थमा उनीहरू तानाशाहका मतियार र प्रजातन्त्रको नम्बर १ दुश्मन हुन् । प्रजातन्त्रका यी शत्रुहरूलाई जनताको सुरक्षा निकायको प्रमुख हुन सुहाउँदैन । जनतालाई निरंकुशताको अन्त्य भएको महसुस गराउन पनि उनीहरूको राजीनामा अनिवार्य छ ।

      जनआन्दोलन दमन र मानवअधिकार हनन गर्नेहरूविरुद्ध छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक आयोगलाई सहयोग गर्नु सबैको कर्तव्य हो । आयोगलाई स्वतन्त्रतापूर्वक छानबिनको वातावरण बनाउने कर्तव्य सरकारको हो ।

      मानवअधिकार हनन र जनआन्दोलन दमन गर्न सुरक्षा निकायहरूलाई प्रयोग गरिएको हुँदा प्रमाणहरू त्यहाँ नै छन् । आन्दोलन दमनका योजना र निर्देशन त्यहीँबाट भएका हुन् । तर, ती निकायका प्रमुखहरूले राजीनामा नगर्दासम्म प्रमाणहरू नष्ट हुने र अनुसन्धानमा बाधा पुग्ने सम्भावना रहन्छ नै । त्यसकारण, मुख्य दमनकारीहरूविरुद्धको प्रमाण जोगाउन सुरक्षा निकायहरूका प्रमुख र कार्य विभागप्रमुखलाई राजीनामा गराउनुपर्ने हुन्छ ।

      प्रहरीको मनोबल घट्ने बहानामा मल्लिक आयोगका दोषी प्रहरी अधिकृतहरूलाई कारबाही नगर्नु ऐतिहासिक भूल थियो । उनीहरूलाई कारबाही गरिएको भए नेपाल प्रहरीको संरचना र कार्यसम्पादन प्रजातान्त्रिक हुन्थ्यो । पछि स्थापित सशस्त्र प्रहरी बलमा पनि प्रजातान्त्रिक परिपाटी भित्रिने थियो । तर, उतिबेला कारबाही नभएकाले उनीहरू जनताको अधिकार खोस्ने कार्यमा हौसिएर लागे । उनीहरूले आफ्नो असली रूप देखाउँदै मौका पाउनासाथ निरंकुशतालाई र्समर्थन गरे ।

      यी सुरक्षाप्रमुखहरूका कारण उनीहरूले प्रतिनिधित्व गर्ने संस्था बदनाम भइरहेको छ । संस्थागत बदनामी बढ्दा त्यहाँ रहेका इमानदार राष्ट्रसेवकहरूको मनोबल घटिरहेको छ । प्रमुखहरूले राजीनामा दिए भने नयाँ नेतृत्वले जनतासँग सम्बन्ध विकास गर्ने प्रयास थाल्नेछ । सुरक्षा निकायहरू निरंकुशताका लागि नभएर जनताका लागि हुन् । यसमा आश्वस्त भएपछि जनताले ती निकायहरू आफ्ना हुन् भन्ने कुरा महसुस गरेर स्वामित्वको धारणा बनाउँछन् । त्यसबाट सुरक्षा निकायहरूले जनताको अभिभावकत्व प्राप्त गर्नेछन् । ०

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Paudel

      एउटा बाङ्गो मुख भएको र सँधै बाङगा कुरा गरी जनताको आन्दोलनलाई तुच्छ बताउने भूतपूर्व सेनाप्रमुख एवं तथाकथित राजपरिषदको कर्ताधर्ता सत्चित शमसेर नामको जन्तु , महान तस्कर र राजाको शाषनमा सूचना प्रविधिको नाइके र सम्पूर्ण राजईच्छाको योजनाकार शरदचन्द्र शाह , निक्षे शमशेर नामको गुण्डा नायक, सिनेट श्रेष्ट नामको पारसवादी लठैत , श्रिष शमसेर नामको ऊल्लु राणा, टंके ढकाल नामको जनावर र सदावहार अवसरवादी कमले थापालाई कारवाही गर्न ढीलो भइसक्यो । रात रहे अग्राख पलाउँछ र यिनीहरु भागिसके होलान वा अर्को योजनामा लागिसके होलान ,समात्नु पर्यो । ई काँडाहरु यसै छोड्ने हो भने भोलि फेरि अरु रगत अवश्य बग्छ देशमा । त्यो गिरी नामको जनावर त अब ८० वर्ष बढी भइसक्यो र अव बंगलोरतिर धर्म प्रचार गर्न फर्किसक्यो पनि होला।
      ई डाँकाहरु र जनताका शत्रुको खोजी गरौँ लौ न sssssssssssssssss !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam

      नेकपा एमालेका महासचिवको बोलिर व्यवार देखेर वाकक्लागेर आयो किनभने वहाहरुको दल पनि प्रतिनिधि सभाको दोसो ठुलो दल होनि वाह जहिले पनि यसो गर्नु परो उसो गर्नु परो बाहिर बाहिर् चाहि भन्ने भित्र गये पछि केहि नबोल्नि। किन? भित्र बोलन् सक्नु हुदैह्न्न भने किन वाहिर मात्र बोल्न्हुन्छ?
      वहाले भनु भको काममा कुन कुराहरु पुरा गर्नुभो।
      १ राजपरिष खारिज गर्नु पर्छ्।
      २ शाहि नेपालि सेनालाई नेपालि सेना बनाउनु पर्छ।
      ३ जन-आन्दोलन् दबाउने माथि कारवाहि गर्नु पर्छ।
      ४ कुसीको लागि जहिले पनि झगडा
      केहो यि नेताहरुको चाला हामिहरुले फेरि नेताहरु को लागि अरको आन्दोलन् गर्नु नपरोस।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thanks for your information umesh je

      it is very useful for us.

      Abirlayatri
      Saudi arabia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gopal Chalise

      Bro Umesh
      U been doing excellent job. but when the tea get colder it does not teste good. I cant listen your audio/video from my firewalled LAN but I do use other alternatives to see your videos and audio blogs. If you convert your videos from .WMV or anything to FLASH movie then I hope more people like me can see still behind firewall.

      If you post & upload your work as things happen, like you do most time, its much appriciated.

      Sorry bro just my 2 paisa ko suggestion. CHEERS

      Gopal Chalise, Chitwan (now Riyadh)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker