०६३ वैशाख २९, शुक्रबार
अंग्रेजी भाषाको एउटा प्रतिष्ठित साप्ताहिक ‘नेपाली टाइम्स’ ले आजको अङ्कको ‘नेपाली सोसाइटी’ स्तम्भमा म र मेरो संसारको बारेमा लेखेको छ। ‘Umesh’s Blogosphere’ शीर्षकमा लेखिएको त्यो लेख नेपाली टाइम्सको साइटमा गएर हेर्न सकिन्छ।
तर पूरै लेख पढ्न भने तपाईँले त्यहाँ दर्ता गरेर युजर नेम र पासवर्ड लिनुपर्ने हुन्छ। अरुका बारेमा मैले धेरै लेखे पनि मेरो बारेमा भने अरुले लेखेको यो पहिलो पल्ट हो। त्यसो त एउटा जर्मन पत्रिका र बेलायती पत्रिकाले पनि मेरो बारेमा लेखिसकेको छ पहिले तर नेपाली सञ्चारमाध्यममा पूरै ब्लगिङको क्षेत्रलाई नभई मलाई मात्र समेटिएको भने यो पहिलो हो।
यसका लागि अस्ति सोमबार त्यसका रिपोर्टर मल्लिका अर्यालले मलाई फोनबाट केही कुरा सोधेकी थिइन् र मैले सरर जवाफ दिएको थिएँ।
आफूले लेख्नु र अरुले लेख्नुमा अलि फरक भने हुने रहेछ। बुझ्नेले गलत बुझिदिँदा अरु थोकै लेखिँदोरहेछ। त्यसमा लेखिए अनुसार मलाई एकचोटी सुरक्षा फौजले पिटेको भने हैन, मण्डलेहरुले पिटेका हुन्।
धम्कीका कुरा पनि त्यहाँ लेखिएका छन्। साँच्चै आजभोलि त्यस्तो ज्यान मार्ने धम्की आउँदा त हाँसो पो उठ्छ त। अघि भर्खर पनि एउटा त्यस्तै कमेन्ट आएको थियो। मैले त्यसलाई एप्रुभ गरेको थिएँ। त्यो कमेन्ट तलको कतै पोस्टमा हुनसक्छ।
मेरो संसारका ३५ प्रतिशत भिजिटर अमेरिकाबाट छन् र बाँकी अन्य भने फलाना फलाना देशबाट छन् भनेर त्यसमा जुन लेखिएको छ- त्यो भने टप टेन लिस्टमात्रै हो। १५० भन्दा बढी देशबाट यो साइटलाई हेरिएको छ।
२५ अप्रिलको दिन यो साइटमा सबैभन्दा बढी भिजिटर आएका थिए। युनिक भिजिटरमात्रै ३७ हजार थिए। पेज इम्प्रेसन त लाखौंको संख्यामा नै थियो। त्यो कुरा मैले भनेको थिएँ तर छापिँदा भने अलि फरक ढंगले छापिएछ।
बाँकीका कुरा भने अति नै राम्रो ढंगले उहाँले लेखिदिनुभएको छ। मलाई लाग्छ- आज मैले यो ब्लगबाट एउटा बेग्लै पहिचान बनाएको छु। म त्यही च्यानल नेपालको जागिरमा झुण्डिरहेको भए यो पहिचान कदापि पाउने थिएन। उमेश श्रेष्ठ भन्ने मान्छे पनि छ भनेर कसैलाई थाहा पनि हुने थिएन। आज यही ब्लगका कारण देशविदेशमा मैले थुप्रै साथीहरु बनाएको छु, बनाउने क्रममा छु।
त्यसो त मेहनत पनि निकै गर्नुपर्छ यसमा। अरु कुनै काम नभएकोले मैले पूरा समय नै यसैमा खर्च गरेको छु। कति रात त नसुती छर्लङ बिताएको छु यही ब्लगका कारण। कुनै फिल्म हेर्दा हामी त्यो फिल्म बनाउन पर्दापछाडि कति मेहनत परेको हुन्छ भन्ने सोच्दैनौं। त्यस्तै हो ब्लगमा पनि। ब्लग लेख्नका लागि जानकारीहरु जुटाउन, अडियो ब्लगका लागि अडियो रेकर्ड गर्ने, एडिट गर्ने अनि इन्टरनेटमा अपलोड गर्ने, भिडियो ब्लगका लागि भिडियो खिच्ने, त्यसलाई कम्प्युटरमा डाउनलोड गर्ने, एडिट गर्ने, इन्टरनेटमा राख्नका लागि कम्प्रेस गर्ने अनि स्लो इन्टरनेट कनेक्सनमा अपलोड गर्ने काम कम्ती झण्झटपूर्ण र समय खाने हुँदैन। अनि यी सबै काम एक्लै गर्नुपर्यो भने झन्…!
इन्टरनेट र फोनको खर्च जुटाउन पनि धौ-धौ पर्छ कति पटक त। यद्यपि कति साथीहरुले विदेशबाट सहयोग गरिदिएका छन् विगतका दिनहरुमा- अनि मलाई खर्चको भार हलुका हुन्छ। तर यस्तो सहयोग नियमित भने हुन्न। अनि जब अरु खर्चको त कुरै छाडौं- इन्टरनेट र फोनको खर्च तिर्न पुग्ने सहयोग पनि जम्मा हुँदैन- तब भने दिक्क लाग्छ। केको समाज सेवा गर्ने, बरु आनन्दले १०-५ जागिर खाएर बस्नुपर्छ जस्तो मनमा लाग्छ। तर आफ्नो हिसाबले स्वतन्त्र रुपमा काम गर्नु र अर्काको काम गर्नुमा फरक त हुन्छ नै। भविष्यले कता डोर्याउँछ- केही थाहा छैन। त्यसो भए पनि यही ब्लगलाई निरन्तर गर्नका लागि नै भए पनि एउटा नियमित आय हुने ठाउँ भने खोज्नु पर्ने नै जस्तो लागिरहेको छ मलाई।
विज्ञापन पनि खासै पाइन्न। केही साथीहरुको साइट फोकटमा लिङ्क गर्नुबाहेक पैसा नै तिरेर विज्ञापन गर्ने त एक जना पनि आएको छैन। गुगलको विज्ञापनले आएको पैसाले सर्भरको पैसामात्र तिर्न पुगे हुन्थ्यो जस्तो लाग्छ। त्यही पनि अहिलेसम्म आएको छैन।
अहो, व्यक्तिगत कुरा त अलि बढी नै भएछ। अहिले भर्खर पाएका केही समाचार लेखेर यो पोस्टको बिट मारौं है त-
मुख्य वार्ता चाहिँ प्रधानमन्त्री गिरिजा र माअोवादी अध्यक्ष प्रचण्डबीच हुन्छ भनेर हिजो भर्खर रिहा भएका माअोवादी नेता मातृका यादवले भनेछन्। यो चाहिँ 2722 नम्बरको मोबाइलबाट आएको ब्रेकिङ न्युज हो। पहिलो पटक मैले यो सेवाको प्रयोग गरेर हेरेको हुँ।
कस्तो खालको वार्ता हो कुन्नि ? आमने-सामने हो कि टेलिफोन ?
सभामुख सुभाष नै : हिजो सभामुखको कुरा नमिलेपछि आज सात दलको बैठक बस्ने भनिएकोमा काँग्रेस र एमालेबाहेक अरु दलहरु नै आएनछन्। अनि सात दलको बैठक दुई दलमा सीमित भएछ। उनीहरुले सभामुखका लागि निर्वाचन नै गर्ने निर्णय गरेछन्। भन्नाले संसदमा बढी सिट भएका काँग्रेस र एमालेबीच सहमति भएपछि चुनावै भए पनि एमालेका सुभाष नेम्वाङ नै निर्वाचित हुने त निश्चित नै छ। प्रजातान्त्रिकले आफ्ना सांसद चित्रलेखा यादवलाई उठाउने कि नउठाउने हो, त्यो भने हेर्न बाँकी छ।
प्रजिअ मुक्त जनआन्दोलन उत्कर्षमा पुगिरहेका बेला माअोवादीले सर्लाहीमा आक्रमण गरेपछि अपहरण गरी लगेका त्यहाँका सीडीअो बोधराज अधिकारीलाई ३६ दिनपछि हिजो मुक्त गरिएछ। हिजै सरकारले पनि दुई माअोवादी केन्द्रीय नेताहरुलाई रिहा गरेको थियो।
क्या भव्य भोजः तपाईँले आजको कान्तिपुरमा केदार अोझाले लेख्नुभएको मुख्य समाचार पढ्नु भयो ? प्रधानसेनापतिकी छोरीको बिहे त राजपरिवारको जस्तो पो हुने रहेछ ! क्या टन्नै धनसम्पत्ति होला हगि उनको ? कसरी कमाए होलान् ? नेताहरुका बारेमा भ्रष्टाचारका कुरा उठ्छन् – तर यस्ता सुरक्षाप्रमुखको सम्पत्तिको छानबिन किन हुँदैन होला हगि ? साथी दीपक अर्यालले अस्ति नै एउटा ब्लगमा लेख्नुभए जस्तो- कसैले रिसर्च गरे हुन्थ्यो- नेताहरुले कति खाएका थिए र शाह, राणा र थापाहरुले कति खाएका छन्।
No related posts.









Well,
It is nice to listen to everybody’s comment, but it is also irritating to see favoritism. I don’t know Pradeep Nepal(ex-UML leader) in person, but I really do agree with one of his comment. He said that UML didn’t called their movement as “MadanPath” like maoist termed themselves “PrachandaPath”. The commentators of this site are also trying to make it “UmeshPath”. The only reason all those people visited this site was because they wanted to get some fresh news and Umesh did an outstanding job to update it every other minute. All this doesnot mean that we will keep praising his work in the reminder of this blog without talking about the point why we all visited this site, for super-fresh information. BBC provides one of the best updates around the world but we never heard the songs of reporter’s Praise.
I can gurantee, other bloggers also can achive the same number of viewers as Umesh did otherwise more if they had a place to share what they know. We all know Umesh did a great job but I hate all this rubbish: Nepotism ruined our country for all these years, let’s not start another chapter of Favoritism.
मन परे हरियो, नपरे रातो
0
0
Dear Umesh bhai
I really appreciate your job that you have been doing for last couple of weeks. I also leanred that there have been lot of media coverage on you and your website. It is obvious that someone who is doing a great job for society and a country as a whole will be covered and appreciated. I however urge you not to mention about your appreciation that has been published or written in other web or news papers. Readers are very smart and will find such info anyway and will of course get back to you. Self imposition and appreciation does not seem good.
Thanks and good luck.
Basanta
Afghanistan
मन परे हरियो, नपरे रातो
0
0
It is very nice to know that you getting some recognition and becoming a public figure. I like your writing style in a simple and commonly spoken language. You were simply outstanding in posting breaking news on Nepal during the recent mass protests and meeting our apetite for news from our motherland.
I agree with you on the corruptions by the security chiefs in Nepal with an example of grand feast in Pyar Jung’s daughter’s marriage. In Nepal we all have witnessed such corruptions by public figures in one way or the other. I find a serious problem in our society in this regard because no one dare to ask if someone becomes rich overnight. Rather you get discouraging response from the society if you can not make big money and they don’t care how you do it. I hope things will change after this LOKTANTRIK JANA ANDOLAN. Well, it would be pathetic if we cover up or ignore the corruption from the leaders while focusing on the security chiefs. Regardless of differences in the level of corruption they should be accountable to their wrong doings. They should all be accountable to the poor Nepalese in the remote and rural areas who do not have enough to cover their body and do not have enough to eat.
I like the idea from NEPAL KO CHHORA above for contributing to your efforts in maintaining this blogsite. I have sent you once and I will do it again in future. And I hope everybody else will feel their civic responsibilities and make whatever contributions they can make.
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji,
Great work that you are doing now by giving hot news of Nepal.Reading your all kinds of news,it seems that you are a brave,courage,generous and very good talented person;
keep it up!!!!!!!
with best wishes
neena,france
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji,
tapaile sarba prathab ta dherai dherai badhai chha yesto euta naya idea banaunu bhayeko ma.hami bidesh basne nepali sabailai ghar mai basera sampurna nepal ko satye tathya janakari haru lina paune byabastha milayidinu bhayeko ma.kahile kahi lagchha hamile tapailai bata lina matra janeu tara dina bhane thorai le matra janeu.ma paren student so ahile lai help garna sakne teti abastha dekhina tara agami bhabisya sakula bhanne asha garchhu.
thaha chha Umesh ji, jo samaj sewa garchha,jo aruko lagi matra sochcha teslai parda sahayog garne nikai kam matra ma bhetinchha so bistarai bistarai yeslai commercial way tira po lane ki?
well wisher
Neena,france
मन परे हरियो, नपरे रातो
0
0
सर्बप्रथम बधाई छ उमेश जी लाई । तर एस्तो समाज सेवा गर्न उमेश जी लाई आर्थिक समस्या परेको सुन्दा दुख लाग्यो । यो ब्लग देश बिदेश बाट तेती धेरै जनाले हेर्चन्, तर सहयोग भने कसैले गर्दैनन्, कस्तो नकचरा मान्छेहरु होलन । म तपाईंलाई हरेक छ महिनमा दस् डलर पठाउने छु, मैले त्यो काम April बाट सुरु गरी सके । सबैले यसरी नै अलि अलि सहयोग गरी दिए उमेश जी लाई पनि blog चलाऊन सजिलो, हामीलाई पनि ताजा र सत्ते तत्थे समाचार सुन्न पाइने ।
मन परे हरियो, नपरे रातो
0
0
Dear Umesh,
Your hard work and contribution is really appreciable. To tell you the truth, I nowadays see your website before seeing any other. It is really amazing to hear that you take care of most of the things yourself, that is a lot of stamina.
I wish you a better and better future as an entrepreneur as well as a social worker. Hope you will be consistent in your work in the future. You should do your work and money will flow in. Have courage.
मन परे हरियो, नपरे रातो
0
0
Umeshji
congrats and keep up the good work.I adore your courage and hard work to make an independent identity,and yes you have done it bro.
मन परे हरियो, नपरे रातो
0
0
दामि खबर हेर्न पाईयो? साथै सुन्नपाईयो अब यो चोर हरुलाई पैसा पैसा को औसधि को ब्यबस्था मिलाउन परो साथै अर्को हत्यारा बाबु छोरा लाई पनि चाडो भन्दा चाडो जताको अदालतमा ल्याउन परो
UK
मन परे हरियो, नपरे रातो
0
0
Kudos Umesh Bhai I read all about you and how your journalism experience in Channel Nepal made you an innovative practioner.( I am 36 yrs. and you are younger than me but what you have been doing speaks tall of you )
I log onto website almost throughout the day as my job is like that and more than 50% of my time is spent on your blog pages.
Wish you many laurels !
Cheers
मन परे हरियो, नपरे रातो
0
0
UMESH JI,
thnaks for ur uptodate news information…it makes us always awarning in the current national consensus of the political situation…u r really great..and i cant tell in words..how much u have done …to create the blog….
gyelbu sherpa,
currently japan
मन परे हरियो, नपरे रातो
0
0
umesh,
good job but you need to improve you language. for example: ‘vijilante’. The way you write in nepali is not correct however in english its ok. professionals and public figures cannot make mistakes.
rest you are doing magnificient job.
himalaya
———————–
[धन्यवाद सुझावका लागि, मलाई सबै कुरा थाहा हुँदैन। थाहा भएको दावी पनि गर्दिनँ। धेरै कुरा तपाईँहरुले पनि सिकाउनु पर्छ मलाई। अब यो भिजिलान्टे भन्ने शब्द चाहिँ नेपाली प्रेसमा बारम्बार प्रयोग हुने शब्द हो। त्यही हेरेर, पढेर पनि मैले लेखेको हुँ। तपाईँले दोष त देखाउनु भयो तर समाधान भने देखाउनु भएन नि। भिजिलान्टेलाई कसरी शुध्द लेख्ने भनी सिकाइदिनु भएको पनि भए म आभारी हुने थिएँ र आइन्दा गल्ती पनि हुने थिएन- उमेश]
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji,
Congratulation. I read your blog more than 10 times per day.You are great person. keep your good work.
Bishnu,USA
मन परे हरियो, नपरे रातो
0
0
Dear Umesh,
Congratulations! You are getting rewards of your hard works and helping to expand the Nepali blogosphere. I hope one day there would me a few thousands of bloggers like you working hard to bring their experience to the world.
Keep it up!
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji,
Tyo mula sanjeev ji bhanney manchey lai blog bhaneko ke ho bhanney nai thaha chhaina jasto chha….merosansar ko uniqueness nai simplicity and hardcore news ho….buttering garera…page lai badi professional banayera…sani bacchi ko swar hatayera…site chaley bhaye tyo sanjeev ji ukno afnai sansar bhanney blog kholey bhai halchha ni..ani ma pani heraula web stats usko…kati ko browse hudo raichha bhanera….Umesh ji you concentrate on contents..content is important rather than anything else…tapai ko photo pani tyehi rakhnus…ramailo lagchha ek sadharan nepali ko mehenat herna….thanks for publishing news about bhrasta Bijaya Nath Bhattarai, Governor NRB
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji
We must have to appreciate your work to inform us from breaking news to other many interesting feature writing.Personally, I like your expression. You have a wonderful style to express your idea. You have clarity and consistancy in your language so I prefer fist to see what you write.
Yes, KYA BHABBA BHOJ!!! , it is a matter of speculation how they get money for that sruff. I also read about this in Kantipur. You know, 60% Nepalese are starving but this is a grand feast!!!! Only invited for high class bourgeoisie and feudal lords !!! How Amasing!!!!!!How Contrast between the people!!!! I really feel sorry!!! Gap between man and man !!!!
From Korea
मन परे हरियो, नपरे रातो
0
0
Dear Umeshji ,
I really appreciate your hard work and good job .
Keep it up.
Iswor
मन परे हरियो, नपरे रातो
0
0
मे १२ म सन्जीव जि ले लेखेको कमेन्ट प्रती म पनि सहमत छु । उमेश जि ले गरेको कम को सरहना हामी सबै लोक् तन्त्र का पक्षपाति हरुले गर्नु पर्छ र लोक् तन्त्र को समर्थन् स्वरुप उहालाइ सक्दो सहयोग पनि गर्नु पर्छ जस्तोलाग्छ। हुनत मैले अझैउहालाइ कत्तिपनि सहयोग् गरेको छैन तर अवस्य गर्ने छु। उमेश जि तपाइको कार्य धेरै राम्रो छ यसलाइ निरन्त्रता दिनुहोला भन्ने मेरो सुझाब छ,शुरुआत मा कठिन त भैहाल्छ नि। तपाइको ब्लग ले धेरै नेपालिको कौतुहलता मेटाएकोछ तपाइलै धन्यवाद दिन चाहन्छु।
मन परे हरियो, नपरे रातो
0
0
Umeshjee
Its first time i am communicating with you, though your effort had been very often make me to respect it. Its greatness is its local friendly flavor of being very informal and closer. Really a very nice job, hope to support and meet you someway and somewhere.
sanoj
मन परे हरियो, नपरे रातो
0
0
Dear Umesh bro
Your work is great. don’t stop to write and inform us. DHAMKI is water bubble it will last soon.
मन परे हरियो, नपरे रातो
0
0
Umeshji,
Keep it up, its only the begining……….
Update ur site timely, u will get more credit in future.
Wishing best
Bikash Tripathi
मन परे हरियो, नपरे रातो
0
0
Congrats!!
Best of Luck for your career.
मन परे हरियो, नपरे रातो
0
0
Congratulation ! Umesh jee
You are being recognized all over the world for your your sincere and hard work—keep it up
मन परे हरियो, नपरे रातो
0
0
Dear Umesh ji
Greetings
I felt really uncomfortable when I read your thread. Definitely we will help you if we need to, I mean to keep rolling your information update in any cost. I, personally would like to see you when I am in Nepal in next two months time, if you don’t have any objection.
I do not have any other words to thank you for your good work. You did not ask yourself to rest during the movement, you kept your news updated at all times. Umesh, your hard work has taught me a very good lesson which might be fruitful in my life.
We are about 30 ex-British Military Nepalese have been working in US embassy, British embassy, Gold mines as well as with UN projects as security consultant. We will work out something that so we can contribute the country by any means. We also thinking that you may have to publish a completely different type of magazine in weekly from Nepal and this will be on line for international readers. There is a lot to talk but we will discuss further…you may contact me on:jasrai2050@hotmail.com or jasr@layne.co.tz
Jas Rai
मन परे हरियो, नपरे रातो
0
0
Hi Umesh ji
I am very pleased that someone got time to write about u.The number u have given about how many see your web site is just the part of floatting ice. There r many more people in aboard regularly read all the content of your pages. I usually check twice a day and here in UK almost all my friends read it. But only a few of them write comments. This is second time I am writing comment though I see it twice a day.
U will be rewarded once time come.
The material that u have given r not all covered by all media so r exceptional.
Keep it up.
Sarun
UK
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी!
होईन यो सात पार्टी हरुको बिबाद कहिले सकिने हो?सन्सद हो कि हाँस् को चाल हो यो?यि भाते हरुलाइ सन्सद मा के सुत्न पठाएको हो? चोर हरु!अब यिन्लाइ फासी दिनु पर्छ । अब आफु पनि माओवादी हुन मन छ । के गर्ने यि गिरिजे माधबे हरु को भर् परेर भएन।अब एक् पटक प्रचन्ड काम्रेड् को पनि फुर्ति फार्ति हेरौ न।होइन भने ज्ञाने त छदैछ।एकदम् निराश् भयेको छु आजकल।के के सोचेर् आन्दोलन् मा लागियो ।त्यती धेरै होनहार साथी हरु शाहीद हुनुभयो अहिले आएर रगत न्सुक्दै यि चोरहरु को व्यबहार यस्तो भएपछी हामी जनता ले अब के गर्ने हो ?
अन्तमा आजको नेपाली टाइम्स् मा तपाईं बारे पढ्नप पाउदा धेरै खुशी लाग्यो । आगामि दिनमा पनि तपाईं को यो साह्शिक काम जारी रहनेछ
भन्ने आशा राख्छु ।
मन परे हरियो, नपरे रातो
0
0
Dear Umesh,
Congratualtions!!! You deserve that.
Sorry I do not have user name and password to read full article.
Anway keep it up.
With best regards,
Sangam
मन परे हरियो, नपरे रातो
0
0
Congratulations!
I also came to know about your blog from that Newspaper.
It’s really good effort that you have been putting over here but I saw a lots of mistakes – instead of sanyukta words they came with halant, and the very first line you can see mistake in the word vichar etc. over here that makes uninteresting to read the posts. I don’t know it’s due to the unicode or something else or do I need to install the font. But as far I know in XP we don’t have to install any unicode fonts as XP accepts them.
Otherwise your really have an impressive work and have done a remarkable job by maintaining a blog in Nepali.
Once again congratulations and best wishes.
Keep it up.
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी,
मैले बिहान नेपाली टाइम्स पढेपछि तपाइलाई बधाई सन्देश पठाउनु पर्ला भनेर सोचेको थिए । तर ब्लगमा तपाइको कामको बारेमा त्यो भन्दा धेरै जानकारी पाइयो । तपाइलाई धन्यवाद र बधाई दुबै दिन चाहन्छु !!! तपाईको काम सराहनीय छ, र म तपाईको उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु ।
यसै मौकामा तपाईको साइटका बारेमा एक, दुइ टिप्पणी/सुझाव/जिग्यासा लेखौ है !
१. मेरो सन्सारमा ब्लग लेख्ने कतिपय ब्लगरहरुले कुनै विषयमा आफ्नो विचार भन्दा पनि तपाईको प्रसम्सा वा धन्यवादका सन्देश मात्र लेखेको देख्छु । यसलाई निरुत्साहित गर्नुपर्छ जस्तो लाग्छ ।
२. फोटोलाई कपी गर्न बन्देज लगाउनुको सट्टा कपिराइट फोटोमा नै उल्लेख गरेर कपि गर्न दिँने की ? त्यसो गर्दा फोटोग्राफरको पनि हित हुन सक्छ जस्तो लाग्छ ।
३. तपाईले ब्लगमा राख्नुभएको अडियो भिडियोमा सानो नानीले बोलेको अस्पष्ट आवाज छ । त्सलाई हटाएर त्यसको ठाउँमा ठूलो मान्छेकै प्रष्ट आवाज राख्ने की ?
४. ब्लगमा तपाईका लेखहरू सार्है राम्रा छन् । तर यसका अतिरिक्त अरू मानिसका लेख रचना वा पत्रपत्रिकाका समाचारलाई पनि स्थान दिदा कसो होला ?
५. यो साइटमा पढेलेखेका युवावर्गलाई अझ बढि आकर्षित गर्न सन्दर्भ सामग्रि तथा विषयवस्तुमा विविधता ल्याउनु पर्छ की ?
६. यो साइटलाई अझ व्यवसायिक बनाउनका लागि मुख्य प्रिष्ठमा तपाईको फोटोको ठाउँमा अन्य केहि राख्ने की ?
यी मेरा कोरा सुझाव मात्र हुन् । यीनलाई अपनाउँदा आइपर्ने समस्याका विषयमा मलाई भन्दा तपाईलाई धेरै थाहा छ, त्यसैले अन्यथा नलिनु होला । फेरि पनि बधाइ र शुभकामना !
मन परे हरियो, नपरे रातो
0
0
Dear Umesh Jee Can I ask you your Contract Number and
e-mail I want Talk abaut the business Promotion for my
Company This is Bahadur K.C. Shiva
From Hongkong
Thanks
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji
thanks and congras..
really you are great
मन परे हरियो, नपरे रातो
0
0