-प्रकाश पहाडी
खगेन्द्र संग्रौला धेरै नेपाली पाठकका लागि सेलेब्रेटी नाम भएको होला। म पनि उहाँका लेख चाखका साथ पढ्ने गर्छु। उहाँको शैली र शब्द प्रहारमय छन्, यसमा शंका छैन। तर २७ बैशाख २०६३ मा प्रकाशित “पाक्षिक भेट – सहिदका शव र सालिक” शिर्षक लेखको पहिलो अनुच्छेदमा उल्लिखित निम्न दुई वाक्यांशले संग्रौलाका केही अन्तरमनका कुराहरू भन्छन्, जुन म छोटकरीमा केलाउने प्रयाश गर्छु।
पर्वतका दुई दलित मित्र आफ्नो सिर्जनाको कोसेली लिएर मकहाँ आए। तिनले भने- ‘कुश्मा नगरीको केन्द्रमा ठडिएको राजा महेन्द्रको सालिक हामीले ढाल्यौं।’
संग्रौलाले उहाँका ती दुई मित्रलाई “दलित” नै भनेर किन तोक्नुभएको हो? के उनीहरूको दलित वा जातीयबाहेक अरु नै पहिचान छैन? के उनीहरू दलित नभएर क्षेत्री वा बाहुन भएको भए “पर्वतका दुई क्षेत्री” वा “बाहुन” भन्नुहुन्थ्यो उहाँले? वास्तवमा “सालिक ढाल्ने काममा दलित (जस्ता निम्न जात) ले गरे भनिदिएर आफूले दलितका लागि महान कुरा भनिदिएको मनोविज्ञान पनि झल्किएको छ खगेन्द्रजीको। अनि “…लिएर मकहाँ आए” भनेर एउटा बालीघरे “दलित” बिष्टकहाँ गएको दृश्यको घुमाउरो छनक पनि दिनुभएको हो उहाँले?
यसले के देखाउँछ भने खगेन्द्रजीको लोकतान्त्रिक गणतन्त्रप्रतिको लगावमा कुनै शंका नभए पनि लोकतान्त्रिक गणतन्त्रमा हुने भनिएको समावेशी चरित्रप्रतिको उहाँको सोचमा खडेरी छ।
आफूलाई प्रगतिशिल वा जुझारू (र्याडिकल) ठान्ने धेरै नेपाली विद्वतहरूले एकातिर जातीय, वर्गीय, क्षेत्रीय तथा लैंगिक समानताका कुराहरू जोडदार उठाउने गर्छन्, अर्कातिर यसैगरी आफ्नो सामन्ती पृष्ठभूमिमा गुम्सिएर रहेको आफू तथाकथित उच्च जात भएको “बास्ना” छाड्ने गर्छन्। यसमा खगेन्द्र संग्रौला जस्ता जनअधिकारका ठूल्ठूला कुरा गर्ने बामहरू पनि अपवाद देखिनुभएन। यसैमा दुःख छ।
अफ्रिकालीहरूलाई चिनाउने दासकालीन “निग्रो” शब्द प्रयोग गर्नु आज पश्चिमेली मुलुकहरूमा कानूनतः वर्जित छ। तर २ सय ३७ वर्ष पुरानो सामन्ती राजतन्त्रलाई ढालेर नयाँ “समावेशी लोकतान्त्रिक गणतन्त्र नेपाल” श्रृजना गर्ने संघारमा आइपुगेको हाम्रो समाजका कतिपय प्रगतिशिल विद्वत वर्गहरूसमेत कसैलाई जाति तोकेर सम्बोधन गर्नु आफैँमा जातिवादी (रेसिजम्) हो भन्ने हेक्का राख्दैनन्।
प्रगतिशिल विद्वानहरूको चेतनास्तर यही ठाउँमा रहने हो भने राजतन्त्र ढले पनि शोषित पीडित जातिका लागि समावेशी लोकतन्त्र आउने छैन। बोल्ने, लेख्ने तथा संगठित हुने स्वतन्त्रतासम्म उनीहरूले पाउलान्, तर सात दल र माओवादीको १२ बुँदे एजेण्डामा समेत प्रमुखता पाएको “समावेशी” शब्दले सही आकार लिने छैन। यसो भन्नुको तात्पर्य राजतन्त्रलाई बचाउनुपर्छ भन्ने तर्क गर्न खोजिएको होइन, बरू राजतन्त्र मासेर अढाइ करोड नेपालीकै लागि समावेशी लोकतन्त्र आउनुपर्छ भन्न खोजिएको हो। यसका लागि राजनीतिज्ञ तथा विद्वत वर्गले आफ्नो पृष्ठभूमिमा रहेको सामन्ती तुष मेटेर साँच्चिकै समावेशी चरित्र प्रकट गर्न सक्नुपर्यो- बोली र व्यवहार दुबैमा। कसैलाई जाति तोकेर नाम काढ्नु जातिवादी सोच हो भन्ने बुझ्न थाल्नुपर्छ। दलितलाई दलित नै भनिदिनु सामन्ती सोचलाई आधिकारिकता दिनु हो।
नेपाली समाजमा कुनै जातिलाई होच्याउने शब्द र उखानतुक्काहरू कम छैनन्। ती सबैलाई अब संविधानबाटै गैरकानूनी घोषणा गरेर किन उन्मूल नगर्ने? दलित, डुम, काठा जस्ता जाति विशेषलाई होच्याउने शब्दमात्र होइन, नेवार इष्ट हुँदैन, बाउ दुष्ट हुँदैन जस्ता अनगिन्ती तथाकथित उखानतुक्का कसैको मुखबाट निस्कनुलाई नै गैरकानूनी घोषणा किन नगर्ने?
आगामी दिनमा खगेन्द्र संग्रौला जस्ता लेखकले दलितले सालिक ढालेको कुरा सुनाएर तिमी त दलित भए पनि कस्तो बहादुर भनेर उनीहरूलाई “फुर्क्याउनु”को सट्टा अब को दलित को बाहुन, सबै एकै हुन् भन्नेतर्फ कलम चलाउनु समय सुहाउँदो हुने छ।
[प्रकाशजीले यो कुरालाई पाठक पत्रको रुपमा कान्तिपुरमा पठाउनु भएको रहेछ। तर प्रकाशित नभएको गुनासो गर्दै मेरो इमेलमा पठाउनुभएको रहेछ। कुरा तर्कपूर्ण नै लाग्यो। त्यसैले यहाँ प्रस्तुत गरेको हुँ। ]
खगेन्द्र संग्रौलाको सो लेख यो लिंकमा छ।
No related posts.









khagendra sangraula you are Dante, Russo, Gorkey, Lu sun of Nepal. your article motivates millions of nepali to move ahead.but why donot you write regularly in kantipur as like before
मन परे हरियो, नपरे रातो
1
0
prakash jee ur comment is excellent. but u need to think that those people who are oppressed, they have many organisation led by the person of their own community and bear the name of Dalit like”nepal dalit mukti morcha”, “dalit samaj” or something like that. may be sangraula want to indicate that even those people who have been treated as untouchable, treated as second class citizen for century have got political awarness.
मन परे हरियो, नपरे रातो
0
0
Khagendra is not what he writes. He is a non-progressive ‘bahun’ and will remain so. From inside he is a ‘jamindar’. Beware of such personalities.
मन परे हरियो, नपरे रातो
0
0
Umesh jee Namaste
please invite me for opening Gmail account
please please it is urgent me
मन परे हरियो, नपरे रातो
0
0
i agree with you suraj ghale.
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश् जि हातिलाइ भुसुनाले तोकेर केहि फरक् पर्च र? खगेन्द्र सङ्रौला र तपै को तुलाना तेस्तै हो। आफु केहि गर्नुस् सबैले तपाइको जय् जय्कार् गर्चन् तर तपाइले जस्तो पतित् काम् गरेर कोहि पनि पोपुलार् हुदैनन्।मेरो बिचार् मा तपाइ को घरमा दलितहरु पिदिमा पनि बस्न पाउदैनन् होला मलाइ तेस्तै लागो तपाइको लेख् स्तुद्यि गर्दा।पहिले आफु सुदृनुस्।सुभकामना।
मन परे हरियो, नपरे रातो
0
0
Prakash G I think you want to be popular . But to be popular you have to be do something yourself,but do not critisized others. Everybody know who is Khagendra, and what is his role in Nepal.
मन परे हरियो, नपरे रातो
1
0
Prakash ji, Well done and umesh ji, u r great. You should provide forum for these kind of social issues.we require holistic change in our country.
We do believe in democracy so everyone has right to post their views.There is nothing to be biased. Think seriously and look for the consequence. Your opinion might be a ice breaking opinion for new nepal.If we are going to make a new nepal then it is time to think seriously. As Dalit word itself is not good word and it is self discriminatory, there is no way of respecting saying somebody esle as dalit. Rashmila ji, you are trying to be biased. If Khagengra sangraula being a famous jorunalist don’t have any idea of social integration then how come he can work for disadvantaged people. His articles might be impressive but that might be politically correct. Khagedgra sangraula feels down when he saw the scrulpture of previous ruler.This is good ideolgy, he mean to say there should not be any thing in country which make the people feel upper and lower because of social class,caste,creed, religion or so on. But he should have thougt Dalit word is an extra labeled impossing to some community becuse of their caste. This kind of activities will divide the nation and disintigrate people and harmony is not possible. A great thinker like Khagengara Sangraula should write that there is no division or categorization of citizen based on caste and so on. All the citizen has same fundamental right and they are just nepali. He could have right “two friends from parbat”. His intention might not be a bad but he should think twice for the consequences of writing. Moreover, the prevaling problem in country is not the prolem of some caste or community. Everybody is suffering from this problem. We have no answer when international society will raise the question what is the basis of caste discrimination. This is totally a groundless discrimination. This will create a lots violance and disharmony in country. We want the new nepal as harmonius country where where everybody will be in win- win position. When bramhin and ohter caste pay good regards to disadvantged community, they will never be looser. They will also get a lots of respect. If we have vision to make our country as ” ADARSHA NEPAL” then we all are nepali, we don’t have any exclusion and we don’t have any kind of label to any citizen on the ground of caste, creed, color, origin and so on. This is responsibility of every citizen. On top of that, the social writer, activist and leader should start thinking with a new vision.
We need our people under the same umbrella where every one can enjoy and can smile with dignity.
मन परे हरियो, नपरे रातो
0
0
please donot try to comment on all the matters.
it seems a small kid is try to comment on very
deep stuff. try to grow up before comment.
मन परे हरियो, नपरे रातो
0
0
Thanks, Umesh ji for giving space to Prakash Pahadi’s comment taht was not published in Kantipur.
Just watch guys, that Krur Khagendra will write another article quoting Prakash Pahadi and Merosansar, and try to kill character of Prakash Pahadi. However, he cannot fool us, since we now know both side stories.
मन परे हरियो, नपरे रातो
0
0
Well, everybody knows that Khagendra is on the payroll of Kantipur. So, that’s whyKantipur never pubishes comments that are sent against Khagendra’s articles. Rather, such comments are sent to Khagendra, and later in the next article, Kahgandra quote’s the commentator and try to attack the commentator. So the readers of the Kantipur never gets the two-sided stories, and forced to read only Khagendra’s write-ups.
Khagendra is a mean guy who poses himself as a great thinker.. bullshit.. he is useless thinker for Nepal.
मन परे हरियो, नपरे रातो
0
0
In my opinion there is nothing called indigeneous (Dalit) in society to be refered to any race. Its all about oppertunity, at least one parameter should be there to analyze the oppertunity given to every member of community. these all are contextual thing but indignity shouldnt be associated with caste. The word (Dalit) itself doesnt sound so good to me because I belive that everybody should have equal right and at least basic needs (Adharbhut Abasyakta) of each individual should be secure. This might be my Utopia. If we really care then we should be forming the policy to uphold the grassroot level community whatever caste they belong and the oppertunity should be geographically distributed within boundary of development index and population density. Only quotas system regarding special caste as (Dalit) will be more hindrance than a oppurtunity. In my opinion education could be the best tool for eradicating social discrimination and heading towards the (Naya Nepal) as we have dreamt.
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश पहाडी जि को यो लेख हेरे अनि त्यही अनुसार मैले खगेन्द्र सङ्रौला जि को पनि लेख पढे तर मलाई त यो बारेमा केही एस्तो खराब् लगेन जुन कुराले दलितलाई तल झरेर कुरा गरिएको छ । माथि एउटा मित्रले लेखी हल्नु भएको छ दलित आँफै दलित मुक्ति मोर्चाजस्तो जतिय सँगठन खोलेर बसेका छन भने त्यस्मा चिन्ता मन्नु पर्ने कुनै कारण नै छैन । अनि यस्तो लेख ले चै दुबै (लेखक र पाठक ) को समय मात्र बर्बाद देखे मैलेत । । । । खगेन्द्र सङ्रौल जि ले एक दम जायज कुरा लेख्नु भएछ । उहा ले नत राजाबादी नै न त जतिय र बर्गिय पक्ष मा नै वकालत गर्नु भएको छ ।
येदी तपाईंलाई दलित भन्ने शब्द मन परेन भने पैला अफुले हटौनुस् अनि अरुलाई भन्नुस् । पैला तपाईं छुवाछुत अन्त्य गर्नुस् अनि अरुको आशा गर्नुस् । किन भने मैले नै देखेको सुनेको जनेको धेरै मान्छे छन् जस्को घर मा ब्यापक छुवाछुत् छ तर अफु भने छुवछुत् को बिपक्ष म वकलत् गर्दै हिड्छ।
त्यसैले पाठक मित्रहरु राम्रो कुरा बुझेर चै कमेन्ट लेख्न हुन बिनम्र अनुरोध छ ।
मैले नि त्यो लिन्क ( http://www.kantipuronline.com/kolnepalinews.php?&nid=73274)को लेख नहेरेको भए शायद सङ्रौल जिलाई बेस्मरी गाली गर्ने थिए। मेरो नि कन्चट् तातिएको थियो ।
त्यसैले सोच्नुस्, प्याच्च अरुलाई भन्नु भन्दा अगाडि किनकी तपाईं को एक शब्द ले यौटा राम्रो लेखकको छबी बिग्रन सक्छ ।
Chamling…
मन परे हरियो, नपरे रातो
0
0
good comments.
मन परे हरियो, नपरे रातो
0
0
Praksh jee,
I appreciate your comment. Saamantabaadi chintan bokne lakhau Khagendra Sangraula haru bhaeko samaj ma euta Khagendra ta matra pratinidhi huna skchan.
Ratna
मन परे हरियो, नपरे रातो
0
0
ब्लगर प्रकाश पहाडी को अभिप्राय सही नै होला तर उहाले धेरै कुरा बुझेको जस्तो लागेन । कुनै बर्ग र जाती बीशेस् लाई जनाऊने कुनै सम्मान्जनक नाम जहाँपनी प्रयोग गरिन्छ र दलीत शब्दको प्रयोग दलीत सँगठन आफैले निर्धरान गरका हुन । अब कुनै शब्द नै प्रयोग नगरे त नेपाल बाट सबै असमानता हटेर गयो भने भैगो नी ।
मन परे हरियो, नपरे रातो
0
0
Umesh Jee,
You are doing a wonderful JOB. Congratulations for that.
What if you create a separate forum in which people from every walk of like put suggestions to political leaders, and advise political leaders to scan read at least once a day. We do not have Telephone in most past of the country where we could get regular opinion polls. And your site could be a start point for that.
You can put the forum name: suggestions to the democratic leaders or something like that which may be short, sweet and catchy.
मन परे हरियो, नपरे रातो
0
0
म पनि तपाईंको कुरा म सहमत छु
दलितलाई दलित भनेर होच्याउन हुन्न भनेर
तर खगेन्द्रजी को लेखको बारेमा बुझाईमा अन्तर भए जस्तो लाग्छ
मन परे हरियो, नपरे रातो
0
1
Rasmila Kayastha जी आफूलाई चित्त नबुझेको लेख पढ्दा समय बर्बाद भएको ठान्नु अल्पशिक्षाको उपज हो, जुन म तपाईंमा देखिरहेको छु। तर यदि तपाईंको त्यो अमूल्य समय एकपल्ट सही तरिकाले उपयोग गर्न चाहनुहुन्छ भने एकपल्ट फेरि मेरो यो आलोना हेर्नुहोस्।
“संग्रौलाले उहाँका ती दुई मित्रलाई “दलित” नै भनेर किन तोक्नुभएको हो? के उनीहरूको दलित वा जातीयबाहेक अरु नै पहिचान छैन? के उनीहरू दलित नभएर क्षेत्री वा बाहुन भएको भए “पर्वतका दुई क्षेत्री” वा “बाहुन” भन्नुहुन्थ्यो उहाँले? वास्तवमा “सालिक ढाल्ने काममा दलित (जस्ता निम्न जात) ले गरे भनिदिएर आफूले दलितका लागि महान कुरा भनिदिएको मनोविज्ञान पनि झल्किएको छ खगेन्द्रजीको।”
खगेन्द्र संग्रौला केवल पात्र हुन्। यस्तो प्रवृत्ति धेरै नेपालीमा छ। जानेर वा नजानेर अथवा दुनियालाई नबुझेर कुनै शब्दले रेसिष्ट अथवा जातिवादी अभिव्यक्ति दिए पनि प्रयोग गरेको देखिन्छ।
त्यसैले तपाईंका “राम्रो तर्क र बुद्धी” भएका तर मेरो वचारमा रेसिष्ट शब्द प्रयोग गरेको अत्तोपत्तो नपाउने लेखक वा त्यस्तो प्रवृत्तिलाई के भन्न् खोजेको हुँ भने होइन, अब अलिक फराकिलो तरिकाले सोच्ने बानी बसाल्नुपर्छ। बाहिरी दुनियामा के भइरहेको छ भन्ने बुझ्न थाल्नुपर्छ। जसरी “निग्रो” शब्दलाई ५० वर्ष जतिअघि रेसिष्ट शब्द घोषणा गरियो त्यसैगरी ढिलै भए पनि हामीले नेपाली भाषामा व्याप्त रेसिष्ट शब्दलाई कानूनी रुपमै उन्मूलन गर्नुपर्छ भन्ने मेरो मूल अभिप्राय हो। नेपाली भाषामा रेसिष्ट शब्द र उखानतुक्का कम्तिमात्रै छैनन्। तीमध्ये तपाईं एउटालाई मात्र उल्था गरेर १५ वर्षको एउटा पश्चिमेली नागरिकलाई सुनाउनुहोस्। उसको जवाफबाट थाहा पाउनुहुने छ- तपाईंको सोचाइ तथा तपाईंका “राम्रो तर्क र बुद्धी” भएका लेखक खगेन्द्र संग्रौला कुन युगमा निदाइरहेको रहेछ भन्ने थाहा हुने छ।
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश पहाडीजीको कमेन्ट पढेर मलाई बदो उदेक लाग्यो । दलितलाई दलित भन्नु अपराध हो र? उनीहरुलाई होच्च्याउनु पो नराम्रो कुरा हो त । दलितलाइ दलित महिलालाई महिला नभनेर पनि हुन्छ कतै? कुनै जाति वा व्यक्तिको परिचय झल्काउने नाम त चाहियो नि होइन र?
प्रकाशजीलाइ म सोध्न चाहन्छु उसो भए भोलिदेखि दलितहरुलाई के भन्ने त? केही भन्दै नभन्ने?
प्रकाशजीलाइ प्रकाश भन्दा के नराम्रो हुन्छ?
प्रकाशजीलाई गाली अपमान पो गर्नु भएन त ।
मन परे हरियो, नपरे रातो
0
0
प्रकाशजीको पत्र पढेर सकीनसकि यी कुरा उल्लेख गर्न मनलाग्यो-
खगेन्द्रजीको लेख मलाई मनपर्छ। उल्लेखित लेख पुरा पढन इच्छा भयो। तैपनि प्रकाशजीको तर्कमा तुक र दम छ। लेख पढेर वाह वाह गर्ने मात्र होइन, त्यसप्रति लागेको विचार सही रुपमा व्यक्त गर्नेलाई पनि प्रगतिशील लेखकको नाताले खगेन्द्रजीले प्रकाशजीलाई धन्यवाद दिनुहुनेनैछ।
मलाई लाग्छ खगेन्द्रजीले चाँहि व्यवहारमा आफुलाई दलित र पिछाढाईएका वर्गहरुको पीढा अनुभुति गर्नुहुन्छ होला। शालिक ढालनुमा यहाँ के साकेँतिक लाग्यो भने मुलुकी ऐन ओढाएर छुवाछुतलाई पालिराख्ने महेन्द्रको पचाँयती राज हो। तर के यो काम पीढितहरुले मात्र गर्ने कि सुविधाभोगी र सामन्ती वुद्धिजीवि भनाउदाहरुले पनि अग्रसरता देखाऊने?
अर्को ज्वलन्त उदाहरण:
शाही सरकारको मीठो तिहुन चाख्न गएकि, जसले नारायणहिटीमा स्वेच्छाले हतियार विसाए, उनलाई अभि सुवेदीले आफ्नो लेखमा compulsive liar भनेका छन, ती हुन दुर्गा पोखरेल। यी महिला पनि आफु उच्च जात भएकि सोचको खेती गर्छिन, कुरा घुमाएर घोषणा गरिहाल्छिन, झन विदेशीलाई सझना गराऊन चुक्दिनन। सारा दुनिँयालाई म ठूलो जातकि भएर पनि अरु जातलाई प्रश्रय दिन्छु, इत्यादि। यस्ता वारम्वार प्रसगँमा ल्याईने भनाई प्रकाशजीले सही ढगँमा प्रस्तुत गर्नुभएको तर्कभित्र पर्छ।
कान्तिपुर जस्तो पत्रिका, जसले लोकतत्रको पक्षमा वकालत गरिरहेका छन,
किन त्यो तर्कपुर्णपत्र प्रकाशमा ल्याएनन? त्यसले प्रश्नचिन्हहरु खडा गरिदिन्छ।
कान्तिपुरको लँडाइ वा वकालत वास्तवमा जनताले चाहेको लोकँतत्र ल्याउनु नभएर व्यक्ति वा सस्थागत रिसईवी मेटाउन र केवल आफ्नो क्षेत्र स्थापना गर्नु मात्र हो कि?
वा (खगेन्दजीको यो सोचाई नभए पनि) ऊच्च जात भन्ने वर्चस्वीलाई ढल्न नदिनु हो कि?
हालैका दिनहरुमा (राजाको दोस्रो घोषणा पछि) नामै तोकेर फलानो फलानो लाई मँत्री बनाऊ भन्ने लेख कान्तिपुरकै मालिकले कान्तिपुरमै लेखेको पढदा त्यँहाको मनस्थिति प्रति टीठ लागेर आयो। कल्लाई मत्री बनाउने भन्ने काम प्र.म. र सातदललाई छाडिदिनपर्छ भन्ने कुरा त्यस्ता शक्तिशाली अखवारका मालिक र सम्पादकलाई थाहा नभएको हो वा हेपेरै लेखिदिएको? यस्ता यस्ता गुण
भएका वा यस्ता यस्ता दोष नलागेका व्यक्तिहरुलाई छनौट गरे हुने भनेर सुझाव दिए त्यहाँ सम्म ठीकै लाग्थ्यो। नामै तोक्नुपर्ने थिएन।
अतएव, प्रकाशजीको पत्र कान्तिपुरले प्रकाश नगर्रनुमा अचम्भ मान्नुपर्दैन।
जे होस, नियमित पाठकको हिसावले कान्तिपुर निष्पक्ष रहुन र यसले जनताको पक्षमा रहिरहुन भन्ने कामना छ।
।
मन परे हरियो, नपरे रातो
0
0
I have few suggestions for you.As you said Sangraula has that”Samanti SAnsakar”,if it was written its regretable.You also have such sansakar by saying that “Sangraula did that bad and I did not”.There is also “samanti Chanak”.The bad habits of Nepales is always like that.They don’t do right thing themselves but criticize others.For example UML always did politics by telling the bad thing that congress did not saying what they did themselves.
Your situation here also is same.What you did more than “Sangurala?” to the country?
मन परे हरियो, नपरे रातो
0
0
TOO BAD COMMENT ABOUT OTHERS PRAKASH….
मन परे हरियो, नपरे रातो
0
0
I have not read the article of Khagendra.If he has written such word “Dalit”in his article then this is totally missbehave to that group which should not be done in this 21 century.Umesh is right,if there were Bramhin instead of them then he definately could not write :Bahun” mitrale salik dhalyo.
That’s why there are still “Jatiye bhedbhav pratha with Khagendra”
Usle chahe jati sukai ma Nepalko number 1 lekhak bhani furti lagaye pani yesia bata pramanit huncha Khagendra kati tallo istar le soch do rahechha 21 century ma ni Jatiye pratha prati.I respect his writing skill but he has to improve to use such words anetha tehi salik bhatkaune hat haru katai writer ko hat tira lagla.It’s my suggestion to follow or not,,,,, up to him.
well wisher of Khagendra jee
Ram K.Moktan
Toronto-CANADA
ramkajee@hotmail.com
[राम जी, तपाईँले खगेन्द्र संग्रौलाको मात्र हैन, यही पोस्ट पनि राम्रोसँग नपढ्नुभएको जस्तो लाग्यो
यो पोस्ट मैले हैन, प्रकाश पहाडीले पो लेख्नुभएको त। कहाँ उमेश इज राइट लेख्नुभएको ?]
मन परे हरियो, नपरे रातो
0
0
मेरो बिचारमा सबै जात जातिले आ-आफ्नो पहिचानको बारेमा बिशेश ख्याल पुर्याउनु पर्छ। दलितले दलित भन्दा निच सोच्नु हुदैन तर दलित भनेर अहिले हाम्रो समाज गरिने ब्यबहारको निन्दनिय एब दन्दनिय छन्। काठा, डुम जस्ता शब्द पक्कै पनि निच हुन तर दलित शब्दले दलित जातिको अपमान गर्छ जस्तो त लाग्दैन। सार कुरो दलित प्रति गरिने ब्यबार हो। सबै जात जातिका मानिसहरु प्रति समान ब्यबार गर्नु पर्यो।
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश पहाडीको लेख पद्धा हसो लाग्यो । नेपालमा संबिधानको अपब्य्याख्या गरेर मनमोहनको सरकारलाई अबैध सबितगर्ने सर्बोच्वा अदालत का तत्लकालीन प्रधान न्यायधिश्को जस्तै लाग्यो । आफ्नो बुर्जुवा सोचाईको उपज यस्तै हो । पहिले प्रकाश जि ले आफ्नो सोचाईलाई बैज्ञनिक दृस्टिमा बद्ल्ने प्रयश गर्दा मात्रै खगेन्द्र्जी को लेखको मर्म स्प्रस्ट बुझ्न सजिलो होला ।
मन परे हरियो, नपरे रातो
0
0
HI Prakash ji
I just suggest you to review yourself. What is your present situiation, where are you and who are? Mr.Khagendra a well known person in the journalisam sector may not be correct all time. But i just request you to go to the depth of the writing nad raise the question. Please do not read anything at surface level and give comment. You do not have any rights to raise ones name publicly before having depth study. so you must say sorry to Mr. khagendra.
मन परे हरियो, नपरे रातो
0
0
Prakashji !
Do you have any anonymity with Khagendra sangraula? your analysis is not in a rightway. because people from the backward society they do have a rights to be familiared by the name of their level. You have to know that the people from the backward society they have courage and faith and they hate the monarch and other capitalist.
Ram ,USA
मन परे हरियो, नपरे रातो
0
0
Absoultely right…Khagendra Sangaula ko lekhan kala prati ma 1dam impressed chu tara….yo lekh le malai pani chitta bujhauna sakena.
मन परे हरियो, नपरे रातो
0
0
I don’t think Khagedra Sangraula has undermined Dalit. Prakashji has mis understood him.
मन परे हरियो, नपरे रातो
0
0
I dont see khagendra Sangarula has such intention in his article. Prakash Pahadi ji, I didnot feel like as you feel. Anyway good try. we have to be alert,not to make such inspirational person to be a person who speaker one and does the next.
मन परे हरियो, नपरे रातो
0
0
प्रिय पाठक बर्गहरु:
यस बिस्लेसन्लाई सर्सर्ती हेर्दा यहाँ प्रकास् जी ले, खगेन्द्र सङ्रौला लाई समय सापेछे बिषय बस्तु र नमुनाका रुपमा मात्र प्रयोग गरेका र ब्यक्तिगत रुपमा खगेन्द्र सङ्रौला लाई अथवा वहाँका लेखलाई प्रयोग नगरेको महसुस् हुन्छ । यो मेरो ब्यक्तिगत अभिब्यक्ती हो र एस्मा आरु साथीहरुको भिन्न मान्यत हुनसक्च।
मन परे हरियो, नपरे रातो
0
0
प्रकाशजी म तपाईंको भनाइप्रती पूर्ण सहमत छु । नेपालमा कामगर्ने भन्दापनी हल्लागर्नेहारु को डाको ठुलो हुन्छ ।कोहिपनी आफै उदाहरण बनेरदेखौदैनन ।अरुलाई उपदेशदिने मात्र धेरै छन ।बाहुन्को ध्यान दक्छिणातिर भनेझै,नेताहरु को ध्यान पदतर्फ,बुद्दिजिबी हरुको ध्यान रोयल अकदेमी तर्फ आदी आदी ।यो सबैले बुझेको तथ्य हो ।
आज नेपाल आमालाइसबै मिलेर लुछ्ने ,चुडने तयारीमा छन ।छिमेकिदेश (भारत)नेपालीजतिलाई प्यालेस्टाइन बनाउन चाहन्छ । जबसम्म नेपालमा भारतियमुलका तथाकथित् नेपालि सत्तामा आउदैन तबसम्म भारतिय दुताबास् र’र’को चल् खेल् नेपालमा रहन्छ।
सबैनेपलिलाइ चेतना भया।
ये गिरिजा,प्रचन्ड र बाबुराम् नेपलिको आस्तित्व को लागि तिमीहरु मिल ।
मन परे हरियो, नपरे रातो
0
0
hey guys and gals,
Based upon his one view prakash made a conclusion. Before once wants to raise his hand, he/she should study to whom he/she is raising a question. I wanna request all the mysansar viewers about his personnel background and his family structures. He is the one who has married intercast in that time to whom praksh is indicating or parapharasing Dalit or lower cast.
So i just wanna tell all the viewers that before raising hands to other, one should know him/her first. Just for comment, any one can write any thing.
But he raised a question about the guy who is working in the same sector for a decade.
So, i just want suggest prakash to ask forgive from him.
what do u think guys?
मन परे हरियो, नपरे रातो
0
0
kura jatko hoina jatiya ra samajik aandolan ka neta hun sangrual.unko lekma testo dalit partiko nakaratmak sandes chhaina bhanchhu ma kinaki sabai kuralai ramro bujnu parchha tyo sakaratmak chha bhnae.
Abiralyatri
saudi Arebia
मन परे हरियो, नपरे रातो
0
0
MY VERSION
Message from Reading UK
Co-ordinator for ALLIANCE FOR DEMOCRACTIC REPUBLIC, Reading, United Kingdom.
More than 6 decades the Nepalese people under the king’s socalled democracy suffered a lot. Recently people’s struggle proved that monarchy is the only problem for peace, stability and progress. First duty of sovereign people to overthorw the monarchy. In the republic state we can re-draw of the face of modern Nepal. The message of the present revolution is meaning of people’s sovereign. First pin point the enemy and finish it. This is the people’s verdict.
मन परे हरियो, नपरे रातो
0
0
Good coment. Khagendra Sangraula chooses only such words that always put him up and the chosed acter about whom he writes lies below than him. This is his writing style. He thinks that he and only he can write by this way therefore he is proud of it. On the other hand he comments to the extent of more than necessary, seems that there was some personal ego with the chosed acter.
You are right, Khagendra must correct his writing style if he is a communist supporter.
C.N. Nepali.
मन परे हरियो, नपरे रातो
0
1
उमेश जी
मानिस् ठुलो दिल ले हुन्छ जात ले हुँदैन
काटे रगत रातै आउछ बहुरङी आउँदैन ।
भगवानले कहीलेइ तेरो र मेरो भन्दैन ।
मन परे हरियो, नपरे रातो
1
0
Yees, ,I totally agree with Prakashji’s view and I also personaly call upon Mr. Sangroula to be seriuos on the matter raised and should give clarification in this regard.
मन परे हरियो, नपरे रातो
0
2
We, all indigenous people, want:
1. Reservation in every sector
2. Self-governance
3. Federal State
4. Secular State
5. Republic Country
मन परे हरियो, नपरे रातो
0
1
तपाइको विचारमा त्यो कुरा ठीकै होला । तर खगेन्द्र संग्रौलाको जति राम्रो तर्क र बुद्धी दिएर तपाइको लेखहरु पढ्न पाए हामीलाई खुशी लाग्थ्यो । तपाइलाई खगेन्द्र संग्रौलाले जस्तो परिवर्तन गराउनपनि सक्नुहु्न्न तर कमेन्ट गर्न भने एक कदम अगाडी हुनुहुन्छ । सबैले जानेकै कुरा हो संग्रौला जी ले दलित मुक्ति आन्दोलनकालागि निकै विचारोतेज्जक लेखहरु लेख्नुहुन्छ।
तपाइको यो कमेन्टको कुनै तुक नभएको म देख्छु । उहाले लेखेको दुइलाईनलाई मैले त कुनै दलितले कुनै विषयमा किताव लेखेको थियो होला र उहाकोमा पुगेको थियो होला भन्ने बुझेको छु । नेपालीहरुको अर्काको अवस्थालाई ख्याल नगरी अर्काको घरमा सरासर प्रवेश गर्ने बानी भएकोलेपनि त्यसप्रति व्यग्य पनि होला । मैले त नराम्रो बुझिन। तपाइको विचार नै नकारात्मक भएर हो।
अर्को कुरा पर्वतका दलितको उत्थानमा उहाले निकै दुख गरेको कुरा धेरैलाई थाह छ। खासगरि त्यहाका दलितकोहरुको चेतना स्तर उकास्ने काममा । तपाइले यस्ता विविध धरातलहरु बुझ्नु भएन भने बेकारका कमेन्ट लेख्न तपाइलाई मन लाग्छ । तपाइको आफ्नो समय त बेकारमा खर्च हुन्छ नै हामी जस्ता पाठककोपनि समय बर्बादमा जान्छ। रश्मीला
मन परे हरियो, नपरे रातो
2
1
Thanks for coment,but i think sangraula want to say all people who are treated as a dalit by royal regime…it is not matter of only dalit,our royal family and thier sarrounding people always saw us as a dalit….whole neplai..as a raiti, praja….so these 2 dalit menas all the people who believe in loktantrik
ganatantra….
मन परे हरियो, नपरे रातो
0
0
We, all indigenous people, want reservation in every sector.
मन परे हरियो, नपरे रातो
0
1
hello umesh jee,
I have a few questions for discussion
what will happned if ? ( this may be a hypothetical question)
1. King dissolves the parliament and annouces for the constitutional assembly within one or two year.
2. Invites from all life to join in interim government
3. Or referendum for ” king or without king”
Many reader may say why king puts his axe in his own leg? But my point is he can play within one or two years by this and start another conspiracy within this time…
What is your say?
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी,प्रकाश पहाडी को लेख पढे। आश्चर्य लाग्यो,नदुखेको टाउको डोरी बाधेर दुखाउनु जस्तै रहेछ। अरुले के भन्यो,किन भन्यो, यी कुराहरुमा बिश्लेषड गर्नु राम्रो हो, तर ‘दलित’ भन्ने शब्द प्रयोग गरियो भनेर खन्डन गर्नु मलाई उचित लागेन। सङ्रौलाको लेख अति नै उत्तम छ यो सबैले स्विकार गर्छन, तर सो लेख मा लेखकको नियति कसैलाई हेप्नु वा निचा पार्न खोज्नु जस्तो मलाइ लागेन। जबकि दलित स्वयम् ले ‘दलित मुक्ति मोर्चा’ जस्ता पार्टी खोलेर बसेका छन् भने ‘दलित’ शब्दको प्रयोग अनुचित कुन हिसाबमा मान्नुहुन्छ? सोच्ने मान्छेले जसरी पनि सोच्न सक्छन् तर अर्थ लाई अनर्थ बनाउनु एउटा राम्रो लेखक को पहिचान होइन। नेपाल मा वर्गिय समानता छ र रहिरहनेछ,नकारात्मक सोचाई कसैलाई पनि नआवोस् ।
मन परे हरियो, नपरे रातो
3
0
Umesh ji and Prakash ji,Thank you very much!Khagendara Sangraula is not really that much as we Nepali thinking!He’s fake!we have not only Khagendra but there are many writers and other big boss who really believe in cast system.now we have to work together to through out this system!
मन परे हरियो, नपरे रातो
2
0
Well said, In Nepal there are many unwanted people who cry loud and only their voices are overheard. Some people who call themselves as rulers(not representatives),Some people who call themselves as intellectual(whether other call them or not that doesnot matter), Some leaders(who always want to impose their things over people).
Now in present case its the duty of people or system to recognise such people and should be sidelined so that no more such new people born in future.
मन परे हरियो, नपरे रातो
1
0
प्रकाशजीबाट् ब्यक्त दृस्टिकोण् भने सोरै आना ठिक छ। तर तपायीले बिस्लेशन् गरे बमोजिमको ब्यख्या भने खगेन्द्रजी को लेखमा झल्कियेको जस्तो लागेन।
मन परे हरियो, नपरे रातो
2
0