मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आफ्नो हात, जगन्नाथ !

    आफ्नो हात, जगन्नाथ ! यो उखान राजालाई ठ्याक्कै मिल्ने रहेछ। सोमबार अर्थमन्त्री रामशरण महतले संसदमा सार्वजनिक गरेको श्वेतपत्र हेर्दा राजाले आफ्नो प्रत्यक्ष शासन कालका बेला हामी गरिब जनताको करबाट उठेको रकम जम्मा हुने राज्यको ढुकुटीबाट कतिसम्म लुट मच्चाएको रहेछ भन्ने प्रष्टै बुझियो।

    १८ पेज लामो श्वेतपत्रको एउटा शीर्षकमा गएर मेरो आँखा पहिला अडकियो- राजदरबारसम्बन्धी खर्चको विवरण।

    आर्थिक वर्ष २०५८/५९ मा राजदरबारको खर्च विनियोजन गरिएको थियो १२ करोड ६२ लाख ८५ हजार तर खर्च भएको थियो ५९ हजार कम। ध्यान राख्नुस्- त्यतिबेला जननिर्वाचित सरकार र संसद थियो।

    अब २०५९ को असोज १८ गते राजाले असक्षम भन्दै देउवालाई बर्खास्त गरी कार्यकारिणी अधिकार आफ्नो हातमा लिन्छन्। अनि हेर्नुस् है त त्यसपछि दरबारको रकम कसरी बढेर जान्छ।

    आर्थिक वर्ष ०५९/६० मा -

    दरबारको खर्च विनियोजन- ४० करोड ७९ लाख
    वास्तविक भएको खर्च- ४५ करोड १३ लाख ८० हजार

    अर्थात् कार्यकारिणी अधिकार हातमा आउने बित्तिकै राजाले ५ करोड बढी खर्च गरे।

    अनि २०६१ को माघ १९ मा राजाले कू गरे। अब त राजा आफै प्रधानमन्त्री पनि। अब के हुँदो रहेछ हेर्नुस् त-

    आर्थिक वर्ष ०६०/६१ मा-
    दरबारको खर्च विनियोजन- ३४ करोड ९१ लाख ४९ हजार
    वास्तविक भएको खर्च- ५७ करोड ५ लाख ८३ हजार

    अर्थात् झण्डै २२ करोड बढी खर्च !

    अब ०६१/६२ मा
    दरबारको खर्च विनियोजन- ३५ करोड ७५ हजार
    वास्तविक भएको खर्चः ३८ करोड ४४ लाख ४६ हजार

    यहाँ पनि ३ करोड बढी खर्च गरेछन् राजाले।

    अनि ०६२/६३ मा त झन् अति नै गरेका छन् राजाले

    दरबारको खर्च विनियोजन- ४० करोड ५० लाख ७५ हजार
    वास्तविक भएको खर्चः ७५ करोड ११ लाख ६५ हजार

    अर्थात् झण्डै ३५ करोड बढी। धन्न यो त चैतसम्म भएको निकासाको मात्रै रहेछ हिसाब।

    गैर बजेट निकासा शीर्षकमा हेर्दा झन् चित खाएँ-

    राजाको सार्क सम्मेलनको भ्रमण र त्यसपछि जेब्रा हेर्न अफ्रिकाको सफारीमा जाँदाखेरीको खर्च भएको रहेछ- १६.२२ करोड।

    अनि इन्डोनेसिया र चीन भ्रमणका लागि ६‌.६९ करोड।

    कतार भ्रमणका लागि ३.८७ करोड।

    हाम्रा राजा संयुक्त राष्ट्र संघको महासभामा जाने भनेका थिए। तर अमेरिकाका नेपालीहरुले ठूलै विरोध प्रदर्शन गर्ने तयारी गरेपछि अन्तिम समयमा आएर राजाको भ्रमण रद्द भएको थियो। त्यसबेला राजाका लागि बुकिङ गरिएको होटलको कोठाको बुकिङ रद्द गर्दा लागेको चार्ज मात्रै ५९ लाख रहेछ।

    युवराजले पनि देशविदेश भ्रमणमा कम रकम खर्च गरेनन्-

    -गैंडा ‘बेच्न’ अस्ट्रिया जाँदा खर्च गरेका रहेछन् ४ करोड चानचुन।

    - जापान, दक्षिण कोरिया र थाइल्यान्ड घुम्न जाँदा खर्च गरेका रहेछन्- २ करोड ७९ लाख।

    -अनि साउदी अरेबिया घुम्न जाँदा चाहिँ खर्च गरेका रहेछन- २३ लाख मात्रै।

    यहाँनिर विचार गर्नुपर्ने कुरा के हो भने त्यतिबेला नेपाललाई वैदेशिक सहयोग रोक्का भएको थियो। अर्थतन्त्र संकटपूर्ण अवस्थामा नै थियो। अनि राजा स्वयंका अनेक उद्योगहरु छन् जसबाट करोडौंको नाफा हुन्छ। त्यसमा हामी जनताले जस्तो कर पनि तिर्नुपर्दैन। तैपनि राजाले त्यसरी विदेश घुम्न जाँदा आफ्नो पैसा हैन, हामी जनताले तिरेको कर कै पैसा प्रयोग गरे।

    यो त भयो राजदरबारको खर्च। जनआन्दोलन दमन गर्न चाहिँ गृह मन्त्रालयमा थप एक करोड निकासा भएको रहेछ। त्यसमा सुरक्षा निकायको बजेटभित्रैबाट खर्च गरिएको रकम समावेश छैन रहेछ। कमल थापाको आदेशबाट ६२ सालको पुस १२ देखि अस्ति वैशाख ५ गतेसम्म दिनहुँ जसो ५ लाखको दरले खर्च गरिएको रहेछ।

    प्रमुख राजनीतिक दलहरु सहभागी नहुने भनी जान्दाजान्दै पनि एक्लो व्यक्तिको हठका लागि ३६ वटा नगरपालिकामा निर्वाचन गराउँदा २८ करोड खर्च गरिएको रहेछ। २० प्रतिशतको हाराहारीमा मत खसेको यो निर्वाचनलाई अहिलेको सरकारले अमान्य घोषणा गरेको छ। २८ करोड रुपैया बेकारमा खेर गयो।

    अर्थमन्त्रीको शब्दमा यो बीचमा राजाको सरकारले अर्थतन्त्रको क्षेत्र ‘तहसनहस’ नै पारेको छ।

    राजाको सरकारको गुणगान गाउने पत्रकारहरुलाई बाँडिएको रकमको खुलासाले त भूकम्प नै ल्याएको छ। प्रेस स्वतन्त्रताका लागि लडेको नेपाल पत्रकार महासंघका नाममा २ लाख रकम रहेछ। ऋषि धमलाको रिपोर्टस क्लबले १ लाख ७० हजार लिएको रहेछ। दुवैले वक्तव्य निकाल्दै – मैले खाएकै छैन, बेकारमा दोष लायो भनेर भनेको छ। मण्डले पत्रकारहरुको राष्ट्रिय पत्रकार महासंघले लिएको रहेछ टन्नै पैसा। अरु पत्रकारहरुको पनि नाम छ सूचिमा।

    एकद्वार प्रणाली भन्दै राजाको गुणगान गाएको बदलामा दिइएको पैसा पाउनेमा गोरखापत्रले ६१ लाख, समाचारपत्रले साढे ३६ लाख (ए, किन समाचारपत्र बढी चर्को देखिएको यो बीचमा भनेको त !), राजधानीले ८ लाख र हिमालय टाइम्सले झण्डै ५ लाख रहेछ।

    काम न काजको राष्ट्रिय चलचित्र महोत्सव गर्नका लागि ८० लाख रुपैया खर्च गरिएको रहेछ। त्यही महोत्सव जसमा राजालाई देवानन्दले अंगालो हालेका थिए र शिव श्रेष्ठले रानीलाई चारखुट्टा टेकेर दण्डवत गरेका थिए।

    श्वेतपत्रको पूरा विवरण हेर्न चाहनुहुन्छ भने यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्। यो पीडीएफमा रहेको छ।

    No related posts.

    56 comments to आफ्नो हात, जगन्नाथ !

    • Janak Raj Gautam

      Krishna 10:46,

      I REALLY AGREE WITH YOU, I CAN NOT TOLERATE THE DICTATORSHIP ON THIS ERA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cecal

      namaskar umesh ji
      aja kathmandu ma bhayeko julus ko khabar tapai lai bhayeko chaina ki maile site na bheteko taha bhayena tapai ta minute minute ma update garne manche khoi?

      janaandolan ajhay jari cha bhanne lagyo herera neta haru pai haluee bhanne sochday theya hola aba feri daraulan ni ? tapai pani tarsauday garnu tini haru lai na bhaye 1 choti ragat ko taste payeko bagh le feri na jhamtela bhanna sakidaina.

      aru teestay ho laj nabhayeko gyan badhadur ko ke kura garnu yetro bhai sake pachi ta hami jasta common people pani chullu bhar pani ma dubera murthaeu hola tar lj pachi sake pachi kasko ke lagthyo ra. Ajhay thyo narayan hiti ma basera yesko niukti usko niukti gare bhanna laj chaina teslai. janta ko bich ma aayera maile galti gare bhanne pani huti na bhayeko lai ke raja bhannu.

      la ta umesh ji keep updating

      cecal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      Please visit this blog, created by civic society members during their detention.

      http://chaubise.blogspot.com/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nawaraj

      dewa ta maile teso kehi bhaneko hoina bhanera aghi tv ma aayara jhandai royako.. malai ta maya laagera aayo tesko

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Namche Sherpa

      Ohh my Hindu god?? Hindu demon, I would rather call you “GYANE CHOR?” You are after all a CHOR, that ripped off the poor country economy. After reading this article, there is no way that you DESERVE to be the KING of this country. And I would rather vote for REPUBLIC NEPAL.

      Jai NEPAL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gorkhali

      It is nothing but a daylight robbery by Gyane.

      The poor Nepali people are dying due to lack of medicine and food. And, this fellow, called Gyane, is sucking up the Nepali people. Shame on him and his cohorts. How does he show his ugly face to the Nepali people and foreigners.

      WE SHOULD GET ALL THE MONEY BACK FROM HIM. Make him sell his Soaltee Hotel, Soaltee Casino, Surya Tobacco and many of the lands that he grabbed without paying anything.

      Make this thief move immediately out of the Narayanhity Palace.

      He must not be spared this time. With all his money and cronies around him, he will conspire another act against the democracy.

      Gyane is the chief culprit. Don’t leave him alone, please. Put him in the jail where he must eat cake everyday.

      In Hong Kong, we know in how many banks he has the money in Europe under his and benami names.

      It is time that the western banks that keep him ill gotten money be made publice. No hypocrisy.

      Nepali people should know that he is a thief.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram prit roy(nepali from Dhaka)

      umesh ji ,
      do u know about it? these are
      the american president spend how much ? if he spends like some then nepali king speds nine times than bush in single day.
      who knows that queen use to visit hongkong every week? who knows why? i think no body. she only goes to check her account. these are curse for our nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jilla Bashi

      I loved the comment made above by

      Krishna (in Nepali fonts).

      Yes, I am eargly waiting to see what that 21st centruy communism honestly is. If the Maoists still betray us and try to impose the same old communism with a new label, it will be unfortunate for Nepal and for themslves as well.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kieran

      Thanks for the news.

      Yes, it is and has been going on since nearly three century. Every political leadres who ruled 12 years in the country were well known about all these loot of country. Eventhough they were silent. And still they are silent, but it is only ppl who have done all these secrifice.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tunta

      Congratulation to u for being winner of the award. Keep it up in the future.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar

      Umesh Jee
      Thank u for kind Information

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • C.M Nepal

      cfdf sf] b”wn] gk’u]/ afa’sf] 3’8f r’:g] zfxL ;/sf/sf ;a Ajf;f dlGq x?nfO l/xf u/
      ltlgx?sf] v’§f efr]/ dfq xfldnfO r}g ldNg] 5 .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sabin

      umesh ji
      thank you
      danger rahecha hamro raja kati paisa kharcha garyo sale chor gadha bhate le

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जिवन रोक्का

      देउवा हुण्डिवालको आजको खवर के छ उमेशजी । अझै पनि राजालाई परमाधिपति नै मान्ने अडानमा हो कि केही घैंटोमा घाम लाग्यो देउवा सावको ।

      जिवन रोक्का

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जिवन रोक्का

      समाचारपत्रले राजा र तत्कालीन मन्त्रीमण्डलको किन यति धेरै गुन गाएर लेख्छ भनेको वल्ल थाहा भयो । आन्दोलन चर्किदैं जादाँ समेत समाचारपत्र आन्दोलन प्रहरी दमन गोलि हत्या जस्ता कुरामा कलम नचलाएर सम्पादकीयमा भिटामिन ए जस्ता कुरा दिनुको रहस्य खुल्यो । वि वि सि सगँको अर्न्तवार्तामा पुस्कर को राजाको पक्ष पोषणमा भएको मच्चाइ त हुण्डि पो रहेछ ।
      राजाको हुण्डि खाएर वदनाम सवै पत्रकारहरुलाइ धिक्कार धिक्कार धिक्कार।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sarmila

      यि दुइ खुट्टे कुकुरले खर्च गराएको र गरेको उस‍ैबाट असुल्नु पर्छ। हामी नेपाली गरिव छौं, उसले गरेका अनुत्पादक खर्च बेहोर्न सक्दैनाै र आइन्दा त्यो साहुलाइ खर्च भर्न पनि हुदैन । उसको तेत्राे आम्दानी जम्मा गरेर के गर्ने रहेछ र बिरे दाइ झै भाइ पनि नर्कबास जादा सँगै लैजान पाइन्छ भन‍्ठान्याछ कि कसेा साथि हो ?? गरिव देशको धनि राजाले ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • new nepal

      Dear umesh ji
      some people want us to support king just becoz maoist r there?what the hell do they think?i dont know the ideology of the maoists n dont support there activities if violent but the lower level activists are the son of the soil not the bloddy feudals like king .Why do party fears if maoists say if the revolution is of maoists.It is the people who decide whose contribution was the biggest in the revolution through ballot and who will be hanged or not it depends on the situation .if the king again try to seize peoples power its people who decide whether to hang the king or not.u know we nepalese people (i don know u r nepali or not)r very peace loving n maoists have also accepted so far the peace process.we have no option right now except trust the maoists and leaders.but do remember one thing whoever comes in front of peace nepalese people wont spare anybody.we don want any political complexities this is the business of the peoples who r involved in politics.we just want peace n prosperity n for that u can see how we overthrown the bastard king and his loyal killers.so we must change the past regime n system n shouldnt fear what might happens after that change occurs.change is inevitable.be ready for change at any cost even our life .ganatantra nepal jindabad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Main mission of Feb-1 take over was curbing corruption(socalled).Reality is now in front of us. Jun goruko sing chhaina usaiko nam tikhe?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Govinda Bhattarai

      Umesh Jee,
      ‘Bad man Gyane and Paras.’

      comment by govinda-Gefont

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Michael

      Umeshji,All Nepalese people will have to pay a very high price for peace and good governance.You pointed out a lot of expenses of the past royal goverment.that is really a big amount of money.
      But what about the holocast the country is heading towards if the political parties and maoist fails to come up with a common solution
      Now the situation is
      1.Political parties dont want to be close with maoist in any issue.They would rather try to be close with King.Remember they have got what they had expected.not only that they would rather do delay to go to the election.If they go they will certainly loose.all leaders of the political parties have their network already destroyed.
      2.Maoist dont want to give any regard to political parties because they think this revolution isd only because of them.
      Umeshji if you are also responsible position in a country,you will also have your own way to tackle with the proplem.IN that case if you failed do you think you should be hanged.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepali

      Dear Umesh ji,

      can leader take action against them who looted our national propert?

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      WHAT IS THE DIFFERENCE???

      GIRIJA – Giri

      KP Oli – Kamale

      ….
      …..

      WE need PART-3 JANAANDOLAN soon to make country free from royal regime & parties’s regime!!!

      THEY ARE THE BIG PROBLEM TO COUNTRY!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AnZana

      Hey Bro…..I dont have to tell you that you are doing a gr8 job….coz i know many ppl have already told you that and i agree with them.

      however i would also like to suggest that plz try to make it A-political ( without taking side of any parties) and that way we nepali can trust to gives us the honest openion( let me also add that you seem to have done a good job until now)Keep it up…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ahile ka neta haru chor hun. Raja le badmasi garera ta ahileka netale chance pako aba uniharu pani chup lagera jhagada garera base pachhi nepali le ke garne ?
      abiralyatri
      saudi arabia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali youths

      Umeshji,

      U have done remarkable job!
      Now, we realised this institution is not needed for Nepal.
      The king must pay the unneccessary expenditure he has made during his dictatorial rule.
      The surprising thing the Deuba, the Taluwa Chatuwa, who still supports the king.
      Deuba should not be able to get any position.
      Nepali youths

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KP Lamichhane

      राजाले त सौताले रिस् फेरेझै गरेछन । प्रजातान्त्रिक कालामा नेताहरुले गरे निरङ्कुश कालामा राजाले।
      यि सबै चोर हुन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sibani

      First our so called king must pay the tax which he is enjoying right now. Then only state should think over BHATTAS. If he is doing business till now there is no need to give him battas. He is generating his income by himself so why BHATTA is necessary to him.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SP

      Thank you Umesh Ji
      for your Great Job..
      Our King is One Of the Mostwanted in the World.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      व्यापारी अधिराजकुमार अकस्मात वंश विनासको काकतालीले राजा बन्न पुगेका हुनाले, द्रव्य मोह त राजामा थियो । ज्ञानेन्द्रको उद्देस्य नै राष्ट्रको ढुकुटीमा पीँधैसम्म हात गाढ्नु थियो भन्नेबारेमा धेरै प्रबुद्दहरुलाई आशंका थिएन । ऊनको लक्ष्य आदिम समयका राजाहरुको शैलिमा विलाशी जीवन बिताउनु थियो र केही स्वार्थी राणा र शाह जर्नेलहरुको सल्लाहमा उनलाई विस्वास पनि लाग्यो होला र आज गाथगादिको यो दुर्दसा भोग्नु परिरहेको छ ।
      तैपनि राजतन्त्रको अन्त्य सात पार्टीको नीति हैन कि जस्तो मलाई यही संसदीय घोषणापत्र पढेपछि झनै लागेको छ । यसको कारण कतै राजा र सेनालाई ठेगान लगाउन सकियो भने पनि माओवादीको बन्दुकको पनि त विश्वास छैन भन्ने आशंका पनि हुन सक्छ । यद्यपि हालैमा प्रचण्ड र अरु माओवादी नेताहरुका भनाईहरु भने विश्वास दिलाउने खालका देखापर्न थालेका छन ।
      राजतन्त्रको अन्त्यका लागि र त्यसपछिको राजनैतिक निकासको लागि माओवादी र सात दलहरुको वीचमा अरु धेरै विश्वासिलो वातावरणको विकास हुनु पर्ने देखिन्छ । हैन भने सर्प, भ्यागुतो र विच्छिको कथामा रहे जस्तो एकआपसको डरले कुरा बिगार्न सक्छ । काङ्ग्रेस, एमाले वा देउवा पार्टीले राजालाई माया गर्नु पर्ने कारण त केही छ जस्तो म देख्दिन न त तिनिहरुका नेता ले नै राजाको शासनमा आँफू र प्रजातन्त्रको सुरक्षा कल्पना गरिरहेका होलान । तर उनीहरुको डस्ने सर्पलाई हटाएपछि निल्ने अजिंगर पो आइलाग्ने प हो कि भन्ने भने हुन सक्छ ,जुन मेरो विचारमा कहीँ नेर जायज पनि हो।
      राजाको शासनमा त बरु विद्रोहको संभावनाले मूर्त रुप लिन सक्यो तर भोली यो खालको बिद्रोहलाई कल्पनामा पनि स्वीकार्न नसक्ने तानासाहहरु सत्तामा स्थापित पनि हुन सक्छन नि। मेरो भनाइले माओवादीलाई नै लक्ष्य गरेको हो ,यदि यो माओवादी आन्दोलन रसिया,चिन, क्याम्बोडिया शैलिको हो भने । तर केही माओवादी नेताहरुले हालैमा बताएजस्तो “हामी २१ औँ सताब्दिका कम्युनिष्ट हौ भन्ने हो भने” व्यवहारिक परिवर्तनका गहकिला प्रमाणहरु देखिनु पर्यो ता कि म जस्ता नागरिकहरुले वहाँका पक्षमा मत खसालन सकौँ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudip / South Korea

      राजा बहिस्कार गरौं । गणतन्त्र नेपाल जिन्दावाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Trilochan Paudyal

      unbelievable

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suraj ghale

      Respected Neapali didibahini and dajubhai haru,
      hamiharu le ahile kunai asa garne thau chaina.hajur haru lai thaha bhayakai kura ho Sher BDR Deuba jasta rajaka paltu kukur haru parliament ma chan, Girija ma pani khasai change chaina, KP oli ko chala sabai lai thaha cha, ani kina hamile asa garne.Hami ta pareu avagi Nepali, tesaile sahid haru lai samjiyara runu bahek hamile kehi garna sakdainau. Morne marirahancha,Shere, KP Oli Girija haru Pyar Jung thapa haru ko agadi jhukirahanchan, hamro chala uhi ho.Ma K apil garchu bhane 13000 marisake aba aaunus hami pani aghi badai ra yi chor haru lai sadai ko lagi khatam paraun.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उमेश जि
      तपाई
      लाई धेरै धेरै बधाई छ
      साह्रै खुशी लाग्यो तपाईंले पुरस्कार पाउनु भयो भन्दा । मैल हिजो नै तपाईं लाई बधाई दिएको थिए , तपाईं को मेहनत को वास्तवमा कदर गर्नु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umeshjung Rai

      जनताको दु:ख टुलुटुलु हेरेर नबस्ने राजाले जनताको करबाट उठेको रकम खुतुखुतु दाबेछन्। हाम्रा राजा देखिने, सुनिने, गरिने, खाइदिने, पचाइदिने सबै होइबक्सँदोरहेछ। बहुलाहा रणबहादुर शाहको सन्तान पाल्न साह्रै नै गाह्रो हुने रहेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rashmi

      Oh god, why we people still pray for Gyanendra ? It is totally nonsense, we need to kick out those all who were involved during this KUKARM. I want to add something about sher bahadur who has erased memory, he speaks and forgets…So he is still in favour of king.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod, North Carolina, USA

      I can’t believe, even with all these kinds of mind boggling corruptions, the so called netas are still trying to protect these type of personalities on our political play. I just don’t understand, why these netas thinks that they can always fool people in the name of democracy. “Protect our infant democracy” – They shouted this slogan for 15 years in front of people while amassing wealth few could imagine. The final result gyane was able to take all the powers from these netas and people has to pay this price with their lives.

      These netas again, are trying to protect their vested interest on the name of Nepali people. We need to be vigilant and protect what we have just earned. Whatever we got today is by us, these netas has little to contribute. Just for the modalities, they happen to be in the parliaments and if they think they earn it they would learn it hard way.

      So, Deuba or anyone who think they can tell another lie, be careful! We do not, I repeat, we do not forgive you!

      You can live with Nepali people or die with corrupt king.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aalok

      “eventhough he tried to be a hindu king” – dude- do you know that favorite food of your “hindu king” is beef stick. what a good try to be a hindu king. wow !

      I am puzzled seriously.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ganga Tripathi

      I think Ganendra is a big tiger who was eating goddesh cow each day. So it is the time to keep him Sadar Chidiyakhana (Zoo) just beside judha samsher’s salik.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      Hi All,

      This is how our nation is screwed by royal dynasty and now we are at the bottom of hell (poorest country in the world)

      Get rid of monarchy!!!

      Hi, Maoists! No further delay to provide real freedom to us! We have hopes on only you!!! People already gave you bloods to make country republic.

      Parties are liers!!

      Parties are still working in favour of kings & its networks!!

      We do not need royal dynasty in nepal for even single second!!

      We bless on god & nepalese people even PART-3 JANAANDOLON is necessary!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gen

      ani umesh ji
      tapai la badhaai(congratulation) hai
      amerika ma hunu nepali sastha le tapai lai samaan gare ko ma

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gen

      umesha ji
      aba bhane malai sahi nasaknu bhayo raja gyane le 30 karod kharcha gare ko. aba turant pratinidhi sava ma yoprastab pes garer mantri parisad ma turant gyane ko goji bata asul garnu lagaunu parchha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jilla Bashi

      People are dying of hunger. Many Nepalese walk at least 30 minutes to get a pitcher of water every morning.Walk a day to get to a health post where they only can find a cetamol or brufen.

      So many Nepalese kids have not even seen a school in their life.

      On the other hand these white elephants are playing game on these people’s sweat and blood! They are sucking up the entire budget. On top of that they are using bullets to kill these innocent peace loving people.

      This is an exterme!! Serious crime. More than the Rana regime!

      This king and his family does not deserve to be there for a single more minute. They must be kicked out immediately.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Janak

      How much money did the JANADHARANA WEEKLY got from the royalist government. I wanted to know.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • “Republic of Nepal” is the only solution to get rid of the feudal system.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भुक्तभोगी

      हे नेताहो राजाको सबै नाजयज सम्पति रास्ट्रीयकरण गर्नु पर्छ!!!!!

      Here is the REASON why we are still poor!!!!

      यिनै कारणहरुले गर्दा राजालाई सकेसम्म छिट्टै हटाउन पर्छ।

      देउबा त चोर मोरो पो निस्क्यो!!!!

      दरबारको नोकरलाई जनताको मुक्का र लात!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • San

      Congratulations to Umesh bro,

      Here is link find out why ???

      http://nepalipost.com/nepali/samachar.php?nid=559

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parajuli

      LUT KO DHAN FUPU SHRADDHA BHANEKO YEHI HO

      MOFAT KE CHIURE BADE BADE BADE FANK

      Sala tyo Shrishe Le “Tapai patrakar harulai karfue ma pass diyeko bhid ma gayera goli haneko khichna lai ho?” bhane ko ajhai jhal jhali yad aunchha

      Ani tyo Kamal Thapa (Ka=kutta, ma=musa, L=luchcha) le andolan ko antim din samma pani raja lai ke bhanthyo re bhane “SARKAR ! YO ANDOLAN MA DEKHINE HARU JHUL BAHIRA KA LAMKHUTTE JASTAI HUN………RAJDHANI KATHMANDU JHUL BHITRA CHHA….JHUL BAHIRA KA LAMKHUTTE HARULE KEHI PANI GARNA SAKDAINAN”

      Hoina tyo T. Giri (T=Tapare)ko loan kaha bata tiriyeko rahechha?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjeeb k bhattarai/Toronto,canada

      Umesh ji

      Thanks for the precious information….Really its too much..way the king has expended tax paid money of poor people..its totally ridicules..so..lets take action against him now….otherwise it will be too late..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • WAHIYAT KHARCHA GARECHHA GANE CHOR LE

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna K. Rai, USA

      Umesh jee,
      Thanks for the update,
      That answers clearly how our country was exploited for more than 237 years and the country became poor/ people became poor.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shubhechhuka

      रायमाझी आयोगले ज्ञान बहादुर शाहीको बयान लिनु पर्दछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raru

      Umesh Ji,
      Thanks for the detail info about expenses of past Gane Government. Let’s start the republican email message including these expenses detail to support republican New Nepal movement…… Previously I have seen about “gane ko bhatta” email but this on would be more clear message than before
      Keep up your good work.

      England….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nikas

      उमेश जी नमस्कार
      कही नभयकोजात्र हाडी गाउँ भनेको यही हो राज परिवारको खर्च त सबैलाई थाहा भयको कुरा हो तेस् भन्दा पनि अनौठो ल/गेको कुरा त पुतली सडकमा बसेर फेस टू फेस चलाऊने ती धमला र अरु दैनिक पत्रीका जोइटृङे पन देखि मलाई त अछाम लाग्यो ।शायद तिनिहरुले सोचेका पनि थियनन्,अब भन्दिय हुन्छॠषिलैभोली अरु कस् बाट क कति लिने गरेका छन तेसको बिषयम साक्ष्रता कार्यक्रम चलाऊने भनि ।रश्ठको तेर्सो अङ्को रुपमा कम् गर्ने सस्थ म पनि यस्तो लूत्पत् जनत को कर् मथि यो त सा।रै भयननि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • b.kl

      Dear Friends
      i am sorry to say that Nepalese king has done so many mistake which is unforgetable eventhough he tried to be a hindu king.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shantdil

      उमेश जी,
      धन्यवाद यो जानकारीका लागी । आसा छ अबको सरकारले यो लुटपाटको पनि हिसाब किताब चुक्ता गर्नमा भुमिका खेल्नेछ । हामी नेपालीले येसैको प्रतिक्षा गर्नुछ । हाम्रो गाँस काटेको कर ले अनुत्पादक कुकुर पाल्न केहि जरुरी छैन भन्ने मेरो बिचार छ ।

      हामी नेपाली लाई हाम्रै पशुपति नाथले रक्षा गर्नु पर्छ ।

      धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • alokshree

      ओहो—मेरो मन सार्है कट्क्क खायो यो कथा सुनेर । बियोन्ड टेस्ट लेस । अब पनि नेता हरुको घैटोमा घाम लागेन भने त खै के भन्नु?

      तर उमेश जी तपाईंले यस् भन्दा पहिले लेखेको ब्लग का कुरा हरुले शायद केही भैहल्ल्छ कि देशमा? हेरौ के के हुने हो? मलाई त सार्है पचाउनै गर्हो भो यो कुरा । के गर्न सकिन्छ त अब हामीले?
      धन्यवाद तपाईंलाई यो कुरा हामीलाई सुनाएको मा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker