मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आफ्नै दरबारबाहिर पनि रहेन राजाको नाम

    Hoarding Boards
    तपाईँले माथि जुन फोटो देखिरहनुभएको छ, त्यो अब इतिहासको पाना भइसकेको छ। यो फोटो नारायणहिटी राजदरबारको मूल गेटको ठ्याक्कै बाहिरको हो। अस्ति बुधबार त्यता जाँदा मैले यो फोटो खिचेको थिएँ। त्यही दिन सूचना विभागको निर्देशनमा राजदरबारअगाडि रहेका राजाका महावाणी भएका बोर्डहरु धमाधम निकालिँदै थिए। शुक्रबार त्यता जाँदा देखेँ- राजाको आफ्नै दरबारबाहिरसमेत सबै राजाका नाम भएका होर्डिङ बोर्डहरु हटिसकेका रहेछन्। अहिले ती ठाउँहरु खाली रहेका छन्। ती होर्डिङहरु कहिले पनि आन्दोलनकारीको तारो बन्न सकेका थिएनन्। किनभने त्यो अति संवेदनशील क्षेत्रमा पर्छ। नारायणहिटीको मूल गेटबाहिर अहिलेसम्म कुनै प्रदर्शन हुन सकेको छैन। त्यसैले मलाई त्यहाँका कथित महावाणीका होर्डिङ बोर्डहरु हटाइन्छन् भन्नेमा शंका लागेको थियो।

    यहाँसम्म कि बुधबार होर्डिङ बोर्ड निकाल्दै गरेको दृश्य हेर्दा पनि मलाई विश्वास लागेको थिएन। अगाडि पट्टीको निकाले पनि मूल गेट नजिकै रहेका बोर्डहरु त निकाल्दैनन् कि जस्तो लागेको थियो। बुधबार दरबारबाहिर बोर्ड निकाल्दै गरेको बेला खिचेको सानो दृश्य तल हेर्नुस्।


    वास्तवमा त्यो दिन म राजदरबारको दक्षिण ढोकाबाहिर माअ‍ोवादीहरुले गणतन्त्रको नारा पोते रे भन्ने हल्ला सुनेकोले हो कि हैन हेर्न गएको थिएँ। तर हैन रहेछ। माअ‍ोवादीहरुले एक्कादुक्का जेठ १९ को आमसभाको प्रचण्ड भएको पोस्टर टाँसेका भए पनि अधिकांश उप्काइसकेका रहेछन्।

    एउटा रमाइलो चाहिँ के भयो भने असोज १८ मा देउवालाई अपदस्थ गरेदेखि नै राजदरबार नजिकैबाट सर्वसाधारणलाई हिँडन बन्देज गरिएको थियो र त्यहाँ कडा सैनिक पहरा हुन्थ्यो। बुधबार भने मजाले दरबारको दक्षिण ढोका नजिकैबाट हिँड्दा पनि कसैले केही भनेनन्।

    दरबारका ढोकामा प्रहरी हतियारसहित बसेका थिए। त्यसैगरी केही सैनिक पनि हतियार ताकेर बसेका थिए। अरु खासै त्यस्तो सुरक्षा व्यवस्था थिएन।

    त्यो दिन दक्षिण ढोका वरपर होर्डिङ बोर्डहरु देखिएका थिए। अहिले भने त्यहाँ पनि हटाइसकिएको होला- थाहा छैन, म त्यता जान पाएको छैन। मूल गेटअगाडिकै त हटाइसकियो भने त्यताको के बाँकी रहलान् र !

    मूल गेटनिर कै होर्डिङ बोर्ड कै त्यस्तो बिजोग भइसक्यो भने अरु ठाउँतिरका झन् के होलान् ? केही दृश्यहरु-

    Hoarding Boards
    यो चाहिँ थापाथली पुलनजिकैकोको स्थानबाट झारिएको होर्डिङ बोर्ड हो।

    Hoarding Boards
    अनि यो पर्‍यो त्रिपुरेश्वरको। त्रिपुरेश्वरको होर्डिङ बोर्ड वैशाख ९ गते तोडफोड गर्न खोज्दा सुरक्षाकर्मीले गोली चलाएका थिए।

    यी दृश्यहरु बिहीबार खिचिएका हुन् र शुक्रबार ती सबै बोर्ड त्यहाँबाट हटाइसकिएका छन्। सबै फोटोः उमेश

    No related posts.

    35 comments to आफ्नै दरबारबाहिर पनि रहेन राजाको नाम

    • namasker umesh ji,,
      to see the photo thankx for u. but importance thing is that our goal of movement is to throw the board of king or to be the poodle of leaders? be careful. what has happened at the past, leave it. king became autocratic then again leader become autocratic.. then when will we get freedom. so where is power there autocratic. even now in leader there are lots of autoratic. they want to recruit theirs realtives in the good post of employment. so what is this , is this fair?is this loktantra. even u go to work officila work u need more time to be spent. ??? so time has changed but nepal never change.. so all the old political leader n king must be hang out.
      if we removed all the pictures of king and queen but why we wear a national dress in the ceremony.
      so it could be better if we changed our national dress…
      so here is works
      the newly formed governments worked as
      1 to make peace talk bet govn n moist ,first removed kings board.
      2made nepal sarkar
      3 nepal army
      3 non religioncountry.
      4 nepal army.
      infact, importance things to do
      1. rular area development.
      2 electricity increase n cutt off the fares of electricity
      3. good water planning systerm in ktm n others big cities innepal./

      bla bla…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Samyam Acharya

      Umesh Ji,

      What I learned about The Democracy is “Democracy is by the people and for the people”. But in our country it is by the people(sacrificing their own life and for the dirty politicians (who never changes). You can see at the present context as well that they were united before and now, soon after having the power in their hand they have started fighting with each other for the same chair. And also they have started taking bribes from poor people to do their even legal work and also started taking big ransom from big shots. They should be hanged in the middle of the city. I think, Only Maoist have guts to do this. Keep it up.

      What do you think.

      Samyam Acharya
      gongabu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Surendra

      KIng is our burden
      These sucker should be removed comptly from nation

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sherpalee

      hoarding matra haina gyane ra paras lai palace bata boarding ma rakhnu parcha. Ahileko palace lai museum banaunu parcha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Min

      “Sagarmatha Jyu” could you please include our “Netas” in your list. If king’s living standard is thousands times our Neta’s standard is at least hundreds times higher than the Nepalese People. Keep in mind that I’m not pointing all Netas but the one who was corrupt during “democracy” as well as “Pancha” era.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kasturi

      Old news (taken from Nepali sandesh) but still important!!

      सातदललाई खबरदारी गरिरहनु पर्ने भो !!

      दिल साहनी

      संयुक्त जनआन्दोनको बलमा नेपालको 237 वर्षको इतिहास बोकेको राज्ातन्त्र गर्ल्याम्म गर्ुर्लुम्म ढल्न थालेको स्थितीमा राजाको घोषणाले चारवर्षअघि विघटित संसद ब्यूँताउनुलाई सात राजनैतिक दलहरुले ठूलो विजय ठाने। जबकि त्यो अग्रगमन नभएर ०४६-०४७ को स्थितीमा फर्किनु मात्र थियो । जनता राजतन्त्रलाई सबै सधैको लागि विदा दिने हर हिसाबले सडकमा उत्रेका थिए । सातदलहरुले राजाको संसद व्यूताउने घोषणालाई स्वागत गरिदिएपछि कतिले विजय जुलुस भनेर निकालेको जुलुस अन्ततः विरोध जुलुसमा परिणत भयो । कतिले विजयी भइयो भनेर लगाएको अबीर पानीले पखाल्न पर्‍यो । दलहरुले राजलाई संविधान सभाको घोषणासम्म पनि बाध्य पार्न चाहेनन् । तर जब आन्दोलनकारी राजाको घोषणाले बौरेका सांसदहरुलाई निशर्त संविधान सभाको घोषणा नगरे हामी उनीहरुलाई सिंहदरवारमा नै घेरेर राख्दछौं भनेर खबरदारी गर्न थाले संसदले पहिलो संकल्प प्रस्ताव नै संविधान सभामा जाने राख्यो र पारित पनि भयो । यदि जनताले सडकबाट यस्तो खबरदारी नगरेको भए संविधान सभाको प्रस्ताव धेरै पछि मात्र सायद आउँथ्यो कि !!

      ०४६ सालको जनआन्दोलनताका भन्ने गरिन्थ्यो जनता अघि अघि नेता पछि पछि अहिले पनि त्यही भयो । जनदवाव नबढेको भए दलहरु राजाको ८ गतेको घोषणालाई पनि स्वीकार गर्दै प्रधान मंन्त्रीको पद खान जान्थे कि भन्ने प्रश्न पनि उठे। सातदलका नेताहरुले यस्तो गल्ती गर्थे र गर्न पनि सक्दथे भन्ने कुराको झलक ०४६-०४७ सालतिर पनि पाइन्छ । त्यतिवेला आन्दोलनकारी नेताहरुले राजासित संझौता गर्दा पंचायती संविधानबाट निर्दलको सट्टा बहुदल राख्ने कुरामा मंजुरी दिएक थिए । पंचायती बहुदल बोकेर बाहिर आएका थिए । पछि फेरि जनताले खबरदारी गरे । संर्घष गरे । लोकेन्द्रबहादुर चन्दको गाडी घेरे । तोडफोड गरे । बल्ल पंचायती संविधान खारेज भयो । प्रचायती व्यवस्था अस्वीकृत भयो ।

      ०४६ सालमा एउटा आन्दोलनकारी शक्ति त्यतिवेला डा. बाबुराम भट्टर्राईको नेतृत्वमा बनेको राष्ट्रिय संयुक्त जन आन्दोलनसंयोजक समिति थियो । त्यतिवेलाका बाममोर्चा र नेपाली काँग्रेसले आन्दोलनको त्यो शक्तिलाई उपेक्षा गर्‍यो ।

      अहिले पनि त्यही कुरा दोहोरिएको छ । सातदल र व्रिद्रोही माओवादी बीच बाह्रबुँदे समझदारी अनुसार सात राजनैतिक दलद्वारा चैत्र २४ गते देखि संयुक्त जनआन्दोलन प्रारम्भ गरिएको हो । यो भन्दा पहिला व्रिद्रोही माओवादीहरुले आफ्ना संर्घषका कार्यक्रम अघि सारेको थियो । तर पछि सात दलहरुको अनुरोधमा आफ्नो कार्यक्रम फिर्ता लिएर सातदलले आवहान गरेको कार्यक्रमलाई सहयोग गर्ने कुरा बाहिर ल्याएको थियो । सातदल माओवादीहरुसित खुला रुपमा एउटै नारा लिएर एउटै मोर्चामा जुटेर सहकार्य गर्ने अर्समर्थ भएको हुँदा प्राविधिक कारणले संर्घषको कार्यक्रम सातदलले अघि सारेको कुरा सबैले बुझेकै थिए ।

      सडक आन्दोलन अघि बढ्दा एउटै नारा र एउटै मोर्चा बनाएर अघि बढ्नु पर्दछ भन्ने आवाज पनि उठेको थियो । तर सातदल त्यसको निम्ति तयार भएनन् । जनआन्दोलन उत्कर्षा पुगेको स्थितीमा माओवादीहरुको नेतृत्व शक्तिबाट सातदलहरुलाई तेस्रो समझदारी कायम गर्न आव्हान गरिएको थियो । तर सातदलले त्यसप्रति कुनै ध्यान दिएनन् । अन्तमा राजाको ११ बैशाखको घोषणालाई स्वीकार गर्ने वा नगर्ने भन्ने सवालमा सातदलहरुले व्रिद्रोही माओवादीहरुको कुनै सल्लाह लिएनन् ।

      यस अर्थमा दलहरुले आफूसित सहमति कायम गर्दै हिडिरहेको व्रिद्रोही माओवादीहरुलाई समेत उपेक्षा गरेको देखिन्छ । यो सातदलको ” मृग देखे आगे बढो गोर्खाली र बाघ देखे पिछे हटो गोर्खाली” अनुरुपको आचरण थियो । आफूलाई अप्ठ्यारो परेको बेला सातदल व्रिद्रोही माओवादीहरुसित पनि एक हुन गए । तर जब आफ्नो हातमा सत्ता आउने मौका देखे चौका हान्ने हिसाबले अघि बढे । यो उनीहरुको खोलो पनि तर्‍यो लौरो पनि विस्यो अनुरुपको आचरण पनि हो । यो उनीहरुको अवसरवादी चरित्रको एउटा राम्रो उदाहरण पनि हो ।

      अहिले दलहरु के गफ चुट्न थालेका छने भने व्रिद्रोही माआेवादीहरुले १० वर्षसम्म युद्ध गरेर प्राप्त गर्न नसकेको कुरा हामीले शान्तिपूर्ण ढंगले आन्दोलन गरेर १९ दिनमा पुरा गर्न सक्यौं । वास्तवमा सात दलले शान्तिपूर्ण ढंगले १९ दिनमा नै सबकुरा ठीक गर्नु सक्दथे भने विघटित संसदलाई फेरि ब्यूताउन किन चार वर्षलगाउनु पर्‍यो – कुनै पनि जनआन्दोलन सफल हुनलाई बर्षौ वर्षो संर्घषले मदत पुर्‍याएको हुन्छ भन्ने कुरा सातदलहरु किन भुल्छन् ।

      यदि सातदलले शान्तिपूर्ण ढंगले १९ दिनमा ठूलो परिर्वतन गर्न सक्दथे भने प्रचायती व्यवस्थालाई ढाल्न किन ३० वर्षलाग्यो । यसैले चैत्र २४ गते देखि शुरु भएको जनआन्दोलन किन अहिलेसम्मको सबभन्दा ठूलो जनआन्दोलन हुन सक्यो त्यसका पछि के कति कुराले वा आन्तरविरोधले भूमिका खेलेको छ त्यसको मूल्यांकन गर्न आवश्यक छ । सातदलको अवजस जति अरुका थाप्लामा थोपर्ने र जस जति आफैले लिन खोज्ने प्रवृति राम्रो होइन । उनीहरुले त भन्न सक्नु पर्दथ्यो – यस जनआन्दोलनका सफलता को पछि १२ बुँदे समझदारी र समाजका हर वर्ग र तहका जनताको सक्रिय सहभागिता जिम्मेवार छ राष्ट्रिय अन्तराष्ट्रिय र्समर्थन जिम्मेवार छ ।

      यदि सातदलहरुले व्रिद्रोहीहरु सित अरु एक नारा र एक मोर्चा बनाउँदैअघि बढेको भए राजतन्त्र ढल्ने कुरा निश्चित थियो । यदि संयुक्त जनआन्दोलनको बलमा राजतन्त्र ढलेको भए त्यो विश्वको इतिहासमा एउटा ठूलो किर्तिमान हुन्थ्यो । फ्रान्सेली क्रान्तिको दर्जा पनि यसले पाउँथ्यो तर सातदलले त्यो सौभाग्य नेपाली जनतालाई दिएनन् ।

      उनीहरु चारवर्षपहिले विघटित संसदलाई नै ठूलो उपलब्धी ठानेर आफ्नो कार्यक्रम फिर्ता लिए । यसरी यिनीहरुले जनतालाई धोखा नै दिए । आन्दोलनले जुन उचाइ प्राप्त गरेको थियो र जति बलिदान गरेको थियो त्यस अनुसारको उपलब्धि भएन । जनता सडकमा विघटित संसदलाई व्यूँताउन मात्र उत्रेको थिएन । सडकमा लागेको प्रमुख नारानै गणतन्त्रको हो यो सबैलाई थाहा छ ।

      जे होस् आम जनताको सहभागितामा उठेको जनआन्दोलनको कार्यक्रमलाई दलहरुले फिर्ता लिए पनि समाप्त भएको छैन । दलहरुलाई खबरदारी गर्न मुलुक नै सजग बनेको छ । अर्कोतिर व्रिद्रोही माओवादीहरु सातदललाई ठीक ठाँउमा ल्याउन खबरदारी सभा गरिरहेका छन् ।

      संसदले संविधान सभामा जाने कुरो पास गरे पनि संसदीय परम्परा पालन गर्ने सवालमा लकीरका फकीर बने भने उनीहरुको हर प्रयास हात लाग्यो सून्यमा फेरिन सक्दछ । अर्कोतिर सातदलले वर्तमान संविधानका धारामा टेक्छु भन्न थाले भने नराम्ररी पछारिन पुग्ने छन् । यदि उनले दनादन क्रान्तिकारी राजनैतिक निर्णय लिंदै गए भने मात्र मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको दिशातिर अग्रसर गराउन सक्दछ । त्यसको निम्ति सातदलले राजतन्त्रप्रति मोह त्याग्न जरुरी छ । आफ्नो मन मस्तिस्कलाई गणतन्त्रवादी बनाउन आवश्यक छ ।

      सातदलहरुले कहिलै नबिर्सिने कुरा के हो भने अहिलेको जनआन्दोलनले जुन उत्कर्षा प्राप्त गर्‍यो त्यसको पछाडि १२ बुँदे समझदारीले काम गरिरहेको थियो । जनता चाहन्थे सात दल र व्रिद्रोही माओवादीहरु एक भएर अघि बढुँन । जुन दिन १२ बुँदे समझदारीका आधारमा माओवादीहरुलाई साथ लिएर सातदल अघि लागे त्यसले जनआन्दोलनमा एउटा सुनामीको लहर ल्यायो । जनतालाई विश्वाश भयो अब त केही हुन्छ, नेपालमा गणतन्त्र आउँछ । व्रिद्रोही माओवादीहरको नजिक व्यवहार देखाउन जरुरी छ ।

      उपचार यो संसद र संविधानबाट होइन गोलमेच संम्मेलन र अन्तरिम सरकार र अन्तरिम विधानबाट खोज्न जरुरी छ । निशर्त संविधान सभाको चुनाव सम्पन्न गर्राई मुलुकलाई लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍याउन जरुरी छ । सातदल, व्रिद्रोही माओवादी र नागरिक समाज मिलेर यति कुरा पुरा गर्न सके भने मात्र चैत्र २४ गते सातदलको आव्हान र व्रिद्रोही माओवादीको सक्रिय सहयोगमा उत्कर्षा पुगेको जनआन्दोलन साँचो अर्थमा फलदायी हुनेछ । त्यसले नयाँ नेपालको सृजना गर्न सक्नेछ । यसको निम्ति नागरिक समाज, पार्टी जागरुक कार्यकर्ता तथा व्रि्रोही माओवादीहरुले बराबर खबरदारी गर्नु आवश्यक छ । १२ बुँदे समझदारीलाई अझ परिमार्जित, विकसित र उन्नत बनाउँदै त्यसैको प्रकाशमा अघि बढ्न आवश्यक छ ।

      Himal from
      Norway

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nitrheboss

      Where is Human right? If some body had perform mistakes, then they must be punished according to the law of country. if not, then why we need law.

      पोखरा आमसभाको प्रचारमा नक्कली माओवादी पनि
      सोमबार पोखरामा हुने माओवादीको आमसभाको प्रचारका लागि विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतवार बिहान पोखरामा र्याली निकालेको छ। र्यालीमा माओवादीले शनिवार कब्जामा लिएका नक्कली माओवादीलाई पनि ल्याइएको थियो।

      पोखराका परेवा प्रतिनिधका अनुसार र्याली पृथ्वीचोकबाट शुरु भई चिप्लेढुङ्गा हुँदै फेरि पृथ्वीचोक पुगेको थियो। पृथ्वीचोकको कोणसभामा नक्कलीले आफूहरुले विभिन्न ठाउँबाट चन्दा उठाएको स्वीकार गरेका थिए भने कोणसभापछि माओवादीले नक्कलीलाई हात बाँधेर ट्याक्सीमा राखेर लगेका थिए ।
      आमसभामा वार्ताटोली सदस्य देव गुरुङ लगायतले बोल्ने कार्यक्रम छ। त्यसका लागि प्रचार तीब्र पारिएको छ। पोखरा शहर पम्ल्पेट र पर्चाले रंगिएको छ। गाउँगाउँबाट र शहरबाट पनि सभामा मान्छे ओरालिने अनुमान गरिएको छ।
      http://www.parewa.com (28 May, 2006, 14:29 NST

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • tyo fohori prem prem lekhne ko raicha hau?? tini haru lai nai metna launu paro.. jaha payo tyahi jpt korera prem huncha fohori haru! :|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cecal

      forgot to write one more thing

      u said raja ko durbar thyo chitta bhujhena mahendra le narayanhiti banauna layera nepal sarkar lai becheko kura suneko theya. satye ho ki hoina taha bhayena. satye tathye khojera hamilai thaha dine kaam tapailai.

      teeskaran yo nepal sarkar ko durbar bhayo so why not take rent from him if he wants to stay there lets make clause that he have to pay rent as now he has to pay tax. teespachi ta jala ni chodera narayan hiti

      ani yesko aaputali aayeko sampati ko khoji suru garne hoina bhaneko jo jo lai taha cha sabai le bhanna thale bhane sarkar lai pani sajilo hunthyo ni aba janta ko raj ma janta le nay sarkar lai help garnu paryo ni

      cecal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cecal

      hello umesh ji
      dheray din pachi am writing u. yours update is being very slow now a days birami hunuhunthyo bhanne suneko theya. Aba tha thik hunu bhayo hola, lets have more and more of daily affairs news also. Am intrested to hear what the king is doing now a days. Janta lai usko every moment ko news chaiyeko cha so that we find out what he is conspiring.

      So if u happen to have any contacts do inform us about him too, yo sarkar le ta feri dhoka dine chat kaat dekhauna thale sakyo ke garne.

      la ta have fun and take care do keep updating frequently

      cecal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Everest Poudel, USA

      The palace should be a musium.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Everest Poudel, USA

      Dear all readers and Umesji,
      National convention representing all walk of lives must be called to form Constituent Assembly and then there will be no King or palace.
      It will be interesting to see whether Gynendra and Paras will stay in Nepal or go to India. I am predicting India because Paras’s wife is Indian and they can still self decleared themselves as “Maharaja” only in India. It can only happen in India. Let’s continue to put demand on investigating Gynendra’s wealth. Birendra and Dhirendra’s wealth must be nationalized. The mansion Gynendra staying rightnow “THE Palace”, all official government buildings belongs to the Republic of Nepal (soon to be) and Nepalese. Things are moving very slow in Nepal.
      Gynendra and Paras must be brought to supreme court for the crimes they have been responsible for. They must also be abide by the due process of law. The new constitution must be representative of all good will of the people, by the people and for the people. This is the voice of Nepalese People either in Nepal or outside the Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • muskan

      dear umeshji,
      Tyo kaha kingko durbar ho ra tyo ta rajya ko ho.So callled rastra pramukh bhayako karanle rajyale subidhaa diyako ho. Tyo durbar rajako personal durbar hoina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepali

      good good

      Now there should be holding board of great kileer Prachanda , babu ram .girija,and makune

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashiksaru143@gmail.com

      श्री नगर युवा समिती
      दोहा कतार मिती …..
      स्था. २०६२

      बिषय – वार्शिकौत्सब को शुभ – अवसर मा अनिबार्य उपस्थित हुने बारे

      श्री मान ———————–यस श्री नगर युवा समिती दोहा कतार ले आज एक बर्ष पुरा गरी अर्को बर्षमा प्रवेश गरे को शु-अवसर मा
      हामी सम्पूर्ण समिती का सदस्य हरु उपस्थित भ इ
      यस मा रहेका राम्रा नराम्रा कुरा हरु लाई औंलाइ अझै पनि राम्रो र बलियो कसरी बनाउने साथै हाम्रो रकम कति जम्मा भयो भन्ने जस्त सम्पूर्ण लेखा जोखा समाबेश गरिने छ र साथै सम्पूर्ण सदश्य हरु लाई अनिबर्य रुप मा उपस्थित हुन अनुरोध गरिन्छ | साथै कारण बस् दोहा मा भएर पनि उपस्थित हुन नसक को खान्ड मा समिती को निर्णय अनुसार जरिमाना पनि गर्न सकिने छ |

      निबेदक —————- समय = = ४
      स्थान = तर्वार गेट को गार्डन
      मिती = १६ ६ २००६

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Malati

      Umesh Dai,

      Why your update is slow today? I heard of Bank Robbery,i.e. Nepal Bank of Chhetrapati, but I didn’t see this news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जिवन रोक्का

      Good starting. Now we have to delete all the sign and symbol of monarchism from Nepal. This is the voice of nepalese people and present age.

      Jeevan Rokka
      Bergen, Norway

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali Manche

      There is nothing such we have done till yet that we have to be proud of ourselves, it is starting it’s fine, coz lots ot things to be done to develop our country. Hope that day will come.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • it is good ” neither king nor boards”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कृष्ण पौडेल

      गम्भीर विषयमाथि बहस चलोस् । कहाँका ,कतिवटा ,के कुरा लेखिएका कुन आकारका बोर्डहरु हटे हटेनन् त्यो कुराको बहस त भोलिका दिनहरुमा साँचो राजनैतिक र सामाजिक रुपान्तरण सम्भव भएका खण्डमा , स्वत: महत्वहीन बन्नेछन ।
      अहिले नेपाली जीवनको आवश्यकता भनेको हर सम्भव शान्तिको स्थापना गर्ने र सो को पूर्वाधार तयार पार्न विविध राजनैतिक पक्ष वीच विस्वासिलो वातावरण को निर्माण गराउने , राजनैतिक सहमतिले गरीव र विपन्न जनताका लागि सही सामाजिक न्यायको प्रत्याभूति दिने खालको वहुविचारलाई आत्मसात गर्ने र हरेक विचार बोकेका मान्छेहरुलाई आ-आफ्नो आस्था बोकेर स्वतन्त्रतापूर्वक निर्भयतासाथ बाँच्न दिने परिपार्टिको स्थापनार्त कार्य गर्नु र गराउनु हो । इतिहासको यो गुरुतर अविभारालाई पूरा गराउन हामी नागरिकको तर्फबाट सचेतक मात्र नभएर स्वयँ भूमिका खोज्ने दायित्व पनि हुन सक्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shasikant

      Umesh jee,

      maobadi ko poster ko photo rakhna sakinchha blog ma herna man lagyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I felt very sad reading this news since it was providing us fun with no charge at all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PIN, Virginia

      The removal of the hoarding board — a great step in mental freedom (Maanasik mukti) Thanks for bringing to our eyes and ears! Every bit counts; each step is a step towards the goal of achieving full freedom from centuries of autocracy and feudalship. Jai loktantra and people power!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jharana

      राजदरबार राजाको होकी नेपाल सरकारको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • i dont thing any body can replace the king…
      no one can brought king and parase in front of justic
      they are They ….
      as long as Neta like Girja.. Prachanda, Nepal is there it wont happens

      JAY NEPAL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pitamber Parajuli

      Umesh G,
      Board le ta kaslai po k gareko cha ra. To rakhe po k bho phale po k bho. pahlu nu parne ra jail ma halnu parne ta tinilai ho.jasale to board banauna ko lagi janta lai kangal banay, janta ko ragat sose.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakas, sydeny

      lets hope like board ganendra himself will leave the nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rj darbar aagadi ko hoding hataya pani nuwakot ko sadar mukam ma ajhi hataune prayatna gariya ko china .
      माधव रज तिवारी
      मनब अधिकार्कर्मी तथा पत्रकार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak Karki

      उमेश जी
      यो भने धेरै खुशी को कुरा सुनाउनु भयो । यो सरकारले तेस्ता होर्डिङ बोर्ड हरु मात्रै हैन देश भरिका सम्पूर्ण कार्यालयहरु बाट ज्ञानेन्द्र को तस्वीर पनि हटाउनु पर्छ । सुन्नमा आए सम्म अझै पनि कतिपय कार्यालयहरुमा ज्ञानेन्द्र को तस्वीर हटाईएको छैन रे । जब सारा नेपाली जनताहरुले ज्ञानेन्द्र लाईनै राजा नमानेर मन बाट हटाई सके भने त्यसको दुर्बचन लेखिएका बोर्डहरु अनि त्यस्को अलछिने अनुहार भएको तस्वीरहरु किन सरकारी कार्यालयमा रखिरहने?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • BK,UK

      wots going on in the country? see the following news.

      Armed group loots Nepal Bank in capital

      Kantipur report

      KATHMANDU, May 28 – In a bank robbery under broad daylight Sunday, five unidentified armed persons entered the Nepal Bank, Chettrapati branch in the capital, and looted Rs 140,000, police said.
      The group looted the bank at around 1:35 this afternoon at gunpoint, said a police officer on condition of anonymity.

      The officer also said that investigation into case is going on.

      Posted on: 2006-05-28 02:43:34 (Server Time)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रकाश देव

      आवश्यक ठाँउमा होर्डिङ् बोर्ड् राख्नु त राम्रो कुरा हो तर सार्वजनिक तथा निजि भित्तानै कुरुप हुने गरि भित्ते लेखनमा पनि सरकारले कानुन बनाउनु र राजनिति सङ्गठनहरुले पनि यो कुरा बुझिदिए राम्रो हुने थियो होइन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • siddhanta sarma

      Umesha g
      why r u worry too much about this board, after contitutional assebly ,u could not see king in this palace.Then , again u will write no kung in palace.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepus, Germany

      These are just small steps. Hoardings are small things. The king and prince paras should be brought to the hands of justice and they should get what they deserve!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khu

      सबै बोर्डहरु systematic ढंगले निकल्नु सरकारको कर्तब्य हो । Symbolic रुपमा आन्दोलन ताका र त्यस लगत्तै जनताले केही बोर्डहरु ढाल्नु स्वभाविक हो, तर जथाभावी तरिकाले बोर्डहरु झार्दा बाटोमा सर्वसाधारण जनतालाई नै अप्ठेरो पर्न आउन्छ । परिवर्तन आउन समय लाग्छ र नाम मात्रै फेर्दैमा केही हुनेवाला छैन । सरकारको प्रबृतिमा मात्रै होईन हामी साधारण जनताको मनस्थिती र बानी ब्यहोरामा पनि change ल्याउनु पर्छ ।

      There is more freedom within rules rather than in a nation without.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • it is good photo yar. thanks for your eye of real jurnalisium.
      Abiralyatri
      Saudi Arabia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker