युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

सेना हट्यो, प्रहरी बस्यो

Hoarding Boards
माथिको फोटो मैले केही दिनअगाडि खिचेको हुँ। त्यहाँ तीन जना शाही सैनिक एक शालिकको सुरक्षा गरिरहेका देखिन्छन्। जुन बेला यो फोटो खिचिएको थियो, त्यति बेला उनीहरुको नाम शाही सैनिक नै थियो। अनि त्यो शालिक चाहिँ मरिसकेका राजा महेन्द्रको हो। ठाउँ कालिमाटी चोक। म जहिले पनि त्यो बाटो हिँड्दा सोच्ने गर्थेँ, हाम्रो करबाट छुट्याइएको बडेमानको रक्षा बजेट यी मरिसकेका राजाको शालिकको सुरक्षाका लागि हो ? देश र जनताको सुरक्षामा खटिनु पर्ने बहादुर सैनिकहरुलाई शालिक रक्षाका लागि खटाइनु उनीहरुले लिएको प्रशिक्षण र उनीहरुलाई योग्य सैनिक बनाउन देशले गरेको लगानीको नै अपमान हैन र ?

तर मेरो त्यो सोचाइ मेरै दिमागमा रह्यो। मलाई त्यसबारेमा लेख्न पनि मन लागेन यो ब्लगमा। कति नराम्रा कुरा मात्र बताइरहने जस्तो लाग्यो।

यो शालिकको फेरि लामै कहानी छ। पञ्चायतको रजत जयन्ती मनाउने क्रममा यो शालिक बनाइएको हो। २०४६ सालको आन्दोलनमा नै यसलाई फुटाउने प्रयास गरिएको थियो। शालिकको अनुहारको चश्मा त त्यति बेला नै फुटाइएको थियो। ०४६ सालमा जनताले मण्डले प्रहरीलाई बाँधेर कुटेको स्थान पनि यहीँ थियो।

त्यसपछि सुरु भएको माअ‍ोवादी विद्रोहले पनि यो शालिकलाई छाडेन। शायद तीन वर्षजति अगाडिको एकदिन एकाबिहानै माअ‍ोवादीहरुले बम पड्काएर शालिक उडाइदिए। धेरै दिनसम्म त्यो शालिक सेतो कपडाले ढाकिरह्यो। पछि केही राजावादीहरुले त्यो शालिकलाई पुननिर्माण गरे र पुस १ गतेको ‘शुभ’ साइटमा त्यसको उदघाटन गरे। राजाको सरकार थियो त्यतिबेला। त्यसैले पनि होला बरु सिंहदरबारअगाडिको पृथ्वीनारायण शाहको शालिकमा नभएको सैनिक सुरक्षा यहाँ हुने गरेको।

यो बीचमा प्रतिनिधि सभाले ऐतिहासिक घोषणा गर्‍यो। सरकार नेपाल सरकार बन्यो र शाही नेपाली सेनाको नाम बदलिएर नेपाली सेना रहन गयो। तर पनि त्यो ठाउँबाट सैनिकहरु हटेका थिएनन्। दुई दिन त्यो ठाउँमा सालिक नै ढाकिने गरेर चार-चार जना सैनिक हतियारसहित बसेको देख्दा त झनै दिक्क लाग्यो। अनि सोचेँ, नाम मात्र परिवर्तन भएको रहेछ, शैलि हैन रहेछ।


सेना हट्यो, प्रहरी बस्यो। फोटोः उमेश

तर शुक्रबार मैले अचानक त्यो ठाउँबाट सैनिकहरु हराएको देखेँ। त्यहाँमात्र हैन, काठमाडौंका अधिकांश स्थानमा देखिने सैनिकहरु पनि अहिले हराएका छन्। शालिकमा सँधै देखिने सैनिकको स्थान दुई जना हतियारधारी प्रहरीले अ‍ोगटेका थिए।

माअ‍ोवादीहरुले बारम्बार शालिकहरुलाई निशाना बनाएपछि मरेका राजाहरुका शालिकलाई तत्कालीन सरकारले राज्यमन्त्री सरहको सुरक्षा व्यवस्था उपलब्ध गराएको थियो।

अहिले यो शालिकमा सेना त हट्यो तर जुन प्रहरी बसिरहेको छ, त्यसको अ‍ौचित्य देख्नुहुन्छ तपाईँ ? यो शालिकमा दुई जना हतियारधारी प्रहरी खटिन्छन्। उनीहरुको मासिक तलब न्युनतम पनि ४ हजार राखौं। देशभरमा यस्ता शालिक ४० वटा त होलान्। ४० वटा शालिकलाई २ जनाको हिसाबले ८० जना हतियारसहितका सुरक्षाकर्मी चाहियो। ८० जनालाई मासिक ४ हजारको दरले ३ लाख २० हजार रुपैयाँ चाहियो। त्यो भनेको वार्षिक हुन जान्छ ३८ लाख ४० हजार रुपैयाँ र ८० वटा हतियार। अब तपाईँ आफै भन्नुस्- मरेका राजाका लागि यत्रो रकम र हतियारको व्यवस्था गर्नुको कुनै अ‍ौचित्य छ ?

जबकि यहाँ जिउँदा मान्छेको सुरक्षा भएको छैन। शनिबार दुई जनाको हत्या भयो अनि आज आइतबार दिनदाहाडै बैंक लुटियो। राजधानीमा अन्य कुनै ठाउँमा यी हतियारधारी सुरक्षाकर्मीलाई राखेको भए जनताले अलि सुरक्षाको अनुभूति गर्न पाउँथेँ कि ?

मूर्तिकलाको संरक्षण गर्नुछ भने यस्ता शालिकलाई संग्रहालयमा लगेर किन नराख्ने ? वा जसको सम्पत्ति हो, उसैकहाँ निर्मल निवासमा लगेर किन नथुपार्ने ? त्यहाँ एउटा शाह वंशीय राजाको उद्यान बनाएर सबै शालिक त्यता थुपारे पनि हुन्छ नि। त्यो बनाउन पैसा चाहिँ राजाको सम्पतिबाट उठ्ने करको प्रयोग गरे हुन्छ बरु।

52 comments to सेना हट्यो, प्रहरी बस्यो

  • Kshitiz

    Rambhakta hanuman hoina ganebhakta hanuman hunuparne

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Kshitiz

    Dear Umesh Jee
    This is interesting analysis. You will see more in near future what SPA leaders do. What they are doing? To see, just click following link-http://ekantipur.com/
    I think all of you are aware, seven party wants to demoralize maoist so they want to bring local representing which is one of the means of corruption few years ago.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Sudip / South Korea

    good point

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • rajendra shresetha

    I don’t fully agree with your views. For the time being, it is necessary to provide security of such statues and it does not mean that guards will be provided for a long run. It is a step for peace keeping purpose otherwise there is chances of tod fod anytime. At present what i can see is people are in tod fod mentality, you can use your mathmatics to calculate the cost of burning a vehicle whether it is governmental or personal. Plus the cost associated with the disturbances to blast statues. My mathmatics says the cost for the protection is small compared to tourching vehicles by furious people.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Everest Poudel, USA

    Dear reader and Umesji,

    Putting tax payer funded security personels to protect ousted King’s statue on the intersections throughout the country is ridiculous. This 10 year old reinstated parliament by the king must be dissolved and replaced by the people’s representative nominated by national convention. The old constitution must be void.

    There is no other alternative except ending monarchy in Nepal and establishing rule of law by the people, for the people and of the people.
    I am predicting another wave of uprisings against present reinstated parliament and monarchy all together is becoming unavoidable. The next wave of Nepali uprising will completly end monarchy, present parliament and Mandalays all together.
    When are we going to experience peace and democracy in Nepal?
    Putting security forces to guard king’s statue is violation of simple norm and standard of the Jana Aandolan II. It is against the Voices of Nepalese people. This act alone paving road for Republic of Nepal. Nepalese people are observing from and outside the country.
    There will be peace and democracy when monarchy is completly ended. Monarchy is the number one reason Maoist are so popular in Nepal because it is the only Political force that raised arm against Monarchy. Majority of Nepali people are supporting Maoist to end monarchy, if monarchy continues to exist in any form, maoist will eventually win the heart of all ordinary Nepali people( about 95% population). Please don’t invite any catostrophy in the horizon for Nepal. End monarchy now.
    May peace,multiparty true democracy and rule of law with transparency in government be established soon by the ballot of people.

    Thank you.

    Everest Poudel, USA

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Nepalimacha

    अग्निहोत्री, कबिन्द्र र सौरब !!

    यो नेपालि भाषा नै यस्तो छ, जति शुद्ध लेख्नखोजेनि कता कता खुस्किने । व र ब मात्र होइन, ह्रस्व दीर्घ पनि त्यस्तै अप्ठेरो छ । english मा spell checker र grammar checker भएकोले सजिलो छ । नेपालिमा नि त्यस्तो कसैले बनाएको छैन ? थाहा भए उमेश र हामी सबैलाइ बताइदिनुहोस । सबैको कल्याणै होला ।

    यो कमेण्टबक्समा त्यस्ता अशुद्ध शब्दहरु केलाएर साध्य छैन, जे होस अर्थ बुझे पुग्छ । एउटा कुरो भनीहालुँ – नेपालभाषा बोल्नेले ट र त उल्टोपाल्टो लेख्नुलाइ ब्याकरणीय अशुद्धी मान्नु हुँदैन भन्ने मेरो ठम्याइ छ । जसरी british english, american english, australian english हरु एकआपसमा फरक छन । त्यसरी नै नेपालभाषीय नेपाली, गोर्खाली नेपाली, खस नेपाली इत्यादीहरु पनि एकआपसमा फरक हुन सक्छन । यसमानेमा आफुले प्रयोग गर्ने तरीका मात्रै शुद्ध अरुले प्रयोग गर्ने तरीका अशुद्ध भन्नु उपयुक्त हुदैन । भलै हाम्रो औपचारीक ब्याकरणले भाषामा एकरुपता ल्याउनको लागि बिभिन्न नियमहरुमा बाँधेर शुद्ध-अशुद्ध छुट्याउने प्रयास बिद्यालयस्तरको पाठ्यक्रममा राखेको छ । जुन अपुरो छ र त १० बर्ष नेपाली पढ्नेले नि शुद्ध-अशुद्ध छुट्याउन सक्दैन ।

    एउटा उदाहरण दिउँ – “सबैलाइ चेतना भया” – यो “भया” भन्ने शब्द हाम्रो ब्याकरणले शुद्ध मान्दैन तर यो आलोचित छैन । पश्चिममा “खाया छन – लाया छन” तथा मध्यनेपाल को “भ’छ – र’छ” लगायतका शब्दहरुले साहित्यमा सम्मानजनक उपस्थीति नै जनाउँछन । आलोचित हुन्नन, झन झर्रोबादी भन्ने बिशेष पहिचान बनाउँछन। त्यसहिसाब ले नेपालभाषीको ट र त, तामाङ मगर हरुको अ र आ मा हुने फेरबदलीलाइ नेपाली भाषाले स्वीकार्नु जरुरी छ । अशुद्ध भनेर पन्छाउन मिल्दैन । आफुले बोलिचालीमा जसरी प्रयोग गरिन्छ लेखाइमा पनि त्यसरी नै लेख्नु भनेको सजिलो मात्रै होइन नैसर्गीक अधिकार पनि हो । नत्र भाषीक लोकतान्त्रिकरणको लागि अर्को एउटा आन्दोलनको शायद जरुरी हुनेछ ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Bishnu

    उमेश जी, तपाईं को कुरा चित्त बुझ्दो नै छ तर सात् दलका नेताहरु आफै पैसा तिर्न जादैनन्, पैसा तिर्नेले ठगिएको सुनाउदैन! अनि कसरी खाल्डा खुल्डी सम्याउने हो? फेरी तपाइको ब्लोग् पध्ने कि त धेरै उल्फत्यान्हरु देख्छु, की बिदेशमा बसेर गुड्डी हाक्ने मत्रै! कृपया यो समस्या ठाउमै भेन्टीलेट् गर्ने तरिका खोजौन!

    मलाइ सबभन्दा झोक् चाही टेल्कम्का कर्मचारीसङ चल्यो है! उनीहरु आफुले खानपाउने नियम् चाहि पछि मिलाउने गरेर भने पनि गर्छन्, तर तपाइ हामी जनताले पाउने सेबामा भने “आदेस् आएन” भन्छन्! त्याहा चहियो लोकतन्त्र! कि क सो?

    In this period of transition, every body should understand “mess” and try to help new government!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • rambhakta hanuman

    श्री ५ महारजधीरजसरकरको कति खेदो खन्छस ए !!!!! भात मारा उमेश

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Hemant

    Welldone! Keep on Raising such neglected issues, Umeshji! For transformation, the declaration of House of Represenatative is not engouh, neither the election fo constitutent assembly. We need to raise every small issue, from every corner, and rectify.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • uk

    there are no security for nepali people why there are security for the stone. i can not belive it! thus we are becoming poor poor because we are paying tax but government are providing security for stone, furniture,

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Devendra Kumar & Bikal

    hi Umesh Bro,
    I am really proud of you, bro.

    All this kind of rubbish things should be avoided by the public as well as the government. They are just wasting the Nations’ Fund.
    This type of arrangement should be eliminated immediately………..
    Instead of standing in front of statue, Can’t u stay on Border where our enemeis are gradually comming towards us?

    Now, Listen all Nepalese, We have to concentrate on Border.
    AM i right Umesh Bro?
    Deven
    Abu Dhavi, UAE

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Saurab Karanjit

    Thanks Mr. Kabindra for the corrections in his writing (or typing) and top of all – a perfect comment “BAAHUN MAANASIKTA”, great, infact….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • अग्नीहोत्री शर्मा, पूर्वी अफ्रीका

    त्यसो भए ‘साइत’ नभएर ‘साइट’ नै हो त ? कि के भन्न खोजेको मि० कविन्द्र वन्धु । धन्यवाद मेरो गल्ती विष्लेषणका लागि ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • कविन्द्र

    यो अग्गीहोत्री शर्मा भन्नेको नियत गल्ती सच्याउनु नभएर हेप्नु रहेको प्रष्ट छ

    साइटलाई साइत भनेर लेख्नुपर्‍यो भनेर नेपाली लेख्नै परेपछि शुध्द लेख्नुपर्‍यो भनेर धमास दिनेको लेखाइमा कति शुध्दता छ ? आफ्‌नो आङको भैंसी नदेख्ने, अरुको आङको जुम्रा देख्ने ?

    हेर्नुस् तपाईँका गल्ती
    भएको हुनुपर्ने
    नवनाए पनि – नबनाएपनि
    द्रिष्टिकोण- दृष्टिकोण
    त्यतिवेला- त्यतिबेला
    आंखा- आँखा
    तपाइ- तपाईँ
    क्रिपया- कृपया
    अव- अब
    वनौ- बनौं
    असाद्धै- असाध्यै
    हु‍-हुँ

    जो व र बको फरक जान्दैन, जो इ र ईको फरक जान्दैन, उसले उमेशजीलाई सिकाउन खोज्ने ?

    यो केही हैन बाहुन मानसिकताको परिचायक हो। तपाईँले भन्दा धेरै शुध्द यहाँ लेखिएको छ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • seema hongkong

    you r best umesh ji, i like to salam you soniya19 h.k.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • अग्नीहोत्री शर्मा, पूर्वी अफ्रीका

    उमेश जी,
    हुनत यस्ता झिनामसिना विषयमा समाचार नवनाएपनि हुने हो किनकि जायरै छ ‘मह काट्नेले हात त चाट्छ नै’ । तपाइको विपक्ष द्रिष्टीकोणले अहिले हेर्दा यो एउटा दुरुपयोगी कार्य भयो होला तर त्यतिवेलाको व्यवस्था परस्तहरुको आंखावाट एकपटक यसलाइ हेरौ त, के देखिन्छ, त्यतिवेला माओवादी वाहेकका गिरीजा, देउवा लगायत प्रायः सवै नेताहरु राजालाइ जदौ गर्दै यस्ता प्रक्रियामा सहभागी थिए कि थिएनन् । त्यसैले आफ्ना हात माथि पर्दा छोड्नेवाला कोही छैनन् । त्यतिवेला पनि यि नेताहरुले आफ्ले सकेको फाइदाहरु हसुरे कि हसुरेनन् त जसलाइ तपाइ आज धमिजा काण्ड, पजेरो काण्ड आदि इत्यादी नामबाट चिनिरहनुभएको छ । फेरि पनि यिनै भ्रष्ट नेताहरु अहिले पावरमा ? यो त विडम्वना नै भयो । त्यसैले विगत नखोतलौ अव अग्रगामी वनौ ।

    अर्को कुरा, तपाइको नेपाली लेखन असाद्धै पारंगत छ, यसमा कुनै संका छैन । यति हुंदा हुदै पनि तपाइको लेखन पढ्दा कहिलेकही कता कता खड्किने पनि गर्छ । जस्तो कि माथि तपाइको लेखमा भएको तल उल्लेखित हरफलाइ हेरौः
    “…. त्यो शालिकलाई पुननिर्माण गरे र पुस १ गतेको ‘शुभ’ साइटमा त्यसको उदघाटन गरे….”
    यसमा ‘साइट’ को सट्टा ‘साइत’शब्द प्रयोग भएको भए सुनमा सुगन्धझैं हुन्थ्यो । नेपाली लेख्नै परेपछि सकेसम्म शुद्ध किन नलेख्ने हैन त । क्रिपया नरिसाउनु होला है । आफू नेपाली विद्यार्थी भएको नाताले यसो सल्लाहसम्म दिनखोजेको हुं भलै जान्ने भएर चाहि हैन है । किनकि पहिलादेखिनै तपाइको यो शब्द प्रयोगलाइ लिएर मलाइ खड्कने गर्थ्यो ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Surendra

    Yo RAJA R YESKA SANTANLE MARE PACHI DESHLAI DUKHA DINCHHAN. TESAILE JARAI DEKHI RAJTANTRA LAI UKHELERA FAKNU DESHKO LAGI FAIDA HUNCHHA.
    RAJA NEPALKO BIKASH KO AVISHAP HO.
    SAMANI KUSANSKUR KO JADA HO
    DESH KO THULO BOJH HO
    SETO HATTI OF NEPAL
    GYNE MURTI CHOR,KILLAR LAI KASARI RAJA VANNA SAKCHAU HAMI
    TESAILE REMOVE THIS INSTITUTION.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Nepal Ama

    Umesh ji,
    It is a very bad news after LOKTANTRA too.
    Political leader must think about not to put police in dead king.

    if political leader are honest then they will not put police in front of the statue (dead king )

    thanks,

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Arbindra Man Singh

    ek dum ramro chha tapaiko bichar. yesto bichar hamro neta haruma kina ayena, yeti paisa le ta nepal ko kati sadak balbalika ko padhai ma sasayeta pugthyo hola. kati desh ko karnadhar haruko bhabishya tyo mareko salik ley khaiediyo meri baba!
    yestai gari nepal ma sena rahit garnu parchha. nepal santi kshetra desh re yeha sena haru k kam ho tesaile nepal sena nai nabhayeko desh banaunu parchha
    bekar ma tetro paisa sena lai kina kharcha
    hami kahan gayera landai ladhnu janu chha ra
    j jati chha hamro karmath prahari daju bhai haru chhani haina ta!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Umesh!
    100 percent support for your angle of analysis. It must be published in a magazine so that it can be stored for a long time. I also have written in a local newspaper about it in Pokhara. I have found my friend: that is Umesh!

    Great !

    Binod Dhaulagiri
    Himdut Weekly magazine
    Pokhara

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • उमेश जी तपाईंले जे भन्नु भयो नि त्यो सोर्है आना ठीक हो

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Jas Rai

    Hello Umesh ji
    Namaste,

    You are brilliant!!! I wish all Nepalese would have similar analysis power to create a new Nepal. Also the government should be thinking seriously about it and the budget should be utilize correctly.

    Umesh, is absolutely correct look at the early budget 38 millions rupees just guard a statue? It’s shame guys!!! I think the political leaders that we got at present are lacking a adequate education. This is one of the other many reasons political leaders failing to find loopholes.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • namaste umesh gee
    desh ma hunn lageko santi lai feri kin bigaran khojdhaichan neta haru kurchi ko ladhai ko lagi janta le ragat bagayeko t hoin ajhai pani kura kin bhujheka chain hai neta haru?
    ek choti pachadi farker heru neta haru sahid bhaya ko man ma kasto bichar aayeko hola ani haru lai pani desh ma santi chahiyeko cha tyo bhaye matra sahid ko atma le sukha paucha ntra bhane feri sarab lagn sakcha ho s garnu hai neta gee/sadak huda yo garchu u garchu bhaner kurchi payer tyo boli bhulne payas bhayo bhane ab ka janta le timi haru lai chodne chain /jun jogi aaye pani kanai chireko bhane jasto nhas hai neta gee?bhandhai ahile lai yeti nai feri bhetaula hai umesh gee

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Sathi

    राजा हरुको योगदान एती छिटो भुल्न त भएन नि । ल ठीक छ अब सालीक नवनाउनु, तर बनिसकेको सालीक लाइ यसरी भत्काउनु पर्छ भन्ने बिचार मलाई मन परेन । नराम्रो कुराहरु सबै भत्काउने हो भने नेपाल मा सबै कुरा भत्काउनु पर्छ ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Ram Thapa Magar

    Don’t be so stupid. These are part and parcel of our history. Don’t forget great contributions by King Mahendra. As a human being of course he had limitations and drawbacks but he was great king in totality. Nepal should respect him forever.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • harihar pandeya

    umesh g maile yo side herna lageko jamma 1 week matrai bho malai tapaiko side ra tapaiko kura haru man paryo tapaile ekdam ramro kura haru uthaunu hunchha tesko lagi dhanyabad . ani yo salik ko surachha ko kura chha ni yo ta sabai raja ko salik lagera jawalakhel chidia khana ma lagera rakhnu parchha ani bhannu parchha parchha 237 year samma hami nepali ka ragat chesne upiya ra bwasa haru enai hun e sabai raja ka salik ko bich ma chahi jiudo gyane ra paras lai rakhnu parchha.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • blind faith

    yo kaite raja haru ko salik ukhalera naphalera aba ni k guard haru basi ra ko. Baru tyo guard haru lai nagarpalika ko waste management ma lagaye bhai halyo ni.
    Mahendra jasto raja jasle deslai yo halat ma puryao tesko salik ko security ko khacho nai chhaina.

    Mahendra chor- murdabad
    Gyanendra chor-murdabad
    paras chor- murdabad

    royal family of nepal- murdabad

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • alokshree

    Well….perhaps the more meaningfull point would be to say ‘extinct king statue’ rather than “Dead king”. Sometimes some dead peoples are of great importance to Nepal such as the ‘Shaheeds’. Overall the analysis is a good one Umesh ji. While i am totally with you guys, protecting any valueables and any infrastructures (if you wanna call it) in the country is the most important thing at this moment. Now about the police and the vigilante killings and lootings in the country, security is by far the most impotant thing and the government should in fact mobilize the forces accordingly.

    However the govt. and SPA seem to be indulged into the fight of the deputy PM post, which i think is already given to KP oli..isn’t it? Are they going to improve in the “THE CHAIR STRUGGLE” in my own english translation..:):)

    Cheers!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Binod

    You have raised a serious issue Umeshji. You mentioned just direct cost of those Security Personnell. There is a lot indirect cost too. e.g Pension and trainig cost. In my opnion Nepal army should be used in developmental work. G P Koiral had strated this trend after 2048. He can strat again use of army in developmetal work. Nepal army neither can fight to Indai nor China.They are not able to secure our border. Really they are useless.Even now there is debate in Susta with India.What can they do? Nothing. Finally give this photo and your comment on the other printing media too and initiate the wider discussion on the issue of misuse of Security forces and eventually the tax paid by poor Nepali.
    One more thing Umeshji I read in NEPAL the weekly publication of kantipur about you That’s great!
    Thanks
    Binod

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • vicky

    hello patrakar,
    kina ho sathi tapai ko kaam khali raja haru ko kura matri katnay ho valley bahira pani gayara report tayar garnay ho .looks like your patrakarita only kothay .

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Acharya

    Nepal Army ko kam chhaina .
    Ke garne timiharule king lai bachaune bhanda.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Krishna K Rai, USA

    Umesh jee,
    You gave so nice and creative comment—Thanks

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Kiran K Upadhyay

    Umeshji, I appreciate your analysis. Please keep on doing like this, it helps government to get advice from people because no one is perfect, our government is also not perfect, the members of government can get ideas from this type of analysis then it helps them to implement. Suggestion block is another positive resources for our government to get public advice.

    I especially like your costing analysis which makes attraction of each, really you are great.

    Kiran K Upadhyay
    USA

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Rastrabadi

    Umeesh Ji
    You have very interesting ideas. If we can save money in many such trival things than we dont need to beg for budget from other countries. Instead of erecting statue of Kings and queens here and there, government better made plain road in West. We need more such ideas and more persons dynamic person in ours country.
    Ani Umeesh ji, why dont u put more pictures regarding changes in country after Democracy.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Rocky

    Royal Dynasty of THE POOREST NATION NEPAL is one of the richest family of world!!

    Why even we need the live-body of these nation’s enemy??? Of course, statue of dead-body is totally unuseful & waste of people’s money & efforts!

    If parties think, people now have full supreme power, then why not lower house can decide a republican-set up in country!!

    GIRIJA IS WORKING AS PER KING’S GREEN SIGNAL..and using gun’s power in name of Nepal Army to dismiss the people’s aspirations & needs.

    Hence the reason, maoists gun is always there to protect the people’s rights of fighting for real democracy!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • loken

    उमेश्जी हामी शाही गण्तन्त्र,गण्तन्त्र शाही को पछी नलागि हामी शान्ति उनती प्रगती तिर लग्नी कि उमेश्जी
    उमेश्जी तपाईं यक्दम शाही सरकार र राजाको अगैन्स्त मा धरि लग्नु भयो मेरो विचारमा राजा को अगैन्स्त मा धेरै लख्न्नु भन्दा शान्ति प्रगती उनती कसरी हुन्छ भनेतिर बढी लख्नी हो कि उमेश्जी हामी नेपालीको लागि राजतन्त्र गन्तन्त्र,गणतन्त्र राजातन्त्र भन्दा पनि शान्ति प्रगती उन्नती बढी चाहिन्छ सो राजातन्त्र आयोउस् कि गणतन्त्र हामी लाई केही फर्क पर्दैन सो राजातन्त्र को अगैन्स्त मा धेरै लख्न्ने भन्दा पनि कसरी नेपाली को उन्नती प्रगती अनि शान्ति हुन्छ भन्ने मा हामी जनी हो कि उमश्जी र हामी देश बहिर का नेपाली को लागि छिटो छिटो न्युज उप्डेट गर्नी हो कि आनी हामी लाई लामो ब्दिस्कृप्सन भन्दा पनि छोटो छोटो न्युज छिटो छिटो उप्डेट गर्नु पर्‍यो उमेश जि

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • kudos to you umesh sir!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Just a question to SPA leaders,

    Is that the mandate of popular movement of 2063 ? Where millions are suffering from hunger, poor health, and no education, the so called sovereign government is spending hundreds of thousands dollars in security of statue ???

    Do we need another movement to overthrow SPA leaders ??

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • अनित्य

    नारायणहिटी दरबार (चिहान् भने पनि, मशान् भने पनि, यमदूतको निवास् भनेपनि) नेपाली जनताको सामुहिक् स्वामित्व भएको जेथा हो। त्यो दरबार नेपालीहरुको रगत्-पसिना-पीडा-यातना-दासत्व बाट बनेको हो। अंशबन्डा गर्ने हो भने प्रत्येक् नेपालीको भागमा त्यो दरबारको कमसेकम् एउटा ईंट र दुइ अंगुल् जमीन् भएपनि आउंछ। ग्यानेद्रले नारायणहिटीमा आफ्नो अंश चाहन्छ भने उस्ले आफ्न सबै नेपालमा र बिदेशमा भएका सम्पत्ती पनि जनतासंग बांड्नु पर्छ।

    नारायणहिटी सरकारको पनि होइन। सरकार त जनताले तलब खुवाएर राखेका कर्मचारी मात्र हुन्। सरकारको मालिक् जनता हुन्; सरकारी कर्मचारीहरु सबै जनताका नोकर हुन्। जनताको तर्फबाट सरकारले नारायणहिटी लगायत् सबै जनताका जेथाहरुको रखवारी गर्ने मात्र हो। सरकारको आफ्नै सम्पत्ति हुन सक्दैन। सरकारलाई जनता बाट अलगगर्ने प्रबृत्ति ठीक् होइन।

    नारायणहिटी जनताको पैसाले बनेको एउटा ठुलो र अनाबश्यक् भवन् हो। महेन्द्रले जालगरेर नारायणहिटी नेपाल् सरकारलाइ बेचेको थियो। तेस्को लगत्तै पछि फेरी उस्ले जालगरेर आफ्नै सरकार बाट नारायणहिटी फेरि सित्तैंमा आफ्नो नाममा गराएर लियो। यी सबै तथ्यहरु तत्कालका गोर्खापत्र लगायत् सबै पत्र-पतृकामा पनि छापिएका थिए, र सम्बन्धित् सरकारी कार्यालयहरुमा पनि दस्तावेज जरुर होलान्। सामन्ती देउबा जस्ता निरंकुश् तानाशाहीका गुलामहरुले ती कागजहरु दबाउने-लुकाउने गरेको हुन सक्छ, त्यो बेग्लै समस्या हो।

    जालझेल्, चोरीचकारी, मुढेबल आदि अनेक् उपायले देशका सबै राम्रा जग्गा, राम्रा ब्यापार, राष्ट्र्यि सम्पत्ती सबै आफ्नै बनाउने बानी परेको राजा र उस्को सन्तानले त सबै आफ्नै एकलौटी पेवा हो भनेर दावी गरिहाल्छन्। तर अब नेपाली जनतामा पनि यति जागरण र चेतना आइसकेको छ कि उनिहरु निरंकुशताको ज्यादती सहिरहन सक्दैनन् र गद्दार सामन्ती नेताहरुको जालमा पनि सजिलै फंस्न सक्दैनन्।

    तानाशाही राजा र उस्का गुलाम नेताहरुले नेपालका सिधा-सादा र भोक, अशिक्षा, रोग् आदिले पिडीत, अत्यन्त सहिष्णु जनतालाई मारेर, शोषण गरेर, छलेर, ठगेर खाने दिन गए अब — सदाको लागि। जय नेपाली, जय नेपाल्, जय लोकतन्त्र, जय गणतन्त्र।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Deepus, Germany

    Umeshji,

    This is just one small part of goverment’s mismanagement of budget. If you search in other ares, there are so many financial leakages! I think government have no idea how to utilise money effectively. There are so many waste-of-money cases!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Umeshji. U have an intelligent critics. Keep giving such a fantastic lessons through your blog media so that the blind authorities will have to turn their sights towards such a big mistakes that they are unaware of.

    Thanks !!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Interesting analysis

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • aasish,switzerland

    nice very nice artical.
    u r 100% right.now nepal government have to think about this.now if people think it’s need they will save it them self otherwise they(people)will throw it out.dosen’t matter.
    aasish
    swiss

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Niroj from belgium belgium

    i am fully agree on your view.
    niroj, belgium

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Chandra/Trilochan

    उमेश जि नमस्कार,
    यो जन आन्दोलन भाग दुई का तस्वीर हरु काठमाडौं मा पर्दर्शनि राखिएको समचार त पढ्न पाइयो तर त्यहा राखिएका तस्वीर हरु देश बाहिर बस्नेले हेर्न पाउनेगरि तपाइको ब्लग मा राखिदिनु भएमा हामि आभरि हुने थियौ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • (उमेश् जी नमस्कर्)
    अजा मेरो दोस्रो दिन्
    तपाईको वेब् देरै रम्रो लग्यो र तपाईको महन् बिचर् को कदर् गर्छु (बबु कुमर्

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • उमेश् जि को बिचार सगं म सहम्त् छु तर त्यस्कोलागि राजानै नाराहेटि दरबारबाट उखेलेर फ्याकनुपर्छ अनिमात्र ठिक हुन्छ। खराब भयको मेसिन बनायेर केहि लागदैन् खराब मेसिन बनाउन लागे फरि खराब हुन्छ र दुख दिन्छ भने त्यसको सट्टामा अर्को नयां मेसिन राखदा राम्रो हुन्छ भने किन नराखने। त्यसकरण छिटो भन्दा छिटो राजतन्त्र उखालेर फ्याकनु पर्छ।

    नरेन्द्र बराल, उसए।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • जिवन रोक्का

    Good analysis umeshjee.

    We need to throw all the ruminants of monarchism from country.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • kabin

    Waste of money. Poor country can’t just afford it. SPA is not doing enough.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Nirman

    waste of time, waste of money and even waste of precious space of this blog, and ofcourse waste of our time also had these statue not been there :)

    ani mero tala ko arko comment ma mu* bhaneko ke ho bhanera sodhechha manchhe haru le, mu* bhaneko murkha bhaneko, teti ni bujhnu chhaina…karayeko chha karayeko chha….saale mu* haru

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Dinesh Dhungana

    i think also as a waste of money , waste of time and waste of those personnel standing there all the day without any meaning for the common people.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • chankhe

    interesting analysis….ya it is waste of tax money.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

eXTReMe Tracker