माअोवादीले जेठ १९ गते खुलामञ्चमा गरेको आमसभाको अडियो ब्लग क्रमशः प्रस्तुत गर्ने क्रममा पाँचौं भागमा प्रभाकरको भाषणपछि छैठौंमा वार्ता टोलीका संयोजक कृष्णबहादुर महराको सम्बोधन राख्नुपर्ने भए पनि त्यो १ घण्टाभन्दा पनि लामो भाषणको अडियो दुई पटक अपलोड गर्दागर्दै पनि समस्या देखापरेकोले त्यसलाई उधारो राखेर त्यसपछिका वक्ताहरुको सम्बोधन यहाँ जारी राख्दैछु। भित्र तपाईँले कार्यक्रममा प्रस्तुत गरिएको अर्को एउटा सांस्कृतिक प्रस्तुति र माअोवादीले देशका विभिन्न सभामा सम्बोधन गर्न गठन गरेको वक्ता टोलीका सदस्य महिला नेतृ पम्फा भुषालको सम्बोधन सुन्न सक्नुहुनेछ। फोटोहरु भने अझै केही बाँकी भए पनि आज अलि हतार भएकोले राख्न पाइनँ। अर्को अडियो ब्लग राख्दा चाहिँ अवश्य राख्नेछु।
सांस्कृतिक कार्यक्रमको अडियो ब्लग सुन्न यहाँ क्लिक गर्नुस्।
डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
********************
पम्फा भुषालको सम्बोधन सुन्न यहाँ क्लिक गर्नुस्।
डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
No related posts.









Let peace prevail in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
कृष्णाजि ठिक राम्रो पहिल्याउनु भएको रहेछ। तर यदि भानुभक्त नभयको भय घांसिको प्रचार कस्ले गर्थो नि? त्याहाँ भानुभक्तको कबिताले नै घांसिको मह्त्व देखाएको छ। घांसि जस्तै नेपालमा घांसकाटेर मात्र होइन त्यस्तेइ गरेर अन्य कल्याणकारि काम पनि भएका थिएहोलान् र कति घांसकाटेरै पनि कुवां मात्र होइन स्कुल, धारा, चौतरा आदि पनि बनेक थिएहोलान् तर त्याहां भानुजस्ता कबि पुग्न सकेन र तिनिहरुको महत्व भयन।
महाभारतमा अंर्जुन,कृस्णा, कसरि मरे भन्ने महत्व होइन। माहाभारतको युद्ध्ले के दियो भने हो। तर पाण्डब पक्षबाट युद्धो नेतृत्व युधिष्टिरले गरेको थियो र उ कसरि मर्यो नि साथि?
त्यसो भय?
bibak
मन परे हरियो, नपरे रातो
0
0
कमनिस्ठहरु अब एक बर्ष मात्र मिलेभने देशका साम्न्ति र राजाको रा पनि नरहने गरेर बढारि दिन्छ। छ साहस यस्को लागि तर गर्दैन् किन अरु संसदबदि कमनिष्ठमा माफियां हाबि भएको छ। अनि मोहनबिक्रम सिंहंमा राजा गुसेको छ।
अनि अरु तिनिहरुको सम्थ्कमा अ् मेरिकालाइ मामाको घर र भारतलाइ मित्र नभै ठुल्दाई गुसेको छ। यि सबैबाट मुक्त भयमा नेपालको भबिश्य उत्जल छ।
उलक बराजु
उसए
मन परे हरियो, नपरे रातो
0
0
हो कृष्ण ढुङ्गानाजी सिक्नु पर्छ जतासुकैबाट, संसार नै ज्ञानको महासागर हो। घाँसीले घाँस काटेर भानुभक्तलाई प्रेरित गरे र कता हो पर्खाल चढ्दै गरेको माउसुलीले कसलाई हो जिन्दगीभरि नहार्न सिकायो रे र उसले सफलता भेट्टाएरै छा्ड्यो भन्छन ।
मलाई एकजना साथीले ‘गीता”को दिव्य ज्ञान पढाउँदै हुनुहुन्थ्यो । गीतामा कर्मयोगका लागि युद्दका लगि अभिप्रेरित गर्दै हुनुहुन्छ श्रीकृष्ण अर्जुनलाई । तर गीताका ज्ञाता र अध्ययनसिल भक्तहरू गीताले दर्साएको त्यो बाहिरी कौरव र पाण्डवको मायावी यु्दलाई सम्मान गर्न पढ्दैनन भागवत गीता , तर इन्द्रियजन्य राग,माया ,मोह ,लोभ रूपी विविध विकार विरुद्ध आत्मिक एवँ अन्तस्करण शुद्धीको महायुद्द हो कर्मयोगी महात्म्य गीताको त्यो ग्रहणीय सार त। मैले महाभारत हेरेको हैन पढेको हुनाले मलाई राम्रो ज्ञान छ , महासमर विजयी बनेका पाण्डवहरु अन्त्यमा वैराग्यग्रस्त बन्दै हिमवत्खण्डको उकालो लाग्छन र एक्लो बनेका कृष्ण पनि व्यधाको वाणको शिकार बनिसकेका हुन्छन। गीतालाई छु्ट्टै र पृथक सन्देशयुक्त ग्रन्थको रुपमा ग्रहण गर्दा गीता बन्ने हो हैन भने त्यो महाभारतीय राजनीतिको एक हिस्सा बन्छ र त्यसले धर्मभीरुहरुको पक्षमा वकालत गर्दैन ।
कृष्णको ” सर्वधर्मं परित्यज्य, मामेकं शरणं व्रज:” भन्ने भनाइले राजनीतिमा तानासाहीको पक्ष पोषण गर्यो भन्दा अचम्म हुनु हुन्न , किनभने भक्तहरुलाई त्यही भनाई अनिर्वचनीय देववाणी पनि हो जसले समग्र जीवनलाई एक वाक्यमा परिभाषित गर्छ। सबै शब्दब्रम्हाको छलछाम हो ,तर्कहरुको तन्याकतुनुक हो, आस्थाहरुको आग्रह हो ,अहमवादको उधुम हो । बाँकि सब निस्सार।
सायद हामी कहाँ उभिएर, कुन कोणबाट कता हेरिरहेका छौँ ,त्यसले नै हामीले के दृश्यलाई कसरी ग्रहण गरिरहेछौँ भन्ने दर्साउने भएर यसो भएको होला।
मन परे हरियो, नपरे रातो
0
0
कृषणजी कुराले रमाइलो लाग्यो। तपाइँलाई धन्यवाद । महरा र पम्फा भुषालको धरातल समातेर तपाइँले लेखको यो कमेन्टले उनीहरुको विगत सम्झाएको छ। इतिहास बनेका कुराहरुलाई पुनः ब्युँझाएको छ। विद्रोह सुख अथवा खुशीबाट सुरु हुँदैन। उहाँहरुले जे भोग्नुभयो त्यो समयले चखाएको वास्तविकता थियो। आफूले भोगेका तिनै तिक्तताबाट उठेर उहाँहरुले समयको त्यो अँध्यारो पक्षका विरुद्ध
आफ्नो संगठनलाई यसरी व्यवस्थापन गर्नुभयो कि पछि त्यो सारा मुलुकभरि सल्कियो। र नेपालमा सशस्त्र युद्धले दन्किरहेको त्यो ज्वाला सारा विश्वले देख्न थाल्यो। युद्धका दौरान मान्छे नमारिएका भए त्यसले झनै उचाइ पाउने थियो।
मान्छेको जीवनमा सानो कुरा हुनु र नहुनुले ठूलो अर्थ बोक्छ। सिंगो जीवन बाँच्न चाहनेहरुले ससना कुराको प्रवाह गरेर हतोत्साही हुनु हुँदैन भन्ने प्रेरणा ती दुई माओवादी नेताबाट लिन सकिन्छ। मलाई माओवादी जनयुद्धको समर्थन अथवा विरोध गर्नु छैन। कुरा कति मात्रै हो भने हरेक देशका जनता त्यो देशको राजनीतिक गतिशीलताबाट पूर्णत निरपेक्ष रहन सक्दैनन्। बन्दूकको नालबाट सत्ता प्राप्ति हुन्छ भन्ने पाटो बिर्सने हो भने पम्फा भुषाल र महराजीको जीवनबाट सिक्न लागयक कुराहरु प्रशस्त छन्।
कृष्ण ढुंगाना
मन परे हरियो, नपरे रातो
0
0
कृष्ण जि,,,तपाईं को कमेन्ट को म नियमित पाठक हु,,तपाईं ले पनि राम्रो लेख्नुहुन्छ,,,keep it up है ।
आज को तपाईं को अनुभव पनि कमेन्ट मा लेख्नु भयकोले राम्रो लाग्यो ।
मन परे हरियो, नपरे रातो
0
0
म मन मनै रोएँ र कहिले भक्कानो फुटाएर रोएँ ,
कहिले दोरम्बामा रोएँ ,पिलिमा रोएँ अनि माडिमा रोएँ,
फिरेनन् ती आफन्तहरु मेरा, चिथोरेर छातिहरु रूँदा
सक्दैनौ आँसुहरु खोस्न तिमी, म पीडामा रोएँ विरहमा रोएँ ।।
मन परे हरियो, नपरे रातो
0
0
सुन्न मन लागेन तर कम्युनिष्ट नेताहरुको भाषण आगो जस्तै पोल्ने र जुरुक्क पार्ने खालका हुन्छन त्यसमा शंका छैन , मलाई जुरुक्क हुनु पनि छैन म त निराशावादी मान्छे। ४२,४३ साल तिर पोखरामा कलेज पढ्दा त भाषण सुन्यो कि पुलिसलाई ढुङ्गा हान्न मच्चिने भइन्थ्यो तर पछि बुझेपछि लाग्यो काम कुरा एकातिर कुम्लो चाहीँ ठिमि तिर । तर त्यतिबेला कृष्ण बहादुर महरालाई अखिल पाँचौवालाले भक्कु कुटेका हुन छात्रावासको झगडामा स्ववियुको भागबन्डा नमिलेर । महराजी दुब्ला र ख्याउटे हुनुहुन्थ्यो र गालाभरि घाउ मात्रै थिए त्यो दिनमा । तर त्यो कुराको विरोधमा महराजीका साथी घनश्याम पाठक (बाग्लुङे)ले ५ घण्टा लामो भाषण गरेका थिए अखिल पाँचौ र हरु विद्यार्थी संगठनको विरोध गर्दै । खुबै ताली पिटियो त्यो दिन । त्यसपछि मैले त्यति जोसिलो भाषण सुनेकै छैन । अहिले महराजी यति हाइलाइटेड हुनुहुन्छ तर वहाँका पनि नेता घनश्यामजी कता हुनुहुन्छ होला ? महराजीले पहिलो चुनाव रोल्पाबाट जितेपछि काठमाण्डुमा म पनि त्रि वि पढ्दा बधाइ दिन गएको हिजो जस्तो लाग्छ तर वहाँसंगै रोल्पाबाट चुनाव जितेका बर्मन बुढा भने कछाड र खुर्पेटो मै संसदमा जानुहुन्थ्यो ,श्याङ्जाका शंकर पाण्डेले चप्पल र खादी लगाएर संसदमा गए जस्तै। शुरु शुरुमा त हामी निकै हाँस्यौँ । पछि लिलामणीजि हरुले सं ज मो फुटाल्नु भयो र बाबुरामजी , पम्फा दिदी र तत्कालीन राप्ती कोअर्डिनेसनमा लागेका महराजी लगायत थुप्रै नेताहरु भुमिगत हुने अभ्यासमा लाग्नुभएछ । पम्फा दिदीलाई म एउटा कारणले विशेष रुपमा सम्झन्छु त्यो के भने वहाँ दोहरी र लोकगीत गाउनमा उस्ताद हुनुहुन्छ र यदि वहाँ माओवादी राजनीतिमा यति नलागेको भएपनि हरिदेवि कोइराला वा विमाकुमारी दुरा जस्तै कलाकार भएर नाम कमाउनुहुन्थ्यो होला । त्यसैले म वहाँको भाषण सुन्दिन बरु पाए वहाँले गाएको गीत नै सुन्ने थिएँ।
मन परे हरियो, नपरे रातो
0
0
Umesh dai yo adiyo blog sunna matra milne herna namilne ho? culture programme herna man lagyathiy
मन परे हरियो, नपरे रातो
0
0
ए उमेश जि,,यी थोत्रे नेताहरुको भाषाण राखेर केही पनि फाईदा छैन,,समय को मात्रै नाश हो,,बरु फोटोहरु छ भने राख्नु होला ।
मन परे हरियो, नपरे रातो
0
0
UMESH JI
BENI MA TA LOKTANTRA VANDA PANI CHOR(THIF) TANTRA AAKOJASTO VAAKO CHHA TA , KARAN BENI MA ATI KHERA GUNDA HARU RA CHORHARU KO BIGBIGI BADHANA THALEKO CHHA , LOKTANTRA AASTAI HUNCHHA VANE DHANMAL KO SURAKCHHA KASLE GARI DINE HOLA..? ATIKHERA NEPAL MA YESPARKARKO PROBLEM PARNULE SABAI JANA CAREFUL HUNUPARNE VAAKO CHHA…KASO ….
मन परे हरियो, नपरे रातो
0
0