मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    देव गुरुङः माअ‍ोवादी आमसभाको अडियो ब्लग-८

    माअ‍ोवादीले जेठ १९ गते गरेको आमसभाको सबै अडियो ब्लग आज जेठ २४ गते भइसक्दा पनि सकिएन। के गर्नु, यो प्राविधिक कुरा यति झण्झटिलो हुन्छ कि…यत्तिकै समय खाइदिन्छ। सात दलले गरेको ऐतिहासिक विजय सभाको अडियो ब्लग गर्दा पनि त्यसै भएको थियो। त्यसबेला पनि कति दिन लगाएर बल्ल-बल्ल राजनीतिक नेताहरुका भाषण सकाएको थिएँ। त्यसो नहोस् भनेर मैले यस पटक छिटो-छिटो आफूसँग भएको सामाग्री छिट्टै राख्ने विचार गरेको थिएँ। तर प्राविधिक कुराले गर्दा भने जस्तो नहुने रहेछ। यद्यपि अब बढीमा दुई पटकमा सबै सामाग्री सकिनेछ र यो ऐतिहासिक आमसभाका सम्बोधन भावी पुस्ताका लागि पनि इन्टरनेटमा सुरक्षित बस्नेछ। आजको अडियो ब्लगमा सेनच्याङ सांस्कृतिक समूहको एउटा प्रस्तुतिको केही अंश र वार्ता टोलीका अर्का सदस्य देव गुरुङको सम्बोधन सुन्न सक्नुहुनेछ। साथमा त्यो दिन मैले खिचेका केही फोटोहरु पनि।

    देव गुरुङ र सेनच्याङ सांस्कृतिक समूहको प्रस्तुति सुन्न यहाँ क्लिक गर्नुहोला।

    डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

    ******************************
    DSCI0363
    हाम्रो पालो कहिले आउला ? सांस्कृतिक टोलीका सदस्यहरु मञ्चमा जाने पालो कुर्दै। फोटोः उमेश

    Maoist Mass Meet
    बल्ल पालो आयोः मञ्चमा आफ्नो नृ्त्य प्रस्तुत गर्दै। उनीहरुको टोली आउँदा गीत गाउने, बाजा बजाउने अनि नाच्नेहरु सबै सँगै हुने रहेछन्। फोटोः उमेश

    Maoist Mass Meet
    देशैभरी लोकतन्त्रको लहर चल्या छ भन्ने थियो यो नृत्यमा प्रस्तुत भएको गीत चाहिँ। फोटोः उमेश

    Maoist Mass Meet
    यो गीत र नृत्य प्रस्तुत हुँदा रातो टिसर्टवाला स्वयंसेवकहरु समेत उफ्रीउफ्री नाचेका देखिन्थे। फोटोः उमेश

    Maoist Mass Meet
    यो गीतका केही अंश मैले भिडियोमा पनि खिचेको छु जसलाई म छिट्टै नै राख्ने प्रयासमा छु। पहिले अडियो सकाइहालौं अनि भिडियो राखौंला। फोटोः उमेश

    Maoist Mass Meet

    No related posts.

    8 comments to देव गुरुङः माअ‍ोवादी आमसभाको अडियो ब्लग-८

    • bhattahome

      thank you very much. keep it up until loktantra really establish in Nepal

      bhattahome

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुल बहादुर गुरुङ

      कम्रेड प्रचन्डको अन्तर्वातामा धिरेन्द्र सँग माओवादी नेता हरुले भेटेर देश र जनताको लागि केही गर्नु पर्छ भनेर साथम दाजु बिरेन्द्रको प्रस्तब समेत राखेको थियो भन्दा मलाई अनोठो लाग्यो ।यदि अहिले राजा बिरेन्द्र भएको भए देशमा यो स्थिती नाउने रहेछ जस्तो लाग्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BK,UK

      really nice work umesh jee,

      hami bidesh ma basheka le pani kehi anuvab garna payau aamsabha ko. thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आज म बिल्कुल् भिन्न् प्रसंग मा प्रर्तिकृया दिदै छु यो सबैले थाहां पाउनु जरुरि पनि छ। घरि घरि म आफै चोच्छुकि हामि बास्तबमा नैतिक रुपमा इ गोरेको मुलुक भन्दा धरै नैतिकवान र मनका धनि रहेछ्यौं। आफु संग नभएर पनि भएको ठान्दछौ। अनुमान लगाउनु होस्त तपाइभय कसो गर्नु हुन्थो वा के गर्नु हुन्थो?
      प्रसंग हो बिश्व्को माहाँ सक्तिवान् राष्ट्र Americaको हो। म काम गर्ने पसल अगाडि एक ठुलो कम्पनिको पनि इस्टोर छ त्याहां कामगर्ने ब्याक्तिहरु सबै American हुन् त्यहांका सबै सेलपर्शन्हरु कामबाट निकल्ने समयमा तिनिहरुको सबै झोला मेनेजरले चेक गर्दछ अनि मात्र उ बिदाहुन पाउछ। इस्टोरको भित्र 24 hour क्यामरा जडान भैरहेको हुन्छ। यो काम दिनहु हुन्छ म यिनिहरुको बारेमा सोच्दछु के यिनिहरुले चोरिगरेर लग्छ्न् कि भनेर त्यसोगरेका होलान् हगि। यहाँ प्रस्न हुन्छ इजत्को खुबै Americaमा बस्नेको भन्दा त हाम्रो बडि छ के छैन र यो हिसाबमा बन्नेहो भने? के तपाइलाइ पनि कामगर्ने ठाउँमा यसै गरे के सोच्न हुन्छ होला? सायद बोलिबाट नै त्योकाम् छोडिदिनुहुन्छ होला हगि।

      इनिहरुलाइ जति भएपनि पुग्दैन हेर्नुहोस। तर हामि नेपालि कति सान्त कति मिलनसार। USA का मान्छे सबै चोरै चोर। यिनैहरुले अफ्नोदेशमा चोरेर नभएर बिश्व्मानै चोरिगर्ने को सख्या बढाउदै छन् यसबाट सबैनेपालि बच्नु पर्छ। इस्टोर भरि कयामरा जडान गरेर मात्र नभएर खान्तलासि गरेर कामबाट बिदाहुनु पर्छ। एकदिन मात्र होइन जतिदिन् कामबाट फर्क्नुहुन्छ् त्यतिनै दिन कामबाट घर फर्कदा भएभरको झोला देखाएर इ हेर केहि लगेको छैन् भनि देखाउने अनि बिदाहुने। के यस्तो जात्रा नेपालमा भए के गर्नु हुन्थो? तर यि सबै यिनिहरुलाइनै हो तरहामि यिनिहरुको देशमा भए पनि यो गतिले काम गर्नु परेको छैन । यो तरिक लगभगँ USA को सबै ठाउँ को सम्झे पनि हुन्छ।
      तर कति कानुनि पक्षभने धेरै नै राम्रो छ। तर ब्याबहारिक पछ भने अतिनै खराब छ।
      यहाँ कसैले पैशाको लागि कसै सगँ हात माग्नु पर्दन्। बिजनेस् लाइ राम्रो सगँ चलाउनु भयो भने मान्छे माला माल् बन्छ। किन भने यो पुण पुजिबादि देश हो र यस्ले पुजिबादको मात्र रेखदेख गर्छ। यसभित्र कुनै ब्यक्तिगत इत्जतको सबाल गर्दैन।
      यदि तपाइको केबल money सँग सबाल छ। कुनै नेपालिले यस्लाइ भगवान् बस्ने देशपनि भन्छन् तर मलाइ आफ्नै देशको बढि मायाँ छ। यहां त मकेबल कामको लागि मात्र आएको ठान्छु।
      चाराहरु दिनभरि आर्हा(चारा) खोज्न ठाउँ ठाउँ गएजस्तै म पनि यहाँ आएको हु अन्यथा नठान्नु नेपालि आमा।

      केबल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umesh Ji,

      Your works are really appreciable. Certainly these are the history of Nepal. Before the proclamation of assembly of representative, there is no any history of Nepalese people. All histories of Nepal relate only to king. So you are writing a history for future. it is certainly great work.

      Thank you
      Jemanta Khadka

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जीवन रोक्का

      उमेशजी गित त जीस्काउन मात्रै राख्नु भएछ । कृपया सवै गीतलाई पनि राख्नु हुन्थ्यो की । तपाई सगँ अनुरोध गर्न चाहन्छौं ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ruben

      Nachne mahilale pani ramrari bujhe pachhi Maoists lai bhot chain halla jasto malai lagdaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ananta Risal

      I am very happy to see that Maoists do dance, participate in the cultural dress, they do fall in love and participate in mass-organized activity. A group of people who can play maadal and blow – basuri – will not take up weapons anymore ! Make a promise ! Cudos to you all, keep up your spirit and ready to surrender the weapons and rule the nation. You’re the only hope to this country – you can definitely shape up this nation that is in deep-shit.

      Please wake up, stand on your feet and take the responsibility. Don’t participate in discructive politics but now unite these group of poor,simple Nepalese.

      Let the people know how do we they to participate in your political party? How do they join you?? How do you want us to help you from the US. What positive role can we play to motivate non-voilence, bring one-peace and anti-autotratic, anti-corruption. Be positive and you’ll get all support that you need from the people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker