मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    महराः माअ‍ोवादी आमसभाको अडियो ब्लग

    माअ‍ोवादी आमसभाको अडियो ब्लग प्रस्तुत गर्ने क्रममा अस्ति नै राख्नुपर्ने त्यो सभाका प्रमुख वक्ता कृष्णबहादुर महराको अडियो ब्लग बल्ल अपलोड सकियो। एक घण्टाभन्दा लामो भाषण दिएर खुलामञ्चमा त हामीलाई एक किसिमको ‘यातना’ दिइएको थियो नै, त्यसलाई अपलोड गर्न मैले यहाँ कम्ता हैरानी खेपिनँ। २ घण्टा लगाएर दुई चोटी अपलोड गरेर ४ घण्टा लगाउँदा पनि अस्ति अपलोडमा खराबी आयो। बल्ल-बल्ल आज अपलोड गरेको छु। माअ‍ोवादीको नाम सुन्नेबित्तिकै एलर्जी हुनेहरुलाई त्यो सभाको एउटा अडियो ब्लग अझ राख्न बाँकी छ भनेर सुनाउँदा रिस उठ्ला। सुन्न मन नलाग्नेले नसुने हुन्छ, तर धम्क्याउने र गाली गर्ने काम चाहिँ नगरे हुन्थ्यो। सबैको चित्त बुझाउन त कहाँ सकिन्छ र। आफ्नो दुःख आफैसँग छ। तपाईँलाई त सजिलो छ नि सुन्न मन नलागे नसुने भयो।

    खुलामञ्चमा पत्रकारहरु सुरुमा त महराले बोल्न थाल्नेबित्तिकै महत्त्वपूर्ण कुरा बोल्नेछन् भन्ने ठानेर टिभी क्यामेराहरु तेर्सिएका थिए तर खासै नयाँ कुरा नआई खाली यताउताको कुरा मात्र गरी लामो समय लिएको हुँदा सबै दिक्क मानेका थिए। त्यति लामो भाषणमा चाहिने दुई चार बुँदामात्र खोजेर निकाल्नु सार्‍है गार्‍हो काम थियो उनीहरुका लागि। भाषण हुँदै गर्दा अडियो रेकर्डर एक जना साथीको जिम्मा लगाएर म यसो फोटो खिच्न हिँडेको थिएँ मञ्च वरपर। स्वयंसेवकदेखि लिएर सहभागीहरु कसैले पनि ध्यान दिएर सुनेको जस्तो लागेन। महराको भाषण सुन्न भित्र आउनु होला। साथमा फोटो पत्रकार सागर श्रेष्ठले खिच्नुभएको दोलखामा माअ‍ोवादीहरुले हिजो जेठ २३ गते मंगलबार गरेको आमसभाका केही फोटोहरु पनि।

    महराको भाषण सुन्न यहाँ क्लिक गर्नुस्।

    डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

    *******************

    Dolakha
    आमसभाको राजनीतिमा उत्रिएका माअ‍ोवादीहरुले मंगलबार दोलखा सदरमुकाम चरिकोटको टुँडिखेलमा आमसभा गरेका रहेछन्। यो कुन बाजा रहेछ कुन्नि ? फोटोः सागर श्रेष्ठ

    Dolakha
    छतमा पनि मान्छे रहेछन्, छाता पनि अ‍ोढेका रहेछन्। आज त काठमाडौंमा पनि पानी परेको थियो। फोटोः सागर श्रेष्ठ

    Dolakha
    सांस्कृतिक टोली नृत्य प्रस्तुत गर्दै। फोटोः सागर श्रेष्ठ

    Dolakha
    कसलाई पख्लास् भनेका हुन् कुन्नि ? यी रहेछन् माअ‍ोवादी वक्ता टोलीका सदस्य अग्नीप्रसाद सापकोटा। फोटोः सागर श्रेष्ठ

    Dolakha
    छाता अ‍ोढेर सभा हेरिरहेका स्थानीय बासिन्दाहरु। यी स-साना बालबालिकाले त के बुझ्लान् र भाषण ? रमिता र नाचगान मात्रै हेर्न आएका होलान्। फोटोः सागर श्रेष्ठ

    Dolakha
    यो त कम्ब्याट ड्रेस नै हैन र ? आचारसंहितामा यस्तो ड्रेस लगाएर प्रदर्शन गर्न नपाइने भनिएको हैन र ? फोटोः सागर श्रेष्ठ

    No related posts.

    20 comments to महराः माअ‍ोवादी आमसभाको अडियो ब्लग

    • purna prasad khanal

      what thinks about this comment ?

      I dont believe the peace and prospirity from these terrorist. Whenever you face with them and became a victim from them then you can say about true and wrong. Most of you may tell on the favour of these terrorist, if you came on the real ground then after only you shoud dare to comment on it.

      What is the fault of the innocent peoples who had died on the so called insurgent period. can they bring them back? they are telling the people to give as a donation, how can you justify them to utilize it on thier need. they are still torchuring the people on the village and city. the civilised people never give on favour of them.

      Comment by khanal — July- 18, 2006

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagarmatha

      oh ho,

      maoist have perfectly followed the code of conduct, isnt it? what this combact dress………….

      so it is clear that maoist never do what they say……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagarmatha

      Hello,

      I heared news of appology of maoist arms leader in western Nepla.

      Its a great joke that how long tiger stop eating rabbit ??? it has already tasted human blood.

      Maoist is always threating general people in rural areas whern there is rule of gun. no body can speak….

      how can people vote in constitution assembly ? in front of the taped tiger ?
      why maoist put this and that demand ?
      hope they like to continue fight and extortation, killing, kidnapping what they loved much.

      when they improve ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear umesh jee,
      I read one comment by Gariban above and concluded that this guy must be a racist person as he was writing : These brahaman leaders are ruling nepal- in this world in my opinion whoever becomes active, hard-working, patience and suffers devoting a lot appears to be a leader-this is not because of cast-and also would like to make alert Maoist leaders to recognize this Guy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nirwan

      Dear Umeshji

      Thank u very much for uploading all the speeches addressed by the Maoists leader. Going through the audio records I felt as if I was in Kathmandu.

      It might be natural to some people to blame Maoists based on their past incidents like Madi,kajol in Tandi, Adhikary in Lamjung etc. But the Maoists have publickly apologiized for these incidents. From remote, it’s easy for us to comment and criticize the Maosits. But looking on the other part of the coin, it might not be always easy to get the right information, handle the information and follow the command from the supreme commander.

      The most precious time is present and we must watch their present activities keeping in mind the their commitments they have made. If the Maoists keep their promises as mentioed in their speeches, stick to the commitment towards human rights published by them few weeks back, I think Nepalese have to trust them to lead the country once.

      Most of the issues raised by the Maoists are not necessarily of communists, but are based on our ground realities and represent the basic criteria of a civilized society. They were the first to recognize and put forward to the Nepalese people. Though these issues could have been raised by the parties like NC, UML but the Maoists are the ones who brougt them to the people and make them aware.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रवि रेग्मी

      उमेसका आज भोलिका ब्लग पोस्ट हरु संग द्वेस राख्ने हरु लाइ मेरो तर्फ बाट सम्बोधन (eg. Raatobhaale, pradesee)

      हुनत म म जत्तिको मावोबादको आर्को बिरोदि को होला? र म एक काङ्ग्रेसी हु। र मेरो मान्यता के छ भने मावो को छत्र छायामा चीन ले मात्र अबनतिको बाटो रोज्यो र उनको मरणो प्रान्त उनकै पार्टिले यो कुरा रियलाइज गरेपछि देशलाइ सु्स्त प्रजातन्त्र जस्तै जस्तै सिस्टम को नजिक पुरायो, बुझ्नेला‍इ त्यहा कम्युनिजम को सारै नराम्रो पराजय भोग्यो, मात्रो सत्तापलट गर्न सक्नु आज कम्युनिस्टहरुले बिजयको रुपमा हेर्न मिल्छ। तिनी हरुले के बुझ्नु पर्छ भने सत्ता हत्याउनु अनि बि्श्ब लाइ आस्चर्य चकित पार्नु मात्र कम्युनिजम को लच्य होइन कम्युनिजम सिद्दान्त लगाउनु मुख्य कुरा हो तर कम्युनिजम आज सम्म एक असफल प्रयोग को रुपमा मात्रै रहेको छ, यस्तो किन भयो म कम्युनिस्ट हरुलाइ सोच्न आग्रह गर्छु।

      र नेपाली मावोबादि सिद्दान्त तय पक्का कम्युनिस्ट कहिले पनि थिएन, हुनत सत्ताधारी हरुलाइ र अमेरिकालाइ तर्साउन इनिहुरु साम्यबादको खोक्रो नारा लगाए तर कार्यकर्ता लेबल र आफ्ना माग हरुमा इनिहरुले multi-party सिस्टम लाइ त्यागेका कहिले पनि छैनन्, म यो कुरा सङ्ग सहमत नहुनेलाइ इतिहासका पाना फेरि पल्टाउन आग्रह गर्छु। उनिहरुला माग एक सोसलिस्ट पर्टिका भन्दा पटक्कै बडि छैनन्। उनिहरुले आज देशमा यति ठुलो परिबर्तन लाइ सम्भब बनाइदिए कि म सबै भन्दा बढि मावोबादी त्यसपछि राजा ज्ञानेन्द्र त्यसपछि April revolution मा अन्दोलित नागरिक (नागरिक समाज समेत), त्यस पछि सात दल प्रति धन्यबाद ज्ञ्यापन गर्छु।
      आजको परिबर्तन मा मावोबादिका १० बर्षे उप्द्ध्र कै उपज हो। यदि उनिहरुले युद्द नगर्दा हुन त कोहि पनि परिबर्त आज सम्भब हुने थिएन। र जुन कुरा हरु भए भनेर हामी ज्यादै खुसी छौ यो कुनै नया कुरा हरुको प्राप्ती ले होइन त्यहि प्रतेक बुदा हरु जो मावोबादि हरुले तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा को पालाम ४० बुदै माग भनेर राखेका थिए। ति आज करिब करिब प्राप्त हुने हामी सबैले देखेका छौ। के नाजायज माग रहेछन र? के साम्यबाद मागेका थिए र? सोचौ!

      र राजा ज्ञाने लाइ म नागरिक समाज भन्दा र सात दल भन्दा पनि बढि परिबर्तन को सुत्र धार को रुपमा धन्यबाद किन दिन्छु भनेर त तपाइ हरुले बुझिसक्नु भयो होला। सोच्नु होस् त यदि राजा बिरेन्द्रनै आज सम्म भएको भए के हुन्थो? के प्रजातन्त्रले यो रुप लिन्थो, यति छिटो यति राजनितीक रुपमा परिपक्व देश बन्थो? हामीलाइ बिजयी होइन सम्झौते प्रजातान्त्रीक सम्बिधान मा रमाउन पर्थो, जनता अबको सयौ बर्ष सम्मका लागि आफ्ना मालिक बनेका छन् हामीमा नया बिकाष का फड्को मार्ने इच्छा जगेका छन्। सामन्ती सत्ता सदाका लागि हार्ने अबस्था मा ल्याउने राजा ज्ञाने नै हो, उसका महत्व काङ्छि पन नै समन्तबाद को अबसान बन्यो।

      र ४६ साल को सम्झौतामै रमाइ रहेका जनता र सात दल लाइ आन्दोलित गर्नमा मावोबादिको दश बर्षे जन युद्द (युगान्तकारी रुपमा सकारात्मक) र राजा ज्ञानेद्र को लोभ नै सबै भन्दा ठुला कुरा हुन्। यसला मान्नु आजको आबस्यकता हो। म एक काग्रेसी भैकन पनि के सबैलाइ अनुरोध गर्न चहान्छु भने युद्द कसैले पनि चहेका थिएन्न र हामी आज जुन उचाइमा पुगेका छौ त्यसले मावोबादि युद्द लाइ समैत जायज ठहराएको छ(यो भुलमा नपर्नु होस् कि मावोबाद वा कम्युनिजम जायज ठहरिएको होस्। नेपाल मावोबादिको सफलता सम्यबादको बिजय संग पर पर सम्म सम्बन्ध छैन। ति सफल भए किनकि तिनिहरुको माग नितान्त प्रजातान्त्रीक थिए)

      (याद राखौ चितावन बस कान्ड एक भुल थियो जो तिनीहरुले माफि मागि सके, हुनत युद्द आफै राम्रोकुरा होइन तर कहिले कहि इनिहरु तर्क सम्मत हुन्छन। यस्ता गलती हरु कुनै पनि कर्यकर्ता को मुर्खता बाट हुन सक्छ यो पक्का पनि मावोबादि पार्टिको निति थिएन। मनै बिचार गरै)

      त्यसैले म के भन्न चहान्छु भने अब बाट ब्यक्तिगत स्लेस हरुलाइ त्यागै र उमेस जि ले मावोबादि को बारेमा लेखे भन्दैमा उ नै मावोबादि भए वा सम्यबाद को पक्ष लिए भन्ने गलत बिचार न राखै र यदि तपाइमा अलिकति पनि समझ छ भने मावोबादि बाट भएको दुरगामी महत्व को पर्वर्तनमा रहेको उनिहरुको भुमीका कु मुल्याइकन गरि दिउ। हत्या हिन्सामा जति तिनिहरुको हाथ थियो त्यतिनै तिनीहरुको जायज माग मानियो तिनिहरुलाइ नमानेर युद्द मा धकेल्ने सत्ता पक्ष(शाहि) हाथ थियो। र यो मात्र शान्ती पुण आन्दोलन ले सम्भब थिएन उन्नाइस दिनको आन्दोलनको सफलता को पछाडि दश बर्ष बाटको जनयुद्द लाइ बिसउने र पुर्णता दिने उत्साह थियो।

      म सबैको प्रतिकृयाको आसा राख्छु, तर तर्क बिहिन गाली गलौज दिएर आफ्नो पहिचान नदिनु होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ****कमेन्ट मेटिएको छ*****

      नाम र इमेल ठेगाना गलत लेखिएमा मेरो समर्थनमा नै लेखिएको भए पनि कमेन्ट प्रकाशित हुनेछैन। तपाईँले आफ्नो नाम म र ठेगाना me@my.com भनेर लेख्नुभएको छ। कृपया आफ्नो नाम, देश र इमेल ठेगाना लेखेर जिम्मेवार बनौं, गैर जिम्मेवारीलाई दुरुत्साहन गरौं- मेरो संसार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • समानुपातिक प्रतिनिधित्व नभए मधेशीहरुले विद्रोह गर्ने
      संविधानसभाको निर्वाचनमा मधेशीहरुको समानुपातिक सहभागिता नभए जनविद्रोह गर्ने चेतावनी मधेशी राजनीतिज्ञ तथा बुद्धिजीवीहरुले दिएका छन्।

      लोकतन्त्र, शान्ति र मानवअधिकार सञ्जाल धनुषाद्वारा बुधबार जनकपुरमा आयोजित कार्यशाला गोष्ठीका सहभागीहरुले मधेशी समस्या समाधानका लागि राज्यले अझै ठोस पहल नगरे मुलुक अर्को भीषण युद्धको चपेटामा पर्ने चेतावनी पनि दिए।

      गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ धनुषाका सचिव राजशेकुमार कर्णले मुलुकमा रहेका २ सय ५ संसदीय क्षेत्रलाई संविधानसभाको लागि बढाएर ५ सय पुर्‍याउनु पर्ने तर्क दिंदै ५० हजारको जनसंख्यामा १ जना सदस्यको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती क्षेत्र लगायतमा मधेशीहरुको संख्या न्यून रहेको उल्लेख गर्दै ४० लाख मधेसीलाई नागरिकताबाट वञ्चित गरेको आरोप लगाउनुभयो।

      माओवादीका धनुषा सेक्रेटरी राजेशले शोसक र सामन्तविरुद्ध सशक्तरुपमा आन्दोलन नभएसम्म मधेशी, दलित तथा अन्य पिछडिएका जनजातिहरुले अधिकार नपाउने धारणा व्यक्त गर्नुभयो।

      चिकित्सक डा. विजयकुमार सिंहले मधेशीले लोकतन्त्रको पक्षमा निर्णायक भूमिका निर्वाह गर्दै आए पनि अहिलेसम्मका सरकारले उपेक्षा गर्दै आइरहेको आरोप लगाउनुभयो।

      नेकपा एमाले जनकपुर अञ्चल समन्वय समितिका सदस्य शीतल झाले मधेशको बाहुल्यताबाट मधेशी मात्र निर्वाचित हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

      गोष्ठीमा नेपाली कांग्रेस धनुषाका उपसभापति केशव ढुङ्गेल, नेपाल सदभावना पार्टी (आनन्दीदेवी) धनुषाका अध्यक्ष रामगोविन्द यादव, जनमोर्चा नेपालका गौतम ढुङ्गेल, अधिवक्ता जयकिशोर लाभ लगायतले बोल्नुभएको स्वतन्त्र समाचार सेवाले जनाएको छ। http://www.parewa.com 7 June 2006 (1750 NST)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raatobhaale

      होईन ए उमेश जि,यी माओवादी हरु लाई नाच्न ,,गाउन ,,भाषान गर्न अनि मान्छे मार्न बाहेक पनि केही आउछ कि??खोइ यिनिहरु ले constructive काम त केहि पनि गरे जस्तो त मलाई लाग्दैन ।होईन र??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kool

      u can’t point fingers only on one side becaue of wat they did? that was WAR, compare with both sides, the human rights violation committed by gov troops exceeds far more than that of maoists. if u claim any group to be terrorrist by the atrocities they hav committed then not only maoist but army, police everyone r terrorrist. n how can u say this particular group killed someone when personnel of both side walks freely in civilian clothes armed. army can kill anyone in the name of maoist n maoist can kill anyone in the name of army, did u guys go there n did the investigation n found all were maoist?? at least in this situation hope for optimisn guys, actually now maoist r the most strong political force in nepal, u don’t beleive then take a hike around nepal, only ktm n other cities r not nepal. they have paricipated actively in watever good changes nepal is going through. everyone is working hard for PEACE…seems like u guys want to go for WAR again, if then come back to nepal n fight there r so many battlegrounds…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के हो उमेसजी तपाइ पनी मावोबादीको मुखप्रत्र जस्तो हुनुभयोनी आजकालत दीनप्रतीदीन उनीहरुको कुरो मात्र लेखने ग्रनु हुन्चनी । हुनत तेसमा मेरो केही आपतीत छैन त्रर पनी हामीले के कुरो चाही नबीर्सै। भने यीनीहरुनै होइन तीनीमुखा गरीब जन्ताको घर जग्गा लुटने मान्छेको बाचन पाउने अदीकारहो हन्न ग्रर्ने तीनीमुखा जन्ताको घाटी रेटने हात खुट्टा काटने उनीहरुको बीरुधमा लागनेलाइ म्रार्ने यीसबै सम्जने हो भने त यीनीहरुको के कुरो सुन्ने हो र? र अर्को कुरो यीनीहरुलाइ यो अबस्तामा पुर्याउने हात देउबा र गीरीजाको पनी छ केन की जब २०५२ फागुणमा ४२ सुद्रीय माग लीयर गयको बेलामा उनीहरुको देस लुटेको सम्पती जस्तो गरे जे होस अब यीसबै मतीहारा हरुको दीमगमा बुद्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepali

      Wait for terrorism and civil war,

      I think we are going to emphasize these elements more then required. I dont believe the peace and prospirity from these terrorist. Whenever you face with them and became a victim from them then you can say about true and wrong. Most of you may tell on the favour of these terrorist, if you came on the real ground then after only you shoud dare to comment on it.

      What is the fault of the innocent peoples who had died on the so called insurgent period. can they bring them back? they are telling the people to give as a donation, how can you justify them to utilize it on thier need. they are still torchuring the people on the village and city. the civilised people never give on favour of them.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rupendra

      Umesh ji,

      your photography is just amazing. Thanks. Because of the big crowd we could not go close to the speech table in open theater.

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jeevan Baniya

      Good job Umesh ji.
      You have tried to clearify the hipocracy of the Maoist by uploading the photos here. Keep going like this. You can be one of the active social actors working on lobbying the activities of both govt. and Maoist. People will have the great chance to understand both the parties and make their own judgement regarding their commitments to the country.
      Your efforts have been effectively contributing to streamlining and consolidating the democratic process in the country, I strongly believe.

      KEEP ROCKING LIKE THIS.
      Jeevan Baniya
      South Korea

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo are Right Umesh jee, this is too much…why you forget last year tragetic terror accident of chitwan…..please write about this and balck part of maoiest terror….. and your serial is already old…. i mean that mass meetings…
      This is freedom every one can speak and liten…. but try to explore maoist terror activites……..
      Puspraj Adhikari
      Leuven

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भाग खोज्नेहरूदेखि सावधान
      माघ १९ देखि फागुन १० गतेसम्मका पत्रपत्रिका पल्टाउने हो भने राजाको निरंकुश र स्वेच्छाचारी कदमको समर्थनमा विज्ञप्ति या शुभकामना छपाउनेहरूको संख्या ५ हजार नाघ्छ । तथाकथित समाजसेवी, व्यापारी, सामाजिक अभियानकर्ता र नागरिक समाजका नाममा प्रकाशित यस्ता समर्थनका वक्तव्य दिनेहरू आफूलाई चरम लोकतन्त्रवादी देखाउन थालेका छन्, -नकि भोगतन्त्रवादी) । यी राज्यव्यवस्थाका धमिरा हुन् । यिनलाई बेलैमा चिन्नुपर्छ । छेपाराको जस्तो रंग फेर्नेहरूलाई समयमै चिन्न नसके भोलि देश यिनले सखाप पार्नेमा शंका गर्नु पर्दैन ।

      राजाका भरौटे बन्न धूप बालेर पशुपति पुग्नेहरू सच्चा लोकतन्त्रका हिमायती बन्न कसरत गरिरहेका छन् । प्रतिगमनका पक्षमा आफ्ना तथाकथित मान्यतालाई समेत तिलाञ्जली दिएर सामाजिक विभेद र अन्यायका सैद्धान्तिक आधारलाई समर्थन गर्ने एक हुल दलित नेताहरूसमेत त्यसमा सहभागी छन् । दलित शब्दले जसरी दमित र उत्पीडित अवस्थालाई जनाउँछ र सांस्कृतिक अर्थमा दासताको अवस्था झल्काउँछ, केही यस्ता दलित स्वघोषित हस्तीहरूले यही दास मानसिकताको प्रदर्शन गरेका छन् । तिनले दलित शब्दको पीडाबोधलाई दलित प्रवृत्तिका रूपमा प्रदर्शन गरेका छन् ।

      माघ १९ पछिको कुनै दिन यसै दैनिकमा गुणराज लुइँटेलले पोखरामा सम्पन्न एक कार्यक्रमको समाचार टिप्पणी लेखेका थिए । दलित आन्दोलनलाई वैचारिक बहसतर्फ लैजान योगदान दिने हीराको वैचारिक स्खलनबारे उक्त टिप्पणी केन्दि्रत थियो । राजा पार्टीहरूभन्दा प्रगतिशील भन्ने हीराको तर्क थियो । उनको तर्कका पछाडि राजाले प्रतिगमनका सिक्रीहरूलाई अझै मजबुत पार्न केही दलित नेताहरूलाई जुठोपुरो चटाएका थिए । यो कुरालाई उनले राजाको असीम निगाहाको रूपमा चित्रण गरे र सामाजिक रूपमा उद्घोष गरे- राजा साँच्चिकै प्रजातान्त्रिक रहेछन् ।

      दलित कुलमा जन्मेका भए पनि, उत्पीडित वर्गमा जन्मेका भए पनि हीराले आफ्नो भ्रम चेतनाको उद्घाटन गरे । उनी अब दलित होइनन्, चरम सामन्ती वर्गमा रूपान्तरित भएका रहेछन् भन्ने प्रमाणित गरे । उसो त हीराले त्यसअघि नै एक लाख चन्दा दिएर सिरहाको दलित मञ्च उपयोग गर्ने षडयन्त्र नगरेका होइनन् । ७० हजार मासिक तलब दलित उत्थानको नाममा खाएर ३५ हजारको तलबमा आफ्ने भाइबुहारीलाई जागिर नलगाएका होइनन् । यो हाम्रो आरोप होइन, सार्वजनिक भएको तथ्य हो । अर्का दलित नेता उत्तर टमटा राजाको शासनमा अञ्चलाधीश बने । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नामक उनको संस्थाले त्यतिखेर राजाको गुणगानमा निकै पैसा खर्च गर्‍यो । राजाको शासनमा कमल थापा पहिलोपटक मन्त्री हुँदा आफ्नो पत्रिकामा उनको अन्तर्वार्ता छापेर अघोषित लाभ लिने दाउमा विनोद पहाडीले पनि कसरत गरेकै थिए ।

      दलित गैरसरकारी संस्था महासंघले पनि राजाको कदमलाई यो वा त्यो रूपले सहयोग गरे । आम जनतालाई सामन्तहरूको चंगुलमा फँसाउन ल्याइएको भूमिको बजारीकरण अर्थात् भूमि बैंकको जनताले त्यतिविधि विरोध गर्दा आफूलाई भूमि अधिकारवादी भन्ने जगत बस्नेतहरूको संस्थाले दाताबाट पैसा ल्याएर भूमि बैंकका बारेमा प्रतिगामी सरकारलाई सुझाव बुझाउन कसरत गरेकै हुन् । केही चिकित्सक, चट्याङजस्ता साहित्यकार र अरू तथाकथित सामाजिक अभियानकर्ताहरूले यो बीचमा राजाको कदमको भरपुर समर्थन गरेको तथ्य कसैबाट लुकेको छैन । तर यतिखेर हीरा विश्वकर्मा सच्चा लोकतान्त्रिक नेता बनेका छन् । लोकतान्त्रिक राज्यव्यवस्थामा दलितको स्थानका लागि उनले डीएफआइडीबाट लाखौं सहयोगको चाँजा मिलाइरहेका छन् । उता उत्तर टम्टाहरू फेरि हलियालाई झुक्याउन राजधानीमा कार्यक्रम गरिरहेका छन् । यसरी अहिले चरम अवसरवादी चरित्र प्रदर्शन गर्दै यी व्यक्तिहरू सहिदको रगतमा भाग खोज्न दौडधुप गरिरहेका छन् । केही दिनमा यी छेपाराले शान्ति र लोकतन्त्रको पक्षमा ठूलठूला अभियान सञ्चालन गरे अचम्म मान्नु पर्दैन ।

      विडम्बना भन्नुपर्छ, अञ्चलाधीशको संस्थाको कार्यक्रममा सरकारका स्वच्छ मानिएका रमेश लेखकजस्ता मन्त्रीहरू भाषण दिइरहेका छन् । कुनै कार्यक्रममा जानुपूर्व र कुनै व्यक्तिका अनुरोध स्वीकार्नुपूर्व त्यसको चरित्रबारे ध्यान दिनु जरुरी हुन्छ । मध्यमवर्गीय बुद्धिजीवीहरूको यो घोषित चरित्र हो । उनीहरूले लाभ र आफ्नो सुरक्षित अस्तित्वका लागि सधैं यही चरित्र प्रदर्शन गर्दै आएका छन् । लोकतान्त्रिक आन्दोलनलाई मनैदेखि आत्मसात गरेर अघि बढेका योद्धाहरूले यस्तो चरित्र पर्दाफास गर्नुपर्छ । सञ्चारकर्मीहरूले पनि यस्ता छेपाराहरूलाई खोजी-खोजी नङ्गयाउनुपर्ने देखिन्छ ।

      - अनिता मानन्धर, शंकर देउजा, हरिश विश्वकर्मा, उज्ज्वल गैरे र सुन्दर लामिछाने

      त्रिभुवन विश्वविद्यालय

      कीर्तिपुर, काठमाडौं

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जीवन रोक्का

      धन्यवाद उमेशजी
      विदेशमा भएर पनि सवैको भाषण सुन्ने मौका दिनु भएकोमा धन्यवाद ।

      जीवन रोक्का

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deshbhakta

      BAKWAS!! TOTAL BAKWAS!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aman, Australia

      It is good to approach to people and put their agenda for peace. But in the meantime moist have to be consistent with their onligation to code of conduct and their regular activities. They have to prove their sincerely for peace. If they win the trust of people and people listen to them, I don’t thing many people have difficulties in dealing with that that where the democracy lies. The top leader must understand, the speeches must be short, sweet and effective. In other sence, concise, objective, specific, measurable, tracable otherwise it does not carry much meaning than making the listeners bored.
      Hope they will learn from their mistake and improve to be liked by majorities.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gariban

      i think nepal will be like afghanistan as long as all these brahaman leaders’ are there. these barahaman r ruling the country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker