
हैन, केको खासखुस कुरामा यति दंग हो मन्त्रीज्युहरु ? फोटोः सागर श्रेष्ठ
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई सोमबार सिंहदरबारमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शपथ ग्रहण गराउनु हुँदाका दृश्यहरु आफ्नो क्यामेरामा कैद गर्नुभएको छ फोटो पत्रकार सागर श्रेष्ठले। शपथ ग्रहण लगायत उहाँले खिच्नुभएका अन्य केही फोटोहरु हेर्न भित्र आउनुस्।

हाम्रा गृहमन्त्री कृष्ण सिटौलाले हाम्रा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ह्रदयेश त्रिपाठीलाई ‘तेलको भाउ बढाएर विवादमा पर्ने मन्त्रालय चाहिँ तपाईँको भागमा परेछ, राम्ररी चलाउनुस्’ भन्दै हाँसेका त हैनन् ? फोटोः सागर श्रेष्ठ

लौ हेर्नुस्, गृहमन्त्री त अझै हाँस्दै हुनुहुन्छ बा…साथमा पहिलो पटक मन्त्री बन्नुभएका जनमोर्चाका अमिक शेरचन पनि। उहाँ यस मन्त्रिमण्डलका उपप्रधानमन्त्री पनि हुनुहुन्छ। फोटोः सागर श्रेष्ठ

उहाँहरु मात्र हैन, स्वयं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि आज निकै प्रफुल्ल मुद्रामा हुनुहुन्थ्यो। फोटो पत्रकार सागर श्रेष्ठका अनुसार “मैले धेरैपछि प्रधानमन्त्री कोइरालालाई यति हँसिलो देखेको हुँ। नत्र उहाँ निकै गम्भीर हुने गर्नुहुन्थ्यो” उहाँका अनुसार आज प्रधानमन्त्री कोइराला निकै जिस्कनु समेत भएको थियो। ठट्टा गर्दै उहाँले सदभावनाका तर्फबाट मन्त्री बन्नुभएका ह्रदयेश त्रिपाठीलाई ‘हिन्दीमा भन्नुभएको भए हिन्दीमा नै शपथ ग्रहण गराउँथेँ नि’ भन्नुभएपछि माथिको फोटोमा मन्त्री त्रिपाठी हाँस्नुभएको थियो। फोटो: सागर श्रेष्ठ

किन हात उठाउनु भएको मन्त्री ज्यु ? हात उठाएर शपथ ग्रहण त नेपालमा गरिँदैन, शायरी पो सुनाउनु भएको हो कि ? एउटा अर्को कुरा पनि याद राख्नुस्, यो त परम्परा तोडेकोले पो यसरी शपथ खाएको त, नत्र त दरबारमा राजाका अगाडि प्रधानमन्त्रीले मन्त्रीहरुलाई शपथ ग्रहण गराउँथे। अनि पछाडितिर लुसुक्क युवराज भनाउँदो पनि बसेको हुन्थ्यो। दरबारमा भएको भए यति हाँसो ठट्टा, यति रमाइलो हुन्थ्यो होला त ? फोटो: सागर श्रेष्ठ

नेपालको इतिहासमा नै पहिलो पल्ट दुई जना उपप्रधानमन्त्री भएको यस मन्त्रिमण्डलका दोस्रा उपप्रधानमन्त्री अमिक शेरचनलाई शपथ खुवाइसकेपछि हात मिलाउँदै प्रधानमन्त्री। फोटो: सागर श्रेष्ठ
*************************
अब अर्कै प्रसङ्गका फोटोहरु

माअोवादीहरुले आज राजधानीमा सम्पर्क कार्यालय खोलेका छन्। ललितपुरको पुल्चोकमा रहेको यो घरमा माअोवादीका ८ जनवर्गीय संस्थाहरुका कार्यालय रहेका छन्। यो घरमा भने पहिले माले र राप्रपाको समेत कार्यालय बसिसकेको छ। ती दुवै पार्टीलाई निःशुल्क घरमा पार्टी कार्यालय राख्न दिइएको थियो। अहिले माअोवादीहरुका लागि त झन् के पैसा लिए होलान् र। फोटो: सागर श्रेष्ठ

अनि कार्यालयको उदघाटन गर्नुभएको थियो माअोवादी वार्ता टोलीका सदस्य देव गुरुङले। फोटो: सागर श्रेष्ठ
यो घरलाई अलक्षिणी घर भन्दै आजको खोजतलासले दिएको जानकारी यस्तो छ-
स्मरणीय छ, करिब तीस कोठा रहेको उक्त घर बनाएदेखि घरबेटीलाई समेत अफापसिद्ध भएको छ भने त्यहाँ कार्यालय स्थापना गर्ने पार्टीलाई पनि शुभ भएको छैन । पाँचतले उक्त घरमा मालेले कार्यालय स्थापना गरेपछि ठूलो हिस्सा एमालेमा विलय भएपछि मालेले छाडेको थियो । त्यसपछि बोर्डिङ स्कुल बसेको भए पनि त्यो छ महिनामै टाट पल्टिएको थियो भने राप्रपा त्यो घरमा बस्दा तीन टुक्रा भएको थियो । यसअघि, त्यही घरमा प्रजातान्त्रिक कांग्रेसको कार्यालय र्सार्न चिरञ्जीवी वाग्लेले बैना दिएर पनि अलक्षणको आशंकाले सरेको थिएन।
No related posts.









Nice Photoshoot.Some Photos snapped by sagar shrestha are being published by local newspaper here of our town biratnagar are the allowed to publish.i am 100% sure that the same photos are published and the photography in you blog is very good one and content of the blog to.
Hope you will do good in future.Blog alik attractive banaunuparyo kya.
मन परे हरियो, नपरे रातो
0
0
Pureland,
keep thinking more and more whatever you like, he he he he.
फाल्तु कुरा र भ्रममै रुमल्लि बानि royalist लाइ नै हुन्छ । “I think” भन्दै आधारहिन कुरा पनि royalist ले नै गर्छ। तथ्य के हो जानौ बुझौ भन्ने सोचाइ पटक्कै नहुने बरु २१औ शताब्दीमा नि बिष्णुको अबतार रे, पशुपतिले कल्याण गर्ने रे, के के रे के के रे भन्दै खुबै जान्ने सुन्ने भएर अंग्रेजिमा बक्ने काम पनि royalist ले नै गर्छ । हा —– हो कि होइन मित्रहरु ।
आफु त royalist परिएन, यस्ता फाल्तु कुरा एक कानले सुन्यो अर्कोले उडायो ।
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji, Next topic
Kashmiri terrorist killed our innocent nepalis.
Government is not serious about that. We can go there and arrest the head of Kashmir seperatist leader.
Is government ready?
मन परे हरियो, नपरे रातो
0
0
hi
umesh jee
tapai ko blog intersting chha tara comments haru ko standard khaskeko jasto chha. bichar puryaunu hola.
मन परे हरियो, नपरे रातो
0
0
ok zz
Show us more DARSAN. We never new his honesty and lobor until now by korean supporter. I think you need translator. Please don’t drink alchoal and write but Don’t give up. I think he also majored in accounting.
DARSAN AND ACCOUNTING? I think you both need real big pasupati.
Are you also royalist or Madhise
I am pahade like rock. I would never let Darsan sastri to check my accounting but rather suggest him to go to tample and preach.
मन परे हरियो, नपरे रातो
0
0
Arko kuro ZZ,
Tiniharu saachchai kai uneducated ho. Darshan Shastra garyo bhandaima educated huchha? Jasle janata ko du:kh bujhera kaam garchha tyo nae ho educated. Yiniharu k educated….aafno laagi matra educated bhayera hunchha ki kya ho. Yesto maanchheko darshan shastra lae darshan dinay hoina ki maanchhelai nae durdarshan garnu parchha politics baata.
मन परे हरियो, नपरे रातो
0
0
Hey Rupendra,
just mind ur language ok.what do u mean by u hate the word tripathi?do u think all the tripathi are like hridesh tripathi?further u should know that there are not only one type of tripathi in this country.i;m also a tripathi and a pure nepalese n 100pc fluent in speaking nepali.my tripathi sur name is not same as dat of hridesh but reading at ur comment it really made me angry.why did u say tripathi?instead of hridesh tripathi?
hey man just mind ur language.dont try to be over smart.
मन परे हरियो, नपरे रातो
0
0
हा हा हा हा, यो Pure land त Togo को सपोर्टर पो हो कि क्या हो? गेम हारेको झ्वाँकमा ट्वाँट खाएर यहाँ मलाइ जे पायो त्यहि बक्दैछ । आफु त Korea supporter परियो, गेम जितेको खुशीमा छु । त्यसैले जे पायो तेहि लेखेको कमेण्ट पढ्दा नि हाँसो उठीरा’छ भन्या ।
त्रिपाठी न त मेरो नेता हो, न त मैले उसलाइ buddha, nepal & everest सित दाँजेको छु । न त मैले उसले PHD गरेको छ नै भनेको छु । यस्तो जोक पनि गर्ने? हेत्तेरिका । म उसको क्षेत्रिय राजनीतिसित पटक्कै सहमत छैन, तर उसको इमान्दारिपन र मेहनतको तारीफ गर्न किन हिच्किचाउने? पढेको मान्छेलाइ पढेको भन्न त पर्यो नि । फेरी उसले बिगतमा सार्वजनिक लेखासमितिको अध्यक्ष बनेर गिरिजाले गरेको भ्रष्टाचारको भण्डाफोर गरेर नाकमा हिङ हाल्देकोथ्यो । त्यस्तो गतिलो काम हेर्ने कि लुगा र अनुहार हेर्ने ? पढेका त्रिपाठि जस्तालाइ धोति लायो भन्दैमा २ कक्षा पढेकाहरुले अनपढ भन्ने, अनि औंठाछाप पाल्तेन गुरुङलाइ सुट-टाइ धस्काएर वा लबेदा सुरुवाल कालो कोट भादगाउँले टोपि लाइदिएर सलाम ठोक्दै हिड्ने?
वाह क्या गजब छ तिमेरुको सोचाइ !!!!
मन परे हरियो, नपरे रातो
0
0
O Mr. ZZ,
K thaha ta malai k kasari answer dinay bhanera education ta jamma 2 class chha. Thikkai chha ghaarho chai maanina. Tara yo Tripathi mantri le Nepali aaundaina tarae pani kasari mantri bhayo. Bhaasa ta jaanu paryo ni. Yo moro Girije ko ra tesko Ancestor daksheen Bharat tirae baata bhayera ho ki. Jamaanama bau jaaje eutae parya jasto chha.
Anyways, Nepal bikas hunu paryo kyaa..
मन परे हरियो, नपरे रातो
0
0
ZZ
OI ZZ
What is your real name? You also lost your identity and so did your leader. The world does not know Tripathi but knows the Nepal,Buddha & Everest and who is Nepal is not Tripathi. Clean your racial dirty nose to talk to real nepali Who understand the Buddha.
Your leader did PHD in Darsan but he does not have any idea about real darsan because i can tell from his follower like you.
Pleae fix your identity?
मन परे हरियो, नपरे रातो
0
0
Nepalee लौ बधाइ छ – २ कक्षा पढेर नि अंग्रेजिमा ब्लग गर्नसक्नी भएछौ । हामी त ४ कक्षामा बल्ल A B C D सिकेकाहरु प-यौं । छोडौ यो कुरो, अब तिम्रा कुरा पचेन भन्न नि कहाँ पाइन्छ र? बजारभरी त्यत्राबिधि “हाजमोला” जो पाइन्छ, खाए त पचिहाल्छ । हे हे हे हे ।
जे होस, तिमिले दर्शनशास्त्र त होइन नेपाली चै नबुझेको हो कि शंका लाग्यो । माथि मैले ती मन्त्रीका अनुहार र लुगा हेरेर really uneducated भनेकोमा पो कमेण्ट ग-या त । educated र decent looking हुनेहरु पनि निक्कै corrupted छन । मैले यी मन्त्रीहरु corrupted हो वा होइन भनेको अथवा सपोर्ट गरेको जस्तो गरी पो जवाफ फर्कायौ । हा हा हा हा , हाँसो उठ्यो ।
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी,
हाम्रो देश तेत्ती धेरै थुलो पनि छैन किन यि दुस्त हरुको आँखा लागेको होला । जालो फिजाएको भन्ने समाचार पढ्’दा दिक्क लागेर आएको छ । फेरी त्यसरी देशमा आशान्ति मच्याउन हाम्रो नै नेपाली हरु लागि परेका रहेछ्न ।हिजो सम्म सबैले माओवादीलाई दोश दिइन्थ्यो तर यहाँ भित्र अरुपनी कति अपराधी हरु बद्देका रहेछन् अहिले थाहा हुँदै छ । नेपाली आमा लाई रुआउन कत्ती पनि यिनिहरुको मन अत्तलिएन होला, कलीमा आजको भोली भन्ने त उखान छ आखिर यीनिहरुको अपराध खुलेरै छोड्यो ।यी अपर्हधिलाई हदै सम्मको सजाय हुनु पर्छ
यीनिहरुलाई तेसै छोड्नु हुन्न तकी अरु ले यो आँखा गद्नु भन्दा पहिले ५ पतक सोचोस् ।
मीनु
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी,
हाम्रो देश तेत्ती धेरै थुलो पनि छैन किन यि दुस्त हरुको आँखा लागेको होला । जालो फिजाएको भन्ने समाचार पढ्’दा दिक्क लागेर आएको छ । फेरी त्यसरी देशमा आशान्ति मच्याउन हाम्रो नै नेपाली हरु लागि परेका रहेछ्न ।हिजो सम्म सबैले माओवादीलाई दोश दिइन्थ्यो तर यहाँ भित्र अरुपनी कति अपराधी हरु बद्देका रहेछन् अहिले थाहा हुँदै छ । नेपाली आमा लाई रुआउन कत्ती पनि यिनिहरुको मन अत्तलिएन होला, कलीमा आजको भोली भन्ने त उखान छ आखिर यीनिहरुको अपराध खुलेरै छोड्यो ।यी अपर्हधिलाई हदै सम्मको सजाय हुनु पर्छ
यीनिहरुलाई तेसै छोड्नु हुन्न तकी अरु ले यो आँखा गद्नु भन्दा पहिले ५ पतक सोचोस् ।
मीनु
मन परे हरियो, नपरे रातो
0
0
Hoina you ZZ bhanne maanchhe kya ho,
Same dyaang ko mulaa jastai chha ni netaaharukai. Ma ta balla 2 class padhya maanchhe k thaha Darshan Shashtra bhaneko. Hoina yo darshan shashtra padhne maanchee Politics ma k gareko. Netaaharuko Philosophy bujhanlai ho ki? Ani yo Teraiko maanchhele dress chindaina ray? Bhrastrachaar gardaa ra tanna ghijda whole world chinnay ani dress chaahi nachinnay. Kura garchha. Khoob smart bhanthaane chha ki kya ho? You jastai maanchhele support garerai Nepal Heaven baata Hell hundaichha.
मन परे हरियो, नपरे रातो
0
0
Nice work. Your blog is non-judmental and objective. Keep up your good work. Honestly, I have to say, your blog is better than many other precisely because you put them as they are without manipulating the truth.
मन परे हरियो, नपरे रातो
0
0
hello …
hinjo maile comment ma bhaneko thiyen sathi ho..nepal kaile india huncha bhanera hernos chmche ridehsh tripathi lai ” bharat ko jhanda jasto dekhine” bharatiye luga ma sapath grahan gardai cha..baru yo ta narayan hiti ma gareko bhaye alikati rastriya ta jhalkinthyo..ajai arku news ma china le ke ke condition rakhyo re bhansar ma tyo ta hununai thiyo..jaye bharat gan gaune hamra neta ma hamro desko bhabisya surachit chaina, …gantantra ta aula tara sansad dekhi sadak samma chimiki kai bolwala hunecha..he janta ho..prachanda bhane ni redhesh bhane ni ini haru lendup dorje ka santan hun..sabai lai chetana bhaya
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji,
sorry for commenting. I don’t feel Hridesh tripathi a Napali and true nationalist. He never talk in Nepal while being with Nepalis all around, he don’t put on our respected Nepali dress. How can we accept him as a true Nepali and will do good for Nepalies. Other politicians, whether they do good for nations and public or not but at least respect the nationalism infront of the others, even if they have to sell it hiding from the public. But see, this Hridesh Tinpathi (hate to say tripathi) he disrespects the nation directly infront of the others and laughing, thinking of opening petrol pump in USA or Australia soon in future.
Thanks Umesh ji,
what to do if we don’t use these strong words they will take our country down the drain.
Thanks
मन परे हरियो, नपरे रातो
0
0
Umesh jee
i am singer uttam Rai.i live in California USA.You are going a great job.I always support you man.Keep going on.I wanna see your block.
Thanks
Uttam Rai USA
मन परे हरियो, नपरे रातो
0
0
Tin jana matra thotre sansad ko adhar ma upapradhan mantri ra swasthia mantri padkauna paepachi kina nahasnu ta, mauka ma chauka hanio ba bhanera haseko ni umesh ji,
मन परे हरियो, नपरे रातो
0
0
• प्रतिनिधिसभा मार्फत जेठ ४ गते उप-प्रधान मन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको नियुक्ति प्रधानमन्त्री बाटै हुने भन्ने ब्यवस्था भैसकेको थियो। हाल आएर अमिक शेरचन, हृदयस त्रीपाठी र ज्ञानेन्द्र कार्कीलाई प्रधानमन्त्रीको सिफारिसमा राजाबाट नियुक्ति गरिएको भन्ने सुनिन आएको छ। यस भन्दा अघिको मन्त्रीमण्डल बिस्तारमा पानि त्यस्तो भएको भन्ने गाइँगुइँ सुनिनमा आएको थियो। यसो हो भने यो राम्रो चाहिँ होइन। यदि यस्तो गर्नु नै थियो भने लुकेर छिपेर जनातालाई ढाँटेर किन गर्नु पर्थ्यो? बरु सोझै जनताहरुले थाहा पाउने गरि राजाबाट नै सपथ गराउने पुरानै व्यवस्था कायम गरे भैहाल्यो नि। किन जनताहरुलाई एउटा कुरा गर्ने आफु चाहिँ भित्र भित्रै आर्कै काम गर्ने?
मन परे हरियो, नपरे रातो
0
0
AJA MAILE 2TA GOOD NEWS PAYE
1. नेकपा माओवादीका प्रवक्ता तथा माओवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले अबको एक-दुई दिनमै सरकार र माओवादीबीच शिखर वार्ता हुने खुलासा गर्नुभएको छ। उहाँले सरकारसँगको वार्ता छिट्टै निष्कर्षमा पुग्न लागेको जानकारीसमेत दिनुभयो।
सोमबार रिपोर्टस् क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता महराले सात दल संसदलाई निष्कृय बनाउन सहमत भएपछि सरकारसँगको द्वन्द्व कम भएको बताउनुभयो ।
उहाँले सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री कृष्णप्रसाद सिटौला र माओवादी अध्यक्ष प्रचण्डबीच आइतबार कास्कीको सिक्लेसमा भएको तीन घण्टा लामो वार्ताले आपसी आशंका हटाएको दाबी गर्नुभयो ।
‘वार्ता अत्यन्तै सफल र सकारात्मक रहृयो, सरकारले गरेको प्रतिवद्धतालाई हामीले सहीरुपमा लिएका छौ’- महराले भन्नुभयो- ‘सरकारले संसद विघटन गर्न र स्वदेश तथा विदेशमा बन्दी जीवन बिताइरहेका हाम्रा कार्यकर्ता छुटाउन आश्वासन दिएको छ ।
‘प्रचण्डसँगको औपचारिक वार्तामा नेपालमा बन्दी जीवन बिताइरहेका तीन सयभन्दा बढी आफ्ना कार्यकर्ताहरुलाई छोड्न सरकार सहमत भएको महराले जानकारी दिनुभयो । मुलुकमा छ महिनाभित्र संबिधानसभाको निवार्चन गराएर दिगो शान्ति स्थापनाको मार्गमा आफूहरु अघि बढिरहेको जानकार दिँदै महराले दुबै पक्ष लचकताका साथ प्रस्तुत भएकोले वार्ता निस्कर्षा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
महराले अब हुने वार्तामा संसदलाई निरन्तरता दिनुपर्ने सात दलको निस्कर्षर बृहत राजनीतिक सम्मेलन गर्ने माओवादीको मागका बारेमा छलफल हुने जानकारी दिनुभयो । http://www.parewa.com 13 June 2006
2.नवनियुक्त उपप्रधानमन्त्री अमिक शेरचनले आगामी ६ महिना भित्र संविधानसभाको निर्वाचन हुने बताउनुभएको छ। उहाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच हुने शिखर वार्ताका लागि धेरै कुर्नुनपर्ने बताउनुभयो।
रिपोर्टर्स क्लबको साक्ष्त्कारमा शेरचनले मुलुकलाई दीगो शान्तिमा पुर्याउने प्याकेज बन्दै गरेको दावी गर्नुभयो ।
शान्तिको प्याकेजलाई निष्कर्षमा पुर्याउनका लागि कोइराला र प्रचण्डबीच शिखर वार्ता हुनलागेको बताउँदे उहाँले भन्नुभयो(दीगो शान्तिको प्रयासमा अवरोध सृजना गर्नेहरु आफै समाप्त भएर जानेछन्। शान्तिको प्याकेजका बारेमा मंगलबार विहान प्रधानमन्त्री कोइरालासँग गम्भीर कुराकानी भएको बताएपनि उहाँले प्याकेजमा के छ भन्ने बारे खुलाउन चाहनुभएन ।www.parewa.com 13 June 2006
मन परे हरियो, नपरे रातो
0
0
अलिकति सच्याउनु हुन्छकि उमेशजी यो अलच्छिन घर पुल्चोकमा नभएर कोपुण्डोल वाग्मतीको कीनार निर छ ।
मन परे हरियो, नपरे रातो
0
0
अन्तर्राष्ट्रिय गिरोहको निर्देशनमा आक्रमण
कान्तिपुर संवाददाता
काठमाडौं, जेठ २९ – काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका पि्रन्सिपल डा. हेमांग दीक्षित र डा. वीरवाहन जबरामाथि ‘इन्टरनेसनल स्पाइडर ग्रुप’ का गिरोहले फिरौती असुलीका लागि गोली प्रहार गर्न लगाएको खुलासा भएको छ ।
गिरोहको निर्देशनमा सक्रिय स्थानीय आपराधिक समूहले पुस ४ मा अस्पतालअघिल्तिर डा. वीरवाहन र वैशाख २१ मा नयाँ बानेश्वर हाइटमा डा. दीक्षितमाथि गोली प्रहार गरेका थिए ।
मलेसिया र सिंगापुरबाट उक्त गिरोहले दक्षिण एसियामा विशेष जालो फैलाएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान शाखाले अन्तर्राष्ट्रिय गिरोहको निर्देशनमा काम गर्ने नौै जनालाई राजधानीका विभिन्न स्थलबाट डेढ सातायता पक्राउ गरेको छ । तीमधये सात जना गोली प्रहारमा र दुई जना चन्दा असुलीमा संलग्न रहेको शाखाले जनाएको छ ।
शाखाका एसपी केशव अधिकारीका अनुसार गोली प्रहारमा संलग्न धनुषाका गणेश कार्की, झापा गौरीगन्जका सन्तोष खडका, गोरखा देउरालीका रामचन्द्र खनाल, मझुवा देउरालीका मानबहादुर कार्की, नाम्जुङका झलक बस्नेत, चितवन रत्ननगरका प्रकाश क्षेत्री र पञ्चकन्याका गणेशजंग घिमिरे संलग्न रहेको पाइएको छ ।
प्रहरीले अभियुक्त कार्कीबाट गोली प्रहारमा प्रयोग भएको बा९प २९१२ नम्बरको सीबीजेड मोटरसाइकल बरामद गरेको छ । अर्का अभियुक्त खडकाबाट ५० हजार नगद, छालाको दापसहितको छुरी, मोबाइल, चन्दा उठाउन प्रयोग गरेको बा११प २५४९ नम्बरको मोटरसाइकल र हेलमेट बरामद भएको छ ।
सोही गिरोहको इसारामा चन्दा असुलीमा संलग्न ओखलढुंगा गाम्नाङका होमबहादुर खत्री र उनकै भाइ जितबहादुरलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए । होमबहादुरबाट प्रहरीले ५० हजार, चन्दा उठाउन प्रयोग भएको बा१०प ११५७ नम्बरको मोटरसाइकल र मोबाइल बरामद गरेको छ ।
अन्तर्राष्ट्रिय गिरोहका नाइके सिन्धुली कमलामाईका सन्दीप पाठक नाम बताउने ३१ वषर्ीय मिलन लामा, हतपते गाविसका आकाश केसी र माइस्थान बस्ने जोन भन्ने केदार श्रेष्ठ फरार रहेको उनले बताए ।
शाखाका अनुसार विगत डेढ वर्षदेखि आफूलाई ‘इन्टरनेसनल स्पाइडर ग्रुप’ का नाइके बताउने पाठकले अस्पतालमा पटकपटक फोन गरी करोडौं चन्दा माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएका थिए । पाठकको मुख्य रूपले सिंगापुर र मलेसियामा आवतजावत छ । प्रहरीका अनुसार पाठकको अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग समेत नजिकको सम्बन्ध छ । हाल नयाँदिल्ली रहेका पाठकबारे इन्टरपोलमार्फत भारतीय प्रहरीलाई जानकारी गराइएको एसपी अधिकारीले बताए ।
उक्त समूहले राजधानीमा सुराकी गर्ने, चन्दा उठाउने र हतियार चलाउने अलग अलग आपराधिक समूह सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
एक समूहबारे अर्को समूहलाई जानकारी नदिई पाठकले विदेशमा बसेर चन्दा असुली धन्दा चलाएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
पक्राउ परेकाहरूले एकअर्कालाई नचिने पनि कोड र संकेतका आधारमा काम गर्दै आएको बताएका छन् । उठाइएको रकमको ५ देखि २५ प्रतिशत आफूहरूलेे पाउने गरेको अभियुक्तहरूले कान्तिपुरलाई बताए ।
एक महिनादेखि उपत्यकामा सक्रिय पाठकको निर्देशनमा सञ्चालित समूह विभिन्न मेडिकल कलेज, संघसंस्था तथा म्यानपावर कम्पनीसँग अवैध चन्दा माग गनर्ेे कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
विभिन्न पीडित पक्षले प्रहरीमा दिएको सूचनाका आधारमा उक्त गिरोहले हालसम्म राजधानीबाट मात्र ५० करोड ७७ लाख रुपैयाँ संकलन गरेको देखिएको छ । ज्यान जाने डरले पीडित आधाभन्दा बढीले प्रहरीसमक्ष आउन नचाहेको अनुसन्धानबाट खुलेको छ ।
http://kantipuronline.com/kolnepalinews.php?&nid=76405
Posted on: 2006-06-12 19:39:11
मन परे हरियो, नपरे रातो
0
0
Umesh g
namaste hai
i am so glad to participate your ……..thank u very much. see umesh g ma pani patrakar banne aati rahar please vanidinus na………katai &kasari?
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि अनि साथीहरु !
आफु हस्नु ठुलो कुरा होईन तर अरुलाई हसानै ठुलो मानिन्छ ।
तेसैले खुन को आशु रोएका हरेक नेपाली जनता लाई
सदै भरि हसाउन अनुरोध छ हाम्रा सम्पूर्ण नेता हरुलाई ।
देश्,जनता लाई सदै खुशी को अनुभव गर्न पाई रहोस् ।
एही कामना छ ।
कृष्ण, दुबै
मन परे हरियो, नपरे रातो
0
0
Umesh Bhai,
This smile ( laughter/giggle)is achieved through the deaths of thousands of the sons and daughters of Nepal. These leaders should not forget this!
While they are enjoying the sacrifice of our martyers, they should pay back in terms of honesty, dedication and patriotism. Otherwise a day will come when these laughing faces will turn into crying masks by people’s rage.
मन परे हरियो, नपरे रातो
0
0
“ABA RAMRO KAAM GARNUS” tyahi bhanchhu ma- GPK to AMIK Sherchan.HA HA HA
मन परे हरियो, नपरे रातो
0
0
यी नेताहरू किन यसरी हाँसे भने हे हे यी मूर्ख जनता फेरी हामीसबैलाई कुर्सिमा बसाए । अब फेरि मालिकको हजुरमा सेवा सुस्रुसा गर्न पाइयो भनेर हाँसेका हुन् । मालिकको जुत्तामा पालिस लगाउने क्या कइदाको मौका मिल्यो हा हाहा हा हा ।
मन परे हरियो, नपरे रातो
0
0
Actually in my previous comment, I mean new ministers were chosen by palace on the recommendations of cabinet. Sorry for the wrong typing.
मन परे हरियो, नपरे रातो
0
0
Yes, it is good to see them laugh. I don’t want them to be sad or gloomy when they are taking oath. It is nice to see Nepali people smiling.
मन परे हरियो, नपरे रातो
0
0
Nepalee नामधारी कमेण्टेटर,
तिमिले कति पढेको छौ ए!! education को धाक दिन्छौ? हृदयेश त्रिपाठि जमानामा नै दर्शनशास्त्रमा स्नात्तकोत्तर गरेका मान्छे हुन । धोति लायो भन्दैमा जे पायो तेहि बोल्दिने ?
सुट-टाइ लाउन हुनि धोति कछाड लाउन नहुनि? मन्त्री हुनु भनेको बोर्डिङ स्कुल भर्ना हुनु हो र? ड्रेस लाउनलाइ ? नियालेर हेर (यो चै prasant र ray लाइ भनेको) अमिक शेरचनले सर्ट लाएको छ दौरा होइन । दौरा सुरुवाल कोट टोपि उपत्याकाको परम्परागत पोशाक हो, तराइका मान्छेले त्यो कसरि सिलाउने कसरि लगाउने केहि थाहै हुदैन त त्यत्तिकै राष्ट्रीय पोशाक भनेर लाद्ने?
गिर्जा र रामशरण त झन Ph.D. holder नै हुन क्यार हगि उमेश जी । सिटौला बाजेले कति पढ्याछन नि?
मन परे हरियो, नपरे रातो
0
0
These people are the waste of nation.
You can tell from their oppurtunistic faces that they do dirty politcs only for this moments. Beside this there is no meaning of politics in thier mind and body and dump laugh comes out of that body are not the expectaton of normal life which is full of suffering,injustice and poverty.
If i were a top maoist top leader I will start kidnapping all the biggest smugler from the top level from the city thats where the traditonal and neo feadilistic parasitic human form reside to suck the blod from national level.
मन परे हरियो, नपरे रातो
0
0
Umesh bro,
I read somewhere that those ministers were chosen on the recommendation of cabinet. If that is true, it is a shame for us, we republic fighters. Why our leaders do not show the courage to make bold decisions?
Anyway, i like the choice of Amik Serechen as DPM because he is far better than KP Oli ( I believe Nepal ko ‘Sakuni’). I am still wondering why UML caders do not oust him from the post given his notorious activities during ‘Mahakali sandhi’, during ‘Janaandalon 2′ and in many other occasions.
Lets hope everything goes fine in the days ahead given that we have very committed people who can sacrifice anything to make their dream come true. Salute to freedom figheter once again.
मन परे हरियो, नपरे रातो
0
0
Hoina,
Yo Nepal ko Politicians kina CHOR haru jasto dekhinchhan? Kamsekam MANTRI bhaye pachhi ta Educated and Descent looking po hunuparchha. It must be because they are really uneducated and they really are corrupted CHORS.
मन परे हरियो, नपरे रातो
0
0
when people minister wearing these clothes they are sending bad message to public. May be good message too. Because the real nepali people will never want their minister wear that kind of dress when he is representing nepal as a nation and specially an occasion like taking oath.
Ray
मन परे हरियो, नपरे रातो
0
0
THE COMMERCE MINISTER IS HE REPRESENTING NEPAL OR INDIA OR MAOIST OR JUST TERAI PEOPLE ? HE SHOULD BE REPRESENTING ALL NEPALI PEOPLE AND DIFFERENT CUTURE BY WEARING NATIONAL DRESS. DAMN INDIANS
मन परे हरियो, नपरे रातो
0
0
अरुलाइ अशुभ भयको घर उमेशजि माओबादिलाइ शुभ हुनेनै छ। किनभने हत्तियार बन्द माओबादिलाइ सान्ति बन्दमा ल्याउने छ, अरुको बाटो देशमा सुल्टो बाटो हिड्न् खोल्दा उल्टोबाट हिड्न् पुगे तर माओबादि उल्टो बाट हिड्न् खोल्दा सुल्टो हुन जानेछ।
त्यहि कारणले अरुलाइ अलक्षिनि घर माओबादि लाइ लच्क्षिन हुन पुगि देशमा सान्ति छाओस। यहि शुभकामान सो घरलाइ।
बिबेक
मन परे हरियो, नपरे रातो
0
0
THEY ARE LAUGHING AT NEPALI PEOPLE WHO DIED IN LAST 12 YEARS BY MAOIST AND WHO EVER AND THE COUNTRY IT’S SELF
RAY
मन परे हरियो, नपरे रातो
0
0
let them laugh now. their laugh are depended on maoist action.seven party leaders doesn’t have gods in heart, that’s why their laugh is depends on maoist movement.
मन परे हरियो, नपरे रातो
0
0
What happened to our “National Dress”?
I hope HOR is not in the process of changing that as we changed everything… or it got mixed with the changing fever so that we changed it. If I recall correctly one of the minister (Hon. Minister. Hridayesh Tripathi) in the photos above is apparently not wearing National Dress and it may be coincidence that it happened to be a National dress of our neighbouring country.
For the sake of our country please wear National Dress.. it is thousand times better and I am pretty sure it will look good on you Mr. Whoever (stated above) Minister.
Personally I find it disrespect to National Dress and many many Nepali will find the same.
मन परे हरियो, नपरे रातो
0
0
दर्बारमा भयको भय काहां यति मज्जाले हास्नुनि उमेशजि यो त जनताको घरमा भएर पो हो। जसरि यि हास्छन् त्यसरि पनि जनतलाइ पनि सधैभरि हसायपो राम्रो हुन्थो। त्यहिं शुभकामना दिउ होइनर।
बिबेक
मन परे हरियो, नपरे रातो
0
0
Hellow Umesh Jee. Thanks for excellent job.
I would like to advice u something.
Can u do the vote pool. so we can find out what people are looking in Nepal and what type of Nepal they want. U can make three optesions like Opetions 1. Gadatantra 2. Seromonial Rajtantra 3. Active Rajtantra. Can u start collection vote. U can allow people to vote for 7 days and end of the 7yh day u can desplay result in ur populer web site.
If u do this this will give mini result.
Many thankx.
Manoj Bhanadari
UK
मन परे हरियो, नपरे रातो
0
0
Ha…Ha..Ha..
Why ….Can’t they laugh?Even here We are going to search why they’re laughing?!
basanta.
मन परे हरियो, नपरे रातो
0
0