मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    दोस्रो चरणको वार्तामा भएको सहमति

    २०६३ असार १, बिहीबार

    किन दंगदास हो सबै ? होटल हिमालयमा सरकार र माअ‍ोवादी वार्ता टोली आमने सामने बस्दै। फोटोः सागर श्रेष्ठ
    नेपाल सरकार र नेकपा माअ‍ोवादीबीच आज ललितपुरको होटल हिमालयमा करिब दुई घण्टा भएको दोस्रो चरणको वार्तामा चार बूँदे सहमति भएको छ। सहमतिमा सात दलका शीर्ष नेता र माअ‍ोवादीका शीर्ष नेताहरुबीच चाँडै नै वार्ता गर्ने, नागरिक समाजका अगुवा डा देवेन्द्रराज पाण्डेको संयोजकत्वमा ३१ सदस्यीय युध्दविराम आचार संहिता राष्ट्रिय अनुगमन समिति गठन गर्ने, उनीहरुलाई अनुगमनका लागि सहयोग गर्न तथा मानवअधिकारको अनुगमन गर्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयलाई अनुरोध गर्ने, अनि अन्त्यमा पहिलेका वार्ताका सहजकर्ताद्वय पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना लगायत पूर्व न्यायाधीश लक्ष्मणप्रसाद अर्याल र नागरिक समाजका देवेन्द्रराज पाण्डे र मथुराप्रसाद श्रेष्ठलाई पर्यवेक्षक तोक्ने सहमति भएको छ। सहमति पत्रको पूर्ण विवरण तथा थप फोटोहरु भित्र।

    नेपाल सरकार र नेकपा (माअ‍ोवादी) बीच सम्पन्न सहमति

    नेपाल सरकार र नेकपा (माअ‍ोवादी) बीच मिति २०६३ साल असार १ गते सम्पन्न दोस्रो वार्तामा निम्न लिखित निर्णय भएको छः

    १. सात राजनीतिक दल र नेकपा माअ‍ोवादीका शीर्ष नेताहरुको सहभागितामा नेपाल सरकार र नेकपा माअ‍ोवादीबीच यथाशीघ्र वार्ताको आयोजना गरिनेछ।

    २. सात राजनीतिक दल र नेकपा (माअ‍ोवादी) बीच भएको १२ बूँदे समझदारी र नेपाल सरकार र नेकपा माअ‍ोवादीबीच मिति २०६३।२।१२ मा भएको युध्दविराम आचार संहिताको कार्यान्वयनको अनुगमन गर्न देहाय बमोजिमको युध्दविराम आचार संहिता राष्ट्रिय अनुगमन समिति गठन गरिएको छ-

    १. संयोजक डा. देवेन्द्रराज पाण्डे
    २. सदस्य डा. अर्जुन कार्की
    ३. सदस्य डा. अ‍ोम गुरुङ
    ४. सदस्य प्रा. कपिल श्रेष्ठ
    ५. सदस्य डा. के वि रोकाया
    ६. सदस्य केशव भट्टराई
    ७. सदस्य कृष्ण पहाडी
    ८. सदस्य गौरी प्रधान
    ९. सदस्य चण्डिराज ढकाल
    १०. सदस्य चरण प्रसाईँ
    ११. सदस्य तारानाथ दाहाल
    १२. सदस्य नीलाम्बर आचार्य
    १३. सदस्य पदमलाल वि क
    १४. सदस्य प्रा डा भूपति ढकाल
    १५. सदस्य मल्ल के सुन्दर
    १६. सदस्य डा महेश मास्के
    १७. सदस्य माधव बाँस्कोटा
    १८. सदस्य रमन श्रेष्ठ
    १९. सदस्य डा राममान श्रेष्ठ
    २०. सदस्य वाङ्छे शेर्पा
    २१. सदस्य विष्णु निष्ठुरी
    २२. सदस्य डा वीरेन्द्र मिश्र
    २३. सदस्य विष्णुपुकार श्रेष्ठ
    २४ सदस्य शान्ता श्रेष्ठ
    २५. सदस्य श्याम श्रेष्ठ
    २६. सदस्य शिव गाउँले
    २७. सदस्य सुशील प्याकुरेल
    २८. सदस्य ई. सरोज देवकोटा
    २९. सदस्य डा. सुधा शर्मा
    ३०. सदस्य सुबोध प्याकुरेल
    ३१. सदस्य सुशीलचन्द्र अमात्य

    ३. युध्दविराम आचार संहिताको अनुगमन गर्न गठित राष्ट्रिय अनुगमन समितिलाई मानवअधिकार सम्वध्द विषयहरुको अनुगमनमा सहयोग पुर्‍याउन तथा मानव अधिकारको अनुगमन गर्न संयुक्त राष्ट्र संघीय मानवाधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयलाई अनुरोध गर्ने।

    ४. सरकार माअ‍ोवादीबीच सम्पन्न हुने वार्तामा निम्न महानुभावहरु पर्यवेक्षकको रुपमा रहनु हुनेछ-

    १ लक्ष्मणप्रसाद अर्याल
    २ देवेन्द्रराज पाण्डे
    ३ पद्मरत्न तुलाधर
    ४ दमननाथ ढुंगाना
    ५ मथुराप्रसाद श्रेष्ठ

    नेकपा माअ‍ोवादीका तर्फबाट
    संयोजक कृष्णबहादुर महरा
    हस्ताक्षर
    मितिः २०६३/०३/०१

    नेपाल सरकारका तर्फबाट
    संयोजकः कृष्णप्रसाद सिटौला
    हस्ताक्षरः
    मितिः २०६२/३/१

    वार्ता स्थलका झाँकीहरु (कृष्ण ढुंगानाबाट)

    - सरकारी वार्ता टोलीका संयोजक कृष्ण सिटौला अत्यन्त प्रसन्न मुद्रामा हुनुहुन्थ्यो। सिटौलाले चाँडै नै शिखर वार्ता हुने जानकारी दिए पनि मिति भने तोक्नु भएन। पत्रकार सम्मेलनमा करिब ७ मिनेट बोलेर ‘मलाई हतार छ म र देव गुरुङ जान्छौं’ भन्दै उहाँ निस्कनु भएको थियो। ‘तपाइँहरु कहाँ जान लागेको’ भन्ने पत्रकारको प्रशनमा सिटौलाको जवाफ थियो- ‘हामी काममा जान लागेको।’

    - २:१५ देखि सुरु भएको वार्ता ४:१० सम्म चलेको थियो।


    महरा जीलाई भारतको क्लोज अप टुथपेस्ट कम्पनीबाट विज्ञापनको अफर आउला है फेरि, कस्तोसित हाँस्नु भएको ? कुरा मिलिसक्यो र भन्या ? अनि महराको बायाँतिर रातो सर्ट लगाउँदै महराको बाटो क्लियर गर्ने ह्याण्डसम युवक चाहिँ को रहेछन् कुन्नि ? तपाईँले चिन्नुभयो ? फोटोः सागर श्रेष्ठ

    - होटलको तेस्रो तल्लाको उत्तर दक्षिण लम्बाई भएको हलमा भएको वार्तामा सरकारी वार्ता टोली पश्चिमतर्फ थियो भने माओवादी वार्ता टोली पूर्वतर्फ रहेको थियो। दुवै टोलीको बीचमा आ आफ्नोतर्फका संयोजकहरु रहेका थिए।

    -वार्ता सुरु हुनुअगाडि दुवै वार्ता टोलीका सुरक्षा गार्ड होटलको लिफ्टमा अड्किएपछि केही बेर खैलाबैला मच्चिएको थियो। निस्सासिएर लुगा खोलेको अवस्थामा करिब २० मिनेटपछि उनीहरुलाई उद्दार गरिएको थियो। लिफ्ट अड्किएपछि भित्रको फ्यान बन्द भएको अनि श्वाश फेर्न गाह्रो भएको उनीहरुले बताए। ‘अबदेखि कहिलै लिफ्ट चड्ढिनँ’ सरकारी वार्ता टोलीको सुरक्षार्थ आएका एकजना डीएसपी भन्दै थिए।


    वार्तापछि सञ्चारकर्मीहरुसित कुरा गर्दै वार्ता टोलीका सदस्यहरु। फोटोः सागर श्रेष्ठ

    -पहिलो चरणको वार्तामा जस्तै बिहीबार पनि माओवादी छापामारहरुले आफ्ना नेताहरुलाई सुरक्षा दिएका थिए। माओवादी नेताहरु बा १ ज ७८३ नम्बरको ट्याक्सीमा वार्तास्थल पुगेका थिए। नेता चढेको ट्याक्सीको अगाडि बा १ ज २३८२ नम्बरको ट्याक्सीमा माओवादी छापामारले साधारण पोशाकमा एस्कर्टिङ गरेका थिए। पछाडिबाट भने बा १ ज ८४३२ नम्बरको माइक्रोमा आएका छापामारहरुले सुरक्षा दिएका थिए।

    - देव गुरुङ पहिले नै कृष्ण सिटौलासँग गइसकेका कारण पत्रकार सम्मेलनपछि कृष्णबहादुर महरा र दीनानाथ शर्मा मात्र ट्याक्सीमा निस्केका थिए। सरकारी वार्ता टोलीका सदस्यहरु प्रदीप ज्ञवाली र रमेश लेखक भने सरकारी गाडीमा झन्डा फहराउँदै वार्तास्थलबाट हिँडेका थिए।

    No related posts.

    22 comments to दोस्रो चरणको वार्तामा भएको सहमति

    • gr

      खै !!! आफै नै धेरै हन्दर्; र ९ दङल् खाय पछि इ देश् जन्ता को नाम् मा जङ्ल् देखी शहर् सम्म लुतेर खायका हरुलाइ येस् पाली भगवान् पशुपति नाथ् र स्वम्भु नाथ् ली सद्बुद्धि दिय जस्तो छ। यो कुरा सबै गाउ देखि शहर् सम्मका नेपलीहरु ले मन् मनै महसुस् गरेक छन्। जसरी हुन्छ । पहिले को जस्तै शान्ती भैदिय हुन्थ्यो । यी दाका नेताहरु सङ मुलुक् बनाउने न कुनै क्लेअर् भिजन् छ न कुनै आथोत् नै छ । यिनीहरु बात गरिब् नेपाली जन्ताले त्यो आशा गरेका पनि छैनन् । मात्र शान्ती !!! भैदिय हुनेथियो !!!! बिकास् त जन्ताको तर्फ बात बिस्तारै हुदै जन्छ । यी दाकाहरुले कुनै भासन् र दर्सन् दिनु जरुरी छैन । सन्सार् कहा बात कहा पुगी सक्यो ।
      जी आर् पौदेल्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रकृति

      कृण्ण जि
      तपाईको कुरा सुन्दा सारै दु:ख लाग्यो । साच्चि नै बन्दुक बोकेकै कै भरमा सारालाई आफ्नो कुरा मान्नु नै पार्छ भन्नेले कसरी प्रजात्तन्त्र र स्वतन्त्रता को कुरा गरेर अरुलाइ भम्रमा पार्नु प-यो र? सिधै बन्दुक छोडन सक्दिन भनि हुन्छ नि। किन बार्ता गरेर सबैको आँखामा धुलो छर्नु प-यो त।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Paudel

      माओवादी धम्की र समाचार स्रोत

      विनोद त्रिपाठी

      देशभर आमहड्ताल सुरु हुनुभन्दा महिना दिन अघि गत फागुनमा लोकतान्त्रिक मञ्च चितवनले जनसभा गर्‍यो । सबै दल, पेसा, वर्गका व्यक्ति त्यहाँ सहभागी भए । गणतन्त्रको विषयलाई मूल लक्ष्य बनाएर वक्ताले भाषण गरे । तिनले बोलेका कुरा भोलिपल्ट कान्तिपुरमा हुबहु छापिएपछि एक अपरिचित व्यक्तिले फोनमा मलाई भने- ‘तपाईंले लेखेको समाचारमा गणतन्त्र आइसके झैं बनाइदिनुभएछ । आतंककारीको कित्तामा पुगेर तपाईंहरूले समाचार छाप्न मिल्छ ?’
      ‘गणतन्त्र कुनै वर्ग वा दलको एकलौटी नारा होइन । गणतन्त्र ल्याउन खोज्ने सबै आतंककारी होइनन् । लोकतान्त्रिक आन्दोलनमा गणतन्त्रको आवाज उठ्नुपर्छ भन्ने वक्ताले बोलेका शब्दलाई स्वतन्त्र सञ्चारले लुकाउन मिल्दैन’ मैले जवाफ दिँदै गर्दा उनले ढ्याक्क फोन राखिदिए । किन राखे उनैलाई थाहा होला । एउटा पत्रकारले समाचार तोडमोड गर्नुहुँदैन । ‘गणतन्त्र’ भनेकोमा ‘राजतन्त्र’ लेखिदिएको भए के हुन्थ्यो ? भिरबाट खसेकोमा डुबेर मृत्यु भएको समाचार छाप्न नैतिकताले दिन्छ र ? नागरिक अन्यायमा परेका बेला उनीहरू खुसी छन् भन्ोर लेख्ोमा परिणाम के होला ?

      सत्य नलुकाई समाचार दिँदा मैले यतिबेला माओवादीबाट धम्की सहनुपरेको छ । ‘माओवादीले चितवनमा चन्दा उठाउने’ समाचार छापिएकै दिनदेखि धम्की आउन थालेको हो । वास्तविकता बाहिर आएकोमा जति विश्वस्त छु लोकतान्त्रिक शासनमा हुकुमी शैली ब्यहोर्न पर्दा दुःखी पनि छु । चन्दा नउठाउने माओवादीले भनेका भए समाचार आएकै दिनदेखि चितवनमा समाचारबिरुद्ध जनआवाज उठ्थ्यो होला । किन जनता मौन समर्थन गरिरहेका छन् ? सामान्य कमजोरीलाई पाठकपत्र पठाएर उत्तर खोज्ने जनताले समाचार गलत थियो भने त त्यतिबेलै औंलो ठड्याई हाल्थे नि ।

      समाचारको स्रोत खोल्न आइतबार र सोमबार चितवनका माओवादीले मलाई मोबाइल फोनबाट धम्क्याए । ‘स्वतन्त्रता र प्रजातन्त्रका पक्षमा लाग्छौं’ भन्ने माओवादीको भनाइलाई म अब कसरी पत्याउँ ?

      दुई साता अघिदेखि कान्तिपुरको मुख्यालय काठमाडौं आउने मेरो योजना थियो । व्यस्तताका कारण आउन सकेको थिइन । संयोगले चितवनकै पत्रकार मित्रहरू रमेशकुमार पौडेल र शिवजी गायक आइतबार काठमाडौं आउँदैहुनुहुन्थ्यो, म पनि सँगै आएँ । थानकोट भञ्ज्याङ आइनपुग्दै मेरो मोबाइलको घन्टी लगातार बज्यो । चितवनका माओवादी जनसरकार प्रमुखले फोन गरेका रहेछन् । उनले कान्तिपुरमा छापिएको समाचारले पार्टीलाई बदनाम गरायो, पाँच करोड रुपैयाँ चन्दा उठाउने हाम्रो लक्ष्य होइन, स्वेच्छिक चन्दा उठाएका हौं, भन्दै समाचार खण्डन गरिदिन भने । भनाइ रुखो थिएन । करिब दुई-तीन मिनेट कुरा चल्दै गर्दा मोबाइल लाइन आफैं काटियो । लगत्तै जिल्ला सेक्रेटरीले फोन गरिहाले- ‘ए….तपाईं काठमाडौं हो, समाचार लेखेर भाग्ने ? के लेखेको त्यो समाचार ? कस्ाले दियो यसको जानकारी ? नबोली कुरा सुन्नुस्, तपाईंलाई थाहा छैन हतियार बोकेका राजनीतिक दलको समाचार कसरी लेख्नुपर्छ ? कहिले हो चितवन र्फकने ? चितवन फर्केपछि समाचार लेख्न सिकाइदिन्छु ।’ फोनमा उनी एकोहोरो भट्याइरहे । त्यत्तिकैमा पुनः लाइन काटियो ।

      साथी रमेशले सोधी हाले- ‘माओवादीले के

      भने ?’ मैले सबै कुरा सुनाए । फेरि घन्टी बज्न सुरु भयो । मोबाइल कट गर्ने अनि कसले दियो समाचार ? नभनी भाग्ने- यस्तै-यस्तै १०/१५ मिनेटको फरकमा धम्कीपूर्ण भाषामा उनले सोधी रहे । उत्तर दिन खोज्यो कि ‘बोल्ने होइन, पहिला कुरा सुन्ने’ भनिरहन्थे उनी । एकोहोरो प्रश्नले तनाबमा परें म ।

      गलत खबर खण्डन गरिन्छन् । गलत समाचार दिने व्यवसायिक पत्रकारको कहिल्यै मनसाय हुँदैन । असहमति व्यक्त गर्ने कानुनी आधारको साहारा नलिई माओवादीले मलाई धम्क्याए । के यो लोकतान्त्रिक संस्कार हो ? समाचार यथार्थ भएकाले माओवादीले खण्डन गर्ने आँट गरेन धम्क्यायो मात्रै ।

      कतिसम्म भने उनीहरूले आफ्नो एफएम र मुखपत्र जनादेशमार्फत म फरार रहेको घोषणासमेत गरे । मेरो अफिसमा आउने अधिकारविरुद्ध बोले उनीहरू । एफएम र पत्रिकाबाट मेरो मोबाइल नम्बर प्रचार गरेर मलाई ‘अनावश्यक कल’ आगमनबाट दिक्क पारे । ‘चितवन फर्केपछि समाचार लेख्न सिकाइदिन्छु’ भन्ने माओवादीको वाक्यले मलाई सशंकित पारेको छ ।

      आधा दशक बढीको मेरो पत्रकारिता जीवनमा यस्तो धम्की कहिल्यै ब्यहोर्नुपरेको थिएन । राज्यबाट गरेका गल्तीलाई उत्साहसाथ समाचार सम्प्रेशण गर्दा जनताको आवाज बोलेजस्तो लाग्छ । कयौंपटक शाही सेनाको ज्यादतीविरुद्ध समाचार लेखें मैले । लोकतान्त्रिक आन्दोलनमा त्यतिकै खटेर समाचार लेखें । आज सत्य समाचार लेख्दा मलाई ‘प्रतिगामीको मतियार’ भन्न समेत लाज लागेन माओवादीलाई । माओवादीले दिएको अभिव्यक्ति मेरो मानवअधिकार हनन् त हो नै, समग्र पत्रकारिता क्षेत्रका लागि पनि असुरक्षित संकेत हो । यो उनीहरूको हुकुमी प्रवृत्ति हो ।

      पत्रकारितामा लागेपछि गल्ती गर्ने वर्ग या व्यक्तिको समाचार बनाउँदा धम्की खेप्नु पर्दोरहेछ । यो अनुभव मैले यसैपाला गरें । निरंकुशताका पुजारीहरू सत्यको बाटोमा हिँड्नेलाई दुःख दिन्छन् । यस्तो अनुभव धेरै पत्रकारले गरिसकेका छन् । शान्तिका लागि राजनीतिक फाँटमा अवतरण गर्न पुगेका माओवादीले पत्रकारिता क्षेत्रलाई हुकुमीशैलीबाट नियन्त्रण गर्न खोज्ोका छन् । यिनीहरूलाई जनताले कसरी विश्वास गर्ने ? शासन परिवर्तन भएरमात्र जनता खुसी हुँदैनन् राजनीति गर्नेेले आचरण पनि शुद्धीकरण गर्न सक्नुपर्छ । नियतमा अपराधी मानसिकता हटेन भने गणतन्त्र आउँदैमा जनता सुरक्षित हुन सक्दैनन् । स्वतन्त्र

      प्रेसलाई आत्मसात नगर्ने हो भने पुरानो निरंकुशता र नयाँ सामन्तवाद जनताका लागि बराबर हुन् ।

      पत्रकारको सबैभन्दा महत्त्वपूर्ण आधार समाचार स्रोत हो । म गोप्य राख्नुपर्ने स्रोत खोलेर पत्रकारिताको सिद्धान्त उल्लंघन गर्न चाहन्न । चितवनमा माओवादीलाई चन्दा दिन बाध्य पारिएका सबै व्यक्ति र संस्था प्रमाण हुन् । कुनै पनि हतियारधारीले हाँसेर मागे पनि दिने व्यक्ति भयमुक्त रहन सक्दैन । ऊ बाँच्न चाहन्छ र ऋण खोजेर भए पनि चन्दा दिन बाध्य हुन्छ । मैले लेखेको समाचारमा बाध्य पारिएका सयौं जना स्रोत हुन् । समाचारमा चन्दा उठाउन खोजिएको कुरा लेखिएको छ । असार मसान्तसम्म माओवादीले चन्दा उठाउने भनिएको हो । जबर्जस्ती चन्दा मागेर सर्वसाधारणको विचल्ली भइसक्यो भनेर लेखिएको छैन । पक्कै हो जबर्जस्ती चन्दा दिँदा धेरैको व्यवहार डाँबाडोल हुन्छ ।

      Posted on: 2006-06-15 20:00:49

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कृष्ण पौडेल

      वार्ता अगाडि बडेको राम्रो हो तर यो जम्बो अनुगमन समिति फेरि किन ? यदि एक आपसमा विश्वासको वातावरण भएको भए त यति ठूलो अनुगमन समिति नामको अर्को व्यवस्था नगर्दा जाति हुने हो क्यारे ! फेरि शीखर वार्ता अगाडि बढ्ने बेलामा यी विभिन्न रंगका मध्यस्थकर्ता किन चाहिएको हो ? के वार्ताका पक्षहरु एकापसमा खुलेर कुरा गर्न अझ डराइरहेका छन र तिनीहरुलाई सन्देश आदान प्रदान गरिदिने ‘नारद’ हरुको दरकार परेको हो कि ? दुईटा वार्ता त्यति मजाले हाँसी हाँसी सकेपछि यी वीचमा उभिइदिने किन चाहिएको हो अहिले आएर? तर कामकुरा । सम्झौता एकातिर भएपनि माओवादीले भने देशको राजनीति अब आफ्नो पोल्टामा आइसकेको ठानिसकेको जस्तो छ । नया सत्ताको नाममा एकछत्र चन्दा राज,आँफुले मन नपराएकालाई नाना आरोपमा कारवाही प्रकृया जारि नै राखेका छन हाम्रा कामरेडहरुले त । हेर्नुस त आजको कान्तिपुर एउटा १७ वर्षे विशाल तामाङ नामको स्कूले विद्यार्थीको फेरि हत्या गरेछन । अब सुराकी थियो भनी आरोप लगाउने होलान ।
      प्रजातन्त्र वा लोकतन्त्र जे भन्नुस संस्कार र आचरणमा इमान्दारिता छैन र अरुले के भन्यो भन्ने कुरालाई रौँ जति पनि सहन गर्न सकिन्न भने त यो अर्कै ‘तन्त्र’ नै बन्छ , तन्त्रको नामले मात्र केही हुने वाला छैन । हिजोका संसदीय शक्तिहरुले साना पार्टिको अस्तित्वलाई बुझ्न नसक्दा , एउटा चोइटिएको संयुक्त जन मोर्चा माओवादी शक्तिको रुपमा यत्रो बन्न सक्छ भने , फेरि सबैलाई नसमेट्ने राजनीतिले देशलाई अनन्त सम्मको संक्रमणकालमा अवस्य धकेल्नेछ । आफ्ना पार्टि समर्थकलाई मात्र जनता देख्ने , र पार्टि कार्यकर्ताको भलो मात्रै जनभलो देख्ने अदूरदर्शी राजनीति अझै पनि काङ्ग्रेस ,एमाले, माओवादी राजनीतिको चरित्र हो भने नेपाली दरवारलाई पनि सत्चित शमशेर र निक्षे जस्ता पारिवारिक दूनो सोझाउने ‘यसमेन’नै चाहिन्छ ।
      भन्न खोजेको कुरा के भने नेपाली राजतन्त्र राख्ने वा फाल्ने कुराले मात्र हाम्रो देशीय राजनीतिको रोगहरुको उपचार गर्दैन । यसलाई राखेपनि फालेपनि सर्वसाधारणलाई त्यति ठूलो असर यसले गर्दैन , जहाँसम्म यो त्यही पर्खालको सरहद भित्र रहन्छ। तर नेपाली राजनीतिको मूल चरित्र पूर्ण समावेसी भएर अगाडि नबढ्दा सम्म आफ्नो गोरुको बाह्रै टक्का भनेर भनेर अघि बढ्न खोज्ने राजनैतिक पक्षलाई दरवारले डर देखाएको भने साँच्चै हो । त्यसैले गिरिजाको मूढाग्रह विरुद्ध ६० दिन संसद रोक्ने एमाले पनि दौडेर राजाकोमा पुगेर अगाढि बढ्न अनुरोध विसाएको हो , राजा विरेन्द्र संग अघोषित कार्यगत एकता थियो र धिरेन्दसंग आत्मीय( पत्राचार सहितको) संबन्ध थियो भन्ने माओवादी नेताको खुलासाले पनि राजा र दरवारले कसरी विभिन्न राजनैतिक पक्षलाई ढाडस दिएको थियो विगतमा भन्ने प्रमाणित गर्दैन र ?
      कतिपयले हण्डि खाने पत्रकार भएको आरोप लगाएको कुरादेखि मण्डले भएको आरोपमा मलाई धकेलेको सन्दर्भमा , मेरो विचारमा राज रहनु र नरहनु ले देसलाई माथि उटाउने काममा जनताको अब त्यति भुमिका खेल्दैन। तर विषम भौगोलिक जटिलतामा वाँचेको हाम्रो गरीब मुलुकका लागि अन्तर्राष्ट्रिय समुदायको मतले पनि ठुलो माने राख्छ । एउटा गरिब मुलुक जस्को ८-१० लाख विदेशिएको अदक्ष जनशक्तिले पठाएको रेमिटेन्सबाट बहुसंख्यक जनताको गुजरबसर चलिरहेको छ अनि त्यो मुलुक जस्को कर्मचारीको तलब सम्म विदेसी अनुदानमा भर गर्छ , त्यस्तो मुलुक त्यतिकै चमत्कारिक विकासमा छलांग मार्ने दिवास्वप्नमा कोहि पनि नरमाए हुन्छ । अनि देश कसैको नाराले पनि निर्माण हुने कुरा हैन । फेरि पम्फादेवी र ज्ञानेन्द्रशाहका स्विस खाताहरुले देश विकास हुने कुरा कसैले सोचेको छ भने , फिलिपिन्सका मार्कोस , रुमानियाका चाउचेस्कु , नाइजेरियाका भु पू तानासाह र लाइबेरियाका चार्ल्स टेलरका स्विस खाताको रामकहानी पढे हुन्छ जुन कहिलै देश बनाउनका लागि फर्केर आएनन् ।
      अत; राजनैतिक निकासकालागि समन्वयवादी मार्ग त्यहि हो जहाँ सबै राजनैतिक पक्षहरु सम्शलिष्ट बनून र समानुपातिक प्रतिनिधिको व्यवस्थाले समावेसी प्रजातन्त्र वा लोकतन्त्रको हिस्सा बनेर रहून । अटाएसम्म राजा पनि त्यहाँ अटाए ठीकै छ । तर राजा मेरा ससुराली वा मावली पट्टिका नातेदार हैनन न त उनी मेरा बाबु नै हुन र मैले जिन्दगीमा कसैको ‘हण्डि’ लिएको पनि छैन हजूर । मत केवल एउटा सानोतिनो जागिर खाने र फूर्सदमा इण्टरनेटमा समय विताउने मान्छे ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • **** Turning Point – Peaceful or Chaos Country ****

      Where will this talk leads to – Peaceful and Prosperous Nepal or Failed and Chaos Nepal. The sign looks bright but we can not trust them yet. There is still a lot of things to be done. Careful ! Both groups are politicians who pluck their opportunities to lead their own ways. Cordial talks and sweet smiles may deceive us. We can only hope for the final outcome is to be good for all Nepalis but not for these corrupt politicians.

      We still have to see Maoists come in line with the main stream politics. They still have to lay down their numerous weapons. Will they listen to people’s voice or will they still consider ‘The power flows through the barrel of guns’ ?

      Once Maoists lay off their weapons, they will have to listen to the people and worship the Ballots but not the Guns. They should also know that people do not like violence any more in the country.

      The talk definitely shows the brighter side the country is heading to. At the moment, we can only dream for Peaceful Country but not yet Prosperous Country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BhojpureRai

      एक तर्फी प्रवेश मात्र भएका मार्ग हरु
      १. कम्युनिस्ट: कोही कट्टरपन्थी कम्युनिस्तमा पसिसके पछी मुर्दा भए पछी मात्र निस्कन सक्छ, जिउदै सक्दैन; हाम्रो माओबादी लाइ नै हेरौ न
      २. माफिया: कोही माफिया को ग्याङमा शामेल भाई सके पछी जिउदै उक्त पेशा बाट निस्कन सक्दैन
      ३ मुसल्मान: मुसल्मान धर्म भित्र पसी सके पछी त्यस बाट आर्को धर्म मा परिणत हुने चेस्टा गर्नु भने को मृत्यु बाराण गर्नु हो, एक चोटि पसे पछी जन्म जन्मान्तर मुसलमान नै रहनु पर्छ
      ४ बेश्या: एक चोटि यो पेशा मा कुनै केटी फसी सके पछी उ बाहिर निस्केर बाच्न सक्दिन, त्यसैले यो पनि एक तर्फी प्रवेश मात्र भएको पेशा हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • myyogen

      People expects peace and prosper Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hi!
      Umesh Ji!
      Now mayo and seven parties are doing meeting. I suggest them give work for all Nepali people and give food, Health facilities and education in economy. Now Private schools are taking more money. If the educational and Health problems are solve we get all satisfied.
      Nepali are not lazy but they are not get idea how to work. Control the market price and down the consumable products price. It is very important and all Nepali get benifit.
      OK. please convey this message

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Paudel

      Anyway, the talks are going on and some new committees are being formed. This whole episode suggests that both the sides are enjoying talks for talks ,if not for an outcome. This ‘barta’ seems still on its goodwill phase and both the sides are enjoying their dance on the periphery rather than daring to enter into the crux of the matter. It just shows that there is lack of faith between the negotiating sides. After going along the talks for two phases and paving way for the summit talks why is it necessary to bring in a team of facilitators at this moment? Doesn’t it let us conclude that there are issues they fear to discuss in direct talks?
      However, it is better to make delay and reach conclusions that is suitable for all the political sides than to be in haste and ruin everything.
      Nepal now needs a participatory democracy through the proportional representational system that does not allow the majority to crush all the minorities. The ethnic and political make up of the nation will not simply allow the hegemony of the majority party to be the polity of the nation. The institution of Monarchy can still survive if it commits to compromise with the will of people .Looking into international politics , if Monarchy can survive and can be reinstated in a communist regime of Cambodia after so much of bloodshed( at least one million people), why can not it in Nepal ? If down and out king Birendra could be so much popular at his death after a decade of multy party restoration , I still believe the king may survive. After all, all the international politics that concerns Nepal also wishes Nepal to retain his position for the king. There have not been instances in International politics that the king has been voted out. We can curtail and control king’s privileges but may not be able to vote him out. If we truly want him go, we need to relaunch yet another bloody revolution.
      In my earlier comment , I gave my opinion that the political parties in Nepal have not matured enough to take the state responsibilities in themselves. I am still firm in my opinion that the political parties which had 14 different governments in 14 democratic years after the democratic restoration of 1046 v s will not be able to lead the nation toardws success even if they are given this opportunity. The Nepali political parties do have strong sense of hatred towards each other and despite claiming themselves as democratic they don’t have the attitude and behaviour to respect the dissenting and different views. people for them are their party cadres and politics for them is the welfare of their supporters. This feature of Nepali politics is there from the king to the Maoists . Just the king chose T Giri and Sactchit Sumsher and others will do the same given the opportunity,’mauka’.
      So long as Nepali politics is the captive of this short sighted polititics, we will better do with all the political forces being there to check and balance each other. If given the free reign, only a new type will fill the vaccuum left by the king .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ravi

      this red shirt man is his neighbour, a commander in maosit force. he was also there during first talk. you can check picture tooo, if u like. Donot make fun

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepal

      just how to hold a chair, when will these leaders talk about how to develop and control corruption, nationalisation all king property, bring all soliders and police from thier officers house to aviod doing household jobs.who knows Umesh jee

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Poonam, New York

      उमेशजी,

      सकारात्मक कुराहरु अगाडि बढदा खुशि हुनु त पर्यो नै, माओवादि लाइ राजनैतिक निकाश पायिने भयो भनेर भने सरकार् लाइ शान्ति आउने भो भनेर । सिर्फ मुतको न्यानो न होस, यहि हाम्रो कामना छ। अनुगमन प्यानेल म महिला को प्रतिसत पुगेन कि?

      आर्को कुरो, अब विद्यार्थिहरु पनि अलि कति समयमीत हुनु पर्छ होला, सबैको बिचार अगाडि राखेर चुनाबि प्रकृया मा ठोस निर्णय लिने समय त सम्बिधान सभा को बेला होयिन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hamburg

      उमेशजी,

      हे भगवान्! अब छिट्टो वार्ता भएर चाडै निकास निस्केर शान्तिको वहाली होला! आशा गरौं नेपालको मुहार फेरिनेछ होला! प्रचन्ड र गिरिजा एउटै टेबुलमा बसेर वार्ता गरेर देशमा अब तीब्रताका साथ राजनैतिक पार्टीहरुबीच मेलमिलाप गरेर विकास निर्माण गर्ने कुरा मिले कति राम्रो हुन्थ्यो! महराजीको जस्तो हाँसो सबै नेपालीको मुखमा देख्न पाईयोस्।

      दिपस कणेल, जर्मनी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sarita

      i am sure many of us are very happy today and also very optimistic.HERE AT THIS MOMENT OUR HAPPINESS KNOWS NO BOUNCE.

      long live nepal.we want peace ,peace and only peace.lets cross our finger for the best.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ek ajnabi from brussels.

      महरा जि लाई बाटो दोरा उने त महरा जि को आफ्नै भातिजो हो नि । ल एक्पटक फेरी फोटो हेर्नु होस् ।
      कस्तो सेम अनुहार छ ।
      होईन त उमेश जि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kasturi

      Umesh Ji !
      Can you bring this humaniterian issue that the Indians are giving cruel turture in the Patna jail for the maoist political prisioners (news in KS online.com).

      Can that 31 members jamboo monitering team will have eyes towards the crual acts of the so called democratic Indian government.

      Kasturi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • smriti

      GOOD LUCK TO NEPAL. I AM VERY OPTIMISTIC THIS TIME BECAUSE OF THE PEOPLE IN THE WARTA TOLI.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kasturi

      Umesh Ji !
      I salute the students who have shown their strong support towards the peoples republic in Nepal. It is also praised worthy giving strong disagreement against the view that GP Koirala has expressed.

      I am also not sure why so sweet laughing after the second meeting! The news spread today that GP Koirala said all parliamentary parties had 10 minutes clapped in favour of monarchy. If this is right, the sweet laughing of KB Mahara has no meaning at all. They can prepare to start other means rahter than sitting for meaningless dialogue.

      However, I do not believe that all parliamentary parties have accepted monarchy as Koiral says. If this is true, then people have no other options than start Janaandolan III. It is really a shame that the NC leader has said so, he never understand peoples’ strength, because he does faith on the people’s voice.

      It is shame that they support feudal system and monarchy. It is shame that they work in the directions of expanist India and the imperialist US.

      Parties should try to understand that Nepali people hate Gyanendra and Paras. They do not support the monarchy.

      It is really shame that the parties have not been able to understand from the 60 years long struggle for democracy in the country.

      The parties do not understand how to respect the martyres’who have lost their lives for change.

      Kasturi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • daya

      Mainle bujna naskya kura K, kina barta five star hotel wa resort ma garnu paryo. Sarkar mitabyai hune bhancha, maobadi pujibadi sanskriti ko birodh garch tara barta bhane hotel ma..ammai. Ke ho mitraharu Hafure ko Makai le kam nagarne tha payera hotel ko swad lya ho ki ke ho.Mojcha commrade harulai..afa maya jal ma fasyau jasto cha..jangal ghas pat hoina..hotel ko mistanna le ramailo garaun..tyei bhayera hansay hola..je bhaye pani kam ramro garnu. des lai anta katain nabujahunu..ramrari sabilai chetna bhya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bl

      महारजिलाइ बाटो किलियरगर्ने रातो कमेज लगाउने ह्राण्सम् ब्याक्त्ति होलान् कमाण्डर । नर्त्र अरुको होलार?

      त्यो ३१ सदस्सिय समितिमा कतिजना महिलाछन्? त्यहाँ बिद्धादेबि भण्डारिलाइ पनि राखे कस्तो होला? उनि १ जनालाइ राखेमा उनको महिलाको ३३ प्रतिसत् सपना पुराहुन्थोकि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      Great!
      well done comrade!
      Its time to do something new and creative for the welfare of Nepalese.

      Corruption and loot????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna koirala

      BEST OF LUCK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker