२०६३ जेठ १९, शुक्रबार
यो हुने हो कि त्यो हुने हो भन्ने आशंकाका बीच माअोवादीहरुको बहुप्रचारित काठमाडौंको खुलासभा शान्तिपूर्ण रुपमा सम्पन्न भयो। न राजाले हेलिकप्टर प्रयोग गरेर भोटोजात्रामा उपस्थित हुनुपर्यो, न माअोवादीले हतियारसहित आएर उपद्रो मच्चाउँछन् भनेर मच्चाइएको हल्ला सही साबित भयो। सभामा प्रचण्ड आउँछन् भन्ने हल्ला थियो तर देखिए प्रचण्डका बुबा मुक्तिराम दाहाल। काभ्रे, सप्तरी, धादिङ, रौतहट, चितवन आदि ठाउँहरुबाट सहभागीहरु आएका थिए। कति त पहिलो पटक काठमाडौं आएका थिए। सिंहदरबारलाई देखेर केही सहभागी सोध्दै थिए- राजा बस्ने घर भन्या यही हो ? चोकचोकमा व्यापक सुरक्षाकर्मी तैनाथ थिए, तर उनीहरुले सामान्य झडपको स्थितिसमेत बेहोर्नु परेन।

मञ्चको बायाँ छेउमा प्रचण्डले मुठ्ठी उठाउँदै गर्नुभएको एउटा विशाल फ्लेक्स प्रिन्ट पोस्टर थियो। पृष्ठभूमिमा माछापुच्छ्रे हिमालको टुप्पोमा कम्युनिस्ट झण्डा गाडिएको देखाइएको थियो। फोटोः उमेश
आज बिहान ५ बजेतिरमात्रै सुतेको थिएँ। तर १० बजे नै उठ्नु परिहाल्यो। उठेर हतार-हतार केही खाएपछि म बाहिर निस्किहालेँ। माअोवादीहरुले आमसभाका लागि पास चाहिने नियम बनाएका छन् रे। पास बिना पस्न दिइँदैन भनिएकोले म पास लिन साथी मणिले भनेको ठाउँ बागबजारतिर लागेको थिएँ। असनमा माअोवादीहरुको जुलुस भेटियो। लामो रहेछ जुलुस। चर्का नारा लगाउँदै हिँडिरहेका थिए उनीहरु। रत्नपार्कको आकाशे पुलमा पनि रातो झण्डा गाडिएका थिए। अनि त्यहाँ पनि माअोवादीका स्वयंसेवकहरु रहेछन्।
बागबजारमा अखिल क्रान्तिकारीको सम्पर्क कार्यालय छ। तर त्यहाँ पास सकिसकेको रहेछ। अनि त्यहाँ रहेका केही पत्रकारहरु सभास्थलमा नै जाने भनेर त्यतातिर लागे। म भने परेवाका अर्का साथी कृष्णले अघि नै पास लिएर आएको कुरा सुनेपछि उसको पास लिन कमलपोखरीतिर लागेँ।
पासमा माअोवादीको उपत्यका कमाण्डका इञ्चार्ज अनन्तको हस्ताक्षर रहेछ। पाससहित एउटा पत्रकार लेखिएको क्याप पनि लाउनु पर्ने रहेछ।
बाटो-बाटोमा स्वयंसेवकहरु देखिन्थे। पुतलिसडकबाट बागबजार जाने बाटोमा रातो टिसर्ट लगाएका केही माअोवादी स्वयंसेवकहरु नेपाल प्रहरीका ट्राफिकसित मिलेर ट्राफिक व्यवस्थापन गर्दै थिए।
आमसभाका कारण यातायत पूरै प्रभावित भएको थियो। सुन्धाराबाट रत्नपार्क आउने बाटो पूरै जुलुसमा भाग लिन आउनेहरुबाट भरिएको थियो। घण्टाघरदेखि भद्रकालीसम्म पनि जताततै मान्छे नै मान्छे थिए।
म विद्युत प्राधिकरणतिरबाट खुलामञ्चमा प्रवेश गरेँ। केही सहभागीहरु बाटैमा मजाले पलेँटी कसेर बसेर भाषण सुन्न तयार भइरहेका देखिन्थे। खुलामञ्चबाट तार राखी तानेको माइक बागबजार जाने गल्लीबाहिर रत्नपार्कसम्म र उता भोटाहिटी चोकसम्म राखिएको थियो।
खुलामञ्चको मूल मञ्चमा प्राथमिक उपचार केन्द्र बनाइएको थियो। सम्बोधनका लागि मञ्च भने दायाँतिर वीर अस्पतालको साइडमा छुट्टै बनाइएको थियो। खुलामञ्चको मञ्चमा भन्दा यसरी छेउमा कार्यक्रम गर्दा धेरै दर्शकले हेर्न पाउँछन् भन्ने मान्यता रहेको छ। त्यसैले पहिला पनि केही कार्यक्रम अलग मञ्च बनाएर भइसकेको छ।
खुलामञ्चभित्र छिर्न त छिरेँ तर मञ्चअगाडि पुग्न भने असंभव जस्तै नै देखियो। जताततै मान्छे थिए। केही स्वयंसेवकहरुलाई अनुरोध पनि गरेँ पास देखाउँदै। उनीहरुलाई पनि थाहा रहेनछ कताबाट अगाडि जाने हो भनी। अनि वीर अस्पताल साइडतिरको गेटबाट जान सकिन्छ कि भनेर त्यतातर्फ लागेँ।
नभन्दै हो रहेछ, त्यहाँ मञ्चसम्म जान स्वयंसेवकहरु दायाँ बायाँ बसेर बाटो बनाइएको रहेछ। पास देखाएपछि उनीहरुले मलाई जान दिए। अनि म त्यो बाटोबाट अगाडि मञ्चतिर लागेँ।
कार्यक्रम व्यवस्थित रहेछ। सञ्चारकर्मीहरुका लागि मेचको व्यवस्था गरिएको रहेछ। त्यसभन्दा पछाडि स्वयंसेवकहरुको घेरा रहेछ। त्यसपछाडि सांस्कृतिक टोलीका सदस्यहरु बसेका रहेछन्। अनि त्यसपछाडि मात्र सहभागीहरु।
पत्रकारहरुलाई रातो र सेतो दुई प्रकारका क्याप बाँडिएका थिए। हतियारधारी कोही पनि देखिएनन् त्यहाँ। स्वयंसेवकहरुले रातो रंगमा अगाडि प्रचण्डको फोटो र हसिया हथौडा भएको अनि पछाडि स्वयंसेवक लेखिएको टिसर्ट लगाएका थिए।

पत्रकारहरुलाई बाँडिएको क्याप र पास। फोटोः उमेश
वीर अस्पतालको छतमा बसेर सभा हेरिरहेकाहरु पनि थुप्रै थिए। अस्पताल अगाडिको रुखमा चढेर सभा हेरिरहँदा रुखको हाङ्गा भाँच्चिएर दुर्घटना भएको थियो। शायद केही घाइते भए होलान्।
दिउँसो १ बजेर १० मिनेट जाँदा कार्यक्रम सुरु भयो। कार्यक्रमको सञ्चालन गर्नुभएको थियो माअोवादीका केन्द्रीय सदस्य देवेन्द्र पौडेल ‘सुनील’ ले।
सुरु मै उहाँले तपाईँहरुले प्रचण्ड आउनुहुन्छ भन्ने हल्ला सुन्नुभएको होला भन्दै नेपाल सरकारले प्रचण्डले सम्बोधन गर्ने वातावरण बनाअोस् भन्दै प्रचण्डले सम्बोधन गर्दा यता खुलामञ्चमा हैन, उतापट्टीको सैनिक मञ्चमा गर्ने पनि बताउनु भयो।
सभाको सभापतित्व अग्नीप्रसाद सापकोटालाई गर्न लगाइयो। उहाँले सामन्तीलाई झुकाएको मात्र हो, पूरै खत्तम पार्न बाँकी नै छ भन्नुभयो।
त्यसपछि प्रचण्ड र बाबुरामको तर्फबाट खुलामञ्चमा उपस्थित जनसमूहललाई अभिनन्दन सुनाइयो। अनि आसन ग्रहणको कार्यक्रम सुरु भयो। आसन ग्रहण गर्नेमा प्रचण्डका पिता मुक्तिराम दाहाल पनि हुनुहुन्थ्यो। हट्टाकट्टा देखिनुहुँदो रहेछ उहाँ त।
म यहाँ वक्ताहरुले के-के बोले भनेर लेख्न गइरहेको छैन। किनभने त्यो सबै तपाईँले अडियो ब्लगमा सुन्न पाउनु हुनेछ। भोलिदेखि म त्यसलाई अपलोड गर्न थाल्नेछु।
कार्यक्रम हुँदै गर्दा पनि बाहिर जुलुस आउने क्रम जारी थियो। खुलामञ्चमा नअटाएपछि मानिसहरु बाहिरै पनि बसिरहेका थिए। माअोवादीहरुले ५ लाख मानिस काठमाडौंमा उतार्ने भन्ने सुनिएको थियो। तर धेरैले आजको संख्या २ लाख जति भएको अनुमान गरे। सात दलको विजय सभाभन्दा धेरै बढी थियो आजको ‘मास’। सहभागीहरु भने काठमाडौंबाहिरबाट आएका देखिन्थे।
सभा हुँदै गर्दा परेवाका लागि समाचार टिपाउने काम म र मणि मिलेर गरिरहेका थियौं। भीड भएको ठाउँमा मोबाइल तुरुन्त नलाग्ने पनि टेन्सन नै हुने। तर पनि सैनिक मञ्चमा माअोवादीले कब्जा गरेको न्युज अनलाइनमा ब्रेक गर्न परेवा नै पहिलो रह्यो।
कान्तिपुर एफएमका साथी पवन आचार्य सँगै बसेका थियौं हामी। उनले सहभागीहरुको अन्तर्वार्ता लिएका रहेछन्। उनका अनुसार धेरै जना चितवनबाट आएका छन् रे। एक जना युवतीलाई तपाईँ कहाँबाट आउनु भएको भनेर उनले सोध्दा उनले त ठाडै ‘तपाईँलाई किन चाहियो ?’ भनी जवाफ फर्काइछन् रे भनेर पवन रमाइलो शैलिमा गफ सुनाउँदै थिए।
नेवाः मुक्ति मोर्चाका पवनमान श्रेष्ठ उर्फ प्रभाकिरणले सम्बोधन गर्दैगर्दा सैनिक मञ्चतिर माअोवादी कार्यकर्ताहरु प्रवेश गरेछन्। एकछिन होहल्ला भयो। उनीहरुले तीन वटै मञ्च कब्जा गरी नाराबाजी गर्दै झण्डासमेत गाडेको देखियो।
देवेन्द्र पौडलले बारम्बार त्यता गएकाहरुलाई संयमित भएर बस्न आग्रह गर्नुभयो। सैनिकहरुलाई पनि संयमका साथ रहन र आफ्ना कार्यकर्ताहरुलाई पनि नारा लगाएर उत्तेजना फैलाउने काम नगर्न उहाँले मञ्चबाट धेरै पटक आग्रह गर्नुभयो।
अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले एकदम जोसिलो शैलिमा सम्बोधन गर्दै प्रचण्ड र सर्वहारा वर्गको हेडक्वार्टरले सैनिक मञ्च कब्जा गर्ने आदेश दिएको छैन, त्यसैले शान्त रहनुस् भनी फेरि संयम र धैर्य अपनाउन आग्रह गर्नुभयो। त्यहाँ संयम र धैर्य जस्ता शब्दको प्रयोग सय पटकजति भएको थियो होला। ‘आदेश आयो भने हामी मञ्चमात्र हैन, दरबार पनि कब्जा गर्नेछौं, त्यसैले अहिले शान्त रहनुस्। वार्ताको टेबलबाट समस्याको समाधान गर्न पार्टी यहाँ आएको छ भन्दै क्रान्तिकारीले धैर्य अपनाउनु पर्छ भनेर उहाँले भन्नुभयो।

प्रधानमन्त्रीको आदेश मान्न जनसेना तयार छ भन्दै गरेका डेपुटी कमाण्डर प्रभाकर। वक्ताले प्रयोग गर्ने ड्यासमा पनि प्रचण्डको फूलमाला लगाएको अर्को फोटो राखिएको थियो। फोटोः उमेश
त्यसपछि कयौं युध्दमोर्चाको नेतृत्व गरिसक्नुभएका माअोवादी सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा ‘प्रभाकर’लाई सम्बोधनका लागि बोलाइयो। उहाँले आउने बित्तिकै मञ्चबाट जनसमूहतिर फर्केर सैनिक शैलिको स्यालुट गर्नुभयो अनि ड्यासतिर जानुभयो।
चोक-चोकमा शान्ति सुरक्षा गर्न जनमुक्ति सेना तयार छ भन्दै उहाँले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई रक्षामन्त्रीको हैसियतले सेनाले तपाईँको आदेश मान्दैनन् भने जनमुक्ति सेना अब तपाईँको आदेश मान्न तयार छ भन्नुभयो। त्यसैगरी गृहमन्त्रीले प्रहरीले सुरक्षाका लागि सहयोग गरेनन् भन्दै गुनासो गरेको सुनिएको छ, त्यसो हो भने लाखौं जनमिलिसिया शान्ति कायम गर्न तयार छ भन्नुभयो।
‘म जनमुक्ति सेनाको डेपुटी कमाण्डरको हैसियतले युध्दको हैन, शान्तिको प्रस्ताव लिएर आएको छु’ उहाँले भन्नुभयो। युध्दका क्रममा भएका कमीकमजोरीका घटनाप्रति उहाँले ‘क्षमा चाहन्छु’ पनि भन्नुभयो।
त्यसपछि वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा। आम्मामा…कति बोल्न सकेको हो ! मैले कहिले पनि सुनेको थिइनँ माअोवादीहरुको भाषण। यति लामो भाषण त मैले अहिलेसम्म सुनेको थिइनँ होला। १ घण्टा ७ मिनेट लामो थियो उहाँको भाषण। अलि अभ्यास गर्नुभयो भने महराले नेपालमा सबैभन्दा लामो भाषण गर्ने रेकर्ड राख्नसक्नु हुन्छ होला। विश्व रेकर्ड भने राख्न सक्नुहुन्न होला किनभने १५ हो कि १६ घण्टा लगातार भाषण गरेको रेकर्ड छ क्यारे क्युबाली नेता फिडेल क्यास्ट्रोको।
त्यत्रो लामो भाषण गरे पनि टिप्ने कुरा भने केही छैन भन्दै दायाँबायाँ बसेका पत्रकार साथीहरु गुनासो गर्दै थिए। सबै राजनीतिक कुरा थिए र समाचार बनाउन लायक बुँदा उनीहरुले भेट्टाइरहेका थिएनन्।
आफूहरुले आचार संहिताको पूर्ण पालन गरेको तर दोस्रो बुँदामा रहेको हतियार लिएर त्रसित गर्न नपाइने बुँदालाई सत्ता पक्षले उल्लंघन गरेको आरोप लगाउँदै महराले यसलाई आफूहरुले आशंकाले हेरेको बताउनु भयो।
अबको वार्ताको टेबुलबाट राजनीतिक रोडम्यापमा प्रवेश गर्न चाहन्छौं भनी उहाँले बताउनु भयो। सात दलको रोडम्याप जनतालाई भुलाउने, प्रतिगामी शक्ति पनि अटाउने भएकोले आफूहरुको रोडम्यापमा आउन उहाँको आग्रह थियो।

दुई थरिका माअोवादीः एकको टिसर्टमा ब्रिटनी स्पियर्स, अर्कोको टिसर्टमा प्रचण्डको फोटो। फोटोः उमेश
वार्ता टोलीका अर्का सदस्य दीनानाथ शर्माले आफ्नो नाममा समेत चन्दा उठाउन भिजिलाण्टेहरु लागेका हुनाले अब चन्दाका नाममा कसैले धम्क्यायो भने उजुरी गर्न वार्ता टोलीको सम्पर्क कार्यालय खोल्न लागेको बताउनु भयो।
सभालाई पम्फा भुषाल, वार्ता टोली सदस्य देव गुरुङले पनि सम्बोधन गर्नुभएको थियो। सभापतिको आसनबाट अग्नीप्रसाद सापकोटाले दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने माग गर्नुभयो।
कार्यक्रम सकिएको अौपचारिक घोषणा भएपछि भने सबै सहभागी आफ्ना नेताहरुलाई नजिकबाट हेर्न हो कि किन हो अगाडि आएपछि ठेलमठेल भएर झण्डै किचियो। बल्लबल्ल भीडबाट निस्कन पाइयो। उनीहरु नारा लगाउँदै फर्किए। बाहिर पूरै सडक भर मान्छे नै मान्छे थिए।
माअोवादीहरुको यो कार्यक्रमको उनीहरुको एफएमले प्रत्यक्ष प्रसारण गरेको थियो।
(मैले खिचेका थप केही फोटोहरु र भिडियो भने म भोलिमात्रै अपडेट गर्नेछु)
No related posts.









Umesh ji,
Thanks a lot for Chaiman of Maoist(PRACHANDA). Sambidhansava dhilo hune dekhiyama ganatantra ghosanda garni kura chayi sarae maan paryo.
मन परे हरियो, नपरे रातो
0
0
Poudelji !
—————————————————
Do noty mind! Few discussions again. I have replied your comments elsewhere. Frist read them until you perceive the meaning what I mean to say. Do not go word by word, there might be hard words to accept.
——————————————————
Also here, I found interesting discussions by Gangaji and Jeewanji. I would like to include here.
I have confused mainly by two things: One, either you have very narrow thinking and biased mentality or you are inclined to support the army and police attrocities (means royalist: never mind! this a discussion). There is also a third things: a supporter of a “non-voilant movement”. I do not see any relavance to discuss the third thing.
—————————————————-
My observation is not far from two friends Gana and Jeewanji. You support the comments made by people like Dipendra who starts praising the army and police attrocities. Probably these type of people also enjoy the killing in Doramba (during the peace talk), Aneko Tansen Madi (during the ceasefire) disappearing people from the jail, etc.
Every body may hold his opinion as long as he is satisfied. If you are really in favour of unviolence movenment like Gandhibad, then why the ideas like Dipendras are not hurting you? You could have commented equaly against the army and police attrocities, while commenting on the maoist attrocities that you feel.
——————————————————
A person can be understood and viewed from his opinions. Do you agree? You may say, “your comments are close to the maosit”. You are neither right nor wrong 100% wrong. I do have reservations with them. I have stringly opposed the things that hurts specially to the normal people. Not in this discussion.
——————————————————
Take care and take it easy !
Kasturi
मन परे हरियो, नपरे रातो
0
0
के त अब हम्रो देश मा माओ वादि को सर्कार् हो त यो राम्रो भयेन
मन परे हरियो, नपरे रातो
0
0
hey u goin u …kieen neppalese guys good job but the job that u did in past was really 8888king horrible…..Show u r the best and lead nepal to the country of peace congrage to u all………….
मन परे हरियो, नपरे रातो
0
0
Umeshji,
You have put a great effort to tell us the reality what happened on that day. It is important specially to us who are staying abroad and could not observed the mass. I am really happy with all those clips which you put right from the beginning of Janaandolan. I congratulate you and I wish you all the best in the days to come. We, the supporter of republic Lokatrantra movement in Nepal, would like to support you with full hearted from our mind and body and would like to bring the attention of concerned of all involved in the Lokatrantra in Nepal.
Thanking you.
Bachchu Kailash Kaini
London, United Kingdom
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji,
As u said Fidel Castro make his speech for 15-16 hrs. IOur new comrade are also fopllowing that path. After all what can we expect from communist. They just know how to make popular Speech. They always talk for poor people, but give birth to Leader like Stalion, Kim Il Sung, Polpot, and so on. much more cruel than anycruel king of the world.
Lets not make country another north Korea.
मन परे हरियो, नपरे रातो
0
0
Really the mass participation looks so energetic,but my analysis get brake toward the political speech by Maoiest.
They never convey to the mass about the developmental structure and plans of Nepal in Future.
Just they are talking unnecessary despute regarding political harressment,which we are listening since we born.Almost Nepalese are well conscious and they want sustainable piece,progress,development and equal opportunity each other.
Thats way do not blame each other, joint your hands for matual co-operationand sustainable development.
IT makes me grief and my assurance to those Leaders……..
Laxman Neupane
Wembley London U.K
मन परे हरियो, नपरे रातो
0
0
श्री कृष्ण पौडेल जी
नमस्कार
तपाईका तर्क हरु सुन्दा मलाई पनि ज्यादै नै अचम्म लागेर आयो। कसैलाई कसैमा मुछ्नु को निम्ति लोगो र पास कै जरूरी पर्दैन । जहासम्म पास र लोगो को कुरा छ मैले अहिलेसम्म जहा पनि अयोजक हरु को लोगो भयेको पास नै देखेको छु । सायेद् हज्रुर को यो बिचार अलिकति पूर्बाग्रहि छ कि जस्तो लाग्यो ।
Whether you believe on violence or not……politics is always based on this. Is it better to judge everything wrong and seek every negative aspect within them whom you dont like?
Should we also need to build up the culture of positive attitude ? Mero goruko barhai takka ta hudaina hola ni haina ra?
Thanks
मन परे हरियो, नपरे रातो
1
0
wah,
Britny Sphere ko T shirt ka maobadi !!!!
Thanks maoist.. for your ideological turn
Perhaps it is the cultural revolution, isnt it ??
मन परे हरियो, नपरे रातो
0
0
NOW, WE have seen the true nature of mAOIST.
wHAT THEY would like to in the Sainik Manch. it is not only the stage where King sits but it is the stage where head of the state sits and observes the army function.
Maoist have shown TALIBANI style in kathmandu. at least they exhibit their true nature.
Looting. killing and oneparty autocrary and voilence is the motto of maoist in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
जीवन रोक्काजी ,
पत्रकारिताको धर्म निष्पक्षताको सिद्दान्तमा निहित हुन्छ र यसरी पार्टि विशेषका कपडामा पत्रकार वा अरुलाई लपेटिदिनु जसले गरे पनि ठिक हैन ।
जहाँसम्म म असहिष्णु भएँ भन्ने तपाईँको आरोपयुक्त जिज्ञासा हो त्यसमा मलाई यो कुरा मान्य छ कि म अहिंसात्मक धरातलको समावेसी लोकतन्त्रमा विश्वास गर्छु र हतियारकै बलमा हामी नै जनताका सच्चा प्रतिनिधी हौँ र अरु केही हैनन् भन्ने ठान्छ भने माफ गर्नुस I can not subsribe to such political philosophy and simply can not stand violence replete ideology .
faithfully
मन परे हरियो, नपरे रातो
0
0
हैन सधै येसरी हुल्याहा युबाहरुको भिद जम्मा गर्यो भासन् गर्यो। न कुनै देश् बनौने बाचा छ न शान्ती प्रतिको प्रतिबदता छ । बिकास् भयर् सन्सार् काहा बात काहा पुगी सक्यो !!!!
bhasan ke liya samya baad achhaa hai !!!
gr paudel
मन परे हरियो, नपरे रातो
0
0
Maobaadi ko karan le kati didee bahini haru bidhawa bhaye, kati baal baalika tuhura bhaye, kati aamaa haru ka kaakh ritiye, kati budha budhi ka budheskaal ko sahara gume ? Maobadi lai hero banaune ra samarthan garne haru lai uni haru ko aashu le awasya saraapne chhan.Tara ke garnu comunist haru dharma nai maandainan.
मन परे हरियो, नपरे रातो
0
0
Janak Raj Gautam jee, I agree with you. Tara malai ke bhanna man laageko chha bhane, nepal ko history maa aaja samma jati pani sarkaar aaye kasaile pani janata ko paksha maa kaam garenan. Tyasai ko phaida ahile maaobaadi haru le lirakheka chhan.uni haru le pani garne ta kehi hoina. Pheri uni haru ko kriya kalap haami le nadhekheko hoina.Bheda nepali haru lai prayog garna payeka chhan. Nepali haru ko buddhi nai yestai chha bhane k garne.
“Shree Pashupati nath le nepali haru lai sadhbuddhi deyos”
मन परे हरियो, नपरे रातो
1
0
कृष्ण पौडेलजि,
कुनै पनि सघं सस्थाले दिने पासमा त्यसको लोगो हुन्छ भन्ने कुरा नवुझि किन प्याच्च वोल्नु परेको होला । फेरि लोगो अकिंत पास लगाउदैंमा कोही कसैको समर्थन वा त्यसको सदस्य पनि हुदैंन । पासको अर्थ सम्वन्धित कार्यक्रममा उपस्थित हुनको लागि दिइएको अनुमति मात्रै हो । न कि त्यस सघं वा सस्थाको सदस्यता । कम्युनिष्टहरु काग्रेंस वा सदभावनाको र सदभावनाका सदस्यहरु काग्रेंस वा कम्युनिष्टको तथा काग्रेंसहरु कम्युनिष्ट वा सदभावनाको झण्डा वा लोगो सगँ छोइ छिटो गर्नु पर्ने त छैननी । सामन्य पासमा अकिंत लोगोको लागी त्यत्रो वखेडा झिक्ने तपाईको जस्तो वानिले दल हरुको विचमा वैमनस्यता मात्रै निम्तयाउने छ । विगतमा देखीएको अर्को पार्टिका सदस्यको घरमा भएको विहे मा समेत नजाने जस्ता असहिष्णु व्यवहारलाइ तपाइको जस्ता विचारलेनै वढावा दिन्छन । जुन लोकतन्त्र सुहाउँदो कार्य होइन । विगतमा देखीएका त्यसता गलत विचार र व्यवहारवाट माथी उठ्नु र उठाउनु आजको आवश्यकता हो ।
कृष्णजी अली वढिनै पार्टि गत ‘मिसनवाट’ सञ्चालित हुनु हुदों रहेछ । त्यति सारो अन्ध भक्त हुनु शायद राम्रो नहोला यो मेरो सुझाव मात्रै हो वाँकि हजुरको सदिच्छा ।
जीवन रोक्का
वर्गेन नर्वे ।
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि धन्येबद् समचर् तु उप्देत् गरिराखेकोमा, यसरी आगमि दिनहरुम पनि हेरन पाउन्!
दिन्,
मन परे हरियो, नपरे रातो
0
0
Every news paper wrote,”Tens of thousand people attend janasabha”.But we should think with cool mind that tens of thousand people attend or have been attended?(have been forced to be attended ?)
Ask to the bus/truk operators/owners and villagers from outside vally, how did maoist bring the people into the ktm.
Haami haru kahile samma bhid ko pachhi matra kudi rahane ?
I don’t mean that we should support the king and monarchy.
But, Janasabha ko bhid (crowd) herera maobadi harule gareka paap karma ra apraadha laai birsana sakidaina.
मन परे हरियो, नपरे रातो
0
0
सस्तो भासण,
१२ घन्टा करायेपनि के गर्नु र, बास्तबिकता त अर्कै छन । मनको लड्डु घिउ सङ खाने भने जस्तै हो । काम केहि छैन जनतालाइ उल्लु बनायो भासण गर्यो नाना थरिको एउटा पुर्याउन सक्ने हुति छैन । एउटा कुरा चाहि यिनिहरुले गर्छन, त्यो के भने मान्छे उचाल्ने, असिमित सपना पाल्ने, सधै डोकोमा दुध दोयर खाने सपना पाल्ने, मान्छे मान्छे बिच द्वेश फैलाउने ।
नेपालिलाइ पनि तेहि चाहिएको छ, सपना त मिठो हुन्छ । बरु एउटा कुरामा नेपालि आत्मनिर्भर छ । त्यो के भने भासण गर्ने, रातो लाइ निलो निलो लाइ रातो भन्ने । कसो गिनिज बुकमा नाम नलेख्ने? बरु भासणबिद नेपालबाट निकाशि गर्न सकिन्न? नेपालि म्यानपावर एजेन्सिहरुलाइ एउटा राम्रो सल्लाह, एस्तो राम्रो ब्यापार लाइ नछाड्नुस है ।
मन परे हरियो, नपरे रातो
0
0
माओवादीलाई हिरो स्वीकार्न नमान्नेहरु भिजिलान्ते हुनेभए , कामरेडहरु मलाई पनि त्यो शब्द प्रयोग गर्दा हुन्छ । किनभने माओवादी जस्ता कट्टर कम्युनिष्टहरु र कट्टर आतंकाकारि मुसलमानहरुका लागि संसारका हरु सबै भिन्न विचारहरु भिजिलान्ते, गद्दार, मण्डले,अधर्मी ,दुष्ट मात्र हुने गर्छन ।
मन परे हरियो, नपरे रातो
0
0
Hoina yo nepali haru ko buddhi kahile aaune ho ? yaha Raja ko naramra paksha ko bare maa ek sabda bolyo ki maaobadi ko aarop laagchha, Maobadi ko naramra paksha ko bare ma bolyo ki raja baadi ko aarop laagchha. Ramro ra naramro paksha ta sabai ko hunchha ni. Nepali haru le nispaksha bayera bolna kahile sikne ra paaune ? nepali haru ko yastai sochai le ta aaja nepal ko yo haalat chha. nepali haru lai tyasai bheda bhaneko hoina.
मन परे हरियो, नपरे रातो
0
0
umesh ji thanx ,
shashi amatya pani vijalante ho name ra add patta lagaunu paryo tyasko aankha futyo janata le k chahiraheko chha
मन परे हरियो, नपरे रातो
0
0
shashi amatya jasta manchhe haru desh ma bhaunjel samma tulsi giri jasta neta haru rahirahnchhan; hernuhola sashi amatya ji ko comment (top bata 5 no)
मन परे हरियो, नपरे रातो
0
0
समाचारको लागी धन्यबाद उमेश जी ! अनि ZZ मित्र लाइ पनि बधाइ कम्युनिष्ट हरुमा राजा माहाराजा चरित्र देख्नु भएकोमा तपाइले पञ्च र मण्डलेहरुमा चाही सर्वहाराकृत र लोकतान्त्रीक चरित्र देख्नु होला हैन ?
अविरलयात्री
साउदी अरब
मन परे हरियो, नपरे रातो
0
0
Thanx Umesh Ji
This Mass Management is Extraordinarily Successfull.
It’s a 2nd historic Mass ‘After Madan Bhandary’s – Sab Yatra’.
Great Thanx to Maoists – successing the programme without any problem.
It’s shows, Maoists can handle bothe ‘Jungle Life’ & ‘Urban( City Life )’ peoples as well.
If No Conspiracy going on now in collaboration with “Gang”(Girija+Oli+Mahat)
-’Maosits’ Can fullfill what they have promised to Peoples & Nepal.
Let them make -Self-suffient Nepal & High Respect of HumanRights for most oppressed Nepali.
मन परे हरियो, नपरे रातो
0
0
उमेस् जि !! माओवादी नेता हरु को ताजा बोली सुन्न
पाइयन नि! पुरानो बोलि भन्दा राम्रो नया सुन्दा हुन्थ्यो
हैन र। हिजो को भासन आज सम्म पनि सुन्न पाइयन।
अलि छिटो सुन्न पाय हुन्थ्यो।
मन परे हरियो, नपरे रातो
0
0
Dear Jiwan Rokka ji
Bergen
I am shortly visiting Bergen (2 weeks). I can be reached by email: kasturi_basna@hotmail.com. If you have possibily to meet would have been better.
Kasturi
मन परे हरियो, नपरे रातो
0
0
Dear Umeshji
Maoist are claiming that they going to address the and gather 10 lac people where are they. Are all participants come with their own will or forceful participation its not clear on your news. Whats the differce between Gyane’s previous flicilation on different districts and this. People form outside kathmandu has came forcefully and inside kathmandu has come just to see how this disgraceful moist are like so why this mass is gettig lot of response.
Until they putoff their weapons and get people mandate me and like me who belive on democracy cant forgive them for causing a 15 thousand peoples death and royal place movement.
Thanx
Hari
मन परे हरियो, नपरे रातो
0
0
Thank you Umeshjee,
We are eagerly waiting for video and audio blog.
Jeevan Rokka
Bergen, Norway
मन परे हरियो, नपरे रातो
0
0
Thank you very much. we were keen for the details of the maoist mass meetings.
tapailai dhanyabad ko sima nai chhain- mur muri dhanyabad
मन परे हरियो, नपरे रातो
0
0
NPL COMUNIST PARTY MAOBADI
CONGRATULATIONS /
FOR AAMSAVA .
MR KP FROM OVERSEAS
मन परे हरियो, नपरे रातो
0
0
सारा नेपालि को चाहाना भनेको शान्ति हो । शान्ति को लागि नेपालि जनता जस्को पनि शासन सहन तयार छन् । कुरा यति हो शान्ति आउन परयो ।
मन परे हरियो, नपरे रातो
0
0
किम इल सुङले आफु जाने कार्यक्रममा लैजाँदा लैजाँदै किम जोङ इल (आफ्नो छोरा)लाइ आखिरमा उत्तराधिकारी घोषणा गरी उत्तर कोरियाको राष्ट्रपति बनाइछाडे । तर नेपालमा आफुजानु पर्ने कार्यक्रममा आफु नगइ आफ्नो बुबालाइ पठाएर २१औं शताब्दीमा उत्तराधिकारी छोराबाट बुबामा पो सर्छ भन्ने संकेत दिने खोजेजस्तो लाग्यो । हेर्नुस त, यदि प्रचण्ड आजको कार्यक्रममा आएको भए ठ्याक्कै मुक्तिराम दाहालको ठाउँमा बिराजमान हुने थिए ।
मन परे हरियो, नपरे रातो
0
0
Namaskar Umeshji
tapaiko blog herera dherai khusi lagyo. tapaiko kamko purna sarahana garnuparchha. thanks
USA bat nepalko chhoro
मन परे हरियो, नपरे रातो
0
0
देख्न्नुभो ऊमेसजी तपाईँलाई दिइएको प्रेसपास संगैको क्यापमा ‘हँसिया-हथौँडा’को लोगो छ त? के कम्युनिष्टलोगि शीरोधार्य नगरे प्रेसपास नहुने ? यो स्वतन्त्र पत्रकारिताको कुन मापदण्ड भित्र पर्छ ?
मन परे हरियो, नपरे रातो
0
0
Umesh jee,
Great Job.
You seems a perfect journalist. A journalist should not try to analyse things. Just Put the facts he has seen, and let the people analyse it. Because, sometime implied conclusion deliver false message. You are great Umesh jee. Be like that.
मन परे हरियो, नपरे रातो
0
0
साच्चै नै भन्नु पर्दा कम्युनिष्ट नेताका भाषणहरु जोसिला त हुन्छन तर तथ्य र बस्तु परक भन्दा अलिक बाहिरका हुन्छन् । अल्लारेको लागि त वजनदार मसला दिन्छन् तर यथार्थ धरातलमा चाहीँ इन्टरनेटबाट बिजुलि बेच्ने हैसियत मात्र हुन्छ भाषणमा । पञ्च र काङ्ग्रेसीहरुको कुरै नगरौँ उनिहरुलाई एकलाइन राम्रोसँग बोल्न पनि आउदैन । कम्युनिष्टको भाषणले जति उचाले पनि आखिर जनि उफ्र्यो भ्यागुतो भुइको भुइ ।
मन परे हरियो, नपरे रातो
0
0
Umesh Jee:
What was the difference between White and Red Cap for Reporters/Journalists?
Krishna
मन परे हरियो, नपरे रातो
0
0
Dear umesh
One thing you have to be confirm that this is not Power (shakti) of maoist or any other parties these all are the people of Nepal.The maoist shouldn’t be confused that theses people are their power, another thing is they cheated to the people saying that Prachanda will show himself to the public at khula manch on 19 jetstha. Most of people are their to take a glance of prachanda, not to support them.
मन परे हरियो, नपरे रातो
0
0
now, it’s the time for Maoist to handle the country. We witnessed every party’s leader on power. With new law and order, Mr. Prachanda must be nominated as president. They will really change the face of country. I can’t wait to see our country being developed. i envy when other country is developed whereas we are backed by 50 years or so.
look at the face of those comrades.., they are ready to die or kill for change.
These comrades are using technology for their propoganda. They’ve websites,emails etc. IF they come to power, i’m sure, they’ll do surely thing on behalf of technology too. Because without technology, there is no recognition.
This government, it is so dull, and they don’t have any idea on what technology could do to this country. It could provide jobs to millions, there is no enough security for out sourcing business. India is enjoying this facility, whereas Foreigners still are not believing us due to lack of effective policy. I still hate to see GP as prime minister and same old corrupted ministers in Power.
I think Mr prachanda must be in power. commies are very progressive if they are rightly given authority. i think, all the crime will be fade away. criminals equally fear up of commies. they know, they can’t escape from them, sooner or later, they’ll meet their wildest fortune. this motivate them not to involve in criminal activiy. so, what i think is, commies must rule this country.
No matter what other say, i still must say and have faith on Nepalese commiss that they’ll take this country to rapid development than that of we witnessed in 12 years. These old party leaders are very sluggish. in fact, i really don’t like them and their working pattern.
hail Nepal
मन परे हरियो, नपरे रातो
0
0
Nepal ma bolne bhanda kam garne manche ko Jaruri cha.CPM UML ka neta haroo pani bolne ma kappis thiye tara post paye pachi Modhnath le jasto GAUTHALI KO DURBAR baneyera baseka cha. 2046 sal ma unko Boli katti ramro thiyo ki nepal aba sudhrancha jasto thiyo.Tara aja khoita???? Mass show garne politics bhanda KAM garera ani people lai influence garayera matra agadi janu parne neta ko khacho cha Nepal ma.
Natra Prachanda pani GIRIJA, Makune jastai banna ke ber. Bhasan hoina aba kam chaiyeko cha Nepal ma.
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी, तपाईंले आँफैंले र सागरजीले खिचेका चित्रहरु हेर्दा र बर्णन पढदा अत्यन्त आनन्द लाग्यो । तपाइंको चश्मदीद् गवाही त एकदम् उच्च कोटिको छ। कुनै क्षत्रबाट हुलदङ्गा गरेर सभा बिथल्ने प्रयास् होला भन्ने डर साकार भएन; त्यो अत्यन्त राम्रो भयो ।
माओबादीले बास्तवमा तेत्रो बिशाल् सभा सुसङगठित् र शान्तिपूर्ण तवरले सम्पन्न गरेर देखाएकोमा त उनीहरुलाई मान्नै पर्छे। त्यस्तो भब्य आमसभा गरेर उनीहरुले आफुलाई अहिले नेपालको सर्बप्रमुख् राजनैतिक् शक्तिको रुपमा साबितगरेका छन्। यो स्विकारगर्नै पर्छ।
संसद र जनसरकारलाई घटनाक्रमले पछाडी छाडन थालिसकेको जस्तो छ। सांसद् र नेताहरु फेरि जागीरे मनोबृत्ति लियेर निष्कृयताको शरणमा पुगेको जस्तो छ। जनताको काम् कि त आफुले गर्नसक्नु पर्छ कि अरुलाई गर्न दिनुपर्छ; तर घांडो र तगारो बन्न हुंदैन भन्ने तथ्य उनीहरुले नबुझेको जस्तो छ।
अर्को कुरा, सरकारपक्षको कामकार्वाही र उनीहरुले खुट्टा लतारेको हेरेर ल्याउंदा शान्तिवार्ता धेरै अगाडी पुग्ला जस्तो देखिंदैन। माओबादीलाई आफ्नो निजी स्वार्थ पुरागर्न प्रयोगगर्ने बानी जो परेको छ हाम्रा नेताहरुलाई पनि। बर्षा ऋतुको भेलले कहिं नबगावोस् सबैलाई।
मन परे हरियो, नपरे रातो
0
0
Umesh Jee:
I would like to hear songs may be with video clip of the program. Could you please upload some of them?
Krishna
मन परे हरियो, नपरे रातो
0
0
Umesh Ji Thanks lot,
We are very happy to get the hot news from your Sansar and we really appriciate you. I also agreed to some of points of Maoist but not at all. The Maoist want to dismissed this contitutional because there is not freedom Neapl, it has binded with Palace agendas and Girja’s Priminister Post. This contitutional is still alive by Mr Girija Prsd Koirala because he had to be a Priminister in Nepal. I think this constitional is belong to Girja Prsd koirala’s death, if he dies then this constitional automaticly dies. So, Maoist no need to fight again to kill this constitional, they need to pray to god only for Girija’s death. The second thing is the Maoist giving threat and asking donation to public, obviously this is not positive. The Maoist leader and members want to be quick rich and enjoy highly as the King Giyane, they are not wasting those money for their Jana Mukti Army.
मन परे हरियो, नपरे रातो
0
0
I am fully agreed with the coments of Bhupendar jee. Now we should follow the ROADMAP/s of Maoist.
Thanks Umesh Jee for this terrific coverage of Maoist Mass Meeting.
Krishna Toronto Canada
मन परे हरियो, नपरे रातो
0
0
that’s good
cool……… and very nice………….
all the best for maoist.
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
good symtoms for great nepal. hope our country also go forward in development as our nebours are in highway speed.
मन परे हरियो, नपरे रातो
0
0
मुलभुत् रुपमा माओबादी का तत्कालिन् राजनितीक् मागहरु उपयुक्त छैनन्,प्रतिनिधी सभा को बिघटन गर्नु लोकतन्त्र को लागि फेरि अर्को आत्मघाती काम् हुनेछ,स्थानिय निकायहरु लोकतन्त्र का आधारहरु हुन् ,यिनै सँस्थाहरु को अभावमा निरङ्ग्कुशता ले प्रस्रय पाउँछ ,महान् जन आन्दोलन् बाट स्थापना भएको यो सरकार को बिघटन को मतलब् के हो? के उहाँहरु मात्र राजनीति गर्नुहुन्छ?उहाँहरु मात्र सर्बगुण सम्पन्न हो?काङ्ग्रेस् एमालेहरु निकम्मा हुन?येस्तो महागुमराह कहिले सम्म हो?
मन परे हरियो, नपरे रातो
0
0
Good job Umesh ji. Can’t wait to see the video blog. Thanks
मन परे हरियो, नपरे रातो
0
0
माहांॠषि विस्वामित्रको ठुलो तपस्याबाट भगमान् पनि संसङित् हुदा भगमान् ईद्रले विस्वामित्रको तपस्या भङ्गं गर्न सबै संममेत्र लगाउदा नसकेपछि अन्तिममा रति र परागं को साहारा लिएजस्त्यै ख्यालगर माओबादि हो तिमि हरुले फेरि सक्तिदेखाउने नाममा जनता लाइ दु:ख दिओभने फेरि राजाले तिनै रति(स्पा) र परागं(कुरैनबुझि उत्तेजनाम आउने जनता र भिजिलान्ते ) को प्रयोग गर्लन्। अंको नारा धर्म(हत्तियार) ले काटिदेलान।
बिबेक
usa
मन परे हरियो, नपरे रातो
0
0
Umesh and blog!
Thank you for the news reporting about the historical mass meeting.
There is no doubt, it has been a historical mass meeting in Kathmandu. Being such a huge meeting, it went smoothly without any voilence, this is another successful indicator.
Now it is the time for SPA government to sit and discuss the maoist political agenda to liberate jointly the country in a peaceful manner.
It looks like the maosits have come up with very strong ideas and comittments to bring social and political transformation in Nepal. There is always beneficial to follow good things no matter who brings in the country. Maoists have seen so displined and well organised, why not let them give opportunity to develop the country.
It is also a great opportunity for both cpn (m) and SPA to work jointly for peoples democratic republic of Nepal.
Many have observed that the maoist will not accept at any cost any form of monarchy. Gyane and Parase can not be respected by the hearts of nepali people. According to cpn (m), the monarchy in Nepal was finished after the 1st June 2001 when Birendra and his entire family were killed.
WORK JOINTLY TO INSTITUTIONALISE PEOPLES DEMOCRATIC REPUBLIC OF NEPAL. THIS SHOULD BE THE DEMAND FROM ALL.
Himal
Norway
मन परे हरियो, नपरे रातो
0
0
all the stake holders need to think first for the motherland,nepal
all need to be disciplined in all manner and try thier views to the people, i ,m happy to see the maoist,s such prog in the heart of capital city, now need of more sensitivity and models for new nepal
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी धन्यवाद तपाईं लाई हाम्रो लागि धेरै कस्ट उठाउँनु भएकोमा तपाईंले झैं हरेक नगरिक ले आफ्नो ठाउँ बाट आफ्नो कर्तब्य यसरी नै पालन गरे भोली को नेपाल साँच्चै नै सुखी र समृद्दशाली हुनेछ । माओवादीहरु को आम सभा को फोटोहरु हेर्न पाउदा खुशी भएँ । तर उमेश जी राजनीतिक हिसाबमा सचेत भैसकेका हामी नेपालीहरु बातावरण को लागी कहिले सचेत हुने होला ? फोटोमा पनि कैद हुन आएका फोहोर हरु त्यो २ लाखको सभा सकिए पछी कति थुप्रियेर रहयो होला सभास्थल मा ?
माओवादी हरुले फोहोर ब्यवस्थाप नको लागी कुनै पहल गरेका थिए कि थिएनन होला ? अनि सैनिक मन्चमा राजा रानीको जय लेखिएको अझै मेटिएको रहेनछ नि ?
मन परे हरियो, नपरे रातो
0
0
Did anyone talk about economic roadmap?
How are we going to give job to all these thousands and thousands of people. We all know that we cannot always have mass meetings in khula manch to keep these young mind occupied.
Did anyone talk about number of job created in next 2 years through development work or plan to build new (or destroyed) infrastructure?
“Bhasan will not cook your Ration”
मन परे हरियो, नपरे रातो
0
0
पहिलो गाँसमै ढुंगा, होइन होइन झिंगा !!!
प्रचण्ड महाराजलाइ स्वागत गर्न यत्रो बेचैन भएर बसको त बजियाहरुले फोटोमात्रै देखाएर हिस्स पारे नि । आउनु थिएन त के खान काठमाण्डुभरी प्रचण्ड महाराजको फोटो टाँसेको होला?
यो प्रचण्ड महाराजको भारदारहरु नि ठीक छैनन् जस्तो छ । महाराजलाइ जनतासामु पर्नै नदिने । ए रातै । न गोडा धोएर पानी खाइदिनेहरु नभेट्टाएर पो हो कि । ए!!!! सैनिक मञ्चको ब्यबस्था नमिलेको पो महाराज आइनबक्सिएको? ल ल बुझे । ठिक छ – जे होस, महाराजले सम्बोधन सैनिकमञ्चबाटै गर्नुपर्छ, सैनिकको महाराज भएसि, नाथे जनताको मञ्चबाट नि कहि महाराजको सम्बोधन हुन्छ ? बजियाहरु ।
मन परे हरियो, नपरे रातो
0
0
हात्ती आयो हात्ती आयो फुस्सा भनेको यही हो–प्रचण्ड आउने बाबुराम आउने भनेर हल्ला फिजाइयो, पांच लाख जनता ल्याउने भनेर झ्यली पिटाइयो – खै त !!! आखिर यिनिहरु ज्यानमारा न हुन – जनताको सामु आउन त ठुलो आंट पो चाहिन्छ – फेरी अबको जनता लाटो पनि त छैनन नि – त्यसमाथि काठमाण्डुमा स्वदेशी बिदेशी खांटी खांटी पत्रकार, कुटनितिक व्यक्तितो हरु, साथै स्वदेशी बिदेशी गुप्तचारको पनि सा म ना गर्नु पर्यो – अदि इत्यदिको कारणले गर्दा जोशिलो भाषाण्को भरमा आतंक फैलाउने हुल बाहेक अरु के नै ल्याउन सकियो र – फेरी त्यो मुक्ती राम बुढा के खान आएको होला – छोरो राष्ट्रपति बन्नु अगावै मानो खोज्नेले पछी के बांकी राख्ने होला ? आखिर कम्युनिस्ट हरु जहाँ पनि जनतको रगत तता यर सत्ता हत्त्त्याउनेमा त माहिर नै छ न – सत्ता हात परे पछी भने कसरी देश चलाऊने कुनै ठोसा निती नै हुँदैन । यस्ताहरुलाई देश चलाऊन लगायो भने आज पुर्वी युरोपेली देशका जनताले जसरि पश्चिम युरोपमा गयर भांडा माझ्ने अनि वेश्याबारी गर्ने मजबुरिमा छन हामीले भविस्य मा त्यस्ताइ व्यहोर्नु पर्ला – हामीले बेलाइमा होश पुराउनु पर्छ!!!!
मन परे हरियो, नपरे रातो
0
0
yetra dherai manchhe aamda pani bhag ban ko kirpa le kunai thulo durghatana bhayana it is very much big chhalling for autocratic king/monarchy according to the pictures/photos that we seen may be king has not word to comment now on the moral point of view. really very big challenging for monarchy
rg
मन परे हरियो, नपरे रातो
0
0
ti sabai maobadi senalai palera rakhera kunai positive work ma lagauna sake bastavmai kati benifit hunthyo hola.
मन परे हरियो, नपरे रातो
0
0
Dear Prachanda:
You are great. Keep on going for permanent piece.
Thanks,
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद उमेश जि
साक्षी नै उमेश जि आजको माओवादी को आम्सभा ले नेपाली जनता जो नेपालमा ने;क;पा;माओवादी ले देश र नेपाली जनता प्रती गरेको व्यबहार कामको उच्च मुल्याङ्कन गर्न को लागि प्रायप्त थियो जस्तो लाग्छ मलाई अनि यस् बाट अहिलेको सात दलको सरकार ले पनि सोच्नु पर्यो कि अब आफ्नो नेता हरु लाई कुर्ची म राखेर भात्ता खुवा उन भन्दा पनि उनिहरु ले रखेका मागहरु नै देशका लागि उपयुत छन भनेर स्विकर गर्नु पर्ने बेला आएको छ । इनिहरु लाई थाहा हुनुपर्ने हो र थाहा पनि छ कि जब्सम्म सात दल लाई माओवादी को साथ पाएका थियनन तेस् बेलामा गरेका आन्दोलन को हालत त तपाईं हामीहरु ले देखेकै कुरा हो नि हैन र ?
अनि पछी हुने कुरा पनि त इनिहरुले देखिराखेका हुनु पर्छ ।
तेसैले माओवादी ले राखेका यजेन्डा लाई पूर्ण सहयोग गर्न हामी सबै को कर्तब्य हो ।
पुन एक पटक धन्यवाद उमेश जि लाई भन्दै भिडिओ ब्लक्क छिट्टै
मन परे हरियो, नपरे रातो
0
1