
अङ्कल, हाम्रो देशमा लोकतन्त्र आयो रे, हो ? अब यहाँ कानुनी शासन लागू हुन्छ रे, त्यही भएर मण्डले मन्त्रीहरु पनि जेलबाट छुटे रे हो ? त्यसो भए मेरा बाबा खोई त ? उहाँलाई बेपत्ता पारिएको कति वर्ष भइसक्यो… ! उहाँलाई खोज्न चाहिँ किन कसैको ध्यान जाँदैन, मलाई मेरो बाबा चाहियो ! बेपत्ता पारिएकाहरुको परिवारका आफन्तहरुले सोमबार काठमाडौंमा प्रदर्शन गर्दै स्थिति सार्वजनिक गर्नुपर्ने माग गरे। फोटोः सागर श्रेष्ठ
थप फोटोहरु भित्र
सबै फोटोहरु फोटो पत्रकार सागर श्रेष्ठले खिच्नुभएको हो।

हाम्रो छोराको लाश चाहियोः एक वृध्द बेपत्ता पारिएका आफ्ना छोराको लाश पाउनु पर्ने माग लेखिएको प्लेकार्ड बोक्दै। छेउमा तपाईँले भैरवनाथ गणका दोषीहरुलाई कारबाही गर लेखिएको प्लेकार्ड पनि देख्न सक्नुहुन्छ। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तका नेपाल प्रतिनिधि इयान मार्टिनले केही दिनअघि भैरवनाथ गण, महाराजगञ्ज ब्यारेकमा राखिएका कम्तीमा ४९ जनालाई बेपत्ता पारिनु र त्यहाँ रहेका सयौं बन्दीहरुलाई चरम यातना र दुर्व्यवहार गर्नुमा सेना नै दोषी रहेको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो। इराकको अबु घ्राइब बन्दीगृहमा अमेरिकी सेनाले इराकी बन्दीलाई दिएको यातना सम्झाउने थियो त्यो प्रतिवेदन। इराकमा अबु घ्राइबको कान्ड सार्वजनिक हुँदा ठूलो हंगामा भएको थियो। तर राष्ट्रसंघ उच्चायुक्तले त्यस्तो डरलाग्दो प्रतिवेदन सार्वजनिक गर्दासमेत नेपालमा खासै केही ठूलो हलचल भएन। न लोकतान्त्रिक सरकारले सेनाका दोषीलाई कारबाही गरी दण्डहीनताको अन्त्य गर्ने कुरा नै उठायो।

राज्यले यसरी बेपत्ता पारेकाहरुमा अधिकांश माअोवादीको आरोप लागेकाहरु छन्। कति भने माअोवादीको आरोपमा निर्दोष पनि परेका छन्। विश्वमै यसरी राज्यद्वारा नागरिकहरु बेपत्ता पारिनेहरुको सूचिमा पहिलो पंक्तिमा नेपालको नाम आउँछ।

बेपत्ता पारिएकाको स्थिति सार्वजनिक गर्न विशेष आयोग गठन गर्नुपर्ने माग पनि उनीहरुले गरेका छन्।

वास्तवमा यसरी बेपत्ता पारिएका परिवारका आफन्तहरुको पीडा उनीहरुलाई मात्रै थाहा हुन्छ। हामीले त अनुमान मात्रै गर्ने हो।

प्रदर्शनमा सहभागी अर्का आफन्त। उनीहरुले शाही सरकारका पालामा समेत मानवअधिकार आयोगमा धर्ना बस्नेदेखि लिएर तालाबन्दी गर्ने, हस्ताक्षर संकलन गर्ने जस्ता कामहरु गरिसके। तर जनआन्दोलनपछि बनेको सरकारले समेत उनीहरुको मागलाई ध्यान दिएको छैन।


र, एउटा छुट्टै प्रसङ्गमा, प्रतिनिधि सभाले हिजो सर्वसम्मतिले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेकोमा त्यसको स्वागत गर्दै कार्यान्वयन गर्न जोड दिँदै प्रदर्शन गरिरहेका नेपाली नागरिकहरु।
No related posts.









उमेश जि
नेपाली आमाको छोरा हरु लाई त्यसरी बेपता परि दिए । जब सम्म
नेता हरु ले कुर्ची पाएका थिएनन । त्यति बेला त सारा नेपालीको मर्म बुझ्ने कुरा गर्थे। अब कुर्चि पाए किन चाहियो अब तिनिहरु लाइ नेपालीको वास्ता भो र?
लौन उमेश जि तपाईले नै पहल गरिदिनु प-यो ।
प्रकृति
मन परे हरियो, नपरे रातो
0
0
hello umesh G
really hurt to nepali’s heart beat. we must be concerntrad about it .
मन परे हरियो, नपरे रातो
0
0
Umesh jee
WOuld you please give us chance to read UN’s report about 49 disappeared people!!
Thanking you
मन परे हरियो, नपरे रातो
0
0
yesko doshi ta Maoist nai ho ni. Because they initiate it. This political change is achieved mainly due to the political parties with out armed conflict.so why this bloody armed conflict was necessary in the context of our country. Maoists le gareka illegal murders ko khoji khoi ta?
Ki maoists le je gare pani thik nai hune ho?
मन परे हरियो, नपरे रातो
0
0
MERO BABA KHOI ?
TIMRA AAKHA LE KASHLAI HEREKA CHHAN ?
TIMRA SHRHADYE BABA LAI
WA
DUSHMAN LAI ?
TIMRA BABA PAULEU WA NA PAULEU
DUSHMAN PAKKAI PAUNE CHHEU !
TIMRA KALILA AAKHAHARU LE MALAI PAI RUWAYE
PLAY CARD BOKNE TIMRA KALILA HAATHHARU LE
MERA HAATHHARU PANI OOTHAYE !
मन परे हरियो, नपरे रातो
0
0
नमस्कर
उमेश जि
तपाईले अत्तिनै राम्रो प्रसंग लाई आज पनि प्रस्तुत गर्नु भएछ। मेरो ह्र्दय जल्यो मेरो नयनबाट बर्षाद भयो थाम्न सकिन के गर्नु र, हामिले चाहेर मत्तै नहुदो रहेछ सरकारले गर्नु पर्ने हो हेरि रहेको छ कि त्यतिकै छोडिदिनेहो? प्रतेक दोसिमथि कार्बाहि गर्नु पर्छ चाहे सैनिक जनरल होस चाहे सिपाहि होस कार्बाहिको प्रकृया नेपाल सरकारले चाडो भन्दा चाडो आगाडि बडाउनु पर्यो। हाम्रो सैनिक जनरले छोरिको बिहेमा कत्ति पैसा खर्च गर्यो? त्यो कस्को समपति थियो? तपाई म जस्तै हातमुख जोडन धौ-धौ पर्ने आम नेपालि जन्ताको थियो। यस्को लेखा जोखा कस्ले गर्दै छ? यस्तो भ्रटचारि लाई सरकाले के हेरि रहेको? एउटा थूलो प्रश्नचिन्न??
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी,
नमस्कार
तपाईंको ब्लग, संचार जगतमा एउटा उर्जा भै सबैको सामु प्रस्तुत भएको कुरा यसको ब्यापकताले प्रमाणित गर्दछ भन्ने कुरामा म पुर्ण विश्वस्त छु। हरेक घटनाहरुलाई जस्ताको तस्तै तत्काल जनताको सामु ल्याउन तपाईंले जुन अथक प्रयास गरी रहनु भएको छ-अति प्रशंसनिय छ।
“मेरो बाबा खोइ” लिखित प्ले कार्ड बोकेकि सानो नानी लगायत हर अनुहार को अन्तरात्माले नै आफ्नाहरुलाई खोजेका छन् भन्ने कुरा तश्विरमा प्रस्ट उतार्नु हुने छायांकार सागरजिलाई धन्यबाद नदिइ रहनै सक्तिन। सम्प्रेषण पढदै तश्विरहरु हेर्दै जांदा अन्तिमको तश्विरले २-४ कुरा लेख्न प्रेरित गर्यो।
जयस्तिथि मल्लको पालादेखि छाएको जातिय बिकृतिले राष्ट्र निर्माणको सिलसिलामा कस्तो असर पार्यो भन्ने कुरा हामि कसैबाट लुकेको छैन। मेरो मतलव यो होइन कि पिडितहरुको मात्र बिकासले देशको बिकास हुने थियो यात हुनेछ, तर मुलुकको ठुलो अंश हरेक अवसरहरुबाट बन्चित भै पछाडि परिरहेको अवस्थामा पूर्ण बिकासको कल्पना मात्र पनि कसरि गर्न सकिन्छ र? आज देश २१औं शताब्दिको यस वैज्ञानिक युगमा पनि पछाडि नै परिरहेको छ। मान्छेले मान्छे लाई चिनि हातेमालो गर्दै उन्नतिपथ तर्फ जानु पर्ने बेलामा पनि “ठुलो-सानो” जस्तो अमानविय सोचाई र ब्यवहारमै अल्झि रहेको छ भने बिकासका आधारभूत सोचाईमा कैले जान भ्याउंछन् त? स्मरण रहोस् मुलुकको लगभग एक चौथाई जनता जनजाति एवं दलित अन्तर्गत पारिएका छन्। के यो समुहलाई छायांमा पारि बिकास भएको कुरा मान्न सकिन्छ? राजधानी जस्तोको नजिकको ठाउंमा समेत प्राकृतिले दिएको पानी भर्न जांदा बन्चित हुनु पर्छ भने लगभग ८०% गाउं भएको हाम्रो मुलुकको अन्य भागहरुमा कस्तो भै रहेको छ भनि कल्पना मात्र गर्दा पनि मानविय संरचना प्रति टिठ लाग्दछ। एउटा अवोध पाठशालामा जान्छ, उहि कक्षा भित्र अरु साथिहरु बेन्चमा बसि पढ्छन् आफू भूईंमा आफ्नै सुकुल बिछ्याई बस्दछ त्यो पनि एउटा कुनामा;त्यो बिधार्थीले पढाईमा ध्यान दिन्छ कि बेन्चमा? अनि सबैले पिउने धाराको पानी पिउन पाउदैन भने तेस बिधार्थीले त्यो बिधालयमा फेरि जाने कसरि सोच्ला? यि त एक दुइओटा उदाहरण मात्र हुन। कल्पन गरुं त! कसरि मुलुकले हरेक अवसरहरु बाट बन्चित परेको छ।
आज यसै सन्दर्भमा सुधारका नयां कदमहरु सारिएको अवस्थामा प्रतिनिधी सभाले हिजो मात्र गरेको घोषणा “नेपाल छुवाछूत र भेदभाव मुक्त राष्ट्र” का बारेमा तपाईं को यस स्वच्छ ब्लगमा केहि खबर तथा कुराहरु लेखिएको भए सुनमा सुगन्ध थपिन्थ्यो। हुन त यसका लागि तयारि अवश्य गर्दै हुनु होला तापनि “उनको बाबा खोई” को अन्तमा भएको त्यो एउटा तश्विरले यि औंलाहरुलाई केहि लेख्न उत्सुक बनायो। फेरि त्यो तश्विर लेख अनुसार अरु तश्विरहरुको सन्दर्भामा सान्दर्भिक भएको पनि त छैन।
अन्तमा, तपाईंको निर्भिकता र अथक सेवाका बावजूद तपाईंलाई हतोत्साह बनाउन खोज्ने कुतत्ववाद्का ठेकेदारहरु आफै पलायन हुनेछन् कारण सत्य सदा सत्य हुन्छ र असत्यको कैले पो विजय भएथ्यो र। अनि हामि सधैं तपाईंको साथ छौं।
आशा छ मेरो सानो जिज्ञासा सकारात्मक हुनेछ।
धन्यवाद।
राजेन
USA
मन परे हरियो, नपरे रातो
0
0
हो यु्दले यो सब गर्छ । लडाईँमा बन्दुक र हतियार बोकेर हिँडने भन्दा घर बसेका र लडाकूहरुसंग सम्बन्ध राखेको आरोपमा मारिन्छन निहत्थाहरु र रित्तिन्छन परिवारहरु, टुहुरिन्छन वालवच्चाहरु, विधवा र विधूर बन्छन नरनारीहरु । त्यसपछि शुरु हुन्छ शृंखला आफन्तको खोजि गर्नेहरुको प्लेकार्ड र ब्यानर बोकेर ,अनि कहाँबाट आउँछन बेपत्ता पारिएका वा मारिएकाहरु ? यो त केवल राजनीति हो। मरेका फर्केर आउँदैनन ,लाख गाली गर्नुस यही नै सत्य हो । हराएका फर्किँदैनन् हाम्रो मुटु जति चिरिए पनि ।
नियम र नीतिको लोकतन्त्रमा पनि गल्ति हुन्छन र नेपालमा त्यतिबेलाको क्रान्ति प्रजातन्त्रकाल मै शुरु भएको हो र निरंकूसतामा अझ गुणात्मक वृद्दि भयो यो सिलसिला ।
हामीले हामीलाई दुश्मन बनायौँ र हामीलाई नै मर्ने मार्ने बनायौँ त्यसैले अब रोऔँ संगै बसेर कि त तम्सियौँ हब अर्कोलाई मार्न अनि रुवाउन । यिनै विकल्प बाँकि छन हामीसंग ।
यही सत्य हो, युद्दमा कोही विजयी हुँदैन केवल युद्द स्वयं बाहेक ।
श्रद्धाञ्जली ती सबै नेपालीहरुले मारेका नेपाली आत्माहरुका लागि !!!
मन परे हरियो, नपरे रातो
0
0
Dear peace lover Nepalis!
Anyone can get into tears on looking these human sentiments. Where is rule of law? BIDHI KO SASAN bhanee suneko thiya, KHOI ta Kata chha tyo SASAN? KAHILE AUNCHHA tyo DANDA HINATA MUKTA NEPALI SAMAJ. I do not think this government will dare to take action immedaitely with the involved culprits. But let us create pressure group in order to initiate bring every involved culprits in front of justice and make an environment not to repeat such Heart-touching incidents any more.
Sailendra Hamal,
Norway
मन परे हरियो, नपरे रातो
0
0
Umeshbhai,
I feel like spitting on this SPA leaders now! These rascals will not do anything. Had their own kiths and keen been in the missing list they would be so vociferous. These bastards will never think for the country and countrymen.The revolution went in vain. See their trick, they are just prolonging the parliament with titbits. Poor nepalese when will you get true leadership and true democracy?
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी,
यो बडो सम्बेदन्शील बिषय हो र पहिले देखि उठिराखेको पनि छ तर बिगत तथा बर्तमानका सरकारहरुले येस् बिसयलाई खासै वास्त गरेको भने पायीदैन । एस्को मूल कारण मेरो बिचार म, यो सरकार पनि सेना सँग डराएको छ । सेनालाई कारवही गर्न चाहदैन । यि जे जती घतनाहरु छन्, सबै मा सेनाको नै हात रहेको प्रमाणित भहिसकेको अवस्थामा, सेनालाई अझै पनि केही नगर्नुको पछाडि कस्कस्को हात रहेको छ, त्यो त समयले नै बताउला । तर औटा कुरा के चाँही सत्य हो भने, अहिले बनेको सात दलको सरकार म अपनि, तीनै पार्टी भित्रकै राजाबादी र राजा अनि सेनाका दलालहरु छन् । ती दहलहरुले अझै पनि मालिकको सेवा गरिराख्नु नै यि सबैको मूल् करन् हो, जस्तो मलै लेगेको छ। त्यो सबैले बुझेको कुरण हो । दललहरुले किन तेस्ता मान्छेलाई लोकतान्तृक सरकारमा पठाए, त्यो पनि गम्भिर बिषय हो ।
लेखनाथ
मन परे हरियो, नपरे रातो
0
0
It is more than Hitalarism in the 21st century of world- why government is doing nothing to search disappering people? What the so called “supreme body” -the Pratinidhi Sabha is doing now? Answer must come soon in this regard. Otherwise the interim government will only find out the situation of these people!
Tatparya
मन परे हरियो, नपरे रातो
0
0
Umesh Jee
Thanks for raising the issue about disappeared people. I am also a family member of victim. Since 2003 Oct. our family can’t sleep well. One Mandale Called him for talk from Shantinagar and arrasted him. After then we have no any more information where about him. According to recent informal source 11 members from including Amrit Kandel (member from the 49 disappeared persons)are kept in the Bairaini Barrek in Dhading. We do not know who are the rest of 10 people. Human right organizations should visit there!!!
However, We have a hope from the finding comission recently formed by present Democritic Government. So we are waiting for that commitee’s report. We still believe most of them are alieve. But we are worried what Mad army may do!!!
If this government also back!! Then we have hope with people like you only!!!
Recently Neplease society from Thiland also gave letter of memorandum to the Priminister Girija Koirala. I am sending that copy for your kind information.
Thanking you very much
SIncerely yours
VIctim’s family
Thanking you very much
मन परे हरियो, नपरे रातो
0
0
i am real stunned.no words after looking at the pictures….ya!!i couldn’t control my tears in my eyes.Poor old fellow who must have lived his entire life for his son and had loads of dreams to rest his burden once he gets old……the little girl who must have been waitng for her papa in many dashain…OH GOD(if u really exist how could you see all these?)every knock at the door might have make all them awake count less night…..picture itself represents the class they belong to……..
i dun see any hope besides letting maoist giving chance as they have seen real life and people who really are nepali…….
thank you so much for at least remembering all of them and giveing them place in your blog……great work.UMESH LIVE WITH PEOPLE WHO HAVEN’T BEEN ADDRESSED,LISTEN TO THEM WHO HAVEN’T BEEN HEARD.
मन परे हरियो, नपरे रातो
0
0
Umesh Jee,
I think in concering about the disappearences people, there is no one disappeared of our government’s (any ministers’s) relatives,that’s why they are not serious for getting any forward step to make public to the lost people !!!!! The family knows the pain which has disappeared a member .
मन परे हरियो, नपरे रातो
0
0
Little girl’s picture asking for her Baba.. Very Very heart breaking…My eyes are running with tear..Responsible criminals should bring back to justice…I hope new govt will do something about it. Otherwise, whoever comes in power will be worthless for we all Nepalese.
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji
These pictures are very sensitive. I felt very sentiment. You made a good collection and presenetd here. thanks you for your kindness towards those who have lost their beloved family members.
There is no doubt, the royal army headed by the so called king Gyan Bahadur, the US guided then prime minister Chher Bahadur and so on are responsible for the disappered people. I have heard, this figure is higher than 2000 arrested and disappeared by the state. This is a huge crime. It can not be tolerated.
This is the time to carry out the search operation.
I am also surprised why the UNHCR report did not draw attention of the Nepal government and cpn (m).
Those, who are still in favour of the direct rule of monarchy, should also speak against such crual and brutal acts.
Kasturi
मन परे हरियो, नपरे रातो
0
0
such a heart touching pictures.
wot to do SPA leaders wants to stay longer in the chair. the old parliament, dead parliament, dead constitution, nothing this government can do for people wot they can do is lenthen their post as parlimenterian and ministers. it is golden chance brought to them by sacrificing tens of thousands of lives. the SPA never had thought they would be in that position so they dont have vision and commentment for our country.
immidiately,
disolve the dead parliament
do constitutional election
call national assembly representing all aspects.
give way to nation.
otherwise u will be worse than royalist in nepali’s eyes in few months time. be careful SPA leaders…….
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि
मैले त्याहां चिनेका केहि साथिपनि हुनुहुदो रहेछ्। एकजना ज्ञानेन्द्र त्रीपाठि हुन् उनि माओबादिको दोश्रो बार्ताकालामा क्रान्तिकारि बिधार्थिबाट ओपिइन् थिए उनलाइ सुर्यबाहादुर् थापाको सर्कारले बानेस्व्ररबाट दिउसै बेपत्ता बनाएको कुरो समाचरमा आएको थियो। र उनि पुर्ब माले अखिलका नेता र TU स्वबिउका पुर्ब सदस्य थिए। माले बिधार्थिबाट् एकग्रुप् फुटभएर क्रान्तिकारि बिधार्थिमा गएको थियो तेसको नेतृत्व कृष्णा केसिले गरेक थिए। त्यस्मा देखिने अर्कोसाथि नबिन राई हुन् तिनि पने पुर्ब ताहाचलक्याम्पसका स्वबिउ सभापति हुन् उनि पनि माले अखिलबाट बिद्रोह् गरेर कृष्णा केसि सगै क्रान्तिकारिमा गएका थिए। तेहां ज्ञानेन्द्रको फोटो लिने उनको श्रीमति लाग्छ र नबिन्को फोटो लिने उनको काकि हुनुहुन्छ। दैब तिनिहरुलाइ बचाइ राखेको होस्।
उलक
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि
यो सरकारमा बस्ने मञ्त्निहरु नै कहिंले कहिँ आफै हरायको थाहाँ पाउदैन् अनि ति अर्मिहरु हरु ले मारेका जनता कसरि पत्ता लागाउन्? यि भनाउदाहरुले तेत्रो अन्तराष्टृटिय मानब अधिकार सस्ताले छान्बिन् गरि प्रतिबेदन् पेश गरेकोमा पनि ति सैनिकहरुलाइ कार्बाहिं गर्न सकेको छैन यदि करबाहिं गरेत सेनाको मोनोबल घट्छ् भन्छ होला नि? ति मानबधिकार उलंगन् गर्नेलाइ कारबाहिं नगरि राखनु पनि यो सर्कारले मानबधिकारको उलंगन् गर्नु हो ।भनिन्छ अपराध गर्ने भन्दा त्यस्लाइ बचाएर राखनु अझ माहां उलंगन् हो। छिटो भन्दा छिटो जनताका आकंक्षा पुरा गर्। संबिधानको चुनाबमा प्रबेशगर्। नत्रभने माओबादिले संसदबादिलाइ र राजालाइ एकै बाड्ले एकै खल्टामा पुरिदेला ख्याल गर। खुलेआंम् जनतालाइ ह्त्या गर्ने ति राजाका मन्त्रैहरुलाइ केहि गर्न नस्क्नेहरुले अबके नै पो आशा गर्ने सक्कियला अब्।
बिबेक
मन परे हरियो, नपरे रातो
0
0
Let’s hope that the victimised family would be justified and also let’s wish that we need not read out such news anymore….
Saurab Karanjit–Belgium
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी तपाईले सान्दर्भिक प्रश्न उठाउनु भएको छ ।
वास्तवमा किन आफुलाई लोकतान्त्रिक भन्ने सरकारले भैरव गणका दोषी सैनिकलाई अहिले सम्म कारवाही गर्न सकेन । न त कुनै प्रक्रियानै चाल्यो। आखिर के भिन्नता भयो र निरङ्कुश ज्ञानेन्द्रको सरकार र वर्तमान प्रजातान्त्रिक सरकारको विचमा ।। किन वर्तमान सरकार दोषी सेनालाई कारवाही गर्न खुट्टा कमाउछँ आखिर केले रोक्छ यसका खुट्टाहरु
प्रश्नको सिलसिला यहिँ टुङ्गिदैंन किन अन्य तिनवटा सुरक्षा अङ्गका प्रमुखलाई निलम्बन गर्ने सरकार सैनीक प्रमुख लाई निलम्बन गर्दैन । आखिर सेना सगँ यति सारो डराउने कारण के हो
मित्रहरु वास्तवमा सेनाको नाम परिवर्तन गर्दैमा वा शाही सेनाको नाम नेपाल सेना वनाउदैंमा संरचनामा केहि लोकतान्त्रिककरण हुदैंन । न त श्री ५ को सरकार भन्ने पदावलीलाई वदलदैमा नै सरकार लोकतान्त्रीक हुन्छ । मलाई लाग्दछ वर्तमान सरकारका नेतृत्व र यसलाई निर्देशित गर्ने पार्टि प्रमुखहरु वाट अझै पनि राजा राजतन्त्र र सेनाको परमाधिपतिको ह्याङ्गओभर गएको छैन ।
अतः यस्ता डरपोक नेतृत्वलाई विस्थापत गर्न युवा नेतृत्व अघी आउनु पर्ने आवश्यक भएको छ ।
जीवन रोक्का
वर्गेन नर्वे ।
मन परे हरियो, नपरे रातो
0
0
I don’t know what to comment on this topic. The litted girl in the picture is very much desperately waiting for his father to come home. The old man is waiting to get a dead body of his son. These are the very touching pictures and says thousand words about the unjustice done to them and their families.
I don’t know who is innocent and who is not but we all must surely help these people who have lost their beloved one in our country crises.
I think the government or the NGO must take care of them and a full search must be done about the people who are lost during last few years.
cool
मन परे हरियो, नपरे रातो
0
0
नेपाल को शर्कर्ले के हेरि रहेको छ हरयका हरु लाइ किन आजै सम्म खोजि गरेको छैन नेपालको यति खेरको शरकार पनि अपङगो नाहि जस्तोलग्छ के इ हरयका हरुको खोजिनै हुन्नता?
मन परे हरियो, नपरे रातो
0
0
In war and love, everything is fare. But is it fared in this politics of without love and war? No idea. If not than, top guys in politics to forawrd such activities must be punished. How?Must be not like the recent royalist guy escaped from sarbochha. Hope pourpolitician may have vision to trap them with real justice. all the best
मन परे हरियो, नपरे रातो
0
0