![]()
“हाम्रो देश पाकिस्तान र चीन थोरै हो”
मुम्बईमा भएको आतंकवादी आक्रमणपछि केही ब्लग साइटहरु भारतबाट नखुलेपछि भारतीय ब्लगरहरुको ‘हल्ला’ गर्ने ठाउँमा केहीले यस्तै भनेका थिए। तर संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भनाउन रुचाउने भारत सरकारले साँच्चिकै चीन र पाकिस्तान कै शैलिमा ब्लगहरुमाथि प्रतिबन्ध लगाएको पुष्टि उनीहरुले नै गरे। भारतीय ब्लगरहरुमा माझ एकदम लोकप्रिय ब्लगस्पट लगायतका केही मुख्य ब्लगहोस्टहरु भारतभित्रबाट नखुल्ने गरी आईएसपीहरुले रोक लगाएको रहेछ।
भारतीय ब्लगरहरु एकजुट भए यसको विरोधमा। मलाई त यो प्रकरण ‘आतंकवादी’हरुले प्रयोग गरे भनेर हाम्रो शाही सरकारले प्रिपेड मोबाइल बारम्बार बन्द गरे जस्तै लाग्यो। अभिव्यक्ति स्वतन्त्रताका पक्षपातीहरुले सरकारविरुध्द मुद्दा पनि हाल्दैछन्। म भारतीय ब्लगरहरुको अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा समर्थन जनाउँछु।
पछि भारतको दूरसञ्चार विभागले स्पष्टिकरण दिँदै सबै ब्लगमाथि प्रतिबन्ध लगाउने उद्देश्य नभएको भन्दै केही ब्लगहरुमा मात्र प्रतिबन्ध लगाउन निर्देशन दिइएको बताएको छ। आईएसपीहरुले भने निश्चित ब्लगमा मात्र प्रतिबन्ध नलगाई पूरै होस्टमा नै लगाइदिएछन्।
यस्तै डर मलाई शाही शासनकालमा भएको थियो। कसैले दिने साहस नगरेको चर्का नारासहितका अडियो र भिडियो ब्लग राखिरहेको थिएँ त्यतिबेला ब्लगसमको निःशुल्क स्पेसबाट। त्यही बेला माअोवादीहरुका पनि केही ब्लग ब्लगसममा खुले। माअोवादीका सबै साइटमा प्रतिबन्ध थियो त्यतिबेला। कति प्रोक्सीहरुबाट पनि खुल्न नमिल्ने बनाइएका थिए। अब ब्लगसम पूरै ब्लक गर्ने भयो सरकारले जस्तो लागेको थियो। त्यसैले हतार-हतारमा म निजी सर्भरतिर लागेको थिएँ।
शाही शासनकालमा ब्लगमाथि प्रतिबन्ध भने लगाइएन। तर मलाई डर लागेको छ, जे कुरामा पनि भारतको सिको गर्ने हाम्रा नेताहरुले भविष्यमा यसै प्रतिबन्धको उदाहरण दिँदै ब्लगहरुमा प्रतिबन्ध लगाउने त हैन ? माअोको देश चीनले जसरी ब्लगमाथि प्रतिबन्ध लगाइरहेको छ, त्यही ‘वादी’ हरु सरकारमा पुगेपछि सोही शैलिमा प्रतिबन्ध लगाउने त हैनन् ?
No related posts.









what does it mean on ” थोरै हो ?”, यो भनेको exacly, semi or less? is that word in Nepali grammer or a word taken from Hindi word? like ” ठोदी “?
मन परे हरियो, नपरे रातो
0
0
ऊमेसजी ,
बम्बै आक्रमणको केही दिन अघि टाइम्स अफ इण्डिया को लिंकबाट अगाडि बढेको ब्लगमा पढिरहँदा मैले के महशुस गरेको थिएँ भने यो ब्लगमा प्रतिबन्ध पक्कै लाग्न सक्छ । मलाई ती धर्म र समुदायसंग सम्बन्धित पढ्दा निकै असहज लागेको थियो र मैले एउटा प्रिमोनिशनको अनुभव गरेको थिएँ कि सायद यस्तो ब्लग त प्रतिबन्धित हुनु पर्ने हो कि ? दुर्भाग्यवश बम्बैमा फेरि आतंकवादी हमला भयो र ब्लग साइटहरु पनि त्यसको छर्राले घाइते भए।
यसो भनेर म विचार स्वतन्त्रताको विरुद्द भने हैन ।
यसको कारण के भने त्यहाँ केवल मुसलमान ब्लगरले हिन्दुस्तान उडाउने, हिन्दू काफिरलाई कत्लेआम गर्नु पर्ने र भारत र इजराललाई एशियाको नक्शाबाट नामेट पारी एशियालाई वृहद मुशलामान मुलुक बनाउन आव्हान गरिएका कमेण्ट पोष्ट गरिएका थिए भने अतिवादी हिन्दूहरूले मुसलामानका नाममा त्यस्तै गाली तथा मुहम्मद र पाकिस्तानका नाममा नीच दर्जाका कमेण्ट राखेका दिखिन्थे । तर एकदमै राम्रो र स्तरीय अंग्रेजी भाषामा राम्रा तर्क र विचारसहितका पोष्ट गरिइका ती कमेण्टहरुलाई हेर्दा र पढ्दा ती पोष्ट गर्नेहरू अत्यन्त उच्च स्तरको पढाइ र ज्ञानभएका व्यक्ति जस्ता लाग्दथे। ती विचारहरु विद्वेष फैलाउन र एक समूदायलाई अर्को विरुद्द भडकाउन पर्याप्त थिए । तैपनि वर्तमान सूचना र प्रविधिको संसारमा, सूचना माथिको प्रतिबन्ध कुनै कुराको समाधान भने हुन सक्दैन ।
आखिर विचार स्वतन्त्रताको कसीमा व्यक्ति र ऊसको अभिव्यक्ति दुवैले देश समाज र र सर्वसवीकृत मान्यताका पक्षमा केही दायित्वको ख्याल पनि गरिदिनुपर्छ जस्तो लाग्छ।
मन परे हरियो, नपरे रातो
0
0
पंत्ति ५ मा पुग्दा आज मलाइ administrator को कुरा मन पर्यो धन्यवाद उमेश जि
मन परे हरियो, नपरे रातो
0
0
No matter what, India is always considered as the biggest democracy in the world. Consider their population and consider the number of people who are eligible to vote in a very stable democratic ruling system. Ya ya now you might say I am a ‘chamacha’ of Indians
but that was just fact to tell you that it is not self procclaimed biggest democracy of the world, it IS the biggest democracy in the world .. BUT NOW ?? shame on you Indians.
These are the blog sites Indian government was / is actually trying to block according to BBC
hinduunity.org
exposingtheleft.blogspot.com
pajamaeditors.blogspot.com
commonfolkcommonsense.blogspot.com
http://www.hinduhumanrights.org/hindufocus.html
princesskimberley.blogspot.com
मन परे हरियो, नपरे रातो
0
0