मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नागरिकलाई सुरक्षा दिन भारतको आग्रह

    आचारसंहितालाई ‘अचार’ बनाउँदै माअ‍ोवादीले मंगलबार कीर्तिपुरमा एमालेका एक कार्यकर्ता प्रकाश महर्जनलाई चार घण्टासम्म नियन्त्रणमा लिएको खबर सेलाउन नपाउँदै भारत सरकारका तर्फबाट माअ‍ोवादीसँगै सम्बन्धित एउटा गम्भीर आग्रह नेपाल सरकारलाई गरिएको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार साँझ गरेको पत्रकार सम्मेलनमा भारतीय व्यापारीहरुसित चन्दा मागिएको र भारतीय व्यापारीलाई ज्यान मार्ने धम्की माअ‍ोवादी निकट मजदूर संगठनले दिएको भन्दै आफ्ना नागरिकको सुरक्षा गर्न नेपाल सरकारसित आग्रह गरेको बताइएको छ।

    कान्तिपुर टेलिभिजनका अनुसार कीर्तिपुरमा माअ‍ोवादीले एमाले कार्यकर्ता महर्जनलाई एउटा कोठामा ट्रेड युनियनसित सम्बन्धित एउटा पोस्टर टाँसेको आरोपमा चार घण्टा नियन्त्रणमा राखी छाडेका थिए। केही दिनअगाडि मात्रै एमालेकै एक जिल्ला (रामेछाप हो जस्तो लाग्यो) सम्पर्क मञ्चका अध्यक्षलाई माअ‍ोवादीले भक्कुमारसँग चुटेका थिए। केही दिनअघि प्रचण्ड र माधव नेपाल बीच भएको वार्तामा यो कुरा पनि उठेको थियो र छानबिन गरी दोषीलाई कारबाही गराउने प्रतिवध्दता प्रचण्डले माधव नेपाललाई दिनुपरेको थियो।

    यता, सन्ध्या टाइम्समा तरकारी बजार, टंकेश्वर क्षेत्रमा प्रचण्डको टिसर्ट लगाउने माअ‍ोवादी हुँ भन्नेहरुले आचरण सुधारका नाममा लामो कपाल पाल्ने केटाहरुको कपाल काटिदिने, घर-घरमा पसी जुवातास खेले-नखेलेको निरीक्षण गर्ने र खेलेको भेटिएमा तास च्यातिदिने गरिरहेको स्थानीय बासिन्दाहरुलाई उदधृत गर्दै लेखिएको छ।

    राससका अनुसार, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति, सिन्धुपाल्चोकका सचिव विकास लामालाई माओवादीले यही साउन १२ गते शुक्रबार उहाँ बसेको स्थान भुरुङखेल, क्षेत्रपाटीबाट अपहरण गरेको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। उहाँलाई किन र के कति कारणले अपहरण गरिएको हो, कहाँ राखिएको छ कुनै जानकारी नभएको पार्टीको प्रेस विज्ञप्तिमा जनाइएको छ।

    भारतीय दूतावासको चासो भने वैध जुवाघर (क्यासिनो) सित सम्बन्धित छ। भारतीय नागरिकको समेत संयुक्त लगानीमा खुलेका ती क्यासिनोहरुमा भारतीय ‘मालिक’हरुले नेपालीहरुलाई निकै श्रम शोषण गर्ने गरेको गुनासो धेरै पहिलेदेखि नै आइरहेका छन्। अहिले युध्दविराम भइरहेका बेला आचार संहितामा बाँधिएका बेला माअ‍ोवादी भ्रातृ संगठन अखिल नेपाल होटल तथा रेस्टुरेन्ट संघले विरोध सुरु गरेपछि त्यहाँको समस्या चर्किएको हो।

    क्यासिनोका एमडी राकेश वादवा र उनकी श्रीमति सालिनी वादवाले संघले आफूहरुलाई ज्यानको धम्की दिएको भन्ने उजुरी भारतीय दूतावासमा दिएपछि भारत सरकारको वक्तव्य आएको हो। श्रम शोषण गर्न आरोप लागेका क्यासिनोका दुई भारतीय नागरिक कर्मचारीले युनियनकै दबाबका कारण नेपाल छाडिसकेका छन्।

    No related posts.

    18 comments to नागरिकलाई सुरक्षा दिन भारतको आग्रह

    • dhyan

      आयुध कुमुद जि
      तपाईं राम्रो लेख्नुहुन्छ ।यो सबैले जानेकै हो ।तर यो कुरा बुज्नुस् कि माओवादी को डर न भाको भे ज्ञानेन्द्र ले धेरै मान्छे मार्थे ।नेपाल मा यो परिवर्तन सम्भभ थिएन ।काठे छेत्री हरु आफुलाई अझै काजी सम्झन्थे ।
      शाह ,राणा,काठे क्षे त्री,हटियार बाहेक आरु भाषा सम्झ्दैनन ।
      धेरै जसो गुण्डा गर्दि,मन्दले हरु यिनै हुन ।
      माओवादी मा धेरै विद्वान हरु हुनुहुन्छ ।प्रचन्ड को बुद्दी छैन??बाबु राम को बुद्दी छैन?? कि तपाईं खुमबहादुर्,शेरबहादुर्,जोशि,गछेदार्,सुशिल मा देश को भबिस्य देख्नुहुन्छ ? ? ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • हुन त आयुध कामुद जी विचार आआफ्नै हुन
      यही नेपालमा हत्यारो ज्ञानेन्द्रे यो देशको राजाको रुपमा अझै शासन समालेको छ र समाजले पनि देखेका कुरा हुन माओवादीको जनआन्दोलन शुरु नहोदो हो त नेपालको राजनैतिक चेतनाको स्तर कुन पातलमा रहदो हो त्यो लोकले विश्लेषण गर्छन्। म नाथे त लगभग नेपालको राजनितीक इतिहासमा केटाकेटी नै छु तर बच्चै देखी नेपालको राजनैतिक स्थीतिलाइ नजीकबाट नियाल्ने प्रयास गरीरहेको छु । अब माओवादी समानन्तर राज्यसत्ता हुन सक्दैन भन्ने कुरा मै जाउ न त । मित्र सात दलले अब फेरी काठमाडौमा एक पटक मात्र जनसागर जुटाएर देखाओस त । भन्छन् नि सुर्यलाइ हत्केलाले छेकेर छेकिन्न । यदी माओवादी समानान्तर राज्यसत्ता नभए त सात दलमा एक अर्को आठ दल भइहाल्थ्यो नी यो लामो वार्ता र समाधानको कुरा कता आउथ्योर हैन त ? अब अर्को कुरा २३७ साल पुरानो राजसत्ताको जग कहानिर बाट हल्लीन सुरुभयो सायद यसको पनि तपाइलाइ राम्रो भेउ हुनुपर्छ भन्ने लाग्छ मलाइ । समयलाइ ढाकछोप गर्ने प्रयास गर्नु इतिहासलाइ बाटोतिर मोड्न खोज्नु जत्तिकै हो त्यसैले हेर्दै जाउ माओवादी समानान्तर राज्य सत्ता थियो कि थिएन अनि इतिहासलाइ गलत बाटोतिर मोड्न खोज्नेहरुले जित्छन् कि सुनौलो इतिहासका निर्माताहरुले त्यो भविश्यको लागी थाती राखौ । नेपाल र नेपालीको सदा जय होस् शुभयात्रा !
      अविरलयात्री
      साउदीअरब

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rose

      I only knows the power of weapons. Weapons dont create the peace anywhere in the world so lets drop weapons and go to CA election. If we believe on the power of people, then we should agree to drop the arm immediately. Otherwise we are telling one thing and plan to do another.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आयुध कुमुद

      माओवादी समानान्तर राज्यसत्ता हैनन र हुनुपर्ने केही कारण पनि छैन ।
      राजनैतिक हैसियतको कुरा गर्ने हो भने बिना बन्दुक जनताको मा गएर मत माग्ने हैसियत देकाउनु पर्यो हैन भने के का आधारमा यिनलाई जनताको समर्थन छ भन्ने ठान्ने हो ?
      जनयुद्द जनसेना आदि ‘जन’को फुर्को झण्डाएर बोलिरह्यो भन्दैमा जनताको भइँदैन । मैले बारम्बार भनेको छु कि यिनका १० हजार बन्दुकेहरुको साथबाट यिनलाई अलग्याइ दिने हो भने माओवादीको हैसियत सदभावना पार्टीको भन्दा सानो हुने कुरा निश्चित छ । त्यसैले बन्दुक छोडेर खुला राजनीतिमा आउने सक्ने चुनौति माओवादीले स्विकार्ने छैनन ।
      शान्ति प्रकृयाका नाममा चोर र अपराधीलाई पूज्न हुँदैन । माओवादीको माथिल्लो राजनीतिक नेतृत्वमा राजनीति गर्ने मान्छे भए पनि अधिकांस त्ल्ला कार्यकर्ता जीवनदेखि हारेका , स्कुलमा पढ्न नसकेका , गुण्डागर्दी गर्ने मान्छेमारा र अपराधीहरुका झूण्ड नै हुन । सबैखालका संस्कारले ठगेका यिनिहरुले बन्दूक नै अन्तिम सत्य ठान्ने हुनाले त्यसैको बलमा आफ्नो फासीवादी अहंकारलाई देशमा लादेर हुकुमी शैलिको अतिवादी पोलपटे राजनीतिको वर्चस्व कायम राख्ने सोचमा छन । तर उनिहरुको यो मुराद अन्तर्राष्ट्रिय समूदाय र अत्यधिक रुपको अधिसंकख्यक सभ्य नेपाली जनमानसले पचाउने कुरा नै छैन । खुला राजनीतिको वर्तमान परिवेशमा सलह झैँ सलबलाए पनि यिनिहरुको अतिवादी व्यवहारबाट हाम्रा छिमेकी ,मित्र मुलुकहरु र देसका ९५% सभ्य र देसप्रेमी नागरिकहरु उदेक भइसकेका हुँदा यिनीहरुले अब पनि आफ्नो व्यवहारमा सुदार गरेनन भने यिनको विनाशमा कोही नेपालीले आँसू चुहाउने पनि छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • सबैलाइ अभिवादन भन्दा नराम्रो लाग्न सक्ला त्यसैले
      नमस्कार अभिवादन अनि जदो !
      सबैभन्दा महत्वपुर्ण कुरा माओवादी राजनैतिक पार्टी मात्र हैन यो नेपालको समानान्तर राज्यसत्ता पनि हो । माओवादीले बार्ताको टेवलमा बस्नुको अर्थ उ आत्मसमर्पण गर्न लालाहित छ भन्ने अर्थ लगाइयो भने त्यो भन्दा ठुलो दुर्भाग्य नेपालको शान्ती प्रक्रियामा अरु केही पनि हुने छैन । यी आपसी सहमतीका विरुद्धमा संसाद र पुरा सासंदले बोल्दा के त्यो आचार संहिता पिरीत होइन ? आपसी समजदारी र सहमतीमा अगाडीका क्रियाकलाप सम्पन्न गरीने सहमती पछि लुकाएर लिफाफाहरु अन्नान वस्ती तिर धमाधम ओसारीनु के त्यो आचार संहिता विपरीत होइन ? अनि राज्यको हरेक अगं संसादको माताहतमा राखीने निर्णय पछि पनि राज्यका हतियारयुक्त कसाइहरु राज्यकै अर्को अगंलाइ समेत यातानाका सिकार बनाइरहदा समेत राज्यले प्रभावकारी कदम चाल्न नसक्नु के यो चाही सहमती विपरीत होइन ? युद्धविराम भइसके पछि समेत विद्रोही सेनामाथी अक्रमण गर्न लालाहित रहनु के त्यो चाही सहमती पिरीत होइन ? मेरो विचारमा त्यो सहमतीको घोर उल्लङघन हो । एक जना बुज्रुक मित्रले भन्नभु भयो भारत र अमेरीकाले चाहे…………… भारत ???? त्यो मुखमा राम राम बगलीमा छुरा हो, त्यो अन्नान बस्ती बादरे बुसका खेलौन हुन र यीनलाइ विश्वभर हतियारको व्यापार फैलाउनु छ अब नेपालको दिगो शान्ती यीनको लागी पाच्य विषय होइन त्यसैले सबै खाले सामान्तबाद, अधिनायकबाद र विस्तारबादका पिछलग्गुहरु नेपालको शान्ती प्रक्रियाका त्यत्तिकै बाधक छन् जती नेपालका राजदरबार, यीनका भरौटेहरु र राजनैतिक दलका अपांग नेताहरु ! नमरी बाँचे कालले साचे संसार अवश्य देखिन्छ हेरौला साम्रज्यबादी अमेरीका र विस्तारवादी भारतको यो तुजुक कतिन्जेल सम्म हो। नेपाल र नेपालीको सदा जय होस् शुभयात्रा !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यसमा माओवादीले आचारसंहिता पालना नगरेको प्रष्ट बुझिन्छ साथै भारतको राजनीति पनि । त्यसैले त चाँडो भन्दा चाँडो संविधानसभाको निर्वाचन गराउ भनेको । यस्तो मौका फेरि फेरि आँउदैन, बगेको खोला फर्कंदैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sampada

      Asali ji tapaiko bichar sanga ali asahamat huna man lago. tapaile pahila yo kura bujnu paro ki maobadi haru kina banduk samanuna badye bhaye. Uni haru kaska lagi ladai laddai chhan. yeskura lai tapaile kahile socnu bhayeko chha ? socheko bhaye ta tapai yesta kura nai garnu hunthena ni. yeti kura jannus uniharu pani tapai jastai janataka lagi 10 barsha jangle paseka hun.
      tapaile yo kura pani ramro sanga bhujnu, jati pani maobadi ko naam ma badnam bhayeko chha. tyo sabai mandale le gageka hun. jasle mao badi lai ajai jungle pathayera aapule ajai nepali janatalai daman garne chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aayudh

      Maoists and their unchecked atrocities are not only ruining the country but they are also ruining our relationship with our neighbours.

      They are extorting people and threatening everybody for life in this open situation. The police and army can not come to control even the criminal offences meted out on people because the Maoists will clamour saying that the security forces have come out of their barracks thereby breaching the code of conduct. But Maoists on the other are hand causing a havoc in public holding the whole nation hostage at gunpoint. These people are real criminals and they will not serve any good for the nation till the time they are able to ruin Nepal into tatters.

      Yes these terrosrists will not be ready to get rid of their weapons because they don’t believe in the power of the ballot box. These thugs know that their strength will be a hoax once a free and fair election takes place and their real picture will come out. Their strength is gun and they will not leave them but if they suffer a bitter blow with another force ,they will learn lesson.
      Look how they are treating the SPA parties. On one hand these blind hunters are to be led way by the SPA to bring them to public politics and on the other hand they have allowed their ruthless and stupid cadres to prowl the whole of Nepal by extorting every Nepali and squeezing all out of their livelihood.

      No, these thugs are too myopic to see other than themselves and they will never learn to straighten their behaviour as the tail of the Dog as the proverb goes.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chakrapani

      BL ji,

      Aba tapain sanga k kura garnu, tapain shuba chintak pani janamukti sena ko nai hunu hudo raichha. Janamukti sena ko sato Nepal Ama ko shuvachintak hunu bhayeko bhaye sayad hamro kura milthyo hola…….

      om shanti..
      chakrapani

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • ‘आचार सन्हिता’ लाई माओवादीहरुले ‘अचार सँग’ सम्झेछन कि के हो ? जतिखेर र जसरि पायो त्यसरि नै खाने, शुभचिन्ताक मित्रहरुले पनि अलि सम्झैइदिनु पर्‍यो कि सार्वजनिक रुपमा मान्छु भनेको कुरा त सार्वजनिक रुपम त कमसेकम उल्लन घन गर्न त भएननि (सबैलाई थाहा भएको कुरा नै हो ‘भित्र भित्र’ त उनिहरुले जे पनि गरेक्नै छन नि) ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      One more thing:

      rNA must be decommissioing first; Simple & clear Reasons
      - rNA is the army of Royal family & ranas to protect their rights;

      - Cause of rNA, Thakure Tule (Mahendra) ruled country with autocracy system PANCHYAT;

      - Cause of rNA, Thakure Mahilo tried to run again our country in criminal ways during past 3 years;

      - rNA is the killers of 13,000 + 19 nepalese people;

      - Cause of rNA that ROYAL FAMILY, RANAS, PANCHE & HIGHER CLASS people in this country looted our nation;

      - Hence the reason, we are the poorest people in the world with its richest king of the world.

      - Cause of rNA, parties leaders are also tried to protect them (Kaju Kancha did, Girija already told that he told Pyare to go to Pokhara..etc..etc..

      - rNA headed by KING OF CRIME still running this govn;

      - rNA IS ALL ABOUT GANGS OF CRIMINALS!

      - What rNA did during Janaandolon#02???

      - If NO decommissioning of rNA, then PARTIES will use them again to KILL innocent people TILL last second!

      UNTILL the decommissioning of rNA (family army that works to protect the rights of 5-10% of nepalese people.

      AND WHO IS A KEY FORCE TO DECOMMISSIONING OF rNA??

      COMMISSIONING OF people’s gun will ultimately DECOMMISION the rNA.

      IF ANYONE DOES NOT BELIEVE, JUST WAIT & SEE!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • asali

      माथिको कमेन्टमा माओबादीले हतियार बिसाए जनता खुशी हुने छैनन भन्दा सारै मुर्खपुर्ण अभिब्यक्ति लाग्यो । डर त्रास नदेखाउने हो भने जन सेना भनाउदा माओबादी मिलिसियालाइ ५ % जनताको पनि सहोयोग हुदैन । यो त उनिहरुलाइ पनि थाहा छ उनिहरुले आप्नो प्रभाव देखाउन के के गर्दैछन भन्ने । तेसैले त हतियर नबिसाउन अनेक बहाना गर्दैछन । हजारौ हजार मान्छेको ज्यान लिने माओबादी सेना यदि बिना हतियार चुनाबमा आउन त? त्यसमा जनताको लोप्पा खाने डरले हतियार साथमै राखेर अझैपनि माओबादि मिलिशिया हितियारले मानसिक दबाव दिदै जनताको त्रास लाइ आफ्नो पकडमा राख्न खोज्दैछन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • dhyan

      उमेशजी
      ल अब वास्तवमा चिन्नुस् नेपालको सबै भन्दा ठुलो दुस्मन को ।
      नेपालमा जब आस्तिरता छौछ सबै भन्दा ठुलो फाईदा भरत ले उठौछ ।प्रजातन्त्र अ्एरिका र भा रत जस्ता देश को अरु देश मा हस्तक्षेप गर्ने निहु भएको छ ।
      अ्एरिकालाई पाकिस्तान र भा रत लाई भुटान मा प्रजातन्त्र चाहिदैन ।तर भा रत लाई नेपाल मा प्रजातन्त्र नभै हुँदैन ।ता कि नेपाल लाई बेस्से लाई झै वालात्कर गर्न पाइयोस् ।
      यती सानो नेपाली लाई बाहुन्,नेवार,राइ लिम्बु,जन जाति,मदिसे,मन्दले,राजबदि आदी को इस्सु को नाम मा छुट्टाइए को छ ।घृणा फैलाइयेको छ।
      ता कि भोली नेपाल खान पाइयोस् ।
      अब आन्तिम आस् माओवादी को छ ।बाबुराम को छ ।हेरौ नेपाल कसरी अगाडि बछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • look ! all people ,in the future the maosist doesn’t do nothing . we don’t have nothing . how could make changes .no one is feeling secure . it is the result of 10 years janayudda . any one can do any thing . our beautiful counry has gone 50 years back .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      Hi BL,

      Lets not worry too much about how PRACHANDA will move forward! He is very clear on how Nepal & Nepalese will get real freedom & their rights!

      Each & every effort taken by JOINTLY by King, SPA, RNA & international forces did not defeat THE SONS OF MOTHERLAND on the battle fields!

      NOW, IT GONNA BE LOT EASIER TO DEFEAT ALL OF THEM ON POLITICAL FIELDS AS EVERYONE CAN SEE THE ONGOING POLITICAL SCENARIO!

      AND AGAIN, PEOPLE ARE ALWAYS THE WINNER!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      I am also agree with B. L.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Janadesh

      Bi Al Ji – Janata le haina Bharat Ra America le chahe Raja ajha pani 500 bars rahancha. Janta Ley Pani Thapana ko Rajha Chaheka Chhan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BL

      मैले थाहाँ पाए सम्म अहिले सानोतिनो झिना मसिनाकामलाइ ठुलो बनाइ माओबादिलाइ बदनाम बनाउने काम गरियको हो।
      जहाँ सम्म आचारसहिताको कुरो हो त्यसमा सरकारि पक्षबाटनै सबभन्दा ठुलो गल्ति गरियको छ। आचार सहितामा उल्लेख बिपरित सरकारले संयुक्तराष्ट्र संघलाइ पत्र पठायको कुरो। सरकारले ८ बुदे सहमति पालना गर्न आलटाल गरेकै छ। त्यहाँ भन्दा ठुलो उंलघन के नै हुन सक्छ र।
      माओबादि नेताले अब हत्तियार बुझायर सरकारमा जान बन्दा भन्दा सरकारमा नगाइकन भहिरैबसि हतियार नबुझाइकन संम्बिधान चुनाबमा जान उपयुक्त लाग्छ। यदि यस्तो खालको निणय माओबादिले गरेमा बाध्यभयर ७ दलले सरकारको लागि आवाहान गर्छ। किन बने यदि सरकार भन्दा बाहिर बाटनै जादा भोलि सरकारि पक्षले धादलि गरेमा सहमतिको लागि आफ्नो सेनाको कारणले बार्गेनिङ् गर्न सक्ने स्थिति हुन्छ।
      त्यसकारण माओबादि सेनाको हत्तिया बुझाउने कुरामा जनता खुसि छैनन्। जनताले राजा चाहेका छैनन्। माओबदिले जनमुक्तिसेनाको हत्तियार बुझायर सरकारमा २ वा ३ मन्त्री खायर खासै उलब्दि छैन उल्टो बदनाम हुनजाने छ। कुरो बुझे आफैलाइ बने झै
      पुजिबादिहरु र सामन्तिहरुले हरेक ठाउँमा ढोकादिने पेसा हो तिनि हरुको त्यसबाट बच्न बुद्दिमता हुन्छ।

      जनमुक्ति सेनाको
      सुभ चिन्तक
      बि एल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    eXTReMe Tracker