
चिताउँदै नचिताएको गद्दी र चरम महत्त्वाकांक्षाका कारण देशको शासन हात परेपछि उत्पन्न आनन्द, उत्साह र सत्ताउन्मादले हो कि शासकीय चिन्ताले हो, राजदरबारमा महङ्गा विदेशी रक्सीको खोलो बगेको पाइएको छ। राजदरबारको इतिहासमै गत वर्ष सर्वाधिक रक्सी खपत भएको थियो। रेकर्डअनुसार १९ वटा फरक-फरक आइटमका आयातित रक्सीहरु दरबारले लगेको थियो, जसमा र्सवाधिक महङ्गो मानिने ब्राण्डीदेखि ठीकै मूल्यका ह्वाइट वाइनसम्म छन्। यीमध्ये विदेश भ्रमणमा जाँदा ल्याएकाबाहेक राजा ज्ञानेन्द्रले धेरैजसो ब्ल्याक लेबल र ब्लु लेबल ह्वीस्की मदिरा ज्युनार गर्ने गरेको स्रोतले जनायो।
राजदरबारको इतिहासमै गत वर्षर्सवाधिक रक्सी खपत भएको थियो। यससम्बन्धी प्रमाण जनआस्थाले फेला पारेको छ। जसमा विदेशी रक्सीको दरबारमा बाढी लगाइएको स्पष्ट उल्लेख छ।
सक्रिय शासनका अवधिमा पटक-पटक विदेश यात्रामा निस्केका राजारानीले हरेक भ्रमणमा खरिद गर्ने लाखौंलाखको सामानबाहेक राज्यकै तर्फबाट समेत लाखौं डलरको रक्सी दरबार भित्रिएको थियो। रक्सीसँगै एक सय कार्टुन वेन्सन र ५५५ ब्राण्डका विदेशी सिगरेट पनि नारायणहिटीमा खपत गरिएका थिए।
विदेशबाट आयात गरेबापत देशले लिनुपर्ने कर शाही शासनको उपलब्धिका रुपमा हजारौं बोतल रक्सी र सैयौं कार्टुन चुरोट दरबार भित्रिएको हो। नारायणहिटी राजदरबारस्थित श्री ५ महाराजाधिराजको स्वकीय सचिवालयमा दर्ता रहेको रेकर्डअनुसार १९ वटा फरक-फरक आइटमका आयातित रक्सीहरु दरबारले लगेको थियो, जसमा र्सवाधिक महङ्गो मानिने ब्राण्डीदेखि ठीकै मूल्यका ह्वाइट वाइनसम्म छन्।
यीमध्ये विदेश भ्रमणमा जाँदा ल्याएकाबाहेक राजा ज्ञानेन्द्रले धेरैजसो ब्ल्याक लेबल र ब्लु लेबल ह्वीस्की मदिरा ज्युनार गर्ने गरेको स्रोतले जनायो। रानी कोमलले भने सस्तो नै भए पनि म्याटास रोज वाइन मन पराउने र धेरैजसो यही ब्राण्ड पिउने गरेको स्रोतले बताएको छ। रानीले मन पराउने यो वाइन सात सय बीस बोत्तल खपत भएको थियो। यसबाहेक १२ सय २४ बोत्तल अन्य वाइनहरु दरबारभित्र दाखिला गरिएको पाइयो।
गत वर्षअर्थात् ०६१ साल साउन १ गतेदेखि ०६२ साल असार मसान्तसम्ममा दरबारले ४ हजार ३ सय ९२ बोत्तल विभिन्न ब्राण्डका मादकपदार्थ सरकारी कोषबाट लगेको थियो। जसअनुसार, विभिन्न थरिका ह्वीस्कीमा
रेगुलर ४३२ बोत्तल
प्रिमियम २८८ बोत्तल परेका छन् भने
ब्राण्डीहरु ४३२ बोत्तल,
कन्याक नामको अर्को ब्राण्डी छुट्टै १ सय ४४ बोत्तल,
जीन १ सय ४४ बोत्तल,
भोड्का ७२ बोत्तल,
लिकरहरुमा क्वेन्टम नामक लिकर १ सय ४४ बोत्तल,
१७ डलर प्रतिबोत्तल पर्ने ड्रम्बुल लिकर ७२ बोत्तल,
रम १ सय ४४ बोत्तल,
रेडवाइन ४ सय ३२ बोत्तल,
ह्वाइट वाइन ४ सय ३२ बोत्तल,
म्याटास रोज वाइन २ सय ८८ बोत्तल,
क्रिम डि म्यान्थे (ग्रीन) ७२ बोत्तल,
हारभेज क्रिम सेरी -स्वीट) ७२ बोत्तल,
स्याम्पेन ७ सय २० बोत्तल लगिएको पाइयो।
राजाको स्वकीय सचिवालयका उपस्वकीय सचिव शंकर नकर्मीले तत्कालीन अर्थसचिव भानु आचार्यलाई दरबारको लेटरप्याडमा पत्र लेखेरै सो परिमाणमा रक्सी माग गरेका थिए। धेरै भए पनि सबै रक्सी विदेशबाट मगाई दरबार पठाइयो- अर्थ स्रोतले भन्यो।
दरबारको संख्या २६९/०६१ साउन १५, ०६१ को पत्रमा लेखिएको छ- ‘श्री ५ महाराजाधिराज सरकारका नाममा नेशनल ट्रेडिङ्ग लिमिटेड, बोण्डेड वेर हाउस, रामशाहपथ, काठमाडौंबाट निम्न ड्रिङ्क्स तथा चुरोट ०६१ साल साउनदेखि ०६२ साल असार मसान्तसम्मको लागि पटक-पटक गरी खरिद गर्ने व्यवस्था मिलाइदिनुहुन अनुरोध गर्दछु।’
झण्डै पाँच हजार लिटर रक्सीको यो परिमाणबाहेक पनि पाहुना आउँदा र दरबारमा पार्टी हुँदा सरकारी कोषबाट थप रक्सी मगाउने गरिएको छ। रक्सीको यो परिमाण हिसाब गर्दा वाषिर्क हजारौं लिटर रक्सी दरबारमा कसैले पिउँछ वा कर्मचारीले बद्मासी गरेर बाहिर पो बिक्री गर्छन् कि – भन्ने प्रश्न उब्जेको छ। जबकि दरबारले कर्मचारीहरु र सेनाका लागि यो रक्सी प्रयोग गर्न दिँदैन। ‘पार्टीबाहेक रक्सी पिएर दरबार प्रवेश निषेध हुने गरेका कारण कर्मचारीले दरबारभित्र रक्सी पिउन सक्दैनन्’- उच्च स्रोतले भन्यो- ‘उपचारका लागि दरबारले कतै रक्सी पाउँदैन।’
राजा वीरेन्द्रको वंश विनासपछि दरबारमा शाही परिवारको संख्या पनि अत्यन्त सीमित छ। राजा ज्ञानेन्द्र, रानी कोमल, मुमाबडामहारानी, युवराज पारस र युवराज्ञी हिमानीबाहेक अरु सदस्यहरु सात वर्षमुनिका छन्।
स्रोतका अनुसार, यो वर्षका लागि पनि दरबारले रक्सीको माग विवरण अर्थ मन्त्रालय पठाउने तयारी गरेको छ, तर हजारौं लिटर रक्सीमा घटबढ के हुने हो, त्योचाहिँ यकिन भइसकेको छैन। खुशी हुँदा होस् वा पीर पर्दा, रक्सीको सेवन दुवै अवस्थामा गरिने हुँदा अब मदिराको परिमाण नबढ्ला भन्न सकिन्न। भनाइ नै छ- ‘त्यसै पिएको हो र पीर परेर पो पिएको त †’ (साभारः जनआस्था)
No related posts.









तपाईं हरू पनि ब्यर्थ मा टाउको दुःèउनु हुन्छ । ज्ञाने पारसे ले कि जनता को रगत पिउछन् कि त रक्सि पिउछन्। ग्याने पारसे गुन्दा ले रक्सि नपियर के पन्चामृत् पिउछ् त।
मन परे हरियो, नपरे रातो
1
1
देशै डुब्ने गरी खाने अरु काे नै हुन्छ र त्यसै जनताले ज्ञाने चाेर देश छाेड भन्ने नारा लागाकाे हाे र ।।।।।।।।।।।।।।
मन परे हरियो, नपरे रातो
0
0
Certainly a waste of state money or tax payer’s money. That was the count for only for a year. Lets not get into counting. What will this provide to the citizens? Will they they be given back their tax money? No way! So instead of wasting time on things that were out of our state’s hand, lets march ahead with more sensible activities like working hard , reading, teaching, giving out to people who need help in the society. I think the real citizens are judged by these kind of activities and not by complaining all the time. Your country doesn’t make you but you make your own country and then your children’s and grandchildrens will be made by the country. So it all depends what you give in instead of complaining. Some friends even mention collecting blood to show our future generations. That sounds really lame and nonsense.Thats the last thing I will show to my children. Instead I will let them concentrate on their studies or other better stuffs. They deserve lot more than that. Better education, better work ethics and disciplined citizens. And thats what it takes to make a better future. Dont be depended on state for every need of yours. You need to give in more (need to work hard) from your side too. Nothing comes for free. Even in countries like US , we find sad people but I dont blame the country for this. Its the concerned citizen who doesnt want to study or work. So think twice and take control of their senses. Dont stumble upon things that are out of control or things that have happened. Learn to tackle problems before they happen. Learn from the past mistakes. Be an educated citizen first!!!!
मन परे हरियो, नपरे रातो
0
0
15 ,20 jana ko khusi ko lagi nepal lai nai bechera 2 corore nepali ko chhati ma kulchine yo raja ko ke biswash aama ko dudh le napugera bauko ghuda chusne yesta ko jati ninda gare pani pugdaina raksi ta simple nai ho ni haina ra mera pyara mitra ho?7 pusta ko aakut sampati lai nepal ko bikash ma lagayeko bhaye yo raja ko name itihas ma golden letter ma lekhine thiyo yesta murkha ko ke kura garnu fresh mind nai doll hunchha chhyaaaaaaaaaaaaaaaaaaaaaaaaaa
मन परे हरियो, नपरे रातो
0
1
यो rose र Sharad लाइ, Rose की आंखा रम्रो देख्दैनौ या पढ्न आम्रो जान्दैनौ? अरु कसै ले त लेखक ले “म जांडायणहिटि दरवार गएर जांड सेवन गरें” भनेर लेखेको त देखेनन्, के आधार मा तेसो भनेको हो? तिमिले कसरि लेखकले जांडायणहिटिमा जांड खाएको सुइंको पायौ?
अनि Sharad लाउरे लाइ, त्यो राजाले जनताको पैसाले भात र ना ना थरि घिचे पछी र पैसा नपुगेर दादागीरि गर्दै राष्ट्रीय कोष बाट लगेपछी, जनताले “तं हाम्रो लागि के के उपलब्धि मुलक काम् गर्छस्? र हाम्रो पैसा ले के के घिच्छस्?” भनेर सोध्ने कि न सोध्ने? तपाइमा दास प्रबृत्ती छ होला तेसैले तपाइ राजपरिवार र रांणापरिवार लाइ आफुभन्दा ठुलो वर्ग देख्नुहुन्छ होला र जे पनि गर्न छुट दिनुहुन्छ होला । तेस्तो दास प्रबृती भएको मान्छे मेरो घरमा नोकर बस्ने हो की?
मन परे हरियो, नपरे रातो
0
1
मलाई त नारायण गोपालको गीत याद आयो बा !
आज-भोलि हरेक सांझ मातिन थालेछ ।
जिन्दगी देखि जिन्दगी आतिन थालेछ ।
रहरै रहरमा पिएं
विवश भएर पिएं
हांसेर पिएं नाचेर पिएं
पिउंदिन पिउंदिन भन्दै पिएं
———-
———बाकीं आफैं पुरा गर्नुस् ।
मन परे हरियो, नपरे रातो
0
0
Baru jad khayra basyako raja thik updro garnay partigaman garnay kubuddi ta palaudaina holani?aba sav janta milayra chanda uthayera raja laee jadd rakshee bheti chadauna paryo ki.
मन परे हरियो, नपरे रातो
0
0
बिदेशी संचार माध्यम ले नेपाल को पापी राजा, जस्लाइ कहिले पनि जनताले मानेको थिएन, लाइ बिष्णु को अबाटअर भनेर हाम्रो धर्म को उपहास गरेको छ । तेस्तै, केही चाकडिबाज माफिया अतिबादी हरु ले (भरत शम्शेर्, पशुपति को ठग पूजारी जस्ता) राजा को भजन गाउदै मा राजा र हाम्रो हिन्दू धर्म लाइ एकै बनाएर नेपाल मा हाम्रो पवित्र सन्स्कृती लाइ पतन गराउने प्रयास गरिएको छ। किन कसै ले पनि यो बुझ्दैन कि राजा र हिन्दू धर्म को कुनै सम्बन्ध छैन ?
पापी, भाइ मारा, जनता मारा, कुबङ्ग्शी ज्ञानेन्द्र र तेस्को अर्ध पागल कुपुत्र धर्महिन हुन्, नेपाल मा अछुत भनेको तेस्ता लाइ भन्नु पर्छ्; मानिस् जन्म ले होईन कर्म ले अछुत हुन्छ ।
“जाड पुर” मा परिणत भएको नारायण हिटी को नाम बदलेर आज देखि तेस्को नाम जाड्-हिटी राख्उ, र तेस्मा बस्ने पिचाश हरु लाइ अछुत घोशित गरौ । किन कि बिष्णु ले जाड खाँदैनन
मन परे हरियो, नपरे रातो
0
0
Oei Robin,
Tero Budhi Bharsta Bhayo, gadha?? Kina aru ko comments lai pheri complain gerchass?
मन परे हरियो, नपरे रातो
0
0
Hey Girija and followers!did you see how does your king misuse a small thing like drinks.we poor people pay heavy tax even for low graded drink but the richest king of the poorest country not only pay the tax but get the most expensive drinks from the nation’s property.Having known or withnessed such a big deal of corruption,you congress still favour monachy.We wonder what is the mysterious thing behind it?There must be some honey to lick for you,isn’it?
मन परे हरियो, नपरे रातो
0
0
How can we believe that a family can drink such a huge amount of alcohol. May be there is curroption inside the palace even in raksi. Ke garne, piudai garyo, kamaudai pani garyo.
But, I am sure, our king must be one of the most relaxing King all over the world. Natra Nepali ko yo habigat huntyo hola ra.
Ritu Raj from Norway
मन परे हरियो, नपरे रातो
0
0
hello sir haru ti mahanga whisky hamle ni chakhna painna yaso milne bhaya ghus khuwayara bhaya pani chakhna paryo kyare .
मन परे हरियो, नपरे रातो
0
0
ओए सागर नेपालि,
तेरो दिमागलाइ अलि सम्हालेर लेख । जे पायो तेहि अरुलाइ किन गालि गर्छस, तलाइ मन परेन भने आफनो धारना राख न ।
बजियालाइ पुवाक्क मुखमा हानिदिनु जुस्तो ।
मन परे हरियो, नपरे रातो
0
0
I think the change of name from Royal to Nepalese is not materialised in some areas yet. I was looking for Nepalese Embassy’s contact in Australia and Japan for an inquiry for visa applicaiton. When I checked the site it still Royal Nepal Embassy. Anybody knows what is happening with it. Even bigger surprise for me was when I rang the Royal Nepalese Consulate for NSW, TAS, VIC etc the telephone no for contact given was of a hotel. It took a while to pick up the phone and when somebody attended he mentioned that it is a hotel not Royal Nepalese Consulate. I think the gaijtre style of Nepal Government is widespread in all sectors.
मन परे हरियो, नपरे रातो
0
0
पिउन त पियोस् तर मातेर जताभबी गोली हान्ने ,,, अब साथीहरु दर्बारल इ मदिर निषनिसेद् क्षेत्र घोषण गर्नु पर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
kati khana sakekota raksi pani.kunn dinn raksi lay nai khan cha ani thaha hunncha.
मन परे हरियो, नपरे रातो
0
0
Aba tyatro talab linay anee choriko biha hose nati natiniko nowaran pasni harayk ma rajya lay kharcha pani behornay anee Raksi pani rajyakose bata behornay anee kay ma kharcha garda hun ha yee rajpariwarlay aafnow talab anee Income .Dan garchan bhanu bhanya kohee rajalay yati dandiyo bhannay manchay suniyako chaina ,La tyo income kata cha ha khojbin garna paryo thupraee jamma bhayo holani kaso????????/
मन परे हरियो, नपरे रातो
0
0
रक्सी मात्रै किन र उमेश जी यसरीनै हाम्रा नेताहरुले दरबारको अधिकार कटौतीको नाटक मात्र गरेर राजाको प्रसस्ती गाउदै गए भने त्यो दिन टाढा छैन जुन दिन दरबारले बोका छाने झैं छानि छानि लगेर तपाई हाम्रो रगतको खोला बगाउने छ । होसियार !!!!!! नेताहरु देखि होसियार !!!!!!
मन परे हरियो, नपरे रातो
0
0
This is nothing in comparision to other irregularities of Durabar
मन परे हरियो, नपरे रातो
0
0
Palace tradition of enjoying and wasting tax payers money or in real term they are blood sucker of ordinary people. I can see some of the commeters they think that is their birth right. I don’t care if he was pissing with hard earned but the fact is money is wasted from government fund which is tax payers hard earn. Lot of ordinary people who paid tax possibly they not ever tasted what these stuffs taste like. Somebody never worked can have previledge of wasting so much in drian realy hurts. What is the total some being wasted anually in Rs term to make people realise how much free drinks they get.
मन परे हरियो, नपरे रातो
0
0
Most probably the alcohal may not be for driking only. I have heard that it could be used for bathing. Women especially young if bathed with wine or brandy mixed water it makes beauty. If you notice all royal family seem younger since last few years. Second reason, alcohal can be stored for many decades. So royal family can keep and drink them for as long as the power be backed one day may be less than 100 years. Please consider their importance. Umesh ji kasto lagyo?
मन परे हरियो, नपरे रातो
0
0
Hey all of you!!!!!!!!!!!!
Even if you guys think twice, then you know what is a liquid inside!
What all inside is the BLOOD OF NEPALI PEOPLE!!!
- BLOOD OF 50,000+ OUR SISTERS THOSE SOLD IN INDIA IN NAME OF KANCHHI.
- BLOOD OF HUNDREDS OF THOUSANDS OF BAHADUR WHO IS FIGHTING FOR OTHERS AS BEING OUT OF NEPAL.
- BLOOD OF 13,000 PLUS 20 PEOPLE KILLED BY rNA IN PAST 13 YEARS!
- BLOOD OF THE POOREST PEOPLE WHO HAVE NO SHELTER, FOOD!
- BLOOD OF LOTS OF MINORITY GROUPS WHO HAVE STILL NO RIGHTS IN COUNTRY.
- BLOOD OF THE POOREST PEOPLE WHO HAVE NO EDUCATION.
- BLOOD OF THE YOUNGEST NEPALI BROTHER WHO HAVE NO INCH SPACE IN THEIR OWN COUTRY AND SPOILING BLOOD IN OTHER COUNTRY BY WORKING FOR OTHER AS SERVANTS.
- blood of Birendra & his family;
- BLOOD OF VICTIM OF JANAADOLON#02.
- AND AGAIN, JUST BLOOD OF NEPALI PEOPLE.
ROYAL REGIME & DYNASTY HAVE BEEN SUCKING the blood of nepalese for more than 237 years!!!
Now, it is a time for people to collect their blood to show our future generation.
मन परे हरियो, नपरे रातो
0
0
साँचो कुरो यस्तो छ:
जनतालाई खानेपानी नपाऊँदा पतितहरुले सोमरसले स्नान गरे। यस्ताहरुलाई पशुपति भगवान साक्षात छन भने अझ दशपुस्ते श्राप दिनपर्ने। जजसले ती रक्सीको चुस्की लिए, वा चुस्की बैठकमा वाह वाह र ताली वजाऊन र रावणरुपी विष्णु अवतारको भजन गाउन भाग लिए, त्यस्तालाई पनि कमसेकम दुईपुस्ते श्राप पाउनपर्छ।
सरकारले के अनुसन्धान गर्नपर्छ भने Soaltee Hotel Pvt Ltd को मार्फत Soaltee Hotel र Casino मा ती रक्सी कर छुट पाएका ती
रक्सीहरु बिक्री गरिए कि गरिएन? राजाको स्वामित्व भएको यो होटलमा बर्षौ देखि यो धन्धा चलिरहेको बुझिएको छ।
राजदरवारको करतुत जति थाहा पायो उति घृणा जागेर आऊने भयो।
मन परे हरियो, नपरे रातो
0
0
I agree ki des ko paisa rajale misuse gareko and it’s not good. tara nepali janta ko budhi chai kaile aune ho kunni. ek choti neta haru ko pani gharma gayera hernu na tyo bhanda badi bhetinchha……… tha huda hudai pani pheri tehi bhrastakari haru ko haat ma desh kina dinu kunni………. neta haru ko pani pole kholnu paryo…….. ani po sabai jana le bujchan…….
मन परे हरियो, नपरे रातो
0
0
ओइ एम् केटी (MKT), तेरो बुद्दि कुहियो? कि सपना देख्दै छस्? तेरो बाउ ले हिन्दु सम्राट भएर रक्सि खान हुन्छ? तं परिस् होला मन्द बुद्दि को के बुझ् थीस् एस्तो कुरा । तं त राजाले गाइको मासु खाए हुन्छ भन्छस् होला ।
त्यो कुजात ज्ञाने लाइ ८० करोड को बजेट थियो तेस्ले अर्थ मन्त्रालय को पैसा ससुरली बाट आउछ भन्ने ठानेर हो की क्या हो फेरी अर्थ मन्त्रालय लाइ रक्सी किनाएको? येस्तो चोरी डकैती गर्ने संस्कार त तेहि दरबार बाटा त सुरु हुन्छ जहिले पनी ।
मन परे हरियो, नपरे रातो
0
0
Usho bhaye Darbar ma ta dhoti haru ko vidh hola kahli shishi bora ma halna.
मन परे हरियो, नपरे रातो
0
0
Hota ni, piuna dinus na yar taki mattera almalinda almalindae desh ganatantra bhayeko pani patta nahosna. Ani po majja aucha ta yar.
मन परे हरियो, नपरे रातो
0
0
khali sisi purana kagaj wala ko tri netra balyo hola .eutai tham bata titro botal.
मन परे हरियो, नपरे रातो
0
0
aba hunda hunda rajaale kun kun raksi magaye ra kati khaaye bhannema kura pugna thalyo. aba arko item rajaale usina chaamal khaanchhan ki basmati chaamal khaanchan, disa basna lotaa liyera janchhan ki toilet paper liyera jaanchhan bhanne pani aune ho ki kya ho?
मन परे हरियो, नपरे रातो
0
0
its sort of business, every one knows he is business man. u know in nepal imported brand wine and wiskeys can be bought in black market.
he is doing business bring wines and other liquers tax free, he can seel it in three times or more.
its business.
paras ko business hola, he got alots of mundre and kundale.
मन परे हरियो, नपरे रातो
0
0
aba kati chha ra piuna .gali nagarum yar. bicharalai.
मन परे हरियो, नपरे रातो
0
0
What do you expect? Him to go to some cheap bhatti instead? Mora haru…kaam payena ki kya ho?
मन परे हरियो, नपरे रातो
0
0
Hindu Raja bhayara hola ni!!
मन परे हरियो, नपरे रातो
0
0
it is only showcase but there is hidden reality so we never believe on black NAG
मन परे हरियो, नपरे रातो
0
0
बुतोल त थुपरै छ नि, क कस्ले खा हो? उमेसजि अलि अलि चाखन त पाइयो होलानि? बोरु कुन ब्रान्द मन पर्यो यसो खुसुकक भन्नुस न । हामि त कसैलाइ पोनि भन्दैनौ क्यारे ।
साचि नधाति भन्नुस त कहिले बोला थियो तिनिहरुले दर्बारा? जाद खा तालमा यो फुतो तुवाक्क बुलोगमा पेस्त भा त होइन? मलाइ त सनका लाग्या छ है, कमेन्त पनि केहि छैन । यस्तै हो उमेश जि कहिले कहि अरुले दियेको पनि तन्काउदा केहि फरक पर्दैन ।
बरु आउदो दिन बात त होसियार हुनुस है । यहि मोरा हो बुलोग चलाउने भनेर बन्दुकले पनि ताक्ला नि ।
मन परे हरियो, नपरे रातो
0
0