मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    भूपतिलाई थप 'स्पेस' दिनै पर्छ-दिनै पर्छ

    -मणि दाहाल-

    प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चिन्तामा हुनुहुन्छ। उहाँको चिन्ताको विषय बनेको छ ३४ हजार रोपनी जग्गा भएको एक जना भूपतिका लागि थप केही ‘स्पेस’को व्यवस्था कसरी जुटाउने। उनको चिन्ताको विषय जायज छ। अरुले जे सुकै भनुन् प्रधानमन्त्रीज्यूको चिन्ताका विषयमा म चाहिँ साह्रै कन्भिन्स छु। सत्तिसालको रुख जस्तै उहाँको समर्थनमा म ठिङ उभिएको छु उहाँको पछाडि।
    ‘स्पेस’ दिने विषयमा माअ‍ोवादीले गिरिजाबाबुको विरुद्धमा आन्दोलनको घुर्की लगाउँदैमा केही हुन्छ र ? एमालेले कराउँदैमा केही हुन्छ र ? एमालेले बोलेर अहिलेसम्म केही भएको छ र ? जनआन्दोलनका घाइतेहरुले टायर बालेर सडक अवरुद्ध गरेर के हुन्छ ? टायर त सँधै बलेकै त हो नि सडकमा। नागरिक समाजले बसन्तपुरको डबलीमा मान्छे उतारेर के हुन्छ र ? त्यसैले कसैको भनेको केही सुन्न हुन्न गिरिजाबाबु, भूपतिलाई केही ‘स्पेस’ त पक्कै पनि थप्नै पर्दछ।

    चिठ्ठी ढिलो आदान–प्रदान हुने हुनाले अहिलेसम्म झण्डै ३४ हजार रोपनीमात्र जग्गा पत्ता लागेका एक भूपतिलाई केही त ‘स्पेस’ व्यवस्था त गर्नै पर्‍यो नि। नत्र फेरि केही होला। वीर गोर्खाली के भनिदिएका थिए विदेशीले, डर भन्ने कुरा थाहै नपाएको जस्तो पो गर्दछन्। दरबारको किल्लाभित्र लगाम बाँधिएको सेनाले नाममात्रैको परमाधिपतिलाई अपदस्थ गरिदिए र शासनसत्ता हातमा लिए भने नि। त्यसैले तपाईँको चिन्ताको विषय जायज छ गिरिजा बाबु।

    स्पेस नदिँदा भूपतिमा नैराश्यता आएर केही गरी हाले भने के गर्ने ? कसैले तैँले गर्दा फलानोले यस्तो गर्‍यो भने अपगाल किन लिनु ? जे गर्नु थियो, जसो गर्नु थियो, जे-जे अपगाल खप्नु थियो, बैँसमै खपियो, यो बुढेसकालमा किन खप्ने ? शासनसत्ता एकलौटी चलाउनेलाई सत्ताबाट अलग गराइँदा मानिसले नैराश्यताका दिनहरु कसरी काट्छन् भन्ने कुरा प्रधानमन्त्रीलाई मात्रै हैन पत्रिकालाई पनि राम्रैसँग थाहा छ। (नत्र जनआस्थाबाट उद्धृत गर्दै यसै ब्लगमा ‘प्रभुको खातामा डलरको प्वाल’ एक पटक पढेपनि हुन्छ।)

    शासनसत्ताबाट अलिक पर बस्नु पर्दा त नैराश्यतालाई मेट्न ब्ल्याकज्याक र पोकर खेलेर लाखभन्दा बढी डलर सिध्याउने मानिसलाई झिटीगुन्टा बोकाएर बाहिर लखेट्ने कुरा। त्यसले कतिको नैराश्यता ल्याउन सक्ला प्रधानमन्त्रीले त्यसबारे राम्रैसँग विचार गर्नु भएको छ। त्यसैले तपाईंले थप ‘स्पेस’ त दिनै पर्छ-दिनै पर्छ।

    अरुहरुको लहैलहैमा लागेर प्रधानमन्त्रीले बोल्नु पनि भएन नि। त्यसमाथि केही तल-माथि भयो भने। पितृ भसकेको उमेरमा चित्रगुप्ताको खातामा पापको मात्रा किन बढाउने ? त्यसैले भूपतिलाई थप केही ‘स्पेस’ दिनै पर्छ-दिनै पर्छ।

    त्यसैले गिरिजाबाबुले कसैको कुरा सुन्ने हैन। जनताले बन्दुकको नालमा ज्यान राखेर तपाईँलाई त्यस्तो पुण्यको काम गर्न पठाएका छन्। त्यसैले तपाईँले केही ‘स्पेस’ दिनै पर्छ दिनै पर्छ।

    No related posts.

    14 comments to भूपतिलाई थप 'स्पेस' दिनै पर्छ-दिनै पर्छ

    • Nisha Rijal

      bhupati laee nirasta chaucha bhandaee ma janta laee sadhaee dhoka dina milcha ray ki girija ko chori ko khata ma raja Gyanya lay doollor jamma gardiyako cha ray Germany ma sodhnuta Umesji khusuka?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • tiger

      Yo Bakulo budho ko aba miti pugyo. yaslie ta aryaghat hoe na, tukucha ma lagayra phalnu percha sathi ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      mani,
      sharri ramro mekhako ma thank u .hopefully
      u will continue to write on this blog

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arya Atreya

      Now the time has proved who is Royalist? Bakullo Girija or Gagan? Dignitaries blamed as a Royalist should ask Budho – what is going on?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Indraver usa

      Girija has got no right to give space to this autocratic monarchy. People are the supremo. He is afraid of loosing his primership to which he can go to any length. He is aware that in coming days he is not going to stand against the peoples wave followed by maoist party so he is taking the side of king. He should know that peoples power has reinstated him in the power again and this power may drag him in the street,at that time his family and Gaynendra cant save him

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khus

      दाहालजी, गिरिजाको “चिन्ता” लाई तपाईंले हाँसोमा उडाउनु भयो – के गिरिजाको चिन्ता साच्चिकै हाँसोको कुरा हो त? गिरिजाको चिन्ता होईन समाधान गर्ने तरिका पो हाँसो उठ्दो छ हैन र भने?

      कुनै जमानामा मैले घरमा एउटा फुल रोपेको थिएँ, बिस्तारै बढ्दै गएर सोचेको र चाहेको भन्दा बढी ठाउँ ओगट्न थालेपछी मैले केही बोट काटें, केहि काम लागेन। अनि केहि उखालें पनि, तैपनि त्यो अझै बढेको बढेकै गर्‍यो । अन्तमा आएर केहि सीप नलागी पुरै एरियाको माटो फ्याँकी नयाँ माटोले पुर्नु पर्‍यो । यो साँचो कुरा हो, उदाहरणको लागि बनाएको कथा होइन।

      गुलेली बाट शुरु गरेको संघर्श आज आएर कतिको भयनिय बनिसक्यो त्यो त तपाईं आँफैलेपनि देख्नु भएको वास्तविकता हो । के, अहिल्यै आधुनिक हतियारले सुसज्जित सेना रहेको ज्ञानेले कति ठुलो दुर्गती ल्याउला, सोच्न पनि डर लाग्छ । साँचो के हो त थाहा भएन, तर आफ्नै दाजु भाई र आफन्तहरुलाई त कोल्ड ब्लडमा सखाप पार्न सक्ने ब्यक्ती (समुह) ले जन्मे देखि आफ्नो birth right सोचेको शक्ति त्यति सजिलै त्याग्लान त?

      राजतन्त्रको जरा गहिरो छ, टुप्पो काट्दैमा मर्दैन । कसरी तह लगाउने मलाई पनि थाहा छैन । जे होस्, जती सक्यो त्यति छिटो जरा उखेल्नै पर्छ – यो कुनै मेरो घरमा रोपेको फुलको बोट झैं प्राकृतिक चक्र पर्खनु पर्ने बिरुवा होईन, यसले आफ्नो मौका आँफै बनाउँछ । न माटो फाले झैं त्यति सजिलै फाल्न नै सकिन्छ मान्छेहरुलाई । जसरी होस्, अन्तिममा जरा समेतै उखेल्नु पर्छ – कुनै ‘स्पेस’ बनाउनु होईन किनकी जती ठुलै स्पेस दिए नि पुग्दैन ग्यानेलाई (त्यति मात्रै होइन, सानो स्पेस दियो भने पनि उनले बिस्तारै बढाउँदै लग्छ आफ्नो स्पेसलाई)। तर जरा नउखालिए सम्म एउटा कुनै सिमित स्थान दिई observation मा राख्नु त ठिकै होला, तर यो स्थानलाई कुनै नाम दिनु पर्ने जरुरी चाहिँ छैन (श्री ५ पनि घटाई name card मा ‘राजा, नारायणहिटी’ मात्रै लेख्न दिए कसो होला?) ।

      राजतन्त्र पूर्ण रुपमा फ्याक्न गिरिजाले चाहेपनि एक्लैले गर्न सक्दैन – न त ७ दलिय सरकारले नै । “घोषणा” गर्दैमा अरु घोषणा झैं सजिलै टार्न सकिने भए त त्यसो गर्थे पनि होलान । “घोषणा पछी के त?” भन्ने प्रश्नको जवाफ घोषणा स्वयं भन्दा बढी आवश्यक छ र नागरिक समाजका नेताहरुले घोषणाको लागि दबाब दिनु भन्दा यस प्रश्नको उत्तर खोज्नमा सहयोग गरे कसो होला?

      जे होस्, दाहालजी, गिरिजाको ‘चिन्ता’ मलाई चाँही तर्क गर्न लायक नै लाग्छ है । सेरेमोनियल को बारेमा चाँही जती गाली दिनु भए नि हुन्छ – यस बारेमा त म पनि तपाईंको साथ दिन्छु । ‘सेरेमोनियल’ भन्ने हो त केहि हद सम्म भए नि respect हुनुपर्‍यो नि – जुन कुरा अहिलेको राजपरिवार माथि कुनै जनताको पनि छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mukti Aryal

      एउटा मान्छे एउटा सिद्वान्तको लागि फिट हुन्छ । गीरिजा २०४६ सलाम संबैधानिक राजातन्त्रको लागि फित थियो होला र तेतिखेरको आन्दोलनको अगुवा इ गर्‍न सक्थ्यो तर जमना फेरिदा पनि २०६३ मा पनि, २०४६ भन्दा फरक सिद्वन्तमा आन्दोलन हुँदा पनि उसैलाई ने तृ त व दिनु कदपी सुहौने कुरा होईन । दुई फरक कुर को ने तृ त्त एउटै मान्छेले गर्न सक्दैन र मिल्दैन । त्र हामीकहाँ सधैंभरि एउटै मान्छेले ने तृ त्त गर्ने सरा इ नराम्रो परम्परा बसेको ले यस्तो हुन गएको हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • soaltee

      mani jee..girija ra raja uhi dyangka mula hun…euta paisa kamauna politics garchhan arko paisako lagi raja hunchhan. tesaile dubai janalai space chahinchha re democracy ma. pheri nepalma democracy bhujheka i dui matra hun re!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RK

      I think we are giving too much attention to what GP says. I think its his personal opinion; he has not said it has to happen or he will pass a bill for that, has he?

      Let him say what he thinks, its just his reflection; shows how truthful he is to the country and the people. I think people sould just not take it too seriously; we do not go by what GP says, we go by what “people” say.

      Its democracy, and let him say his opinion. It does not mean it has to be implemented just because he says.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bb janta tapas

      hello every nepali
      janta kojosma hos puryayera pm bane pachi vupati kai hukum anusar hami ra hamro spaces hune gari kam gar vanera ades deye pachi ta mannai paryo natra narayenhiti hatya kanda vaye lagatai darbar pugera k vayo vanera sotdha ek jana karnail le 2 boxing ra 1 kig diyeko taja upahar ta kaha birseko cha bichara girija babu le tyehi dar ra dhamki kai karan le nai ho yo girija babu marne belama speces ko kura gareko

      janta le pani spaces paounu ko lagi ragat feri 1 choti ra sandhai ko lagi sara nepali ko mukti ko lagi ragat bagaounu parne dekhiyo yo ragat le nepal ra nepalai sadhai ko lagi spaces dilaoune cha
      bbb
      ra yehi nai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajiv Koirala

      Hindi ma eauta dilouge chha… “Hum kavi nai sudrenge…” yestai bhayeko chha Girija babu lai…”

      Marne bela ma ramro kam gala kee bhaneko ta, hos gumauna suru gareko ??? dhoke baj..

      yedi space kai kura garya bhaye …no space for you..

      rajiv

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G Acharya

      Umesh jee !
      Yo hawaldar rajako puchhar ho !
      tehi bhayera yesko daile yeslai HAWALDAR nam rakheko re !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalpi

      ho ho hamro girija babu le bhannu bhako kuro SPACE bhupati lai dinai parchha…chahe nepaliharu swargai gae pani jaun… bal matlab… haina… girija babu sorai aana thik… andolan kari haru ta k bho ra sadak mata jo pani hidna sakchha ra… ki kaso… bekar ma ganatantra bhanne haru… Gagane, Narahari, Nagarik andolan wala haru sabai ROYALIST hun… hamro girija babu ra priya putri Sujata matra sachcha democratic… Bhupati lai space chahinchha ra hamile dinai parchha Space… Maobadi ko space chahi jungal nai ho haina ta girija babu… ho thik ho kuro thik ho… ek thik ho dui thik ho tin thik ho lau ja

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BJ

      Mani Jee,

      Lets keep 2 VIP spaces at ARYAGHAT for the great PM and king of Nepal.

      bj

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker