यो चिठ्ठी तपाईहरु (परिवार) को हातमा पुग्दा हामी बाँचेका हुन्छौं वा मरेका हुन्छौं थाहा छैन। हामीले खाना नपाएका २४ भन्दा बढी दिन जेलको छिंढीमा विताइसक्यौं। हामी त मर्र्छौं वा बाँच्छौं थाहा छैन तर ओसिटी सेक्सन कार्यरत रहेका सम्पूर्ण नेपालीहरुलाई बचाउनु।’
इराकी जेलमा रहेका चार नेपालीले आफ्नै जीवन बचाउन नेपाली दाजुभाइलाई लेखिएको हृदयविदारक पत्रमा उल्लेखित विवरण एक अंश हो। ‘हाम्रो जिन्दगी त गयो तर, हामीजस्ता १५ भन्दा बढी नेपाली दाजुभाइहरुको ज्यान जोखिममा छ।’
इराकी प्रहरीको कडा यातना सहँदै चार जना नेपाली युवक त्यहाँको बास्रा जेलमा रहेको पुष्टि भएको छ। जेलमा मकवानपुर पदमपोखरी १ का सुमन लामा थोकर दमक नगरपालिका झापाका रामकुमार र्राई, पोखराका कृष्णबहादुर महत र दोलखा चरिकोटकार् इश्वर बस्नेत गत जेष्ठ १० गतेदेखि बास्रा जेलमा रहेको उनीहरुले जेलबाट पठाएको पत्रबाट पुष्टि भएको छ। पत्र हेर्न भित्र आउनु होला।
उनीहरुसंग जेलमा परेका एक जना पाकिस्तानीलाई काम गरिरहेको कम्पनीले छुट्टाएर बाहिर आउने क्रममा ती नेपालीहरुले पत्र लेखेका हुन्।
कुवेत स्थित के.जी.एल कम्पनीमा कार्यरत ति चार जना नेपालीलाई म्याद गुज्रिएको सामान इराक लान दबाब दिएको र सोही क्रममा इराक प्रवेश गर्न लाग्दा त्यहाँको प्रहरीले समातेको पत्रमा उल्लेख गरिएको छ।
एउटै कोठामा ५० जनालाई २४ दिनसम्म खान नदिइ राखिएकेा र अदालत पनि लगिएको छैन।
कुवेतको के.जी.एल. कम्पनीमा कार्यरत चार सय नेपाली कामदारले इराकी जेलमा रहेका चार जनाको बारेमा जानकारी माग्दै हडताल गरेको तर मालिकले सबैलाई मारिदिने धम्की दिने अबस्था अज्ञात नै छ।
मकवानपुर पदमपोखरी-१ का सुमन लामा थोकरकी श्रीमती कान्छीमाया लामाले श्रीमान जेलमा परेको पत्रमार्फ् थाहा पाएको भन्दै अन्य कुनै जानकारी पाउन नसकेको बताउनुभयो।
के.जी.एल. कम्पनीले त्यहाँ कार्यरत कामदारलाई इराक जान दबाब दिएपछि मकवानपुर हेटौंडाका सुरेश खत्री सहित ४० जना नेपाली नेपाल फर्किएका छन्।
एक वर्ष पहिला एक लाख पचास हजार तिरेर सुमन काठमाडौं स्थित नेपाल रिक्रुटि• र्सर्भिसे हाल -ओरेन्टियल मर्कन्टाइल प्रा.लि.) रामकुमार र्राई, द रिभर मेनपावर कम्पनी र्रर् इश्वर बस्नेत तथा कृष्णबहादुर महत थापा भयाना म्यानपावर कम्पनीबाट त्यता गएका थिए।
सुमन लामा थोकरलाई कुवेत पठाउने कम्पनीले हाल आफ्नो नाम परिवर्तन गरेर ओरेन्टियल मर्कन्टाइल प्रा.लि. राखेको पीडित परिवारले बताएका छन्।
आफूले कुवेत मानिस नपठाएको भन्दै खोजिकार्यमा वास्ता नगरेको पीडितका परिवारले बतँएका छन्। एक पटक मानिस पठाएर नाम परिवर्तन गरी आफ्नो व्यवसाय सञ्चालन गर्ने कम्पत्रि्रति पीडितहरु आक्रोषित भएका छन्।
उनीहरुको पत्रमा आफूहरु बाँच्ने र मर्ने टुंगो नभएको भन्दै इराक पठाउने कम्पनीहरु सकृय रहेको भन्दै होस गर्न सम्पूर्ण नेपाली युवाहरुलाई आव्हान् गरिएको छ।
कुवेतको राम्रो कम्पनीमा राम्रो काम र दाम पाइन्छ भनि लोभमा परी कुवेत पुगेर फर्किएका सुरेश खत्री म्यानपावरको नाम परिवर्तन गरेर युवाहरलाई इराक पठाउने विरुद्ध आफूसंग प्रमाण रहेको बताउँछन्।
इराकी जेलमा रहेका ति चार नेपालीलाई सरकारले छिटो छुटाउने पहल नगरेमा मृत्यु हुन सक्ने भन्दै छिटो उद्धार गर्न सुमनकी श्रीमतीले मानवअधिकार कर्मी र सरकारसंग आग्रह गर्नुभएको छ।
रोजगारीको खोजी गर्ने क्रममा इराकी जेलमा रहेका सुमनका चार छोरा एक श्रीमती र बृद्ध आमा हुनुहुन्छ। छोराहरु पेम्बा र पासा• महेन्द्र मावि पदमपोखरीको कक्षा ९ र ७ मा पढी रहेका छन्। अर्का छोरा छोइसा• सनराइज बोर्डि•मा अध्ययनरत छन् भने कान्छो छोरा एफ फेन्चु डेढ वर्ष छन्।
घरको आर्थिक अबस्थाको कारण रोजगारीको खोजीमा विदेश जाने युवाहरुलाई ठग्ने मेनपावर कम्पनी विरुद्ध सरकारले कडा नीति अख्तियार गर्नुपर्ने माग भइरहेको छ। जेलमा परेकाहरुको उद्धार गर्नका लागि सुमनकी श्रीमती कान्छी मायाले नागरिक समाज, मानवअधिकारकर्मी र नेपाल सरकारसंग माग गर्नु भएको छ।
इराकबाट पठाएको चिठीको व्यहोरा-


श्री आदरणीय दाजु तथा भाइ सम्पूर्ण नेपालीहरुलाई हामी चारैजनाको तर्फबाट नमस्कार छ।
विशेष खबर त अब हाम्रो तपाईहरुलाई के सुनाउनु ज्यादै नाजुक भइसकेको छ। विशेष गरेर यो चिठ्ठी प्.ी.न्. कम्पनीको इ।ऋ।त् सेक्सनमा रहेका सम्पूर्ण दाजुभाइ र विशेष आवाशीयमा रहने रेशम लामा, अर्जुन लामा, कुमार लामा र सम्पूर्ण साथीहरु हामीहरुले सम्झेको छौं। रेशम, अर्जुन, कुमार दाजुहरु हामी अहिले इराकको बास्रा जेलमा छौं। हामीलाई कम्पनीले के गरि राखेको छ, थाहा भएन, कम्पनीले पैसा तिरे भनी हामी छिटो छुट्ने छौं। अलिहे हामीलाई यहाँबाट फोनको सुविधा छैन। १ जना हामी जस्तै पाकिस्तानीलाई कम्पनीले त्यहाँबाट पैसा तिरेर छुटाउने भएको हुनाले हामीले यहाँबाट यस पत्र लेख्ने मौका पायौं। तपाईहरुले कम्पनीमा गएर के कुरा भइराखेको छ। हजुरहरुले अब पक्का गएर कसरी हुन्छ हामीहरुलाई यहाँबाट छुटाउने कोशिस गर्नुहोला। कम्पनीले पैसा तिर्यो भने हामीहरु चाँडै छुट्ने छौं। नभएदेखि हामीहरुलाई मार्छ होला। हाम्रो त जिन्दगी गयो-गयो हामी जस्तै नेपालीहरुको यस्तै हाल हुनेछ। हाम्रो सेक्सना रहेका ओम दाइ प्रेम, जबेगु, तेज नारायण, प्रेम साह, रामचन्द्र घिमिरे, रामचन्द्र खड्का, तर्ीथ सम्पूर्ण नेपालीहरु बिचार गरेर इराक आउनुहोला। अर्जुन दाई हामी जिन्दगीको थोरै आशा हजुरहरुमा छ। हजुरहरुले कम्पनीमा गएर प्रेस गरिदिनुपर्यो। कम्पनीले हजुरहरुलाई १-२ दिनमा निकाल्छु भनेर झुलाउला, त्यसमा भर नपर्नु होला। हाम्रो सेक्सनका साथीहरुलाई के गरेर हुन्छ सम्झाएर हामीलाई यहाँबाट छुटाउने प्रयास गर्नुहोला। हामीहरुको केही पनि गल्ती छैन। सबै कम्पनीको गल्ती हो।
हामीहरु यहाँ १५ जना छौं। हामीलाई बगदात लगेर ५ दिन राखौं, त्यसपछि हामीलाई कुवेत बोडरमा ल्यायो र १० दिन राख्यो। हामी १० दिन बस्ताखेरी हामीले कम्पनीमा फोन गरेका थियौं। हामीलाई तिमीहरु त्यही बस गाडीखाली गरेर मात्रै आउनु पर्छ, तिमीहरु त्यहाँ बस्दा के भयो तिमीहरुलाई कम्पनीले तलब दिएको छैन भनी ११ दिनको दिन हामीहरुलाई पुलिसले समातेर बास्रा चौकीमा लगेर २४ दिन राख्यो र हामीलाई धेरै यातना दियो एउटा सानोकोठामा ५० जनासम्म राख्यो र त्यहाँ आफ्नै पैसाले किनेर खान पर्ने रहेछ। र कोही संग पनि पैसा थिएन। २४ दिन हामीले के गरेर वितायौं। र अहिले हामीलाई बास्राको जेलमा लगेर राखेको छ। र हामीलाई कोर्टमा पनि लगेको छैन र हाम्रो कहानी यही हो। र हामी नेपाली इश्वर बस्नेत रामबहादुर र्राई, सुमन लामा, कृष्णबहादुर महत छौं।
हामी सबैको घरबाट फोन आयो होला। र अर्जुन दाई र रामचन्द्र खड्का जस्तो भए पनि मेरो दाइलाई अंगारामा फोन गरेर मेरो कहानी बताई दिनु होला। ९७५४६०१ फोन नंर्.र् इश्वर बस्नेत र दाइलाई घरमा फोन गरेर सन्चै छ भनिदिनु होला -हरेराम दाई) -रघु कार्कीलाई)
इ।ऋ।त्। सेक्सन काम गरी रहनु भएका सम्पूर्ण नेपाली साथीहरुमा हाम्रो सम्झना अनुसारको नमस्कार छ।
ओम बहादुर, प्रेम जबगु, योगेन्द्र कार्की, नेत्रबाहदुर, गौतम, कान्छा लामा, कान्छा मान, तेजनारायण, प्रेम ठकुरी, रामचन्द्र घिमिरे रामचन्द्र खड्का, भीमबहादुर, सुरेस बहादुर, नवराज तिर्थ,प्रदीप कलम, नाम थाहा नभएका साथीहरुमा यो हाम्रो अनुरोध छ। हामी यहाँ जेलमा छौं। सबैलाई थाहा नै होला। र इण्डिया, श्रीलंकाहरुको एम्बेसी यहाँ आएर काम गरिराखेको छ। हाम्रो यहाँ एम्बेसी पनि छैन। र त्यहाँ तपाईहरुले कसरी हुन्छ। हामर्ीलाईयहाँबाट छुटाउने प्रयास गर्नु होला। र यो पत्र हामीले अर्जुन जीको नाममा पठाएको छौं। अर्जुन जी, जसरी भए पनि यो मान्छेहरुलाई पर्ढाई- सुनाई हाम्रो काम गर्न मद्दत चाहिएमा माग्नु होला।
इश्वर
सौजन्यः होमबहादुर कार्की
No related posts.









Khai k bhanu.
yasto chha banda bhandai janu parne bade ta nepali lai chha.kina baneni aaja samma pani nepal ma gari khan kehi ni chaina. Baru 20,30 barsha jat china ma jastai dukha garu sathi ho nepal ma nai kehi gare ra kane batabaran banu na. Ma desko lagi dinko 8 ghanta kamgarna taye ra chu tapai pani hunu hos. hami hunchau. khawo badi neta, raja, ra mowobadi le kehi garne wala chainan.hami le nai kehi garnu parchha.
मन परे हरियो, नपरे रातो
0
0
The goerment people should be take care them.who is respons about this matter.
मन परे हरियो, नपरे रातो
0
0
It is very sad news Nepal government must take urgent action. It has been so long time since they were captured by Iraqi police. We, Nepali, must pressure the Nepal government so that they take neccessay action as soon as possible. Pleas all Nepalese in Nepal take an urgent action to prssure the government.
Thank you.
Ekbahadur Pun
UK
मन परे हरियो, नपरे रातो
0
0
म अहिले दुबाइमा छु। यहाँको हालात् पनि खराब छ। दलालहरुले इराक् पठाउने भनेरै थुप्रै मान्छे इन्डियाको बाटो ल्याइ यहाँ अलपत्र पारि भाग्ने गरिरहेका छन्। यति सम्म कि धेरै जसो को टिकट र पासपोर्ट पनि लियेर भागेका छन। इराक जानु हुन्न भन्ने थाहा हुदा हुदै पनि चिन्नु न जान्नु का दलाल हरु को पछि लागेर आउने नेपालि दाजु भाई हरु पनि यसमा कम दोषि छैनन्। यसरि यहाँ अलपत्र पार्नेमा चाहिँ म्यानपावर भन्दा झोले दलाल बढि सकृय छन। डेढ् देखि तिन लाख सम्म रकम डुबाई यहाँ अलपत्र परिरहेका सयौ होलान्। कतिले त बाध्यताबस लुकिछिपि थोरै तलबमा यतै काम पनि गर्न थाले जुन गैरकानुनि हो।
मन परे हरियो, नपरे रातो
0
0
it’s bad n sad news for all nepalese…so the government should have the responsibility towards them..so they must realese them n save there life….. hey GOVERNMENT..DID U HEARD ??/ IF U DON’T SAVE NEPALESE SONS U HAVE TO B IN NEPALESE MADE PRISON ……..U KNOW WHAT I MEAN/// HA??
मन परे हरियो, नपरे रातो
0
0
it’s so sad. after reading this, i feel so much pain, fear and anger and hopeless. government of nepal has no eyes, no ears but just a two tongued mouth. if i had gun in my hand i would shoot these bloody leaders of nepal. isn’t there a way out? immediate pressure has to be made to the government to solve this.
मन परे हरियो, नपरे रातो
0
0
खै कसरी सुरु गर्ने , गड्लाइ बिश्वास गरौ भने पनि केपी ओलि जस्ताको मात्र प्रगती हुन्छ अरु सबैको हालत उहि हो । यि चोर हरुलाई समयरा जिउदै आगो लगाउन पर्ने हो, तर यिनी हरु नाट्क गर्न साह्रै सिपालु छ ।हेर्दै जानुस् साथी हो कमल थापा फेरी मन्त्री हुन्छ । गिरिजा ले बनाउछ मन्त्री थापालाई माधव नेपाल ले प्रस्ताब गर्छ अनि सबै मिलेर खान्छन । यो देश को दुर्भाग्य नै यस्तै छ । नेपालि हरु बिदेश म रेटियरा मर्छन तर यो चोर नेताहरुको आख्मा आसु आउँदैन बरु तर यो सबै हाम्रो नै गल्ती हो किनकी हामी गदालाइ धोयर गाइ बनाउन खोज्दै छौ । दस् बर्ष सम्म देश बिगारएको गदलाई प्र्धन्मन्त्री बनाउछौ अनि फेरी तेही चोर बाट राम्रा कुरहरुको आशा गर्छौ
मन परे हरियो, नपरे रातो
0
0
please help them who is now in iraq prison
मन परे हरियो, नपरे रातो
0
0
नेपाली हरु को यो दुर्दशा हुनु को कारण कुबङ्ग्शी राजा, खाओबादी नेताहरु र बिशेष त माओवादी हत्यारा प्रचन्डे हरु हुन्; यो चिट्ठी तिनि हरु सबै लाइ पठाउनु पर्छ
यि तीन पछीय शैतान हरु न भएको भए हाम्रो देश का वीर, मिहिनती र इमान्दार नेपाली हरु लाइ कतै जान पर्दैन थ्यो
मन परे हरियो, नपरे रातो
0
0
It’s really heart breaking , i don’t know when our govt eyes ears n mouth will open for solving these stuff.
God bless them .
मन परे हरियो, नपरे रातो
0
0
the nepalese government should be take strong action on behalf of those innocent peoples as soon as possible,
laxman
मन परे हरियो, नपरे रातो
0
0
परराष्ट्र मन्त्री तथा उप-प्रधान मन्त्री “काजु कान्छा” लाइ चार्टर्ड वीमानमा कुवैत तीर पठाए काम बन्थ्यो की?
मन परे हरियो, नपरे रातो
0
0
I just recall the news once you made in your blog about kaju kanchha (deputy priminister), these people who say represent the people needs umbrella in hot or rainy season what about the people who voted them for the post. They don’t care about them. You need huge reform in our system as prachanda says otherwise we will never get rid of like these kinds of disaster situations. Therefore, if you asking me what would be solution for this kinds of events not to happen again Girija should be thrown from the post and needs someone who is energetic and can have vision of the future.
On the other hand, I am bit worried about our peace to land in our lovely land because of Girija. He was the one who splitted the party now offering for rejoin what a ridiculous matter to see. In one sentece Girija is stupid person and he is fitted only for the constable post. As we have seen recent move of the government appointing acting NA army chief was totally against the aspiration of people. who Girija is represented for people or else? I am very much doubt about the situation of the country could get imporved.
Lets hope governmet will do the best to take our brothers from the one of world’s notorious place. I can’t even imagine their situation being in jail.
Its all because of government weakness since it can’t opportunities people to have job and stay with their families.
मन परे हरियो, नपरे रातो
0
0
Hey Goverment, if you are a human being please…. act now. It is very……serious matter. Their life is not different than KP oli and Girija. God bless innocent Nepalese.
मन परे हरियो, नपरे रातो
0
0
be care ful nepali political and government if this accident became like before we cant live all of u who are in present government. lets tak international communatie . humanrights and amnistyinternational as soon as possible. lalsalam.
मन परे हरियो, नपरे रातो
0
0
i am very sad because i read those news. i am from belguim and i want to tell all nepali brothers and government have to slove this problem. i hope not like before. the government has to take them back. thats from nepali who live in belguim now.
मन परे हरियो, नपरे रातो
0
0
I am really sad to read this news. I have been working in Iraq for almost 2 years but I never heard any news about any third country nationalities in Iraqi prison for such a long time.
Their families can not do anything to realese thier beloved relatives, they really need the goverment help. But this time the governement should be act rapidly. Don’t repeat the mistake again in this time also. They are innocent and they really need a help from Nepal Government. If they can not do anything than we can feel that It was really great mistake to born in Nepal and to be called as Nepali.
For their family, I would like to say just be patient everything will be fine very soon.
I hope to read a news in this blog site about the realease of all four nepali.
मन परे हरियो, नपरे रातो
0
0
साथी हरु हो । खोइ के भन्ने? जस्लाई मुर्दाबाद भने पनि केइ हुने वाला छोइन । जस्लाई मुर्दा होस् भनेर हामी हरु ले नारा लगाउछौ त्यो काजु र तरुनी को मज्जा मा सुती राखेको छ । के गर्नु हाम्रो भाग्य नै एस्तो रहेछ जुन जोगी आएपनि कान नै चिरेको बरु सोचोउ तपाईं हामी हरु ले के गर्न सक्छौ?
देश मा सरा कुरा हरु डामाडोल छ, महङी बडेको बडेइछ हाम्रो झिनो आश बिदेश जाने कुरामा नै छ बिदेश गयो भने केइ हुन्छ कि भनेर बिदेश जान्छन् तर बिदेशमा पनि त्यस्तो हुँदैन सुरु देखिनै दलाल को फन्दामा पर्छन् घर बारी धितो राखेर गको मान्छे तेसै घर आउनु पनि भएन साहु ले बनिवास लगौछ उतै बसु त्यस्तो हुन्छ एसो भन्दैमा सबै नेपाली हरु लाई नराम्रो छ भन्ने चै होईन तर पनि पिडा नहुने कमै छन्
बैदेशिक रोजगार को मामिलामा ठगिने नेपाली कति छन कति कति बिश्व को जेल हरुमा छन् सबै थाहा पायो भने हाम्रो मन् अतालिन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
sriman NEPAL sarkar karyebahak Prdhan Mntri Jiu
IRAK ko barsa jel ma dar dar kathor yatana vogi
rahanu vayeka 4jana nepali dajuvaiharu ko rihai ko
lagi yethasigra chito apil ko lagi anurod gardachu.
मन परे हरियो, नपरे रातो
0
0
Nepali ko dukh jata gayani ustaee desh ma kam chaina mam chaina ghar khet bandhak rakyra bides gayo tata pani jhan durgati khapnu parnay kamjor rastra ko manislaee jata pani dukhaee hudo rahay cha yo jata gaya panee aafno karma sanggee choddaeena dukh lay basgarna .Goverment lay yeeniharuko udar garna chito bhanda chito cajo milauna paryo
मन परे हरियो, नपरे रातो
0
0
I government has proved its impotency in all sector of responsibilites. They are not different from the “Kartic Manako Kukur”. Keep fighting for piece of bone. These politicians looks like gange of no guts, no brains and no diplomacy, no plan and no action but fool of greed, conspiracy, bickering, and talking useless. There is no symtoms of moral and ethics.
Lets prey our our brothers and sisters will survive with some mercy of the bad bsuness people in Irag.
What the foreing ministry is doing such a critical stage of these innocent people who have been dragged into such a miserable situation by criminals. What is happening with US human rights in that country they are the one occupying the country.
मन परे हरियो, नपरे रातो
0
0
Its a serious matter. Government must take an immediate action to rescue nepalese people from Iraqi jail and necessary to band the companies who are sending people there.
मन परे हरियो, नपरे रातो
0
0
Hey Nepal Government, Don’t forget the past inceident !!
मन परे हरियो, नपरे रातो
0
0
As I see,
1. The government, lazy as they are, are not willing to work on a comprehensive law on overseas labor. So, they opt the easy way out – unnecessary control and restrictions.
2. These so-called manpower agents are nothing but traders of human beings. I find it disgusting even to waste my spit on them. Every person sent abroad illegally should be classified as ‘human trade’ or ‘human smuggling’. They’re no different from those who sell women and children in Mumbai.
These poor people are the ones who’re supporting the nation’s economy thru their remmitances. Why doesn’t the government work a bit harder to strengthen and protect their bread earners? Since they are one of the major contributors to the economy – they deserve it to be protected at all times.
By the way, is it only Nepali workers abroad who get into more troubles than others (from 3rd world countries)?
मन परे हरियो, नपरे रातो
0
0
GIrija and KP Oli,
You have to act on time to save those poor people’s life in Iraq.
मन परे हरियो, नपरे रातो
0
0
What does Kaju kanchha get from those detainnes in Iraq, they can’t give him some bribe or even they can NOT send “kaju” to him. So this is none of the business of Kaju kanchha.
Personally As a Nepali, our sweat and blood is so cheap in foreign land. It feels so bad!!!
मन परे हरियो, नपरे रातो
0
0
argent help government bata hunu paryo.
मन परे हरियो, नपरे रातो
0
0
I do not have any hope on this Nepalese Government. i wish some miracle happen to save their lives.
Girija Murdabad!
KP Oli Murdabad!
KING G Murdabad!
Maobadi Murdabad!
Oh sorry friends, what a despair and frustration in Nepalese Youth!
may my country live forever even I die coz of My frustration.
jaya Nepal.
मन परे हरियो, नपरे रातो
0
0
जताततै लथालिङग जताततै भताभुङग्, खै कहिले अनि कसरी सबै काम – कुरा मिल्ने होला । अब त साच्चै हाम्रो देशमा राम्रो हुन्छ भनेर सोच्न पनि नसकिने भयो जस्तै छ भन्या ।
मन परे हरियो, नपरे रातो
0
0
It’s really a serious and sad news, Nepali government must work out to find the real information and must tries to get out that innocient people from the jail.
Otherwise people will loose their life as prevoious 14 innocient Nepalese people at Iraq.
Government and related organization must work in Time!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Please help them soon…..
help them very soon….
मन परे हरियो, नपरे रातो
0
0
yo bedana KP Oli lae pathauna paya hune thiyo. KP pheri bides sayar garna hidne thiyo ki, uslae auta masala hunthiyo. Ani army aghi pachi rakhera, Iraq ma nepali chutauna pararastra mantralaya le dherae gareko chha. Maobadi le hariyar bujhaya pachhi matara Amerika le uniharu chodae dina sahayog garne chha bhane ra bhasan garnae thalthiyo ki. Kata Kaju kanchha le yo message padhe ko chhaena ho la ko hi AMALE mitra haru le forward garidinu na please.
मन परे हरियो, नपरे रातो
0
0