अन्तरिम संविधान २०६३ (भाग ३)
अन्तरिम संविधान २०६३ को मस्यौदाको पूर्ण विवरण प्रस्तुत गर्ने क्रममा यस भागमा प्रस्तुत छ कार्यपालिका र व्यवस्थापिकाको बारेमा।
भाग ६
कार्यपालिका
३८। कार्यकारिणी अधिकारः
-१) नेपालको कार्यकारिणी अधिकार यो संविधान र अन्य कानून
बमोजिम मन्त्रिपरिषद्मा निहित हुनेछ ।
-२) यो संविधान र अन्य कानूनको अधीनमा रही नेपालको शासन व्यवस्थाको सामान्य
निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा मन्त्रिपरिषद्उपर हुनेछ ।
-३) नेपालको कार्यकारिणी कामहरु नेपाल सरकारको नाममा हुनेछ ।
-४) उपधारा -३) बमोजिम नेपाल सरकारको नाममा हुने निर्ण्र्ाावा आदेश र तत्सम्बन्धी
अधिकारपत्रको प्रमाणित कानूनद्वारा व्यवस्था भए बमोजिम हुनेछ ।
३९। मन्त्रिपरिषद्को गठनः -१) व्यवस्थापिकामा बहुमत प्राप्त व्यवस्थापिकाको सदस्य प्रधानमन्त्री
पदमा निर्वाचित भएको मानिनेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् को गठन हुनेछ ।
-२) मन्त्रिपरिषदमा आवश्यकता अनुसार उपप्रधानमन्त्री र अन्य मन्त्रीहरु रहने छन् ।
-३) प्रधानमन्त्रीले व्यवस्थापिकाका सदस्यहरु मध्येबाट आवश्यकता अनुसार
उपप्रधानमन्त्री र मन्त्रीहरु नियुक्त गर्न सक्नेछ ।
-४) प्रधानमन्त्रीले मन्त्री नियुक्ति गर्दा सम्बन्धित दलको सिफारिसमा नियुक्ति गर्नु पर्नेछ ।
-५) प्रधानमन्त्री र अन्य मन्त्रीहरु व्यवस्थापिकाप्रति सामूहिक रुपमा उत्तरदायी हुनेछन् र
मन्त्रीहरु आफ्ना मन्त्रालयको कामका लागि व्यक्तिगत रुपमा प्रधानमन्त्री र व्यवस्थापिकाप्रति
उत्तरदायी हुनेछन् ।
-६) देहायका अवस्थामा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछः-
-क) व्यवस्थापिकाको अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा,
-ख) व्यवस्थापिकाको सम्पर्ूण्ा सदस्य संख्याको दर्ुइ तिहाई बहुमतले धारा ……..
बमोजिम निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा,
-ग) निज व्यवस्थापिकाको सदस्य नरहेमाः वा
-घ) निजको मृत्यु भएमा ।
-७) उप-प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्री देहायका अवस्थामा आफ्नो
पदबाट मुक्त हुनेछन् ः-
-क) निजले प्रधानमन्त्री समक्ष लिखित राजीनामा दिएमा, वा
-ख) उपधारा -६) बमोजिम प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भएमाः वा
-ग) प्रधानमन्त्रीले पदमुक्त गरेमा,
-घ) निजको मृत्यु भएमा ।
-८) उपधारा -६) बमोजिम प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भएपनि अर्को मन्त्रिपरिषद्
गठन नभएसम्म मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरी रहनेछ ।
तर प्रधानमन्त्रीको मृत्यु भएमा नयाँ प्रधानमन्त्रीको निर्वाचन नभएसम्मको लागि
उपप्रधानमन्त्री वा वरिष्ठ मन्त्रीले प्रधानमन्त्रीको रुपमा कार्य सञ्चालन गर्नेछ ।
४०। राज्यमन्त्री र सहायक मन्त्रीः -१) प्रधानमन्त्रीले व्यवस्थापिकाको सदस्यहरु मध्येबाट राज्यमन्त्री
नियुक्त गर्न सक्नेछ ।
-२) प्रधानमन्त्रीले कुनै मन्त्रीलाई निजको कार्यभार सञ्चालनमा सहायता गर्न
व्यवस्थापिकाको सदस्यहरु मध्येबाट सहायक मन्त्री नियुक्त गर्न सक्नेछ ।
-३) धारा …. … को उपधारा …. मा मन्त्रीका सम्बन्धमा उल्लिखित कुराहरु राज्यमन्त्री
र सहायक मन्त्रीका हकमा पनि लागू हुनेछन् ।
४१। व्यवस्थापिकाको सदस्य नभएको व्यक्ति मन्त्री पदमा नियुक्त हुन सक्नेः धारा …… र ……… मा
जुनसुकै कुरा उल्लेख भए तापनि प्रधानमन्त्रीले व्यवस्थापिकाको सदस्य नभएको कुनै व्यक्तिलाई
उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री पदमा नियुक्त गर्न सक्नेछ ।
४२) पारिश्रमिक तथा अन्य सु विधाहरुः प्रधानमन्त्री, उप-प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक
मन्त्रीहरुको पारिश्रमिक र अन्य सुविधाहरु ऐनद्वारा निर्धारण हुनेछ । सो बमोजिम ऐनद्वारा
निर्धारण नभएसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
४३) शपथः प्रधानमन्त्रीले व्यवस्थापिका समक्ष र उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री तथा सहायक
मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो पद र गोपनीयताको शपथ ग्रहण गर्नु पर्नेछ ।
४४) नेपाल सरकारको कार्य सञ्चालनः -१) नेपाल सरकारबाट स्वीकृत नियमावली बमोजिम नेपाल
सरकारको कार्य विभाजन र कार्य सम्पादन हुनेछ ।
-२) उपधारा -१) अर्न्तर्गतको नियमावलीको पालना भयो वा भएन भन्ने प्रश्न कुनै
अदालतमा उठाउन सकिने छैन ।
४५) संविधान सभाको गठन भएपछिको मन्त्रिपरिषद्ः संविधान सभाको गठन भएपछि कार्यकारिणी
अधिकारको प्रयोग, मन्त्रिपरिषद्को गठन र तत्सम्बन्धी अन्य कुरा आवश्यक हेरफेर सहित यसै
भागमा लेखिएको व्यवस्था बमोजिम हुनेछ ।
ज्ञठ
भाग ७
व्यवस्थापिका
४६) व्यवस्थापिकाको गठनः -१) नेपालमा एक व्यवस्थापिका रहनेछ जसमा देहाय बमोजिमका …….
सदस्य रहने छन्ः-
-क)
-ख)
-ग)
-घ) इत्यादि ।
-२) व्यवस्थापिकाको कार्यकाल संविधान सभाको पहिलो बैठक बसेपछि समाप्त हुनेछ ।
-३) व्यवस्थापिकाको कुनै सदस्यको स्थान कुनै कारणले रिक्त भएमा बाँकी अवधिको
लागि जुन राजनैतिक दल वा समूहबाट प्रतिनिधित्व भएको हो सोही राजनैतिक दल वा
समूहबाट उपधारा -१) बमोजिमको प्रक्रियाबाट मनोनयन भई रिक्त स्थान पर्ूर्ति हुनेछ ।
४७) सदस्यका लागि योग्यताः -१) व्यवस्थापिकाको सदस्य हुनका लागि कुनै पनि व्यक्ति -
-क) नेपालको नागरिक हुनर्ुपर्छ,
-ख) पच्चीस वर्षउमेर पूरा भएको हुनर्ुपर्छ,
-ग) कुनै कानूनले अयोग्य हुनु हुदैन,
-घ) जनआन्दोलनको भावना प्रति प्रतिवद्ध भएको हुनर्ुपर्छ,
-ङ) कुनै लाभको पद धारण गरेको हुनु हुँदैन ।
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “लाभको पद” भन्नाले निर्वाचित वा मनोनयनद्वारा
पर्ूर्ति गरिने राजनैतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य
पद सम्झनु पर्छ ।
४८) सदस्यको अयोग्यता सम्बन्धी निर्ण्र्ाा व्यवस्थापिकाको कुनै सदस्य धारा …… अनुसार अयोग्य छ
वा हुन गएको छ भनी प्रश्न उठेमा त्यसको अन्तिम निर्ण्र्ााव्यवस्थापिकाले गर्नेछ ।
४९) स्थान रिक्तताः व्यवस्थापिकाको सदस्यको स्थान देहायको अवस्थामा रिक्त हुनेछः-
-क) लिखित राजिनामा दिएमा,
-ख) धारा ……… बमोजिम निजको योग्यता नभएमा,
-ग) सदनको स्वीकृति नलिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा,
-घ) जुन राजनैतिक दलबाट प्रतिनिधित्व गरे को हो सो राजनैतिक दल त्यागेको
सूचना सम्बन्धित दलले जानकारी गराएमा,
ज्ञड
-ङ) व्यवस्थापिकाको कार्यकाल पूरा भएमा, वा
-च) निजको मृत्यु भएमा,
५०) शपथः व्यवस्थापिकाको प्रत्येक सदस्यले व्यवस्थापिकाको सभामा पहिलो पटक भाग लिनुभन्दा
अघि निर्धारित रुपमा शपथ लिनु पर्नेछ ।
छज्ञ। व्यवस्थापिकाको अध्यक्ष र उपाध्यक्षः -१) व्यवस्थापिकाले आफ्ना सदस्य मध्येबाट एकजना
अध्यक्ष र एकजना उपाध्यक्षको निर्वाचन गर्नेछ । अध्यक्ष वा उपाध्यक्षको पद रिक्त भएमा
व्यवस्थापिकाले आफ्नो सदस्यहरू मध्येबाट निर्वाचन गरी रिक्त स्थानको पर्ूर्ति गर्नेछ ।
-२) व्यवस्थापिकाको अध्यक्ष र उपाध्यक्ष एउटै राजनैतिक दलको सदस्य हुनसक्ने छैन ।
-३) व्यवस्थापिकाको अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले व्यवस्थापिकाको बैठकको
अध्यक्षता गर्नेछ ।
-४) व्यवस्थापिकाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन नभएको वा दुबै पद रिक्त रहेको
अवस्थामा व्यवस्थापिकाको बैठकको अध्यक्षता उपस्थित सदस्यहरू मध्ये उमेरको हिसावले जेष्ठ
सदस्यले गर्नेछ ।
-५) व्यवस्थापिकाको अध्यक्ष वा उपाध्यक्षको पद देहायको अवस्थामा रिक्त हुनेछः-
-क) निज व्यवस्थापिकाको सदस्य नरहेमा,
-ख) निजले लिखित राजिनामा दिएमा,
-ग) निजले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्ताव व्यवस्थापिकाको तत्काल
कायम रहेका सम्पर्ूण्ा सदस्य संख्याको दर्ुइतिहाई बहुमतबाट पारित भएमा ।,
-६) व्यवस्थापिकाको अध्यक्षले पद अनुकू लको आचरण गरेको छैन भन्ने प्रस्ताव उपर
छलफल हुने बैठकको अध्यक्षता उपाध्यक्षले गर्नेछ । सो प्रस्तावको छलफलमा अध्यक्षले भाग
लिन र मतदान गर्न पाउनेछ ।
छद्द। अधिवेशनको आव्हान र अन्तः -१) प्रधानमन्त्रीले अगाडि नै व्यवस्थापिकाको अधिवेशन आव्हान
गरेकोमा बाहेक यो संविधान प्रारम्भ भएको एक्काइसौं दिन प्रधानमन्त्रीले तोकेको ठाउँ र
समयमा व्यवस्थापिकाको अधिवेशन आव्हान गर्नेछ । त्यस पछि समय समयमा प्रधानमन्त्रीले
अन्य अधिवेशनको आव्हान गर्नेेछ ।
-२) व्यवस्थापिकाको अध्यक्षको परामर्शमा प्रधानमन्त्रीले व्यवस्थापिकाको अधिवेशनको
अन्त गर्नेछ ।
-३) व्यवस्थापिकाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा
अधिवेशन वा बैठक बोलाउन वान्छनीय छ भनी व्यवस्थापिकाको सम्पर्ूण्ा सदस्य सँख्याको एक
चौथाई सदस्यले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक वस्ने मिति र समय
प्रधानमन्त्रीले तोक्नेछ र त्यसरी तोकिएको मिति र समयमा व्यवस्थापिकाको अधिवेशन प्रारम्भ
हुने वा बैठक बस्नेछ ।
छघ। प्रधानमन्त्रीबाट सम्बोधनः प्रधानमन्त्रीले व्यवस्थापिकाको बैठकलाई सम्बोधन गर्न र त्यसको
निमित्त सदस्यहरूलाई उपस्थित हुन लिखित सूचना जारी गर्नेछ ।
ज्ञढ
छद्ध। गणपुरक संख्याः यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक व्यवस्थापिकाको कुनै पनि बैठकमा
सम्पर्ूण्ा सदस्य संख्याको एक चौथाई सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्ण्र्ाार्थ
प्रस्तुत गरिने छैन ।
छछ। सदस्यको स्थान रिक्त रहेको अवस्थामा बैठकको कार्य सञ्चालनः व्यवस्थापिकाको कुनै सदस्यको
स्थान रिक्त छ भने पनि व्यवस्थापिकाले आफ्नो कार्य सञ्चालन गर्न सक्नेछ र व्यवस्थापिकाको
कुनै कारवाईमा भाग लिन नपाउने कुनै व्यक्तिले भाग लिएको कुरा पछि पत्ता लाग्यो भने पनिर्
भईसकेको कुनै कार्य अमान्य हुने छैन ।
छट। मतदानः यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक व्यवस्थापिकाको कुनै पनि बैठकमा
निर्ण्र्ााो लागि प्रस्तुत गरिएको जुनसुकै प्रश्नको निर्ण्र्ााउपस्थित भई मतदान गर्ने सदस्यहरूको
बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई सामान्यतः मत दिने अधिकार हुने छैन ।
तर मत बराबर भएमा निजले आफ्नो निर्ण्र्ााक मत दिनेछ ।
छठ। विश्वासको मतः -१) प्रधानमन्त्रीले आफ्नो कार्यकालभित्र कुनै बखत आफूमाथि व्यवस्थापिकाको
विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेमा विश्वासको मतको लागि व्यवस्थापिकामा
प्रस्ताव राख्न सक्नेछ ।
-२) व्यवस्थापिकाको सम्पर्ूण्ा सदस्य संख्याको एक चौथाई सदस्यले प्रधानमन्त्री उपर
व्यवस्थापिकाको विश्वास छैन भनी लिखित रुपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् ।
तर एक अधिवेशनमा एक पटकभन्दा बढी अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन ।
-३) उपधारा -१) र -२) बमोजिमको प्रस्तावको निर्ण्र्ााव्यवस्थापिकाको सम्पर्ूण्ा सदस्य
संख्याको बहुमतबाट हुनेछ ।
छड। अनधिकृत उपस्थित भएमा वा मतदान गरेमा सजाय हुनेः धारा …….. बमोजिम शपथ नलिई वा
व्यवस्थापिकाको सदस्य हुनको लागि आवश्यक योग्यता पुगेको छैन भन्ने थाहा पाउँदा पाउँदै
कुनै व्यक्ति व्यवस्थापिकाको वा त्यसको कुनै समितिको बैठकमा उपस्थित भएमा वा निजले
मतदान गरेमा निजलाई सो बैठकमा अध्यक्षता गर्ने व्यक्तिको आदेशले त्यसरी उपस्थित भएको
वा मतदान गरेको प्रत्येक पटकका लागि पाँच हजार रुपैयाँ जरिवाना हुनेछ । यसरी भएको
जरिवाना निजले चुक्ता नगरेमा सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
छढ। विशेषाधिकारः -१) व्यवस्थापिकाको बैठकमा पर्ूण्ा वाक स्वतन्त्रता रहनेछ र सो बैठकमा व्यक्त
गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्न, थुनामा राख्न
वा निजउपर कुनै अदालतमा कुनै कारबाही चलाउन सकिनेछैन ।
-२) व्यवस्थापिकाका प्रत्येक बैठकलाई आफ्नो आन्तरिक काम कारबाही नियमित गर्ने
पर्ूण्ा अधिकार रहनेछ र कुनै कारबाही नियमित वा अनियमित छ वा छैन भनी निर्ण्र्ाागर्ने
अधिकार सम्बन्धित बैठकलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन
सकिने छैन ।
द्दण्
-३) व्यवस्थापिकाको कुनैपनि काम कारबाहीलाई त्यसको असल नियतबारे शं का उर्ठाई
कुनै टिका टिप्पणी गरिने छैन र कुनै सदस्यले बोलेको कुनै कुराको सम्बन्धमा जानी-जानी
गलत वा भ्रामक अर्थ लगाई कुनै प्रकारको प्रकाशन तथा प्रसारण गरिने छैन ।
-४) व्यवस्थापिकाले दिएको अधिकार अर्न्तर्गत कुनै लिखत, प्रतिवेदन, मतदान वा
कारबाही प्रकाशित गरेको विषयलाई लिएर कुनै व्यक्तिउपर अदालतमा कारबाही चलाउन
सकिने छैन ।
स्पष्टीकरणः उपधारा -१), -२), -३) र -४) को प्रयोजनका लागि “व्यवस्थापिकाको बैठक”
भन्नाले व्यवस्थापिकाको र त्यसको कुनै समितिको बैठक समेतलाई जनाउने छ ।
-५) व्यवस्थापिकाको कुनै पनि सदस्यलाई व्यवस्थापिकाको अधिवेशन अवधिभर पक्राउ
गरिने छैन ।
तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई कानून अनुसार पक्राउ गर्न यस उपधाराले
बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले
त्यसको सूचना व्यवस्थापिकाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।
-६) यस धारामा उल्लेख भएका कुनै कुरा उल्लंघन भएमा व्यवस्थापिकाको विशेषाधिकार
हनन हुने र व्यवस्थापिकाको विशेषाधिकारको हननलाई व्यवस्थापिकाको अवहेलना मानिनेछ ।
कुनै विशे षाधिकारको हनन भएको छ वा छैन भन्ने निर्ण्र्ाागर्ने अधिकार व्यवस्थापिकालाई मात्र
हुनेछ ।
-७) कसैले व्यवस्थापिकाको अवहेलना गरेमा सो सम्बन्धी बैठकको अध्यक्षता गर्ने
व्यक्तिले बैठकको निर्ण्र्ाााट सो व्यक्तिलाई सचेत गराउन, नसीहत दिन वा तीन महिनामा
नबढ्ने गरी कैद गर्न वा दश हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । त्यस्तो जरिवाना निजले
चुक्ता नगरेमा सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।
तर व्यवस्थापिकालाई सन्तोष हुने गरी निजले क्षमा याचना गरेमा व्यवस्थापिकाले क्षमा
प्रदान गर्न वा तोकिसकेको सजायलाई माफी गर्न वा घटाउन सक्नेछ ।
-८) यस संविधानमा उल्लेख गरिएदेखि बाहेक विशेषाधिकार सम्बन्धी अन्य कुराहरु
कानूनद्वारा निर्धारण गरिए बमोजिम हुनेछन् ।
टण्। कार्य सञ्चालन विधिः यस संविधानको अधीनमा रही व्यवस्थापिकाले आफ्नो कार्य सञ्चालनर्
गर्न बैठकको सुव्यवस्था कायम राख्न र समितिहरुको गठन, काम कारवाही र अन्य कुरा
नियमित गर्नको लागि नियमावली बनाउनेछ । त्यस्तो नियमावली नबनेसम्मको लागि
व्यवस्थापिकाले आफ्नो कार्यविधि आफैं नियमित गर्नेछ ।
टज्ञ। समितिः व्यवस्थापिकामा कानूनद्वारा व्यवस्था भए बमोजिम आवश्यक संख्यामा समिति र
उपसमितिहरु रहने छन् ।
टद्द। संविधानसभाले व्यवस्थापिकाको अधिकार प्रयोग गर्नेः धारा ……. को उपधारा …… बमोजिम
व्यवस्थापिकाको कार्यकाल समाप्त भएपछि यस संविधान बमोजिमको व्यवस्थापिकाको अधिकार
संविधानसभाले प्रयोग गर्नेछ ।
द्दज्ञ
टघ। व्यवस्थापिका सचिवालयः -१) व्यवस्थापिकाको कामलाई व्यवस्थित गर्न का लागि एक सचिवालय
रहनेछ । त्यस्तो सचिवालयको स्थापना र सो सम्बन्धी अन्य कुरा कानू नद्वारा निर्धारण भए
बमोजिम हुनेछ ।
-२) व्यवस्थापिकाको काम कारबाही सञ्चालन गर्न आवश्यक हुने कर्मचारी नेपाल
सरकारले उपलब्ध गराउनेछ ।
टद्ध। पारिश्रमिकः व्यवस्थापिकाको अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा समितिका सभापतिहरुको
पारिश्रमिक र सुविधा कानूनद्वारा व्यवस्था भए बमोजिम हुनेछ र त्यसरी निर्धारण नभएसम्म
नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।
Related posts:











all nepalese are lazy like me ……………that’s why our nepal is like nepal
मन परे हरियो, नपरे रातोः
0
0