अन्तरिम संविधान २०६३ (भाग ४)भाग ८
संविधान सभा
संविधान सभाको गठनः -१) नेपाली जनता आफैंले नयाँ संविधानको निर्माण गर्न यस
संविधानको अधिनमा रही एक संविधान सभाको गठन हुनेछ ।
-२) संविधान सभामा ……… सदस्यहरु रहनेछन् ।
संविधान सभाको सदस्यको निर्वाचनः -१) -पछि निर्धारण गर्ने)
-२) संविधान सभाका सदस्यहरुको निर्वाचन कानूनद्वारा व्यवस्था भए बमोजिम एक
व्यक्ति एक मतको आधारमा गोप्य मतदानद्वारा हुनेछ ।
-३) संविधान सभाको निर्वाचनको प्रयोजनको लागि -सोह्र/अठार) वर्षउमेर पूरा भएको
प्रत्येक नेपाली नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदानर्
गर्ने अधिकार हुनेछ ।
-४) यस धारामा लेखिएको कुराहरुको अधीनमा रही संविधान सभाको निर्वाचन र सो
सम्बन्धी अन्य कुरा कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।
टठ। संविधान सभाको कार्यकालः संविधान सभाले प्रस्ताव पारित गरी अगावै विघटन गरेकोमा बाहेक
संविधान सभाको कार्य काल संविधान सभाको पहिलो बैठक बसेको मितिले दर्ुइ वर्षो हुनेछ ।
तर मुलुकमा संकटकालीन स्थितिको घोषणा भएको कारणले संविधान निर्माण गर्ने काम
पूरा हुन नसकेमा संविधान सभाले प्रस्ताव पारित गरी संविधान सभाको कार्यकाल थप छ
महिनासम्म बढाउन सक्नेछ ।
टड। सदस्यको योग्यताः संविधान सभाको सदस्य हुनका लागि कुनै पनि व्यक्तिले देहायका योग्यता
पूरा गरेको हुनु पर्नेछः
-क) नेपाली नागरिक,
-ख) कम्तीमा पच्चीस वर्षउमेर पूरा गरेको,
-ग) नैतिक पतन देखिने फौज्दारी कसुरमा सजाय नपाएको,
-घ) साहूको दामासाहीमा नपरेको,
-ङ) कुनै कानूनले अयोग्य नभएको,
-च) कुनै लाभको पद धारण नगरेको ।
स्पष्टीकरणः खण्ड -च) को प्रयोजनका लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा
पर्ूर्ति गरिने राजनैतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा अन्य कुनै आर्थिक
सुविधा पाउने अन्य कुनै पदलाई जनाउनेछ ।
टढ। सदस्यको अयोग्यता सम्बन्धी प्रश्नको निर्ण्र्ाा संविधान सभाका कु नै सदस्य धारा …….. बमोजिम
अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्ण्र्ााधारा ……. बमोजिम
गठन हुने ………. ले गर्नेछ ।
ठण्। सदस्यको स्थानको रिक्तताः संविधान सभाका सदस्यको स्थान देहायको अवस्थामा रिक्त भएको
मानिनेछः
-क) निजले लिखित राजीनामा दिएमा,
-ख) धारा …….. बमोजिम निजको योग्यता नभएमा वा नरहेमा
-ग) संविधान सभाको स्वीकृति विना लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा,
-घ) जुन राजनैतिक दलको सदस्य भई निर्वाचित भएको हो सोही दलले कानूनमा
व्यवस्था भए बमोजिम निजले दल त्याग गरेको वा दलको सदस्यता कायम
नरहेको कुरा सूचित गरेमा ।
-ङ) निजको मृत्यु भएमा,
स्पष्टीकरणः खण्ड -घ) को व्यवस्था संविधान सभाका अध्यक्ष वा उपाध्यक्षको हकमा लागू हुने
छैन ।
ठज्ञ। सदस्यको शपथः संविधान सभाका प्रत्येक सदस्यले संविधान सभा वा यसको कुनै समितिमा
पहिलो पटक भाग लिनु अघि कानूनमा व्यवस्था भए बमोजिम शपथ लिनु पर्नेछ ।
ठद्द। संविधान सभाको बैठकः -१) संविधान सभाका सदस्यहरुको अन्तिम निर्वाचन परिणाम निर्वाचन
आयोगले र्सार्वजनिक गरेको एक्काइसौं दिन संविधान सभाको पहिलो बैठक बस्नेछ र
त्यसपछिका बैठक संविधान सभाको अध्यक्षता गर्ने व्यक्तिले तोकेको मिति र स्थानमा बस्नेछ ।
-२) उपधारा -१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संविधान सभाका कम्तीमा एक
चौथाई सदस्यले संविधान सभाको बैठक बोलाउन आवश्यक छ भनी कारण सहित संविधान
सभाका अध्यक्ष समक्ष निवेदन गरेमा अध्यक्षले पन्ध्र दिनभित्र संविधान सभाको बैठक बोलाउनुर्
पर्नेछ ।
ठघ। संविधानको विधेयक पारित गर्ने विधिः -१) संविधान सभाले संविधानको विधेयक पारित गर्दा
संविधान सभामा पेश भएको त्यस्तो विधेयकको प्रस्तावना तथा प्रत्येक धारामा मतदान गरी
पारित गर्नेछ ।
-२) उपधारा -१) बमोजिम मतदान गर्दा संविधान सभामा तत्काल कायम रहेका सम्पर्ूण्ा
सदस्यको कम्तीमा दर्ुइ तिहाई सदस्य उपस्थित भएको बैठकको र्सवसम्मतिबाट पारित गर्नुर्
पर्नेछ ।
-३) उपधारा -२) बमोजिम संविधानको विधेयकको प्रस्तावना वा त्यसको कुनै धाराका
सम्बन्धमा र्सवसम्मत कायम हुन नसकेमा सो विषयमा र्सवसम्मति कायम गर्न संविधान सभामा
प्रतिनिधित्व गर्ने राजनैतिक दलका सं सदीय -विधायिकी) दलका नेताले आपसमा परामर्शर्
गर्नेछन् ।
द्दद्ध
-४) उपधारा -३) बमोजिम परामर्श गर्ने काम र्सवसम्मति कायम हुन नसकेको मितिले
बढीमा पन्ध्रदिन सम्म पूरा गरिसक्नु पर्नेछ ।
-५) उपधारा -४) बमोजिम परामर्श भएकोमा त्यस्तो परामर्श गर्ने काम पूरा भएको सात
दिनभित्र त्यस्तो विधेयकको प्रस्तावना वा कुनै धारा उपर पुनः मतदान हुनेछ ।
-६) उपधारा -५) बमोजिम मतदान हुँदा पनि उपधारा -२) बमोजिमको र्सवसम्मत
कायम हुन नसकेमा प्रस्तावना वा जुन धाराका सम्बन्धमा र्सवसम्मत कायम हुन नसकेको हो
सो प्रस्तावना वा धारामा पुनः मतदान हुनेछ र त्यस्तो मतदानमा संविधान सभाका तत्काल
कायम रहेका सम्पर्ूण्ा सदस्यको कम्तीमा दर्ुइ तिहाई सदस्य उपस्थित भएको बैठकको कम्तीमा
दर्ुइ तिहाई बहुमतबाट पारित भएमा त्यस्तो प्रस्तावना वा धारा पारित भएको मानिनेछ ।
-७) यस धाराको प्रयोजनका लागि संविधान सभामा पेश भएको संविधानको विधेयकको
प्रस्तावना वा त्यसको कुनै धाराको सम्बन्धमा मतदान गर्दा कुनै पनि सदस्यले त्यस्तो
विधेयकको प्रस्तावना वा त्यसको कुनै धाराको विपक्षमा मत नदिएमा र्सवसम्मति कायम भएको
मानिनेछ ।
ठद्ध। संविधान सभाका अध्यक्ष र उपाध्यक्षः -१) संविधान सभाले संविधान निर्माण सम्बन्धी आफ्नो
कार्य प्रारम्भ गर्नु अघि आफ्ना सदस्यहरु मध्येबाट एकजना अध्यक्ष र एकजना उपाध्यक्षको
निर्वाचन गर्नेछ ।
-२) उपधारा -१) बमोजिम निर्वाचन गर्दा अध्यक्ष र उपाध्यक्ष संविधान सभामा
प्रतिनिधित्व गर्ने अलग-अलग राजनैतिक दलबाट प्रतिनिधित्व गर्ने सदस्य हुनु पर्नेछ ।
-३) उपधारा -१) बमोजिम अध्यक्ष र उपाध्यक्षको निर्वाचन सम्पन्न नभए सम्म उमेरका
हिसावले सं विधान सभाको सबभन्दा जेष्ठ सदस्यले संविधान सभाको अध्यक्षता गर्नेछ ।
-४) अध्यक्ष वा उपाध्यक्षले यस संविधान बमोजिम आफ्नो कार्य सम्पादन गर्दा कुनै पनि
राजनैतिक दलको पक्ष वा विपक्षमा नरही तटस्थ व्यक्तिको हैसियतले गर्नेछ ।
ठछ। अध्यक्ष र उपाध्यक्षको स्थान रिक्तताः -१) देहायको अवस्थामा अध्यक्ष र उपाध्यक्षको पद रिक्त
हुनेछः-
-क) निजले लिखित राजीनामा दिएमा,
-ख) संविधान सभामा निजको सदस्यता नरहेमा,
-ग) निजले पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव संविधान सभाका
सम्पर्ूण्ा सदस्य संख्याको कम्तीमा दर्ुइ तिहाई सदस्यको बहुमतबाट पारित
भएमा, वा
-घ) निजको मृत्यु भएमा ।
-२) संविधान सभाको अध्यक्षले पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्तावउपर
छलफल हुने बैठकको अध्यक्षता उपाध्यक्ष वा अन्य कुनै सदस्यले गर्नेछ र सो प्रस्तावको
छलफलमा अध्यक्षले भाग लिन र मत दिन पाउने छ ।
द्दछ
ठट। गणपूरक संख्याः यस भागमा अन्यथा लेखिएकोमा बाहेक संविधान सभाको बैठकमा सम्पर्ूण्ा
सदस्य संख्याको कम्तीमा एक चौथाई सदस्य उपस्थित नभएसम्म संविधान सभाको गणपूरक
संख्या पुगेको मानिने छैन र कुनै प्रश्न वा प्रस्ताव निर्ण्र्ााा लागि प्रस्तुत हुने छैन ।
ठठ। सदस्यको स्थान रिक्त रहेको अवस्थामा संविधान सभाको कार्य सञ्चालनः संविधान सभाको कुनै
सदस्यको स्थान रिक्त रहे पनि संविधान सभाले आफ्नो कार्य सम्पादन गर्न सक्नेछ र
अयोग्यताको कारण संविधान सभाको कुनै काम कारबाहीमा भाग लिन नपाउने कुनै व्यक्तिले
भाग लिएको कुरा पछि पत्ता लाग्यो भने पनि भइसकेको काम कारबाही अमान्य हुने छैन ।
ठड। मतदानः यस भागमा अन्यथा व्यवस्था भएकोमा बाहेक संविधान सभाको निर्ण्र्ााो लागि प्रस्तुत
जुनसुकै प्रश्न वा प्रस्तावको निर्ण्र्ााउपस्थित भई मतदान गर्ने सदस्यहरुको बहुमतबाट हुनेछ ।
अध्यक्षता गर्ने व्यक्तिलाई सामान्यतया मत दिने अधिकार हुने छैन ।
तर मत बराबर भएमा निजले आफ्नो निर्ण्ाायक मत दिनेछ ।
ठढ। अनधिकृत उपस्थित भएमा वा मतदान गरेमा सजाय हुनेः धारा …….. बमोजिम शपथ नलिई वा
संविधान सभाको सदस्य हुनको लागि आवश्यक योग्यता पुगेको छैन भन्ने थाहा पाउँदा पाउँदै
कुनै व्यक्ति संविधान सभा वा त्यसको कुनै समितिको बैठकमा उपस्थित भएमा वा निजले
मतदान गरेमा निजलाई सो बैठकमा अध्यक्षता गर्ने व्यक्तिको आदेशले त्यसरी उपस्थित भएको
वा मतदान गरेको प्रत्येक पटकका लागि पाँच हजार रुपैयाँ जरिवाना हुनेछ । यसरी भएको
जरिवाना निजले चुक्ता नगरेमा सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
डण्। विशेषाधिकारः -१) संविधान सभाको बैठकमा पर्ूण्ा वाक स्वतन्त्रता रहनेछ र सो बैठकमा व्यक्त
गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्न, थुनामा राख्न
वा निजउपर कुनै अदालतमा कारबाही चलाइने छैन ।
-२) संविधान सभाको प्रत्येक बैठकलाई आफ्नो आन्तरिक काम कारबाही नियमित गर्ने
पर्ूण्ा अधिकार रहनेछ र कुनै कारबाही नियमित वा अनियमित छ वा छैन भनी निर्ण्र्ाागर्ने
अधिकार सम्बन्धित बैठकलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।
-३) संविधान सभाको कु नै पनि काम कारबाहीलाई त्यसको असल नियतबारे शंका
उर्ठाई कुनै टीका टिप्पणी गरिने छैन र कुनै सदस्यले बोलेको कुनै कुराको सम्बन्धमा जानी-
जानी गलत वा भ्रामक अर्थ लगाई कुनै प्रकारको प्रकाशन तथा प्रसारण गरिने छैन ।
-४) संविधान सभाबाट दिएको अधिकार अर्न्तर्गत कुनै लिखत, प्रतिवेदन, मतदान वा
कारबाही प्रकाशित गरेको विषयलाई लिएर कुनै व्यक्तिउपर अदालतमा कारबाही चलाइने छैन ।
स्पष्टीकरणः उपधारा -१), -२), -३) र -४) को प्रयोजनका लागि “संविधान सभाको बैठक”
भन्नाले संविधान सभा र त्यसको कुनै समितिको बैठक समेतलाई जनाउने छ ।
-५) संविधान सभाको कुनै पनि सदस्यलाई संविधान निर्माण गर्ने कार्यकालभर पक्राउ
गरिने छैन ।
तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई कानून अनुसार पक्राउ गर्न यस उपधाराले
बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले
त्यसको सूचना संविधान सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।
द्दट
-६) यस धारामा उल्लेख भएका कुनै कुरा उल्लंघन भएमा संविधान सभाको
विशेषाधिकार हनन हुने र संविधान सभाको विशेषाधिकारको हननलाई संविधान सभाको
अवहेलना मानिनेछ । कुनै विशेषाधिकारको हनन भएको छ वा छैन भन्ने निर्ण्र्ाागर्ने अधिकार
सो सभालाई मात्र हुनेछ ।
-७) कसैले संविधान सभाको अवहेलना गरेमा सो सम्बन्धी बैठकको अध्यक्षता गर्ने
व्यक्तिले बैठकको निर्ण्र्ाााट सो व्यक्तिलाई सचेत गराउन, नसीहत दिन वा तीन महिनामा
नबढ्ने गरी कैद गर्न वा दश हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । त्यस्तो जरिवाना निजले
चुक्ता नगरेमा सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।
तर संविधान सभालाई सन्तोष हुने गरी निजले क्षमा याचना गरेमा संविधान सभाले
क्षमा प्रदान गर्न वा तोकिसकेको सजायलाई माफी गर्न, घटाउन वा कार्यान्वयन नगराउन
सक्नेछ ।
-८) यस संविधानमा उल्लेख गरिएदेखि बाहेक विशेषाधिकार सम्बन्धी अन्य कुराहरु
कानूनद्वारा निर्धारण गरिए बमोजिम हुनेछन् ।
डज्ञ। कार्य सञ्चालन विधिः यस संविधानको अधीनमा रही संविधान सभाले आफ्नो कार्य सञ्चालनर्
गर्न बैठकको सुव्यवस्था कायम राख्न र समितिहरुको गठन, काम कारवाही र अन्य कुरा
नियमित गर्नको लागि नियमावली बनाउनेछ । त्यस्तो नियमावली नबनेसम्मको लागि संविधान
सभाले आफ्नो कार्यविधि आफैं नियमित गर्नेछ ।
डद्द। समितिः संविधान सभामा कानूनद्वारा व्यवस्था भए बमोजिम आवश्यक संख्यामा समिति र
उपसमितिहरु रहने छन् ।
डघ। संविधान सभाको सचिवालयः -१) संविधान सभाको कामलाई व्यवस्थित गर्नका लागि एक
सचिवालय रहनेछ । त्यस्तो सचिवालयको स्थापना र सो सम्बन्धी अन्य कुरा कानूनद्वारा
निर्धारण भए बमोजिम हुनेछ ।
-२) संविधान सभाको काम कारबाही सञ्चालन गर्न आवश्यक हुने कर्मचारी नेपाल
सरकारले उपलब्ध गराउनेछ ।
डद्ध। पारिश्रमिकः संविधान सभाका अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा समितिका सभापतिहरुको
पारिश्रमिक र सुविधा कानूनद्वारा व्यवस्था भए बमोजिम हुनेछ र त्यसरी निर्धारण नभएसम्म
नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।
डछ। संविधान सभाको विघटनः संविधान सभाले पारित गरेको संविधान प्रारम्भ भएको दिनदेखि
संविधान सभाको विघटन हुनेछ । -संविधान सभाले बनाएको संविधान बमोजिमको
व्यवस्थापिकाको निर्वाचन नभएसम्म व्यवस्थापिकाको काम संविधान सभाले गर्ने नगर्ने सम्बन्धी
व्यवस्था संविधानमा उल्लेख गरिनेछ ।)
डट। व्यवस्थापिकाको हैसियतमा काम गर्नेः -१) यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि
संविधान सभा कायम रहेको अवधिभर सो सभाले व्यवस्थापिकाको काम समेत गर्नेछ ।
द्दठ
-२) संविधान सभाका अध्यक्ष तथा उपाध्यक्ष व्यवस्थापिकाका क्रमशः अध्यक्ष र उपाध्यक्ष
हुनेछन् ।
-३) संविधान सभाको सचिवालय र त्यसका कर्मचारीहरु व्यवस्थापिकाको सचिवालय रर्
कर्मचारी हुनेछन् ।
-४) संविधानले व्यवस्थापिकाको हैसियतमा कार्य सम्पादन गर्दा भाग …….. का
व्यवस्थाहरु आवश्यक हेरफेर सहित संविधान सभालाई लागू हुनेछन् ।
डठ। संविधान सभा जनचेतना समितिः -१) नेपाल सरकारले संविधान सभा तथा त्यसको निर्वाचनका
सम्बन्धमा जनचेतना अभिबृद्धि गर्न, मतदातालाई जागरुक बनाउन तथा भावी संविधानका
सम्बन्धमा नेपाली जनता, नागरिक समाजको सुझाव संविधान सभा समक्ष पुर्याई संविधान
निर्माण गर्ने काममा सघाउ पुर्याउन तथा संविधान सभाको काम कारवाईमा पर्यवेक्षण गर्न
पाँचजना सदस्य रहेको एक संविधान सभा जनचेतना समिति गठन गर्नेछ ।
-२) उपधारा -१) बमोजिमको संविधान सभा जनचेतना समितिको सदस्यको सेवाका शर्त
तथा कार्यविधि त्यसरी नियुक्ति गर्दाका वखत नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
No related posts.









Doesn’t it mean all tha parties are going to save monarchy? If 2/3 votes are required to pass any proposal, doesn’t it apply about the monarchy and how is nepal going to be made republic? Is there anywhere mentioned that the future of monarchy will be decided by simple majority?
मन परे हरियो, नपरे रातो
0
1
I surprized no academic qualification for requirement of CA member candidate. There should be at least SLC pass or IA pass or anything. Yo Neta haru ko chalakhi hola..
मन परे हरियो, नपरे रातो
1
0
Hi everyone,
Good thing is that this interim constition has paved the way for Constituent Assembly (CA).
I would suggest maximum of 300 members for the constitutent assembly. Too many people means too much arguments will be there and it will be difficult to come up with the concrete decisions. And also, the roles of these members should be made very clear (to the people) that their job is to serve the country and people as a whole not for their party and groups only.
One thing I would not agree is that if the member of the constituent assembly doesnot attend 3 meetings consecutively without getting approval he/she should be dismissed – no need to wait until 10 meetings. Because that is their job they should attend and take part actively every meeting unless there is any unavoidable circumstance.
Thank you.
मन परे हरियो, नपरे रातो
1
0