मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अन्तरिम संविधानमा सेनाको व्यवस्था

    अन्तरिम संविधान २०६३ (भाग ६)

    अन्तरिम संविधान मस्यौदा समितिले भदौ ९ गते शुक्रबार बुझाएको मस्यौदाको पूर्ण विवरण प्रस्तुत गर्ने क्रममा यो अन्तिम अंश यहाँ प्रस्तुत गर्दैछु। धेरै परिमाणमा शब्दहरु युनिकोडमा रुपान्तर गर्नुपरेकोले रुपान्तरका क्रममा भएका अशुध्दिहरु जस्ताको तस्तै छन्। तिनलाई सच्याउन नभ्याइएकोमा दुःख लागेको छ।

    भाग २१
    सेना सम्बन्धी व्यवस्था
    १४९) नेपाली सेनाको गठनः -१) नेपालमा नेपाली सेनाको एक संगठन रहनेछ ।
    -२) नेपाली सेनाको संगठन समावेशी र राष्ट्रिय स्वरुपको हुनेछ ।
    -३) नेपाली सेनाको प्रधान सेनापतिको नियुक्ति मन्त्रिपरिषद्ले गर्नेछ ।
    -४) नेपाली सेनाको स्थापना, व्यवस्था, नियन्त्रण, प्रयोग र परिचालन तथा अन्य कुराहरु
    कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।

    १५०) राष्ट्रिय सुरक्षा परिषद्ः -१) नेपालमा एक राष्ट्रिय सुरक्षा परिषद्् रहनेछ जसमा देहाय
    बमोजिमका अध्यक्ष र सदस्यहरु रहनेछन् ः-
    -क) प्रधानमन्त्री – अध्यक्ष
    -ख) रक्षा मन्त्री – सदस्य
    -ग) अर्थ मन्त्री – सदस्य
    -घ) गृह मन्त्री – सदस्य
    -ङ) परराष्ट्र मन्त्री – सदस्य
    -२) प्रधानमन्त्री र रक्षा मन्त्री एकै व्यक्ति रहेको अवस्थामा वरिष्ठतम मन्त्री राष्ट्रिय
    सुरक्षा परिषद््को सदस्य हुनेछ ।
    -३) राष्ट्रिय सुरक्षा परिषद््ले आफ्नो बैठकमा आवश्यकता अनुसार प्रधान सेनापति र
    अन्य सुरक्षा निकायका प्रमुखलाई आमन्त्रण गर्न सक्नेछ ।
    -४) राष्ट्रिय सुरक्षा परिषद््को सचिवको काम रक्षा मन्त्रालयको सचिवले गर्नेछ र निजको
    अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको अधिकृतले गर्नेछ ।
    -५) उपधारा -१) बमोजिमको राष्ट्रिय सुरक्षा परिषद््को सिफारिसमा मन्त्रिपरिषद््बाट
    नेपाली सेनाको नियन्त्रण, प्रयोग र परिचालन हुनेछ ।
    -६) प्रकृतिक विपत परेको अवस्थामा परिचालन भएकोमा बाहेक उपधारा -५) बमोजिम
    सेना परिचालन सम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद््को निर्ण्र्ााएक महिनाभित्र व्यवस्थापिकाले
    तोकेको विशेष समितिमा प्रस्तुत भई अनुमोदन हुनु पर्नेछ ।
    -७) नेपाली सेनालाई कसैको निजी वैयक्तिक कार्यमा प्रयोग गर्न पाइने छैन ।
    -८) राष्ट्रिय सुरक्षा परिषद््ले आफ्नो कार्यविधि आफैं व्यवस्थित गर्न सक्नेछ
    -राष्ट्रिय सुरक्षापरिषद् नराख्ने, सेना सम्बन्धमा देहाय बमोजिम व्यवस्था राख्ने)
    ज्ञ. नेपालमा नेपाली सेना र जनमुक्ति सेनाको संगठन रहनेछ ।
    टघ
    द्द. संविधानसभाको निर्वाचन अवधिभर नेपाली सेना र जनमुक्ति सेना दुवै आ-आफ्नो व्यारेक र
    क्याम्पमा सिमित रहनेछन् । तिनको अनुगमन ५ बुँदे सहमतिका आधारमा संयुक्त राष्ट्र संघबाट
    गरिनेछ ।
    घ. दुवै सेना अन्तरिम व्यवस्थापिका र अन्तरिम सरकारको मातहतमा हुनेछन् र ती दुवैको
    परमाधिपति प्रधानमन्त्री हुनेछन् ।
    द्ध. अन्तरिम सुरक्षा व्यवस्था र दुवै सेनाको रेखदेख, नियन्त्रण र परिचालनका लागि एक
    उच्चस्तरीय सैनिक आयोग हुनेछ, जसको संख्या र गठन सात राजनैतिक दल र नेकपा
    -माओवादी) को सहमतिबाट तय गरिनेछ ।
    छ. परम्परागत रुपमा राजतन्त्रप्रति बफादार रहँदै आएको नेपाली सेनाको समयानुकूल
    लोकतान्त्रिकरणको निम्ति आवश्यक कदम चालिनेछ । त्यसको कार्यविधि अन्तरिम
    व्यवस्थापिकाबाट गठित सैनिक आयोगले तोके बमोजिम हुनेछ ।
    ट. अन्तरिम अवधिमा राज्यको कानूनी व्यवस्था नियमित गर्न र संविधानसभाको निर्वाचनको
    व्यवस्थापन गर्न दुवै पक्षको आपसी सहमतिमा मिलिसिया निर्माण गरिनेछ । सोको परिचालन
    प्रधानमन्त्रीले गर्नेछन् ।
    ठ. संविधानसभाको निर्वाचनपछि आपसी सहमतिले दुवै सेनाको पर्ुनर्संरचना गरी नयाँ राष्ट्रिय सेना
    निर्माण गरिनेछ ।
    टद्ध
    भाग २२
    संविधान संशोधन
    ज्ञछद्ध। संविधान संशोधनः -१) संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक
    व्यवस्थापिकामा प्रस्तुत गर्न सकिनेछ ।
    -२) उपधारा -१) बमोजिम पेश भएको विधेयक व्यवस्थापिकाको सम्पर्ूण्ा सदस्य संख्याको
    कम्तीमा तीन चौथाई सदस्यहरुको बहुमतबाट स्वीकृत भएमा विधेयक पारित भएको मानिनेछ ।
    टछ
    भाग २३
    विविध
    ज्ञछछ। संवैधानिक परिषद््ः -१) यस संविधान बमोजिम संवैधानिक निकायका पदाधिकारीहरुको
    नियुक्तिको सिफारिस गर्न एउटा संवैधानिक परिषद्् हुनेछ जसमा देहाय बमोजिमका अध्यक्ष र
    सदस्यहरु रहनेछन् ः-
    -क) प्रधानमन्त्री अध्यक्ष
    -ख) प्रधान न्यायाधीश सदस्य
    -ग) व्यवस्थापिकाको अध्यक्ष सदस्य
    -२) प्रधान न्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधान न्यायाधीशको नियु क्तिको
    सिफारिस गर्दा संवैधानिक परिषद््मा न्याय मन्त्री सदस्यको रुपमा रहने छन् ।
    -३) संवैधानिक अङ्गका पदाधिकारीको नियुक्ति सम्बन्धी कार्यविधि, संवैधानिक परिषद््को
    अन्य काम, कर्तव्य र अधिकार तथा कार्यविधि कानूनद्वारा निर्धारण भए बमोजिम हुनेछ ।
    -४) नेपाल सरकारको मुख्य सचिवले संवैधानिक परिषद्को सचिव भई काम गर्नेछ ।
    -संवैधानिक परिषद् नराख्ने, यसको सट्टा देहाय बमोजिमको व्यवस्था राख्ने)
    -संवैधानिक निकायका प्रमुख तथा सदस्यहरुको नियुक्ति मन्त्रिपरिषद्ले गर्नेछ ।)
    ज्ञछट। नेपाली राजदूत र विशेष प्रतिनिधिः मन्त्रिपरिषद्ले नेपाली राजदूत र कुनै खास प्रयोजनको लागि
    विशेष प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
    ज्ञछठ। माफीः मन्त्रिपरिषद््को सिफारिसमा व्यवस्थापिकाको अध्यक्षले जुनसुकै अदालत, विशेष अदालत,
    सैनिक अदालत वा अन्य कुनै न्यायिक, अर्ध न्यायिक वा प्रशासकीय पदाधिकारी वा निकायले
    गरेको सजायलाई माफी, मुलतवी, परिवर्तन वा कम गर्न सक्नेछ ।
    ज्ञछड। उपाधि, सम्मान र विभूषणः -१) प्रधानमन्त्रीबाट राज्यका तर्फाट दिइने उपाधि, सम्मान र
    विभूषणहरु प्रदान हुनेछन् ।
    -२) नेपाल सरकारबाट स्वीकृति प्राप्त नगरी नेपालको कुनै नागरिकले कुनै राष्ट्रबाट
    प्रदान गरिने उपाधि, सम्मान वा विभूषण ग्रहण गर्न हुँदैन ।
    ज्ञछढ। सरकारी सेवाको गठनः नेपाल सरकारले मुलुकको प्रशासन सञ्चालन गर्न निजामती सेवा र
    आवश्यक अन्य सरकारी सेवाहरुको गठन गर्न सक्नेछ । त्यस्ता सेवाहरुको गठन, सञ्चालन र
    सेवाका शर्तहरु ऐनद्वारा निर्धारण गरिए बमोजिम हुनेछन् ।
    ज्ञटण्। आयोगको गठनः नेपाल सरकारले महिला, दलित, आदिवासी जनजाति, मधेशी, अपाङ्ग, मजदूर
    वा किसानको हक हितको संरक्षण र पर््रवर्धन गर्न आवश्यक आयोगहरु गठन गर्न सक्नेछ ।
    टट
    त्यस्तो आयोगहरुको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी ब्यवस्था कानूनद्वारा निर्धारण भए
    बमोजिम हुनेछ ।
    ज्ञटज्ञ। संवैधानिक निकायका पदाधिकारीहरुको नागरिकता सम्बन्धी व्यवस्थाः यस संविधान बमोजिम
    नियुक्त हुने संवैधानिक पदहरुमा जन्म वा वंशजका नाताले नेपालको नागरिक भएको व्यक्ति
    मात्र नियुक्तिको लागि योग्य मानिनेछ ।
    ज्ञटद्द। सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा र्समर्थनः -१) नेपाल राज्य वा नेपाल
    सरकार पक्ष हुने सन्धि वा सम्झौताहरुको अनुमोदन, सम्मिलन, स्वीकृति वा र्समर्थन कानूनद्वारा
    निर्धारण भए बमोजिम हुनेछ ।
    -२) उपधारा -१) बमोजिम कानून बनाउँदा अन्य कुराको अतिरिक्त देहायका विषयका
    सन्धि वा सम्झौताहरुको अनुमोदन, सम्मिलन, स्वीकृति वा र्समर्थन व्यवस्थापिकाको सम्पर्ूण्ा
    सदस्यहरुको दर्ुइ-तिहाइ बहुमतले गर्नु पर्ने शर्त राखिनेछः-
    -क) शान्ति र मैत्री,
    -ख) सुरक्षा एवं सामरिक सम्बन्ध,
    -ग) नेपाल राज्यको सिमाना, र
    -घ) प्राकृतिक स्रोत तथा त्यसको उपयोगको वाँडफाँड ।
    तर खण्ड -क) र -घ) मा उल्लिखित विषयका सन्धि वा सम्झौताहरु मध्ये राष्ट्रलाई
    व्यापक, गम्भीर वा दर्ीघ कालीन असर नपर्ने साधारण प्रकृतिका सन्धि वा सम्झौताहरुको
    अनुमोदन, सम्मिलन, स्वीकृति वा र्समर्थन व्यवस्थापिकाको बैठकमा उपस्थित सदस्यहरुको
    साधारण बहुमतबाट हुन सक्नेछ ।
    -३) यो संविधान प्रारम्भ भएपछि हुने कुनै सन्धि वा सम्झौता यस धारा बमोजिम
    अनुमोदन, सम्मिलन, स्वीकृति वा र्समर्थन नभएसम्म नेपाल सरकार वा नेपाल राज्यको हकमा
    लागू भएको मानिने छैन ।
    -४) उपधारा -१) र -२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल राज्यको प्रादेशिक
    अखण्डतामा प्रतिकूल असर पर्ने गरी कुनै सन्धि वा सम्झौता गरिने छैन ।
    ज्ञटघ। जनमत संग्रहबाट निर्ण्र्ाागर्न सकिनेः -१) यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए
    तापनि राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहबाट निर्ण्र्ाागर्न व्यवस्थापिका वा संविधान
    सभाले तत्काल कायम रहेका कम्तीमा दर्ुइ तिहाई सदस्यको बहुमतबाट निर्ण्र्ाागरेमा त्यस्तो
    विषयमा जनमत संग्रहबाट निर्ण्र्ाालिन सकिनेछ ।
    -२) उपधारा -१) बमोजिमको प्रक्रियाबाट निर्ण्र्ाालिइने कार्यविधि कानूनद्वारा निर्धारण
    भए बमोजिम हुनेछ ।
    ज्ञटद्ध। बाधा अडकाउ फुकाउने अधिकारः मन्त्रिपरिषद््ले यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा
    अडकाउ परेमा त्यस्तो बाधा अडकाउ फुकाउन आदेश जारी गर्न सक्नेछ र यस्तो आदेश
    व्यवस्थापिका वा संविधान सभाबाट एक महिनाभित्र अनुमोदन गराउनु पर्नेछ ।
    टठ
    भाग २४
    सङ्क्रमणकालीन व्यवस्था
    ज्ञटछ। राजाका सम्बन्धमाः -१) राजा रहने वा नरहने कुराको निरुपण संविधान सभाको निर्वाचन हुँदाका
    बखत गरिने जनमत संग्रहबाट गरिनेछ ।
    -२) राजाको सम्बन्धमा अन्य कुरा कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।
    -राष्ट्राध्यक्षः राजतन्त्रको अन्त्य भएको र निर्वाचित संविधान सभाले अर्काे व्यवस्था नगरेको अन्तरिम
    अवधिमा अन्तरिम व्यवस्थापिकाका अध्यक्षले देशको राष्ट्राध्यक्षको समेत भूमिका निर्वाह गर्नेछन् ।)
    ज्ञटट। मन्त्रिपरिषद् सम्बन्धी व्यवस्थाः -१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको मन्त्रिपरिषद्
    यसै संविधान अर्न्तर्गत गठन भएको मानिनेछ ।
    -२) धारा ……… बमोजिम मन्त्रिपरिषद् गठन नभएसम्म उपधारा -१) बमोजिमको
    मन्त्रिपरिषद् कायम रहनेछ ।
    ज्ञटठ। व्यवस्थापिका सम्बन्धी व्यवस्थाः -१) यो संविधान प्रारम्भ हुनासाथ राजनीतिक सहमतिद्वारा
    व्यवस्थापिकाको गठन हुने छ ।
    -२) यो संविधान प्रारम्भ हुनुभन्दा अगाडि नै विघटन भएकोमा बाहेक उपधारा -१)
    बमोजिमको व्यवस्थापिका गठन भएपछि यो संविधान जारी हुँदाका बखत कायम रहेको
    प्रतिनिधिसभा स्वतः विघटन हुनेछ ।
    ज्ञटड। न्यायपालिका सम्बन्धी व्यवस्थाः -१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका सर्वोच्च
    अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतहरू यसै संविधान बमोजिम स्थापना भएको
    मानिनेछ र यो संविधान प्रारम्भ हुनु अघि दायर भएका मुद्दाहरू तत् तत् अदालतबाट निरुपणर्
    गर्न यो संविधानले वाधा पुर्‍याएको मानिने छैन ।
    -२) यो संविधान प्रारम्भ भएका बखत र्सवाेच्च अदालत, पुनरावेदन अदालत र जिल्ला
    अदालतहरुमा बहाल रहेका न्यायाधीशहरु यो संविधान प्रारम्भ भएको मितिले छ महिनाभित्र
    पुनर्नियुक्ति भएमा बाहेक आफ्नो पदमा बहाल रहने छैनन् ।
    तर आवश्यक परेमा त्यस्ता न्यायाधीशहरुलाई सो अवधि अगावै पनि अवकाश दिन
    सकिनेछ र्।
    न्यायाधीशको पुनर्नियुक्ति सम्बन्धी सम्पर्ूण्ा व्यवस्था व्यवस्थापिकाले निर्धारण गरे
    बमोजिम हुनेछ र्।र्ै
    उपधारा -२) बमोजिम पुनर्नियुक्ति गर्दा प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अन्य
    न्यायाधीशको हकमा संवै धानिक परिषदबाट र पु नरावेदन अदालत तथा जिल्ला अदालतको
    न्यायाधीशको हकमा न्यायपरिषदबाट निर्धारण गरिनेछ ।ै
    टड
    ज्ञटढ। संवैधानिक निकाय र पदाधिकारीहरु सम्बन्धी व्यवस्थाः -१) यो संविधान प्रारम्भ हुँदाका बखत
    कायम रहेका संवैधानिक निकाय र पदाधिकारीहरु मध्ये यस संविधानमा पुनर्व्यवस्थित नगरिएका
    संवैधानिक निकाय र पदाधिकारीहरु यो संविधान प्रारम्भ भएपछि कायम रहने छैनन् ।
    -२) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका संवैधानिक निकायहरु यसै संविधान
    बमोजिम स्थापना भएको मानिने छन् र प्रचलित कानून बमोजिम ती निकायहरुमा विचाराधीन
    रहेका विषयहरुलाई निरन्तरता दिन यस संविधानले वाधा पुर्‍याएको मानिने छैन ।
    -३) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका संवैधानिक निकायका पदाधिकारीहरु
    यो संविधान प्रारम्भ भएको मितिले छ महिनाभित्र पुनर्नियुक्ति भएमा बाहेक आफ्नो पदमा बहाल
    रहने छैनन् ।
    तर आवश्यक परेमा त्यस्ता संवैधानिक पदाधिकारीलाई सो अवधि अगावै पनि अवकाश
    दिन सकिनेछ र्।
    संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्ति सम्बन्धी सम्पर्ूण्ा व्यवस्था व्यवस्थापिकाले
    निर्धारण गरे बमोजिम हुनेछ र्।र्ै
    उपधारा -२) बमोजिम पुनर्नियुक्ति गर्दा संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्ति
    संवैधानिक परिषदबाट हुनेछ । ै
    -४) यो संविधान बमोजिम व्यवस्था गरिएको राष्ट्रिय मानव अधिकार आयोग गठन
    नभएसम्म प्रचलित कानून बमोजिम गठित राष्ट्रिय मानव अधिकार आयोग कायम रहनेछ र
    यस संविधान बमोजिमको राष्ट्रिय मानव अधिकार आयोग गठन भएपछि सो आयोगबाट
    फछ्र्यौट हुन बाँकी रहेका निवेदन र उजुरीहरु यस आयोगमा र्सनेछन् र सो आयोगले त्यस्ता
    निवेदन र उजुरीहरु उपर यो संविधान र यस अर्न्तर्गत बनेको कानून बमोजिम कारवाहीर्
    गर्नेछ ।
    टढ
    भाग २५
    परिभाषा
    ज्ञठण्। परिभाषाः विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस संविधानमा-
    -क) “धारा” भन्नाले यो संविधानको धारा सम्झनु पर्छ ।
    -ख) “नेपाल” भन्नाले नेपाल राज्य सम्झनु पर्छ ।
    -ग) “नागरिक” भन्नाले नेपालको नागरिक सम्झनु पर्छ ।
    -घ) “विधेयक” भन्नाले व्यवस्थापिका वा संविधान सभामा पेश भएको संविधान वा
    ऐनको मस्यौदा सम्झनु पर्छ ।
    -ङ) “पारिश्रमिक” भन्नाले तलव, भत्ता, निबृत्तभरण र अन्य कुनै किसिमको
    पारिश्रमिक तथा सुविधा समेत सम्झनु पर्छ ।
    ठण्
    भाग २६
    संक्षिप्त नाम, प्रारम्भ र खारेजी
    ज्ञठज्ञ। संक्षिप्त नाम र प्रारम्भः -१) यो संविधानलाई “नेपालको अन्तरिम संविधान, २०६३” भनिनेछ ।
    -२) यो संविधान सम्वत् दर्ुइहजार त्रिसठ्ठी साल ………….. महिनाको …………. गते
    ……. बारदेखि प्रारम्भ हुनेछ ।
    ज्ञठद्द। खारेजीः नेपाल अधिराज्यको संविधान, २०४७ खारेज गरिएको छ ।
    ठज्ञ
    अनुसूची
    -धारा ६ संग सम्बन्धित)
    राष्ट्रिय झण्डा
    -क) किनाराभित्रको आधार बनाउने तरिका
    -ज्ञ) एउटा सिम्रिक रङ्गको रातो कपडामा तल्लो भागमा चाहिएको जति लम्बाइको रेखा बायाँबाट
    दाहिनेतिर खिच्ने र यसलाई क ख नाम राख्ने ।
    -द्द) क बाट सीधा माथि ग सम्म क ख को लम्बाइ जतिमा क ख कै तृतीयांश थप्दा जति हुन्छ
    त्यति लामो हुने गरी क ग रेखा खिच्ने । क ग मा क बाट क ख को लम्बाइ जति लिई घ
    चिन्हो लगाउने । ख र घ जोड्ने ।
    -घ) ख घ रेखामा ख बाट क ख जति लिई ङ चिन्हो लाउने ।
    -द्ध) ङ हुँदै क ख को समानान्तर पारेर क ग मा पर्ने बिन्दु च बाट शुरु गरी दाहिनेतिर छ सम्म
    क ख को लम्बाई जति रेखा खिच्ने ।
    -छ) ग र छ लाई जोड्ने ।
    -ख) चन्द्र बनाउने तरिका
    -ट) क ख को चतुथार्ंश जति क बाट दाहिनेमा ज चिन्हो लाउने र त्यहाँबाट माथि क ग को
    समानान्तर पारेर ग छ लाई झ मा छुने रेखा खिच्ने ।
    -ठ) ग च को आधार ञ बाट क ख को समानान्तर पारेर रेखा दायाँतिर खिची ग छ लाई ट मा
    छुने ।
    -ड) ञ ट र ज झ रेखा काटिएको ठाउँमा ठ चिन्हो राख्ने ।
    -ढ) ञ र छ वोड्ने
    -ज्ञण्) ञ छ र ज झ काटिएको बिन्दुमा ड चिन्हो लाउने ।
    -ज्ञज्ञ) ड लाई केन्द्र मानी ख घ रेखालाई न्यूनतम अन्तर पर्ने गरी र्स्पर्श गर्दा हुने जति दूरी पर्ने
    गरी ज झ रेखाको तल्लो भागमा ढ चिन्हो लगाउने ।
    -ज्ञद्द) ड मा छोई क ख को समानान्तर रेखा बायाँबाट दायाँतिर खिच्ने र यसले क ग लाई
    छोएको विन्दुको नाम ण राख्ने ।
    -ज्ञघ) ठ केन्द्र लिएर ठ ढ व्यार्सार्द्धले तल्लो भागमा वृत्त खण्ड खिच्ने र ण ड बाट गएको रेखालाई
    यसले छोएको दुवै ठाउँमा क्रमशः त र थ नाम राख्ने ।
    -ज्ञद्ध) ड लाई केन्द्र मानी ड थ व्यार्सार्द्धले तल्लो भागमा अर्ध वृत्ताकार त थ लाई छुने गरी
    खिच्ने ।
    ठद्द
    -ज्ञछ) ढ केन्द्र मानी ढ ड को व्यार्सार्द्धले त ढ थ वृत्त खण्डको दुवैतर्फछुने गरी वृत्त खण्ड खिच्ने
    र यसले त ढ थ लाई छोएको विन्दुहरुको नाम क्रमशः द र ढ राख्ने । द ध लाई जोड्ने ।
    द ढ र ज झ काटिएको विन्दुको नाम न राख्ने ।
    -ज्ञट) न लाई केन्द्र मानेर व्यार्सार्द्ध न ध ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरीर्
    अर्ध वृत्ताकार खिच्ने ।
    -ज्ञठ) न लाई केन्द्र मानेर व्यार्सार्द्ध न ड ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी
    वृत्त खण्ड खिच्ने ।
    -ज्ञड) यो अनुसूचीको नं. -१६) को अर्ध वृत्ताकार भित्र र नं. -१७) को वृत्त खण्ड बाहिर चन्द्रमाको
    आठवटा बराबरका कोण बनाउने ।
    -ग) र्सर्ूय बनाउने तरिका
    -ज्ञढ) क च को आधा प बाट क ख को समानान्तर पारेर ख ङ मा छुने गरी प फ रेखा खिच्ने

    -द्दण्) ज झ र प फ काटिएको बिन्दु ब केन्द्र मानेर ड ढ को व्यार्सार्द्धले वृत्ताकार पूरा खिच्ने ।
    -द्दज्ञ) ब लाई केन्द्र मनेर ठ ढ व्यार्सार्द्धले वृत्ताकार पूरा खिच्ने ।
    -द्दद्द) यो अनुसूचीको नं. -२०) को वृत्ताकार बाहिर र यो अनुसूचीको नं. -२१) को वृ त्ताकारभित्र
    परेको गोल घेराको बीच भागमा र्सर्ूयको बाह्वटा बराबरका कोणहरु दर्ुइ चुच्चाहरुले ज
    .झ रेखामा छुने गरी बनाउने ।
    -घ) किनारा बनाउने तरिका
    -द्दघ) न ढ को चौडाइ जति गाढा नीलो रङ्गको किनारा झण्डाको आकारको बाहिरी सबैतिरको
    सीमामा थप्ने, तर झण्डाको पाँच कोणहरुमा चाहिं बाहिरी कोणहरु पनि भित्रै सरहका
    बनाउने ।
    -द्दद्ध) झण्डा डोरी लगाई प्रयोग गरेमा माथि बताइएकै पट्ट िराख्ने । झण्डा लट्ठीमा घुसार्ने हो
    भने क ग पट्ट िआवश्यक परे जति किनारा चौड्याउने । डोरी वा लट्ठीको प्रयोगमा क ग
    को पट्टमिा प्वाल राख्ने ।
    स्पष्टीकरणः झण्डा बनाउँदा खिचिएका ज झ द ध, च ङ, ङ घ, ञ छ, ण थ, ञ ट र प फ
    रेखाहरु कल्पित हुन् । त्यस्तै र्सर्ूयका बाहिरी र भित्री वृत्ताकारहरु तथा खर्ुर्पे चन्द्र बाहेक अरु बृत्त
    खण्ड पनि कल्पित हुन् । यिनलाई खण्डमा देखाइँदैन ।

    No related posts.

    2 comments to अन्तरिम संविधानमा सेनाको व्यवस्था

    • Nagarik

      This does not look like interim constitution. We do not need this details in interim constitution. Just we need the establishment of Interim government led by civil society (not the party member), Demarkation of electoral, process of CA election, and monitoring of both army by UN during the CA election, body of election commission, and election code of conduct. Because, the constitution will comes after the CA only. About King ? He should be citizen first, and therefore should enjoy equall right. SO, he does not have any prerogative right to be the king. ANybody can contest for king or precidency.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • all party has to commitment to effctive this constitution . and pol.parties have t0 be honest and resposibility . god bless alll of us .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker