मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अज्ञात ब्लगर सार्वजनिक

    तपाईँहरु मध्ये धेरैले याद गर्नुभएको होला- माघ १९ को राजाको कदमपछि सबैभन्दा चर्को रुपमा सबैभन्दा पहिला प्रेस स्वतन्त्रताको वकालत गर्दै अगाडि आएका दुई ब्लग मध्ये एक थियो- रेडियो फ्री नेपाल। अर्को युडब्लुबीभन्दा यो यसकारणले फरक थियो कि यो ब्लग कसले सञ्चालन गर्दै आएका हुन् भन्ने कसैलाई पनि थाहा थिएन। यद्यपि अज्ञात ब्लगर कै रुपमा उनले निकै चर्चा कमाए। रोयटर्सदेखि लिएर विदेशी सञ्चारमाध्यमहरुमा उनकै साइटको चर्चा हुन्थ्यो। उनकै अन्तर्वार्ता छापिन्थे। राजाको शासन तासको महल झैं गर्ल्यामगुर्लुम्म ढलेर लोकतन्त्र आएको १०० दिन बितिसक्दा पनि ती ब्लगर सार्वजनिक रुपमा अगाडि आएका थिएनन्। तर, आज काठमाडौंमा भएको एउटा जमघटमा उनले आफू नै रेडियो फ्री नेपालका ब्लगर भएको स्वीकारे।

    र, ती ब्लगर मैले अनुमान गरेकै व्यक्ति रहेछन्। अरु साथीहरु लगायत ब्लगर साथीहरु पनि भएको त्यो जमघटमा बदलिँदो परिस्थितिमा नेपाली ब्लगलाई कसरी अगाडि लाने जस्ता कुराहरु भइरहँदा रेडियो फ्री नेपालको कुरा पनि उठेको थियो। अनि मैले प्वाक्क प्रश्न राखिहालेँ- रेडियो फ्री नेपाल चाहिँ कसले चलाएको हो, भनौं न त। मैले भनेँ- मलाई थाहा छ त्यो मान्छे को हो भनी तर म उसकै मुखबाट सुन्न चाहन्छु। उसले भन्यो- ल तिमी भन न त को हो। मैले आफूले धेरै पहिलेदेखि शंका गरिरहेको व्यक्ति भनी उसकै नाम लिएँ। त्यसपछि बल्ल उसले स्वीकार्‍यो- हो, म नै हुँ।

    उनी हुन्- उज्ज्वल आचार्य। पेशाले खेल पत्रकार अनि युडब्लुबीका पनि सह-संस्थापक। “यो कुरा म र मेरो एक जना साथी बाहेक कसैलाई पनि थाहा थिएन। आज पहिलो पटक मैले सार्वजनिक रुपमा यसरी स्वीकारेको हुँ”- उसले भन्यो।

    रेडियो फ्री नेपालका विषयवस्तु, आरएसएफको पुस्तिकामा उनको लेख जस्ता कुरालाई केलाएर मैले उज्ज्वल नै त्यस ब्लगका सञ्चालक हुनसक्छन् भन्ने अनुमान गरेको थिएँ। त्यति पनि नभए कान्तिपुर पब्लिकेशन्स कै कोही हुन् भन्नेमा त ९० प्रतिशत नै विश्वस्त थिएँ।

    आजको जमघटमा उनले अज्ञात रुपमा ब्लग गर्दा अपनाएका सुरक्षा विधि, अज्ञात रुपमा पाएको चर्चा आदिका बारेमा अनुभव पनि सुनाए। “डराएर त्यसो गरेको हैन” भनेर पनि उनले अपनाएका सुरक्षा विधि हेर्दा त डराएर नै त्यसो गरेको प्रष्ट देखिन्थ्यो। त्यसो त त्यतिबेलाको स्थिति नै त्यस्तो थियो। राजाका सेना सञ्चारमाध्यममा हतियारसहित छिरेर ‘मेन न्युज’लाई ‘मेजर न्युज’ बनाउने गर्थे। त्यस्तो बेलामा राजाको शासनको चर्को विरोध गर्नु चानचुने कुरा थिएन, कुनै पनि बेला केही पनि हुनसक्थ्यो।

    त्यस्तो अवस्थामा समेत राजा ज्ञानेन्द्रले स्वर्गीय अधिराजकुमार निराजनको जग्गा प्रत्यक्ष शासनपछि आफ्नो नाममा पारेको, पुतलिसडकको काठमाडौं प्लाजा रहेको जग्गा स्वर्गीय अधिराजकुमारी श्रुतिको नाममा भएकोमा आफ्नै छोरी प्रेरणाको नाममा पास गरेको जस्ता कुरा त्यसमा प्रकाशित भएका थिए।

    जे होस्, ढिलै भए पनि नेपालको ब्लगको इतिहासमा अतुलनीय योगदान गर्ने अज्ञात ब्लगरको रुपमा रहेका व्यक्ति सार्वजनिक भएका छन्।

    रेडियो फ्री नेपालका भर्खरै सार्वजनिक भएका ब्लगर उज्ज्वल आचार्य हाल आफ्नो निजी ब्लग अल्छि पाराले अपडेट गर्दैछन्।

    जमघटका केही दृश्य समेटिएको संक्षिप्त भिडियो ब्लग-

    No related posts.

    14 comments to अज्ञात ब्लगर सार्वजनिक

    • bimala rijal

      कि त अपबाद भयर हेर
      कि त बर्बाद भयर हेर
      अपबाद हुनु को पीदा
      बरबाद हुनु को मर्म
      बोकर छाति भरि
      यक रात रोयर हेर ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Haha ujjwal dai.
      I know he is a great blogger.
      I specially like to thank him for cricket nepal.
      But i swear i never saw this freenepal blog.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • ST London

      You have lost that ‘touch’ that used to make us ‘click’ your blog…..nonsense news and the rubbish video clip!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Indra wanem, Hong Kong

      Dear umesh, you are becoming lazy too.If there is nothing wrong with you, your readers like me wants a bit more than what you are doing this days.
      Our Nation is in under construction there is lots of developments in each and every corner which we want to learn from you.
      you can open talk forums like
      1.Do we need to change our country’s name to “HIMALAYA” ?
      2.Is it not the time to change our awkward shaped flag (like national anthem which is being changed) ?
      3.The calender we are following “bikram sambat” is not scientific and actually it was borrowed from india,they are no longer following this saturday weekend since very long time. Umesh jee if it is not the reason that you are not in good health please just put this matters for coments from around the world, AND DO SOME THING. I wish you all the best.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • aasish,switzerland

      ke ho umesh dai i think u r also going slow.
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रुपेन्द्र थापा

      उमेश जी, हजुर पनि अल्छि हुनु भयो जस्तो छ. खोइ त प्रचण्डको ८ तारिखको रेडियो अन्तर्वाताको अडियो ब्लग राख्नु भयो होला भनेर कति चोटि साइट खोलि सकें तर खोइ अहिले सम्म रख्नु भएन. के भएको हो उमेश जी?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear Umesh Dai,

      I am the staff of CNC. Fist of all, very very congrats for receiving the great prize. You do deserve it. Here is a small poem composed by me.

      Thank for all the things
      You have done for all
      Many returns of new era
      happiness in your life never falls

      Your blogs are good
      to bring changes in life
      I give u a tons of
      good and great hi five

      Lots of words are to spell
      many sentences are to written
      It is your duty
      to show the sun

      Again thanks for what u done for us.

      -Ashish Rai
      CNC
      Kathmandu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Not very exiting news… time matrai barbaad yaar!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • om ojha

      Ujjawal Acharya jee
      Tapain le gopya rupama bhaye pani Nepali janataharu lai jun suchana dinu bhayo tyashka lagi tapain danyabadka patra hunu hunchha.Yastai yastai jash paune kam gardai janu hola yahi mero subhakamana.

      om bikram ojha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ok, but i think that blog Radio Free Blog was not updated regularly. May be he got involved in United We blog and did not get time. Personally, I knew about that blog very lately and and by that time, that blog was left unupdated. anyway, thanx to him for providing news in initial stages.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • http://ujjwal.com.np/

      Bandwidth Limit Exceeded
      The server is temporarily unable to service your request due to the site owner reaching his/her bandwidth limit. Please try again later.
      लौ मार्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • wel bro what u think he will have the place in this carrier in futur as he should give the place for human being he did not di it so tell him he will have to face may be some bad time i did not like what he did it .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • A Atreya

      HIJO AAJA TAPAI KO (UMESHJI KO) BLOG PANI ALSHI PARA LE UPDATE HUNE GARDACH. ALI ACTIVE HUNU PARYO UMESHJI!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shishir ranjitkar

      Dear, khoi malai ta ye kuraharu kunai gamvir lagen!!! desh ko tetro samasya chha,tehi samasya le malai mero pariwarlai paln nasker bideshinu paryo, maositle mero gharelu udhyg destroy garyo, tapaiharu chhahi yesta phantus……From Shishir Ranjitkar,MD,USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker