मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माअ‍ोवादीको विरोधका कार्यक्रम जारी रहने

    २०६३ भदौ २८, बुधबार
    हतियार प्रकरणलाई लिएर माअ‍ोवादीहरुले हालका लागि चक्काजाम कार्यक्रम मात्र स्थगित गरिएको तर अन्य विविध विरोधका कार्यक्रम जारी राख्ने बताएको छ। माअ‍ोवादी अध्यक्ष प्रचण्डद्वारा अहिले साँझ जारी वक्तव्यमा सरकारको स्पष्टिकरणलाई ‘पूरै नाटकीय र बनावटी रहेको’ आरोप लगाइएको छ। विरोधका कार्यक्रमको स्वरुप कस्तो हुने भन्ने बारेमा भने माअ‍ोवादीले केही बताएको छैन। सेनाले अमलेखगञ्जबाट गजुरी ब्यारेकमा हतियारसहितका ट्रक ल्याएको भन्दै माअ‍ोवादी कार्यकर्ताहरुले आज राजधानीका विभिन्न स्थानमा टायर जलाई चक्काजाम गरी प्रदर्शन गरेका थिए। देशका विभिन्न शहरमा पनि यस्तो प्रदर्शन भएका थिए भने सम्पूर्ण राजमार्ग ठप्प भएका थिए। प्रधानमन्त्री कोइराला र प्रचण्डबीच भएको फोन वार्तापछि चक्काजाम फिर्ता लिइएको थियो।

    प्रचण्डको वक्तव्यको पूर्ण अंश यस प्रकार रहेको छ-

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
    Communist Party of Nepal (Maoist)
    केन्द्रीय समिति
    Central Committee
    प्रेस वक्तव्य

    केही दिन पहिले इजरायली हतियार, युक्रेनको जहाज र अहमदावादमा अवतरणबारे हाम्रो पार्टी आफ्नो ध्यान गंभीर रुपले आकर्षित भएको चर्चा गरेको थियो । हिजो बेलुका करिब तीन दर्जन सैन्य सामग्रीसहितका ट्रक, बख्तरबन्द गाडी, ट्यांकर र जिपहरु हेटौंडा, नारायणगढ हुंदै गजुरी आएको तथा अन्य दर्जनौं ट्रक वीरगंज बोर्डरमा रहेको सूचना प्राप्त भयो । वैदेशिक प्रतिकृयावादीहरुको इसारामा प्रतिगामी तत्वहरुसंग विद्यमान सरकारको मोह बढ्दै जान थालेको सन्दर्भमा हतियारको यो चलखेल तथा शान्ति वार्ताप्रतिको उदासिनता नेपाली जनताको लोकतन्त्र, शान्ति र अग्रगमनका विरुद्ध गम्भीर षडयन्त्रको स्पष्ट संकेत हो। यो पूरै परिघटनाबारे सत्य तथ्य सार्वजनिक गर्न सरकारलाई जोडदार आग्रह गर्ने तथा आम नेपाली जनतालाई भित्रभित्रै चलिरहेको अपारदर्शी र षडयन्त्रमूलक कृयाकलापबारे जानकारी गराउन हाम्रो पार्टीले सांकेतिक रुपमा आज बिहान लामो दूरीका यातायातमा चक्काजाम गरी विरोध प्रदर्शनका लागि आह्वान गरेको थियो ।

    उक्त आह्वानलाई जोडदार र्समर्थन गरी सरकार र सम्बन्धित सबैलाई यसबारे बोल्न बाध्य पार्ने यातायात व्यवसायी, नागरिक समाज एवम् आम जनतालाई हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ । अहिले दिइएको सरकारको स्पष्टिकरण पूरै नाटकीय र बनावटी रहेको छ । यस सम्बन्धि सम्पूर्ण वास्तविकता सार्वजनिक गराउन विरोधका अन्य विविध कार्यक्रम जारी राख्ने आह्वान गर्दै हालका लागि ‘चक्काजाम’ कार्यक्रम भने स्थगित गरिएको छ ।

    मितिः २८ भाद्र २०६३
    प्रचण्ड
    अध्यक्ष
    ने.क.पा. माओवादी

    No related posts.

    12 comments to माअ‍ोवादीको विरोधका कार्यक्रम जारी रहने

    • Nischal Karki

      hopeless maoist what is the objection in bringing weapon by the government when you have not stopped killing and kidnapping people.
      I think you people should be treated well with those weapons. … thats all!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • c samal

      This is may be nothing more than an act of distracting people’s attention and acquire benefit out of it to strengthen themselves. Their allegation earlier that some group hatched conspirary to assassinate Maoists leader and they have captured the supposed hitman could be just a trick, not the fact.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • maobadi lai kasle guff diyo ta..?? k yo guff nai ho ta..?? khoi k ho k ho..? malai eutaa banduk hai…saarai rahar laako cha..ehehe

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Dip

      Maoists MUST avoid to make baseless propoganda and should be accountable to people and nation. They also should avoid to play the immature politics like of students. Any blame should be based on facts and figure. Their hangover of thinking that they are absolutely right and other political players are absolutely wrong will be harmful ultimately to themselves. If they are the disciplined players at least they should respect the findings of ceasfire monitoring committee, otherwise, this means that they are not honestly playing the game at present. Govt. has challenged them to verify their blame of arms procurement. They should accept it couragiously.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • paudyaldilli

      माओवादीहरू अत्यन्त संयम र सजग बन्न जरुरी छ । वीरगञ्जबाट एस्कर्टिङ गरेर गजुरी सम्म ल्याउदा उनिहरूको जनसेना र जनमिलिसियाले किन पत्तो पाएन ? काठमाण्डौं आउने बैकल्पिक बाटाहरु पनि धेरै छैनन् । हतियार छिर्न नदेउ । सरकार सकुनि नीतिमा अल्झेको छ । त्यसैले अर्को दुर्योधन सकुनिकै आडमा हतियार भित्र्याउन र युद्ध जित्न कोसिस रत छ ख्याल गर ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hustler

      माओबादिलाई जंगल जान निउ चाँहीएको थियो पाइहाल्यो पनि ।आफ्नो ताल चाँही कहिले पनि नछोड्ने र अरु शान्ति सेना मा जान लगेको पनि नपच्ने । सक्छन भने आफु पनि शान्ती सेनामा लाग्नुनी।
      अब देशमा भाड् भैलो गर्नुलाई गतिलो निउ भेटेकाछन ।
      यसरी नै होला शहरी क्रान्ति शुरु गर्ने ।
      पुग्ने गरी पैसा उठाइहले, स्कुल का विद्यार्थी भर्ती गराइहाले, अब के को बार्ता र?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dashain, Tihar ko Mukhama Aayera Banda, hadtaal,jhutto kura, sadyantra Garera jahile pani sarba sadarna Garib janata lai marma parne yo kasto kisimko sarkar, maobadi haru hun. hami harule kehi bujhna sakiyana.
      Hey, Girija goot and prachanda goot haru ho chhitto vanda chhitto santi barta garera desh bikashma lamkie,Desh lai santiko kadam tir lagae dukhi tatha garib janta lai kehi hada samma vaya pani sukha dine kosish garideuna pravu ho. Natra vane timi haru dubai groupko biruddama janata utrelan! Hosiyar hau hai!
      Thanks,
      MS Adhikari!
      Minneapolis,Minnesota,USA!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Newar from UK

      Maoists haru le kaag ko pachhadi hoina baru afno kaan chhamera hernu paryo.

      Des ma sadhain yessaari chakka jaam garera…..desh kasari agadi badchha.

      Nepali haru hadtal hoina kaam garne bani garnu paryo.
      Maobadi haru ra SPA le janata lai jhukkaune kaam garnu bhaayena.

      Maoists le kattiko achar-samhita ko palan gareko chha ta??? Sarkar ko dosh matra dekhaune, Prachandaji.

      Afno aang ma bhaisi bindeko nadekne aru ko tauko ko jumra dekhayera hunchha?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baral

      यो सरकारले नाटक गरेको छ यो नाटक माओबादीको सबालमा बन्दा पनि अहिलेका जनताको सबाल हो। किनभने जनाताको आन्दोलन बाट परिर्बरनबाट बनेको सरकारले जनतालाइ सहिकुरा र सान्तिदिनु पर्छ र जबाफ दिनु पर्छ।
      गिरीजाले प्रचन्णलाइ मात्र जबाफ दिनेमात्र होइन् जनतालाइ दिनु प्रछ।
      नेपालबाट लेबनाको लागिलगिने सैनिक सामग्री समुन्द्रबाट हुदैलगिने छ जहा काठमाडौबाट लगिनेत होइन अनि यस्तो उल्टो जबाफ दिने सरकारलाइ कसरि बिस्वास गर्न।
      जन आन्दोलन जनताको निमित्त आबस्यक छ र अबको जन आन्दोलनले गिरीजा र ओलिखेमाका सबै बडारिने छन् र केबल लोकतन्त्र गणतन्त्रबादी मात्रा बाकिरह्ने छन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      hoina maobadi le chai jati hatiyar kinda pani hune kasaile birod garna na paune…. ahile santi barta bhairakhda pani khuleyam training garnu hune…. sarkar le desh ko security ko lagi hatiyar kinda tini haru lai kina tauko dukehko ho khoi???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BJ

      Dera Umesh,

      Maoist should excersise these kind of activities to keep pressure on SPA government and Gi – ri- ja to bring peace in Nepal sooner than later.

      Full Support for Prachanda and his mates !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Freedom lover

      All these activities shows the international elements actively involved in creating armed conflict in Nepal which is totally against to the interest of Nepalese.

      The lack of government’s commitment to peace and to work as per people aspiration could jeoparadise the peace process leading to more violence in coming days.

      We should be careful of international policy towards Nepal at present and this conflict could be resolved by Nepalese iteself. Prime minister Girija is heading out of track of peace process that could not only halt the proposed moderate nation restructuring but may lead to massive polorization.

      Freedom lover

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker