मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    "डुंगामै हनिमून मनाउँछन् कोही-कोही त"


    बेनी यात्रा संस्मरण भाग ३

    केही दिनको अन्तरालमा फेरि बेनी-पोखरा यात्रा संस्मरण लेख्ने जमर्को गर्दैछु। दोस्रो भागमा होटल होली हेभनमा राति अबेर खाना खाएको प्रसंगसँगै बिट मारेको थिएँ। यो भागमा एउटा भिडियो ब्लग र केही फोटोहरु हुनेछन्। भिडियो ब्लगमा फेवातालमा डुंगा चलाउने एकजना दाइका रमाइला कुराहरु पनि समावेश छन्। वास्तवमा यात्राका क्रममा भेटिएका व्यक्तिहरुमध्ये सबैभन्दा रमाइला उनी नै थिए। साथमा फेवाताल र तालबाराही मन्दिरका केही दृश्य पनि।

    दुवै साथी खाना खाइसकेपछि सुते। म भने ढिला सुत्ने बानी परेको मान्छे, कहाँ निद्रा लाग्नु। बरु नुहाउन भनी लागेँ कोठासँगै जोडिएको बाथरुमतिर। मेरो बानी अलि खराब छ। मलाई चिसो पानीभन्दा तातोमा नै नुहाउन मन लाग्छ। त्यहाँ तातो र चिसो दुवैको सुविधा रहेछ। अनि त के छ र, एक घण्टा मजाले बाथ टबमा डुबी नुहाएँ। नुहाइसकेपछि निदाएँ।

    भोलिपल्ट बिहानै कृष्णले क्यामेरा चलाउँदै थिए। ती दृश्यहरु संस्मरणको दोस्रो भागमा समेटिसकिएको छ। बिहानी कर्म सकिएपछि हामी फेवातालतर्फ लाग्यौं। फेवाताल जानका लागि मैले कति न बाटो देखेको जस्तो गरी लामो बाटो घुमाएर लगेँ। घुमेर हामी रत्न मन्दिरतिर पुग्यौं। यो त्यही दरबार थियो, जहाँ जनआन्दोलन- २ उत्कर्षमा पुग्दै गर्दा राजा-रानी क्याम्पिङ गर्दै थिए। उता, महेन्द्रपुलमा भीमसेन दाहाल सेनाको गोलीले छटपटाउँदै देह त्यागिरहेका थिए। यता, राजा विलासितामा रम्दै थिए।

    सेना र राजाको सम्बन्ध टुटाउने भनिए पनि रत्न मन्दिरमा अझै पनि सेनाले सुरक्षा दिइरहेको थियो। यतिविधि सुरक्षा दिनुपर्ने कारण पनि देखिएन। न त्यहाँ राजा थिए, न राजपरिवारका कुनै सदस्य। अनि किन सेनाले सडकमा हिँड्ने जनतालाई बन्दूक तेर्स्याएर बस्नु पर्ने ? सुरक्षा त ग्रुप फोर नामको निजी सेक्युरिटीले पनि दिन्छ, हैन र ? नभए प्रहरीले नै गरे पनि हुन्थ्यो नि, सेना- त्यो पनि हतियार ताकेरै किन बस्नु परेको होला- हामी यस्तै गफ गर्दै अघि बढिरहेका थियौं।

    फेवाताल पुग्यौं। मन्दिरसम्म जाने मात्र हाम्रो विचार थियो। घण्टौं बोटिङ गर्ने हाम्रो विचार थिएन। तर, एउटा मन्दिर जाने डुंगामा २ वटामात्रै सिट खाली थियो। हामी थियौं ३ जना। २ जनाको सिटमा ३ जना बस्न नहुने रे- नियम कडा छ रे। नियम- फेवाताल डुंगा व्यवसायी समितिको। मन्दिर लाने सानो डुंगामा यति जना मात्र मान्छे राख्न पाइन्छ भन्ने नियम रहेछ।

    त्यो नियम पालना गर्नै पर्ने भएकोले हामी ३ जना अर्को डुंगा पर्खेर बस्यौं। त्यहाँ एक जना डुंगा चलाउने दाइ हुनुहुन्थ्यो- चिया खाँदै। उहाँको नाम सोध्न त भुसुक्कै बिर्सिएछ। वास्तवमा उहाँ कुरा नै रमाइलो गर्नुहुन्थ्यो- अनि नामको मतलबै भएन।

    सुरुमा उहाँले मेरो पालो त दसैंको टीकाको दिनमा परेछ भन्दै एक जनालाई दुखेसो पोख्दै हुनुहुन्थ्यो। फेवातालमा डुंगा यति बढेछन् कि पालो आउन झण्डै एक वर्ष कुर्नुपर्ने रहेछ।

    ती दाइका दृश्य कृष्णले खिच्दै गरेको देखेपछि उहाँले भन्नुभयो- ह्या, यो भाइले पनि फिलिम बनाउन लाएर टेन्सन नै भइसक्यो। हामीले फिल्म बनाउन लागेको हैन, हाम्रै सम्झनाको लागि खिचेको भन्दै गर्दा त्यहाँ एक चाइनिज ग्रुप आए।

    चाइना, पैसा छैना- उहाँ जिस्क्याउँदै हुनुहुन्थ्यो- यिनीहरु कुरै बुझ्दैनन्, खाली च्याङचुङ फ्याङफुङ गर्छन्। किन र यिनीहरुले खर्च गर्दैनन् र भनेर सोध्दा उहाँले भन्नुभयो- सार्‍है कञ्जुस हुन्छन्। अनि कसले बढी खर्च गर्छ त भनेर मणिले सोध्दा दाइले लामै लिस्ट सुनाउनु भयो- अमेरिकी, फ्रान्स, स्विस………! चाइनिज र कोरियनहरु त इन्डियनभन्दा पनि बार्गेनिङ गर्छन्।

    “बरु हाम्रो नेपाली ठीक छ- भालेपोथी आयो भने त गजबले दुई तीन घण्टा घुमिदिन्छन्। बीचबीचमा लिएर जाउ भन्छन्। हाम्लाई त के छ र घण्टाको हिसाबले पैसा पा’ छ। इमोसन पनि आउने !” रोमाण्टिक रहेछन् ती दाइ पनि।

    बोटमा केही त हुँदैन नि, मैले जिज्ञासा राखेँ। उहाँ अझै उत्साहित हुँदै सुनाउँदै थिए- बोटमा के हुँदैन, सबै थोक हुन्छ। यो “सबै” शब्दको उच्चारण गर्दा उहाँ आँखा झिम्क्याउँदै हुनुहुन्थ्यो। उहाँले अगाडि भन्नुभयो- “कोही-कोही त हनिमुनै बोटमा मनाउँछन्”

    हामी तीनै जना हाँस्यौं। अनि त्यस्तो गर्दा आफू चाहिँ के हेरेर बस्ने ? मैले सोधेँ। चियाको चुस्की लिँदै उहाँले भन्नुभयो- हामी यतातिर फर्किदिन्छौं नि।

    अनि तपाईँलाई चाहिँ त्यस्तो बेला कस्तो महसूस हुन्छ भन्नु त, कृष्णले ट्याब्ल्वाइड पाराको प्रश्न सोध्यो। उहाँ झन् के कम- मैले त बाबु, सबै हरियो देख्छु- ए, अहिले त यो पनि हरियै छ, तर त्यतिबेला झन् हरियो देख्छु।

    त्यसपछि अर्को डुंगा आयो र हामी त्यसमा बसेर लाग्यौं तालबाराहीतर्फ। तालको बीचमा बाराहीको यो मन्दिर साँच्चिकै अनौठो लाग्छ। कति सालमा पो हो, बाँध फुट्दा तालको पानी सबै सुकेर मानिसहरु हिँडेरै मन्दिरसम्म आएका थिए रे भन्ने कुरा सुनेको थिएँ मैले।

    नौ बजेतिर हामी त्यहाँबाट फर्कियौं र होटलतर्फ लाग्यौं। होटलमा केही बेर बसेपछि आजै बेनी जाने भनेकोले ब्याग बोकेर होटलबाट निस्कने तर्खरमा लाग्यौं। होटलले कोठा भाडा ३ सय रुपैयाँ लियो। अनि खानाको भने पैसा लिएन। हामीलाई यो होटलसम्म ल्याइदिने साथी बासुदेव मिश्र होटलका परिचित भएका हुनाले यो विशेष डिस्काउन्ट पाइएको थियो। अब हाम्रो अर्को गन्तव्य बिहानको खाना खानु र केही समाचार हेर्न र अपडेट गर्नका लागि युनिकोडको सुविधा भएको ठाउँ पोखरासिटी डट कमको कार्यालयमा जानु थियो। क्रमशः

    भिडियो ब्लग हेर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्। कनेक्सन स्लो छ भने सुरुमा बायाँ छेउको पज बटन थिचेर रातो धर्को धेरै अगाडि सरिसकेपछि पुनः सोही बटन थिचेर हेर्नुस्।


    वा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

    No related posts.

    27 comments to "डुंगामै हनिमून मनाउँछन् कोही-कोही त"

    • mero yahaaharo derai samjhana

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Interesting..
      -ViV, DC

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • titepati

      totally unproductive

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • titepati

      Umesh ji, download garne speed dherai rakhnu paryo. cybersansar.com ko jastai kya. yo ta atti slow bhayo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यार यस्तो अनावस्यक भिडिओ राखेर किन अरुको समय खर्छ गराउनु हुन्छ बरु कुनै शिक्षा मुलक भिडिओ वा अन्य सम्झन लाएकको क्लिप राखेर पाठक हरुको मन जित्ने कोशीस् गर्नु भए राम्रो हुन्न र ?
      vivek sanwa
      doha qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nazi

      Umesh dai V D O here hai ramro lagyo .
      Malai khusi pani lagyo . Ma collage padhada kheri ga ko yad aayo Umesh dai .
      Aso V D O haru khishadda kheri !!!
      Manche ko bhabad cin haru ko dherri rakhe ko bhye ramro hunthyo ki ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • umash ji ka ho mummy la e focues ta gar nu bha y n ni ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mike

      video blog herera khusi lagyo. bideshma bhayepani swadeshma nai bhayeko anubhav bhayo. tapaiharu blog lekhda sake samma shudda lekhne garnuhola. ashudda dherai bhetiyo. mathillo blogma “chiya khadai” bhanera lekhnu bhayo. chiya ta sadhai pienchha hoina ra ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam

      उमेश जि ! मनाउन न त हनिमुन । तपाईं हामीलाई क भो र होइन!!
      हाम्रो बौको के जाने हो र!!
      न आमा तिरको न बौ तिरको??
      है न त
      जय देश, जय नेपाल!!

      देश प्रेमि

      नमस्ते नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • C.M. Sapkota,Spain

      ma pani 3 months agadi teha gaye ko thiye, ramailo chha. maile ta dunga matra dherai manchhe bhane ati thorai dekhe ko thiye.
      umesh jee ko video herda pahile hami(Vale pothi) ghumeko yadd ayo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • उमेश जी पोखरा घुमेको राम्रो लाग्यो मेरो पनि घुम्ने बिचारछ नेपाल आएर म हाल कोरिया छु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Ram Pandey

      Umesh jee, wonderful tour, Let me know last two songs, Jhaskincha maan mero and Kaha chhan Budha ka aakha, WHo are singar and frm which album please Umesh jee

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aasish,switzerland

      thicki cha tara aali aali waiyat bhayo hai.khali keti ko pachi matra lagne?aak jimbebar patrakar bhayara.ani video ma pani unknown keti lai focus garne.yo ta aali ramro bhayana hai ani ali badi bhayo tara pani thicki cha maile ke bhanne….,baki as your wish…and i know it’s blog and here u can put anythig as u want.
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • very intresting and good to see your Beni traveling tour…..and phewa lake visit …keep it up umesh jee
      Bill purja London

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • black

      good job! at least showing the truth and reality of pokhara tour is good. All the gentlemen (bichara,rajan, deebas) who think this is vulgar i bet are the ones who are more BOKRE BHALADAMI…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sangita, USA

      Kathmandu ka lure patrakar. Your vedio is not as strong as your writing. You guys are talking very low quality of languages. Although this is your personal blog but there are alots of viewers.
      Take care and good luck.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abinav shrestha

      Umesh g
      Tapaie lay girja sangapaisa khayako jasto cha, desh ko aja asto jaldo baldo samasya laie chodera k ko asto wahiyat samachar afno maja ko personal blog rakheko, asto garnu vayo vanay tapaie ko level khasla haie bchar garnus
      hey pashupati nath umesh g laie sat buddi deu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vdo ni majako banaako c ha…adrian pradhan ko gaana pani kyaa time maa milaako cha…kunni ko female item hideko belaa..jhaskidincha mana mero..wala song mix gardeko..ehehe..

      well..pokhara ko tyo dunga chadhne thau chahi badleko chaina raicha..!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sameer

      Pokhara aauda esso bhetnu parchha ni malai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      It is interestin to read..wish i was that bote!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • parewa

      Sathi haru basu jee le help gare bhanne, ani basu jee lai video blog ma narakhne… kina yasto nee…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जे होस उमेश जिले बेनी यात्राको संस्मरण अत्यत्न्तै रोचक तरिकाले बर्णन गर्नुभएको छ । खुसी लाग्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramaailo chha yatraa sansmaran. Mero Beniko kahile aauchha? Mero ghar pani beni ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • umesh jeee…..pokhara ko ghumai ta bado raamro bhayeko raicha. ma ni ghumeko ho pokharaa..8 class hudaa baba ko posting tyaa hudaa ma ni ghumeko thiye. 8 patak gayeko chuh pokhara. mero ni ekdum best place ho pokhara..!!

      saano hudaa kusmaa gaako..thiye.teshpachi pokharaa…..!! kusma(parvat), pokhara ta best laagcha.

      malai ni bhannu parcha ni ma ni sangai jaanthey holaa..!! kei siknu ni paainthyo…jannu ni paainthyo, ghumnu ni hunthyo..!!

      bungy jumping gayau bhane…contact garnu la..!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bichara

      umesh ji pariwar (family) sanga hinda pani yesto waiyat kura garne.. .bayenani… testo video pani upload garne………… tapaile payeko respect lai aach aune kura ta garnu bayenani

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan

      umesh ji
      i don´t think this type of news or story have no value so i think there is no comment at all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deebas

      don’t u think ur language wat quite a bit vulgar… its embarassing that on of the top BLOG is uploading such a erotic video….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker