मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पोखरेलीहरु शहीदको नाम बिर्सँदैछन्

    पोखरा-बेनी यात्रा संस्मरण-४
    khali-dunga
    म जे छु,ठीकै छु, बिथोल्न नआउः यात्रुको पर्खाइमा फेवातालको किनारमा निदाइरहेका एक डुंगा चालक। फोटोः कृष्ण ढुंगाना
    पोखरा-बेनी यात्रा संस्मरणको तेस्रो भागमा व्यक्तिगत कुराहरु लेखिएको भन्दै आलोचना गरे केहीले। यात्रा संस्मरण भनेको स्वभावैले व्यक्तिगत हुन्छ। यसको उद्देश्य लेख्नेसँगै पढ्नेहरुलाई पनि उ गएको ठाउँ र वातावरणको अनुभूति गराउने हुन्छ। राजनीतिक कुरामा मात्र चर्का बहस गर्न चाहने र त्यस्तै विषयमात्र पढ्न चाहनेहरुलाई ब्लगका अरु शीर्षकहरु पनि रहेको अनुरोध गर्नै यात्रा संस्मरणको चौथो अंशलाई आज यहाँ प्रस्तुत गर्दैछु। यो अंशमा एउटा भिडियो ब्लग र केही फोटोहरु रहेका छन्। अर्को अंशदेखि बल्ल पोखराबाट बेनीको यात्रा सुरु हुनेछ।

    भिडियो हेर्न तलको प्लेयरको प्ले बटनका क्लिक गर्नुस्। कनेक्सन स्लो छ भने सुरुमा बायाँ छेउको पज बटन थिच्नुस् र रातो धर्को टाढा पुगेपछि फेरि सोही बटन फेरि थिची हेर्नुस्।


    अथवा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

    साथी बासुदेव मिश्रलाई हामीले होटलमा नै भेट्ने भन्ने कुरा मिलाएका थियौं। तर निर्धारित समयमा उनी आइपुगेनन्। पछि पो थाहा भयो- गुरुङहरुले ट्होटेँ (उच्चारण गल्ती भएमा क्षमा है) पर्वमा पनि सार्वजनिक विदा दिनुपर्छ भन्नै केही समय चक्काजाम गरेका हुनाले उनलाई आउन ढिला भएको रहेछ।

    मिश्रजीसित हाम्रो परिचय ‘परेवा’मार्फत भएको थियो। उहाँ ‘परेवा’ का लागि पश्चिमाञ्चल प्रतिनिधि हुनुहुन्थ्यो। अरु संवाददाताहरुले पठाएका समाचारमा गुदी कुरो पुच्छरतिर र पुच्छरमा हुनुपर्ने कुरो सिरानतिर हुने गरेका भए पनि उनको समाचार भने हतार भएको बेला सम्पादन बिना नै राखिदिँदा पनि हुने खालका हुन्थे। त्यसैले हामीलाई लेखाइबाट प्रभावित पार्न उनी जति सफल भए, व्यक्तित्वबाट पनि प्रभावित पार्न सफल भए- स्मार्ट देखिन्थे- बोलीमा पनि, व्यवहारमा पनि। पोखरापत्र दैनिकमा पनि उनी कार्यरत थिए।

    पोखरा धेरै पटक घुमिसकेको भए पनि तत्कालका लागि हाम्रा पथप्रदर्शक उनी नै थिए। होटल होलिहेभनबाट ब्याग बोकेर हिँडिसकेपछि हाम्रो लक्ष्य थियो- परेवाका लागि केही न्युज भए अपडेट गर्नु र मेरो भने मेरो संसारमा थाती बसेका कमेन्टहरु सरर हेर्दै एप्रुभ वा डिलिट गर्ने मौका पनि खोज्ने थियो। यो मोडरेसनको काम त अरु कम्प्युटरमा पनि हुन्थ्यो। तर ‘परेवा’ का लागि समाचार अपडेट गर्ने काम त युनिकोड भएको कम्प्युटरमा मात्र संभव थियो। आफूहरुको ल्यापटप छैन, साइबरमा युनिकोडको सुविधा हुँदैन। कहाँ जाने ? बासुले सुझाइदिए ठाउँ- पोखरासिटी डट कमको कार्यालय, महेन्द्रपुलमा।

    हामी ट्याक्सी चढेर त्यतातिर लाग्यौं। पोखरासिटी डट कम विशेषगरी युवाहरुलाई लक्षित गरी खोलिएको साइट रहेछ। त्यहाँ पोखराका केही सञ्चारकर्मीहरुको जमघट पनि हुने रहेछ। हामीले केही सञ्चारकर्मीहरुसित कुराकानी गर्‍यौं। तरुनीहरुका खतरा-खतराका ग्ल्यामर फोटो खिच्ने तर ‘बोल्नै लाज लाग्छ’ भन्ने फोटो पत्रकार राम गुरुङका माघ १९ मा हेल्मेट लगाएर फोटो खिच्न खट्नुपर्ने अनुभव पनि सुन्यौं। ‘ढुंगाको त कुरै नगरौं, कति खाइयो-खाइयो’, गुरुङले त्यतिबेलाको दुःख पोखे।

    फोटोपत्रकार राम गुरुङसित कुरा गर्दै मणि। फोटो राखेपछि भिजिटर बढ्ने उनको अनुभव छ। फोटो पत्रकारको एउटा अनुभव पनि उनले सुनाए- एक पटक बम राखिएको रहेछ। अरु पत्रकारहरुले त बम छ भनेर समाचार लेखे। तर हामीले त फोटो खिचेर देखाउनु पर्ने। बम नजिकै गएर फोटो खिच्यौं। त्यसो गर्दा बम पडकिने हो कि के हो भन्ने डर लागिरहन्थ्यो।

    साइट सञ्चालक सन्दीप शेरचन (नाम गलत भए सच्याउनुस् है, मैले सम्झेको त यही हो) का अनुसार सुरुमा पोखरालाई मात्र टार्गेट गरी साइट खोलिएको भए पनि अहिले विश्वभरका पाठकहरुलाई ध्यानमा राखी कन्टेन्ट दिने गरिएको छ। नाफामा छ त तपाईँको साइट ? भनेर सोध्दा उनले भने- नाफै छ।

    ती उत्साही युवाहरुको समूहले एउटा साइट मात्र चलाउने हैन रहेछन्। पोखरामा डोमेन रजिस्ट्रेसनको काम पनि उनीहरुले नै पहिले गरेका रहेछन्। अरु विभिन्न पोर्टलहरु पनि बनाएका रहेछन्। अनि वेब डिजाइनिङको काम पनि गर्ने रहेछन्।

    राम दाइको कम्प्युटरमा बसेर अपडेट गर्दै कृष्ण। साथीहरुसित कुरा गर्दै पनि गइयो, उता हाम्रो काम पनि गरियो। चार पाँच वटा समाचार ‘परेवा’ का लागि अपडेट पनि गरियो (यो कुरा सम्झँदा त अहिले पनि कटक्क मन खान्छ। परेवाका लागि त्यत्रो गरियो, तर बीचैमा ‘परेवा’को नमीठो अवसान भयो…..!!!)

    समाचार अपडेट र ब्लगमा भण्डार भएका कमेन्टको थुप्रोलाई थान्को लगाएपछि हामी पोखरासिटीका साथीहरुलाई बाईबाई गर्दै लाग्यौं बाहिर। आजै हामी बेनी जानु थियो। मैले बेनीमा साथी हरि कार्कीलाई एसएमएस गरिसकेको थिएँ- आज नै आउँछु भनी। फेवातालबाट फोन पनि गरिसकेको थिएँ।

    तर पहिले खाना खानु थियो। खाना मिठो पाइने ठाउँ भन्दै बासुजीले एउटा होटलतर्फ डोर्‍याउनुअघि महेन्द्रपुलमा जनआन्दोलन-२ का क्रममा शहीद भीमसेन दाहालले शहादत प्राप्त गरेको ठाउँ हेर्‍यौं। टेलिकमको टावरको सुरक्षाका लागि बसेका सैनिकले ताकेर हानेको गोलीले तल सडकमा रहेका दाहालको मृत्यु भएको रहेछ।

    शहादतपछि त्यो चोकलाई महेन्द्रपुल नभनी भीमसेन चोक भन्ने नामाकरण गरिएको भए पनि जनआन्दोलन सेलाएसँगै त्यो जोश पनि सेलाइसकेको रहेछ। पहिले त महेन्द्रपुल जाने भन्यो भने ट्याक्सी ड्राइभरले समेत लान नमान्ने रहेछ- भीमसेन चोक भनेपछि मात्रै लाने रे। अहिले फेरि सबैको जिब्रोमा महेन्द्रपुल नै। ‘चलनचल्तीका कुरा चटक्क हटाउन कहाँ सजिलो हुन्छ र’- बासु भन्दै थिए।

    होटलमा पुगेपछि खाना खायौँ। साथीहरुले मासु नै टोके। उनीहरु नन-भेज न परे। खानापछि हाम्रो अर्को गन्तव्य थियो बेनीको यात्रा। क्रमशः

    बेनी-पोखरा यात्रा संस्मरणका अरु ब्लगहरु-
    पोखराका दुई रुप
    बेनी यात्रा संस्मरण-१
    पोखरामा ‘पवित्र स्वर्ग’को बास
    पोखराको पहिलो बिहानी
    “डुंगामै हनिमून मनाउँछन् कोही-कोही त”

    No related posts.

    6 comments to पोखरेलीहरु शहीदको नाम बिर्सँदैछन्

    • Shyam

      उमेश जि

      मैले अघिल्लो कमेन्टमा तपाईंको पोखरा -बेनी यात्राको संस्मरणको लेख
      ब्यक्तिगत भयो भनेर भन्न खोजेको होइन, मलाई पनि थाहा छ, यात्रा संस्मरण ब्यक्तिगत नै हुन्छन तर तपाईले राख्नु भएको भिडियो चांहि अतिनै
      ब्यक्तिगत भयो भनेको मात्रा हो ,,, भिडियो मा राखेको सबै द्र्श्य नराम्रो पनि होइन तर तेसमा राखेको केहि द्र्श्य मलाई मन परेन, त्यो हो मोबाइलमा फोन गरेको र डिजिटलक्यामेरा ले फोटो खिचेको?? के तपाईले मोबाईलमा फोन
      गरेको द्र्श्य तेति धेरै लामो राख्नुपर्ने थियो र!!
      तेस्को ठांउमा पोखराको अरु ठांउलाई स्पेस दिएको भए अझ बेटर हुन्थ्यो

      उमेश जि
      यात्रा संस्मरण ब्यक्तिगत् हुन्छ भन्दैमा भिडियोमा तपाईले खाना खाएको, मुख सफा गरेको, बाथरुम गएको इभन् अरु अरु काम गरेको भिडियो
      नराख्नुस् है !!!

      र कुरा रह्यो अर्को कमेन्टकर्ता ओजश्वी जी को,

      ओजश्वी जी
      तपाईले भन्नुभएको ” मन नपरे नपढे भैइ हाल्यो नि ” भन्ने शब्द पढ्दा, तपाईको कमेन्ट लेख्न्ने शैली अली अर्कै पाराको लाग्यो तपाई ले
      एउटा कुरा के याद गर्नुस् भने , कुनै पनि बल्ग, र निउज भनेको
      सोसाइटिको लागि हुन्छ, कमेन्ट लेख्न्ने शैली सुधार गर्नुस है

      है त !

      देश् प्रेमि

      जये देश, जये नेपाल

      नमस्तेनेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surose

      that’s good you can write your yatra sasmaran.don’t care them who don’t like ………it keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • umesh jee
      ma aoj shree jee sanga eakdam sahamad chhu ra malaita eakdam ramailo lgeko chha hajur haru ko Beni yatara.Bill purja London

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Runa

      Umesh Ji,

      ‘Saathiharule masu nai toke, aanfu bhane non-veg pariyo’ What a joke yar?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • black

      yes, keep up your good work!
      and for politics-crazy people ..they can wait for the time being….or they can visit other sites instead of cursing all the time!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ओजश्वी

      अरे उमेशजी
      तपाईंलाई व्यक्तिगत कुरा लेख्यो भन्नेले नपढे भइहाल्यो नि त्यो कुरा । उनीहरुलाई पनि कमेन्ट गर्ने पर्ूण्ा स्वतन्त्रता छ र उमेशजीलाई पनि यात्रा संस्मरण लेख्ने पर्ूण्ा स्वतन्त्रता छ । कि कसो – लेख्न छाड्न हुँदैन सबै एउटै पाठकको चित्त पनि त बुझाउन सकिदैन नि । सधैं नेपालको राजनीतिक गफ मात्र गरेर पनि त भएन नि यसो देशका कुनाकाप्चातिर पनि बरु कहिले काहीं बाटो तताए अरु कुरा पनि भेटिन्छन् । कतिपय काठमाडौंबाट विदेशीएका बुझ्कडहरुले नेपाल भनेको काठमाडौं मात्रै नेपाल ठान्छन् । परिचय भयो सिधै सोध्दछन् काठमाडौं चैं कहाँ हो नि भनेर – तेस्का बाजे सबै काठमाडौंकै मात्र हुन्छन् भन्ने छ र – सोध्नु नि नेपाल कुन ठाउँमा हो भनेर । यसैले नेपाल सानो भए पनि कमसेकम आआफ्नो महत्व राखेका अन्य शहर गाउँहरु पनि त छन् नि ।
      यस्ता जानकारी दिनका लागि पनि बेनीमात्र हैन अब तपाईंहरुको भविश्यमा अन्य विकट विकट ग्रामीण यात्राको तय गरेर हिड्दा राम्रो हुन्छ । आजलाई यति नै ।

      ओजश्वी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker