सबै फोटोः उमेश
जुन २९ का दिन रत्नपार्कको यो आकाशे पुलको उदघाटन हुँदा मैले केही फोटोहरु ब्लगमा राखेको थिएँ। साढे २ करोडको लागतमा बनेको यो पुल नेपालकै सबैभन्दा ठूलो आकाशे पुल हो। त्यतिबेलाका फोटोहरु हेरेँ र अहिले साढे २ महिनापछि गएर खिचेको फोटो दाँजेर हेरेँ- निकै फरक भइसकेको रहेछ। निकै फोहोर भइसकेको रहेछ। आउनुस् तपाईँलाई पनि म यो पुलको पुनः साइबर यात्रा गराउँछु। पुराना फोटोहरु हेर्ने भए यहाँ जानुस्।

विद्यार्थीहरुले झन् अलि बुझेको हुनुपर्ने त भित्ता फोहोर गर्न उनीहरु नै अगाडि। यो पुलका भित्ताहरुमा नारा पोत्न एमाले अखिल र माअोवादी अखिलको हानाथाप देखिन्छ।
तलको फोटो चाहिँ पारीपट्टीको अर्को भित्ताको। विद्यार्थीहरुको राजनीति बाहेक एउटा मोमो पसलको विज्ञापन पनि तपाईँ त्यहाँ देख्न सक्नुहुन्छ।


पुलअगाडि बनाइएको अखिल क्रान्तिकारीको स्वागत द्वार। माअोवादी समर्थित यो विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनको उदघाटन आज सोमबार खुलामञ्चमा हुँदैछ। २५ लाख सहभागी उतार्ने र काठमाडौं बन्द हुने हल्ला छ, हो ? भनेर मलाई अघि एक जना साथीले सोध्दै थियो। बन्दै त के खाएर हुनु, तर ट्राफिक व्यवस्थामा त पक्कै असर पर्छ होला- मान्छे धेरै आउने भए। स्वागत द्वारमा ‘विदेशी पाहुनाहरुलाई स्वागत’ भनिएको छ। विदेशीहरुले बुझ्लान् त त्यो नेपाली भाषा ?

वेस्टर्न युनियनका कसैले हेरिरहनुभएको छ भने यो विज्ञापन मेरो संसारमा राखेवापत् बिल आउँछ भन्ने नबिर्सनुस् है
के गर्नु, आकाशे पुलमा राखिएका विज्ञापन होर्डिङ बोर्ड देखाउन खोज्दा विज्ञापनै भइदिएछ।

यी होर्डिङ बोर्डहरु यस्तो ढंगले राखिएका छन् कि माथि पुलबाट हेर्दा सडकका दृश्य देखिँदैनन्। अरु पुलहरुमा भए पुलबाट हेर्दा सडक देखिन्छ।

हाम्रो बानी फेरि टेप राखेर सजिलै उप्काउन मिल्ने गरी टाँस्ने छ र, सुपर ग्लुजस्तो टाँसे पछि कुरुप बनाई उप्काउनै नमिल्ने पो हुन्छन् त पोस्टरिङहरु। पुलमाथि त्यस्तै टँसाइबाट कुरुप बनेको भित्ता।

पुलमा सडक व्यापारीहरु पनि बढेका छन्। त्यस्तै एक सडक व्यापारीले विदेशिएका नेपालीलाई दिएको सन्देशसहित रत्नपार्कको यो आकाशे पुलका दृश्य समेटिएको भिडियो ब्लग अर्को पटक प्रस्तुत गर्छु ल।
No related posts.









Comparison could be better if you’d taken the pictures from more or less same locationa and same angle.
मन परे हरियो, नपरे रातो
1
0
This is a natural behavior of Nepali Students otherwise they would have lead the nation. Nepali students are just tools and weapons of Nepali Politicians including Prachanda and Gyanendra.
मन परे हरियो, नपरे रातो
0
0
बिदेश्को तुलना गरेर हेर्दा: यो सार्बजनीक् र बिदेशी पर्यतक् ले समेत देख्ने थाउमा दुइ महिना को आन्तराल् म यो बिधि फोहिरी पोस्तेर् तोतेको रहेछ ।। हरे राम् यिनी हरुलै आफ्नो समुह र पर्ती देश् भन्दा पनि माथि लाग्दो रहेछ बास्तब् मा बिदेश् तिर को तुलना गर्ने हो भने नेपाल कोम्मिनिस्थरु असब्य जुङली जनबर् सङ तुलना गरे पनि नपुग् हुन्न जाछ । तर नेपाल् म त यिनी हरु आफुलै प्रगतिसिल् र सब्य नगरिक् सम्जिन्छन् । येही त छ् बिदम्बना को कुरा। कहिले बुज्नी? कसरी बुज्नी?
मन परे हरियो, नपरे रातो
0
0
Yo Nepali ko bani ho. Ghau nabhaya pani banai halney.
Well done please keep it up, also keyhi aphano ghar ma pani lagao.
Jai Nepal
मन परे हरियो, नपरे रातो
0
0
hahahahaahha….Yo ho pure nepali ko baani…
मन परे हरियो, नपरे रातो
0
0
This is a country of basters and if you are thinking anything better happening then you are even worse than that of basters.
मन परे हरियो, नपरे रातो
1
0
उमेश जि!!
तीनका बौ को छाती मा, जे जे टास्न मन लाग्छ टासुन न,
जात सुघरी भए पो सफा गर्छ्न् त यिनले
जात नै फोहरी, काम नै फोहरी, फोहरीका सन्तानले तेति पनि
नगरे कसले गर्छ र???
तिनका बौको छातीमा तेती पनि नगरे, के काम त
यि हुत्तिहार हरुको?? अरु काम नै के छ र यी निकम्बा हरुको??
खासै नौलो कुरा होइन यो
२ करोडको संरचनामा २ शब्द पनि लेखेनन् भने त त्यो संरचनाको
औचित्य नै भएन नि, कि कसो त !!
देश प्रेमि
जये देश, जये नेपाल
नमस्तेनेपाल
मन परे हरियो, नपरे रातो
1
0
Hi,
There are several reasons why the OH bridge has reached to current state
1. The the concerned contractor is not serious about its responsibility. Well, most of the contractors in our country are corrupt. They take such work for the sake of adding something to their bio-data only. They don’t manage well once they receive major portion of the amount from their bill.
2. The concept of maintenance is poor in Nepal.
3. Lack of civic sense among the public.
4. Student unions/ publics- writing slogans everywhere.
5. Obstinate Vendors.
So all the problem revolves around the law and order in the country, which is unfortunately at coma state in Nepal.The country is suffering fron “GANATANTRAERIA”, the most fatal disease ever discoverd in the history of politics.
मन परे हरियो, नपरे रातो
0
0
हो । यस्तै कुरुप शहर र अस्त ब्यस्त गाउहरु ले नै बिदेशी पर्यटक हरु लाई हिमाल र पाखा पखेरा हरु ले दिएको आनन्द लाई धुमिल बनाउछ । नेपाल का राजनीतिक पार्टी देखि सम्पूर्ण जन बर्गिय संगठन हरु को कहिले बाट बुद्दी को भाडो को वीर्को खुल्ने हो?
मन परे हरियो, नपरे रातो
1
0
Based on my experience here in Europe I would like to suggest some aspects on manaing these kind of advertisements which really makes our common properts look terribel.
First of all all the political parties should have their own kind of temporary advertising spaces and once the objectives of such advertisements are finished should then be taken away which i see common practice in europe.
For other advertises specially commercial products, kathmandu metro should make some spaces at specific places which should not destroy the scenic view. From renting these spaces metro can have some extra income as well.
If people here are interested then I can post some pictures of such advertisement management.
मन परे हरियो, नपरे रातो
0
0
kp dude is right !!
badar ko haat ma nariwal nai ho yo !!
मन परे हरियो, नपरे रातो
0
0
pool banyo tei thulo ho…
मन परे हरियो, नपरे रातो
0
0
one more hai
प्रारम्भमा प्यारजङ्गको बयान लिइयो, चोखो पारयिो र प्यारपूर्वक भत्ता सुविधा, पेन्सनादि टक्र्याएर आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा भर्खरै भावपूर्ण बिदाइ गरयिो । रुक्माङ्गत कटुवालसँग बयान लिने कर्मकाण्ड गरी चोख्याएर गिरजिाबाबुका हातबाट टोपी र फूली लगाइदिएर भर्खरै लोकतन्त्रको रक्षा गर्ने जिम्मा दिइएको छ । जनआन्दोलन दमन गरे/नगरेको सोद्धै भूमिकाअनुसार पुरस्कृत गर्दै लैजाने लोकतान्त्रिक परम्पराअनुरूप अझै धेरै योद्धाहरूलाई सम्मान गर्न बाँकी नै छ । दुर्जकुमारको दर्जा बढाएर गृहमन्त्रीका हातबाट दज्र्यानी लगाउने काम बाँकी छ । माधव थापाको योगदान उसै पडिरा’छ, माला लगाएर ग्रेड थप गर्नुछ ।
कमल थापा, टङ्क ढकाल र श्रीषशमशेरहरूको गौदानकर्म सकिइसकेको हुँदा चाँडोभन्दा चाँडो यो मन्त्रिमण्डल पुनर्गठन गरेर उहाँहरूलाई झण्डावाल गाडी टक्र्याउनु छ । बद्री मण्डल मन्त्री नभएको तीन-चार महिना हुनु राष्ट्रिय आश्चर्य हो । मन्त्रीको भेषमा उहाँलाई नदेख्दा नेपाली जनतालाई कति नियास्रो भएको छ, उहाँलाई मन्त्री बनाउनु छ । राधाकृष्ण, कमल चौलागाइँहरूको पनि लामो समय चित्त दुःखाइराख्नु भएन, उहाँहरूलाई लोकतन्त्रमा कतै न कतै स्पेश दिनु छ । बिर्सनै नहुने व्यक्तित्वहरू सच्चितशमशेर र भरतकेशर राजाहरूको उचित सम्मान गर्न बाँकी नै छ । बयान लिन बाँकी राजा होइबक्सन्छ, मौसुफको पनि छिटोभन्दा छिटो बयान लिएर खेलकुद गर्ने स् पेशको ग्यारेन्टी गर्नुछ ।
गिरजिाबाबुको टाउको फुटाउने, छायादेवी आमैको खप्पर फोर्नेलगायत २५ जना शहीदलाई गोली ठोक्ने सबै वीर सुरक्षाकर्मीहरू पत्ता लगाएर तक्मा लगाइदिन पनि बाँकी छ ।
म छक्क पर्छु, प्राप्त प्रजातन्त्रलाई सुदृढ गर्ने र संविधानसभासम्म जाने बाटो फराकिलो बनाउने यत्राविघ्न राष्ट्रिय महत्त्वका कामहरू गर्न बाँकी भएको देखीदेखी किन अल्झाउन आउँछन्, यी लुला-लङ्गडाहरू गिरजिाबाबुलाई !? किन अनेकथरी माग राखेर सरकारलाई अप्ठ्यारोमा पार्न खोज्छन्, यी हात भाँच्चिएकाहरू, खुट्टा काटिएकाहरू, टाउको फुटेकाहरू, आँखा निस्किएकाहरू, बरखी बारेकाहरू !? अस्पतालमा सुतिरहन छाडेर किन सडकमा पसारन्िछन्, यी करङ खुस्किएकाहरू !? उहिल्यै चार-पाँच महिनाअघि गोली लागेर खाटा बसिसकेको घाउ देखाएर किन मुन्टिन्छन् यी दुष्ट घाइतेहरू सिंहदरबार घेर्न ?! तिनेर्का सन्तानलाई कत्ति न हामीले नै बेपत्ता पारेको जस्तो किन आउँछन्, यी बूढीखाडीहरू कोकोहोलो गर्दै भद्रकालीमा धर्ना बस्न ? ऊ सरकारले बेपत्ता पारेको, यो सरकारले कहाँबाट ल्याउनु तिनेर्का सन्तानलाई ?
शूलीमा चढाउनुजस्ता यी जिउँदा शहीदहरू ! गाडी ब्याक गरेर किच्याउनुजस् ता यी अधमराहरू !!
मन परे हरियो, नपरे रातो
1
0
yo pani padhne ki? its from nepal magazine.
दरबारको ँमिशन दत्तात्रेय’
मुसन्तोष आचार्य
१९ दिने जनआन्दोलनको बलियो धक्काले केही समय सङ्कुचित भएको राजदरबार पुनः चलमलाउन थालेको सङ्केत प्राप्त भएको छ । यथास्थिति लम्ब्याउने अभीष्ट पूरा गर्न दरबारले आफ्ना सम्पूर्ण ‘संयन्त्र’ लाई पुनः सक्रिय तुल्याएको छ । दरबारले सरकार र माओवादीबीच चाँडै नै हुने भनिएको शिखरवार्ता भाँड्ने, १२ बुँदे समझदारी भङ्ग गराउने र संसद्वादी दल, सरकार र माओवादीबीचको सम्बन्ध भत्काउने अभियान थालेका गतिविधिहरू सतहमा आउन थालेका छन् ।
उच्च सैनिक स्रोतका अनुसार, दरबारमा रहेका चारवटै सचिवालय -सैनिक, प्रमुख, संवाद र निजी) लाई सक्रिय तुल्याइएको छ । दरबारको चौघेराभित्र निरश र एकलास जीवन बिताइरहेका भनिएका राजा ज्ञानेन्द्रले गत सातादेखि नागार्जुन दरबारमा ‘परामर्श’ अभियान तीव्र बनाएका छन् । नारायणहिटी राजदरबारभित्र दुई हजार पाँच सयको सङ्ख्यामा रहेको सेनाको एक बि्रगेड रक्षक बाहिनी, नेपाली सेनाकै डीएमआई विभाग र आफूनिकट ‘सिभिलियन’ र सेनाभित्रका अवकाशप्राप्त ‘थिङ्क ट्याङ्क’ हरूको प्रयोग तीव्र पारएिको छ ।
सरकार, राजनीतिक दल तथा कर्मचारीतन्त्रमा समेत दरबारले ‘आफ्ना मान्छे’ तयार गररिहेको सङ्केत गर्दै सूत्रहरू भन्छन्, “दरबारले आफ्नो थैली खोल्न थालेको छ ।” लोकतान्त्रिक सरकारले खारेज गरसिक्दा पनि अटेर गरेर अझै दरबारको सेवामा हाजिर भइरहेको सैनिक सचिवालयले सात दल र माओवादीविरोधी अभियानको समन्वयन गररिहेको छ । जुन अभियानको शीर्षक हो, ‘मिशन दत्तात्रेय’ ।
मन परे हरियो, नपरे रातो
0
0
Dear Writer,
You have kindly picked up one of important issue from our soceity this time. Negligence of public property is common in our country. We Nepalese think we get foreign assistance from rich country. This way of looking thing is not good. In rich country everbody work very hard and pay high tax to the government. That tax income come to our country in the firm of foreign aid. We Nepalese must consider the feeling of tax payer but not of aid given by rich country. In rich countries rule of law compels its every sitizens to pay high tax. We people have no tradition of paying high income tax so we are negligent in preserving public properties. I think at least we should set up some kind of unit in local body to take take cure of such facilities.It is urgently needed.Participating in mass rally is not only to be democrat, to cherish deep understanding toward tax payer is more democrat.
Thank you.
मन परे हरियो, नपरे रातो
0
0
Banauna po garo parchha ni bigarna lai ke ko ber mora haru……………
Abiralyatri
K.S.A.
मन परे हरियो, नपरे रातो
0
0
यस्तै होला साएद बादर को हात मा
नरिबल भनेको
मन परे हरियो, नपरे रातो
0
0
जे भो राम्रो भो, जे हुन्छ राम्रो हुन्छ, किन पिर मान्नु हुन्छ ? अहिले सम्म पहिले तपाईंले फोटो खिच्दाको बेलाको भन्दा राम्रो भाको भएपो अचम्म मान्नु ……..
मन परे हरियो, नपरे रातो
1
0