मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सहर, बूढी मान्छे र तन्नेरी हुने कुरा

    -अनामिका-
    [यस पटक हाम्री अतिथि ब्लगर अनामिकाको ब्लग जीवन शैलिसित सम्बन्धित छ। राजनीतिका बारेमा चर्का कुरामात्र सुन्न चाहनेलाई ब्लगको यो पाटो फरक लाग्न सक्छ। यस ब्लगमा उनले उमेर गए पनि बैंस नगएकी एक बूढी मान्छेले उमेर छँदैको आफूलाई उमेर ढल्किसकेको महसूस गराउने प्रयत्नमा लागेको र त्यसले आफूलाई बिझाएको पीडा पोख्दै प्रश्न राख्छिन्- तन्नेरी हुनु पनि एउटा खुबी नै हो कि क्या हो ? ]
    दस बजेतिर अफिसको ढोका बन्द गरेर कोठा फर्कनुअघि मैले सँधै त्यँहाबाट देखिने एयरपोर्टको छवटा बत्तीहरू नियाल्ने गरेकी छु। यहाँबाट सहरमा बलेका अरु पनि थुप्रै बत्तीहरू देखिन्छन्। मलाई सहर मनपर्छ।

    दैनिक अफिसका लागि मात्र ११ घन्टा काम गरेर १९ घन्टा व्यस्त रहनु अनि पाँच घन्टामा जबर्जस्ती सपना देख्ने कोसिश गर्नु पक्कै पनि रमाइलो कुरा होइन।

    फराकिला बत्ती बलेका सडकमा साँझको समयमा साथी बिना पनि मस्त भएर पछाडि झोला भिरेर खल्ती भएको पाइन्टको दुबै खल्तीमा हात घुसारेर सुसेल्दै हिँड्नुको मजा काठमाडौंमा नै छ। अझ म जस्तो ‘मात्तेको’ मान्छेलाई त अरुको जुत्ता कुल्चेर केही नभएजस्तो गरेर हिँड्दा त झन मजा आउँछ।

    तर अँ, बेरोजगार भएर सहरमा बरालिनु, जताततै मान्छे नै मान्छे भएको यो सहरमा आफ्नो भन्ने कोही नहुनु अनि एकदम निरास भएको अवस्थामा महँगो यो सहर खासै रमाइलो हुन्न। मैले यी दुबै किसिमका अनुभूति गरिसकेको छु। अब म बेरोजगार छैन र ढुक्क भएर सहरको बत्ती बलेको फराकिलो सडकमा म मस्त भएर सुसेल्दै बदमाश केटीजस्तो मान्छेको जुत्ता कुल्चेर हिँड्न सक्छु (यो राम्रो बानी हो भन्ने अर्थ चाँहि नलागोस्)

    सातामा एकचोटी विदा हुन्छ मेरो र हरेक साता सहर जानु संभव हुन्न तर सहर गएका सबै दिनहरू मेरा लागि सम्झन लायकका हुन्छन्। यसपटकको विदामा म एउटी बूढी मान्छेको जन्मदिनको पार्टीमा गएको थिएँ, जसले मलाई तन्नेरी हुने सल्लाह दिएकी छे।
    सधैजस्तो रफ भएर म हिँडेको थिइनँ, साथीको मद्दत लिएर भए पनि मैले आँखामा गाजल लाएँ, पहिलो पटक केही अग्लो र निकै फेसनेवल देखिने जुत्ता लगाए। ऐनामा पटक पटक आफुलाई नियालेपछि लाग्यो- आज मेरो साँच्चिकै विदा छ र मैले यो दिनको भरपूर सदुपयोग गर्नु पर्छ।

    एउटी बूढीमान्छेको जन्मदिनको पार्टीमा जानको लागि आफूलाई यो भन्दा बढी तयार गर्नु पर्छ जस्तो मलाई लागेन।

    पार्टीमा जानुअघि गफ गर्दा अल्लारे गफ गरे पनि निकै सचेत साथीहरूको तीन-चार घण्टाको जमघट पनि निकै रमाइलो रह्यो। राजनीतिका गफमा विवाद भएन भने के मज्जा?! रेस्टुरेन्टमा भएका बाँकी मान्छेको पनि के वास्ता गरिएन भने के मज्जा?! बहस गर्न थालेपछि चिया सेलाएन भने के मज्जा?!

    हा! गफ निकै रमाइलो हुन्छ, जब साथीहरूको जमघटमा यी कुनै कुराको वास्ता हुन्न। जमलको रेस्टुरेन्टमा बसेर तातो कफी जस्तै तातो बहस गरेपछि म छुट्टिएँ।

    त्यो बूढी मान्छेले मलाई जाभाअगाडि उभिन भनेकी थिइ। म पुग्नु र ऊ आइपुग्नु सँगसँगै जस्तो भयो। उसले मलाई केही नभनी ट्याक्सी चढ्ने इशारा गरी।

    “तपाईँले मलाई कता लैजान लागेको?”, मैले ट्याक्सी हुँइकिसकेपछि सोधेँ।

    “स्वयम्भु”

    त्यो बूढी मान्छेले मेरो आँखाको गाजल बाटोभर खुब नियालेर हेरी। मैले कपाल बाँधेको थिइनँ तर कपाल निधारमा नआओस् भन्नका लागि म सँधै सतर्क हुन्छु। बाटोमा ऊ केही बोलिनँ, तर स्वयम्भु पुगेपछि ट्याक्सीबाट ओर्लेर बूढीमान्छेले त कस्तो जिल्ल पार्ने कुरा भनी, “तिमी कस्ती बूढी देखिएकी ! मलाई बूढी मान्छेसँग हिँड्न लाज लाग्छ”

    साँच्चै पनि उसले मलाई छाडी र म भन्दा अघि फूर्तिका साथ भर्‍याङ्ग चढ्न थाली।

    “ए हात देउन”, मैले उसको हात मागेँ। त्यो ठाडो भर्‍याङ्गमा जुत्ताको कोण मैले मिलाउन सकिनँ। म लड्न सक्थेँ तर मेलै जोसँग हात मागेको थिएँ उसबाट कुनै प्रतिक्रिया आएन।

    “हेर म लड्न लागिसकेँ। मैले यस्तो जुत्ता पहिलो पटक लगाएको। तिमी बुझ त ! छिट्टो हात देउ त ! अनि तिमी मेरो हात समाएर हिँड”, मैले फेरि भनेँ।

    “ए, तिमी आफूलाई म मेरी हजुरआमासँग हिँडेको भनेर देखाउन खोजेकी ? तिमी २१ वर्षमा बूढी हुनसक्छौ म होइन ! हिँड एक्लै”, आफ्नो ६८औं जन्मदिन मनाउन नेपाल आएकी त्यो बेलायती बूढी मान्छेले मेरो सातो लिई। म स्वयम्भुको भर्‍याङ्गमा उसँग ठुस्केर निकै बेर उभिरहँदा पनि त्यसलाई माया लागेन।

    घुँडासम्मको मिनिस्कर्ट लगाएकी त्यो बूढीमान्छेको ओठको रातो लिपस्टिक कति पनि सुहाएको थिएन। ऊ भने सेतो छालामा रातो खुब सुहाएको जस्तो गरेर मख्ख थिइ। बेलाबेलामा आफ्नो सानो सेतो घुम्रिएको कपाल मिलाउँछे, हातमा सानो ब्याग बोकेकी छे। वरपरका मान्छेलाई हेरेर मुस्काउँछे, नेपालीहरू विदेशीसँग मुस्कान साट्ने सवालमा निकै उदार छन्।

    ठूला-ठूला निलो आँखा भएकी उसकी तीस वर्षकी छोरी मेरी साथी हो। त्यसैले मैले उसलाई वाचा गरेको थिएँ कि म उसकी आमालाई आजको दिनमा एक्लो बनाउने छैन। जागिरबाट विदा पाउनु, वाचा पूरा गर्न संयोग मिल्नु हो तर त्यो सन्काही बूढीले मलाई नै पो माया लाग्दो बनाई।

    “राम्रो लोग्नेका लागि भगवानसँग भनेर हुन्न आफुमा खुबी हुनुपर्छ। जवान हुनुपर्छ म जस्तो। तिम्रो पुकार बुद्धले सुन्दैनन्। भो समय नलगाउ”, उसले मलाई जबर्जस्ती मन्दिरभित्रबाट तानी। म बुद्धको ठूलो मूर्तिको अगाडि उभिएर आँखा बन्द गरेर प्रार्थना गर्दै थिए।

    “मैले लोग्ने मागेको थिइनँ”, मैले फन्किएर भनेँ

    उसले आँखा झिम्क्याई र भनी, “मागौली कि भनेर नि ?!”

    साँझ पर्न लागेको थियो, त्यो र म फेरि ठमेलतिर लाग्यौँ। मर्स्याङ्ग्दी होटलको गार्डेनमा त्यसले सानो पार्टी राखेको छु भनी। बूढी एक्लै छे भनेको त डफ्फा नै पो रहेछ। सेता कपाल भएका र चाउरिएका छाला भएका ३०, ३५ जना मान्छेको बीचमा लगी जो बूढीलाई कुरेर बसिरहेका थिए।

    “आजको पार्टीको सबैभन्दा बूढी मान्छे, मेरी छोरीको साथी!”, उसले मेरो परिचय गराई। सबै खित्खित् हाँसे, म पनि हाँसे। मनमा त यति रिस उठेको थियो कि बूढीको पार्टीसार्टी छाडेर एक्लै ठमेलमा बरालिन जाउँ, तर फेरि ङिच्च हाँसे र ‘सामाजिक’ भएँ।

    हरेक मान्छेसँग हरेक चोटी चिनाउँदा उसले मलाई बूढी मान्छे भनेर चिनाइ।

    “तपाईँले मेरो बारेमा धेरै नै भने जस्तो लाग्दैन ?”, स्कर्टमा फेन्सी जुत्ता लगाएकी म भने आफूलाई निकै तन्नेरी महसूस गरिरहेको थिएँ।

    “हाम्रो देशमा हामी सय वर्ष पुग्दा पनि स्कर्ट लगाउँछौ अनि रातो लिपस्टिक पनि तिमीले गाजल लाउँदैमा हुन्छ ?”

    होटलका बेराले कक्टेल बाँड्न शुरू गरेपछि तीन चार, तीन चार जनाको ग्रुपमा मान्छेहरू बाँडिए। टोनी ब्लेयरले बेलायती राजनीतिबाट विदा लिने भनेर गरेको निर्णय र नयाँ अनुहारलाई प्रधानमन्त्रीको रूपमा स्वीकार्ने तयारीका बारेमा ती छाला चाउरी परेका तन्नेरीहरू मच्चीमच्ची गफ गर्न थाले।

    बूढीले निकै कर गरे पनि कक्टेलको ग्लास समाउन नसकेको म तातो मिल्क कफी लिएर एक छेउमा गएँ। फ्रेन्चकट दार्‍ही काटेको एउटा केटोले बूढीको लागि रातो गुलाफको बुके लिएर आयो, केटोले फूल दिँदै त्यो बूढीलाई ओठमा चुम्बन गर्‍यो। म ट्वाल्ल परेर हेरिरहेँ।

    “गुलियो रहेछ चाख्छौ?”, मैले बूढीलाई असजिलो तरिकाले हेरेको फेला पारेपछि बूढीले मात्तिएर भनी। मैले रिसले आँखा तरे, त्यसले आँखा झिम्काई। बूढीको म एक्लो पाहुना थिइनँ। त्यसैले ऊ घरी मैले पिएको कफीमा अलिकती मात्तिने कुरा मिसाइ दिउँ भन्दै मात्तिन आउँथी त घरी आफ्ना तन्नेरी साथीहरूसँग आँखा सन्काई सन्काई कुरा गर्दै हुन्थी। मैले उसको लागि कुनै उपहार लगेको थिइनँ, वास्तवमा मैले पहिला नै उसको लागि कपडाको पुतली बनाएर पठाएको थिएँ।

    कक्टेलले लाग्न थालेपछि बूढीका गाला राता-राता देखिए, साँझ ढल्न लागेकोले होटल व्यवस्थापनले झिलिमिली बत्ती बालिदियो र म्युजिक बजायो। अनि सुरु भयो छाला चाउरिएका तन्नेरीहरूको नाच। नाच्न चाँही म पनि कम छैन, मैले कफी छाडेँ। सुरुमा त जो-जोसँग नाचे पनि भयो तर पछि म अल्मलिएँ। एकैछिनमा सबै आफसेआफ जोडीसँग मिलेका देखिए, बूढी पनि एउटा बूढोसँग देखिइ। निलो-रातो-हरियो बत्तीको झल्याकझुलुकमा हेर्छु त म एक्लो छु। अनि म एक छेउमा उभिए।

    “ए, मसँग नाच्छौँ?”, त्यो फ्रेन्चकट दार्‍ही भएको अर्को बूढोमान्छेले प्रस्ताव राख्यो मसँग।
    “नाँइ”, मैले ठाडै अस्वीकार गरेँ। बूढीले सुनी र केटोलाई भने जस्तो गरेर मलाई फेरी व्यङ्ग्य गरी, “तिमी यो केटीको छाला देखेर झुक्किएको ? यो त हामी भन्दा पनि बूढी मान्छे हो”

    मैले एउटा भेज बर्गर खाइसक्दा पनि ती तन्नेरीहरू मस्त भएर नाचिरहेका थिए।

    मैले विदा मागेँ। ऊ मलाई ढोकासम्म छाड्न आई, मैले उसलाई अंगाले र आफ्नो ख्याल राख भन्दै छुट्टिएँ। त्यसले त्यसको संस्कृति अनुसार मलाई विदा गरी। त्यसले मेरो ओठमा हलुको चुम्बन गरी। मैले टिस्यूपेपरले निकै रगडेर मेरो ओठमा टाँसिएको उसको ओठको रातो लिपस्टिक मेटाएँ।

    “अर्को पटक भेट्दा तिमी जवान हुनेछौ भन्ने मैले सोचेको छु”, उसले मेरो काँध थप्थपाई।

    “म जवान नै छु, तपाईले कस्तो खोजेको हो?”

    “अँ, पख है त”, उसले गेटबाट बाटोतिर हेरी, एकछीन पछी एउटा केटो देखियो त्यसलाई देखाउँदै सोधी, “भन त त्यो मान्छे कस्तो छ?”

    दार्‍ही नपालेका लोग्नेमान्छेहरूलाई म नराम्रो भन्न सक्दिनँ, फेरि त्यो आइरहेको केटो राम्रै पनि थियो, “राम्रो छ” मैले छोटो जवाफ फर्काएँ।

    “देख्यौ?! तिमी बूढी हौ। जवान हुन्थ्यौँ भने त्यो केटोलाई तिमी सेक्सी छ भन्थ्यौँ!”, आँखीभौं तन्क्याएर उसले भनी, “कस्तो लाग्यो त मेरो कुरा?!”

    बूढीले नाजवाफ बनाइ। उसँग छुट्दा म जिल्लीइरहेको, खिन्न, हिस्सीएको खै कस्तो कस्तो भइरहेको थिएँ। सहरमा बत्ती बल्न सुरु भइसकेको थियो।

    बूढीले धेरैपटक मलाई बूढी भनी। उमेर नै हेर्ने हो भने पनि म भर्खर २१ वर्ष पुगेँ। हेर्दा पनि त्यस्तो बूढो जस्तो त छैन तर पनि उसले भनेको कुराले मनमा निकै बिझेको छ। कसरी तन्नेरी हुने ? मैले त खै ठम्याउनै सकिनँ। कहिल्यै मेकअप नगर्ने म झन् त्यो दिन अनेक थरी दलेर गएको त बूढी पो भएँ। तन्नेरी हुनु पनि एउटा खुबी नै हो कि क्या हो ?

    [माथि प्रयोग गरिएका फोटो ब्लगको विषयवस्तु र ब्लगरसित सम्बन्धित छैन। लामो ब्लगमा साजसज्जाको हिसाबले मात्र ती फोटो राखिएका हुन्]

    No related posts.

    18 comments to सहर, बूढी मान्छे र तन्नेरी हुने कुरा

    • JaVA Coffee House

      Bhadra Lamichhane,
      I don’t know what you want to say exactly but i think you should appreciate to Umesh that he let Anamika’s blog to get published. I think this is the solidarity of blogger which is really very good. We must be happy for it.They are being united.
      And the most important thing is that Anamika writes very good. Be honest isn’t she good?
      I think we should appreciate all blogger who at least try to write for us. And their solidarity too.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ananta Bhadra Lamichhane

      I just wonder which factor of Anamica is attracting you to post her blog on this page. Don’t you think that you are enforcing her blog to your regular readers.

      Its fine, that you posted it first time to inform people about the presence of other blogger too. But its really distracting enough to repeatly post her blogs to this popular post.

      Its just like the News of Nepal Television on the age when there was no other Television Station. NTV used to telecast repeatly the similar news forcing its viewer to watch them. And, Viewers must view then since they have no other alternatives, although they are all fade off from the repeated news.

      Please, don’t try to remind us autocractic nature of NTV. It will no add on your popularity. Instead, it will discourage your readers, by the distraction of your personal affection with Anamica.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • very good article.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आयुध कुमुद

      अनामिकाजी,

      हिंस्रक राजनीतिको वकालत भन्दा पर पुगेर विशुद्द लेख पस्केकोमा धन्यवाद।
      भाषामाथिको पकड स्तरीय छ , ब्लगका लागि मात्र हैन अलिक माझ्यो भने प्रकाशनका लागि पनि । मान्छे राम्रो देखिन खोज्नु र अरुबाट पनि आफ्नो बारेमा राम्रो मात्र भनिएको सुन्न चाहनु उस्को नैसर्गिकता हो ।
      वाल्यावस्था, यौवन र वार्धक्य सबै हाम्रो चाहना नभएर पनि क्रमश: बित्छन । सधैँ युवा, सुन्दर ,आकर्षक र बलियो र प्रसंशनीय देखिनु सबैको चाहना हो तर त्यो सम्भव पनि छैन । फेरि नारी शारीरिक सुन्दरताको यो पछिल्लो परिभाषा र त्यसकालागि भनिइका आवश्यकताहरु को बारेमा जुन वर्तमानको बुझाइ छ त्यो cosmetics , physical fitness र dietics industries र उत्पादकहरुको बिजिनेस टेरिटोरी हो । युरोपमा मात्र ४५० अरब डलरको कस्मेटिक्सको वार्षिक व्यापार हुने हुनाले सौन्दर्यताको परिभाषामा कृत्रिमताको नै थिचोमिचो छ । अब त प्लाष्टिक सर्जरीले तपाइँले आफ्नो जेनेटिक इम्पर्फेक्सनलाई इरेजरले मेटेर रिराइट गर्न सक्नु हुन्छ क्यारे, दाम छ भने । त्यसैले राम्री भइन भनेर depressed नहुनु अनि त्यसैका लागि obsessed पनि नहुनु वा हुन नलगाउनु कसैलाई पनि ।
      तर स्वयं वृद्दाले २१ वर्षे भर्खरै ५ वर्षले षोडसी बनेर ऊँभो लागेकी तपाइँको कथाकी narrator लाई किन त्यसो भनिन त नि ? त्यसो त हुन नपर्ने। कपालले निधार वा आँखा नढाकोस भने पनि कोरिबाटी नभई भूताहा कपाल बनाएर हिँडेकि हुनाले एउटा परम्परावादी एवं राम्रो नराम्रोका बारेमा आफ्नो अलग मापनपद्दति भएकि आमैले जे देखिन वा दृश्य वा आकृतिलाई जुन रुपमा पढ्न सकिन त्यही बुझिन भन्नु पर्ला । फेरि सेक्सपियर बाजेले पनि भनिदिएका थिए Beauty lies in the eyes of the beholder. अनि झन बनेर वा ठाँटिएर हिँड्न खोज्दा जोकर जस्तो देख्न पुगिन्छ नि त्यो Emperor’s new clothes को बादाह झैँ ।
      खैर, तपाइँको महिलावादी शंख फुक्दै जानुस है ।
      तर एकथरि नारीहरु सुन्दरी प्रतियोगितामा भाग लिएर आफ्नो प्रतिभा प्रदर्शन गरी आत्मोन्नति गर्न सकिन्छ भनी सुन्दर बन्ने होडमा सम्मिलित पनि छन भने यसो गर्दा नारी अस्मिताको धज्जि उड्ने नाममा विरोध मच्चाउनेहरु पनि छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धन्यवाद अनामिका जि,
      तपाईंको जस्तो सोच सबैको भएदेखि केही मार भएपनि नेपालीहरुको जीवन्स्थरमा परिवर्तन आउथ्यो होला,
      धन्यवाद फेरी पनि मेरो तर्फ बाट,
      र फेरी पनि यस्तो लेख हरु चाँही लेख्दै गर्दै गर्नु होला
      समय निकालेर पढौला,
      सागर । । । । ।
      इङ्ल्यन्द्(reading) specially the teen agers of our country also should realize, what the old lady was saying……….hope all the young laies would catch it up.byeeeeeeee.sagar..reading.england.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kieran

      I dont think, the British ppl behave such a rude even in foreign country.. In my thinking they are the most polite ppl in the world. They dont hurt other ppl..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arun Gurung

      अनामिकाजी को लेखन शैली रमाइलो लाग्यो। पश्चिमा संस्कृती जीवन-शैली हामी नेपालीको भन्दा धेरै फरक छ। त्यसैले दुई वटा भिन्न संस्कृतीलाई तुलना गर्दा पक्कै अनामिकाजी को जस्तो अनुभव हुनु स्वभाविक हो। अनामिकाजी सधैं तन्नेरी रहनुस् भन्ने शुभकामना छ।:)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जनसाधारण

      अति राम्रो । धेरै पछि नेपाली भाषामा यती राम्रो लेख पढ्न पाएं । यी लेखिकाले जस्तै आफ्नो मनोभावना स्पस्ट र सरल भाषामा सबैले ब्यक्त गर्ने गरे सायद हाम्रो समाज अलि बढि बस्न योग्य हुन्थ्यो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • youtom/ca

      hello “KG” ji
      tyasto kura garera hudai nii
      aaba yaha usa ma nepal ma rati huna nasakne kura deusai college ma hunchha does that mean it is normal if i would do similar in Nepal. “des aanusar ko ves hunchha”
      i really appreciate aanamika ji’s feelings .
      ***********************************************************

      Hi aanamika ji
      tapai ko yo article dherai ramro lagyo dherai samaya sanga milne,ra dherai ramro(*****)
      but i feel as if i m reading some article that is transleted from other language
      but anyway it is excellent
      m satisfied hope others friends too
      keep it up
      hope we would get more from you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Munnabhai

      This article smacks of ageism. everyone becomes old one day.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JaVA Coffee House

      Anamika, Great! you have your own style and that is different from others. No matters what she says, you are young. I can feel that. you are beautiful, I can feel that. You are talent, everyone can see that.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khem Thapa (Afgn.)

      अनामिका जी को लेखन शैली स्रहानिय छ । सामाजिक कुप्रथा प्रती थोरै ब्यङ्ग्य, महिला उन्मुक्ती तथा स-शक्तिकरणदेखि लिएर सम बिकास सम्मका बिषयवस्तुहरु लाई समेटेर लेखन कलालाई तिखार्दै यो आजको प्रतिस्प्रधात्मक यन्त्रको युगमा पनि आफ्नो छुट्टै पहिचान् बनाउन सफल् हुनु भएकोमा म तपाई प्रति आभार् ब्यक्त नगरि रहन सक्दिन। साथै आफ्नो अन्तर्निहित् प्रतिभालाई अझ उजागर गर्दै लैजानु हुनेछ र आँउदा दिनहरुमा तपाइको अरु यस्तै वास्तबिक् समाजमा रहेका कथा, रचना हरु र आफ्नै जीवन् भोगाइको क्रममा बर्तमान् दिनचर्याहरु सङ्गै पाउनु भएका नौलो र रोचक् अनुभुतिहरु को सङ्गालोहरु फेरि फेरि पनि म लगायत् आफ्नो समाज् र देश् भन्दा धेरै टाढा रहेर आफ्नो जीवन् निर्वाह गरि रहेका नेपालि साथिहरुले पढ्ने अपेक्षा राख्न पाउनु पनि मेरो लागि अहो भाग्य नै हो भन्दा अतिस्योक्ति नहोला। सधैंभरि नेपालको राजनीतिक खिचातानी र घटना-दुर्घटनाको समाचारहरु बाट दिक्क भएका म जस्ता अन्य थुप्रै पाठकहरुको लागि तपाईंको यस्ता सामाजिक र वास्तबिक समाचार हरु ले अनुपम स्वाद र सन्तुस्टी दिनेछ भन्ने आशा राखेको छु । आशा अनि कामना छ, तपाईंका ती हातहरु निरन्तर सामाजिक बिसङ्गती प्रती र प्रेरणादायी समाचार सङ्कलन प्रती सधैं उन्मुख रहि रहनेछन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • C.M. Sapkota,Spain

      खै मैले कुरो बुझिन, किन तपाइ ले ति तन्नेरि सोच भयेकि बुढि बतासे लाइ, तपाइ पो आफ्नो उमेर ढल्क्यो, त्येसैले सबै लाइ से्क्सि देख्नु हुन्छ! म आफु नै येस्तो सेक्सि छु त अनि जुन तुन लाइ काहा सेक्सि देख्छु भन्नु भयन! अब हेर्नुस न, १ बुद्द को मुर्ति देखेर आखा चिम्लदा पनि,बुढि लाइ येस्ले भगबान सङग़ केटो नै मागि भन्ने लागेछ! मेरो हजुर आमा ले म सानो छ्दा भन्नु हुन्थ्यो! बादर बाट बिकास भयेका त तिनि हुन, हामि त भगबान ले सिर्जना गरेका हौ! हुन पनि यिनि हरु को चाला बादर को जस्तो नै हुन्छ! यिनि हरु को अफ्नो घर म पनि खुसि हुदैन अरु को म पनि हुन दिदैन!आफ्नो पोइ लाइ १ महिना खुसि राख्न सक्दैनन्, न छोराछोरि लाइ माया नै गरछ्न!अनि तपाइ लाइ त झन के को टेर्नु नि!
      अनि बाटो मा अरु को खुट्टा कुच्दै, खल्ति मा हात हालि सुसेलि हाल्दै हिड्न सिकेकि ले केको से्क्सि भन्न पनि नसिकेकि त!
      मैले पनि ११ बर्ष देखि यिनि हरु लाइ सिस्ट सन्ग खोइरो खन्ने गरेको छु, यिनि हरु को कहिले काहि को अनाबस्यक तडक भडक लाइ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विराज

      हैन यो infidel भन्ने जन्तुलाई किन अर्काको खेदो खन्नु परको होला? जुन पोस्टमा पनि यस्कै कमेन्ट देख्छु। यस्ताले अर्काको ब्लग किन पढ्नु नि? आफ्नै ब्लग लेख्नु र पढ्नु नि। अनि साच्चै, एउटा भिलेनको कमि थियो, त्यो पनि पुरा भयो। फर्मुलामा बनेकै फिलिम भए पनि हाम्लाई यही फिलिम मन पर्छ, तिमीनै बनाउन त off track वा art movie.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • justice

      Very nice article. I liked it very much. Anamika ji, you are beutiful no matter what people say. Nepali women are much more beautiful than any Kuire I have seen, I live in the US. She was just jealous of you. That’s a very typical character of white women, they enjoy putting people down. Don’t let Kuire discourage you of your modesty, ethics and integrety. You don’t wanna look like a white whore anyway.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kushal Gurung

      reallllly nice feeling… i like the way of the writing. After reading it, it made me too think about it… i guess we(youth) should think about what the woman is trying to pointing out. Its not only the time dat can make the one beauty and strongness but the one him/her self who really deserve for it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • infidel

      झगडा, गालीगलौच, कहिलेकाहीँ सस्पेन्स, कहिलेकाहीँभने (माओवादीका) गाना बजाना आदि इत्यादि कार्यहरुले यो ब्लगलाई एउटा हिन्दी/ नेपाली फिलिम जस्तै बनाकोथियो। अलि खट्किने कुराथियो फिलिम मा सेक्स अपिल को कमि। लौ उमेशजी त्यो पनि पुरा भयो अब । हिरौनीको फिल्ममा काम नभएपनि हिरौनीलाई चान्स दिनुभो, पुरानो फर्मुला अनुसार चल्नैपर्‍यो नि होइन ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kg,japan

      hello Anamika ji tapai yakchoti japan aunuhos,ani afnai aakhale hernu hos.yeha yesto kura haru simple ho.Nepal ma bhaye marne bela bhaiskinthiyo,but yeha60/70 barsa ko budi haru skirt,pant lagayera 30/35 barsa ko jasto dekhincha.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker