मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    टुँडिखेलमा राजा आएनन्, राजाको दशैं टीका बहिस्कार

    २०६३ असोज १३, शुक्रबार
    फूलपातीको बेला सेनाले टुँडिखेलमा गर्ने बढाइँमा परमाधिपतिका हैसियतले राजा र राजपरिवारका सदस्यहरु उपस्थित हुने परम्परा आज तोडिएको छ। संसदले परमाधिपति पद खारेज गरिसकेपछि राजा त्यहाँ नगएका हुन्। राजा नै नगएपछि अरु ‘जोकर’ बन्न किन जान्थे र ! बढाइँको परम्परा भने यथावत रह्यो। राजा त्यहाँ जाने कि नजाने भन्ने सम्बन्धमा हिजो साँझसम्म अन्यौल कायम थियो। यसैबीच, यस पटक प्रधानमन्त्री र मन्त्रीहरुले राजाको हातबाट दशैं टीका नलगाउने भएका छन्।

    यसअघि राजाको हातबाट प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुले टीका लगाउने गर्दथे। दशैंको बेला अरु समाचार नहुने भएकोले सञ्चारमाध्यमहरु त्यही दरबारको टीका समारोहलाई लामो समयसम्म देखाउने गर्थे। यस पटक भने त्यसो नहोला कि। बरु प्रधानसेनापति टीका लगाउन जाने हुन् कि हैनन् कुन्नि ! पहिलेका प्रधानसेनापति झैं ‘व्यक्तिगत हिसाबले’ जानु हुने पो हो कि ! आखिर उहाँको त पारिवारिक सम्बन्ध पनि छ। प्रधानसेनापति महेन्द्रका धर्मपुत्रका रुपमा चिनिन्छन्।

    राजाको हातबाट टीका नलगाउने जानकारी प्रधानमन्त्री कोइरालाले दशैं मनाउन गृहनगर विराटनगर पुग्नुभएपछि बताउनुभएको हो। उहाँ पाँच दिनसम्म त्यहीँ रहनु हुनेछ।

    दरबारले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम के गर्ने भन्ने बारेमा अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन। पोहोरपरार भए पत्रिकामा टीका कार्यक्रमसम्बन्धी विज्ञापन प्रकाशित भइसकेका हुन्थे। तर यसपटक त्यसो भएको छैन।

    सत्चित शमशेरले पनि टीका नलगाउने
    यस पटक दरबारका दाहिने हातका रुपमा चर्चामा आउने गरेका सत्चित शमशेरले पनि राजाको हातबाट टीका नलगाउने भएका छन्। किनभने उनी आज नेपाल छाडेर सिङ्गापुर उडिसकेका छन्। शाही नेपाल वायुसेवा निगमको मलेसिया हुँदै सिङ्गापुर जाने उडानबाट उनी त्यता गएका हुन्।

    जनआन्दोलनमा भएको दमनमा हात भएको भन्दै रायमाझी आयोगले बयान लिइसकेका सत्चित शमशेरलाई विमानस्थलमा रोक्ने प्रयास गरिएको थियो। तर गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पठाइदिए हुन्छ भनी हरियो झण्डा देखाएपछि उनी बिना रोकटोक सिङ्गापुर लागेका हुन्। सिङ्गापुर जानुको कारण भने थाहा हुन सकेको छैन।

    जनआन्दोलनका बेला र राजाको प्रत्यक्ष शासनका बेला उनले पटक-पटक दल र माअ‍ोवादीलाई एकै कित्तामा राखेर व्यवहार गर्ने धम्की दिँदै आएका थिए।

    No related posts.

    27 comments to टुँडिखेलमा राजा आएनन्, राजाको दशैं टीका बहिस्कार

    • BB

      “हामीलाइ कसैको हतियार राम्रो लाग्दैन । आफ्नो दुईहाता को मेहनत गरी २ छाक पेट भरि खान र रातिमा आरम सँग सुत्न पाइयोस्” यो चाहना मेरो मात्र नभएर ९९% नेपाली जनता को हुनुपर्दछ । हो आहिले यो चाहना को सब्भन्दा ठुलो बाधक माओवादीको हतियार नै हो । जस्ले ति घातक हतियारको समर्थन् गर्छ त्यो शन्तिको दुस्मन् हो, नेपलिको दुस्मन् हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karmarana

      हैन ए आयुध,
      कति बेचैन भएको तिमी ? कहिले राजालाई टुँडिखेल जाउ भन्छौ, कहिले मन्त्र पढ्छौं, कहिले माउवादी भयौ भन्छौ-

      तिमी किन यस्तो विधि हतियारको पछि लागेको ? माउवादीले हतियार छाड्दैमा देशको विकास हुन्छ ? राजनीतिक समस्या समाधान नभएसम्म यस्तो हतियार अरुले उठाउँदैनन् भनेर तिमी ग्यारेण्टी गर्न सक्छौ ?

      हतियारको कुरा गर्दा तिमीले तिम्रै मन्त्रमा रहेको दशरथको छोरा रामले उठाएको हतियारको पनि विरोध गर न त । पृथ्वीनारायण शाहले उठाएको हतियारको विरोध गर । काँग्रेसले उठाएको हतियारको गर । एमालेले उठाएको गर । दरबारमार्गको प्रहरी चौकी घेर्ने सेनाको हतियारको पनि गर । मानव वधशाला भैरवनाथ गणको हतियारको पनि विरोध गर ।

      हतियार उठाउनु राम्रो हैन । तर एउटा पक्षको हतियारको मात्र विरोध गर्नु पनि राम्रो हैन । मलाई माअ‍ोवादी आरोप लगाउने तिमीलाई स्वतन्त्रता छ । तर तिमीले हेरेका भए याद गरेका हौलाउ मैले आफ्ना कमेन्टमा हरेक हतियारको विरोध गरेको छु- राजाको सेना र माअ‍ोवादीको लालसेना दुवै चाहिँदैन भनेको छु । तिमी मूढले के बुझ्छौ यो कुरा । अपरेसन दत्तात्रेयका मान्छेहरुले आफ्नो विचारविरोधी सबैलाई माअ‍ोवादी ‘आतंककारी’ मात्र देख्छ ।

      माअ‍ोवादी अतिवादी हो भने तिमी जस्तो माअ‍ोवादीलाई जंगलमै खेदेर अझ युध्द गर्नु पर्छ भन्नेहरु पनि अतिवादी हौ । हामीहरुलाई दुवै थरिका अतिवादी चाहिन्नन् । हामीलाई सुन्दर शान्त नेपाल चाहिन्छ । तिमी जस्तो तिम्रो विचारमा अलिकति सहमत नहुने बित्तिकै सिधै तँमा झर्नेलाई मैले यो सभ्य भाषाको प्रयोग गरेको हुँ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Durga uk

      dhurba ji
      hamro saskarmata jutta mathi dhogna didainan–khai kahako saskriti dinchhan ra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Udeep

      ooey karmarana jee,
      aafno man ma lageko kura bhannu Wakswatatantra ho,binabithha ma aarka lai gali garne aadhikar tapailai kasle diyo? kasaile bhaneko thik lagena bhane tarka dinus ra samjhauna koshis garnus.

      Jaha samma Maobadi ko kura cha, hamra saathi bhai haru le bhaneko kura haru jayaz cha. Santipurna dhanga le Samaj ko bikash chahane Maobado haru kamai chan. “30,000 Nepali ko jyan gayisake pachi pani tapai shanti ko bato kina aapnauna chahanu hunna” bhanera sodhda “Sansar ma tyesto kun thulo Kranti cha ra Jasma Janatale ragat nabagayeka hun” bhanne jawaf maile pani dherai suneko hun. Janta kai ragat bagayera lyune kranti Aadim Manasikta ho, yo samayanukul chaina. Ra samayako dhara sangai aafulai rupantaran garna nasakne bichardhara hamro samajko uuthan ra bikash ko lagi aakhai pratikul hunch jasto malai lagcha.
      Dhruba jee le thik bhannu bho, rajale ghuda teki sake, janatko jeet bho, bas finished. aaba naya challenge ko samana garne ki tyai purai kurako damfu bajaune???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bumpy

      Now katwal’s era is strarted from the Tundikhel.Let us see the real banduke sasan. We people gave him cindrella chance im afraid if im not wrong?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • श्याम कुमार श्रेष्ठ

      “टुँडिखेलमा भुतपुर्ब प्रधानमन्त्री आएनन,
      भुतपुर्ब प्रधानमन्त्रीको हातबाट टिका बहिस्कार”

      मैले तपाईको लेख “टुँडिखेलमा राजा गएनन,राजाको दशैं टिका बहिस्कार” पढेँ, साथै कमेन्ट पनि, दुबै तर्फको कमेन्ट सान्दर्भिक लाग्यो ,तर सबैको एउटै गल्ति, त्यसमा गल्ति तपाईको पनि छ,

      तपाईले ज्ञानेन्द्रलाई किन राजा, राजा भनिरहनु भएको ,जबकी हामी सबैले यो देशमा राजा नै छैन भनिसक्यौ,, को राजा, कोहि पनि छैन अब यो देशमा राजा भन्ने जन्तु,

      अब ज्ञानेन्द्रको नाम आगाडी राजा राख्नुको केहि औचित्य छैन किनकी उसले एक फेर मन्त्रीमण्डलको कार्यभर समालिसकेको छ,तेसैले ज्ञानेन्द्र अब कि त “भुतपुर्ब, प्रधानमन्त्री” हो, कि त जनता

      कृपया अब आइन्दा बल्गको शिर्षक राख्दा वा कमेन्ट लेख्दा, राजा ज्ञानेन्द्र होइन कि भुतपुर्ब प्रधानमन्त्री ज्ञानेन्द्र भनियोस्!!

      अर्को कुरा प्रचण्डलाई “राष्ट्रपति” बनाउँदैमा अहिलेको स्थितीमा सुधार हुन्छ भनेर भन्न सकिन्छ र !!

      सबै एक से एक छन यहाँ

      देश प्रेमि

      जये देश, जये नेपाल

      नमस्तेनेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आयुध

      ‘म’ माओवादी प्रशंसक बनेको घोषणा; ( माओवादीको आलोचना गर्दा मण्डले भइएको हुँदा , आत्मालोचना गर्दै म आज देखि घोर माओवादी प्रशंसक बनेको छु ।)

      हो हो राजा कै बारेमा लेखिरहनु पर्छ , त्यो ज्ञानेन्द्रेलाई छोड्नु हुन्न है साथी हो ।
      त्यो दुला पसेको ज्ञाने , गिरिजा र काजु कान्छाको छाला तार्नु पर्छ त्यति गरेपछि लोकतन्त्र आइहाल्छ ।

      माओवादीको लूट र अपहरण त विरोधिले गरेको प्रचार मात्र हो । देसमा अहिले रामराज्य चलिरहेको छ अलि अलि जोरजुलुम त पार्टीहरु र पुरानो सत्ताका पुलिस र आर्मिले मात्र गरिरहेका हुन । माओवादीलाई त जनतासंग भएको थेरथोर रुपैयाँ र खाद्यान्न जनताले तँछाड मछाड गरि दिन र ख्वाउन आतुर भइरहेको देखिएको छ जतासुकै । यस्तो स्वस्फूर्तता नेपालमा जनताले कसैलाई देखाएकै छैनन।
      त्यो एक दुइजनालाई भिरबाट गुल्टाएर मारेको, छाला तारेको वा हिरासतमा मारेको घटनाको चर्चा जुन छापाहरुले गरेका छन त्यसमा अमेरिकाको षडयन्त्र छ । त्यस्ता एक दुई जनालाई गुल्ट्यउँदैमा देशमा जनताको खाँचो पर्ने त हैन । माओवादी विरोधी पनि कहीँ जनता हुन्छ ? ‘सबै जनता माओवादी र सबै माओवादी जनता’ भन्ने मूल कुरालाई आत्मसात गर्दै देशमा वाँच्ने प्रयास गरौँ।

      माओवादीका लडाकू र हतियारको किन चिन्ता गर्ने नि , सक्छौ भने आ-आफ्ना सेना बनाओ न । त्यो हतियार खोस्ने कुरा गरेपछि , हामीलाई रिस उठ्दैन ? हतियार नै नबोकेको पनि माओवादी हुन्छ त ? अनि हतियार नभए कस्ले टेर्छ हामीलाई ?
      त्यसैले धेरै माओवादीको विरोध गर्दै बकबक नगर्नु हैन भने जनकारवाही मा परौला , करौँतीको फेला परौला नि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tenzing Sherpa

      Hello Umesh ji… Well I do respect the festival Dashain..and whatevhe has had happened yesterday at Tundikhel its the positive sign that King is under the control of present constituion.And three cheers for the people of Nepal for their bravery,…but beside Umesh ji if you read this thread then there is a web site called http://www.gorkhaexpress.com.np

      I dunno who is running this web site… I was too fired coz it says it is truly belongs to ths King and its hanumans.
      And I read some articles that Loktantara is just to foolish the people coz some certtain person like to enjoy the power in Nepal thats why it says Loktantra is fooling the people of Nepal.
      I think we should convence the site owner..but no email add was there..
      Incase if we are able to find out then we’ll convence him and tell him why freedom is necessary for the JANTA..
      but he must be a DURBAR”S exteremist CHAMCHA..so yasto maanchhe lai convence garaunlai ta Sachchit Samsherlai jastai Lainchaur ma dulai diye jasati garnu parla jasto chha..ani TIKA thhapna lai Singapore tira TAAP dinu parchha..
      Pls do write some against articles on that crazy web site…
      LOKTANTRA ZINDAABAAD

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • a SATHIHARU, “oralo lageko mirgalai bachha le pani lakhetchha ” bhanne nepali ukhan ta sabailai thaha chha kina rajalai yesari tapai hahru le khednu bhayeko ho ? . Raja ta nepalko yeuta itihas ho ni, tapaiharu biswas garnu hunchh ? m.b. sathi harule kehi chamatkar hamro nepal ma gare bhane dhekhlan nepali janatale . 15 barsa agadiko samajic , suraksha kaha pugeko chha ? aja kunai nepali surakshit chhaina . hamra mb sathi haru ta lutare sittaima khana palke ka chhan ani janamukti sena lai palan poshan bhanchhan . hoina kaslai chahikochha tyo sena ? ke nepal rajya sita sena chhaina ? sena ta rajya sanga hunchha, yo kasto sena HO ? kanoon hatma liyera je payo tyahi garne ? hami nepali sansar kai abhagi rahechhau .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • infidel

      लामा, विदेशमा बसेको होस् या स्वदेशी मोमोचा खाएर बसेको होस् न त तिमीलाई थाहा छ , न त अरु कसैलाई । बिनाकाममा तिमी पहिला तीन हात उफ्रने बानी त्यागिदेउ अनि बल्ल अर्काको उफ्राइँको बारेमा गुनासो पोख। तिम्रो तीन हात होइन कि दश हाते उफ्र्याइँ हेर्न धेरै अघिपनि जानु पर्दैन, यसो एकदुई दिन अगाडिका कमेन्टहरु हेरेपुग्छ।

      समाचार संयन्त्रताको कुरोले तिमीलाई किन यसरी टाउको दुखाएको ? पर्दैन मेरा बाउ आमाका समाचार लेख्नकालागि, धन्यवाद, तर ज्ञानेन्द्रले टीका लगायो लगाएन, कोमलले खुट्टा ढोगिन् ढोगिनन् , तिम्रालागि समाचार यहि हो? तिमी यसमा नै रमाउने ? रमाउने हो भने रमाउँदै गर, भन्नु केहिपनि छैन। काम न काजसँग यो मु** मंडले भनेर आरोप लाउँछौ भने लाउँदै गर, तिम्रो कुरा र हाम्रा कासीराम सर का कुनि के एउटै हुन्, के को ठ्याँसठ्याँस ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Indira

      चोक्टा खान गएको माइलो झोलमा डुबेर मरो
      देखिस् त मण्डलेहरु ।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karmarana

      यो कुराले मण्डले र मण्डलेप्रवृत्तिका मानिसहरुलाई चोट पारेर रन्थनिएका कमेन्टहरु पढ्न पाउँदा हाँसो लाग्यो । प्रकाशेलाई राजा टुँडिखेलमा गएनन् भन्दा पनि माअ‍ोवादी कै खेदो खन्ने खबर चाहिएछ । इन्फिडेललाई चाहिँ पत्रकारदेखि रिस उठेछ । हन भएको कुराको खबर नलेखेर तिम्रो बाउआमाको खबर लेख्छ त ? राजाको लेख्दैमा किन रिस हो यसलाई ? राजा टुँडिखेलमा गएनन् भनेर नलेखेको भए तिमी विदेशमा बस्नेलाई कसरी थाहा हुन्थ्यो ? जेमा पनि तीन हात उफ्रेर आलोचना नै गर्नुपर्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • (टुँडिखेलमा राजा आएनन्, राजाको दशैं टीका बहिस्कार)के यो कुरा नेपालीहरुले बहिस्कार गरेका हुन ? ,कि राजा आऊनु पर्ने आएनन . राजालाइ त सन्सद्ले जे गर्नु छ गरीरहेको छ र गरीनैरहने छ तर भलादमि बन्दै गैरहेको एम.बि हरु चाहि किन नेपाली जनताहरुको कुरा बुज्दैनन के मेरो गोरुको बाह्र ट्काको बोलीले नेपाली समाजको बिकाश हुन्छ ?? के हतियार लिएर चुनाबमा जान मिल्छ? र मिल्छ भने अरु पार्टिले आफ्नो सेना तैयार गर्नु पर्ने होइन ? .(नेपाली जनता वा जन)शब्द के एम हरुको पेवा हो जो आफ्नो आर्मि र समर्थकहरु मात्रै जन वा जनता हुने ??अरु भनेको सब मण्डले ??? र नेपाली मिडीयाले किन एम.बिहरुको गल्तीहरु केलाउदैन कहि प्रचण्ड@हटमेईल.कम बाट
      धम्कि त आएको छैन,कि नेपाली प्रेसलाइ एम बिहरुको नोटले किन्यो ?? राजा बिनाको नेपाल आज नेपालीहरुको चहाना हो तर विकल्प श्री ६ प्रचण्ड होइन !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • infidel

      नेपालीहरु एकदमै कमलो मनका हुन्छन्, इतिहास साक्षी छ । हिजो भएका अन्याय र अत्याचारहरुलाई बिर्सेर ती अन्यायी र अत्याचारीहरुलाई अहिले बिचरा भन्नपनि नेपालीहरुपछि पर्दैनन्। माथि ध्रुवजीले भन्नुभएका कुराहरु अलि गहिरेर सोचौं, त्यसमा सत्यता बाहेक केहि लुकेको छैन। प्रजातन्त्रको पुनर्वहालीको निम्ति गरिएको आन्दोलनले राजालाई प्रजातन्त्रविरोधी ठम्याएर निर्णय गरिसक्यो । चोक्टा खान गएको ज्ञानेन्द्र झोलमा पौडिंदै छ , डुब्ननै लागिसक्यो। तर नेपाली जनता र जनताको मनसायलाई बुझ्ने होइन भने भोलि यहि ज्ञानेन्द्रलाई झोलबाट निकाल्ने पनि यहि जनता हुन जान्छन्।

      राजा नमान्ने, राजालाई चोर हत्यारा पनि भन्ने, अनि फेरी अहिले आएर राजालाई नै एउटा सेलेब्रिटी जस्तो बनाएर जे को बारेमा पनि समाचार बनाउनुमा भोलि कसलाई फाइदा हुने हो, त्यो त हाम्रा पत्रकारहरुले नबुझेकाहुन् कि के हो थाहा पाइएन। घुँडा टेकेको मान्छेको हाँसो उडाएर साधारण जनमानसमा उ प्रति सहानभुतिका भाव उब्जाउनु का साटो अरु केही कुरामा पत्रकारहरुले ध्यान केन्द्रित गरे अलि राम्रो हुन्थ्यो होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Avasha

      बल्ल भने टिकाको दिन फुर्सत मिल्यो, अब बोतल खाली गर्छु भनि सोचेको पो छनकी हाम्रा नराम्रा राजाले, बोतल खाली गर्नलाइ रोकछैन है !
      From Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luitel

      I am totally satisfied with Dhrubaji’s comment. I wonder why we are wasting time blaming against the king who is already inside the wall of the palace. We should focus on Maobadi and Khaobadi now. The Maoists are demanding such things which are impossible. They just want to come to power by their military show off. We don’t want Nepal to be Somalia or Afganishtan because of them. We should fight back for the existence of our country NEPAL. Long live NEPAL. GOD BLESS US.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      I totally agree with the words of Dhruba jee.

      There are still people around who are religiously faithful to king. I am not supporter of the king but frankly saying he has still his followers (beside mandale and chamche)and we must respect the feelings of those people in democracy. Let them go and take tika and I don’t see any problem.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      I think we have more serious business then just poking at the rotten things. You seem to be only focused on king. I am not sure what ideology you follow. But in my view at moment maoist are more dangerous for peaceful nepal then king. Why don’t you raise voice and blog against the suffering of people from maoist. Don’t you feel what they are doing is more torture? When I see you running behind king, then i feel like western journalist running behind Paris Hilton who is nothing but a whore.

      Common use your this meaningful blog for some meaningful things. Raise people’s voice and their problem. If you don’t have guts to raise voice against maoist torture then I have nothing to say. I thought you are one of the journalist who is voice of people but these days I feel that I might have made big expectation from you. Now I am coming to feel that you are the average journalist.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Miracle

      100% right Dhruba Jee !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhruba

      राजाले घुँडा टेकिसक्यो । अब फेरी फेरी खिल्ली उडाएर आफुलाई ठुलो गणतन्त्रबादी भनेर देखाउनुको सट्टा अहिले माओवादी ले गरेको अत्याचार, सरकारको लाचारपनको बारेमा लेख्ने आँट् गर्नु पर्‍यो । टिका थाप्न पहिले पनि जबार्जस्ति थिएन । कोही चाकडी गर्न जान्थे (आजकै नेता हरु), कोही ईच्छाले!
      परिस्थिती आज पनि बिशम नै छ । लुट्न छोडेको छैन, मार्न छोडेको छैन, चन्दा आतंक बढेको छ, थर्काइ थर्काइ वार्तामा बसेको छ अनि नेपाल सरकारको त के कुरा गर्नु???????
      राजाले सजाए पाई सक्यो, ईतिहास भैसक्यो । जे भो, राम्रै भो । रानी ले राजाको खुट्टा धोग्यो भन्दैमा हास्नु पर्ने केही छैन । ठीक भनौ वा गलत् भनौ, हाम्रो सन्स्कार मरेको छैन ।
      दरबारको बारेमा लेखेर समय बर्बाद नगरुँ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BK Kaini

      It’s something positive……………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nirapeksha

      Je bhayo ramro bhayo. Ajai herna banki chha Police , armi ra uchcha padasta byaktiharu k garchhan.Sabai bhanda ramro sarakarle nai tika karyakram darbarbata Aru nagarikle lagauna kunai badhyata chhaina bhanera ghosana garidiya ajhai ramro hunethiyo.Dashain ko tika ta afna manyajan haru bata lagai asirbad line ho na ki rajako hat nidharma chhoyako photo khiune.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ya Umesh Ji
      Samachar pada ramro lagyo… Nepali haru ko mahan chad lay aauta naya kam ko suru garyo…yeo 21 satabdi ho ra hame purana galti dorawona chahadai nau…jaslay goli hannay aadyas diyo tesko hatko tika bata lamo aayou ko kamana !!!! HAHAHA…

      aaba yeo kura bata sabai lay bujnu parcha hamro desh ma aaba Raja chaidai na…aaba assal des banawona cha ..ramro neta haru ko khacho cha… bharu yeo dashain ma nepal ka Mowobadi lay chai kashari manawocha ne? aani Dharmaniripachya Rastha bhanchan… kasto gariigarda raichan ta… news post garnu hai..hame pani padhu…

      J hos sabai lai Dashain ko suvakamana… Desh ma santi chowosh… Jay Nepal..Jaya Janta…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luitel S

      Girija and the team not going for the tika in the palace do not make any sense. It is like the new five rupees note without mention of “Shree Panch Ko Sarkar” but has the picture of the king with crown. It is just a show. Girija and the team have already started to build the stage for the King’s return by supporting the title “Ceremonial King”. The only difference will be this time is that the privileged section of the society will share the power with the King. The main section of the population who has suffered for so long will get nothing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bahadur

      राजा लाई धेरै महत्त्तो दिनु हुँदैन । यस लाई छिटो भन्दा
      छिटो जनता सरह बनाउनु पर्छ । सक्दछ भने
      चुनाव जितेर प्रधान मन्त्री बनोस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sagun chalise

      Girijababu lae pahilo patak ramro kaam gareka jasto lagyo durbar ma tika launa nagayaera, aru chamcha haru lae kae garnae huun.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anal Prasad Gautam

      Tika!! or ashirbad!!, these two words are popular amongst Nepalis especailly in Dashain, so far the question of receiving it from seniors is our tradition, need less to say, Janata are the senior most at the moment, so better King should visit the most elderly ba or ama in the town and receive tika from him/her. No matter if someone wants to receive tika from the king as used to be in the past, s/he can go freely cause in democracy king also has right to give tika to his men and women.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker