मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    यस्तो चालाले प्रहरीले कसरी जनविश्वास पाउँछ ?

    २०६३ असोज १४, शनिबार
    दशैंको बेला फेरि एउटा नराम्रो खबर आयो। केही दिनदेखि सनसनी मच्चाइरहेको, सडकदेखि सदनसम्म आवाज उठिरहेको कोटेश्वरका अपहरित बालक विवेक शर्मा लुँइटेलको शव आज बिहान फेला परेछ। विभत्स शव। टाउको अलग पारेर हत्या गरिएको रहेछ। खबर जति नराम्रो छ, त्यससँगै जोडिएको अपराधीलाई राजनीतिक संरक्षण र त्यसका अगाडि प्रहरी प्रशासन लाचार र निरीह बनेको तथ्य बुझ्दा झनै वितृष्णा जाग्छ। यस्तो किसिमले कसरी प्रहरीले जनविश्वास पाउँछ ? कोही छैन प्रहरीमा त्यस्ता साहसी अधिकारी, मलाई राजनीतिक दबाब आयो भन्दै सबै कुरा सार्वजनिक गरेर जनताको माया पाउन चाहने ?

    शव भेटिएपछि उपत्यका प्रहरीले आज हतारमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। अष्टमीको दिन पत्रकार सम्मेलन गर्नुलाई पनि केहीले शंकाको दृष्टिले हेरेका छन्। किनभने भोलिदेखि त अधिकांश पत्रिकाहरु बन्द हुँदैछन्।

    आठ वर्षका विवेक शर्मा लुँइटेलको भदौ २४ गते कोटेश्वरस्थित उनकै निवासबाट अपहरण भएको थियो। त्यसमा संलग्न केही अपराधीलाई स्थानीय जनताले पक्रेर पहिले नै प्रहरीलाई बुझाइसकेको थियो। तर अपहरित बालकको भने प्रहरीले पत्ता लगाउन सकेको थिएन।

    यसैबीचमा पप्पु मण्डल नामका एक अपराधी भर्खरै गिरफ्तार परे र उनकै बयानका आधारमा आज प्रहरीले सर्च गर्दा बिहान ८ बजे चाबहिलको धोबिखोला किनारमा लाश फेला परेको हो। उनको शवभन्दा ९९ फिट टाढा टाउको फेला परेको थियो।

    आज गरिएको पत्रकार सम्मेलनका अनुसार अपहरण गरिएको दिन नै हत्या गरिएको अनुसन्धानले देखाएको छ। अनुसन्धानमा अपहरण फिरौतिको रकम माग्न गरिएको देखाएको छ। तर बिहान ७ बजे अपहरण गरी नौ बजेभित्र नै हत्या गर्नुले घटनालाई थप रहस्यमय बनाउँदैन र ? फिरौतिको रकम माग्न अपहरण गरिएको भए किन हत्या गरिन्थ्यो ? किन परिवारलाई सम्पर्क गरी फिरौतिको रकम मागिएन ? किन डोरीले बाँधेर त्यस अबोध बालकको निर्मम हत्या गरियो ?

    प्रहरीको पत्रकार सम्मेलन हंगामा मच्चाएर बिना निश्कर्ष टुं‍गिएछ। प्रहरीले आयोजना गरेको कुनै पनि पत्रकार सम्मेलन अहिलेसम्म यस्तो भएको थिएन भनिन्छ। पत्रकार सम्मेलनमा घटनाका बारेमा अनुसन्धान गर्न बनेको समितिका प्रमुख एसएसपी अर्जुनजङ शाहीले प्रश्नको सीधा जवाफ नदिई ‘अनुसन्धान जारी छ’ भन्दै हचुवा जवाफ दिएर टार्न मात्रै खोजेछन्।

    केही पत्रकारहरुले अभियुक्तहरुलाई पत्रकार सम्मेलनभन्दा पहिले नै सोध्दा पटिनी लामा नाम गरेकी एक आइमाइको घरबाट हतियार ल्याएर हत्या गरेको भनी घटनामा पटिनी लामाको पनि संलग्नता रहेको बयान दिए पनि पत्रकार सम्मेलनमा भने लामाको संलग्नताका बारेमा केही पनि उल्लेख गरिएनछ। विवेकका छिमेकी र पत्रकारहरुले पटक-पटक यस बारेमा प्रश्न उठाउँदा पनि प्रहरीले भने आलटाल नै गरिरह्यो र लामालाई चोख्याउने प्रयास गरिरह्यो। अन्ततः बीचैमा पत्रकार सम्मेलन स्थगित गरेर शाही हिँडेछन्।

    किन त यसो गरिएको ? किन भने नेपालको ब्युरोक्रेसीसित लामाको गहिरो सम्बन्ध छ। राजनीतिक संरक्षण यसको कारण हो। विवेककी आमाले अस्ति एउटा एफएमलाई अन्तर्वार्ता दिँदा अभियुक्तहरुलाई जनता र नागरिकहरु मिली पक्रन जाँदा गृहमन्त्री कृष्णप्रसाद सिटौलाका निजी सचिवले प्रहरीलाई फोन गरेर नपक्रन आदेश दिएको जानकारी दिनुभएको थियो। त्यतिबेला उपत्यका प्रहरी प्रमुखले भनेका थिए- कुनै राजनीतिक दबाब छैन, ढुक्क हुनुस्। मलाई कता-कता विश्वास लागेको थियो उनको त्यो भनाईमा। तर, आज जसरी पटिनी लामालाई प्रहरीले बचाउने प्रयास गरेको सुनेँ, त्यसपछि भने दिक्क लाग्यो अपराधलाई संरक्षण गर्ने राजनीतिक पक्ष र त्यसको दबाबका सामु लाचार बन्ने प्रहरी प्रशासन देखेर।

    यो मुद्दामा गृहमन्त्रीको समेत संलग्नता भएको भनी सांसदहरुले गृहमन्त्रीको राजीनामाको मागसमेत गरिसकेका छन्। अभियुक्तहरुलाई पक्रिसक्दा पनि बालकको पत्ता लगाउन नसकेको भनी पटक-पटक काठमाडौंमा चक्काजाम र विरोध प्रदर्शन भइसकेका थिए। शायद त्यसैलाई हेरेर होला, दशैंको मुखमा यस्ता कुरा सार्वजनिक गरिएको।

    प्रहरीले बुझ्नुपर्छ, राजनीतिक दबाबका अगाडि झुक्नुको सट्टा आफ्नो स्वाभिमान जोगाएर जनतासामु जानु धेरै राम्रो हुन्छ। आठ वर्षका विवेकको निर्दोष अनुहारलाई हेरेर पनि उनीहरुले त्यसो गर्नुपर्ने हो। ती कलिला बालकको कति कठोर रुपमा हत्या गरिएको ! उ प्रहरीकै कोही अधिकारीका पुत्र भइदिएको भए वा उच्चपदस्थहरुका पुत्र भइदिएको भए के हुन्थ्यो होला त ?

    यो घटनाको वास्तविकता जतिसक्दो छिटो आअ‍ोस् र दोषी जोसुकै भए पनि उनीहरुलाई कारबाही होस्। तिनलाई कारबाहीबाट रोक्न राजनीतिक दबाब दिनेहरुको पनि पर्दाफास होस् अनि उनीहरुलाई पनि दण्डित गरियोस्- यही कामना।
    [माथि सागर श्रेष्ठको फोटोमा विवेकलाई छिटो खोज्न केही दिन अगाडि भएको दबाब र्‍यालि]

    No related posts.

    38 comments to यस्तो चालाले प्रहरीले कसरी जनविश्वास पाउँछ ?

    • sushant shrestha

      This is a damn serious crime. curprits should be immediately punished as per the rule of law. other wise impunity gets fostered and such inhumane crime gets encouraged.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डिल्लि

      यो जघन्य अपराध गर्ने अपराधिलाई नेपाल सरकारले त के नै सजाय देला र! निर्दोष वालकको हत्यारालाई ईश्वरले कहिल्यै माफ नगरुन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मृत आत्माको चिर सन्तिको कमना गर्दै हत्यारा हरुलाई कडा भन्दा कडा कर्वाई होस्

      दीपक राना
      दोहा कतार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aanjaan

      hey gadha karma ,
      tero bachcha bibek bhaya ko bhaya tan gadha k garthish ni , tai po ho ki hatyara ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • My condolence to family,

      If government officials are involved with any degree of such a henious crime, they must be punished and if we have so many witnesses why is law inforcement doing such negligence?

      What is Girija’s response to this crime? He is the ultimate person at this time. Is he impotent with his authority or simply corrupted and afraid?
      There will be no peace in the country if injustices and lawlessness prevails. For peace to prevail, all criminals including Gane, Paras, Pampu Mandal and so on must be brought to the due process of law and put them behind the bar. So long as we give protection and freedom to all criminals and sociopsychopath, there will be no peace in the society.

      Girija babu you are politically impotent and incompetent senior citizen, your central nervous system and brain has been increasingly becoming small from aging, you have lost common sense and sensibility.
      Girija Babu, it’s time for you to join senior center retirement community. There are very many competent cadres in your own party to replace you and do a better job.

      Peace, prosperity, pleuralism, rule of law, Republic of Nepal are every Nepali’s dream. If we take a national poll, 95% of the Nepali living in Nepal and elsewhere will agree with Republic of Nepal and end of monarchy.
      My deep condolences to the family of little boy Bibek Sharma whose life has been so brutly taken away.
      How can we have peace in the country when so called politicians are giving protection to criminals.

      Thank you Umesji for bringing news from Nepal please be careful with your safety. You are doing great job.

      Everest Poudel, San Francisco, CA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thuldai

      SOUL OF bibak will Follow and culprit will be catched pretty soon. You will see soon.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kareena

      its really sad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kareena!

      is this a story of nepal m hearing about ,i jus don believe my ears.yesto khabar ta,india ko bihar ko barem sunda,kasto thau,hamro nepal ma ta atleast yesto hudina jasto lagthyo tara……….but again past lai herda ra maiost haruko activities samjinda,yesto incident haru nepal ma hunu natural ho because country nai jayanmara haruko haath ma cha!
      HEARTFELT CONDOLENCE ANYWAYs!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gorkhaligurung

      नेपाल् ले अमेरिका सङ लडाइ गर्न सक्छ? भारत सङ लड्न सक्छ? नेपाल का १००% जनता, बुडा, बुडि, बच्चा बच्चि लगायत दुधे आमा लाइ समेत मान्छे मार्ने अपहरण गर्ने मिलिशिया तालिम दिलाइनु पर्छ्, अनि नेपाल स्विजर्ल्याण्ड हुन्छ, कसो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bideshi

      कर्मलामाजी तपाईलाई जीवनमा बीबेक हत्या जस्तो सहन नपरोस . तर भावनालाई बुझ्न कतीपए तपाई जस्ता मानीसलाई आफैले भोग्नु जरुरी हुन्छ, जस्तो लाग्छ. जाबो फुच्चेको समाचार भनेर सम्पुर्ण शुभचिन्तकहरुको अपमान तपाईले गर्नु भएको छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सैबुले ठिटो

      स्वर्गिय भाइ विवेक को बारेमा समाचार र साथमा साथिहरुले लेख्नुभएको प्रतिक्रियाहरु पढें| तर केहि साथिहरुले लेख्नुभएको छ कि “मर्नु मरिहाल्यो र मार्नेले मारिहल्यो अब बित्थामा किन जनतालाई दु:ख दिने गरि जुलुस निकालि रहेको हो|” अचम्म लाग्यो मलाई कि उहाँहरुले यस्तो चित्त दुख्दो प्रतिक्रिया किन दिनुभयो| उहाँहरु पनि त नेपालीनै हुनु होला नि कि होइन? नेपालिनै भए हत्याराहरुको बिरोध गरेको किन नबुझ्नु भएको हो? कि बुझेर पनि बुझ पचाउनु भएको हो? राजनैतिक टाउकेको आडमा आज विवेक को हत्या भयो, भोलि अर्को , पर्सि अर्को, गर्दा गर्दै एक दिन आफ्नै पनि त पालो आउन सक्छ भन्ने कुरा उहाँहरुले शाएद सोच्नु भएन होला र त्यस्तो प्रतिक्रिया दिनु भयो| यो उहाँहरुको गलत सोच को परिणाम हो|
      पूरा एक महिना सडकमा उत्रेर, लाठि, अश्रु ग्याँस सहेर र कतिले त आफ्नो ज्यान पनि दिएर, राजतन्त्र पाखा लगाई लोकतन्त्र ल्याएको र यी टाउकेहरुलाई सत्ता हस्तान्तरण गरेको यहि दिन देख्नलाई हो? अपराधिहरुलाई आड दिई जसले गर्दा आज सत्ता पाइएको छ उनिहरुलाई नै दबाउन, शोषण गर्न, दु:ख दिनलाई यी टाउकेहरुलाई अलि कति पनि लाज शरम भएन? धेरै दु:ख लाख्दो समाचार सुन्नु पर्यो| अब त कहिले काहिँ लग्छ कि यो लोकतन्त्र नआएकै ठिक थियो| नाम मात्र को लोकतन्त्र छ| जनताले दु:ख पाएको पाऐ छन्| तर यी टाउके भने मोटाएको मोटाएकै छन्, जनता माथि मनमानि गरेका गरै छन्| खोइ यो देशको उभो कहिले लाग्ने हो कुन्नि,……………? पहिले राजतन्त्रले देश डुबाएको थियो भने अहिले लोकतन्त्रले त्यहि काम सुरु गरेको छ| तब के फरक भयो त राजतन्त्र र लोकतन्त्रमा? के का लागि हामिले लोकतन्त्र ल्याएका हौं?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aparadh chahe tyo griha mantriko chhorale gareko bhaye pani kathgharama ubhyaunu parchha dosilai sajaya dinai parchha. sarkarle nasake nam tokera janta samu bhannu parchha raja lai ta taha laune janta le ti aparadhi lai ek chutkima taha lagauchhan bujhnu bhayo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपालीजेठा

      Sad news… Omen..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna baskota

      this very sad news.those person who is responsible in that case police must be send them jail. if police can take right action then another case will not be happen.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • २०४६ सालको जन आन्दोलनमा भक्तपुरमा शान्तिपूर्ण आन आन्दोलनकारी माथि अन्धा धुन्द गोली चलाउने मुख्य दोशी त्यहि अर्जुन जङ शाही हो । अनि मालिक आयोगले दोशी देखौने खोजे पनि उस्को नाम हटाई दिएको थियो, । अनि त्यही अर्जुन को नेतृव्तुमा
      नेतृव्तो मा के नै हुन सक्छ र?
      अब अर्को आन्दोलन गर्नु पर्‍यो भने थाहा हुनेछ ।
      को हो त्यो अर्जुन जङ?
      को हो त्यो पटिनी लामा? को हो त्यो गृह मन्त्रालयको सजिब?को हो त्यो कृष्ण प्रसाद सिटौला? मान्छे मार्नको लागी
      नेपाली जनताले गृह मन्त्री बनाई दिएको हो र?
      नगरिक समाजले छानबिन गाह्रोस्? दोषिलाई सर्बश हरण सहित जन्म कैतको सजांय को दिइयोस् ।

      Jit Gurung

      Belgium

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepaligharti

      निर्दोश् बालक् को निर्मम् हत्या गर्ने पिशाच् को हड् मा किरा परोस् र कहिले निको नहोस्, बाह्र बर्श् सम्म् मरूभूमि मा घिसृयोस् र तेस्लाइ गिद्द ले खाओस्!

      डाकु, पिशाच्, यो सबै मोर्न् नसकेको मुर्ति चोर् ग्यानेन्द्रे ले सिर्जना गरेको र डाकु ज्यान् मारा नेपाल को कलङ्क् को रुप् मा जन्मियेको नराधम प्रचन्डे ले ल्यायेको सन्स्कृति हो; यस्ता घटना प्रचन्डे का मिलिशिया हरु ले दिनहु गरि रहेका छन्। हाम्रा कलिला हात् हरु लाइ किताब् को सट्टा बन्दुक् बोकायेर् नृशन्श् हत्या को बातो मा लगाउने यि माओ बादि षैतान् हरु को घोर् नरक् मा बास् होस्। प्रचन्डे र ग्यानेन्द्रे को हड् मा किरा परोस् र गिद्द ले खाओस्, माता कालि एति कुरा पुर्याइ देउ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The main source of all henius crime in Nepal is Narayanhiti Royal Palace as demonstrated by crime as that of raping and killing of Namita, Sunita by Dhirendra, killing of Prabit Gurung by Paras shah, and Palace massacre.

      Abolision of monarchy will definitely reduce the rate of crime and increase the law and order situation of the country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nyay murti

      thukka kasto naamarda haruko desma janmiyechha
      jaha euta nirdos bacchaako jyaanko surakchha chhaaina
      thukkuuuuuuuuu thukkkaaaaaaaaaaaaaaaaaa
      naamarda haru ho ke herera baseka paani maruwa haru ho jyaanko badala jyaan
      ahile samma kasari tiniharulaai jiudo chhadeka

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nyay murti

      मृतक बिबेक को आत्मले शान्ति पावोस्
      उनका परिवारलाई भगवानले धर्य गर्ने सक्ती दिउन
      उमेस् जि म त भन्छु अब हाम्रो देशमा न्यायको लागि
      प्रहरि र प्रसानको मुख ताक्ने समय सकी सक्यो
      अब यस्ता अपराधीलाई जिउदो छाडेर भोली अर्को
      अपराधीको मनोबल बढाउने गल्ती हुनु हुँदैन
      यस्ता हरुलाइ जनता हरुले एक जुट भएर सजा य दिनु
      पर्छ श हि अपराधी पत्त लगाएर ति नि हरुलाइ टुक्रा टुक्रा पारेर नेपालको कुना कुनामा लगेर कुकुर लाइ
      र गिद्द लाइ खुवौनु पर्छ ताकी भोली कुनै
      निर्दोस् अर्को बिबेक को यस्तो घटना दोहोराउने कसैमा
      सा हास नहोस् होइन भने भोली कसैका कालीला
      बच्चा हरु सुरक्छित हुने छैनन
      तेसैले यो आनन्दले दसैं मान्ने समय होइन
      सब मानिस् घर घर बाट निस्केर ति अपराधी हरु
      लाइ टुक्रा टुक्रा बनाएर छ र्ने बेला हो
      म त ति नि हरुको पए त रगत पिउ थे मा हा काली
      ले झै दाजु भाई दिदी बहिनी हो निस्कौ सडक मा र
      हामी आफ्नै अदालतमा आँफै सजए दिउ ति निच हरु लाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RKD

      समाचार पढेर कुनै कमेन्ट लेख्नुसँग सरोकार छ कि त्यसमा आफ्नो विचार राख्नुसँग सम्बन्धित छ भन्ने कुरा नै थाहा नपाई किन कमेन्ट लेख्नु यार । कस्तो परिस्थितिमा के कुरा राख्दा राम्रो होला भन्ने कुरा पनि थाहा नहुने पशुले के कमेन्ट लेख्ने यार । ए कर्मा त्रि्रो दिमाग त ठीक छ – त्यो विवेक शर्माको विषयमा पढेर तिमीलाई कमेन्ट लेख्न त मन लाग्यो तर के को वारेमा र किन कमेन्ट लेख्दैछु भन्ने कुरा त थाहा छ भाते – तिमी त अजीवको मान्छे रहेछौ नि । वच्चाको अपहरणमा अपराधी जो सुकै होस आखिर अपराधी अपराधी नै र अपराधीलाई समातेर पनि बच्चाको ज्यानको सुरक्षा गर्न नसकेर आज केही थाहा नभएको एउटा नावालकको हत्या भएको छ त्यो कसको कमजोरीले हो के तिमीमा सोच्ने एउटा सानो विचार पनि आएर र – तातो न छारोको कमेन्ट लेखेको – विरोध किन गर्नु पर्यो भन्ने कुरा नै हुँदैन । विरोध भनेको अगाडि पनि गर्नु पर्छ जुन त्यो नहोस भनेर जुन भयो अझ विरोध गर्नु पर्छ भोलि तिमी जस्तो जन्तुलाई पनि त्यस्तो समस्या नआओस भनेर । जे हुन्छ राम्रोको लागि हुन्छ भनेका छौ के तिमीलाई भोलि मार्ला रे त्यो पनि राम्रो को लागि हुन्छ -
      अन्तमा मृतक वालकको आत्माको चीर शान्तिको कामना गरौं । हत्यारालाई मृत्यु दण्ड दिए पनि सजाय पुग्दैन । अपराधीलाई पक्रन जाँदा नपक्रन आदेश दिने त्यो मन्त्री र त्यसको सचिवलाई तत्काल गोली हान्दिए हुन्छ त्यो पशु हो दशैमा बलि दिए हुन्छ । ताकि अब आइन्दा त्यस्तो घटना दोहोरिन नपाओस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pakhura

      आयुध जि लाई राची लैजानु पर्‍यो कि क्या हो ? हत्यारालाइ कसरी कारवाही गर्न सकिन्छ भन्ने कुरामा बिस्लेषण गर्नुको अलावा अति निम्न स्तरका शब्द प्रयोग गरेर एउटा तार्किक बिचार बिस्लेषकको स्थान बाट यती तल ओर्लिनु आफ्नै दिमाग लाइ कन्ट्रोल गर्न नसक्नु हैनर ?

      महान चाडको समयमा सुन्नु परेको यो खबर ले बिक्षिप्त तुल्यायो, यो बिषम घडीमा शोका लाई शक्तिमा बादलदै अपराधी लाई कारवही गर्न सक्ने तगत नव दुर्गा भवानी ले नेपाली जनताहरु लाई प्रदान गरुन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • infidel

      हार्दिक श्रद्धान्जलि विवेक ।
      परिवारजन तथा आफन्तहरुमा यो दुख:लाई सामना गर्ने सामर्थ्य प्राप्तहोस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रमेश मान

      मृतक बालक विबेक शर्मा लुईटेलको आत्माको चिर शान्तिको कामना गर्दै शोककुल परिवार प्रति समबेदना प्रकट गर्दछु,ईश्वरले परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन ।

      ******************************************************

      यस थ्रेडमा प्रतिक्रिया पठाउने पहिलो पाठक karmarana को कमेन्ट पढिसकेपछि भने मेरो संसारका केही पाठक हरु यहाँ ” के काम पाऊँ…..” भनेर निहु खोज्न पो आउछन जस्तो लाग्यो । उमेश जी यो प्रकृतिको कमेन्ट modarate period मा हेर्नु हुन्न तँपाई ? यस्तो शोकको घडीमा एक बदमास ब्यक्ति ले मनोरन्जन का हिसाबले जो पायो त्यसैको प्रतिक्रिया post गर्छ भने त्यो सिधै तँपाई प्रकाशित गर्नु कत्तिको उचित छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • youtom/ca

      heartfelt condolence
      may god bless his soul and would stay in heaven with peace.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Muk Darshak

      यो मुक दर्शक स्तब्ध छ। अपराधीहरुलाइ म्रित्युदन्ड दिइयोस्। म्रितक बालकप्रति हार्दिक स्रद्दान्जली। सोक सन्तप्त परिवारजन र आफन्त तथा जसको ह्दय रोएको छ, मा मेरो समबेदना। मुकदर्शक भए पनि ह्रदय छ मेरो रोहिरहेको। सरकार!सरकार!
      ए नेपाल सरकार!!!
      ए नेपाली प्रहरी
      ए माओवादी
      ए नागरिक समाज
      ळौ न तिमिहरु एक दिन मर्न मार्न तयार थियौ हैन?
      आज अपराधीहरुले समाजमा हैरान पारीसके। यो कथा विवेकको मात्र होइन। कतिलाइ परेर पिल्सिरहेको छ। कतिको भविश्यमा कालो बादलकोरुपमा मडारिरहेको छ। लौ न, केहि गरौं। त्यसकोलागि संविधान सभा, गणतन्त्र र हतियार व्यवस्थापन नै कुर्नु पर्ला र? ळौ न यसै घडीमा केही गरौं।
      शान्ति शान्ति

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • wanem, hong kong

      एउटा अबोध बालक को हत्या गर्ने ब्यक्ती हुन सक्दैन । यो एउटा गम्भिर एबम् सावधनी पूर्वक कुनै गिरोह द्वारा गरिएको हुनु पर्छ। यसको पर्दा फास गर्नु सक्नु नसक्नु यो सरकार र सबै राजनैतिक समुह अनि कर्यकर्ता को जिम्मा मा छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आयुध

      वालक विवेकको आत्माले चीर शान्ति प्राप्त गरोस् ,परिवारजनमा यो दुख:लाई सामना गर्ने सामर्थ्य प्राप्त होस् अनि देश अपराधको वन्धक नबनोस् , जनताको निर्भयतापूर्वक वाँच्न पाउने अधिकारको निस्चितता होस् !

      ए कर्मा ,

      हाम्रो कमेण्ट पनि तैँले नै लेख्न थालिछस् ,कस्तो लुच्चो होस् तँ आँफैले विचार गरि हेर त । तँसंग तर्कको तागत छ र वहसमा उत्रिने खुबी छ भने , स्वीकार गर अनि लिएर आइज विचार,हैन भने तँ जस्तो ‘ मा हानेर मुखमा छिटा उडाउनु ‘पनि छैन ।
      एउटा कुरा ठीक भनिस कि नेपालमा अपराधको ठेक्कापट्टा गर्ने जमात तेरो आफ्नै समूह हो । मृत्युलाई घरघरमा कोसेलीको रुपमा पठाएको कसैले छ भने त्यो जल्लादपथका जल्लादवादीहरुले नै हो त्यसमा तँ आँफै पनि सहमत भएर मेरो कमेण्ट लेखिछस , सही कुरा लेखिस त्यस्का लागि धन्यवाद पनि लिइराख।
      अनि अर्को कुरा अपराध गर्नेहरु राजनीतिको खोल ओढेर आए पनि तिनीहरुको नियत र चरि्त्र अपराधमुखी भएका हुनाले अपराधी नै हुन । नावालक विवेकलाई मार्नेहरु अपराधीहरु अनि हजारौँ वालवालिकालाई बन्दुक बोकाएर तिनको वालअधीकार खोस्ने लुटेराहरु र हजारौँ निर्दोष वालवालिकाहरुका बाबा आमा खोस्ने, मार्ने र आजीवन अपाङ्ग पार्ने सबै अपराधीहरुको सर्वनाश होवस र हुनुपर्छ भन्ने कामना सम्म गर्ने हो , हामी हतियारविहीन सर्वसामान्य जनताहरु अहिलेको अपराधी बन्दुके राजमा ।

      अपराधका पोषक बन्दुकेहरुको सर्वनाश होवोस्!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डमरु पौडेल

      अति दूखद् समाचार, अकाल्पनीय हृदयबिदारक घटना ! मृतक बालक बिबेकको आत्माले चीर शान्ति पाओस् र अपराधी उम्कन नपाउन् ! मृतकका परिबारलाई शोकसंग लड्ने शक्ति मिलोस् तथा हत्यारा र मतियारहरुलाई कठघरामा उभ्याउन सकियोस् ।

      उमेशजी तथा मेरो संसारका सम्पूर्ण पाठकबृन्द !

      नेपालीमात्रको महान् चाड विजया दशमीको शुभ अवसरमा देशले चाँडै दीगो शान्ति प्राप्त गरोस् र नेपाली जनताले पुन: पीडा ब्यहोर्नु नपरोस् भन्ने कामना गर्दै यहाँको सुख, समृद्धि तथा सुस्वास्थ्यको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

      डमरुबल्लभ पौडेल, राधिका आचार्य (‌पौडेल) तथा अपेक्षा पौडेल
      चुकुवा, जापान ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • श्याम कुमार श्रेष्ठ

      मृतक बालक विबेक शर्मा लुईटेलको आत्माको चिर शान्तिको कामना गर्दै शोककुल परिवार प्रति समबेदना प्रकट गर्दछु, साथै इश्वोरले परिवारजनमा धैरेधारण गर्ने शक्ति प्रदान गरुन भनि इश्वोर सङ्ग प्रथाना गर्दछु, साथै हत्यामा संम्लग्न उच्च पदस्थ हत्यारा देखि सबै हत्याराको पारिवारिक दुर्घटनाको कामना गर्द्छु

      सबै एक से एक छन, भुतपुर्व प्रधानमन्त्री ज्ञानेन्द्र देखि अहिलेका प्रधानमन्त्री गिरिजा बाबु र गृहमन्त्री कृष्ण प्रसाद सिटौला सम्म
      सबैलाई एउटै अचानोमा राखेर काट्नु पर्ने,

      अब नेपालको पुलिस प्रशासनले अपहरणकारी, हत्यारा, गुन्डा हरुलाई कारबाहि गर्न सक्दैन भने, त्यस्ता आपराधीलाई कारबाही गर्न ब्यक्ति हत्यामा उत्रनु नै बेस हुन्छ, चाहे यस कार्यलाई पुलिस प्रशासनले “आपराध”को संज्ञा किन नदियोस,

      अब अन्यायबाट न्याय पाउनको लागि समुह बनाएरत्यस्ता अपराधिको निर्मम तरिकाले पुन: हत्या गर्नु नै उपयुत्त उपाय हुन आउछ

      हेर्नुस्, म ठोकुवाका साथ के भन्छु भने,कोटेश्वोर बाट अपहरित बालक विबेक शर्मा लुईटेलको हत्यामा संम्लग्न हत्यारा कसैलाई कारबाही हुने छैन, यदि कारबाही हुन्छ भने त्यो देखावटि कारबाही हुनेछ!! नत्र भने किन यत्रो दिन सम्म चुप लागेर बसेको पुलिस प्रशासनले दशैको सुनसान मौका पारेर यो घटना
      सार्बजनिक गर्‍यो त????
      सबै मान्छे गाउँ गाउँ गएको बेलामा, कुनै आन्दोलन नचर्कियोस भनेर नै पुलिस
      प्रशासनले यो दशैको सुनसान समयमा मौकामा छोपेको हो !

      त्यसैले मृतकका परिवारले हत्यारालाई कारबाही गर्न पुलिस प्रशासनलाई दबाब दिनुभन्दा, त्यस हत्याराहरुको निर्मम तरिकाले पुन: हत्या गर्न पटि आफ्नो कदम बढाउनु बेश हुन्छ,

      हत्याको बदला हत्या, खुनको बदला खुन

      देश प्रेमी

      जये देश,जये नेपाल

      नमस्तेनेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aasish,switzerland

      very sad news

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maharjan

      Karmarana bhanne lekheko pratikriya le garda u chahi pasu bhanda tallo star ko manche lagcha. Usko choralai usaki agadi jhundiyadida kasto hola. Sale Gadha euta bachha mareko cha, esto ghatna lai china masina bhanchau timile!!! Laj lagdaina,papi.Prachnda bhanda tulo bachca ho. Prachnda mare kehi hudaina. Desh ko kalyan huncha. Abodh bachha marnelai kahile pani kasile pani kahi pani choddaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rg

      umesh jee ?
      you write ‘YESTO CHHALA LE KASAREE PRAHAREE LE JANA BISWAS PAAUCHHA’? BHANNU BHAYA KO CHHA .

      ANS: la nepali police le kahile po jana biswas payako thiyo ra..?!!!! hijo raja ra darbareeya rana haru ko sewa gardai thicka thiyo aaja sat daale(congress; uml..rpp..) daka haru ko sewa gardai thikai chha… tara nepali police le nepali janta ragat ra pasena bagayara diyako TAX ta khayakai chha nee.!! it is 100% real.
      rg

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Shrestha

      Yo Bachha Griha Mantri Ko Chhora Bhaye KO Bhaye, Ke Huntho? Griha Mantri Jiu, Gambhir Bhayera Sochnus Ta?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • black

      The core issue is finding the TRUTH before accusing anyone. If there is enough evidence, the guilty should be punished severely so that no one attempts these kinds of criminal activities.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jas Rai - Tanzania

      This is ridicules!!! We need to find the culprit and give him death penalty, which is not equal though. I heard about devil and their world while I was child …but this cruel murder of a kid have proven that we are living amongst of these devils in the society.

      What did he do wrong? I mean the kid. How would they feel if we do similar to those devils kids??? All of use should talk and work together to find the culprit. If the government is defending them then we should bring up this point as matter of urgency until they announce death penalty to the culprit.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • joshi

      aru je bhayeni Karmarana ko comment dekhera haso lagyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan subedi

      it is the sad news just before the deshain.if there is any envolvement of home minister to protect the criminal ,nepalese people should raise the voice to hang up the minister.otherwise criminal must be punished at least.nepalese police are so called ,they can´t do anything for the people .i am very sad with this news.this types of criminal activities should be checked up otherwise one day minister´s relatives would be abducted by them and they will know the real pain of the dead one´s .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karmarana

      यसमा संभावित प्र तिक्रीयाहरु

      आयुध ‘कुमुद’: सब माअ‍ोवादीले गरेर भएको हो । प्रचण्डले हतियार त्याग्नुपर्छ । त्यसपछि नेपालको सबै समस्या समाधान हुन्छ । यस्ता झिनामसिना कुरामा अल्झनु हुन्न । माअ‍ोवादीले हतियार त्यागेपछि नेपालको सबै समस्या समाधान हुन्छ । नेपाल स्वर्ग बन्छ ।

      Infidel : जनताका समस्या राख्न छाडेर कता एउटा फुच्चे बालकको अपहरणको जाबो समाचार लेखिरहेको । यो समाचारले राजालाई असर पार्छ । किन पत्रकारहरु खाली राजाकै खेदो खन्छन् ? शर्माको श राजाको थर शाहको श सँग मिल्छ भन्दैमा राजालाई मुछ्ने ?

      ZZ : ह्याँ नि बाङ्गे कै षड्यन्त्र देख्छु म त । बाङ्गेले हतियार उठाए सि सबै अपराधी भा’का हुन् । नपत्याए हेर्नुस् माअ‍ोवादी समस्या सुरु नहुञ्जेल नेपालाँ कुनै अपराध भएका थिएनन् ।

      Khus: मर्ने मरिहाल्यो, मार्नेले मारिहाल्यो । अब किन विरोध गर्नुपर्‍यो ? बेकारमा जनतालाई दुःख । जे हुन्छ राम्रोको लागि हुन्छ । जे हुनेछ राम्रोको लागि हुनेछ । सिंहदरबार घेरेर केही हुँदैन । त्यसरि दबाब दिन हुन्न ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker