मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    चेक गणतन्त्रकी ताताना विश्व सुन्दरी

    अघिदेखि स्टार वर्ल्डले दिएको मिस वर्ल्ड सौन्दर्य प्रतियोगिताको लाइभ टेलिकास्ट पोल्यान्डको वार्साबाट हेरिरहेको थिएँ। भर्खरै चेक गणतन्त्रकी ताताना कुचारोभा नयाँ मिस वर्ल्ड घोषित भइन् ।

    १८ वर्षकी ताताना विद्यार्थी रहिछिन्। मोडल बन्ने उनको धोको रहेछ। जनावर भनेपछि हुरुक्कै हुने उनी जीवनमा आशावादी हुनुपर्ने विचार राख्दिरहिछिन्। दोस्रोमा रोमानिया र तेस्रोमा अस्ट्रेलियाकी सुन्दरी घोषित भइन्। यस पटक हाम्रो देशमा मिस नेपालको आयोजना हुन नसकेकोले नेपाली सुन्दरीले पनि यसमा भाग लिएकी थिइनन्।

    यस पटक मिस नेपाल आयोजना गर्ने तयारीलाई बीचैमा रोकिएको थियो। किन भन्ने यकिन कुरा त थाहा भएन तर हल्ला सुनेको चाहिँ माअ‍ोवादीहरुले दबाब दिएकोले रे। तर यस बीच मिस टिन नेपाल र लक्स सुपर मोडल जस्ता सौन्दर्य प्रतियोगिताहरु भने भइसकेका छन्।

    हुन त नेपाली सुन्दरीहरु विदेश गए पनि उही अनुहार र उपस्थिति देखाएर मात्र आउने न हुन्, खासै ठूलो उपलब्धि त हुने हैन। तर पनि ती विश्वभरका सुन्दरीहरुको भीडमा हाम्रो देशको पनि सुन्दरी देखिँदा रमाइलो भने लाग्ने रहेछ। यसपालि त्यो हेर्न पाइएन।

    सुन्दरी प्रतियोगिता भनेको सुन्दरी हेर्नलाई नै हो। तर सौन्दर्यको परिभाषा हरेकको नजरमा फरक-फरक हुने गर्छ। कसैलाई गोरो अनुहार मन पर्ला, कसैलाई कालो। कसैलाई बाक्लो अ‍ोठ मन पर्ला, कसैलाई पातलो। कसैलाई लामो कपाल मन पर्ला, कसैलाई छोटो। तर यी विश्व सुन्दरीका आयोजकहरुले चाहिँ कुन मापदण्ड अपनाएर सुन्दरी छानेका हुन्, बुझ्नै सकिएन। पहिले-पहिले जस्तो जजहरुको क्वेस्चन एन्सर राउण्ड अहिले नहुने रहेछ। एसएमएस भोट र जजको निर्णयको आधारमा चयन गरिने रे। आधार चाहिँ के हो, बुझ्न सकिएन।

    कार्यक्रम टेलिभिजनमा लाइभ आउने भएकोले हेरि दिउँ न त भनी हेरेको थिएँ। तर आँखा नझिम्क्याइ हेर्नुपर्ने कुरा भने थिएन। त्यत्रो बजेटमा गरिएको मिस वर्ल्ड र त्यसको तुलनामा निक थोरै बजेटमा गरिएको म आफैले प्रत्यक्ष हेरेको मिस टिन नेपालमा कुनै तात्त्विक भिन्नता देखिनँ मैले। त्यो कार्यक्रम पनि हेर्दाहेर्दा अल्छि लागेको थियो, यो पनि बेला-बेलामा अल्छि लाग्यो। तर टेलिभिजनको प्रस्तुति, सहभागीहरुको हाउभाउ, बोली, सञ्चालकहरुको बोली भने कहाँ हामी कहाँसित तुलना गर्न सक्नु ? जे भए पनि नेपालीहरुले त्यतिसम्म गरेका (सुन्दरीहरुको क्याटवाक र डान्समात्र, कार्यक्रमका अरु पक्ष हैनन्)पनि ठीकै हुन् भन्नु पर्ने रहेछ। तर त्यो बेला काम न काजको अवार्ड बाँडेको देख्दा त टाउकै दुखेको थियो। आज त कमसेकम च्यानल चेञ्ज गर्ने अप्सन त थियो !

    १०४ देशका सुन्दरीहरुले भाग लिएको प्रतियोगितामा चेक गणतन्त्रकी तातानाले उपाधि जितिन्। अब उनी वर्षभरी व्यस्त रहने छिन्। मोडलिङ, च्यारिटी आदिले उनको एक वर्ष यत्तिकै बित्नेछ। उनको बारेमा विस्तृत चाहिँ अब केही दिनमा पत्रपत्रिकामा हेर्न पाइएला। [तातानाका माथिका दुवै फोटो मिस वर्ल्डको साइटबाट र तलको रोयटर्सबाट साभार]

    ‘विश्व जितेपछि’को प्रतिक्रियाः उनले त आँसु पो बगाइन्।

    No related posts.

    7 comments to चेक गणतन्त्रकी ताताना विश्व सुन्दरी

    • ghintang

      i just dont understand how she become BISHWOSUNDARI . i wouldnt mess with the woman like that ugly

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • lilaraj

      WOOW! SHE IS VERY BEAUTIFUL,ISN’T SHE?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • dare

      Sundari-paan ne-garkea Umesh-ji Laai pani Kaati Kuraa aayekoo…Taruni ka barema aamaii….chhkaa paree..maa ta..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • basant

      Wishing a happy Vijaya Dashain 2063 to all my friends n merosansar.com femaly.

      A bunch of wish
      basant

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • sam

      keti chwank chha hau!!!
      Sam,
      PHL,US

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • KKC

      That would be good news, there was no Miss Nepal contest in Nepal. But as I live in Europe, i can tell, women are very widely used as ‘goods of beauty n sex’ no more than that…Same message gives ‘MISS WORLD’ so far…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Just wanted to wish everyone…

      “Bijayaa Dashami tathaa Depaawali ko Uupaluxama Haardik Shuvakamaana”

      -Buddha Gurung
      -Vancouver, Canada

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    eXTReMe Tracker