-दीपक अर्याल/काठमाडौं-
शिखर वार्ताको चर्चा सँगसँगै हतियार व्यवस्थापनको कुरा निकै जोडले उठिरहेको छ। हतियार व्यवस्थापन बिना राजनीतिक समस्या समाधान हुँदैन, माओवादीलाई सरकारमा लग्न मिल्दैन, संविधान सभाको चुनाव हुन सक्दैन, शान्ति हुन सक्दैन, विकास-निर्माणलाई व्यवधान हुन्छ आदि-आदि। यी सबै तर्क गर्नुको कारण के हुन सक्छ? के हतियार मात्र समस्या हो? अथवा, हतियार बाहेक अन्य पनि केही कुराहरू छन् यो देशमा जो वर्षौदेखि समस्याका रूपमा हाम्रो अगाडि छ तर समाधान गर्ने पहल न त पहिले कहिल्यै गरियो, न त अब गर्ने कोशिश गरिदैंछ। हतियारले गर्दा माओवादीले अन्याय अत्याचार गरिरहेका छन् र हतियारसँग उनीहरू सरकारमा जान मिल्दैन वा चुनावमा जान मिल्दैन- यो कुरा सत्य हो। यसमा कसैको पनि दुई मत हुँदैन। तर हतियार व्यवस्थापन भएर, माओवादी सरकारमा जाँदैमा वा संविधानसभाको चुनाव हुँदैमा देशले चाहेको परिवर्तन, जनताको चाहना वा जनआन्दोलनको माग पुरा होला?
यी माथिका भनाइहरू र प्रश्नलाई एकैठाउँमा राखेर विश्लेषण गर्दा हतियारको चिन्ता सबैभन्दा बढी कुन वर्ग र कसलाई छ भन्ने कुराको चर्चा गर्न जरूरी छ। यो वर्ग, त्यो शक्तिशाली वर्ग हो जो सँधै नै परिवर्तनको विपक्षमा देखा पर्दै आइरहेको छ। यो त्यो वर्ग हो जो कुनै खास वर्गसँग सधै नजिक रहने गर्छ र उनीहरूका विरूद्धमा जाने हिम्मत गर्दैन चाहे यसका लागि नेपाली जनताको विपक्षमा नै उभिन परोस्। यो त्यही वर्ग हो जसले तात्कालिन शेरबहादुर देउवाको सरकार र माओवादीका वीचमा वार्ता हुने क्रममा भुमिसुधार, आर्थिक सुधार, क्याविन रेष्टुरेण्टको व्यवस्थापन, रक्सीको बेचबिखनमा केही हदसम्मको प्रतिबन्ध लगायतका कतिपय समस्याहरूमाथि विचार गर्ने र केही हदसम्म समाधान गर्ने सहमति सहित देखापरेको परिवर्तनको सङ्केतको विरोध गरेको थियो। यो त्यही वर्ग हो जसले हिजोसम्म संविधानसभाको विरोध गरेको थियो, माओवादी समस्यालाई राजनीतिक भन्दा पनि आतङ्ककारी समस्याका रूपमा लिएको थियो र राजासँग नजिक भएर माओवादी विरूद्ध सेना परिचालन मात्र होइन उनीहरूको टाउकोको मोल तोकेको थियो।
यो त्यही वर्ग हो जसका कतिपय नेताहरू आन्दोलनका क्रममा सेना र राजदुतावासका उच्चपदस्थ व्यक्तिहरूसँग गल्फ खेल्न व्यस्त थियो। यो त्यही वर्ग हो जसका नातेदारहरूलाई एक आपसमा जोड्ने हो भने प्रत्येकसँग प्रत्येकको कुनै न कुनै रूपमा नातो पर्छ र एक आपसमा सुमधुर सम्बन्ध छ। यसरी हेर्ने हो भने राजाले यी वर्गको हातबाट सत्ता नलिएको भए वर्तमान परिवर्तनमा देखा परेका केही सम्भावनाहरू पनि देखा पर्ने थिएनन्। तर बाध्यता के भइदियो भने माओवादीलाई एकै वर्गका दुई शत्रुहरूलाई टुक्र्याउनु पर्ने र सात पार्टीलाई राज्यमाथिको नियन्त्रण पुन:प्राप्त गर्नु पर्ने जसका कारण यहाँ दुई विपरीत ध्रुवका शक्तिहरू वीच एकता कायम भयो।
केलाउँदै गयो भने वास्तविकता फेला पर्छ, यही वर्गका कतिपय व्यक्तिहरू जनआन्दोलनको विपक्षमा उभिएका थिए। हतियार व्यवस्थापनको मात्र कुरा गरेर देशलाई चाहिएको तत्कालिन परिवर्तन रोक्न को-को लागिरहेका छन् भन्ने सोध-खोज गर्यो भने वा यो विषयमा आवश्यक भन्दा बढी हल्ला गर्नेहरूको एउटा वर्गलाई हेर्ने हो र उनीहरूको विगतदेखि वर्तमानसम्मको भूमिकालाई हेर्ने हो भने निष्कर्ष निकाल्न सजिलो पर्नेछ। मोरियार्टी, सूर्यबहादुर थापा, पशुपतिशमशेर जबरा, शुशील कोइराला, गिरिजा प्र. कोइराला, रामशरण महत, शेरबहादुर देउवा, खड्क प्र ओली, एनजिओ आईएनजिओ चलाएर पैसा कमाए पनि एमालेका पूर्णकालीन कार्यकर्ता तथा नेता बन्न सफल व्यक्तिहरू, नागरिक समाजका सदस्य तथा नेपाली सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्ने वर्ग। यी सबैको एउटै आवाज छ र उनीहरूको चासो अन्य कुरामा कम छ र माओवादीको हतियारमा बढि छ। माओवादीको हतियार नेपालीहरूको सबैभन्दा ठूलो समस्या हुन सक्छ तर हतियारलाई मात्र समस्या देख्ने यी वर्गका मान्छेले जनताले चाहेको परिवर्तन र जनताका अन्य समस्याहरूलाई जहिले पनि आफ्नो प्राथमिकतामा राख्ने गरेको पाईँदैन।
राजाका सैनिक, पुलिससँग मात्र होइन कैयौं तहमा माओवादीका सेनासँग सँघर्षरत नेपाली जनतालाई कमजोर ठानेर हतियारको हौवा देखाउने यो वर्गले देशको राजनीतिक, आर्थिक, सामाजिक वा सांस्कृतिक परिवर्तनका लागि कही कतै कहिल्यै कुरा उठाउँदैनन् र पहल पनि गर्दैनन्। यदि समयमै यी वर्गले यसतर्फ चासो देखाइदिएको भए माओवादीहरू यति मौलाउने थिएनन्। सामान्यरूपमा हेर्ने हो भने नेपालीले पाउनु पर्ने दैनिक आवश्यकताहरू तथा मौलिक हकहरू जस्तै शिक्षा, स्वास्थ्य, खाना, पानी, बाटो, यातायात, सञ्चारका क्षेत्रमा वेलैमा ध्यान दिएको भए माओवादीले जनताको नाममा मान्छे मार्ने मौका नै पाउने थिएनन्। तर यो वर्गले जनतासँग प्रत्यक्ष सरोकार राख्ने यस्ता गम्भिर विषयहरूमा न त हिजो कतै कुनै पहल गरे न त आज नै पहल गर्न खोजिरहेकाछन्। उनीहरू कुनै हौवाको सृजना गरिरहेका हुन्छन् जुन उनीहरूका लागि बढी खतरनाक लाग्छ।
माओवादीको हातबाट हतियार खोस्नलाई जनतालाई अधिकार, जनताका समस्याहरूको समाधान गरिनुपर्छ, देशभित्र नै स्वाभिमानी र सम्मानपुर्वक जीवनयापन गर्नसक्ने वातावरणको सृजना गरिनुपर्छ। हुम्ला, जुम्ला, मुगु, कालीकोटमा भोखमरीको अन्त्य हुनुपर्छ। हजारौं विघा जमीन ओगटेर काठमाडौं वा विदेश वस्नेहरूलाई कारवाही गरिनुपर्छ। भ्रष्टाचार र लुटबाट कमाएको सम्पत्ती जफत गरिनुपर्छ। जनतालाई राज्यले उनीहरूको पक्षमा राम्रो काम गर्दैछ भन्ने थोरै मात्र आश लाग्यो भने उनीहरूले नै माओवादीवाट हतियार खोस्नेछन् जसका लागि अमेरिकन वा भारतीय सेनाहरूको आवश्यकता पर्दैन।
जब कुनै मान्छेलाई मन्दिर गएको आरोपमा पिटिन्छ, जब कुनै मान्छेलाई अर्को जात, धर्म, संस्कृति भएको आरोपमा अपमान गरिन्छ। जब मान्छेलाई कुनै क्षेत्रको आधारमा अन्याय गरिन्छ, तब विद्रोह त हुन्छ नै। खाली विद्रोहको प्रकृति कस्तो हुने हो भन्ने मात्र हो। मानिसलाई दुई कुराको ग्यारेण्टी भएन भने उसले विद्रोह गर्छ। त्यसैले आज माओवादीको हतियार खोसे पनि, आज हतियारको समस्याको समाधान भए पनि भोलि त्यो कुनै न कुनै रूपमा फेरि उठ्नसक्छ।
जब मान्छेलाई गाँस, बास तथा कपासका कारणले मर्न बाध्य पारिन्छ कि त उसले भारतीय गरिब किसानहरूले जस्तो आत्महत्या गर्नुपर्छ, कि त चोर्नु वा लुट्नु पर्छ होइन भने त विद्रोह गर्न पाउनु उसको अधिकार हुन्छ। अब यो विद्रोहका बेलामा बोल्ने अधिकार सुरक्षित गर्न सकिएन भने वा कानूनी रूपले न्याय पाउन सकिन्छ भन्ने आभाष दिलाउन सकिएन भने भने उसँग के विकल्प रहन्छ, हतियारसहितको विद्रोह बाहेक?
वर्तमान परिदृश्य हेर्ने हो भने माओवादी तथा सात पार्टी मिलेर अर्को कुनै विद्रोहका लागि कुनै नयाँ समुहलाई निमन्त्रणा बाड्दैछन्। दुवैको उद्देश्य सत्तामा जाने वा कति बढी बार्गेनिङ गर्ने र आफ्नो अस्तित्व देखाउने भन्ने रहेको छ।
समग्रमा भन्ने हो भने प्रत्येक पक्षले आफ्नो समूहका हितका लागि मात्र कार्यहरू गरिरहेका छन्। समग्रमा देश र जनताको चिन्ता दुवै पक्षलाई छैन। जसले हतियारको कुरा उठाइरहेका छन् उनीहरूले पनि जनतालाई हतियारले दु:ख दिएको कारणले हतियारप्रति चासो देखाएको होइन भने जनताको नाममा हतियार उठाउनेहरूले पनि जनतालाई डर, धम्की दिन र अर्को पक्षसँग बार्गेनिङ् गर्न हतियारलाई आफ्नो ‘वार्गेनिङ् हतियार’का रूपमा प्रयोग गरिरहेकोछ। यदि त्यस्तो हुँदो हो त जनताका पक्षमा विविध आशलाग्दा निर्णयहरू भइसक्थे र कार्यान्वयनको चरणमा पुगिसक्थे। के अहिले यी दुवै पक्षलाई देशको आर्थिक, राजनीतिक, सामाजिक वा साँस्कृतिक परिवर्तनका लागि आवश्यक सकारात्मक निर्णयहरू गर्न कसैले रोकेको छ?
वास्तवमा आज सत्तामा हुने वा हतियारको कुरा उठाउने यो वर्गलाई यस्तो निर्णय गर्ने अधिकार हिजो पनि थियो र आज पनि छ। तर यस्ता निर्णय गर्नका लागि न त यिनीहरू आफै अग्रसर हुन्छन् न त माओवादीले नै कुनै दवाव दिन्छ। वास्तवमा जनताका पक्षमा निर्णय गर्ने सबैभन्दा सुनौलो अवसर यही हो तर यो बेलामा पनि यस्ता निर्णयहरू हुन सक्दैनन्। कुरा प्रष्ट छ, यी वर्गबाटै माओवादीले चन्दा लिइरहेको छ, सरकारले कर लिइरहेको छ र पार्टीहरूले पार्टी चलाउन चन्दा लिएको छ र यो वर्ग नै देशका प्रत्येक क्षेत्रका उच्च निकाय (उद्योग, कर्मचारीतन्त्र, सेना, प्रहरी, राजनीति, एनजिओ वा आइएनजिओ) मा छन् जसलाई रिसाउन हाल्नु भनेको वर्तमानमा आफूलाई अप्ठ्यारो पार्नु हो र भविष्यका लागि शक्तिशाली शत्रु जन्माउनु हो।
No related posts.









हटियार ब्यबस्थप न
सात दल – आफु बच न को लागि
माओ बादी – (हटियार अब्यबस्थाप न्)आफु आस्तितो मा रहनको लागि
जनता – रमिते (हेरौ जीत् कस् को हुन्छ)
मन परे हरियो, नपरे रातो
0
0
Of course the political situation of the country is quite complicated because of bloody foreigner’s filthy interest especially America’s dirty trick against the pro public forces.On the top, lethargic Leaders of SPA’S Mala Fidel policy to the public, our beloved Motherland is really – really getting downtrodden.In this circumstance people have a strong aspiration that can fulfil only by Maoist. Because of their spirit and
strong desire to liberate the countryman, people have no choice rather than eyeing them. They can rely only them and they are doing so as well.
Therefore, Maoist must not give up their arms before political settlement of the country.Because of strong presense of PLA , Maoist are able to maintain some sort of poltical power balance ,Otherwise the wounded tiger (The King ) could grab power easily on the strength of his own army ie RNA.We have seen his intension in the past.
मन परे हरियो, नपरे रातो
0
0
very well writtem views with respect to the environment. Democratice forces the ones who created frustation to the people and gave birth maoist. If democratic forces have done well enough in the name of people instead of looking themself we would not have this situation now. So, the blame goes to democratic forces namely GIRIJA and Sher BD. They will never pay back what did they do against the aspiration of people.
jai corruption free Nepal and Law orientated people.
मन परे हरियो, नपरे रातो
0
0
No matter how you say: 2 guns 2 ruler can not be successful.
————–Your Introduction?—————
Your analysis is good but left oriented, I believe.
मन परे हरियो, नपरे रातो
0
0
Krishan Paudel Ji
‘good comment writing ‘
but
wondering, why did you copied from ‘oli’s diary??
wondering, u still, don’t understand the ‘ground reality’ or are you jst trying to protect your own interes.???
मन परे हरियो, नपरे रातो
0
0
Superb. Congrats!!! Keep up good work
मन परे हरियो, नपरे रातो
0
0
दीपक जि को लेखाइमा बास्तबिकता कत्ति भएन । लाटोले पनि भुझ्ने कुरा के हो भने, अहिले राजाले चाहेको छ-
जसरि हुन्छ हतियार को ब्यबस्था बिना नै माओवादी सरकारमा जाउन्, अनि आफुले कु गर्ने, अ्मेरिका ईन्डिया को सजिलै समर्थन लिने, तब थाहा पाउछन यि बुद्धिहिन फ्याउराहरुले । आनि देश त इराक र अफगानिस्तान भन्दा केहि फरक हुने छैन । यसरि प्रस्ट देखिएको बास्तबिकता किन बुझ्दैनन् ति मुर्खहरुले जो हतियार सङ टासिन मन् पराइ रहेका छन् । हुनसक्छ मन्छे मार्ने धन्धा उनिहरुको लागि रमाइलो गेम हो । आनि ति रिदयबिदारक् हत्या का समचार सुनेर रमाउछन् होला कर्मराना जस्ता …
मन परे हरियो, नपरे रातो
0
0
Deepak jee,
ramro lekh ko lagai dherai dherai dhannyadath.
i hope aauda din haru ma pani yestai aasa garchu.
मन परे हरियो, नपरे रातो
0
0
Krishna Paudel ji,
Very nice analytical comments. Keep going.
Rakesh
मन परे हरियो, नपरे रातो
0
0
** A great article –View both sides of the coin **
It is a very comprehensible article and view expressed by the writer is quite commendable. Arms management is not the solution for all problems in the country but definitely all issues have to be solved including Maoists arms.
मन परे हरियो, नपरे रातो
0
0
Deepak g
thanks for great artical.It is the intreasting subject of all nepali.However in the present condition weapons are more problem than others.Let hope peace will come soon.
sangita
मन परे हरियो, नपरे रातो
0
0
sarba pratham
dipak jilai dhanyabad sahikurako tipari garekoma
thankyou.
मन परे हरियो, नपरे रातो
0
0
कर्मा राना ले भन्नुभयो :
के हो ? यो आयुध र कृष्ण पौडेलको त लेख्ने शैलिदेखि लिएर विचार पनि एउटै रहेछ। Jumlyaha paryo ki operation dattatraya o member le naam fereko ho ?
कर्माराना, गणतन्त्रवादी नेपाली, उही कुमार लामा, पिताम्बर ……. ( अरु थप्ने हो कि? )
सबै उस्ताउस्तै हुन् नानु ….. हात्ती पनि हात्तीछाप चप्पल पनि
मन परे हरियो, नपरे रातो
0
0
के हो ? यो आयुध र कृष्ण पौडेलको त लेख्ने शैलिदेखि लिएर विचार पनि एउटै रहेछ। Jumlyaha paryo ki operation dattatraya o member le naam fereko ho ?
मन परे हरियो, नपरे रातो
0
0
Deepak dai,
Nice bichar and your lekh is great.
Thank you.
Anup USA.
मन परे हरियो, नपरे रातो
0
0
दीपकजी ,
मेरा केही कुरा:
१। दिपकजी जसरी तपाईँले हतियार व्यवस्थापनले समस्याको समाधान गर्छ ?भनेर प्रश्न राख्नु भएको छ त्यो शैलि अत्यन्त आग्रहपूर्ण छ किनभने
क । हतियार व्यवस्थापनले मात्र समस्या समाधान गर्ने हैन , हिजो हतियार कै भरमा पार्टी कै नेस्तनाबुध गर्न जुन कृत्य भए त्यो नहोस भन्ने बारेमा पार्टी र माओवादीहरु वीच विस्वासको वातावरण बनाउने हो । हतियार सहित सरकारमा रहँदा माओवादीले तिनै हतियारको भरमा धम्कि देखाई आफ्नो अलग एजेण्डा तर्फ देशको राजनीतिलाई बलजफ्ति मोड्न नखोजून भन्ने विश्वासको वातावरण बनाउनु हो र सबैभन्दा महत्वपूर्ण कुरा अब हुने भनिएको संविधानसभाको चुनावमा प्रतेक मतदाता जनताले निर्भय भई आफ्नो मत प्रकट गर्न सकून भन्ने वातावरण बनाउने हो।
ख। जहाँसम्म हतियारको विसर्जनले के नेपालका समस्याहरुको अन्त्य हुन्छन भन्ने प्रश्न तेर्साउनु भएको छ त्यस्को जवाफ तपाईँ स्वयंलाई पनि थाहा छ कि कोरा सैद्दान्तिक र राजनीतिका मुद्दाको निरुपणले मात्र देशलाई ‘रामराज्य ‘ बनाउँदैन । विचार कै रुपमा कुनै राजनीतिक वा दार्शनिक विचारले जनताको वा मुलुकको कुभलो को कल्पना गर्दैन तर विचार र राजनीतिको प्रायोगिकतार कार्यान्वनको जिम्मेवारी पाएका वा दिएकाहरुको कार्यव्यवहारले मात्र तत् तत् कुरालाई सफलता वा असफलता तर्फ लैजाने हो । अत: यो भ्रम हामीले बाँडिरहनु पर्दैन कि राजनीतिको कुनै खुडकिलो पार गर्दैमा हाम्रा सबै दुखहरुको समूल अन्त्य हुनेछ । अझ भन्नुहुन्छ भने , दोस्रो विश्वयुद्द यताको विश्व राजनीतिलाई नियालेर हेर्नु भयो भने अशान्ति र क्रान्तिको रुमानी गीतमा आन्तरिक युद्दमा होमिएका ८०% भन्दा बडी मुलुकहरु द्वन्द र प्रतिद्वन्दको दलदलमा नै भासिइरहेका छन ,तिनीहरु लाख प्रयत्नका बावजूद उठ्न सकिरहेका छैनन । त्यसैले तपाईँले भने जस्तो कुनै राजनैतिक फड्को पार गर्ने बित्तिकै समस्याहरु जादूई ढंगले समाप्त हुनेछन ? भनेर प्रस्न गर्नु काँचोपन हो । किनभने यो प्रश्नको जवाफ तपाइँ , मलाई र अरु सबैलाई राम्रो संग थाह छ ।
२॥ वार्ताको राजनीति र सम्झौताको राजनीत भन्ने वित्तिकै विविध पक्षहरुले एकार्काको अस्तित्वलाई स्वीकार गर्दै आफ्नो पक्षको अत्यधिक प्रभावको खोजि गर्नु हो तर आज माओवादी र पार्टी वीच जुन मुख्य मुद्दामा हलो अड्किएको छ , त्यस्को निरुपण नभई वार्ता अगाडि गएन भन्ने कुरा देखिएकै छ । अत: कि त हतियारको व्यवस्थापन यस ढंगले गरिने छ भनेर माओवादीहरुले सबै अरु पक्षलाई विश्वास दिलाउन सक्नु पर्यो अथवा एउटा राजनैतिक पक्ष भएका नाताले आफ्नो पार्टीको प्राइभेट आर्मी सहित कसरी सरकारमा बसेर कुन अन्तर्राष्ट्रीय मापदण्डका आधारमा काम गर्न मिल्ने हो त्यो कुराको चित्तबुझ्दो जवाफ सम्बन्धित पक्षहरुलाई कसरी पस्कनु पर्ने हो त्यो कुरा पनि माओवादीको कुटनैतिक संयन्त्रले जान्नु पर्ने हो । त्यसैले हतियार व्यवस्थापन अचूक औषधी हैन होला तर अहिलेको वार्ताको हलो त्यहीँ अडकिएको कुरा भने साँचो हो, हैन र ?
३। प्रश्न उठ्छ , राजाको सेना ज्युँ का त्युँ छ भन्ने । क्रान्ति गर्ने र क्रान्तिको सफलतामा विश्वास गर्नेले जनताको शक्तिमा सही अर्थमा विश्वास राख्न सक्नु पर्छ । नेपालमा सम्पन्न अप्रिल क्रान्ति ,त्यस्को पृष्ठभूमी र पश्चभूमीले पनि के कुरा साबित गरिदिएको छ भने नेपाली जनता हरेक खालको तानाशाही तन्त्र विरुद्द सशक्त रुपमा अगाडि आउन सक्छन । त्यो हिजोका तानाशाहीहरुका लागि मात्र हैन भोलि आउन जमर्को गर्ने विरुद्द पनि हुन सक्छ । बदलिँदो परिवेशमा परम्रागत नेपाली सेनालाई लोकतान्त्रिक बनाउने अभ्यास चलिरहेको छ त्यो सेना कुनै पार्टी प्रति वफादार सेना पनि हैन । त्यसैले त्यस्ले कांग्रेस वा एमाले वा सात पार्टीको पक्षमा लागेर राजनीति हिजो पनि गरेको थिएन र गर्ने पनि अवश्य छैन । अर्को कुरा सबै हतियारधारी सेनाहरुलाई संयुक्त राष्ट्रिय अनुगमनमा राख्ने भनिसकेपछि , त्यस्कालागि वातावरण बनाउनु पर्ने जिम्मेवारी वोध गर्ने हो भने माओवादीपार्टिको सेना र हतियार को व्यवस्थापन र नेपाली सेनाको निगरानी भन्दा मान्य व्यवस्था कुनै हुनै सक्दैन । किनभने नेपालमा अहिले भएको आन्दोलन पुरानो संरचनाको सुधारवादी परिवर्तनको वातावरण तयार गर्नका लागि थियो , एउटा सम्पूर्ण क्रान्ति थिएन । यदि माओवादीले बने अनुसार उनीहरु जनताको विचार बुझ्न त्यति लालयित छन भने र हामीले नेपाललाई आफ्नो कब्जामा लिईसकेका छौँ भन्ने लागेको खण्डमा उनीहरु जनताको मत बुझ्न निशस्त्र जनतामाझ जान सक्नु पर्छ र मत लिनु पर्छ , बन्दूक बोकेर जनमत प्रमाणित हुँदैन र सभ्य संसारलाई मान्य पनि हुँदैन ।
४। गोल्फ खेल्ने र उच्च घरानिया मान्छे मात्र हैन दीपकजि , म जस्तो पढेलेखेको तर सामान्य हैसियतको मान्छेले पनि पनि माओवादीको हतियार व्यवस्थापन भएर हुने र गरिने राजनीतिक समाधानको अपेक्षा राख्छु । २१ औँ शताब्दिमा मार्क्सले सन १८४८मा लेखिदिएको वर्गवादी गीता बोकेर तपाईँले मान्छेलाई ‘दूध’ र ‘पानी’ ; शोषक र शोषित ,: वा दिन र रात मा वर्गीकरण नगरेको जाति । म मेरो जीवनमा कुन कुराले बढी महत्व राख्छ बन्ने कुरामा दृढ छु र वैयक्तिक स्वतन्त्रताको मूल्यमा गरिने सबैखाले सम्झौताहरुले मेरो अधिकारमाथि रजगज गर्ने शासक पैदा गर्ने षडयन्त्र गर्छ भन्ने कुरामा मलाई विश्वास छ , त्यसैले माओवादीका हतियार व्यवस्थापन र अहिलेको शान्ति प्रकृया सफल रुपमा अगाडी बढ्नु पर्छ भन्ने सबैलाई तपाईँले भने जस्तो सामन्ती वर्गमा लम्पसम्प राखिदिने तपाईँको धृष्टता आग्रही छ , क्षमा गर्नु होला है ।
५ । शान्ति प्रकृया अगाडि बढ्न एकआपसमा विश्वासको वातावरण हुनु पर्यो । कुन विषयहरुले विश्वासको त्यो वातावरण निर्माणमा अवरोध गरेका छन त्यस्को निरुपण चाहियो पहिला । सात पार्टी र माओवादी अनि राजाको स्थान के हुने वा गर्ने भन्ने कुरामा पनि पर्याप्त गृहकार्य सहितको रोडम्याप हुनुपर्यो । जनमतले तय गर्ने कुरामा निर्भयरुपमा जनमत व्यक्त हुनसक्ने परिस्थिति निर्माण गर्ने बलियो राष्ट्रिय अन्तर्राष्ट्रिय संयन्त्त्र तयार पारेर संविधानसभाको चुनाव गरिसकेपछि फेरि त्यो जनमतलाई साहस सहित सबै पक्षले स्वीकार्ने संस्कृति भएमा र ती कुरामा सबे प्रतिवद्द छन बने हजार अवरोधका वीच पनि उद्देश्य सहितको सान्ति स्थापना हुन्छ हैन भने प्रतेक राजनैतिक घटकले दाऊ लगाएर वा नतिजा कता जान्छ नत्र जानेको छु भन्ने गोप्य एजेण्डा बोकेर च्याँखे थापिरहेका हुन भने देश इथियोपिया , सुडान र सिएरालियोन बन्छ ; हामी लडिरहने र मरिरहने खालको ।
शान्ति र देश निर्माणको उद्देस्यमा हिँडेकाहरुले सत्ताको प्राप्तिलाई नै प्राप्रि ठान्ने हो भने हिजि ,आज र भोलिमा केही फरक हुने छैन । पात्र परिवर्तन हैन , प्रवृत्तिको प्रशोधन र परिवर्तन खोजेको हो हामीले तर कसैले त्यस कुराको छनक कसैले विचार र व्यवहार कतैबाट देखाइरहेको छैन ।
मन परे हरियो, नपरे रातो
0
0
धन्यबाद दिपक जी,
यहांको बिश्लेषण, हामीजस्तै ९०% जनताले सोचे जस्तै छ।
-नेपलको समस्या, दिर्घकालिन रुपमा समाधान को, गांठी कुरो चाहिं के हो भने नी – आत्मनिर्भरता र स्वभिमान को कमी हो।
अर्को सब्दमा भन्दा,
संधै, ‘चाकडि +चाप्लुसि’ गर्दै देला र खाउला भन्ने प्रबृति। आफु ले केहि गर्नु भन्दा पनि, सात समुन्द्र पारी का को मुख ताक्नु नै नेपाल अहिलेको यो स्थितिमा आउनुको ‘पहिलो कारण’ हो।
हेर्नुहोस न,तथ्यहरु:
१-नेपालको बजेट र बिकास योजनाहरु।
२-नेता र कार्य कर्ताहरु कसरि बिदेशिलाई रिझाउने र एन् जि ओ चलाएर कसरिइ डलर कमाउने भन्ने चिन्ताले ग्रस्त छन्। त्यति मात्रै हो र, एन् जि ओ चलाउने, कुरामा झगडा गर्दै, पार्टि नै फुटाएको कुरा भनी रहनु पर्छ होला र!
३- अझ कर्मचारि को त के कुरा, गाउंबाट रिङरोड भित्र छिरे पछि त, गाउं उनिहरुको लागि पाखे हरुको बस्ति हुन्छ, अनि, उनिहरुलाई, के चिन्ताले सताउछ भने, मेरो छोरा छोरीलाई कसरि बिदेश पठाउं र कठमान्डौं मा ३ तले घर कसरि बनाउं। कार्यालयमा (मन्त्रालय,बिभाग,अन्य कार्यालयहरु ) गएर गाउको लागि बीकास का योजना को बनाओस, बरु कुन योजना बनाउदा बढि भ्रस्टाचार गर्न पाइन्छ भन्ने सोचले ग्रस्त कर्मचारि समाज।
४-राजा हरुको पारा त्यस्तै छ(केहि अपबाद बाहेक),नेपालि जनता उनिहरुको लागि ‘झिङा’ ‘मसिना’ सरह हुन्छन, तर एउटा बिदेशि त्यसमा पनि सेतो छाला भएको छ भने त ‘सिर देखि पाउ सम्म चाटुला जस्तो गर्ने प्रबृति’।
सारांसमा, यि मथिका प्रबृति किन र कसरि बिकसित हुन पुगे र यसलाई कसरि हटाउने भन्ने बैज्ञानिक सोच अनुसार समाज परिवर्तन् गर्ने बिकास का कार्यक्रम लाईदैन तबसम्म जुन सत्त व ब्यक्ति व पार्टि सरकारमा पुगेपनि ‘शान्ती र बिकास’ को चाहना राख्ने जनताको लागि ‘हात्ति आयो हात्ति आयो फुस्स’ भन्ने हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
kuro 100% sahi ho.
मन परे हरियो, नपरे रातो
0
0
that’s great articles. hope new days will be come soon .
मन परे हरियो, नपरे रातो
0
0
mero bichar ma…sabai kuro milihal ne ..kaha ho ka ha thulo paribartan vaie hal ne asa gar nu chai bakkar chha…hatiyar bujayo vane ahile ko van da k hi ram ro abas se hun chha ..interim gov. ban la samidan sabhha hun chha hola ..ani democratic process ma jan chha country ..i mean au ta niyam ma desh agadi bad na thal chha…
aba haina vid ne nai ho vane chai yo lambin chha…dhrubikaran kasari hun chha tyo van na garo chha …..tara sayad congress party ..prajatantrik party …ra desh ko buerocract ..sena raja akatira huna sakchan vane…communist party maobadi saga mil na pani sak chha….andolan hola…maru maru nikai hun chha ra paribar tan aula…
tara tyo prakirya bata communist i e vane democracy rahadaina… Because after the failure of whole system, it indeed need some autocratic rulling to make things in track.As we know that we are very much dependent upon external grants and loan to develope our country and it is very minimum looking to the demand of infrastructure..tesaile the government will have to initiate the develpment project in their own by forcing the huge number of people as just maobadi have been doing for a long time. That system would start to dominate all over the nation.
Life would be tough at that time. Tara if the system works and there is the stability and honesty in that government and leadership, we might see some development after 10-30 years.
Aba kuro yo risk line ki naline van ne ho…bag ko bachha damaru palera dud khuwaye pani akdin thesle khanchha.. PARIBARTAN GARCHU VANERA MAN CHE MAR NE SAIKO HARULAI BISYAS GARI HAL NA PANI NAMIL LA..TARA DECISION TAPAI HAMI KAI HAT MA CHHA …MALAI LAG CHHA VOLI HUNE BARTA KA KURA HARU OUT HUNE BITIKAI ADI KO HI AFNU MAG MA ADIK VO VANE JANATA LE JULUS NIKALE RA DABAB DINA SAK NU PAR CHHA…HARAU K HUN CHHA ..ASTU
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि एस लेखमा हतियार ब्यबस्थापन हुदैमा समस्या समधान हुदैन भनेर दिपक सर ले लेखनू भएको लेख अति नै रोचक छ उहा लाई हामि सम्पुर्ण नेपली बाट नै कोटि कोटि धन्याबाद !बास्तबमा भन्ने हो भने साच्चिनै हतियार ब्यबस्थापन ले मात्रै कहिले पनि समस्या को समधान हुदैन अहिले जति पनि हाम्रा अग्रज नेता जिउ हरु तम्सिरहनु भएको छ कोहि पदमा बसेर कोहि पद पाउने आशामा!तर जति जस्ता नेता आएपनि उहि त हो सधै आफुलाई अनि आफुनो नाताबाद हेर्ने त हो ,र जुन अहिले को मुल समस्या भनेको नै देशलाई राजाको चुङ्गल बाट छुटाएर माओबादि समस्या लाई समाधान गर्ने एउटा राम्रो अबसर मिलेको बेलामा कहिले के कहिले के भन्दै फेरी देशलाई हतियार ब्यबस्थापन पहिले, अनि बार्ता सफल हुन्छ, भन्नू चाहि अलिक असजिलो जस्तो मलाई पनि लाग्यो!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
realistic,fantastic,analysis.
100%right
मन परे हरियो, नपरे रातो
0
0
Hello
We blame too much to other but look to see what we have in ourselves? Baburam’s crimes are okey and acceptable but similar others crimes not. Civil sociery, journalist, and all have started worshiping Prachand and Baburam, like they did to the kind about 15 years ago. What a change?
Is that what people wanted? If you suport Maoist, you are great but you have no right to support monarchy? What a model of loktantra?
Thanks
Deepak
मन परे हरियो, नपरे रातो
0
0
Deepak You have written very good article. Nobody has stopped to make good decision for well being of Nepali people.But they never do that. They belongs themselves in the same socalled elite and arostrocratic class. It is out of imagination.
मन परे हरियो, नपरे रातो
0
0
Albert Einstein. There cannot be peace without justice and law and order. Just forcing the Moists and the Army to lock up their weapons will not help. What we need is good governance and honest leaders. We neither have both so we need to bring new faces that can lead our country to the right direction with dignity.
मन परे हरियो, नपरे रातो
0
0
दीपक अर्याल जी, राम्रो बिचारको लागि धन्यवाद ।
मन परे हरियो, नपरे रातो
0
0