Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

मान्छे हराएको अत्यन्त जरुरी सूचना

उही कुमार लामा

२१ असोज २०६३
हरायो! एकजना मानिस हरायो! गत ११ बैशाख २०६३ को राति अन्दाजी ११ बजेदेखि पूरै हरायो। कोही भन्छन्, सो मानिस नागार्जुनको वनतिर लुकेर बसेको छ त कोही भन्छन्, होइन ह्विस्की र सिगार तान्दै इण्टरनेटमा पोकर खेलेर बसेको छ। कोही भन्छ्न्, गत बैशाख ११ मै निजको मृत्यु भयो त कोही भन्छन्, होइन; लडिजाफसाद, काजु कान्छा, चिम्से एफ (फटाहा) “मोरा”यार्टी भन्नेहरूको ग्याङ्को तन्त्रमन्त्रले गर्दा निज व्यक्ति तंग्रिन लागेको छ। तर यकिन उसको खबर भने आम नेपालीलाई थाहा छैन। आफ्ना धेरै पुर्खाहरूको तुलनामा अलिक धेरै बाँचेको अन्दाजी वर्ष ५९ को हराएको सो मानिसको हुलिया निम्न प्रकारका छन्।


उचाइः वास्तविक ५ फिट ९ इञ्च, तर हाल ढाड कुप्रिएर ५ फिट ७ इञ्चमा झरेको।

वर्णः गहुँगोरो तर मुख चाहिँ सुर्ति र रक्सी अत्यधिक सेवनका कारण निकै डढेको तथा गाला हुप्प सुन्निएको।

शारीरिक विवरणः बांगो मुण्टो तथा मुख रोमन अक्षरको “यु” उँधो घोप्ट्याए जस्तै लेप्रिएको। तसर्थः मुखाकृति प्रायः सधैँ पोखिएको झोल झैँ देखिने। नाइटोभन्दा माथि भुँडी प्लित्त निस्किएको।

स्वभावः निदाउँदा भटट र रेटेटे गर्दै घुर्ने र ब्युझँदा प्रायः नबोली धुम्धुम्ती बस्ने। बिरलै हाँस्ने, कथंकदाचित हाँसिहालेमा मुखाकृति रोए जस्तै देखिने, झनक्क रिसाउने, कसैको कुरा सुन्दैनसुन्ने, कोहीसँग नमिल्ने अक्कडो लिँडेढिपीमा नंबर १। तर चोर-डाका-हत्यारा; यसलाई झुण्ड्याई दे भनेर अढाई करोड नेपालीले चार-चार वर्षसम्म दिनरात कराए पनि चुपचाप सही दिने “अत्यन्त सहनशील” पनि।

स्वास्थ्य स्थितिः क्रोनिक डिप्रेसन (Chronic Depression) बाट पीडित। अनि साइकोपाथ (psychopath) भन्ने कहिल्यै निको नहुने भयानक डरलाग्दो मनोरोग लागेको।

शैक्षिक योग्यताः एसएलसीको जाँच आफ्नो हात र दिमागले कहिल्यै नदिएको तर बीए पास गरेको भनी प्रचार गरिएको। जिन्दगीमा एउटा पनि पुस्तक वारपार नपढेको तथा पत्रिकासमेत अरूले पढेर सुनाई दिनुपर्ने बानी परेको।

रूचिः इण्टरनेटमा पोकर खेल्ने र राजनीतिमा षडयन्त्र रच्ने।

पारिवारिक विवरणः कान नसुन्ने मोटी आइमाईको पोइ, डिस्कोवालीको पोईको बाउ तथा कीर्तेमाष्टरकी जोईको पनि बाउ।

जायजेथाः भूमिहीन किसानहरूको बाहुल्य भएको मुलुकको मानिस भए पनि ३४ हजार रोपनी जग्गा हडप्पेर बसेको। अनि वार्षिक अनुमानित १५ हजार रूपैयाँ आय भएका हरितन्नमहरूको मुलुकको मानिस भए पनि वार्षिक २५ करोड रूपैयाँ तलब खानुका साथै आफ्नै मुलुकका नागरिकबाट लुटेर स्विटजरल्याण्डमा खरबौं खरब रूपैयाँ लुकाएको। अतएवः नेपालको सबै-सबै-सबै-भन्दा ठूलो डाका भनेर ठोकुवा गर्न सकिने।

व्यवसायः गाँजा, चरेस, हेरोइन, पुरातात्विक मूर्ति तथा सर्पको छालाको व्यापार।

कीर्तिमानः दाजुभाइ तथा दिदीबहिनीलाई एकैचिहान पारेको र सालीलाई रारा दहमा लगेर झारेको।

जीवनका अन्य रोचक घटनाः ङ्यारङुरे ढाडे बिरालोको जस्तै उसको स्वभावअनुसार अफ्रिकातिर बरालिँदा ताञ्जानियाको एउटा होटेलको भित्ताभरिको टेलिभिजन ह्विस्कीको ग्लासले हिर्काएर फुटाई ५० हजार डलर जरिवाना तिरेको। अनि प्रचण्डको अन्तरवार्ता बीबीसी वर्ल्ड सर्भिसले प्रशारण गरिरहेको बेला “आए बाउको गए जनताको (साहुको होइन)” भन्ने उसको सिद्धान्तअनुसार नारायणहिटीमा रहेका सबै टेलिभिजन फुटाई एउटा पनि सग्लो नछाडेको।

योजनाः सके नेपालमै बसेर राजनीतिक षडयन्त्र बुनी माघ १९ ल्याउने, नसके भागेर कतार गएर बस्ने। कतार बस्ने चाँजोपाँजो पहिला नै निकै अगाडी बढाइसकेको। निजको कुपुत्रले गैँडा युरोप उडाएर लाने बाहना पारी कतारको दोहामा बसेर एउटा पाँचतारे होटेल खोल्नलाई शुरुआत गरेको। सो हराएको मानिसले एकपल्ट दुईवटा हवाइजहाजमा हिरामोती लिएर गई अफ्रिकाका विभिन्न मुलुकहरूमा लुकाएर आएको अनुमान पनि गरिएको।

उपर्युक्त हुलिया भएको मानिसलाई भेट्ने महानुभावहरूले निजलाई सिधै नर्कलोक वा नक्खुतिर कता पायक पर्छ, त्यतै पठाउनु होला। पुरष्कार स्वरूप लोकतान्त्रिक गणतन्त्र- २०६३ स-सम्मान प्रदान गरिने छ।

Related posts:

  1. 'म' हराएको सूचना
  2. सूचना आयोगले सूचना लुकायो
  3. यस्तो पो सूचना
  4. सहर, बूढी मान्छे र तन्नेरी हुने कुरा
  5. म मरे पनि मेरो सूचना…

66 comments to मान्छे हराएको अत्यन्त जरुरी सूचना

  • Rajendra Raj Sedhain,Fairfield,Iowa,USA

    yasto jhare manchhe ko ke kura garnu

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • anu

    kumar jee tapinle bhaneko anusara herne ho bhane ta tyo ta manchhe haina hola, pashu huna parchha. zoo tira khojna jane ho ki ta.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bhanu

    shame to all mandales who cry over kumar lama’s analysis. he just analysed by words. that Dai, bhai, mara gyane, nepali janata ko Blood sucker, happy to give pain to 25 million nepalese for his family, janata mara is deserved to set fire alive.as long as that danka doesnot meet the justice for his crime, nepalese people,s aspiration remain uncompleted.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • उही कुमार लामा

    धेरैभन्दा भन्दा धेरै पाठकले यो लेख रुचाइदिनु भयो, धन्यवाद।

    अनि यस लेखको झटारो लागेर उही कुमार लामाका लेख मेरो संसारमा प्रतिबन्ध लगाउन अनन्यरोदन गर्ने मण्डलेहरूप्रति हार्दिक श्रद्धाञ्जली। मण्डलेवाद भनेकै आखिर अभिव्यक्ति स्वतन्त्रतालाई रोक्ने हो। कुकुरलाई घ्यू नपचे जस्तै साँचो कुरा उनीहरूलाई पच्दैन। तर नपचे पनि विचार दुनियामा कसैले सेन्सर गर्न सक्दैन। नेपालमा ज्ञानेन्द्रवादको जन्म भएपछि ई-प्रकाशनको बाढी आएको थियो र उही कुमार लामा त्यही बेलादेखिको सक्रीय पात्र हो र भविष्यमा पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षपाति रहिरहने छ। ज्ञानेन्द्रले चलाएको सारा राज्य संयन्त्रले स्वतन्त्रताप्रेमी नेपालीहरूको बिचारलाई रोक्न सकेन र उनको पराजय भएरै छाड्यो र अबको लडाइँ भनेको उनको पूरा विदाइ गरेर देशलाई समृद्ध र खतरामुक्त लोकतान्त्रिक मुलुक बनाउनका लागि हो।

    सत्य नपच्नेहरूले एबीसी जुनसुकै ग्रेड दिए पनि वा सस्तो र महँगो जे मूल्य तोके पनि उही कुमार लामालाई फरक पर्दैन। मण्डलेहरूबाट लेखनकला सिक्न न त जरूरी छ न त उनीहरूको कुनै पनि प्रयासबाट ऊ पछि नै हच्किन्छ। उनीहरुले मलाई हतोत्साहित गर्न खोज्नु उनीहरूकै लागि टाउको दुःखाइमात्रै हो। यो नियति झेल्दै आएको चार वर्ष भइसकेको छ। मण्डलेहरूलाई निम्न रचना पनि हेरुन्।

    http://www.ganatantranepal.org/01/parody/p-e07;20621226.html
    http://www.ganatantranepal.org/01/goru/g03;paris;20621219.html

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Deepak

    The article produced by Mr. Lana is ridiculous. This is not the way to blame any one in such a cheap way. This does not mean that I am a royal supporter but everyone should maintain their own ethics. This is really too much.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • arwin

    I am not king supporter but……. i use to think that i can read good news written in proper language in this website but….. in this site i found the worse article. The way of writting this article is the worse article that i had read in my life.
    Try to give ur true view towards the public not a false and worse like this…….
    i hope these type of nonsense articles will not ne repeated…… lets see what happens.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • i m sorry for those guys who are still licking the king’s ass.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • raju

    umesh bro i don think we can follow yr blog if u carry on like this . it is the cheapest blog u have ever done. hope u realise. do good n gud luk.
    london raju

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rajan

    कति धेरै पैसा भएको मान्क्षे पो हरा रेछ बाइ, साथिहो हामिले एस्तो मनुष्यलाई गुमाउन हुन्न, हेर्नुस हामीले उसलाइ फेलापार्नै पर्छ किनकी हामीलाइ र हाम्रो देशलाइ उसको सम्पत्तिको मतलबको कुरोछ !
    ल म चाँइ आजै लागेँ खोज्न, एसो फ्रेञ्चतिर पो लाग्योकि मोरो म यता खोज्छु हैत !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Machhindra Tiwari

    malai ta lagao tao ta te hi mahila poo rahichha.naran hiti ko dulo bhitra luki rakhe ko tao mo ra lai khojna nepali haru sabai aatur chhan.santi barta bhairada kata wishky tane ra tana bana bundai hola.nepali haru biswasta chhan tas ko tuppi samatera aak din rig road ghumaunu parchha.tas le nepal ra nepali lai nikai dukha di sakay.aaba des chode ra tao bhg chha.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pahadi

    Shame on you guys! You grade this article as C. Have you looked at how do your comments reflect about yourself? Think whether this article is C grade or your comments. One of the guys even went on calling it *vulgar*! What a *shit* comment?
    In a humorous way, this article depicts and uncovers yet unknown facts too. The majority of the readers have seen and applouded it.
    However, it is interesting to notice here how the pro-royalists condemn a republican blogger or a writer instead of saying, “Long Live Gyanendra.”
    Millions of words are not enough to condemn the 238 years old feudal monarchy. In addition, any kind of punishment against Gyanendra and Paras can be too little.
    Keep up Umesh and Kumar ji!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • raj

    ghatiya artical….this is too much…yesto lekhna chahi ali suhayena….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • gorkhaligurung

    सबै भन्दा ठुलो यो राजतन्त्र को बारेमा जनमत सङ्रह हुनु भन्दा अघि दर्बार हत्या कान्ड को निश्पक्ष्य छानबिन नभै हुदैन, हैन यि माओबादि हरु किन यो कुरा मा चुप् छन्? अनि यस्तो छान बिन मा निश्पक्ष्य वा प्रतिरोध गर्न सक्ने शक्ति पनि हुनु पर्छ, चाहे त्यो शक्ति माओ बादि नै किन नहोस्। अरु कुरा मा सहमत् न भये पनि यो राजा फाल्ने कुरा मा चाहि माओ बादि को काम् सराहनिय छ।
    Days are numbered
    Parase and Gyanendre will go to hell,
    which means Nakhkhu jail
    Along with their gaanjaa and moorti business

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Interesting

    I am sure there are lot of people who must have bitter gurge on this guy. The article could be full of sarcasm but if you link to someone personal character and action it reflects possibly more than 90% of his personlity. If people surrender to such arrogant for their hope as a leader they don have their identity and selfsteem but they don’t appreciate somebody’s courage to make humour out of the cruel reality. All great leader needs to pass the test of time and demonstrate that they are the worthy of leading a country or a society. People can not surrender to thugs and criminals. If someone is criminal better we know about him and treat him like what he deserves. That will be lesson for future emerging leader as well to define their own bourdary for action and character. Don’t get hurt, learn to face the reality.

    Karma is the biggest thing what defines us and what reputation we make for ourself. Rest is the reflection of our action. So no need to be worried about the nature’s cycle of justice.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Mukti Aryal

    यो लेखला ई घटिया भन्ने हरु प्रती मेरो सहनुभूती! Poor Guys! Have you ever wanted to go against King in your life?

    Good Jod Kumar Lama!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • aasish,switzerland

    HAHAHAHAHA
    NICE ARTICLE KEEP IT UP …………
    WISH U ALL THE BEST .
    LOOK AT THE MANDALE’S COMMENTS ALSO…..they r very angry hahahahahah don’t worry friend’s after all he is killer.
    aasish

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rajendra K.C.

    The article is full of sarctism. it has crossed the limit of writing. We cannot say anything to anyone for cheap popularity only in the the name of writing. I am not writing because I am in favor of kingship but I think the writing should be systematic and civilised. Please donot give space for the articles like this.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rkkka

    Lama bhai !
    Timile aaphulai khub thulo bloger thaneka rahechhau.Tara timi lai ta maile ta sara phuchhe ra des drohi thandachhu.Tetro aandolan ka neta haru lai kunai pagal ra sanki le upanam rakhe bhandai ma uniharu lai media ma upahas ko patra banaunu jasto droha k huna sakchha ? Yesto popular site ma lekhda bichar puryayera lekha bhai natra timro pani din ta lammo hunn hola hai.

    Rakiv USA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Suman

    good!
    Everybody knows where he is.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Prashant ,NY,USA

    ho… maile chine … oo maile chine .. tyo haamro gyaane kaka ta haraaunu bhaena.. pheri usko chora lai samaatera raakhnu hai.. bau chora duwai gay ko ke….. chora le bau na paauda arko nepali lai…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • I think this is very creative. A nice piece of a comic. And for those who think this is cheap or not appropriate should think about the people who suffered, died, and still suffering due to our Autocratic Monarch dynasty. And you should look through the eyes of those people who have been experiencing pain and torture from generations to generations. And I think it is not enough. It should have been more. I admire Kumar Lama for his efforts. I have a suggestion for you guys who think this is bad. Don’t look through the eyes of Gandhi who started the movement only after he was kicked out of the train not when he knew people are getting kicked out of the train in India. He was having a good career then. When it hit him personally then his ego became such that he had to do mass movement. You have to look through the eyes of those who are still suffering. And I bet you all must be from a ‘Sampanna parivar’ that’s why you are commenting with sympathy. And it is pathetic.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Kiran, Daegu, korea

    Yo chain ali bhayena ki?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ए हो र तियो मान्छे लाइ त मैले कुन चीढीया खानामा मा पो देखेको थीएई
    ए साची नारायण घाट मा पो हो त .तेस्लाइ त छोड्नु हुदैन है.तेस्ले त २३१५१४२३
    जनता लाइ शान्त सग बस्न दीएको छैन .तेस्लाइ त २३१५१४२३ जनताका अगाडी
    नाङगै पारेर् छाला चीरेर नुन खोर्सानि लगाउनु पर्छ . म पनी आउछु . पोखरा बाट.

    कुमार बुढाथोकि

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • thank you so much. this is the funniest joke i ever heard in my life. love it.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • wanem, hong kong

    Rubbish ! meaningless article better not to post it.
    Umesh jee,
    You may open a talk forum about “ROYAL MASSACRE and how to penalize the culprit.”

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bb janta tapas

    kumar jee ra umes jee
    tyo harayeko manche nagarjun ko jangal tira tapasya garna gayeko cha re
    suneye anusar america ko tarfabata nepal ma basiraheko tyo narath le aba timbro hit lagi antim upaya vneko bush jabnu ho vane pachi( om nama busaya )(om nama busaya) vanera din rat jabchan re

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rakesh Gorkhali

    Umeshji,

    I never be a King supporter or do support any type of autocracy. But I find this Blog is total nonsense and wasting of time. And more some Blogs and Comments are too vulgar and scolding each other using words that should not be used in normal society. Such things may affect the popularity of MY SANSAR. Thank you.

    Rakesh

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Krishna Shrestha

    Attention:

    Dear Umesh Jee:
    Why don’t you highlight about Bibek Luintel’s murder case? Don’t you think that we need to fight for “Childrens Right” and overall “human right”?

    Do you think that Police Officer K.C. (Nepali Filmi Hero???) is CLEAN in this case?

    Please raise this issue.

    Krishna

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Madan

    नेपाल को सबैभन्दा ठुलो सत्रु चिन्ने भए सबैले कान्तिपुर को दिल सहनी को लेख पढ्नु पर्छ(बिचार बिबेचना मा छ)
    नेपाल मा राजा राख्ने नराख्ने निर्णय गर्ने त्यो हो ।नेपाली हैन ।
    नेपाल मा एत्रो सशास्त्र आन्दोलन चलाऊने पनि त्यही हो ।नेपाल लाई जातिय आधार मा टुक्राएर खाने दाउ मा छ त्यो सयबर्श सम्म को बेलायति नोकर ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Biman

    Even mero snasar is loosing its credibility with this type of too cheap message.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pralaya

    ramroo chha kumar jee ko suchana, yo choor ko yeti matarai bibaran chahi ali kam vayooo .yo naravakchi lai pakrera ,yo sahit yesko kuputra ani yeska matiyar lai tudikhel ma lagera hundiyai sedai narka prasthan garaunu parchha. dai mare
    ra teti matra le napugera nepali janta lai goli thoki marne yo jiyan mara lai pakre ra sidai fasi chadayounu parthyoo.; tara kasale garne nepal sarkar, ya nepali jantale nai?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • manandhar

    हा हा हा हा कहिले सासुको पालो कहिले बुहारिको भने जस्तै ..तर यिनिहरु कहिलै मर्दैन मर्ने हामी जस्ता सोझा सिधा जनता हरुनै हो..अनी यिनिहरु कहिल्यै पक्रिन्दैन र फेला पर्दैन / पक्रिने र फेला पर्ने हामी सोझा जनता हरुनै हो/ यिनी हरुले कहिलै मान्छे मार्दैन मार्ने यिनीहरुका पेसेबर मान्छेहरुनै हो/ तेसैले यिनिहरु कहिलै दोसी हुन्न दोस इतिहासलाई दिन्छ.. समये ले कोल्ते फेरेको छैन पासा पल्तन सक्छ , अहिले यस्तोमा मसि खर्चनु भन्दा बर्तमान बार्तालाई सफल बनाउन तिर जोद दिउ , चौतर्फि दबाब दिउ ..
    जब पासा जनताको हात मा पर्छ तेस्पछि जनतालाई नै सप्पैकुरा को जिम्मा देउ..जस्ले जस्लाई खोज्नु परेपनी जनतालेनै खोज्ने छ/ हतार नगरौ साथीहरु ..जसरी भयेपनी बार्तालाई सफल बनाउम ..तेस्पछि सप्पैको आ आफ्नो सपना साकार पारौ ..हामी पनी बिदेश बात छितै आफ्नो देश फर्केर आ आफ्नो कर्म गर्न सकुम ..
    मानन्धर जेपिएन /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sharma

    लेख अति घटिया र स्तरहिन छ। लखेट्नु को पनि सिमा हुन्छ यार।अति गर्नु अतिसार नगर्नु भन्छन्। अरु माथि अतिसार गर्दा नै राजाले हावा खाए। कहिं येस्तै अतिका कारण पुन जनतामा राजा प्रति सम्मान नबढ्ला भन्न सकिन्न।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Nilu Rimal

    Lama ji,
    Great great great description. Maybe you should send this description to the Narayanhiti palace, the employees there might come in handy.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • NishaRijal/Kathmandu

    Haina aba ahilay samma ko Head of State ta Raja naee ho ni alikati nepali hunako maryada rakhna parcha ki,afno Head of State ko Bayeejat garnu bhannu afno anee afno nepali pan anee desh ko bayejat garnu ho ki haina.ABa Raja ko Phaisala ta Sambidahan Sabha lay garcha ni anee sarbasadharan bhaya pachi kura arkaee huncha.Baru ahilay Raja kehee naboli afno maryada ma basayko chan aru haru laeee manparitantra lagyako cha ni.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Basnet Kaji

    low grade article

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ganga Ram Tamang

    Haaaa Kumara Ji, Qatar ma ta chance china Gaide ko… Yaha ko Khajur ko bodma jhundai de pachi.. vata ta ra rata ta dekhchha. Nice artical..keep it on.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hajur umas ji dherai ramro hulia raicha tara maila ko hola gasto chha aru pani maila ka sathi haru chata chan ni kina ho

    narayan sapkota portugal

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sangita kunwar

    umesh g
    kura ta thikai ho tyo manche pakkai pani k dau herera baseko cha aba . aba maile kasto process chalne bhanera .
    sugam

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • siddhartha

    Malai ta bichara lagyo. Probably, he will be thrown from his present post. So, considering him as the most severely affected victim of the Loktantrik aandolan, lamajee should not have written in this way to give him torture and harm pschychology. After all he is also a citizen of the nation.

    Siddhartha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • TESTO MANCHE KHOJNA TA SUGUR KO KHOR TIRA JANU PARCHA……

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jack

    La la babal dmai chha hao suchana .
    Easto suchana bela bela ma dirahanu parchha hai daju bhai ho !!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • MSA

    It souds very cheap expression. Whoever the person is , this is not a way of presentation. However, I am not in fover of that person whom the the writer intends to.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • casanova

    Dear Authors,

    Your articles seem to be full of anguishes and curses that you’ve been harbouring from decades. Many people may get entertained with this but not all.I am not in position to appreciate this writings of yours as some kind of great issues,though it seems, you have put hell lot of effort in it.
    Any way, get going with better articles. I don’t think i have to explain what is vulgarism to you guys as you know better. My friends, vulgarism does not appear only on actings but it may evolve in writings as well.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • subodh

    I found it really cheap, I only see “MAPAI” of Lamajee on it.Such article will reduce the prestige of this blog. I want Umeshji to be serious before you give space to such articles, does it have any message or any new thought so that we can share our views on it.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bhakti Nepali

    उमेश जि तपाईंको ब्लग यस्तो पपुलर थियो कि त्यहाँ राम्रो राम्रो कमेन्टरु पढ्न पाइएको थियो । आयुध , इन्फेडल् आदि नाम बाट लेखिएका प्रतिकृया हरुले साच्चैनै तपाइको आनुरोद्घ् मानेर ब्लोग्गर् को धर्म निभाएउदै ब्लोग् को स्तरता बढाएको देखिन्थियो। हामिहरुले पनि केहि थप् कुरा सिके जस्तो बुझे जस्तो लाग्थियो। सव्य भासामै पनि बिचार् पोख्न सकिदो रहेछ जस्तो लाग्थियो। तर जब् देखि कुमार् लामा जस्ता मुख् छाडेर आति असभ्य भासामा गलिगर्ने कमेन्ट देखिन थाले, अलि नमज्जा लाग्यो। हो आहिले सारा नेपालि जनता गण्तन्त्रको पछ्यमा छन् र म पनि गणतन्त्र नै चाहान्छु। मेरो एक् जना सथि हुनुहुन्छ उहाको आति सज्जन दाइलाइ माओबदिहरुले अति दुख दिएर मारेका थिए, तैपनि उहा माओबादि प्रति प्रतिशोध राख्नुहुन्न, राजतन्त्रको बीरोध नै गर्नुहुन्छ । अहिले तपाइले कुमार लामाको जस्तो सस्तो गालीले भरिएको लेख राखेर हामी पाठक हरु को मायालाई हेला गर्नु भो जस्तो लाग्यो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • यो सुचानामा उल्लेख मानिस यो साललको बडादशैमा टुकुचा खोला माथि बसेर केहि हुक्के चम्चीहरुलाई टिका जमरा लागाई दि रहेको र घरमा राखेकि एक कमारेलाई पाउमा लम्पसार पारेर् आतना दीइ रहेको द्रिस्य न्ेपाल तिविमा देखिएको थियओ.
    त्यो मोराको जमिन पनि ७४ हजार रोपनि भन्दा बदि हुनु पर्च है.

    अरुण

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hendrix

    ओ मित्र !!

    तिमिलाइ हाँसो ठट्टाको अर्थ थाहा छ?
    अलि बोद्धिक् खाले व्यङ्यले पो राम्रो मनोरन्जन् दिन्छ त ! कसैको अनुहार्, उसको स्वास्नी,सन्तान् सबैलाइ घटिया पाराले बखान् गरेर खुब् हँसायौ तिमिले !!

    लौ अब हँसिलो पाराले आफ्नो अनि आफ्नो साखासन्तानको पनि बखान गर न त (राम्रै कुरा लेखौला बरु, हेरुँ तिम्रो रसिक् साहित्य लेखनकला )!!

    हेर बाबु, म राजावादी भएर यो लेखेको होइन, तर मान्छेले आफ्नो स्तर अनुसार् आफुलाइ अभिव्यक्त गर्दछ । कुनामा लुकेर C-Grade को लेखरचना छापेर अरुको समय बरबाद नगरिदेउ, Please.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • blog blog blog

    salokya jee yo alik bhayena ni. majak ta thik cha, but eti laamo majaak..hehe…kahaa haasne ho patto nai laagena.

    joke ta saano chitikka ko hunu parcha ni. hahaha..!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • RAMU

    Good portrait of maila nani!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ramesh

    तेस्को खोजी कार्य नहोस् मेरो भनाइ!
    तेस्ताको हबिगत हेर्न पाइयोस ।
    साले पातकी चोर्को ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • कहाँ हराउनु नी अस्ति भर्खर त लामो जाम बनायो भन्ने सुनिएको थियो । हराएको चाँहि भन्न मिल्दैन बरु भुमीगत भएहोला । प्रचण्डको भुमिगत जिवनको अन्त्य सँगै यसको भुमीगत जिवन सुरु भएको हुन सक्छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ** More Info – He has Two Heli Pads on his property **

    Does anybody know how many Helicopters he owns ? Those living around Narayanhiti Palace can keep an eye on the sky to count the number of Helicopters he owns.

    There are two Helicopter Landing Pads on north eastern side of Narayanhiti Royal Palace.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rajendra Shrestha

    I am not a king supporter. But still I found the contents of this blog are too cheap.
    Umeshji, Many of the times I read your blog, just because most of the time I find it well written, logical. Many readers might have same notion. That is why I am attacted to your blog site. But still I could not digest the way of this blog written.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Madhav Rijal

    ऊमेश जी,

    सुचनामा उसका श्रीलन्का लगाएतका पार्टन(टिम) छुटेछन्, किन ????

    माधव रिजाल,
    सिड्नी ,अष्टेलिया

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ** Lost & Found – More Info about this person **

    The person’s father who with Panchayat Raj sold the Narayanhiti palace, the public property to then government run by Prime Minister Kritinidhi Bista at Rs. 70 Million in BS 2026 (1968). It was a highly inflated price. At that time, the business house, right at the heart of New Road, used to cost only Rs. 200,000–250,000. During the reign of his great grandfather, the land for the palace was acquired by the despotic Rana rulers without paying any compensation to land owners and built the palace with public money.

    Now the land and the palace has become illegally owned property of this person.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Lingden SK

    Dear Blogger,
    We know this missing person but he is not missing anywhere. This new Nepal government has hidden him in the Family Murdered Palace with safe. If any one want to find him then ask to PM Girija P. Koirala, he is a blind supporter of this missing person. Now Girija is going to unite the fraction two Congres parties because he wants to save this missing person in Nepal.If he unites this fraction parties then that united party will be big party and make vitopower to keep and replace him in the same position after again Girija Koirala’s generation (daughter)will rule the power in Nepal. Now we do not fight against of King again because there is another political giant king, who is bloody PM Girija Prasad Koirala.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Krish Humagain

    क़ति राम्रो बदमास् मानिस हराएछ / आफू बसेको ठाउँतिर म पनि खोज्ने प्रयास गर्नेछु/
    Kris
    From Toronto

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prakash Bhattarai

    यो मानिस् नारायण हिथी मा छ फर्क पर्दैन लामा जee.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ** Lost but everbody knows where is he hiding ? **

    More information about this person can be obtained from the ministry of finance. The magic numbers on the fisical budget will give more details about this person’s consumption pattern. The expenditure for preserving this man in Nepal in the fiscal year (B.S. 2062/63) was Rs 749.1 millions. The new budget for regular expenditure in fiscal year (B.S. 2063/64) Rs 83.768 billions. The poor country Nepal spent money on this person in 2062/2063 is near to 0.895% (nearly 1%, and may be more in the last year budget)of regular expenditure of this year budget and new budget is near 0.262 %.

    Is it worth to keep find this person in poor country Nepal ? Whatever we spent on this man, can we not use this money for the development of the country ? The amount is too big for the poor country.

    Who is responsible to find out this man ? Do we have to ask Maoists to find him out or is it Koirala’s Government’s responsibility to find out this person ? The people have already rejected him. Do we need to preserve this person and his institution ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Howard

    Stop these C-grade articles.
    We aren’t against one person, we are against the Monarchy Syatem.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bikash Jaisi

    मलाई साह्रै खुशी लाग्यो, राम्रो analysis गरेर लेख्नु भएको रहेछ। हुन पनि हो, हामी नेपाली पानि खत्तमै हो, जसले जति जे गरे पनि सहेर बस्ने। तर पनि, नेपाली अचेल साह्रै बुझ्ने भएका छन्। यो हराको मान्छे नभेटिएकै जाती। हैन र??? तर भेटे भने त म पनि छोड्ने वाला छैन।

    यो मान्छेको वास्तविकता छर्लङ्ग पारिदिनु भएकोमा् भविष्य मा पनि यस्ता काम हरु गर्दै जानु होला। हाम्रो माया पाई नै रहनु हुनेछ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • HARMFREE

    Kumar Jee and Umesh Jee,

    Thank you very much for your efforts to make us aware of the facts which usually don’t appear in media. As I went through the content, I am quite happy with it. However, I don’t know why, I am not quite happy with the way its presented. I think you have to work bit harder or lets say be a bit more patient to present the same content in a way which sounds more interesting and sober too.
    Having said that, I never meant to defend the culprit. But, we need to keep in mind that we have some guidelines or ethics to be more disciplined while publishing such materials.
    I have been watching the site for more than a couple of months especially after the closure of Parewa online. I was highly inspired by the presentation of Parewa. I understand that you were one of the team members of Parewa. So, at this point I would like to suggest Umesh jee to look back at your reputation in this sector. Please don’t forget the honour you were recently granted and please try not be too personal in publishing the material.

    Good luck.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • krishna

    hera bohulauna lageka sathi haru yeti saro satte sarap na garam hai afai lai khojnu parla. aru birala haru pani kam chainan ni…………..13000 lai khane haru le baki rakhlan vanne chaina sathi afno huliya pani dinu pachi hamile khojnu parla hai………ganatantra ko matlab man pari tantra pani hoina ki kaso h?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pitamber

    हैन यो त ठ्याक्कै त्यही ठकुरी माइला सित मिल्ने हुलिया पो छ त ए गाँठे। पुरस्कारको पनि व्यवस्था गरिएको भए त म दौडेर नारानहिटी पुगेर च्याप्पै पारेर बुझाइदिन्थे ह उ । के म जाको हुलिया नि ठ्याक्कै त्यो दाइमारा सित मिल्ने । लौन ए त्यो बज्यालाइ समाओ र कतार तिर पठाइ देओ। यो माउवादी भाइहरूलाइ पनि के भा छ कुन्नी के हेरेर बसेको ……अब ठोक पालो तिम्रो हो. अँ साँची त्यो पारसेलाइ भने श्रम शिविरमा धेरै दुख नदेओ है उसलाई चिढियाखानामा सेरेमोनियल युवराज बनाएर राख्नुपर्छ क्या ………सेरेमोनियल प्रिन्स इन द जु केज

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ali cheap bhayo, mero sansar ma alik suhaudaina

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes