मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    रोल्पाको मेरो अधुरो यात्रा

    -अनामिका-
    आज (टाइप गर्दैगर्दा) असोज २० गते रहेछ, मैले क्यालेन्डर हेरेँ। आफ्नो काम गर्ने ठाउँबाट कम्प्युटर ल्याइसकेपछि मलाई अब म छिट्टै ठिक हुन्छु भन्ने लागेको छ। गएको साता म रोल्पाको यात्राको लागी निस्केको थिए तर दाङमा डक्टरले टाइफाइड भनेपछि म फर्किएँ।

    यात्राबाट फर्कनु सहज कुरा होइन रहेछ, मानसिक रुपमा आफ्नो चित्त बुझाउन निकै गार्‍हो हुने रहेछ। हुन त म मैले यात्रालाई सामान्य रुपमा लिएकी थिएँ। त्यसैले फर्कनु पर्दाको क्षणलाई पनि सामान्य तरिकाले लिएँ। तर पनि मनमा कता कता चसक्क त हुने रहेछ।

    मंगलबार, असोज १२ गते मेरो यात्राको सुरूवात सहज नै भयो। लिफ्ट माग्ने क्रममा नै चिनिएका सुधिर लामाले थानकोटसम्म नयाँ बानेश्वरबाट लिफ्ट दिने भए। सोमबार राती ठमेलमा खाना खाँदासम्म पनि म आफ्नो यात्राको बारेमा निश्चिन्त थिए। सुधिर म भन्दा पनि उत्सुक थिए मेरो यात्राको कुरालाई लिएर। उनी बारम्बार त्यो कुरा दोहोर्‍याउँदै थिए।
    दशैंमा घर जान छाडेर म यात्रामा निस्किएकी थिएँ, यसपालीको दशैंमा अरू बेलाको भन्दा बढी म घर आउने अपेक्षा मेरो बुवाआमाको थियो। म घर गएकी भए सायद मेरो परिवारसँगको सम्बन्धमा सुधार आउन सक्थ्यो तर परिवारसँग केही मेरै गल्तीले र केही परिवारले कुरा नबुझिदिएपछि चिसिएको मेरो सम्बन्धलाई भन्दा मैले मेरो रोल्पा हेर्ने चाहनालाई बढी महत्व दिएँ। दशैं लागिसकेको थियो। अन्तिम पटक मैले मेरो बुवासँग म घर आउन्न म रोल्पा जान लागेको भन्दा उहाँ आत्तिनुभएको थियो।
    तर म आफ्नो यात्राको लागि प्रतिबद्ध थिएँ।

    सुधिरसँग मैले सोमबार राति नै मलाई थानकोटसम्म छाडिदिन भनेकी थिएँ। त्यसैले उनी मलाई लिन नयाँ बानेश्वर आइपुगे। नयाँ बानेश्वरबाट मेरो यात्रा सुरू भयो। सुधिरलाई म भरसक छिटो बिदा गर्न चाहन्थेँ। किनकि उनी परिवार भएका मान्छे, दशैंको बेलामा मैले धेरै बेर उनलाई अल्मलाउनु हुन्नथ्यो तर ओहो! कलङ्कीमा दशैंको लागी भनेर घर फर्कने मान्छेको भीड देखेर म छक्क परेँ। खुट्टा राख्ने ठाउँ कतै थिएन, मान्छेहरू टिकट नपाएर अल्मलिरहेका जस्ता देखिन्थे भने कति गाडीको हुटमा चढ्ने जोखिम पनि उठाइरहेका थिए। मान्छेलाई दशैंमा घर जान कत्रो उत्साह! म त्यसरी उत्साहित भएर कहिल्यै घर गएको रहेनछु। त्रिपुरेश्वदेखिको गाडीको जामलाई पार गर्दै हामी अघि बढ्यौ। कलंकी कटेपछि गाडीको र मान्छेको भीड अलि कम भयो। अनि म लिफ्टका लागि अर्को बाहन खोज्न थालेँ। एउटा खैरो गाडीले हामीलाई क्रस गर्‍यो। गाडीमा यात्रु त थिए तर पछाडि खाली नै देखिन्थ्यो। हामी थानकोटको त्रिभुवन पार्क नजिक पुगेका थियौ, मैले सुधिरलाई त्यो गाडी रोक्न भनेँ। उनले मोटरबाइकको गति बढाए र गाडी रोके। गाडी रोकियो, गाडी धनी सञ्चार माध्यममा आइरहने परिचित अनुहार थिए। लोकतन्त्रको आन्दोलनमा उनको कार्यक्षेत्रको त उनी नायक नै हुन भन्दा पनि फरक पर्दैन।

    “शम्भु थापा”, मैले खुसी हुँदै सुधिरलाई भने।

    सुधिर पनि मैले लिफ्ट पाउने कुरामा ढुक्क त भए नै साथै राम्रै मान्छे पाइने भयो भनेर उनी पनि खुसी भए। तर हामी दुबैको खुसी एकछिन मै हिस्समा पो परिणत भयो। थापाले लिफ्ट दिएनन्। स-परिवार कटारी हिँडेका थापाले मलाई नारायणघाटसम्म ठाउँ छैन भने। मैले म पछाडि झोला माथि नै बस्छु भन्दा पनि तिनले मन गरेनन्। तिनको एउटा सेतो कुकुर चाहिँ सिटमा बसेर मलाई हेरिरहेको थियो। लिफ्ट नपाएपछि त त्यो कुकुरले ‘सिटमा त म कुकुर पो बस्ने हो तँ हो र’ भने झै लाग्यो।

    लोकतन्त्रको आन्दोलनका लागि न्याय क्षेत्रलाई नै आन्दोलित बनाउने “हिरो” शम्भु थापा र कालो चश्मा, हाफ पाइन्ट लगाएर ड्राइभर राखेर गाडी चढेका शम्भु थापामा पनि उही अरूको जस्तो भिन्नता नहुने रहेछ।

    जेहोस्, लिफ्ट पाइएन।

    नागढुंगा पुगियो। त्यहाँ थुप्रै गाडी रोकिने हुनाले केही न केही होला भनेर सुधिरले भन्यो। बिहानदेखि केही खाएकी थिइनँ, नागढुंगामा चिया खाने मेसो गरे। तीन रुपियाँ कपको चिया खासै मिठो थिएन, नुनिलो केही खाउँ भनेर तरकारी खान खोजेको पिरो भएर खानै सकिनँ। चिया र तरकारीको पैसा सुधिरले तिरिदिए र एक बोतल मिनरल वाटर पनि किनिदिए। गाडी पाइन्न, आठ बज्न लागिसक्यो।

    एउटा लामो, थोत्रो-थोत्रो खालको बस आयो। बसको टाउकोमा “उदयपुर ठोक्सिला समाज” भनेर एउटा ब्यानर टाँगिएको थियो। मैले रोकाएँ, रोक्यो। म चढेँ, सुधिर त्यहाँबाट छुट्टिए।

    यात्रामा ठगिने क्रम यहीँबाट शुरू भयो। लेख्दा त अहिले हाँसो लागिरहेको छ। गाडीमा भाडा मागियो, मैल मेरो यात्राको बारेमा भने र न्युनतम पैसा मात्र दिने कुरा गरे।
    “तीनसय पचास!”, कन्डक्टर नै नभएको बसमा एउटाले भन्यो। मलाई भाडाको दर भन्नु अघि गाडीका चार पाँच जना हर्ताकर्ताले निकै बेर सल्लाह गरे।

    “म दिन्न!”, तीन सय पचास त ज्यान गए पनि दिने कुरा आउँदैनथ्यो नि!

    “कति दिनुहुन्छ?”, मोलमोलाई शुरू भयो।

    मलाई भाडादर नै थाहा थिएन, मैले एकसय पचास दिने विचार गरेद्द।

    “एकसय पचास!”

    “हुन्न”

    “कति त?”

    “दुई सय पचास”

    “दुई सय”

    “हुन्छ दिनुस”

    नारायणघाट सम्मको भाडा त्यति होइन, एकसय पचास मात्र हो तर दशैंको बेलामा सिट पाइयो, जान पाइयो भनेर मैले चित्त बुझाएँ। गाडी पुरानो थियो, फेरि सिट अन्तिम तिरको। त्यति मात्र कहाँ हो र सहयात्री परे बान्ता गर्ने ! ओहो! नारायणघाट आइपुग्दा मेरो सहयात्रीको हालत निकै नाजुक भइसकेको थियो। सुधिरले किनिदिएको पानी मैले उनैलाई थमाएँ र म भरतपुरमा ओर्लिएँ।

    एघार बजेको थियो।

    चर्को घाम, खाली पेट, भारी झोला ! एकछिन पूर्व जाने बाटोमा भएको चौतारी जस्तोमा बसेँ। केही मधेसी मूलका मान्छेहरू अब मधेसी जति सबैले नागरिकता पाउने व्यवस्था माओवादीले गरेको छ नि भनेर कुरा गर्दै थिए। सायद तिनीहरूले भर्खरै संसदले पास गरेको नागरिकता सम्बन्धी विधयेकको कुरा गर्दै थिए। म भित्रदेखि थाकेको महशुस गर्दै थिए, त्यसैले तिनीहरूको कुरामा धेरै बेर ध्यान दिन सकिनँ।

    नारायणघाट बजार जान रिक्साको मोलमोलाई गरे, पचास भन्दै थियो पच्चीसमा जाने बनाएँ। बजारमा होटलमा भात खाँदा साहुजीले भने रिक्साको त पन्ध्रमात्र रे!

    खाना खाएपछी दाङ जाने गाडीको मेसो गर्न थाले। घोराहीसम्म नै जाने गाडी त काठमाडौंमा नै पाएको थिइनँ नि, नारायणघाटबाट चढ्दा पनि त्यही चढ्ने हो रहेछ।

    कोहलपुरजाने बसमा लमहीसम्म गए, लमहीबाट तीस चालिस रुपियाँ भाडा पर्छ घोराही जान भन्ने सल्लाह दियो टिकट काट्ने काउन्टरको मान्छेले। घोराहीको एकजना मान्छेसँग फोनमा सोधेको उसले पनि आउँदा हुन्छ भन्ने सल्लाह दियो।

    टिकट लिएर म एउटा साइबरमा छिरे। पहिला नै एक घण्टाको समय किनेर सानो चिट जस्तो लिएर मात्र इन्टरनेटको प्रयोग गर्न पाइने त्यो साइबरमा मैले मुश्किलले मेल चेक गरे। कुनै वेब पेज खुल्दैन, एकदम ढिलो रहेछ।

    मैले त्यहीँबाट मेरो शरीरको तापक्रम बढ्दै गएको महशुस गर्न थालेँ। म यति छिटो अचेत जस्तो भएँ कि आफ्नो बडेमानको झोलालाई सिरान बनाएर म त्यो साइबरको वेटिङ बेन्चमा निदाएँ। साढे तीन बजेको टिकट छ, म एक बजेतिर त्यसरी निदाएँ।

    छैटौ इन्द्रीयले सायद काम गरेछ, म ब्युँझिएँ तीन बजेतिर। झोला बोकेर जसोतसो गाडीमा चढें। यसपाली सहयात्री महोदय परे एकजना कानुन व्यवसायी ! निकै गफाडी होलान् जस्ता थिए तर मैले शुरूवात मै तिनलाई रोके, “मलाई सन्चो छैन”

    Iमैले बाटो कस्तो थियो, बीचबीचमा कुम कुन स्टेशन पर्छन् केही ख्याल गर्न सकिनँ। म निदाएँ।

    “बहिनी लमहीमा झर्ने भनेको हैन?”, कसैले उठायो।

    “हो”, म आँखा मिच्दै उठेँ।

    “झर्नुस्, यही हो लमही”
    अनि मैले आँखा पुरै उघारेर झ्यालबाट यसो बाहिर चियाएको त गाडी एउटा होटेल अगाडि रोकेको छ, पूरै अँध्यारो भएर बत्ती बलेको उज्यालोमा मान्छेहरू यताउता गरिरहेका छन्।

    “कति बज्यो?”, मैले त्यही मलाई उठाउने मान्छेलाई सोधेँ।
    “दश”

    “दश??????????????”

    उफ!

    अब त्यति राती घोराही जाने गाडी पाउने आशा गर्नु बेकार हुन्थ्यो तर पनि मैले त्यो मान्छेलाई सोधेँ, “घोराही जाने गाडी पाइएला त अहिले?”

    त्यो बोलेन, मुन्टो हल्लायो, “पाइन्न”

    ज्वरो निकै आइसकेको छ, आफ्नो झोला त के आफै हिँड्न नसक्ने भइसकेको छु।

    बसबाट बल्लबल्ल झरे। होटलमा लज पनि रहेछ, कुरा गरेँ र रात त्यहीँ बिताउने निर्णय गरेँ।

    खान खाने पटक्कै मन थिएन, सुत्न पाए ठिक होला जस्तो भाथ्यो। सुतेँ।

    बिहान चार बजे नै होटेलकी साहुनी उठाउन आइन, आफु उठ्न सके पो!

    म अहिले उठ्न सक्दिनँ जतिखेर मन लाग्यो उतिबेला उठ्छु भनेर सुते। सात बजेतिर त्यही पनि घोराही गएर बरू जँचाए भने केही होला भनेर उठ्न खोज्छु त शरीर त हावामा उडेजस्तो हुन्छ, अडिँदैन। म त दुई पाइला हिँडेर ढोका पनि पो खोल्न नसक्ने भएछु।

    फेरि सुतेँ।

    आठ बजेतिर ढोका खोले, र बाहिर निस्किएर कराएँ। होटलका मान्छे आए, मैले जाउलो पकाइदिन भने, तिनीहरूले जाउलो पकाइ दिए। झोलामा भएको फोन निकाल्ने पनि मेरो हुति थिएन, साहुनीलाई निकालीदिन भनेको तिनले पूरै ब्याग खानतलासी गरिन्। मेरो परिचय पत्र कनीकनी पढ्दै थिइन्। भरे फोनले काम नगर्ने रहेछ।

    तिनै होटलका मान्छेले रिक्सा ल्याइदिए र रिक्सामा पनि समातेर चढाइदिए। मुख धोएको थिइन, आँखामा पक्कै पनि कचेरा थियो होला, ओठ सुकेको थियो, नङहरू कस्तो कालो भएको थियो। म कस्ती फोहोरी देखिएकी थिएँ होला।

    रिक्सा चलाउने केटोले “कौन बसमे?” भन्दा त म ट्वाल्ल परेर त्यसको अनुहारमा हेरिराख्दी रहेछु। अब त म बोल्न नसक्ने भएछु।

    “घोराही घोराही” भनेर कराइरहेको एउटा फुच्चेतिर मैले ईशारा गरेँ। बसमा त्यसले समातेर चढाइदियो। बसमा छेउकै एउटा केटोको ढाडमा टाउको राखेँ र सुतेँ। सोध्दै नसोधी त्यसरी अढेस लाग्दा त्यो केटोले के भन्ठान्यो होला ? अहिले पो मनमा कुरा आउँछ।

    घोराही पुगेँ, ट्राफिक चोकमा ओर्लिएँ र आफूले चिनेको मान्छेलाई फोन गरेँ। तिनलाई पनि दशैं लागिसकेको रहेछ। गाउँ गएका रहेछन्। श्रीमती मात्र रहिछन् कोठामा। म फेरि सुतेँ। तिनले एउटा सिटामोल दिइन खान। ज्वरो एकसय चार रहेछ। दिउँसो श्रीमान आए। सिटामोल खाएकाले ज्वरो केही कम भयो। तर म कोसँग के बोलिरहेको छु, भेउ पाउन सकिरहेको थिइनँ।

    श्रीमान चाहीँले मेरो योजना सोधे, र तिलाजाने बस यसरी पाउन सकिन्छ भन्ने उपाय सुझाए। बिहान छ बजे नै गाडी चढ्ने तिनको सल्लाह मानेर म हिँडेको भए अहिले “माथि”को यात्रा तय गरिसक्थेँ होला ! जे होस्, तिनले एक रातको बास दिए। तिनी त उतिखेर नै हिँडिहाले, भोलिपल्ट बिहान उनकी श्रीमतीले मेरो सेवा गर्न पाइएन भनेर खुबै औपचारिक भएर दुःख मनाउ गरिन। नयाँ ठाँउ, त्यसमाथि हिँड्न पनि नसक्ने बिरामी मलाई तिनले एउटा रिक्सा बोलाएर पठाइदिइन, जब कि म कहाँ बस्ने भन्ने पनि मलाई थाहा थिएन। म उनीहरूको समस्या बुझ्थेँ, मलाई पो यात्रा गर्नु थियो अरूलाई त दशैं लागीहाल्छ नि!

    ग्रीनभ्याली भन्ने एउटा होटल रहेछ, रिक्सावालले लिएर गयो। म लर्खराएर हिँड्दै थिएँ, फेरि म फोहोरी पनि देखिएकी थिएँ होला। हुन त मैले बिहान मुख धोएकी थिएँ तर पनि! होटल साहुजी त मसँग कुरा गर्नै पो डरायो ! अनि अर्को सुपर लज भन्नेमा लिएर गयो रिक्सावालले! त्यो बन्द हुने रहेछ भोलिपल्टबाट। तर मैले मेरो समस्या भनेपछि तिनीहरूले अर्को एउटा होटलमा व्यवस्था गरिदिए।

    रिक्सावालले न्यु लेकाली भन्ने होटलमा छाडेर गयो। म होटलमा पुग्ने बित्तिकै चिडियाखानामा नयाँ जनावर ल्याउँदा हेर्ने मान्छेको ताँती लागे झैँ मलाई हेर्न मान्छे ओइरिए। ती सबै मान्छेको मैले एउटा मात्र प्रश्नको जवाफ दिएको भए मेरो दिमाग ठीक ठाउँमा हुन्थेन होला !

    कति धेरै प्रश्न ?

    तपाइँको कपाल कति राम्रो कुन स्याम्पो लाउनुहुन्छ?

    तपाइँ कति गोरो, कसरी?

    तपाइँलाई एक्लै डर लाग्दैन?

    तपाईको घर काँ?

    तपाइँ बिहे गरेको कि नगरेको?

    तपाइँको श्रीमान के गर्नुहुन्छ?

    ओहो! कस्ता कस्ता प्रश्न ?!

    मैले अलिकति केही खान मागेँ, भात दाल र साग ल्याइदिए। बल गरेर खाएँ किनकि मलाई अस्पताल जानु थियो। अस्पतालसम्म पुर्‍याइदिने भए, होटलका साहुजीले। खाना खाएर अस्पताल जान लाग्दा त खा’को सबै ओकले। पचेन छ मलाई।

    अस्पतालमा पनि डाक्टरलाई दशैं लागेको ! अहेब थिए। मेरो नाडी छामे, नाडी चिसो थियो, रगत जाँच्न भने। रगत जँचाए। अनि थाहा भो, टाइफाइड। जीवनमा पहिलो पटक, त्यो पनि घरभन्दा पर, अन्जान ठाउँमा।

    मैले तुरुन्तै फर्कने विचार गरेँ।

    होटलका साहुजीले बसको व्यवस्था गरिदिए। रातभर नाइटबसको यात्रा गरेर म पन्ध्र गते बिहानै काठमान्डौ आइपुगे। नयाँ बानेश्वरमा साथीको छेउमा बिहान सुत्न पाउँदा मात्र पनि आधा निको भए झैँ भएँ।

    स्वास्थ्य नै धन हो, ठीक भए भने फेरि जाउँला भनेर फर्किएँ।
    [माथि प्रयोग गरिएका फोटो ब्लगको विषयवस्तु र ब्लगरसित सम्बन्धित छैन। लामो ब्लगमा साजसज्जाको हिसाबले मात्र ती फोटो राखिएका हुन्]

    No related posts.

    29 comments to रोल्पाको मेरो अधुरो यात्रा

    • hi anamika ji
      sorry for that your penning travel. If I will be there what happen being a helpless person at unknown place. sometimes its happens but not frausted, hope next time you can but we have to careful before travelling anywhere. such people’s real face meny people don’t know like sambhu thapa.
      At last I want heartly thanks those persons who helps you to go hospital at that time and and hates those persone who tease you at new lekali hotel when you are unconscious.
      Thanks.

      comment by ramkrishna shrestha
      ramkrishna_shrestha87@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rmae

      Through reading of this travel diary and analysis it does not seem very credible. I am certian it is a mere fictional hoax just to entertain people.

      Take care folks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MM

      hi anamika,
      sometimes its happen. but not to be frausted. hope next time you can but we have to careful before travelling anywhere.
      but sambhu thapa, many people know him. but he is that person who are against union formation of nepal bangaladesh bank, kathmandu. i mean he advocate against that union(employee), cause he got much rupee from bank authority.
      like such people sakkkli face, probably many people dont know. anyway be careful .
      MP,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anamika ji…
      Mostly all media exposed persons, celibreties and glamarous people are not real. They are highlighted in media in such a way that every aspects they are right and morally well equipped.

      Like you are also a HIT-PERSON now….If u exposed your real name, you also would be in trouble by your unlimited readers through MEROSANSAR.COM. ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      Anamika
      Shambhu Thapa is a happily married decent man. Tell me Anamika why should he give a lift to a young girl sitting behind a young guy on a bike somewhere in alonely highway?
      He might have got the same impression what normal people get under such circumstances.After all you possess a gypsy type of life style (loitering in Thamel area, wearing low waste pants and letting your sleek hair loose) . Decent people do get scared of such scenes.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • critic

      your writting is quite impressive and professional. It’s good that you returned safe despite so many troubles. but yeah… why do you blame mr. thapa? i don’t know him but he has every right to refuse to give you a lift, it’s his personal life, personal vehicle , he has right to feel disturbed in his family ride when someone else also want to join..you cannot compel someone to help. Going to a travel doesn’t mean you intrude someone’s personal life, expect to use someone’s personal property and say bad about them if they don’t wish to share it with you!! how can someone who writes such a intellectual article behave that way ??
      I am sorry if i hurt you but i coun’t stop writting this.
      Wish you all the best in your next journey and hope it will be more planned so as to reduce blames to people..hehe..
      sorry again

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हेल्लो साहासी यात्री अनामीका
      पहिलो ईपिसोड दर्दनाक,असफल,कम अनुभब यात्री दर्जा दिएपनि दोस्रो ईपिसोड चाही सफल्ताको कामना छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anamika ley malai phone nai garena..!!

      email garyaa bhayeni hunthyo holaa..!!

      dang maa mero mama ghar cha…kati sajilo huunthyo holaa..??

      yo salokya jee lai ni maile bhaneko nai thiye….i can help bhanera.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anamika ji,
      DUKHA LAGYO KHABAR SUNER YATRA APURO BHAYEKOMA.AJAI DUKHA LAGO SHAMBHU THAPA KO BYABAHAR SUNER. YESTAI HO KURA RA KAM PHARAK BHAYER TA HAMRO NEPAL BIGREKO.TESAILE ASA GARAU MAHAN BYAKTI LE MAHAN NAI KAM GARUN TAKI NEPAL BANOS.TAPAIKO SWASTHE KO ARAMI KO KAMANA GARDAI PARIBARIK MILAN LE CHHADAI NAI SATH DIYOS “DIPAWALI”KO UPALACHHYE MA HARDIK KAMANA GARDACHHU.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हिरो

      दुइटा कुरा सम्भव छ– कि त अनामिका भन्ने मान्छे सारै नै मुर्ख छिन्, कि त हामीलाई मुर्ख बनाउदै छिन्। मलाई त यो अनामिका को लेख पढ्दा कुनै ठिटो ले हिन्दी सिनेमा हेरेको भर ले लेखेको जस्तो लाग्छ। उमेशजी, यथार्थ त तपाई लाई नै थाहा होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ल ल अव यसो रोल्पाको अनुभव सुनौं भनेको रोल्पा नै नगएपछि के अनुभव सुन्नु नि । अनामिका जि तपाइले रोल्पा देख्न नपाए पनि कस्तो छ भन्ने उत्सुकता छ भने काठमाण्डौं मै कामरेडहरुलाइ सोध्नु नि । अहिले त प्रचण्ड कामरेड पनि काठमाण्डौं मै हुनुहुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madhav Rijal

      धत् अनामिका !!!

      रोल्पा जान नसकेपछि, दाङ पुगेको मान्छे अर्घाखाची हुदै फर्किनु पर्र्दैन ! तिमीले रोल्पामा खोज्न हिडेको ९५ प्रतिशत कुरा त सायद त्यही पाउने थियौ /

      माधव रिजाल, अष्ट्रेलिया /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जनसाधारण

      मैले यी बहिनी कहिले रोल्पाबाट फर्केलिन् र उनका रमाईला यात्रा बृतान्न सुनौंला भनेर बसेको त यीनि त बाटैबाट फर्कनु परेछ । रोल्पा पुग्ने उद्देश्य भएको भए यात्रा अलि बढि व्यवस्थित बनाउनु पर्थ्यो । नेपालको नक्सामा रोल्पा कहाँ पर्छ भन्ने कुरा पनि थाहा नपाईकन हिंड्दाको हविगति हो यो । आशा छ अर्को यात्रा यो भन्दा अलि बढि व्यवस्थित र आरामदायी हुनेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • duku lanthu

      better luck Next time Anamaki ji …. k garnu sabbai kura aafo lay vane jasto hudaina ni …. garo chha Yatra garna ani experince pani chahinchha yatra garna saayad aba tha paaunu vayo hola yatra ksari garnay vanera Better Luck next time …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chitwan kancha

      Dear Anamika

      After reading your travel story, it seems this is your first travel. This is usually happened in travel in nepal. Therefore in all travel it is better to go with one friend. You did not get more difficulties becasue you are going in acessable place. If you go in DOLPO, Kalikot then you have to think more. Like you many villagers are sick. If you go there they think you can save their life as a God. They ask with you for medicine. But…. you …your travel…?
      I also love in travel. I did may and may since my age of 20. Like Rukum, Jajarkot, Kalikot, Humla, Jumla, Dolpa, Solokhumbu, Ramechhap, Kavre, Gorkha, Dhading, and most of the Terai and national parks. My experience is either your need enough money or you should have good cooperation the the people from the respective place. In fact, I understand, for lady it is not easy.

      One day I want to travel with you and your friends

      COng for your good experience

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradeep

      Nakkali Naam Prayog Garnu Ramro Hoina aafno parichaya lukayera. Thorai addhyan garnu Bhayo Bhane tapain Katha lekhna saknu hunchha. SHUBHAKAMANA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aasish,switzerland

      so sad,,,,,,,
      try next time u will success
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Indira

      Hi Anamika , So sorry about ur ill health and incomplete journey. Dont worry, as long as there is life, u will get plenty of opportunity to complete ur journey. Get well soon,
      Reading, UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ananmika,
      Timi pharkera aayou,yehi thulo kuro ho. Mauka mile blog lekhdai garnu.
      Aba baru tihar ma rukum jane ki…hehe

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ghimire

      Hi Anamika,
      I read your writing as if I was travelling myself in the journey you choose. You meet many faces that represents our society. Sambhu thapa may be intellectual to many, but he is not more than ” masu ko thupro” to me by now onwards. Mr. Thapa is not letting you to sit with his dog to a passerby, what somebody else can expect from a remote area.You have a very powerful writing. Whatever you do, I do not know, my suggestion is you continue your writing and publish in mysansar regularly. We people living abroad can feel at home reading your articles.I know and am sure about you that great opurtunities awaiting you due to your powerful writing.
      Wish you my best to your good health.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anup

      Well if that was his ( Sambhu Thapa’s) private car, its not necessary to give you a ride caus some people have their own private life even they are popular in the media.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hoina umesh bro bihana 8am tira nagdhungama chiya ra tarkari khayeko manche 11am ma nai bharatpur???ki bholipalta ko ho maile ta bujhina hai………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pkr

      Ya I remember my past once…………..
      And you doing really careless

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umesh jee Anamika ko articles padhe teshari yatra garda Birami pariyo bhane atti dhukhamaye hunchha,ani dhan bhanda jyan awasye pani thulo ho,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      Hi anamika
      One more thing, Please do not expect people to behave in the same way in their private life the way they do in public. You can not just expect somebody to accomodate you because you left home unplanned. I think it was a bit immature of you the way u potrayed ur encounter with sambhu thapa ( i do not know sambhu personaly, but I respect his decision to refuse u a ride)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      Anamika,

      I understand the fun and excitement involved in travelling without any plan. I have done that hundred of times and I loved every moment of it. You have your whole life to travel well planned, so enjoy un planned travelling when you can.

      I am sorry to hear abt ur typhoid. From next time on be careful of what u eat! get well soon

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धन्य छ तपाईको महान् यात्रालाई !मलाई पनि कता कता आफ्नो घाउ बल्झे जस्तो भान भो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pravin

      After reading Anamika’s articles. I came to the conclsuion that she (Anamika) has a big impression of Hindi movies. So try to be realistic. Life can not be compared to the movies.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kale Sherpa

      हरे हरे !!

      यात्रा मा जाने रे !! यस्तो कुनै राम्रो ब्यबस्था नै नगरि कोहि यात्र मा जान्छ?

      घरबाट निक्लेदेखि गाडि चढ्ने, खाना के खाने, केहि योजना छैन ! रोल्पा जन हिंडेको मान्छे, एउटा सिटामोल् पनि रैन्छ !!
      बहिनी, तिम्रो यात्राको सनक् पढेर मलाइ तन्नेरीमा बासंग झगडा गरेर हिंडेको याद् आयो!!
      मेरो एउटा मोटर्बाइक्, चारवोटा खल्तिमा भोड्का क्वार्टर् थियो, घर् सधैंको लगि भनेर छोडेर हिंडेको मान्छे नौबिसेको भिरमै झ्याप् भएर बाइक् पल्टियो–दुइ क्वार्टर् भोड्का पनि फुट्यो-अनि के को यात्रा, म त भोलिपल्ट नै घर् पुगेछु, बाको पिटाइ खान !! ही ही ही

      अर्को पल्ट राम्ररी गए !!

      Kale @ calgary

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker