इराकमा एक नेपाली कामदारको त्यहाँका विद्रोही लडाकूहरुले हत्या गरेको समाचारका सम्बन्धमा दुई हप्तापछि बल्ल नेपालका मूलधारका सञ्चारमाध्यमहरुले आवाज उठाउन थालेका छन्। सरकारले पनि त्यस बारेमा बुझ्न सम्बन्धित दूतावासहरुलाई निर्देशन दिएको छ। यद्यपि, अझैसम्म पनि हत्याको स्वतन्त्र पुष्टि हुन बाँकी छ। मारिएका भनिएका श्यामबहादुर थापा नेपालको कुन स्थानका निवासी हुन् केही थाहा हुन सकेको छैन। न उनलाई चिन्छु भन्ने कुनै व्यक्ति नै अगाडि आएका छन्।
मेरो संसारमा अोग्रिस डट कममा राखिएको समाचारका आधारमा एउटा ब्लग राखिसकेपछि सबैभन्दा पहिला इमेज च्यानलले यस बारेमा समाचार दिएको थियो (मैले हेरेको थिइनँ, साथीले भनेको)। विभिन्न फोरम साइटमा पनि यसका बारेमा चर्चा सुरु भइसकेको थियो। त्यो भिडियोलाई मैले मेरो संसारमा पनि कहिलेकाहीँ ब्लग गर्नुहुने कान्तिपुर टिभीका समाचार संयोजक दीपक भट्टराईलाई पठाएको थिएँ। उनले बिहीबार श्यामबहादुर थापाको भिडियो सहितको एउटा समाचार बनाएका थिए। त्यसपछि बल्ल सरकारले पनि चासो देखाउन थालेको थियो।
त्यसैगरी इकान्तिपुर र काठमाडौं पोस्टमा पनि शुक्रबार यस विषयमा समाचार छापिएको छ। सरकारी राइजिङ नेपालमा पनि एउटा वक्तव्यकै आधारमा भए पनि सानो समाचार छापिएको छ। त्यसैगरी मेरो संसारलाई पनि उदधृत गर्दै भारतको आईएएनएसले पनि समाचार दिएको छ।
ढिलै भए पनि समाचार आउनु र सरकारले पनि चासो दिनु राम्रो कुरा हो। तर यदि हत्या भएकै भए, २९ सेप्टेम्बरमा भएको भनिएको हत्याको पुष्टि नेपाल सरकारले कसरी गर्नसक्ने हो, शंकै लागेको छ मलाई त। टेलिभिजनमा दृश्यसहितको समाचार आएपछि उनका कोही न कोही आफन्तजन सार्वजनिक हुनुपर्ने हो, त्यही पनि भएका छैनन्।
त्यसो त इराकबाट आउने सबै यस्ता भिडियो सत्य नै हुन्छन् भन्ने पनि हुँदैनन्। केही अघि झुक्याउनलाई पनि यस्ता भिडियो इन्टरनेटमा राखिएको खुलासा भएकै हुन्। भिडियोलाई राम्रोसित हेर्नुभयो भने पनि त्यो भिडियोमा सुरुमा बोल्ने व्यक्ति र पछि गोली हान्दा देखिने व्यक्तिको पहिरन फरक देखिन्छ। र, यो भिडियोमा १४ नेपालीको इराकमा हत्या हुँदा जस्तो डरलाग्दो दृश्य देखाइएका थिए, त्यस्तो पनि छैन। मतलब यो नाटक हुने संभावना पनि उत्तिकै छ। फेरि यसमा संलग्न भएको भनिएको अल अनबर समूह त्यति नाम सुनिएको लडाकू समूह पनि हैन।
तर प्रश्न उठ्छ, नाटकै गर्ने भए पनि नेपाल जस्तो देशका नागरिकलाई मारेको नाटक किन गर्नुपर्थ्यो र ? अमेरिका र युरोपेली देशकाहरुलाई नै गर्थे होलान् नि।
जे होस्, पुष्टि नभएसम्म अनेक थरि शंका गर्न सकिन्छ। हामी चाहन्छौं, पुष्टि होस्। एक नेपालीले विदेशी भूमिमा मर्नुपरेको खबर उसका आफन्तहरुलाई कम से कम थाहा त होस्। तर, हामी प्रयास गरिरहेका छौं मात्र भन्ने दूतावासका कर्मचारीहरुले कसरी यसको पुष्टि गर्ने हुन् ? नेपाल सरकारले इराक सरकारलाई यो खबरको पुष्टि गर्न कुनै अनुरोध पनि गरेको सुनिएको छैन।
No related posts.









mero sansar ka mitra jasle yo news dinu bhayo thanks ma mritak ko juwai ( brother in law ) hu ma abudhabi ma kaam garchhu tara woha ko mritu bhayeko 25 april ma ho ra body 17 may ko din ma ktm hamile bujhera dahsanskar pani gariyo hal ayer yo news le hamro pariwar ma fery niko bhai sakeko ghau kottyaiko chha oha sanga kam garne sathiharu ko bhanai anusar oha arms liyer escorting ma janda bidrohi harule atteck garda death bhayeko samachar hamile payeka thiyauo hal ayera tathya kura thaha paiyo.mritak ko real name YAM BAHADUR SHRESTHA ho ra ex british army hunuhunthyo ghar bhimad tanahu ho hal ko basai ( family ) hami sangai pokhara ko ranipauwa ma ho.maile yo news padhe ko pahile nai hu tara ghar ko aru le thaha napayos bhanne socheko thiye tara uta nepal ma pani sabaile thaha payekole jankari garayeko hu.kehi bhannu chha kasailai bhane mail garna saknu hu8nchha mero mail add.diye pani farak pardaina thanks. mero mail add. amritji2003@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
Umeshji,
I know a Nepali agent in UAE who is sending Nepali and Indian people in American camp in Iraq. According to him people who are entering Iraq from Jordan and Kuwait are bearing more risk. They use to take by land and on the way they use to be captured. But from UAE are very safety because they use to be taken by plane inside US Army Camp.
मन परे हरियो, नपरे रातो
0
0
uffff, jaba sarkar baliyo hudaina, sabley pelchan,
i still remember that AnsarAlSunni rebels killing 12 nepalese in IRAQ.. on my mind that name ansarAlSunni has been printed… if i get anyone with that name, i’ll kill that bastard too..
may his soul rest in peace..
umesh bro, thanks okie?/ for the news, you are right, his family must not remain his death unheard.
मन परे हरियो, नपरे रातो
0
0
जस्ले मुसल मान धर्मा मा बिश्वास् गर्दैन त्यस्लाइ काफिर् (infidel)भन्चन र कोरान अनुसार काफिर लाइ रेटेर मारे मा जहन्नुम (heaven) जान पाइन्छ भन्ने छ्,
यो धर्म जती फैलिएको छ तेस्मा पनि रहस्य छ; चार वटा विवाह गर्ने, ३०-४० वटा बच्चा बच्ची पाउने, परिवार नियोजन भनेको पाप हो भन्ने, भर्सक अरु धर्म को केटी ल्याएर तेस्बाट दर्जनौ बच्चा पाएर मुसल्मान धर्म लाइ फैलाउने र कोही एक चोटि मुसल्मान मा परिवर्तन भए पछि त्यो धर्म छोड्ने प्रयास मात्र गर्यो भने ज्यान नै गुमाउनु पर्ने जस्ता नियम ले यो धर्म ले बिश्वभरि आतङ्क फैलाएको छ । अहिले अमेरिका, युरोप को सब भन्दा ठुलो समस्या नै यही हो ।
नेपाली हरु सोझा र एकोहोरा छन्, मलाई त यो धर्म को चङ्गुल मा नेपाली हरु फस्चन कि भन्ने पो डर लाग्च; एक चोटि नेपाली हरु यो धर्म मा फसे भने देश बर्बाद हुन्च; नेपाल दारी र बुर्का ले भरिन्च । कस्तो होला नेपाल मा मुसल्मान नै मुसल्मान भएको ? ? ? ? ?
मन परे हरियो, नपरे रातो
0
0
Common people,
What Nepal government is supposed to do ? It has already banned people from going to Iraq Legally. So no labor is permitted to go to Irak. But some people go there illegally and what a poor government supposed to do in that case. A matured individual should be able to decide what is good to him. Everybody knows that its not good to work for americans in Iraq. But still some poeple do that is to say they want to take the risk for earning extra money and they somehow got caught in trouble. Now what the heck is government to supposed to do ? government is not sending poeple out there. If you decide to jump into a well, then what a government gonna do ? Keep everycitizen of nepal into a custody or tie them in chain so that they do not go to well (or Iraq). Be a responsible citizen and media personal. C
मन परे हरियो, नपरे रातो
0
0
infidel को कुरा अनुशार काम गर्यो भने सबैभन्दा ठिक होला जस्तो लाग्छ , हो कुरालाई हो भन्न किन हिच्किच्याउने होइनर ? तर मेरो बिचारमा त्यो नेपालीनै होकि जस्तो लग्छ.
मार्ने समये र कैडमा राखेको समय धेरै फरक पनी हुन सक्छ/ तर जेजस्तो भयेपनी सरकार ले खोजिनिती गर्नु पर्यो.. जन्ती पथाउने होईन,
मानन्धर जेपियेन
मन परे हरियो, नपरे रातो
0
0
if this matter is real! first of all i want to ask the governmrnt of nepal what they are looking & why they are so silent till? if they don’t have any responsibility for the people, why they are still trying to make a drama ”they are civil servent & going to install the LOKTANTRA”?
i am also working at IRAQ & nothing proof is finding till now about the crims. if it’s real mr,YAM or SHYAM is dead! i want to request our government to give as necessary facilities for the family of the guy who died at Iraq!
at last, i have deep condolenses to him & family too. god bless for his family ever!!
regards.
khatri
मन परे हरियो, नपरे रातो
0
0
commented by infidel is really good. I want to support him. Especially, Nepal Government must be serious about it. Thank you infidel.
मन परे हरियो, नपरे रातो
0
0
a yo infidel ta kada manchhey raichha ( just joking ). Very good analysis and we really hope that you are right. Really Umeshjee, it is because your hard work and everything that you have gained an audience of sincere and meaningful commenters like infidel, Kumar Lama, ZZ etc which have completly changed your blog. Keep on good work fellas and Umeshjee too.
मन परे हरियो, नपरे रातो
0
0
Thanks for the news.
keep it up.i’m also in iraq.
the situation can be a drama or reality too. we also hear here that one nepali die , but are unable to find out.
let us wait our weak government.
मन परे हरियो, नपरे रातो
0
0
Mr. Yam Bahadur Thapa’s execution is a sad news for us. But where is our government ? It’s nice to know that http://www.mysansar.com has now become a reliable news source for Kantipur too. But if you have heard his voice again he says Yam, right.
मन परे हरियो, नपरे रातो
0
0
मैले योभन्दा अगाडिको पोस्टमा पनि यो कुरा राखेको थिएँ तर किन हो त्यो कमेन्ट प्रकाशित भएन।
यो भिडियोलाई शंका गर्नुपर्ने धेरै कारणहरु छन । दंगा फैलाउने हिसाबले नै कसैको बोलिमाथि डबिङ्ग गरिएको पनि हुनसक्छ। श्याम बहादुर थापा या याम बहादुर थापाको प्रष्ट पहिचान हुने खालका कुनै पनि identification हरु भिडियोमा देख्न सकिन्न।
भिडियोमा देखाइएका व्यक्ति थापा नै पनि हुन सक्छन तर भिडियोलाई फ्रेम बाइ फ्रेम टुक्र्याएर हेर्ने हो भने निम्न कुराहरु देखिन्छन।
१) ड्राइभर भनिएका थापा को पासपोर्ट या लाइसेन्सको साटो बीमा कम्पनिको कार्ड देखाइएको छ।
२) हिरासतमा रहेका थापा र मृतकका लुगा फरक छन्
३) मृतकलाई शरिया कानून अंतर्गत ढाडमा कोर्रा या लठ्ठीले हानिएको छ जुन मुसलमान ले अर्को मुसलमानलाई दिने दंड हो। हामी जस्ता काफिरहरुलाई सीधा टाउकोमा गोली हान्ने या घाँटी रेट्ने चलन छ। त्यसैले मृतक मुसलमान हुनुपर्ने जस्तो देखिन्छ।
४) काफिरहरुलाई त्यसरी लुकेर हत्या गरिंदैन, खुलेआम छाती फुलाएर मार्ने गरिन्छ।
थापाको वास्तविक अवस्था पत्ता लगाउने एउटा राम्रो उपाय छ र त्यो उपाय हो उनको बीमा कम्पनिलाई संपर्क गर्ने। कार्डका अनुसार उनको बीमा मेडेक्स असिस्टेन्सले गरेको हो । यो कम्पनिले इराकमा अमेरिकन कम्पनिहरुमा काम गर्नेहरुको बीमाको जिम्मेवारी लिएको छ। मैले त्यहाँ संपर्क गर्दा व्यक्तिगत विवरण दिन मिल्दैन भनेर टारे, तर सरकारले चाहेको खण्डमा त्यहाँबाट थापा को बारेमा सबै जानकारी लिन सक्नेछ । उनी कुन कम्पनिसँग आबद्ध थिए। ठेगाना कुन थियो, फोन नंबर जस्ता यावत कुराहरु खुल्ने थिए, अनि उनको वास्तविक अवस्था पत्ता लाउन गार्हो हुने थिएन। हेरम सरकारलाई त्यति बुद्धि आउने हो कि हावातालमा सरकारी जन्तीलाई इराक पठाउने हो।
मन परे हरियो, नपरे रातो
0
0
hi Umesh ji
j hos nepali media haru ma pani aauna lagya cha…khusi lagyo..aasti tapai ko blog bata padhya pachi mailay pani video download garya ra herya.Tei ho nepal ko media aajai pani powerful huna sakya chaina…aali aali kantipur thiyo theyo pami bistarai power less hudai jancha bhannya sankya lagdai cha…j hos aasti ko news ma tapai lay nepali media ko barya ma bhanny bhayo..ra nepali media ko kura aajai pani dhukha lagdo cha…aaba kailay samma yestai hunay ho thaha chaina…yedi indian media bhaidya bhaya…aailay samma tahalkha hunthyo…india ma ra nepal ma pani kura thaha hunthyo..nepali media Indina media jasto powerful huna sakdai na?? kailay hunay ho…???
मन परे हरियो, नपरे रातो
0
0
Yo khabar really nabhaikina natak nai bhaidiye hunthyo
मन परे हरियो, नपरे रातो
0
0