मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शान्ति सिखरवार्ता र निसैनिकिकरणको प्रश्न

    -कटक मल्ल-
    एक मुलुकका दुई सेनाको व्यवस्थापनको स्वयंमा एक जटिल कुरा हो। नयाँ नेपाल निर्माण र स्थायी शान्तिका लागि चलिरहेको सिखर वार्ताकारहरूका लागि नेपाली सेना र माओवादी जनमुक्ति सेनाको व्यवस्थापनको प्रश्न एक टड्कारो समस्याको रूपमा देखिएको छ। प्रधानमन्त्री लगायत विदेशी कूटनीतिज्ञहरूले माओवादी सेना पूर्ण रूपले निशस्त्रीकरण नभएसम्म उनीहरूलाई राजनीतिक दलको रूपमा मान्यता नदिनुका साथै सरकारमा सामेल गरिनुहुन्न भनेर जोड दिइरहेका छन्। अर्कोतर्फ माओवादीहरूले अन्तरिम कालमा नेपाली सेना र जनमुक्ति सेनालाई क्रमशः निश्चित ब्यारेक र अस्थायी क्याम्पमा राख्ने, त्यसको अनुगमन संयुक्त राष्ट्र संघको टोलीबाट गर्ने र दुबै सेनाको परिचालन र नियन्त्रण सरकार र माओवादी पक्षको संयुक्त संयन्त्रबाट गर्ने भनेका छन्। यी दुई भिन्न बिचारबाट नेपालको शान्तिवार्ता दुई फरक ध्रुवबाट प्रभावित भइरहेको देखिन्छ। वर्तमान सरकार र विदेशी शक्तिहरूको एकमत हुनमा को कसबाट प्रभावित भइरहेको छ र उनीहरूको स्वार्थ के हुन सक्छ भन्नेबारे नेपाली जनता सतर्क हुनुपर्छ। अन्तरिमकालपछि नेपालको सैनिक स्थिति के हुने भन्ने बारेमा नेपाली जनताले माओवादीको नीति पनि थाहा पाउनुपर्छ।

    विश्वका २५ मुलुकमा सैनिक नै छैनन्। तर पनि हतियार व्यापार र सैनिकिकरण नै वर्तमान विश्व बजारको ठूलो हिस्साको रूपमा रहेको छ। हतियार उत्पादनकर्ता र ब्रि्रेताको स्वार्थ कुनै पनि राष्ट्रको सैनिकिकरणस“ग गा“सिएको छ। उनीहरूकै व्यापारिक नाफा गर्ने स्वार्थकै कारण हतियार सम्बन्धी व्यापार विश्व व्यापार संघबाट अलग राखिएको छ। आधुनिक हतियारको होडबाजीका कारणले विश्व समुदाय नै एक ठूलो त्रासमा गुज्रिरहेको छ भने परम्परागत हतियारका कारण अरू कुनै महामारी र दैविकप्रकोपभन्दा बढी मानिस विश्वमा मरिरहेका छन्। विश्वका शक्तिशाली राष्ट्रहरू र एकआपसमा जोरी खोज्ने राष्ट्रहरू नरसंहारकारी हतियार बनाउन होडबाजी गरिरहेका छन्। त्यसैले नोबेल पुरष्कार विजेता अर्थशास्त्री आमार्टर्ेेनले हतियार विके्रताहरूलाई हत्याका व्यापारी नामाकरण गरेका छन्।

    दक्षिण अमेरिकी मुलुक कोष्टारिकाले आफूलाई १९४८ देखि निसैनिकिकरण गरेको छ। सैन्य खर्चमा यसरी पूरै कटौती गरिएपछि त्यहा“को जनजीवनमा खासगरी स्वास्थ्य र शिक्षामा अनुकरणीय सुधार आएको छ। त्यहा“का वर्तमान राष्ट्रपति नोबेल शान्ति पुरष्कार विजेता ओस्कार एरियस साञ्चेज अन्तर्रर्ााट्रय रूपमा परम्परागत हतियार ब्रि्रीमा नियन्त्रण गरिनुपर्ने अन्तर्रर्ााट्रय सन्धी निर्माणका लागि लागिपरेका छन्।

    हत्या-व्यापारका उत्पादक र व्यापारीहरू विश्वमा अति शक्तिशाली शक्तिको रूपमा रहेकाले उनीहरू विरूद्ध आन्दोलन गर्नु त्यति सजिलो छैन। तर निराश भइहाल्नु पर्ने स्थिति पनि छैन। आज सैनिक प्रविधिको नागरिक प्रयोग गर्ने सम्बन्धमा गहन अध्ययन भइरहेको मात्रै होइन, त्यसको रूपान्तरणसमेत भइरहेको छ। उदाहरणका लागि स्वीडेनमा केही वर्षगाडि ८ सय जना उच्च ओहदाका सैनिकलाई सैनिक सेवाबाट हर्टाई उच्च माध्यमिक विद्यालयमा गणित शिक्षक बनाइए। यो सैनिक पेशाबाट शैक्षिक पेशामा रूपान्तरण गरिएको सह्राहनीय उदाहरण हो। यसरी स्वीडेन जस्तो हतियार उत्पादन तथा निर्यात गर्ने औद्योगिक देशले आफ्नो नीतिमा परिवर्तन गरिरहेको छ। हाल हतियारभन्दा संगीत नै बढी उत्पादन र निर्यात गरिरहेको छ, स्वीडेनले।

    नया“ नेपालको निर्माणको सपना बोकेकाहरूलाई भविष्यमा नेपालको सुरक्षा नीति के हुने- सैनिकिकरण वा निसैनिकिकरण गर्ने- यो नै शान्ति सिखरवार्ताको प्रमुख विषय हुनुपर्ने हो।

    उत्तरमा चीन र दक्षिणमा भारत जस्तो सैनिकिरणको होडबाजी गरिरहेका राष्ट्रहरूको वीचमा रहेको नेपालको सुरक्षा, सैन्य र हतियार सम्बन्धी गहन अध्ययन भएकै छैन। कहिले यसलाई दुई ढुंगा वीचको तरुल भनियो भने कहिले यसलाई उत्तरको सहयोग लिएर दक्षिणलाई र दक्षिणको आडमा उत्तरलाई चिढ्याउने काम गरियो। अनि अर्कातिर असंलग्न परराष्ट्र नीतिको नाउ“मा सदाकाल भारत-संलग्न भइयो भने अर्कोतिर शान्ति क्षेत्रको नाउ“मा प्रजातान्त्रिक आन्दोलनकारीलाई दबाउने काम गरियो। राणाकालदेखि जनआन्दोलन- २ सम्म सैनिकलाई शासक वर्गले आफ्नो स्वार्थ र जनता विरुद्ध प्रयोग गरे। त्यसको फलस्वरूप माओवादीले जनमुक्ति सेनाको जन्म भयो। र एक देशमा दर्ुइ सेना हुन पुगे। नेपाल सानै भए पनि विदेशी हतियार व्यापारीहरूको सानोतिनो बजार भई नै रह्यो। ती निहित स्वार्थी विदेशी शक्तिहरूले सो बजारलाई निरन्तरता दिन चाहन्छन्। यस्तो अवस्थामा सिखर शान्ति वार्ताकारहरूले नेपाली सेना र माओवादी सेनाको व्यवस्थापन र पुनर्ःसंरचनाबारे छलफल गर्दै छन्। तर वार्ताको लक्ष्य र उद्देश्य के हो र भूराजनीतिक वास्तविकता के हो- के भविष्यमा पर्ूण्ा सैनिकिकरण सम्भव छ- छैन भने देखावटी सेना राखेर सो कसका विरुद्ध परिचालन गर्ने- नेपालको भूराजनीतिक वास्तविकता भनेको पर्ूण्ा निसैनिकिकरण र निशस्त्रीकरण नै होइन र-

    दुबै सेनालाई कसरी एकीकरण गर्नेभन्दा पनि दुबै सेनाका जवानहरूलाई कसरी सीप र दक्षताको आधारमा सुहाउ“दो नागरिक, निजामति, प्रहरी, प्राध्यापन, स्वास्थ्य वा प्राविधिक पेशामा रूपान्तरण गर्न सकिन्छ भन्नेतर्फ छलफललाई अगाडि बढाउनु पर्छ। जस्तैः सैनिक चिकित्सक गैरसैनिक पदमा पठाउने, संचार इञ्जिनियर दूर संचारको इञ्जिनियरमा र साधारण सिपाही प्रहरीमा। मौजुद सैनिक प्रविधिलाई नागरिक सेवातर्फकसरी रूपान्तरण गर्न सकिन्छ भन्ने दुबै सेनाबाट अन्तरक्रिया गराउन आवश्यक छ। राज्यको पुनर्ःसंरचनको कुरा चलिरहेको बेला लगभग ४ हजारभन्दा बढी गाविस भएको नेपालमा पर्ूण्ा शक्ति विकेन्द्रिकरणको वा संघात्मक राज्यको संरचनाअन्तरगत नेपालमा मौजुद दुबै सेनाका जवानहरूलाई स्थानीय निकायमा गैरसैनिक कर्मचारीका रूपमा पनि रूपान्तरण गर्न सकिन्छ। साथै उनीहरूलाई दैव्रि्रकोप र विकास निर्माणका लागि एक स्थायी नागरिक जनशक्तिका रूपमा स्थापना गर्न सकिन्छ। सैनिक स्रोतको नागरिक रूपान्तरणबाट विदेशीबाहेक नेपालीले गुमाउनुपर्ने कुरा केही छैन।

    कानूनी रूपले हेर्दा निसैनिकिकरणको फलस्वरूप नेपालले अरू मुलुकसँग गरेका तमाम असमान सैनिक सन्धीहरू स्वतः खारेज हुने छन्। र विदेशी हत्या-व्यापारीहरूका लागि सैन्य कूटनीति समाप्त हुनुका साथै विदेशीहरूको नेपाल प्रतिको स्वार्थ के हो भन्ने पनि उदांगो हुने छ।

    नेपालले भविष्यमा जस्तोसुकै लोकतान्त्रिक पद्धति अपनाए पनि सत्तापक्षले सैनिकलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने सम्भावना रह“दैन भन्न सकि“दैन। दक्षिणपन्थी, मध्यपन्थी वा वामपन्थी जस्तोसुकै दल सत्तामा आए पनि उनीहरूलाई सैनिक दुरुपयोग गर्नबाट संवैधानिक वा कानूनी प्रावधानले मात्र रोक्न सक्दैन भन्ने नेपाली राजनीतिको विगत चरित्रले देखाएको छ। तर्सथ देशको पर्ूण्ा निसैनिकिकरणको कुरा नया“ नेपाल निर्माणका लागि जग नै हुन्छ। तर यस्तो जग निर्माण गर्ने चेतना, साहस र क्षमता शान्ति सिखरवार्ताका वार्ताकारहरूमा छ वा छैन भन्ने कुरा चा“डै देखिने छ।

    No related posts.

    18 comments to शान्ति सिखरवार्ता र निसैनिकिकरणको प्रश्न

    • nutan

      गणतन्त्र नेपालीको भनाइमा चन्दाले बुददिको होश हवाश नै न भयको मीत्र जस्तो लाग्यो । प्रचन्द्जीले बालुवटर को पत्रकार सम्मेलनमा नेपाली सैनिकको संखा दस् हजार भन्दा बदी हुनु हुन्न्दैन भने को सिलसिलाई मद्यनजर राखेर टीप्प्णी गरेकोहु ।
      अरू मलाई थाहा छैन
      more i do not know if i am mandle or gantrantra nepali chandalee
      nutan. USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yakthumnba

      नेता जि तपाईहरुको देसलाई हाक्ने दीमाग छैना भने , मल्लजिको लेख पढेर देसलाई केहि गर्नु पर्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Kumar Dhakal

      Katak Sir,

      Lekh Ramro lagyo, yasta suggetion haru ahile Nepalko lagi nikai mahatwopurna chhan.Pls. continue……

      Krishna Kumar Dhakal
      Gothenburg
      Sweden

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गणतन्त्रवादी नेपाली

      नुतन भन्नेको भनाइमा मण्डले र डेभिड लारुसो भन्नेको भनाइमा कुण्डले गन्हायो। एउटा बौद्धिक लेखमाथि छ्यापिएको गन्हाउने हिलो। यस्ता खोक्रा मण्डले र कुण्डलेको उद्देश्य लोकतान्त्रिक गणतन्त्रको पक्षमा लेख्ने र बोल्नेहरूलाई खिज्याएर लघार्नु हो।

      भविष्यको नेपालमा वास्तवमै दुबै सेना चाहिन्नन्। तर लोकतान्त्रिक गणतन्त्रको स्थापना नभएसम्म चाहिँ माओवादीको जनसेना राख्नु आवश्यक छ। तर जनसेना केवल जगेडाको रुपमा रहनुपर्छ। साथमा शान्तिपूर्ण जनआन्दोलन- ३ थाल्नुपर्छ जसले ज्ञानेन्द्र र मोरियार्टीका प‍वक्ता बनेका गिरिजा मार्काका सबै नेतालाई समेत बगाएर लगी नयाँ नेपालको स्थापना गर्ने छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shakya

      I use to think koirala was the one who destroy nepal, but I think he is totally right in the present context.Maoist should be disarm first, then after election and the fate of king should be decided by the “Janamat Sangrha”. They are blaming others for everything, king should be eliminated yes or no, they are not the one to decide.If they really think people are supporting them, dare to disarm first.Then they will know what reality is, they are making poor people more lazier and worst training them as their people`s army. So if they really want to get recognization they should disarm and do their activity as other political parties.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      Hi all,
      We need JAANDOLON#03 to eliminate the ORLD REGIME.

      ROYAL PALACE IS NOT GIVING ANY GREEN SIGNAL TO SPA TO MAKE DECISION AGAINST THEMSELVES.

      SPA SIGNED A DEAL WITH PALACE ON 11TH OF BAISAKH AND KING GRANTED NATAK GHAR TO SPA.

      SPA+PALACE ARE playing drama in name of peace talks..

      A JOINT MOVEMENT BACK UP WITH PEOPLE’S GUNS IS NECESSARY TO GET RID OF THESE FEDUAL & REGRESSIVE FORCES..

      NO MORE DELAY!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Duku Lanthu

      saarai ramro lek chha Malla ji tapain … really good issue pani ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gurung thagu

      your right sasagga lama ji thik ho hami lai sena nai chahidaina nepaal lai kun sena chahiyo ke ko lagi ko saga ladai garna baru sabai sena kharej gare best aani nepal ko pani pragati hoina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhakti

      मल्ल जी धन्यबाद,

      -तर्कहरु बहुतै गहकिला छन। ‘छलफल’ अतिआबस्यक् छ।
      -यो राज्य पुनरसंरचनाको प्रमुख ‘बिषय’ बनाइनु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • David Laruso

      R U for real? this is one of the prepostourous proposal. How can a state army be compared to a terroist army and put them on the same par with them. You must be kidding?
      J aayoo uhi kura garney, logically garnooshna yaar? Joke nagarnusna.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nutan

      कट्क मल्लजी,
      माओवादिको नेपालको सैनिक संख्या द्श हजार मा सिमित गर्ने प्रस्ताव थियो । के यो तपाईंको निसैनीकीकरण सोच् सँग प्रारम्भिक् मेल खादेन्?

      नूतन्, अमेरीका

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Simple

      It is a very good article. Specially poor country like Nepal will get lot of benefit adopting and policy of demilitarisation or disarment of both state and maoist army. Just disarming one will make other to have unbalanced arm power and that will be missused which we have witnessed from both nRA and Maoist. Hope the potical leader and the army should realise that it is the only way to acquire peace exit from status quo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sasang Lama/USA

      NEPALI SENA VANEKO RANA RA THAKURIHARUKO MANORANJAN CLUB HO. RAJAKO JANMA DINMA TOP PADKAUNU BAHEK TESLE KE GAREKO CHA RA? BASTAVMA HAMILAI SENA NAI CHAHINDAINA. JABO MAOBADI SANGA LADNA NASAKNEY LE, ARU SANGA TA KURAI NAGARAUN.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tapta bhandari frm paris

      thanx katak ji
      good work

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aasish,switzerland

      अति राम्रो लेख छ र समय सान्दर्भिक पनि छ । यस बारेमा बेलैमा छलफल गर्नु जरुरि छ ।
      thanks and keep it up

      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • it is very nice And good view.keep it up.every body love it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      It is a good idea for discussion and future roadmap but it will be premature to think of its application soon. If all the country in the world stop spending on arms then the world could be far more better place. Even a small portion of military spending of big nations like US, UK, China, India, Israeal .. can feed people of Africa for years but people there are dying. Nobody cares ! There is money and power.

      One more issue:
      Now we are talking about republican system in Nepal. It seems that people are opting the system because of the activities and nature of Gyanedra and Paras. But there must of public discussion why we need republican system. We should not focus on a single person but on system. If we can’t do so then we may fall victim of similar clan. Example are Stalin in USSR, Gandhi-Nehru in India, Assad in Syria, Mubarak in Egypt etc etc. Even Koirala family in Nepal think that Koirala and democracy are synonym, which is totally absurd.
      Culture of tolerance, agreement on disagreement, control of individual feeling, non agressive and non destructive opposition are developed neither in public nor in leaders. Nepal’s future does not depend upon a single family or person either they are Shah of Gorkha or whatsoever but on Nepalese people. But it does not seem we, Nepali, are ready to take that responsibility. We are well versed with revolution, procession, destruction but not on negotiation, tolerance,construction and cooperation.
      And, it will be far important for republican Nepal.

      comments welcome!
      Krishna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      Excellent writing. We need to gradually disarm both military power (state and maoist) and convert them into public service sectors as appropriate.

      Krishna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker