मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    एउटा अर्को ब्युटी कन्टेस्टको अनुभव

    Usha Rajak
    देशको राजनीतिको नराम्रो कुराले गर्दा राम्रो कुराको बारेमा लेख्ने जाँगर पनि त्यतिकै हराउँदो रहेछ। ब्युटी कन्टेस्टका सुन्दरीहरुको कुरा पनि त्यस्तै भयो। अक्टोबर १३, शुक्रबारको दिन हेरेको मिस वर्ल्ड युनिभर्सिटी नेपालको बारेमा ब्लग लेख्छु भन्दाभन्दै यतिका दिन बित्यो, जाँगरै चलेन। कहिले वार्ता अनिश्चितकालका लागि स्थगित भएको समाचारले ध्यान तान्यो त कहिले व्यापारीको बन्दले। आज भने केही जाँगर जुटाएरै त्यसबारेमा लेख्न बसेको हुँ।

    अक्टोबर १३ अर्थात् असोज २७ गते शुक्रबारका दिन मलाई थापाथली जानु पर्ने थियो। एकताका अंग्रेजी भाषाको निकै चल्ने म्यागेजिन ‘वेभ’ का सम्पादक युवाकरले पुरानो टिमका केहीलाई समेत संगालेर सुरु गरेको ‘वाई’ म्यागेजिनका लागि फोटो खिचाउनु पर्ने थियो। पुरानो फोटो दिँदा पनि उहाँले हुन्न नयाँ नै खिचौं भन्नुभएकोले त्यता जानै पर्ने भएको थियो। त्यता जाने तयारी गरिरहेको थिएँ, अचानक एमटी (मिस टीन) ले एसएमएस गरिन्- मिस युनिभर्सिटी हेर्न जाने हो, पास छ मसित। सुन्दरी प्रतियोगिता अस्ति भर्खर मिस टिन हेरिसकेको थिएँ। यो पनि पास पाएको बेलामा हेरि दिउँ न जस्तो लाग्यो र जान त जाने तर भ्याउने हो कि हैन भनेर जवाफ पठाएँ। उनले आउने कि नआउने निश्चित गर्न भनिन्। यसो सोचेँ- ब्लगरको फोटोसुट पो त, मोडलको त हैन नि। एक घण्टामा कसो नसकिएला ? अनि लौ त आउँछु भनिदिएँ र लागेँ थापाथलीतिर।

    ‘वाई’ का फोटोग्राफर नयनताराजीले थापाथलीको सडकमा उहाँकै ल्यापटप बोक्न लगाएर फोटो सेसन गर्दा वरपर मान्छेहरुले हेर्दा कम्ता अप्ठ्यारो अनुभव भएन। त्यसै पनि म फोटो खिचाउन मन नपर्ने मान्छे। कहिले ल्यापटप र कहिले नोटबुकमा केही लेखे जस्तो गर्न लगाएर उहाँले फोटो खिचेको खिच्यै गर्नुभयो। त्यसपछि थापाथलीको चोकमा गएर पनि त्यस्तै गरी फोटो खिच्नुभयो।

    भरे फोटो हेर्दा अनुहार देखिने भन्दा अनुहार नदेखिने खालको कलात्मक फोटो नै बढी राम्रो देखियो। पत्रिकामा त्यही राख्ने निर्णय भयो। अरु फोटोहरु उहाँले मलाई सीडीमा राखेर दिन्छु भन्नुभएको छ, पाएपछि केही फोटो म यता राखौँला नि।

    त्यहाँबाट म सीधै मिस युनिभर्सिटी प्रतियोगिता हुन लागेको ठाउँ बीआईसीसीतिर लागेँ। साढे ३ मा थियो कार्यक्रम सुरु। तर पास दिन्छु भन्ने एमटी नै गायब ! मोबाइल गरेँ- आउँदैछु भन्छिन्। बल्लबल्ल लामो प्रतीक्षापछि उनी भेटिइन् तर पास भने अझै थिएन। पास लिएर आउनेहरु आउनै बाँकी रे। हे भगवान् ! फेरि कुर्नु पर्ने ! कुरियो…

    Usha Rajakबल्लबल्ल पास आइपुग्यो र लागियो भवनभित्र। कार्यक्रम सुरु भइसकेको थिएन- आखिर नेपाली टाइम न पर्‍यो। मिस टिनमा सहभागी भइसकेकी ‘एमटी’को ब्युटी कन्टेस्टको बारेमा अनुभव सुन्दै सुन्दरी प्रतियोगिता हेरियो।

    यो कन्टेस्टलाई कान्तिपुर टेलिभिजनले पनि लाइभ प्रसारण गरिरहेको रहेछ। यस पटक मिस नेपालको आयोजना नभए पनि अरु सुन्दरी प्रतियोगिता भने रोकिएको छैन। मिस टीन, लक्स सुपर मोडलपछि अहिले यो मिस वर्ल्ड युनिभर्सिटी।

    नोभेम्बर ९ मा कोरियामा हुन गइरहेको मिस वर्ल्ड युनिभर्सिटीमा नेपालको प्रतिनिधित्व गर्नका लागि यो प्रतियोगिता हुन गइरहेको रहेछ। अरु ब्युटी कन्टेस्टमा नेपालले खासै राम्रो प्रदर्शन नगरेका भए पनि कोरियामा हुने यो कन्टेस्ट भने नेपालले जितिसकेको छ। आयुषाले केही अघि मिस वर्ल्ड युनिभर्सिटीको ताज पहिरिसकेकी छिन्।

    कार्यक्रम सञ्चालन गरेका थिए पोहोरका मिस टिन र हाल केटिभीका भीजे प्रियङ्का र आरजे दीपेशले। मञ्चको सजावट फेयर एन्ड लभ्ली प्रायोजक भएकोले जताततै पिङ्क थियो। तर लाइटिङ भने सार्‍है झुर थियो। बेला-बेलामा आँखामै पर्ने। त्यसरी आँखामै लाइट पर्दा म भने मञ्चको दायाँ र बायाँ माथिल्लो कुनातिर राखिएका राजा र रानीको माला लगाइएका तस्वीर हेर्दै बस्थेँ। आयोजकहरुले राजारानीको छेउमा राखिएको बत्ती पनि झ्याप झ्याप बल्ने निभ्ने सजावट गरेका रहेछन्। लोकतन्त्र आएपछि मन्त्रिपरिषदको बैठक बस्ने ठाउँमा रहेका राजाका तस्वीर हटाइए पनि यहाँ रहेका ती तस्वीरहरुमा कसैको आँखा परेका छैनन् कि के हो ?

    ब्युटी कन्टेस्ट भए पनि ‘इट इज मोर देन अ ब्युटी कन्टेस्ट’ भन्दै थिइन् एमटी। हुन पनि त्यस्तो शरीर देखाउने पहिरन थिएन यसमा। बरु ग्राजुएसन गर्दा पहिरिने पहिरन लगाएर सुन्दरीहरुलाई र्‍याम्पमा उतारिएको थियो। नाइट गाउन पनि त्यति जीउ देखिने खालका थिएनन्। जजहरु थिए- आरके श्रेष्ठ, सञ्जय उप्रेति, मञ्जुश्री राणा, रानी गुरुङ कक्षपति, हिक्मत सिंह आदि।

    परिचय राउन्डमा मिस टीनमा जस्तो कोही पनि नर्भस भइनन्। मिस टीनमा नर्भस भएर पनि सेकेण्ड रनर अप बन्ने समृध्दि साँच्चिकै उपाधिका लागि लायक थिइनन्, अरु बेला पनि उनी त्यस्तै थिइन्- घरीघरी कीबोर्डमा टाइप गरे जस्तै मोबाइलका कीप्याडमा टाइप गरेर एसएमएसहरु पठाउन व्यस्त एमटी आफ्नो अनुभव सुनाउँदै थिइन्।

    ‘तिमीलाई थाहा छ, अल अफ दिस इज देखावटी। उनीहरुले सुरु मै यसलाई टाइटल दिए ठीक होला भनी विचार गरिसकेका हुन्छन्। यहाँ मञ्चमा आउनुअघि नै, मञ्चतिरको दृश्य खिच्न क्यामेरा सोझ्याइरहेका मलाई घच्घच्याउँदै उनले ठूलै रहस्य खोतले जस्तो गरी सुनाइन्।

    घरी उनी सहभागीहरुको “खुट्टानिर जुम गर न हेरुम्, थरथर काँपेका हुन्छन् कोहीकोही त” भन्थिन् त घरी “कति इञ्चको हिल लगाएको रहेछ हेरुम्” अनि घरी “मेरो साथीलाई हेरुम्” भन्थी।

    मोडलहरु खासै नचिन्ने मलाई उनै चिनाउँदै थिइन- उ ती ६ नंकी कन्टेस्टेन्ट उषा रजक प्रोफेसनल मोडल हुन् नि। ‘धेरैधेरैको तिर्खा मेट्ने…” म्युजिक भिडियोकी मोडल। २० नम्बरकी नविना मेरी साथी, मिस टीनमा पनि भाग लिएकी थिइन्।

    Usha Rajak

    जब प्रश्नउत्तर राउण्ड सुरु भयो, तब भने नेपाली सुन्दरीहरुको बौध्दिकता देखिहालियो। परम्परागत ढर्राबाट बाहिर न कसैले प्रश्न सोध्न सके, न कसैले जवाफ दिन सके। कुन महिला आदर्श भनेर सोध्दा सबैले अनुमान गर्नसक्ने मदर टेरेसा भन्ने जवाफ। पर्यटन विकासका लागि के गर्नुपर्ला रे अर्को प्रश्न। एउटा जजले काठमाडौं भ्यालीको हावाको गुणस्तर बढाउन के गर्नुपर्ला तीन वटा उपाय भन्नुस् भनेर सोधेको त सुन्दरीले सुरुमा ‘एअर’ भनेकै बुझिनछिन्। पछि तीन वटा उपाय भन्न नसकेर मान्छेको मन परिवर्तन गर्छु भन्ने उपाय मात्र सुझाइन्।

    एक दिनका लागि प्रधानमन्त्री बनाइयो भने के गर्नुहुन्छ ? भन्ने प्रश्न सोधिएको थियो उषा रजकलाई। उनले महिला सशक्तिकरणका विभिन्न कुरा गर्छु भन्दै भाषण छाँटिन। नभन्दै त्यही जवाफलाई पो सबैले रुचाएछन् र ताज पनि उनैले जितिन्। एउटा अर्को जवाफ भने मलाई चित्त बुझेको थियो। निर्णायकले सोधेका थिए- इतिहासको कुन चाहिँ समय तपाईँ रोकेर परिवर्तन गर्न चाहनुहुन्छ ? सुन्दरीले भनेकी थिइन्- इराक-अमेरिका युध्द। अनि कारण दिएकी थिइन्। तर त्यो जवाफ दिने सुन्दरीले कुनै उपाधि जितिनन्।

    फस्ट रनर अप नवीना गुरुङ र सेकेण्ड रनर अप पाउलिन भइन्। अरु पाँच वटा विभिन्न टाइटल पनि बाँडिए। त्यसमा एउटा उपाधिका लागि उदघोषिका प्रियङ्काले अर्कै प्रतियोगीको नाम लिएर हिस्स बनाइन्। धन्न पछि ती प्रतियोगीले अर्को उपाधि भने जितिन्।

    मिस टीनमा जस्तो दिक्क लाग्ने गरी टोकन अफ लभ धेरै समय खाने गरी नबाँडिए पनि एक जनाले त्यो ‘अवार्ड’ राम्रोसित नसमात्दा भूँइमा बजारेको देख्दा सबै हाँसे। उदघोषक भने ‘देख्नु भो त, खसे पनि फुट्दैन क्या बलियो छ’ भन्दै कुरा मोड्दै थिए।

    यी सुन्दरीहरुले प्रतियोगितामा भाग लिँदा पनि खुबै खर्च गर्नुपर्ने रहेछ। सुरुमा त फर्म कै लागि। त्यसपछि आवेदन शुल्क। अनि फोटो सेसनका लागि अलग्गै खर्च, जुत्ता, लुगा सबैका लागि अलग्गै खर्च ! निकै खर्चिलो पो हुने रहेछ त। अनि आयोजकहरुले दिन्छन् हैन त लुगा त ? मैले सोधेँ। “एउटा पो दिन्छ, बाँकी त सबै आफैले म्यानेज गर्नुपर्छ”, एमटी भन्दै थिइन्।

    उनी भन्दै थिइन्- “डिसिजन फेयर भएन। मिडिया हाइपको आधारमा जजहरुले उषालाई जिताएको जस्तो लाग्यो।”

    ब्युटी कन्टेस्टमा चाहिँ खास के हुन्छ त ? मैले सोधेँ।

    उनले भनिन्- “दुई तीन घण्टा र्‍याम्पमा हिँडेर, प्रश्न सोधेर कुनै केटीको दिमागको मूल्याङ्कन गर्नु भनेको हास्यास्पद कुरा हो। ब्युटी विद दि ब्रेन भने पनि ब्युटीले त्यसमा धेरै प्रभाव पारिरहेको हुन्छ”

    यो ब्युटी कन्टेस्ट हेर्न १ हजारदेखि ३ सयसम्मको टिकट बेचिएको थियो। मेरो भने ३ घण्टा समय मात्र गएको थियो। त्यसवापत् यो ब्लग र भिडियो ब्लग पनि पाठकहरु समक्ष बाँड्न पाएँ। त्यसैले घाटा भने भएन। यही सोच्दै घरतिर लागेँ।

    [उषा रजकका सबै फोटोहरु उषाको आधिकारिक साइटबाट साभार। भिडियो भने अर्को ब्लगमा अलग्गै राख्नेछु]

    No related posts.

    13 comments to एउटा अर्को ब्युटी कन्टेस्टको अनुभव

    • Sinoraa_gurung

      For God Shake don’t say like that Rima……
      U think she is beautiful….. Ohhhh my God.
      I just guess that she is your relatives…………
      sinoraa_gurung

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rima

      she is so beautiful and charming….i like her very much…..i think she shouldnot care about her critism
      because…everybody gets jeleous of a sucess and beauty…….all the best to u…..u r my favouritr for ever…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • basel2001@hotmail.com

      उमेश जी, कस्तो रिङ्गाउनु भएको?यता-उता जतै बाट चलचित्र हेर्न खोजे पनि खाली उशाकै पाना मा मात्र पुगिन्छ के हो? technical mistake होकी? दाल्मे कुछ कaला है ?
      खै beuty with the brain लाइ मात्र priority दिएको जस्तो छ । but हजुरलाइ invitation dine miss teeeeeeeeeeeeeeeeen ko को फोटोस् हेर्न पाए ………….
      Laxman

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • I like much her,unkai matra dinu hai dai ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanu

      उमेश जी !!!!
      नेपालमा अब अरु कुनै काम छौइन यिनी हरु को नै खेती गरे राम्रो हुन्छ होला जस्तो छ ।
      सबै ले नै स्वाद लिन पनि पाउने छन हैन त ?
      प्रत्यछ मात्रै हैन अप्रत्छ रुप को यो धन्दा बहुत फास्टऔने छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • naren

      where is video ..? i cannot find…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kamal

      so funny. I think there is lots of sundari in nepal. I have never heared so many beuty contest elsewhere. uuuuf boring… why we don’t have other contest like miss genius…? only we have models and beuties

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Byas, USA

      माथिको फोटोमा चै को नि?

      अनुहर न दनुवार पान्डव सुनुवार?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bisha

      She doesn’t deserve this fame

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • B&B

      usha ranjit is not so beautiful i mean it…i know her personally, but she is an average girl with no charm in her face i know.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • B&B

      Great UmeshJi,
      sundari sanga jamghat cha,
      ramro facts ko lagi thank you.
      MT lai pani mero tarfa bata tnanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajendra Raj Sedhain,USA

      yasto jhare keti pani Miss World University bhayepachhi nepal ma beautiful keti haru ko khaderi lagechha bhanne kura proof hunchha,huna pani nahos kasari,sabai lai bahira le taneko chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • ल ल उमेश जी, मोज गर्नुस् । तपाईंकै छ दिन्, महिनै पिछे सुन्दरी हेर्न पाउनु भा छ ।
      अरे यार्, हामीले पनि त प छम् नि तपाइंको ब्लोग् मर्फत्, रहल् पहल्।
      :)

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    eXTReMe Tracker