-ओजश्वी-
नेपालमा जनआन्दोलन दोस्रोपछि लुटेराहरुको क्रियाकलापमा एक्कासी वृद्धि भएको कुरालाई कसैले नकार्न सक्दैन । त्यसो त जनआन्दोलनअघि पनि लुटेराहरु संगठित रुपमा आफ्नो लुटपाट र आतंक मच्चाउनमा सक्रिय थिए । तिनीहरुमध्ये कतिले प्रहरी प्रशासनका कतिपय व्यक्तिहरुलाई हप्तावारी बुझाउने र यता व्यापारी तथा सर्वसाधारणहरुलाई लुटपाट मच्चाउने गर्दै आएको सर्वविदितै छ ।
त्यस्ता लुटेरा र डकैतहरुलाई प्रहरी प्रशासनले खुलेआम आरामदायी गाडी तथा मोटरसाइकलमार्फत् दिनहुँ लुटपाट मच्चाउन दिइरहेको तथ्य यतिखेर बाहिर आएको छ । त्यो जत्थालाई माओवादीको भ्रातृ संगठन नेवाः राष्ट्रिय मुक्ति मोर्चा र सर्वसाधारणको सहयोगमा दुई दर्जनभन्दा बढीलाई सप्रमाण पक्राउ गरी पत्रकारहरुसमक्ष माओवादीहरुले सार्वजनिक गरेका छन् ।
उता, नेपाल मानवअधिकारवादी संगठन भनाउने एउटा समूहले ती लुटेराहरुलाई पक्राउ गरिएकोमा गम्भीर ध्यानाकर्षण गरेका छन्। उनीहरुले तिहारमा पनि नागरिकलाई कब्जामा राखेकोमा दुःख व्यक्त गर्दै सबैलाई मानवीय व्यवहार गर्न, परिवारलाई भेट्न दिन र मानवअधिकारको विश्वव्यापी मान्यता एवम् सातदल-माओवादीबीच भएको सहमतिको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ ।
यो मानवअधिकारवादीहरुको कस्तो चिन्ता हो ? लुटेराहरुलाई ससम्मान छाड्नुपर्ने – कहाँको मानवअधिकारको व्याख्याभित्र पर्यो – अरुमाथि आक्रमण गर्ने हत्यारा, लुटेराहरु कुनै कानुनका सजाय भोग्नु नपर्ने – ती लुटेराहरुले कति सयौं परिवारको मानवअधिकारमाथि हनन् गरे – कतिलाई दुःख दिए त्यसको लेखाजोखा ती मानवअधिकारकर्मीहरुले राखेका होलान् ? हो, त्यस्ता अपराधीहरुलाई मानवअधिकारको विश्वव्यापी मान्यता बमोजिम सरकारले जिम्मा लिएर कानुनी सजाय दिलाउनु पर्छ भन्ने आवाज आउनु अलग कुरा हो तर सरकार पनि लुटेराहरुको संरक्षण गर्ने अनि सरकारी मानवअधिकारवादी संगठन तिनै लुटेराहरुलाई सप्रमाण पक्राउ गर्दा पनि ससम्मान तिहार मनाउन छाडिदिनुपर्ने र पुनः तिहारमा लुटपाट गर्न छाडिदिनुपर्छ भन्ने- यी कस्ता मानवअधिकारवादी हुन् ? मानवअधिकारको विश्वव्यापी मान्यताअनुरुप त्यसरी पक्राउ परेकाहरुलाई तिनका परिवारलाई भेट गर्न दिनु, सजायका नाममा उनीहरुमाथि कुटपिटी गरिनुहुन्न भन्नु अलग कुरा हो तर आम नागरिकमाथि हत्या लुटपाटजन्य अपराध गर्दै आएका अपराधीहरुलाई पुनः अपराध गर्न छुट दिनका लागि तुरुन्तै कुनै सजायको भागी नबनाई छाडिनु हुँदैन ।
यो मानवअधिकार संगठन भन्ने संस्थाले तत्काल कसैलाई रिहा गर भन्ने अधिकार पनि छैन । उचित कारवाहीका लागि सरकारलाई दबाब दिनुपर्नेमा उल्टो रिहा गर भनेर कसको मानवअधिकारको रक्षा गर्न खोजेका हुन् यी मानवअधिकारवादी संगठन भनाउनेले -
बढी जानकारीका लागि पढ्नुस् तलको समाचार
नियन्त्रणमा रहेकालाई रिहा गर्न आग्रह
स्वतन्त्र समाचार सेवा
काठमाडौँ, कात्तिक ६/
माओवादीको भातृ संगठन नेवाः राष्ट्रिय मुक्ति मोर्चाले अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न नेपाल मानवअधिकार सङगठनले आग्रह गरेका छ ।
संगठनले विज्ञप्ति जारी गर्दै केही दिन अघि मोर्चाले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका कथित अपराधीहरू मध्ये केहीलाई रिहा गरेपनि १० जनालाई अझै नियन्त्रणमा राखिएको प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
मोर्चाले नियन्त्रणमा लिएका मध्ये कृष्ण लामा, मेघराज श्रेष्ठ, दीपक लामा, उमेश श्रेष्ठ, तारणीप्रसाद ठाकुर, राजेश श्रेष्ठ, माधव जिसी, सुशील थापा, बमप्रसाद लिम्बु र लक्ष्मी खड्गी अझै रिहा नभएको सङ्गठनले जनाएको छ ।
संगठनले तिहारमा पनि नागरिकलाई कब्जामा राखेकोमा दुःख व्यक्त गर्दै सबैलाई मानवीय व्यवहार गर्न, परिवारलाई भेट्न दिन र मानवअधिकारको विश्वव्यापी मान्यता एवम् सातदल-माओवादीबीच भएको सहमतिको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ ।
No related posts.









During earlier government, so many spies and tattoos were sent to foreign countries to spy against democratic persons living and forums working abroad and report to (R)NA.These days they do not have job to do so they start vomiting same undigested food in different names in the blogs. The zz, ayudh and so many others we can clearly identify them through their comments and articles in the blogs. Since the scince has made globe so small these days, it is worth sketching their who-abouts and where-abouts.
मन परे हरियो, नपरे रातो
1
0
कुमार लामा जि र रबि जि को कमेन्ट सङ्ग म १००% सहमत छु ।मैले त माथि पनि भनि सकेको छु यो आयुद भन्ने मान्छे ग्याने को टट्टु हो येस्ता को के मुख लाग्ने साथि हो ।नेपालि मा उखान नै छ नि….लाइ चलायर गन्ध अनि zz पनि तेइ बर्ग मा पर्ने मान्छे हो ।
aasish
swiss
मन परे हरियो, नपरे रातो
1
0
अहिलेको अवस्था भनेको सिस्टम फेल खाको अवस्था हो । कसैले कसैलाई नटेरेको अवस्था छ देशमा । तेसैलेत एतिबेला सबैले आफ्नु आफ्नु पक्षबाट सहयोग गर्नु पर्छ भनेको । चोर, डाँका, समान्त, घुस्य्हा लाई कारबाही गर्न गराउन जल्ले मद्दत गरे पनि हुन्छ चाहे कान ग्रेस् होस्,चाहे कम्युनिष्ट!यो नै धर्म हो, एतिबेलाको । राम्रो काम गर्नेलाई जो भए पनि कदर गर्न सक्नु पर्छ र नराम्रो काम गर्ने बाउ भएनी छाडन हुन्न तब सिस्टम ले काम गर्छ ।
होला! कोही साथी हरुलाई बेक्तिगत मार्का पर्याहोला तर पूर्वग्रही हुनुभएन । समग्रमा सत्ते के हो, ठीक के हो बुझेर जनभावना र सामएको माग लाई बुझन सक्ने मान्छे आदर्स हुन्छ । आयुध जी र ZZ जी को लेखन कला राम्रो छ यदि मान्छे भड्काउने बिचार नलेखेमा!
मन परे हरियो, नपरे रातो
1
0
ए मुर्ख याहूद्! एति राम्रो लेखन कला भाको मान्छेको किन एस्तो कुबुद्धी? अध्ययन अलि गर्नु पर्यो के!
सिस्टम ले थाम्न नै नसके पछि बाध फुट्छ अनि त्यहाँ प्रकोप आउछ भन्ने थाहा छ? ५२ साल लाई फर्केर हेरत्! कस्ले पथायो मान्छेलै जङल्? कस्लाई रहर हुन्छ खा उ खा उ, लाउ लाउ भन्ने उमेरमा ज्यान फल्ने रहर? तेसो हो भने तिमी चाँही किन ज्यान बच्चा उन बिदेस् हान्निएको? कस्ले पठायो जङल माओवादीलाई थाहा छ? कस्तो मान्छे जङल पसेका छन थाहा छ? उधाहरन सुन्छौ? त्यो कबिता परियार लाई एउटै एन्जिओ मा का गर्ने धिताल् बाहुन्ले बिहे गर्छु भनि भुँडी बोकाएर आफु न भागेको भए तीनी के जङल पस्न वाध्य हुन्थिन् र?
अनि कान्छा कुमाल्का दाजु भाई लाई सोम प्रसाद मुखियाले गोरुको सट्टा नारेर जोताउदा कस्तो भयो होला? अहिलेको अवस्थामा गोरुलाई जोत्दा त पशु अधिकार हनन भयो भन्ने बेलामा मान्छेलाई जोताउदा! अनि उनिहरु जङल नपसे को पस्ने? एति मात्र होर एस्ता उधाहरन कति छन कत्ती?
गाउका समान्त हरुले सुराकी लगाइ लगाइ निमुखा गाउले दाजु भाइ लाई सैनीक द्वारा मार्न लगाए ।निहु के पो थियोरा? समान्त को छोरी उन्का छोराले खाली प्रेम विवाह गरेको मात्र त होनी!
अनि तिमी भनि बिदेस् को सिस्टम देखेर सोदेस् को कुरा गर्छौ? तिमी आँफै भन कस्ले सिस्टम र एन कानुन को बर्खिलाप गर्यो ।
५२ साल्मै हैन माओवादीले सिस्टम अनुसार चलेन देस् भनेको र माग राखेको तेति बेलाको प्रधान् मन्त्री लाइ? माग पुराको सटा माओवादीलाई खोजी खोजी मार (किलो सेरा टु अपरेसन)भन्ने प्रोग्राम् तेहि गिरिजाले ल्याको कस्लेपो बिरसेको छर?
आज बेलाई मा नेता हरुले बुद्दी पुरा इ दिएको भए यो गती देख्नु पर्थियो र? न त तिमी ज्यान जोगाउन बिदेस् पलाएन हुनु पर्थ्यो न घर्ती काले को ज्यान नै जान्थ्यो!
सबैको घैटोमा घाम लागेमा फेरी पनि यस्तै नरहोस्!
मन परे हरियो, नपरे रातो
1
0
यो कस्तो पाजी कुरा गरेको त्यो “आयुध” भनाउदोले ग्यानेको टट्टुले। “तेरो” मीत्र ती गुण्डाहरुलाइ मारेको त छैन नी माओबादीहरुले। चोर अपराधीहरुलाइ प्रमाणसहीत पकड्नपाउने सबै नेपालीहरुको अधीकार हो भन्ने राम्रोसंग बुझ हैन भने तेरो घरमा पसेर चोर्ने चोरलाइ पनी पकड्न पाउदैनस तैले, बुझीस? पकडेर सार्वजनीक गर्न पाउनुपर्छ भन्ने पनि बुझ। म पनि भन्छु सजायं चाहीं प्रचलीत कानुन बमोजीम हुनु पर्छ।
मन परे हरियो, नपरे रातो
1
0
“यी गुण्डाहरु पक्रेको र छोडेको समाचार म जस्ता सर्वसाधारणको लागि त कागलाइ बेल पाक्यो हर्ष न बिस्मात!! यीनलाइ पक्र्यो भनेर हर्षबढाँइ गर्नेहरु हेर्दा तिनेरु पक्कै पनि हुनेखाने वर्ग नै हुनु पर्छ भन्ठाने, जो यी गुण्डासित बचेर हिड्नु पर्ने अवस्था थियो…।”
ZZ को माथिको कमेण्टले मानवीय संवेदनाको खिल्ली उडाएको महसूस हुन्छ। गुण्डा भनेको गुण्डै हो जसले जुनसुकै वर्गलाई सताए पनि अर्को मानवलाई दुख्दैन र? अरूको पीरमर्कालाई बेवास्ता गर्नु अथवा म बाँचे भै हाल्यो नि अरू मरेर के फरक पर्छ र भन्नु बहुलबादी भावनाविपरित मात्रै होइन, मानवीय संवेदनहीनता पनि होइन र?
रह्यो ती गुण्डालाई कानूनी कि मुड्के कार्वाही गर्ने भन्ने कुरा। कहाँ छ नेपालमा कानूनी राज? कहिले थियो नेपालमा कानूनी शासन? भएको भए न त माओवादीले १३ हजारभन्दा बढीको ज्यान जानेगरी हतियार उठाउँथ्यो, न त राजतन्त्रकै आज यस्तो हविगत हुन्थ्यो। कानूनले कहिल्यै काम नगर्ने। अनि राजनीतिक दल र सरकार त के महाराजाहरू पनि तिनै गुण्डाहरूको पक्षपोषक हुने। त्यसो भएपछि ती गुण्डालाई कार्वाही गर्ने तरिका मुड्कीबाहेक अरू कुनै साधन रह्यो त? कानूनी शासन सबैको चाहना हो भने कानून पंगु भएको अवस्थामा माओवादीले गुण्डाहरूलाई समात्दा जनताले स्यावासी दिनु परिस्थितिजन्य अवस्था हो भनेर बुझ्नुपर्छ।
सांसदहरू ५ वर्ष संसदमा “रडाको मच्चाएपछि” (जनताको काम गरेर होइन) पेन्सन पाउनुपर्ने, सुविधाको पजेरोले नपुगेर सुत्केरीको औषधी पनि खानुपर्ने। १ सयभन्दा बढी राष्ट्रभाषा भएको मुलुकमा जनकपुर र काठमाडौंका स्थानीय सरकारी कामकाजी भाषामा स्थानीय भाषालाई वैकल्पिक रुपमा प्रयोग गरिँदा सर्वोच्च अदालतले बन्देज लगाउने। अर्कातिर अदालत अपराधिहरूका लागि स्नानघरमा परिणत गर्दै उसले लागूऔषधका खुंखार तस्कर तथा भ्रष्टाचारी सबैलाई अदालतले नुहाइदिने। उदाहरण अनगिन्ति छन्। यस्तो “माफियामय” समाजमा किन नउठोस् त माओवादीको हतियार?
समाजले सधैँ अपराधिको रुपमा चिन्दै आएको एउटा मान्छे मध्यरातमा बन्दुकको नालबाट फुत्त निस्किएर साढे २ करोड नेपालीलाई बन्दुकको भरमा दबाउँदै राष्ट्रको ढुकुटीमा रजाइँ मच्चाउने। खोई त तपाईंहरूको कानूनले यी कसैलाई कहिल्यै छेकेको? खोई त यिनलाई लोकलाजले कहिल्यै लज्जित बनाएको?
ती गुण्डाहरूलाई माओवादीले कार्वाही गर्नु कानूनी थियो वा थिएन? यो प्रश्नको जवाफ कानूनबेत्ताहरूले दिएलान्। मेरो मानवीयताले यति भन्छ- माओवादीले ती गुण्डाहरूलाई समातेर अत्यन्त सह्रानीय काम गरेका छन्। सक्छन् भने ती गुण्डाहरूको प्रयोग र बचावट गर्ने सञ्जालकै पर्दाफास गरुन्। माओवादीले यस्तै काम गरेर नै आम जनताको मन जित्न सक्छन्। कहाली लाग्दो समाजमा शताब्दीऔंदेखि अनेकौं उत्पीडनको जाँतोमा पिल्सिइरहेकका बहुसंख्यक नेपाली विकल्पको खोजीमा छट्पटाइरहेका छन्। चाहे त्यो काम माओवादीले गरुन् वा अरु नै कुनै वादीले गरुन्, केही फरक पर्दैन।
तर महत्वपूर्ण कुरा के हो भने, अबको नयाँ नेपालमा र कानूनी राज स्थापना होस् र कानूनको आँखामा सबै नेपाली समान होउन्।
उही कुमार लामा
मन परे हरियो, नपरे रातो
1
0
I agree with the views presented by ZZ and Aayudh. Nepal is in deep trouble because those responsible for their part are not carrying out responsibly. Once every institutions and people start carrying out their given responsibilities, country will come in track.
मन परे हरियो, नपरे रातो
1
0
Aba police lay aparadhee pakday pani saman kehee phita aauna raycha chornay kinay sabaee pakdiyo ray tara samman chaina sabaee galaee sakyo sun jati anee paisa sidyo ray anee chor sita milayra commision khayra durbar jatro ghar bhanayko chan police lay anee kata bata police ra parasasn ko biswas bhow ra maobadi ho ki nagarick affaee lagara pakdna parcha yee daka haru laee ra janta ko agadi sahar ghomauna parcha salay chor daaka laee ra karwaahee garinu parcha,aba yo desh ko police ra prasaasan ko biswas garnaay jammana chaina aba soulution affaee nikalna paryo
मन परे हरियो, नपरे रातो
1
0
लुट्ने लुलुटिने र कानुनको कुरामा दोहोरी खेलेको देख्दा केहि लेख्न मन लाग्यो । निष्चय नै लुट्ने अपराधि नै हुन त्यसमा दुइमत हुने कुरै रहेन सबैले सकारे कै कुरा पर्यो । यहाँ कोहि महानुभावहरुले गरिवलाई लुटेनन् धनिलाई त लुटेका हुन नि भनेर लेख्न खोज्नु भएछ । हो धनिले अनैतिक तरीकाले कमाएको छ भने लोभिको धन लु्च्चाले खायो भन्न एक अर्थमा सकिएला । तर कनुनि कुरा तेर्स्याउने हामीले के त्यो भन्न मिल्छ होला ? त्यो कानुनको आँखामा त गैर कानुनि नै भनिएला । तर वेला बेलामा पत्रिकामा आउँछ खाते समेत लुटिए । पत्रिका बेच्ने लुटिए । खातेले पनि महिनावारी तिर्छन् नगरबधुले पनि महिना-हप्ता वुझाउँछन् भन्ने पढ्नमा आउँछ । धेरैमा त पुलिस नै सङ्लग्न भएको तथ्य बाहिर आउँछ । पालिएका पेशेवर लुटेराहरु छन् हाम्रो देशमा । खै आजसम्म कस्ले कार्वाहि गर्यो ? जस्ले अपराधि नियन्त्रण गर्न देशको नुन खाएको छ त्यसले गरेन भने कस्ले कहाँको कानुनले गर्ने? जसको काम नै अपराधि समाउनु हो त्सले जति अपराधि समाते पनि उसको दायित्वमात्र प्रयोग गरेको हुन्छ उस्ले तर अरु कसैले त्यो काम गरे भने स्यावासि त दिनै पर्छ किनभने आफ्नो काम त्यो नहुँदा नहुदै पनि उस्ले सुरक्षा दिने काम गरेको छ । यो देशमा कानुन सबैले पालन गरिदिएको भए कस्ले पो गर्थ्यो होला र यस्तो काम आफ्नो काम छोडि छोडि ।
ठूलालाई लुट्ने ठूलै कहलिएका गुण्डा होलान् सानालाई लुट्ने सानै । तर लुटिन भने सवै लुटिएकै छन् । उखान नै छ काँक्रा चोरलाई मुढ्के सास्ति । दिनै पर्छ । कानुनको कुरा नतेर्स्याउँ । राम्रोकाम गर्न किन रोक्ने? नराम्रो कामलाई त दण्ड दिनै पर्यो । माओवादिको नराम्रोकामलाई कस्ले राम्रो भनेको छ होला र ? उनिहरु आफैं पनि राम्रो भन्न नसक्लान् । तर राम्रोकामलाई त कदर गरौं जस्ले गरेको भए पनि । कानुनि कार्यवाहि गर्न के माओवादिको यो कार्यले छेकेको छ र पुलिसलाई ? पुलिसलाई पहिले जिल्ला जिल्लावाट एन जि ओ लखेटे जस्तो त गरेका छैनन् मेरो बुझाइमा । पुलिसले गरोस् न काम अरुले गर्नै पर्दैन नि !
कानुनको कुरा पनि निमुखाकैलागि मात्र त हो । सबैमालको चक्कर रहेछ कानुन भनेको पनि । जतिसुकै ठूलो अपराध गर्नुस् एउटा न एउटा ओकिल पाउनु हुन्छ गाठ टेबुल मुनिबाट पास गर्नुस् न्यायधिसले तपाईलाई सफाई दिन्छ । त्यसो भए खै त कानुन ? त्यसैले ठोक माओका चेला हो गुण्डालाई । निरापराधलाई नछोउ । सवैले स्यावास भन्छन् । डलर कुम्ल्याउने मानव अधिकार तातो न छारो को ।
मन परे हरियो, नपरे रातो
1
0
Dear Ayudh and ZZ,
I appreciate your statements as they speak the fact -the ‘very fact’ and the ‘only fact’. When you praise the so-called ‘worth-doing’ of someone, you should not forget áll the ‘ill-doings’ from his/her behalf. You have to see the things in holistic approach. Our main weakness is that we always compartmentalise the issues and interpreat it in own way to get ‘inner satisfaction’which is just an ‘Atma-rati’. I feel pity on people like Asis who want to praise Bin Laden and alike; Gopal who wants ‘gundaraj’ in Nepal. May the god give a little piece of brain to these ‘brainless’ stupids. For me, A CAT WHO HAS KILLED HUNDREDS OF RATS CAN NEVER BE SINLESS EVEN IF HE DOES HAJ MANY TIMES.
Sapan Singh
मन परे हरियो, नपरे रातो
1
0
साच्चै को गुण्डाअलाहरुलाइ जो कोइले समातेर कार्बाइ गर्नु राम्रो हो । अब रयो नेपालका सबभन्दा कुख्यात गुण्डा को त? मेरो बिचारमा माओबादि भन्दा ठुला गुन्डा समसारमै अरु कोइ छैन । आफ्नै देसका बिल्कुलै निर्दोस् नागरिकलाइ यिनिहरुले जस्तो निर्मम् तरिकले हत्या अरु कसैले गरेका छैनन्। यिनिहरुले जस्तो जनता र रास्त्रको सम्पति अरु कसैले लुटेक छैनन् । यिनिहरुले जस्तो बिकास निर्माण मा बाधा अरु कसैले पारेन । यिनिहरुले जस्तो कानुनको खिल्लि उडाउने काम सम्सारम कस्ले गरेहोला र? आहिले युद्ध बिरामको नाटक् गरेर यिनिहरुले आफ्ना कुख्यात हत्याराहरुलाइ छुटाएर आफ्नो अपराधको नाङ्गो नाच नाचिरहेका छन। डिनमा कम्तिमा एक् जना नेपालिको हत्या गरेका छन्। यि देश् द्रोहिहरुको गुन गान् गाउने ए उशिका, गोपाल्, र आशिश्, तपाइहरुले इ माओबादिको काम् रम्रो देख्नु भो होइन? या त तपाइ वा तपाइको आफ्नो मान्छे आहिले सम्म माओबादि अत्यचारमा पर्नु परेको छैन या त तपाइहरुपनि तेहि अत्यचार गर्ने जत्था को एक् सदस्य हो, जो अरुको आसुमा हास्न रुचाउछ ।
मन परे हरियो, नपरे रातो
1
0
यो आयुद् भन्ने त ग्याने को टट्टु हो किन भने मैले अहिले सम्म येस्को राम्रो कमेन्ट पड्न पायको छैन किन हो येस्ले माओबादि को त झन राम्रो नराम्रो एकै देख्छ र सबै लेख को कमेन्ट मा बिरोध् गर्छ त्यो पनि फेद् नटुप्पो को अरे आयुद् जी तपाइ येदि नेपालि हो भने उखान हरु त् थाहै होला भुक्ने कुकुर् ले कैले टोक्दैन अनि सार्कि को सराप ले डिगो कैले मर्दैन । येस्ता कमेन्ट लेख्नु को सट्टा नेपाल मा गयर राज्निति गर्नुस् किन बिदेश् मा लुकेर राम्रो पक्छ को पनि बिरोध् गर्नु हुन्छ । येदि देश् र् जनता को हित् मा ओशामा बिन् लादेन् ले पनि काम गर्छ भने हामि ले तेश् को सम्मान गर्नु पर्छ न कि बिरोध् । तपाइ जस्ता मन्डले त नेपाल मा भन्ध्a बिदेस् मै बसेको बेस् ।अनि ओजस्बि जि लि उठाउनु भयको कुरो एक्दम् ठिक् छ ।नेपाल् मा मानब अधिकार् को नाम मा गलत तत्व् लाइ स्म्रक्छण गर्ने काम् भैरहेको छ ।जो ब्यक्ति गलत काम मा सम्लग्न थिय र जस्ले जनता लाइ आत्ङ्कित पारि र्हेका थिय तिनि हरु लाइ माओबादि ले नियन्त्र्ण मा लिनु नराम्रो काम होइन यो जनता को हित मा छ अनि हामि सबै नेपालि बिना बर्दि का सुर्क्छाकर्मि पनि त हौ नि हाम्रो पनि देस् प्र्ति केहि उत्तर्दायित्व् छ । अनि येति बेला सम्म सर्कारि सुर्क्छाकर्मि के हेरेर बसेको थियो र अहिले उनि हरु माओबादि ले गैरकानुनि काम् गरे भनेर भन्दै छन ।? माओबादि ले जे काम गरे त्यो एउटा उदार्णिय काम हो ।-।।।—
aasish
swiss
मन परे हरियो, नपरे रातो
1
0
ATTENTION:
UMESH JEE:
DO YOU REMEMBER MR. DIXIT HIMSELF CALLED
” HAAMI KUKUR HAUN” SO WHAT WE CAN EXPECT FROM “KUKUR”?
KRISHNA
मन परे हरियो, नपरे रातो
1
0
I agree with ZZ’s comments. We will believe if maoists really donot hurt people and terrorize common honest people who ahs different poltical philosophy than theirs. to catch gundas is OK but why this has been made so high is not understandable. I felt when I was in my village sometime back that people are mortally afraid to talk single word against maoists. Let us hope such negative feeling against maoists will be erased by maoists by affirmative action and goodwill and by taming their own gunwielding cadres.
May this Tihar will enlighten them and their supporters to understand that society is always a heterogenous and cannot be forced to accept outdated ideas as this the festival of light.
मन परे हरियो, नपरे रातो
1
0
उक्त संस्थाको डन चै को रै छ त ?
माओबादिलाई खबर गर्न पाए छानविन गर्थे कि ?
मन परे हरियो, नपरे रातो
1
0
Dear All,
The situation and event have proved that there are different kinds of Human Rights Organizations or Groups in Nepal. Some are established for the welfare of people, some are for the cultivation of dollors, some are for THAGI DHANDHA, and some are for begging. Those who are estabsished for the welfare of people, they never think of doing this kind of supports for the GUNDAs and DANKAs. These GUNDAs and DANKAs are also like a “SUNAMI WAVE” in our society and country. They destroy hundreds of households/families for fulfilling their vasted interests. Therefore, we have also additional responsibility to find such kind of GANGs and also Pseudo-Human Right Group(s), and need to give them a strong punishment in front of peoples’ mass. Otherwise, they always try to weave and spread this kind of wave that will help to trap and destroy the property and life of general people. I think GUNDAs should be a good income source of Pseudo-Human Rights’ Group(s). Or, they themselves may be members of that group.
Looking at the above comments, Casanova and AAyudh have also shown this kind of indications. Otherwise, they shouldn’t put their comments blindly against to the punishment given to those GUNDAS. If the government are not responsible to punish such kind of GUNDAS, then why not to start it from peoples’ side for the security of people and society? There are some proverbs in Nepali, which are relevant to this situation. They are: “ACHANOKO BETHA KHUKURILAI THAHA HUNDAINA”, and “SUTKERI MAHILAKO BYATHA SUTKERI MAHILALAI MATRAI THAHA HUNCHHA”. Therefore, persons who involved directly or indirectly in such bad games, they don’t think or know the problem of sufferers, and they always blindly support to DANKAs/GUNDAs. There may be a big GIROHA headed by the THULO TAUKE therefore they have got this kind of freedom untill now.
Let’s unify all together to punish them and help to establish Nepal as a peaceful country.
For more information, please check this website: http://nepalipost.com/nepali/chautari.php?nid=1459
मन परे हरियो, नपरे रातो
1
0
१) मेरो माल मलाइ फर्काइ दे बाबु, ज्यान जोगाउनु छ भने
देखे तँ जस्ता लाखौ, भो फुर्ति धेरै न लगा
निहु नै खोज्छस लौ भने, देख्लास तेरो बाउको बिहे
खुरुक्क माल दिएर जा …..
यो गीतको सम्झना आयो मलाइ जब मैले चक्रे मिलन जस्ता गुण्डाहरुलाइ माओबादीले कब्जा गरेको समाचार पढे । हामी एक हौ भन्ने फिलिमको गीत हो यो ।
२) आम्मामामा, यी गुण्डाहरुलाइ कब्जा गरेको सुनेर (मेरो संसारमा कमेण्ट लेख्ने) नेपालीहरु कतिबिधि दङ्ग परेका? चोर माथि चक्कारी गरेर अपराध नियन्त्रण हुन्छ भनेर ठान्नु र केहि थान छाडा गुण्डाहरुलाइ पक्रेको नाटक गर्दैमा तारीफको फुलपाति बर्षाउनु जस्ता कार्यले आम नेपालीहरुको अविवेक प्रदर्शन गरेको छ । वर्गीय हिसाबले नै हेर्ने हो भने नि यी गुण्डाहरुले सर्वहारा वर्गलाइ कहिल्यै टार्गेट गरेनन, जो सित माल थियो तिनलाइ लुट्ने गुण्डा नै हुन यी पनि, नहुने सित के लुट्ने? के नै छ र? यी गुण्डाहरु जे गर्थे कम्निष्टको दर्शनले त्यहि पक्षपोषण गर्छ, हुनेखानेसित लुट गरीबलाइ बाँड । मात्र तरीका र उद्देश्य अलि अलि फरक हुन्छ ।
३) यी गुण्डाहरु पक्रेको र छोडेको समाचार म जस्ता सर्वसाधारणको लागि त कागलाइ बेल पाक्यो हर्ष न बिस्मात!! यीनलाइ पक्र्यो भनेर हर्षबढाँइ गर्नेहरु हेर्दा तिनेरु पक्कै पनि हुनेखाने वर्ग नै हुनु पर्छ भन्ठाने, जो यी गुण्डासित बचेर हिड्नु पर्ने अवस्था थियो । होइन भने पत्रिकाहरुमा बदनाम यी गुण्डाहरु सर्वसाधारणलाइ उत्पिडन गर्दैनथे, यिनेरुकै चलखेल हुने ठाउँ नजिकैको टोलको बासिन्दा भएकोले मलाइ थाहा छ । यीनेरु त सँधै मुर्गा खोज्दै हिड्छन । गुण्डाका मुर्गा श्रमजीवि निम्नमध्यम वर्गका मान्छेहरु होइनन, खानदानी, धनी ब्यापारी, कालाबजारीया, तस्कर जस्ताहरु हुन ।
४) एउटा निश्चित र सर्वमान्य नीति नियमलाइ अगाडि सारेर गरीने न्यायिक कार्यबाहि मात्रै दीर्घजीवि हुन्छ । अवसरबादी पाराले केहिथान जनतालाइ खुशी पार्ने हेतु गरीएको कार्यवाहिलाइ सर्वसाधारण मान्छेले एक कानले सुनेर अर्को कानले उडाइदिन्छन । (यहाँ जनता भन्ने शब्दसित होशियार – जनता भनेका सर्वसाधारण मान्छे होइनन, माओबादीहरुले जनता शब्दको यति दुरुपयोग गरे कि अब त जनता शब्द सुन्ने बित्तिकै ज्ञानेन्द्रले प्रजातन्त्र भने जस्तो लाग्न थाल्छ । जनता भन्नाले माओबादीका अन्धसमर्थक भन्ने बुझिन्छ अचेल ।) पुलिसले गर्न नसक्या काम हामीले गर्न सक्छम लौ हेर – भन्ने मनसायबाट उत्प्रेरित यो कार्यवाहि कालान्तरमा माओबादी आफैको लागि प्रत्युत्पादक हुने छ, हेर्दै जानु होला ।
५) माथिको मेरो कमेण्ट हेरेर मैले यी गुण्डालाइ पक्रेको कार्यको बिरोध गरेको भनेर अर्थ्याए त्यो गलत हुनेछ । कसै न कसैले यी गुण्डाहरुलाइ नि पाठ सिकाउनु थ्यो सिकाए । त्यसमा मेरो बिरोध छैन, तर गुण्डालाइ पक्रेर महान कार्य गरे भन्ने किसिमको तारीफको पनि कुनै तुक छैन । मलाइ छक्क लागेको त के भने नि, आयल निगमले एक लिटर पेट्रोलमा ३५ रु. को हाराहारीमा खुल्लेआम लूट मच्चाइरहेको छ अचेल, किन कि अन्तर्राष्ट्रीय रुपमा पेट्रोल एकदमै सस्तो भएको छ । तर नेपालमा महगो । हरेक दिन जनतालाइ लुटेर करोडौ नाफा खाएको कुरो मैले जानकारी गराए, तर त्यो आम चासोको बिषय बनेन । तात्तो न छारो गुण्डाहरुको पछि लागेका छन मानवअधिकारबादीहरु पनि । हत्तेरीका नेपाली बुद्धि ।।।।।
मन परे हरियो, नपरे रातो
1
0
आयुध जि
तपाँईको कानुन ले काम गरेको भए किन यति ठुलो आन्दोलन गरिरहनुपर्र्याथ्यो । सबै अनुशासन र कानुनको पालना गरेका भए न भ्रष्टाचार हुनथ्यो न देशमाथिको लुटपाट, न पस्थे माओबादि जँगल, न देशको यो हालत । देश हाँक्ने जिम्मा लिनेहरुले सडकमा टायरको धुवाँ ननिस्कुनजेल कान सुन्दैनन भने कसरि गर्न सकिन्छ शासकहरुको ध्यानाकर्षण, बच्चालाई पनि दुध चाहियो भने रुन्छ ।
जब माओबादिले बन्दुकको जवाफ बन्दुकले दिनथाले तब पनि १० बर्ष लाग्यो निकास निस्कन कस्ले रोक्याथ्यो राम्रो काम र देश बिकास गर्न? देश लुटेर अकुत सम्पति जम्मा गर्न छाडेर देश बिकासमा लगाएको भए किन हामिलाई कुनै ‘बाद’ चाहिएको थिएन । यस्ले यो पनि प्रमाणित गरेको छ कि राजतन्त्र जहिले पनि सामन्तबादको पृष्टपोषण गर्दछ, तेसैले देशमा आमुल परिवर्तन चाहिएको छ । जब देशमा कानुन को राज्य चल्छ अनि न त सडकमा टायर बल्छ न त गोलिको जवाफ गोलिले दिईरहन पर्दछ, र सडक भान्डालिज्म पनि स्वत: घटेर जान्छ, भरतकेशरलाई जसरि चुटिनु पनि पर्दैन। तैसैले तपाईका काईते कुरा को कुनै अर्थ छैन । अहिले सँक्रमणकाल हो र यस अवश्थामा माओबादिले गरेको ऊक्त कामको सराहना नै गर्नुपर्दछ, पुलिसले गर्न नसकेको काम गरेर अझै गुन लगाईदिएको छ तर पुलिसले आफ्नो नाक भाँचिएको ठानेको होला।
तपाई भन्नुहोला कानुनको पलना गर्नु हरेक नगरिको कर्तब्य हो । तर कुर्चिमा देश हाँक्न बस्ने ठेकेदारहरुको पहिलो कर्तब्य हो त्यो लागु गर्नु । जब एऊटा काम गर्न जाँदा सोर्स-फोर्स र सिफारिस चाहिन्छ अनी के अपेक्षा गर्न सकिन्छ । सबैकुरा कानुनत: हुदै आईदिएको भए के देश यो अवश्था आईपुग्ने थियो?
गोपाल चालिसे, लँकु चितवन हाल रियाद
मन परे हरियो, नपरे रातो
1
0
अपराधिलाइ जस्ले समाते पनि सजय दिनै पर्छ्.छाद्नु हुदैन
मन परे हरियो, नपरे रातो
1
0
I am agree with comments of AAYUDH. Maobadi buddhi chha bhne ta Police ra Gundaharu ko relation ko barema media ma khulasta parnu paryo ni praman ko sath. Taba mattrai Basnata Kuwar jasta pulis ko bhandaphor hunccha..Yaha ta chor le chor lai samteko chha ani CHOR le nai Phalano CHOR ra Dhiskano Chor ko sambanda Chha baneko CHHA… AKTI RAMILO KHEL ani HAMI, MANAB ADHIKARI BADI, MEDIA sabi achhamma madai ke ke nai bhayo bahera tamasa herirakheka chaun…
KE HAMI HAMRO GHAR MA BHAYEKO KHURPA ra KHUKURI LIYERA CHAKRE JASTA GUNDA LAI taha lagauna sakaidainau?
KE hami MAOBADI JUNGALI gunda haru ko das ho?
Ke hami BHARSTA PULIS lai Taha lagauna sakaidainau?
Answer these questions first yourself?
GOPI
मन परे हरियो, नपरे रातो
1
0
Some points of Ayudh and some of Ojaswi are correct. The government or the Police was not able rather not willing to punish those social culprits. It is argued in many occassions that some police personnel and political leaders are part of the crime. Even the court does not function as they should. There are lots of examples that the law is made only to punish the poor. The mighty will get some escape anyway. When the proof is open in society the police says they don’t have proof. They rather take part to eliminate the proof as well. We have to respect some dedicated police officer who are not part of it.LET THEM NOT HURTED BY OUR COMMEBTS ON MAJORITY OF CORRUPTED ONES. In this context the act of maoist affiliated organiation is welcomed by many. What government could do is to continue the process and put them before the court but there is no process like that. Just saying “its illegal” annoys the people. Had done so the government would have been appreciated. We are busy to talk about whether it was right or wrong by the maoist but don’t care what is the right thing we should do. If we can punish these so called DON we can punish maoist culprits. There are many in maoist who are engaged in only such activities. Until the government act, maoist will be doing this and get some credit anyway, they are in so called parallel government.
As the maoist are saying some of them were involved in assasination attempt of their leaders – the truth is upto them, may be true, may be wrong- they will do what they can to stop such nexus.
Other important point to know is that crime is not only done with weapon and by DON- scary, sturdy, rough and tough guys- but unbelievably by the gentle,soft spoken, seemigly noble persons. And, the price the society has to pay is far greater for the second kind of crime. But, it will alsways escape any law. That will corrected only if the people take the control.
Things are intricated and it is easy to be blurred. But, this act by maoist has incited another question in our society. It will be less important whether it is right or wrong, if we can tackle the question by proper handling of the issue. Otherwise, days come days go. DONs come DONs go, we will perpetualy suffer.
Lastly, I don’t believe maoist can solve this either. Those who raise the question does not have the answer. Those who are used to ask questions, may not know how to answer a question. But whoever ask a question is a good step forward, if anybody has answer, everybody will benefitted by knowing it. If nobody has answer, it is all the same because question was known to everybody. It only mattered who dared to ask. May be my analogy is not perfect but hope it makes some sense.
Thanks
Krishna
मन परे हरियो, नपरे रातो
1
0
स्टर् आयुध तपाईले कुरै नभुझि कमेन्ट नलेख्नु भये हुन्छ। लेख्न पाये भन्दैम जे पायो त्यो नलेख्नुस।अपरधिलाई सजय दिनै पर्छ चहे पोलिस होस् चाहे जानता।पोलिस त अब
घुस खानमै ब्यस्त छन।
बिबेक हत्याकन्ड त राम्ररि पढ्नु भयेकै होला।अब माओबदिले सप्रमाण सहित अपराधि समातेका छन।कसैलै बन्दुक देखायेर घचेटेर लगेका होइनन।र तपाईलाई बिदेशम बसेर नेपालको घटना येथार्थ कसरि थाहा हुन्छ।हामि जनतालाई कति दुख दियेका छन
यि अपरधिहरुले भन्ने कुरा त हामिलाई थाहा छ।यस्ता अपराधिहरुलाई कडा भन्दा कडा सजय दिनुपर्छ अनि मात्रै अपराध कम् हुन्छ।
अर्को कुरा माओ बादि पानि मान्छे हुन जनाओर त हैनन नि। म मन्छु उनिहरु बाट पनि नरम्रा काम् भयका छन तर रम्रा पनि त छन।यौत मान्छे सबै गुणले भरि पुर्ण त कहा हुन्छ र ।अरु दल पनि त सबै राम्रा काअ छन र।माओबादिले ९०% काम् राम्रो गरेका छन।तर अरु दलले त तेति पनि गरेका छैनन्।उलटै देशलाइ खत्तम् पारिसके।तेसैले तपाइले कमेन्ट लेख्दा बुझेर मात्रै लेख्ने गर्नुस्।
ushika sharma
kathmandu
मन परे हरियो, नपरे रातो
1
0
It seems all these org. are run by OLD REGIME including few commentors who just feel proud of talking against people!!!
No doubt, all of these servants work for “PARASE KO GANGS” and they will be doing so till CA POLLS.
मन परे हरियो, नपरे रातो
1
0
Yiniharu Gunda Bachau Abhiyan wala Manab Adhikar badi hun…..
मन परे हरियो, नपरे रातो
1
0
ओजश्वीजि तिमीले कुनै सानोतिनो गैरकानूनी काम गरेका हुनसक्छौ तर केही अल्लारे बन्दुकेहरु दलबलका साथ आएर तिम्लाई घुच्चाउँदै मुन्ठाउँदै निर्घात पिटेर अपराध कबुल गराउँदै न्यायको लिलाम गर्छन , के तिम्रो नजरमा त्यो लोकतन्त्र हो ? त्यो कानूनको सासन हो ? के न्याय यही शैलिमा लिलाम गरिने बस्तु हो ?
आज काठमाण्डुका बदमाश गुण्डा पक्रिए र यिनीहरुलाई माओवादीले पक्रिएर नेपालका अपराधीहरु हायलकायल हुँदै नेपाल रामराज्यमा रुपान्तरण हुने ठानेका छौ भने तिम्रो आँखामा र विवेकमा माओवादीले घोडाको आँखामा लगाउने पट्टि लगाइदिएको हुनुपर्छ ता कि तिमीले न्यायको छुद्रतम यो तमाशालाई माओवादीले सरेआम नाङ्गो पार्दा तिमी न्यायको दुहाइ ठान्छौ ।
तिम्रो विचारमा अब कानूनको विश्वव्यापी पढाइ अनि प्रशासन र कानूनको नाममा गरिने खरबौँ डलरको वार्षिक अध्ययन, अनुसन्धान खर्च जोगाएर केही थान बन्दुक किनेर घर घर माओवादी भिजिलान्तेलाई न्याय र अन्यायको खु्द्रा व्यापारमा पठाए हुन्छ । किन चाहिए विश्वविद्यालय, प्रशासन कार्यालय, अदालत र अरु निकायहरु जबकि न्याय र अन्यायको यति सजिलो हुनेरैछ !
कानूनको शासनमा विधान र प्रकृया हुन्छन र तिनको पालना र प्रकृयाको सम्पन्नता संगै न्याय र अन्यायको छिनोफानो गरिनु पर्छ । नेपालमा जतासुकै स्थिति डाँवाडोल छ र जस्ले सक्यो त्यसैले कानूनको पालना गराउने नाममा जुनसुकै प्रकृया अपनाएर आफ्नै शैलिमा न्याय दिने बजार खोल्यो भने त्यो कुराले देसका समस्या समाधान गर्ने हो कि बढाउने हो ओजस्वी नामका न्यायधीश जि ?
के तपाईँले खोजेको लोकतन्त्रमा अलिकति बन्दूक बोकेका झूण्डहरुले केही गुण्डा र अरु केही अरु विविध समूहसंग सम्ब्न्ध राख्ने मान्छेहरुलाई आफ्नो तजवीजमा पक्रेर शान्ति र अमनचैन को नसिहत पढाउन पाउने छूट हुन्छ ?
यसरी न्याय गर्ने हो भने त नेपालमा सेना र पुलिसलाई नै उहिल्यै देखि न्यायको तराजू थमाइदिएर कानूनको मोलमालको कामको जिम्मा लगाइदिएको भए भइहाल्थ्यो नि ! किन कानून, न्याय ,मानवअधिकार र रडाको पिटेर कानूनी उपचारको कोकोहोलो मच्चाइरहनुपर्थ्यो ?
माओवादीको न्याय,न्याय नभएर बन्दूकको कुन्दामा बलजफत डराउन लगाइएका केही बदमासहरुको मिडिया नाटक बाहेक केही हैन । यहाँ त पक्रने र पक्राउ पर्ने दुवै साँचो कानूनी आँखामा गुण्डा नै हुन । पक्राउ परेर छाडिने हरु सुध्रिने हैन बरु माओवादीका पक्षमा काम गर्ने र चन्दा जुटाउने काममा सहयोगी बन्ने त्यति पनि नभए बिघ्न नपार्ने शर्तमा सुधारिएका ठहर्ने छन । हिजो पनि गाउँ घरका बदमाशहरु माओवादीको पार्टीमा सरिक भएपछि महान क्रान्तिकारी बनेर न्याय बाँडने पसलका मालदार मालिक भएकै हुन ।
के मुलुकका गाउँ र शहर माओवादी कै लूट र करतूतले भन्दा अरु कुनै कुराबाट बढी आक्रान्त छ ? माओवादी स्वयंका अपराध र अतिवादी क्रियाकलापहरु आज दिपक मनाङे र चक्रेमिलनका अपराध भन्दा कम छैनन बरु बढी होलान ।
मन परे हरियो, नपरे रातो
1
0
जानकारी!
साथीहरु! फुर्सद भए डा बिष्णु कुमार धिताल ले लेख्नुभएको लेख अधिकार् कर्मीहरु: राजा ब चा उ कार्यमा? भन्ने शिर्सक मा आजको नेपाली पोस्ट मा छ कृपया पढ्नु होला ।
मन परे हरियो, नपरे रातो
1
0
देखीयो मानब अधिकार बादिहरुको जनता प्रतिको ब्यबहार पनि चोर, डाका, अपराधिहरुको चाही साथ दिने अनि साधरण जनताको बारेमा चै कस्ले बिचार गर्नि, सोच्ने??? के यहि हो तिनिहरुको मनब अधिकार??? कि ड्लर पचाउनका लागि केहि गरेर देखौन नपाएर हो !!! त्यसो गरेका ???
मन परे हरियो, नपरे रातो
1
0
Sirs/madams
HR has no rights to advocate for the hooligans and Political parties are not entitled for taking law in their hands either.
And its the corrupt government which still needs to under go numerous transformations until it can call itself a complete desired government.
At this time, both Maoist and Govt should be focussing on peace talks and arms management, why are they trying to act smart as if they’ ve been ruling the country for ages. Stop acting hypocrites and focus only on the most needy things for the country at this very moment. Remember, ruling country is far tougher than influencing and agitating party members.
मन परे हरियो, नपरे रातो
1
0
Umesh ji
yo manab adhikar badi haru derai dollar ko kheti garne matra hun tesaile dollar pachauna yastai kuro garchha hau.
मन परे हरियो, नपरे रातो
1
0