मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आठ दलको ऐतिहासिक सहमतिको पूर्ण विवरण

    सातदल र नेकपा (माओवादी)का शीर्ष नेताहरूको बैठकका निर्णयहरु
    नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटकपटक गर्दै आएको ऐतिहासिक संघर्ष र जनआन्दोलनमार्फत् लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै, सात राजनीतिक दल र नेकपा माओवादीबीच सम्पन्न १२ बुँदे समझदारी, ८ बुँदे सहमति र २५ बुँदे आचारसंहितालगायत नेपाल सरकार र नेकपा माओवादीबीच सम्पन्न सबै सम्झौता, सहमति, आचारसंहिता र संयुक्त राष्ट्रसंघलाई प्रेषित समान धारणाको पत्राचारप्रति पूर्ण प्रतिबद्धताको पुनर्पुष्टि गर्दै, देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरूलाई समाधान गर्दै राज्यको अग्रगामी पुनर्संरचना गर्नुपर्ने संकल्प गर्दै, प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता मौलिक अधिकार, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यताप्रतिको पूर्ण प्रतिबद्धतालाई दोहोर्याउँदै, नेपाली जनताको भयमुक्त वातावरणमा संविधानसभाको निर्वाचनमा सहभागी हुन पाउने आधारभूत अधिकार प्रत्याभूति गर्दै, लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक-सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै २०६४ साल जेठ महिनाभित्र स्वतन्त्र र निष्पक्ष रूपले संविधानसभाको निर्वाचन सम्पन्न गर्ने दुवै पक्षको प्रतिबद्धतालाई कार्यान्वयन गर्न आज मिति २०६३ साल कात्तिक २३ गते सात दल र नेकपा माओवादीका शीर्ष नेताहरूको बैठकबाट निम्नलिखित निर्णयहरू भएका छन्।

    विगतका सहमतिहरूको कार्यान्वयन सम्बन्धमा

    १) विगतमा गरिएका सबै समझदारी, सहमति र आचारसंहितालाई पूर्णरूपले, इमान्दारितापर्ूवक र कडाइका साथ कार्यान्वयन गर्ने गराउने,

    २) विगतमा राज्य र माओवादी दुवै पक्षबाट बेपत्ता पारिएका भनिएका नागरिकहरूको सम्बन्धमा छानबिन गरी स्थिति र्सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने।

    ३) कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता गर्ने कार्यलाई तीब्रता दिने। विस्थापितहरू घर फर्किने वातावरणको सुनिश्चितता गर्ने। यस निम्ति जिल्ला(जिल्लामा दुवै पक्षसम्मिलित समिति गठन गर्ने। यी सबै कार्यलाई एक महिनाभित्र पूर्णता दिने।

    ४) राज्य र नेकपा माओवादीद्वारा राजनीतिक नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका सबै आरोप र अभियोगहरू फिर्ता भएको र्सार्वजनिक घोषणा गर्ने र दुवैतर्फा राजनीतिक बन्दीहरूलाई तुरुन्त रिहा गर्ने।

    सेना र हतियार व्यवस्थापन सम्बन्धमा

    संविधानसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न र सेनाको लोकतान्त्रीकरण तथा पुनर्संरचना गर्न विगतमा भएका बाह्रबुँदे समझदारी, आठबुँदे सहमति, २५ बुँदे आचारसंहिता र संयुक्त राष्ट्रसंघलाई पठाइएको पाँचबुँदे पत्रको भावनाअनुरूप निम्न कामहरू गर्ने(
    माओवादी सेनाको सम्बन्धमाः

    १. २०६३ साल साउन २४ गते नेपाल सरकार र नेकपा माओवादीको तर्फाट संयुक्त राष्ट्रसंघलाई पठाइएको पत्रमा व्यक्त प्रतिबद्धताअनुसार माओवादी सेनाका लडाकुहरू ( Combatants निम्नलिखित स्थानहरूमा अस्थायी शिविरहरू Cantonments मा सीमित रहने। संयुक्त राष्ट्रसंघद्वारा उनीहरूको प्रमाणीकरण र अनुगमन गर्ने।
    मुख्य शिविरहरू निम्न स्थानहरूमा रहनेछन्ः
    १. कैलाली, २. सुर्खेत, ३, रोल्पा, ४. पाल्पा, ५. काभ्रे, ६. सिन्धुली र ७. इलाम
    मुख्य शिविरहरू वरिपरि ३/३ वटाका दरले सहायक शिविरहरू रहनेछन्।

    २. माओवादी सेनाका लडाकुहरू शिविरमा रहेपछि शिविरको सुरक्षार्थ चाहिने हातहतियार र गोलीगठ्ठाबाहेक अन्य सबै हतियारहरू शिविरभित्रै सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चाबी सम्बन्धित पक्षले नै राख्ने। सो ताल्चा लगाउने प्रक्रियामा संयुक्त राष्ट्रसंघको निगरानीका लागि उसको रर्ेकर्ड, साइरनसहितको संयन्त्र (म्भखष्अभ) सम्मिलित गर्ने। भण्डारण गरिएका हातहतियारहरूको आवश्यक जाँच गर्नुपर्दा संयुक्त राष्ट्रसंघले सम्बन्धित पक्षको रोहवरमा गर्ने। क्यामरा अनुगमनलगायत यस सम्बन्धका अन्य विस्तृत प्राविधिक विवरण संयुक्त राष्ट्रसंघ, नेकपा माओवादी र नेपाल सरकारका सहमतिले तयार गर्ने।

    ३. माओवादी सेनाका लडाकुहरू अस्थायी शिविरमा बसिसकेपछि उनीहरूको रसद पानीलगायत अन्य आवश्यक व्यवस्था नेपाल सरकारले गर्ने

    ४. माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनर्स्थापना निम्ति अन्तरिम मन्त्रिपरिषद्ले विशेष कमिटी बनाएर काम गर्ने।

    ५. माओवादी नेताहरूको सुरक्षा सरकारसँगको सहमतिले गर्ने।

    नेपाली सेनाको सम्बन्धमा

    ६. संयुक्त राष्ट्रसंघलाई प्रेषित पत्रमा व्यक्त प्रतिबद्धताअनुसार नेपाली सेना ब्यारेकभित्र सीमित रहने। उसका हतियारहरू कसैको पनि पक्ष या विपक्षमा प्रयोग नहुने कुराको प्रत्याभूति गर्ने। माओवादी सेनाका तर्फाट भण्डारण भएका हतियारको बराबरी संख्यामा नेपाली सेनाले पनि आङ्खना हतियारहरू सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चाबी सम्बन्धित पक्षले नै राख्ने। सो ताल्चा लगाउने प्रक्रियामा संयुक्त राष्ट्रसंघको निगरानीको लागि उसको रेकर्ड, साइरनसहितको संयन्त्र Device सम्मिलित गर्ने। भण्डारण गरिएका हातहतियारहरूको आवश्यक जाँच गर्नुपर्दा संयुक्त राष्ट्रसंघले सम्बन्धित पक्षको रोहवरमा गर्ने। क्यामरा अनुगमनलगायत यस सम्बन्धका अन्य विस्तृत प्राविधिक विवरण संयुक्त राष्ट्रसंघ, नेपाल सरकार र नेकपा माओवादीको सहमतिले तयार गर्ने।

    ७. नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन नयाँ सैनिक ऐनबमोजिम मन्त्रिपरिषद्ले गर्ने। अन्तरिम मन्त्रिपरिषद्ले राजनीतिक सहमति र अन्तरिम व्यवस्थापिकाको सम्बन्धित समितिसमेतको सुझाव लिएर नेपाली सेनाको लोकतान्त्रीकरणको विस्तृत कार्ययोजना तर्जुमा र कार्यान्वयन गर्ने। यसअर्न्तर्गत नेपाली सेनाको उपयुक्त संख्या, लोकतान्त्रिक संरचना, राष्ट्रिय र समावेश चरित्र निर्माण गर्दै लोकतन्त्र र मानवअधिकारको मूल्यद्वारा सेनालाई प्रशिक्षित गर्नेलगायतका कामहरू गर्ने।

    ८. नेपाली सेनाले गर्दै आएका सीमा सुरक्षा, आरक्ष, निकुञ्ज, बैंक, विमानस्थल, विद्युतगृह, टेलिफोनटावर, केन्द्रीय सचिवालय, विशिष्ट व्यक्तिहरूको सुरक्षालगायतका कामहरूलाई निरन्तरता दिने।

    मेरो संसारबाट साभार
    अन्तरिम संविधानका विषयवस्तुबारे
    १. अन्तरिम संविधानबारे

    (क) अन्तरिम संविधान मस्यौदा समितिद्वारा प्रस्तुत अन्तरिम संविधानलाई आज भएका सहमतिका आधारमा पूर्णता दिने।

    (ख) पुनर्स्थापित प्रतिनिधिसभाद्वारा अन्तरिम संविधान जारी गरिनेछ र नवगठित अन्तरिम विधायिकाले उक्त संविधानलाई अनुमोदन गर्नेछ।

    २. राजतन्त्रबारे
    (क) मुलुकको शासन व्यवस्थासम्बन्धी कुनैपनि अधिकार राजामा रहने छैन।

    (ख) स्वर्गीय राजा वीरेन्द्र, रानी ऐर्श्वर्य र निजहरूका परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्र हितमा प्रयोग गर्ने।

    (ग) राजाको हैसियतले राजा ज्ञानेन्द्रलाई प्राप्त भएका सबै सम्पत्तिहरू (जस्तैः विभिन्न स्थानका दरबारहरू, वन तथा निकुञ्जहरू, ऐतिहासिक र पुरातात्विक महत्त्वका सम्पदाहरू आदि) राष्ट्रियकरण गर्ने।

    (घ) राजसंस्था कायम राख्ने वा नराख्नेबारे संविधानसभाको पहिलो बैठकद्वारा साधारण बहुमतले टुंगो लगाउने।

    ३. अन्तरिम व्यवस्थापिका (संसद)बारे
    (क) अन्तरिम व्यवस्थापिका निम्नप्रकार एक सदनात्मक संसद् हुनेछः

    (१) सात राजनीतिक दल र अन्य दलका हाल प्रतिनिधिसभा र राष्ट्रियसभाका निर्वाचित सदस्यहरूसमेत गरी २०९ जना (जनआन्दोनलको विपक्षमा रहेकाहरू बाहेक)। संयुक्त वाम मोर्चाको वर्तमान संसद्मा प्रतिनिधि नभएको हुँदा सहमतिका आधारमा मनोनयन गरिने।

    (२) नेकपा माओवादीको तर्फबाट ७३ जना
    (३) जनवर्गीय तथा पेसागत संगठन, उत्पीडित जाति तथा क्षेत्रका प्रतिनिधिहरू र राजनीतिक व्यक्तित्वहरूबाट ४८ जना (सहमतिको आधारमा मनोनीत गर्ने)

    कुल संख्या – ३३०
    तर जनआन्दोलनको विपक्षमा रहेकाहरू अन्तरिम व्यवस्थापिकामा रहने छैनन्।

    (ख) अन्तरिम व्यवस्थापिकाको गठन भएपश्चात पुनर्स्थापित प्रतिनिधिसभा र राष्ट्रियसभा भंग हुने।
    (ग) अन्तरिम व्यवस्थापिका संसद् गठन भएको दिनदेखि नेकपा माओवादीको नेतृत्वमा रहँदै आएका जनसरकार, जनअदालतलगायतका सत्तासम्बद्ध सबै निकाय भंग हुने।

    (घ) अन्तरिम व्यवस्थापिका राजनीतिक सहमतिको आधारमा सञ्चालन गर्ने।

    ४. अन्तरिम सरकारबारे
    (क) सहमतिका आधारमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्ने।

    (ख) अन्तरिम मन्त्रिपरिषद्को संरचना र कार्य विभाजन आपसी सहमतिबाट तय हुने।

    (ग) अन्तरिम सरकारको सञ्चालन संयुक्त जनआन्दोलनको भावना, राजनीतिक सहमति र सहकार्यको संस्कृतिअनुरूप गर्ने।

    ५. न्यायपालिकाबारे
    (क) स्वतन्त्र न्यायपालिकाको अवधारण र मूल्य मान्यतालाई अनुसरण गर्ने।

    (ख) न्यापालिकालाई जनआन्दोलनको भावना, लोकतन्त्र, र अन्तरिम संविधानप्रति प्रतिबद्ध बनाउने।

    (ग) संविधानसभासम्बन्धी विवादहरूको निरूपण गर्न संवैधानिक अदालतको गठन गर्ने।

    ६. संवैधानिक अंगबारे

    (क) प्रधानमन्त्री, प्रधानन्यायाधीश, र अन्तरिम व्यवस्थापिकाका सभामुखसहितको नयाँ संवैधानिक परिषद्को व्यवस्था गरेर यसमार्फ संवैधानिक अगंहरूको नियुक्तिलगायतका विषयहरूमा सिफारिस गर्ने व्यवस्था मिलाउने। नियुक्तिहरू गर्दा निश्चित मापदण्डलाई आधार बनाउने।

    (ख) सहमतिको आधारमा निर्वाचन आयोगलाई पूर्णता दिने।

    ७. स्थानीय निकायबारे
    (क) सातदल र नेकपा माओवादीको सहमतिले जिल्ला, नगर र गाउँस्तरमा अन्तरिम स्थानीय निकाय गठन गर्ने।

    ८. नागरिकता समस्या सम्बन्धमा
    (क) संविधानसभाको निर्वाचनअगावै नागरिकताबाट वञ्चित सबै नेपाली नागरिकहरूलाई नागरिकताको प्रमाणपत्र वितरण गर्ने।

    (ख) २०४६ साल चैत मसान्तलाई आधार वर्षमानी त्यसभन्दा अगाडि नेपालमा जन्म भई निरन्तर स्थायी बसोबास गर्दै आएका सबै नेपाली नागरिकहरूलाई सरल ढंगले नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यवस्था गर्ने।

    (ग) नागरिकता प्राप्तिसम्बन्धी अन्य व्यवस्था कानुनमा उल्लेख भएबमोजिम हुने।

    ९. संविधानसभा निर्वाचन सम्बन्धमा
    (क) आगामी २०६४ जेठभित्र संविधानसभाको निर्वाचन सम्पन्न गर्नेगरी मिति तय गर्न अन्तरिम मन्त्रिपरिषद्लाई अधिकार प्रदान गर्ने।

    (ख) संविधानसभाको निर्वाचन मिश्रति प्रणालीको आधारमा गर्ने। २०५ सदस्य उम्मेदवारलाई मत दिने ‘पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार’ (First past the post) र २०४ सदस्य पार्टीलाई मत दिने समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुने। यस सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेर कानुन बनाउने।

    (ग) दलहरूले उम्मेदवारहरू सूचीकृत गर्दा उत्पीडित जाति, क्षेत्र, मधेसी, महिला, दलितलगायत अन्य वर्गसमेतको समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने।

    (घ) राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तिहरूमध्येबाट सहमतिका आधारमा अन्तरिम मन्त्रिपरिषदबाट मनोनीत हुने १६ जना।

    (ड) संविधानसभाको कुल संख्या चार सय २५ कायम गर्ने।

    (च) अन्तरिम संविधान जारी हुँदाका बखत १८ वर्षउमेर पुगेका नेपाली नागरिक मतदाता हुने ।

    (छ) संविधानसभाको निर्वाचनको अनुगमन संयुक्त राष्ट्रसंघद्वारा गराउने।

    १०. राज्यको ढाँचाबारे
    (क) वर्गीय, जातीय, भाषिक, लैंगिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावको अन्त्य गर्न राज्यको वर्तमान केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पुनर्संरचना गर्ने।

    (ख) राज्यको पुनर्संरचनाका लागि सुझाव दिन एक उच्चस्तरीय आयोगको गठन गर्ने।

    (ग) राज्यको पुनर्संरचनाको अन्तिम टुंगो संविधानसभाले लगाउने।

    ११. आर्थिक-सामाजिक रूपान्तरणबारे निर्देशक सिद्धान्तहरू

    (क) सामन्तवादका सबै रूपहरूको अन्त्य गर्ने आर्थिक(सामाजिक रूपान्तरणको न्यूनतम साझा कार्यक्रम आपसी सहमतिले तय गरेर लागू गर्दै लाने।

    (ख) सामन्ती भूस्वामित्वको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गर्ने नीति तय गर्ने।

    (ग) राष्ट्रिय उद्योगधन्दा र साधनस्रोतको संरक्षण र पर््रवर्द्धन गर्ने नीति अनुसरण गर्ने।

    (घ) शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्य सुरक्षामा सबै नागरिकको अधिकार स्थापित गर्ने नीति लिने।

    (ङ) सुकुम्बासी, कमैया, हलिया, हरवाचरवालगायतका आर्थिक-सामाजिकरूपले पछाडि परेका वर्गलाई जग्गालगायत आर्थिक-सामाजिक सुरक्षाको व्यवस्था गर्ने नीति लिने।

    (च) सरकारी लाभको पदमा रहेर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्नेहरूउपर कडा कारबाही गरी दण्डित गर्ने नीति लिने।

    (छ) देशको आर्थिक(सामाजिक रूपान्तरण एवं न्यायका साथै देशलाई छिटो समुन्नत र आर्थिकरूपले समृद्धशाली बनाउन एक साझा विकास अवधारणा निर्माण गर्ने।

    (ज) श्रमिकका पेसागत अधिकारको सुनिश्चितता गर्दै उद्योगधन्दा, व्यापार, निर्यात प्रवर्द्धन आदिको लागि लगानी वृद्धि गरी रोजगारी एवं आयआर्जनका अवसरहरूको व्यापक वृद्धि गर्ने नीति अनुसरण गर्ने।

    द्वन्द्वपीडितहरूको व्यवस्थापन सम्बन्धमा
    १. सशस्त्र द्वन्द्वको क्रममा मारिएकाहरूको परिवारलाई तथा यसक्रममा घाइते भई अपांग र अशक्त भएकाहरूलाई उचित राहत सम्मान तथा पुनर्स्थापनाको व्यवस्था गर्ने।

    २. छानबिन आयोगको प्रतिवेदनको आधारमा बेपत्ता भएकाहरूको पीडित परिवारलाई राहत उपलब्ध गराउने।

    ३. सशस्त्र द्वन्द्वको क्रममा विस्थापितहरूको पुनर्स्थापना गर्न, नष्ट भएका निजी तथा र्सार्वजनिक सम्पत्तिहरूको हकमा राहत प्रदान गर्न तथा ध्वस्त संरचनाहरूको पुनर्निर्माण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।
    ४. सशस्त्र द्वन्द्वको क्रममा मानवअधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्नहरूको बारेमा सत्य तथ्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न आपसी सहमतिबाट उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गर्ने।
    मेरो संसार-नेपाली भाषाको पहिलो ब्लग
    विविध
    १. सबै सहमति र सम्झौताहरूको कार्यान्वयन भए नभएको अनुगमन गर्न सहमतिले एक उच्चस्तरीय संयुक्त अनुगमन समिति गठन गर्ने।

    २. आचारसंहिता, समझदारी-सहमति, सम्झौता तथा कानुनविपरीतका गतिविधि एवं कामकारबाही गर्ने जो कसैलाई पनि सरकारले कारबाही गरी दण्डित गर्नेछ।

    ३. गणतन्त्र, आर्थिक-सामाजिक रूपान्तरण, जनमतसंग्रह, निर्वाचन प्रणालीलगायतका अहिले साझा सहमति कायम हुन नसकेका विषयहरूमा पार्टी संविधानसभाको निर्वाचनको क्रममा आ(आपना नीति र मतअनुसार प्रस्तुत हुन स्वतन्त्र हुनेछन्।

    समय तालिका
    १. नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता २०६३ कात्तिक ३० गतेसम्म गर्ने।

    २. उल्लेखित १ बमोजिम २०६३ मंसिर ५ गतेभित्र माओवादी सेनाका लडाकुहरू हातहतियारसहित निर्धारित शिविरमा जम्मा (Confine) भइसक्ने र हतियार भण्डारण गर्ने। संयुक्त राष्ट्रसंघद्वारा उनीहरूको प्रमाणीकरण र अनुगमन गर्ने।

    ३. उल्लेखित ५ बमोजिम २०६३ मंसिर ५ गतेभित्र नेपाली सेना ब्यारेकभित्र सीमित रहने, निर्धारित हातहतियार भण्डारण गर्ने र त्यसको अनुगमन संयुक्त राष्ट्रसंघले गर्ने।

    ४. २०६३ मंसिर ५ गतेभित्र अन्तरिम संविधानलाई पूर्णता दिने।

    ५. २०६३ मंसिर १० गतेभित्र अन्तरिम संविधान जारी गर्ने, अन्तरिम व्यवस्थापिकाको गठन गर्ने र प्रतिनिधिसभा र राष्ट्रियसभाको विघटन गर्ने।

    ६. २०६३ मंसिर १५ सम्म अन्तरिम मन्त्रिपरिषद्को गठन गर्ने।

    No related posts.

    117 comments to आठ दलको ऐतिहासिक सहमतिको पूर्ण विवरण

    • Dear all
      Happy with your website. thank you. its great work and to be continue.
      with regards
      Madhav Lohani
      Dhading Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • अब नेपाल मा शान्ति हुने भयो!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • priya

      good. I liked it.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bhola

      आहा अब देशमा शान्ति छाउनेछ। सबै खुशी हुनेछन। क्या मज्जा।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Umesh ji,

      Comments ma pani Khicha tani Hundo Rahechha Hai ?

      Thank you,

      N. Ingnam
      NY, USA

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Let’s hope there will be no deception and conspiracy from any or either side. Let’s make peace process a success for bright and prosperous future for all Nepalese.
      Just let’s grant ordinary citizenship to Gynendra and Paras if they comply with law and order. If now on any member of Gynendra clan break any law or try to cause any hinderence to current political process or obstruction of justice by means of any conspiration or deception. New independent Nepali judiciary system must put Gynendra and Paras into life imprisonment through due process of new judiciary system.
      Any property Gynendra and his clan acquired after King Birendra and his family’s assassination, during his absolute dictatorship and any property earned by corruption must be nationalized. The nationalized wealth must be locked into trust which should be catagorized to support museums, scholarships for motivated, disadvantaged students, help protect biodiversity and wild life conservation.
      There’s much more work to be done in the country. Start with education and training in all aspects of modern human society.
      We need new generation of visionary leaders.

      Nepalese are anticipating the sucess of Peace Process leading to stable, prosperous and independent Nepal which incorporates and respects equally to all citizens to bring Unity in diversity.
      Establish rule of law.
      Make constitution above any elected individual.
      All members of the government must be elected through fair and coercion free election.
      Abolish any law that leads to dictatorship like Pakistani Musharaf, Cuban Fidel Castro, and so on…
      Rule of law by ballott every four to six years.

      May Democratic Republic of Nepal be established
      May all forms of exploitations be ended.

      Long live all individual martyers who sacrificed their lives for betterment of Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dipak Sapkota from USA

      this is the good news to all of us Nepali who are worried about nepal. all political liders should have to do according to their commitment. they should not involve in any corruption work as well natabad, kripabad, if again happen same people will punished them. they should have to hang to Gyanendra and his followers as soon as.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सर्वप्रथम म हाम्रा प्रधानमन्त्री श्री गिरिजा प्रसाद ज्यु लाई मुरि-मुरी धन्यवाद|किन कि आज निजको सकृयातमा सात्
      दल र माओवादिबिचको शान्तीवार्ता सफल भयो|यो वार्ताले देश्,बिदेशका सम्पूर्ण नेपाली जनतहरुको मनमा पुन्:शान्तीले छाएको छ|यसरी नै सदैव हाम्रो देश शान्ती होस् भनि पूर्ण कामना गर्दछु|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • A kind of heartly satisfaction I got coz of news the wonder, god may help to succes the wishes of all the neplies people’s and be a great nation of the whole world.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • it is a great milestone for the nepal and neplies history forever

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सागर नेपाली

      कस्तो राम्रो सम्झौता, आफ़्नै हातमा सांचो, जहीले चित्त बुझ्‌दैन तहीले हतीयार नीकालेर जंगल पस्ने। संबीधान सभाको चुनाब आफु अनुकुल नभएमा “चुनाबमा धांधली भयो” भन्दै हतीयार सतीयार बोकेर जंगल तीर पस्ने, चंबलको डांकु जस्तै लुटेर कमाउन पल्केका हरु। कसो?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Surendra Rai

      सुदिप जी, पारशे ले जनताको हात बाट मात्र होईन…खुटाको जुत्‍ता बाट पनि पो खाला जस्‍तो भो त बा….!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Surendra Rai

      हो ..मैले भन्‍या नि बार्‍ता सफल्‌ हुन्‍छ भनेर। तर ढुक्‍क चहि नबस्‍नुस्‌ है! गोल्‌खाडि हाल्‍छन्‌ नि यि बिचा..रा..हरुले त!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • alokshree

      I can’t thank enough to Umesh for his effort in timely posting of the news.

      Regarding the agreement, however, most of the points are just too theoretical. I am just not convinced the way the arm management issue has been handled. You lock up the arms, but give the keys to the respective parties? How woudl that work put? What is the guarantee that maoists will register all of their arms? I would have liked to see the arms of both the maoists and nepal army locked up such that only UN body will have the keys to them. But..that’s the politics, anyway.

      There are so many other things to be optimistic, however.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BR

      Good news and quick reporting Umesh je ,thank you very much!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rupesh

      umesh G!!
      very very thanx hai.
      for your best news.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sunil dhungel/Tokyo, Japan

      Thanks Umesh jee,for wonderful news…fresh and updated !
      Congrats to all Nepali daju bhai…. bright future
      Welldone Political leaders…good job
      KASAILE PANI JOSH MA HOSH NA UDAU…SABAILAI CHETANA BHAYA……..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • जे भो एकदम राम्रो भयो । अब आशा गरौं नया सुन्दर शान्त नेपालको।

      अरु कुरा त त्यस्तै हो, अब पारसले चैं जनताको हात बाट पिटाई खाला जस्तो छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prabin Tuladhar

      Well done 7 parties N Maoists.
      Lets c what will do they in future for the people of the country???

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dev

      hi
      thamks for the good news my sansar i wannna kiss you .
      dev
      doha qatar

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • MORNING SHOWS THE DAY.WE ARE HAPPY TO KNOW THIS HOSTORICAL DEAL.THIS IS GREAT.THANKS TO ALL.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bidrohi

      it is really exciting good news yarrrrrrrrrrr
      we always waating to hear this news finally we got it now onward nepal will be the most peacefull country in this world as previous…
      n thanks to umesh.. u did so more struggle to pour news to worlwide…… keep it up
      jaya ganatantra nepal
      love live democratic republic of nepal !!!!!!!
      china

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • very good news now our contry is very good condition i hope 1000000years santi hos mero kamana ok bye kul raj sharma doha qatar

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sagar

      sab thik thak bhayo pashupatinath ko kripale haina ta Ganendra ji.Ab ta timilai pashupatinathle pani kalyan garnechhainan.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • MN maharjan

      whats a gud news ani cha ni thanks for these news hai dai tapai ta ek dam thaki sakanu bhayo hola ta ra panitapai lay yo news haro type garay ra rakhanu bhayo tesko laghi thanks frm my inner core of heart ani aba ta kei hola ni hamro des ma ramaro

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Madhukar

      Well it’s a great news for all the people of the world .Congratulations Umeshji for such news.
      thanks a lot

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hi,
      Many many thanx to you delivering hot news through your blog.Our nation is transforming towards new phase. In this situation, your blog is important to convey the messege of Nepal around the world. Go a head ……..!

      Thank you.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Shanti Nepal

      THANKS TO ALL WHO PLAYED THE ROLE IN BRINGING PEACE. THANKS GOES TO ALL THOSE WHO PLAYED A ROLE BEHIND THE SCENE AS WELL TO BRING THIS HISTORIC AGREEMENT ON PEACE.
      HOWEVER, WE SHOULD PRAY AND BE ALERT THAT SPAM WILL IMPLEMENT THE AGREEMENT IN TRUE SPIRIT AND MAOIST PARTICULARLY NOT CAUSE ANY HARM/FEAR TO THE GENERAL PEOPLE, AS THEY ARE INTIMIDATING NEPALESE LIKE IN THE VALLEY WITH THEIR MILITIAS.
      FINALLY, HOPE GIRIAJA IN THE FIRST MEETING OF THE INTERIM PARLIAMENT WILL DISCLOSE THE “GRAND-DESIGN” TO THE PEOPLE AS WE HAVE THE RIGHT OF INFORMATION, BECAUSE HE HIMSELF HAS SAID ABOUT THE GRAND DESIGN. NOW THE NA IS UNDER HIM, HE NEED NOT TO FEAR FROM KING, SO HE SHOULD NOW MAKE IT PUBLIC.
      IN ADDITION, WE SHOULD ALSO BE AWARE OF THE GRAND DESIGN OF OUR NEIGHBOURS, AS THE CITIZEN BILL IS A GLARING EXAMPLE.

      shanti nepal

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kiran

      Thanks to our political parties and GiriJA, finally he did one good job.

      Atleast the dream for peace of all nepalies people are going to be true.

      I appriciate the hard working for Nepali congress and other political parties who finally negotiate with maoist for peace and progress of nepal.

      Lets hope for the best and I suggest our dear Umesh ji to keep on doing the best job as he did today by forcasting the news with very details. Thank you Umesh ji.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sagar

      Barta ta bhayo tara yo milena tyo milena bhanera lambiraheko bakhatma balla balla samajhdari bhayo.dhanyabad 6 bartakar haru lai .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Umesh jee
      great news thanks for infrom it in time.
      Still we don’t have to be happy because our counrty not being republic yet.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Umesh

      Thank you for your hard working and up date news. It’s a time to congratulate all everybody. Hope change is knocking the door.

      Umesh Khanal
      Papua, Indonesia

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • विचरा एमाले सधै एक्लै पर्छ जहाँ पनि नेपाली काँग्रेस नै हावी हुन्छ वठ्याई गरेर ७५ं४२ सिट आफुले राखेको छ सारा नेपालीले राजा फाल्ने कुरा गर्दा नेपाली काँग्रेसले सेरेमोनियल किङ्ग भनेर काँधमा बोकेको छ भिरको डिलमा गैसकेको राजालाई वचाई राख्न संविधान सभाको पहिलो बैठकवाट निर्णय गर्ने भनेको छ यो सोझै १९ दिनको जनआन्दोलन र जनभावना विपरित छ राजालाई वचाउनको लागि यो वठाई गरेको हो । अझै दुइ काँग्रेस एक भयो भने सिट संख्या कम आउछ हालको सहमति र सम्झौताको मौकामा भनेर काँगे्रस एकिकरणमा ढिलाई गरेको हो । त्यसको फाईदा गिरिजालाई ७५ र छेरवहादुर लेउखा जानेरै लेखेको नसच्याउनु होला लाई ४२ गर्न पाईयो नि । राजालाई राख्ने कुटनीति गरेकोमा नेपाली काँग्रेस प्रति जनआन्दोलनका सहभागिहरु विमति त अवश्य नै छन् तर जनताको निर्णय वलियो हुन्छ । आउने समयमा आउदो सबिधान सभाको निर्वाचनमा राजालाई फाल्ने गणतन्त्रको पक्षमा जसले वकालत गरेको हुन्छ उ अवश्य सफल हुने छ तसर्थ गणतन्त्र वादीहरुको अन्तिम संघर्ष भन्नु नै जसले गणतन्त्रको लागि दिलो ज्यान दिन्छ उसलाई जिताउनु हुन्छ तसर्थ काँग्रेसका नेता विशेष गरेर गििरंजा को कुटनीतिलाई फेल खुवाउनु नै जनताको पक्षमा मानिएला त्यसको लागि हरेक क्षेत्र तह र स्थानबाट सहयोग गर्नु पर्ला यो सम्झौता राजाको ं – को अन्तीम निर्णय होइन । एहि भनेर चित्त वुझाएको छु नत्र ………
      भीम प्रसाद सुवेदी

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • नेपालीजेठा

      Gyaane lai nimothnu parne hoina ra??? Teslai ta dada kataunu parne ho yehi baartaa batai…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bijay subba

      Thanks to girija prasad koirala

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • SARAN MALLA

      MALAI WARTA SAMPANNA BHAYAKO MA ATI KHUSHI LAGECHA WARTA SAMPANNA GARAUNE SAPUNNA MAHANUBHAV LAI DHANDEBAD SATHAI “NAYA NEPAL” KO NIRMAN GARANA TAMSE KA SAMPURNA GYAT TATHA AGYAT SAHID HARU PARTI SIRNUGAI HARDIK SARDANJALI!SAHID KO SAPANA PURA GARNA TAMSE KA TANAM JANTA,BIR YODHHA,MAHANUBHAV,PARTY BISESH GARI N.C.P.(MAOBADI} LAI MURI KA MURI DHANDE WAD CHHA. SARAN MALLA,ALASKA,USA.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • babu ram devkota

      REALLY GOOD NEWS LETS SEE, HOW IT GOES FURTHER?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bharat

      congratulation to all this is great news. thanks god

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • santosh

      wow!! what a great news….Now the future of our nation lies on our own hand…..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • जनआन्दोलन २ का अत्याचारीहरूलाई कारवाहि गर्ने कुरो नहुँदा खल्लो लागेको छ। यो कुरालाई पनि महत्व दिन पर्ने थियो। कतै मल्लिक आयोगको जस्तै हुने होइन? किन यस विषयमा कुरो उठेन सोचनीय छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Binaya

      Hipe all the parties will work together for the betterment of our country.

      U.S.A

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • badal

      this is the very good news . we should appretiate the talk team that this time they made us feel them that they r trying to do something for nepali people. so i request them to carry the same spirit up for implementing these written points as well.

      i wish i were there in nepal back this time and see live that how nepali people are perceiving this achievement.

      oh god make my country so calm and peaceful that we can always talk about nepal with our heads up and broad chest!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shiv ram bhurtel

      Hatar ma nirnaya garne ra fursad ma pachutaune nepali ko bani anusar 14 hajjar saput haruko hatyara haru lai natamastak bhaer sarkar le kayarta purbak jun samjhouta ko natak bhaeko cha hatar ma khusi manaunu ko aartha chaina jab samma c a election ko result ra tyasa pachi ko rajniti le kasto rup lincha at least 15 barsa samma nepal ko rajniti sahi marga ma pugne cahaina pratyak nepalile lekher rakhe huncha.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Paul

      धन्यबाद उमेश जी,
      आमनेपालि शान्तिको खोजिमा भौतारिदैँ गर्दा सबै भन्दा पहिला मेरो सन्सारले सान्तिको आभास लिएर आयो,म जस्तै धेरै पाठकलाई खुशिनै खुसी छाइदियो |म नेपालि भनेर गौरब गर्न अरु हौँसायो|सबै मिलौ नेपाललाई एउता नमुना को देश बनाउ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Anu

      Good news indeed! Hope all the concerned political parties stick to this historical agreement and bring the everlasting peace and prosperity in the nation.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hari B. Dulal

      Cautiously optimistic!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • RAJ

      Thank you Umesh jee

      I would like to thank you for your good& Great effort.You are really hard working profesonal.

      But could you please increase your charm & popularity??? if you will be balance like ZZ jee.I mean Unbiased, I think; It will increase your height and personality as well as popularity of http://www.mysansar.com…am I right? as you feel.

      In my understanding I feel, you used to some time biased so much..why you could not balance and think posetive?

      Best of luck..

      Looking forward for your comment..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Motilal Rana Magar

      Thank you very much Umesh Shreshtha & Congratulations all Nepalese Brothers, Sisters…………….

      Hope, We will see new Developed Nepal in coming future.

      At last every people are part of my thanks who reads this blog.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • SP

      LET ALL OF US UNITE TO BUILD OUR LOVELY COUNTRY FROM TODAY. CONGRATULATIONS TO ALL WHO DEDICATED TO BRING THIS PEACE PROCESS A SUCCESS.

      SOUTH AFRICA

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dina Pun

      Thank you Umesh Jee for updating good news.

      Sarai khusi lagyo, nepal ko aitehasik yo pariwartan ko jas ma nepali moist lai dina chahanchhu,
      Thanks to Mao-Badi tapai haru le sanchinai janata ko awaj leyera aunu bhaye chha
      Subha kamana chha tapai haru lai sadhai des nirman ma safalta mildai jawas.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • gokul, boston, usa

      loktantra jindavad ani umeshg pani jimdavad, tapai ko suchana pradan karaune yo kaushal lai salude !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • gokul

      congratulations !!! to all of great nepalese people and thanks for umeshg for updating the breaking news first time from nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • उमेश जी यो त खुशीको कुरा हो नि । जे होस अव चाँहि नेपालमा बल्ल स्थायी शान्ति आउला जस्तो छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सार्कीको छोरो

      अब हेरौ माओवादी जनहत्याराहरुले कति हटियार लुकाउछन र चुनाउको बेलामा जनता धम्काउन प्रयोग गर्छन्|
      हिन्साले जित्छ भन्ने ठानेका छन्, हिन्सा बहेक अरु जान्दैनन्
      यिनिहरु| धेरै आस नगरेपनि भो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BHOJ

      Thanks Umesh ji, for updating a very good news expected for many days ….

      from morning, i was checking out merosansar for hourly breaking news.
      Lets be hopeful but just wait n see for implementation
      thanks again
      bhoj, US

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dipendra sah,NEW YORK

      hi
      wow! this is realy great news for all nepalise
      hope this will work better to form a NEW NEPAL
      Thank you so much umesh ji for this great news

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • watcher

      Congtratulations to all!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raj

      Congratulations!
      We all had been waiting for this day. No Nepalese could enjoy the freedom guaranteed by democracy before this.
      ‘New wine into old wineskin’ should be proved in our case. I pray to god that all the political leaders would get wisdom and great attitude to develop a small Himalayan Kingdom.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jeet akhir janata kai hunchha bhanne kura yek patak pheri pramanit bhayeko chha.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • narayan

      Thanks very very thanks for everybody.we have to do very hard work to make better nepal everybody hope.umesh jee thanks very much for you.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sasang Lama/USA

      CONGRATULATION TO ALL NEPALI ON THE OCCASION OF HISTORIC AGREEMENT. I HIGHLY APPRECIATE ALL THE LEADERS OF DIFFERENT POLITICAL PARTIES FOR THIS ACHIEVMENT. YOU WILL KEEP THE SAME SPIRIT IN CA ELECTION ALSO.WE JUST SQUISHED THE PILO. WE MUST REMOVE THE KHIL ALSO.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • महान जन-आन्दोलन भाग-२ मार्फत अभिब्यक्त जनादेश बमोजिम सातदल तथा माओबादी बीच आज भएको यो ऐतिहाँसिक सम्झौता मुलुक र जनताको शान्ति र अग्रगति को मार्गमा कोषे ढुङगा सावीत हुनेछ । यसले मुलुकको साख र आत्मबिश्वासलाई एकैचोटि व्हात्तै बढाई दिएको मात्र होइन बिश्व सामु द्वन्द्व ब्यबस्थापनको अनुपम उदाहरण पनि पेश गरेको छ । हाम्रा नेताहरु झगडा गर्न मात्र जानेका रहेनछन् देश र जनताको लागि ठुलो त्याग र सुझबुझ् पनि राख्दा रहेछन् भन्ने बस्तुतथ्य अहिले आएर छर्लङ्ग भयो । खुशिको यस घडीमा ” नेपाली जनसम्पर्क समिति बेल्जियम ” देश-बिदेशमा रहनु भएका समस्त नेपाली दाज्यु-भाई दिदि-बहिनिहरुमा हार्दिक बधाई ज्ञापन गर्न चाहान्छ । साथै अग्रमनका हरेक उपक्रमहरुको बिगतमा जस्तै चनाखो रुपमा सहयोग,समर्थन खबरदारी र सतर्कताको निरन्तरता जरुरी छ ताकी प्रतिगमनकारी तत्वहरुले फेरि फणा उठाउन नपाउन् , हत्या, हिँशा र आतङ्कले प्रस्रय नपाओस अनि शान्तिपुर्ण,पुर्ण लोकतान्त्रीक,समुन्नत र सभ्य नेपाल को सपना साकार होस । अन्त्यमा “नेपाली जनसम्पर्क समिति बेल्जियम” यो सम्झौताको हर्दिक स्वागत गर्दछ ।

      ईन्द्र क्षेत्री”पकवान”
      अध्यक्ष:नेपाली जनसम्पर्क समिति
      बेल्जियम ।
      ०७ नोभेम्बर २००६ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • krishna gopal,japan

      Good news.taipani nepali army ra gyane bat satarka rahana ,hunu jaruri cha.kunaipani din yini haru bat kehi huna sakcha.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kishor

      Great Job umesh ji…………….Thank you very much. This is your victory, this is all freedom fighters’ voctory ……….and also the victory of sahids. Now best wishes for your democratic republic campaign. Unless we get rid of Gyane, nothing will be changed in a long run. So let’s be aware, and let’s not give any space to play any dirty politics by ‘our’ greedy leaders. All royalist should be actively boycotted.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Mukti Aryal

      It is the good news.
      Thank you for news update, your hard work. You are great.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Surkheti

      Wow Uneshji Great news! Thanks a million times for your herculean effort and dedication for us all.
      Lets now hope for the best implementation of these pacts and lets work towards making it successful.
      Each Nepali citizen is now responsible ( rather blaming only others).

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • L N Gautam

      Congratulations to every nepalese people!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Jappi

      Let’s hope a bright future for Nepal and Nepalese…..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rocky

      Hi Umesh Ji,
      I suggest you to have a good rest both mentally & physically to recharge your body!

      We realize that you have been doing more than we expected!

      A TRUE CITIZEN OF OUR GREAT MOHTERLAND!

      I am proud of you as being a nepalese brother!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Yogen

      Congratulations to all of us. Now, we have got our door open to develop our country. Hopefully, all parties will be honest and responsible.
      Yogen
      University of Nevada
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dipesh

      if the maoists are operate such kind of activities as now, what should be happen ? Can again back the dismissed parliament or not ? Can I know from somewhere ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Nischal Karki

      good news

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • अश्विनी कुमार, सुडान

      सहमती भयो राम्रो भयो तर माओवादीहरुको सेना अन्तत्वगत्वा के हुनेत भन्ने विश्त्रित नखुलाइएको हुंदा संझैता अपुरो भएनर ? अहिले त माओवादीको सेना क्याम्पमा वस्नेछन् तर सधैका लागि ? पुनरस्थापनाका लागि अन्तरिम मन्त्रीपरिसदले काम गर्नेछ त भनिएको छ तर प्रक्रिया नखुलाइएकोले कतै माओवादीहरु नेपाल सरकारलाइ थाड्०नामा सुताउन सफल भएका त हैनन् ? यो चाही सहमतीमा इण्टरेष्टिड्० पार्ट रह्यो ।

      जे होस् समयमै समाचार संप्रेशण गर्न अथक प्रयास गर्नु हुने उमेशजी प्रति आभार प्रकट गर्ने शव्द मसंग छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sam,Philadelphia

      Itihaasko paanama euta arko adhyaaya thapinechha.Bass,tyettinai ho.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dinesh Manandhar

      Well Done.. Great job..
      Seven parties + Maoists..
      A historic move…..in nepalese history..

      Tonnes of Congratulations to all..

      Dinesh Manandhar, Germany…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hari

      Dear Umeshji,
      Thanks a lot for providing this information. Congratulation to all Nepalese! Hope Nepal will be a Republican Country in the near future, for which we also have some responsibilities to contribute something in favour of it.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Coool.Hope peace prevail in Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • प्रिय मित्रहरु,
      देशले नयाँ दिशा पाउने सम्भावना देखियेको छ । अब सबै मिलेर यो महान प्रकृयालाई सघाउनु पर्दछ ।
      नेपाल र नेपालीको सधैं जय होस् ।

      लेखनाथ काफ्ले
      ताइपेइ, ताइवान

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shishir pokhrel

      This is a news that every people of nepal who are not attached to any political parties were waiting for. Their dreams for the peace seems coming to be true. They should be aware that, the maoists who are in the habbit of robbing and killing poor people for their earning can no longer do so in the name of their party. But they can not stop such habbit immidietly. They still have their pistol or khukuri with them and they can continue intimidating poor people. They will not want to work hard as long as robbing and killing is easy.

      Shishir from
      Dubai

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Shubhekchhuk

      The agreement is in the border of Republic and Constituional (Nepal’s 2047)Monarchy. Whether it will go back to regessrion or it will progress to republic will be clear after Jestha 2064. Till then or then or after then, many things can happen. We have to wait and see! The agreement could have gone even futher. Interestingly, these parliamentarians have kept their position in the interim parliament for themslves! Civil society will have to get in their by indirect means! Republic of Nepal (like India or other democratic country) is still a distant dream for now! A section of Nepali congress led by Girija appears to favor idol king with all powers for their group not the Nepalese people.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • खर्च गर्ने र कमाउने मौका
      लौ है २३७ वर्षदेखि देश विदेशमा जम्मा गरेको रकम तथा वहुमूल्य वस्तुहरु आफ्नो पुर्खौली पदमा स्थायी हुन कति सम्म खर्च गर्न सकिन्छ गर्नुहोला पछि आफुले चाहेर पनि खर्च गरेर फेरी त्यो पदमा स्थायी हुन पाईने छैन के त्यो खोपी भित्र वसेको मनले यसो नभनेको हेला र अहिल्यै देखि कतिपय नेताहरुले स्यावासी र बैनापटृा समेत पाईसकेहोलान् । संविधान सभाको चुनावमा हात गोडा भाँचेर टाउको फुटालेर भए पनि आउनु भएका सभासदहरु मौक एही हुने छ तपाईले सकेको मोल तोलको वार्गेनिङ्ग गर्नुहोस् तपाईको सात पुस्तालाई पुग्ने सम्पत्ति आउन सक्ने ठाँउ छ । वाहिर गएको सम्पत्ति स्वदेश आयो देशलाई कति फाईदा फाईदा त्यस्तै धनि देशका गरिव जनता मध्येका २।४ सय जनाले ७ पुस्तालाई पुर् याए पनि निरंकुश तन्त्रका १ नाइके राजालाई सधैका लागि हटाएर देशमा दिगो शान्ती र विकासको पहल गर्ने मत जाहेर गरेमा आज सम्म राजा वोकेर हिड्नेलाई पनि नेपाली जनताले धन्यवाद दिनेनै छन् ।

      भीम प्रसाद सुवेदी

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Arun Koirala

      Umesh jee
      Now you are the key messanger for all Nepalese living in different parts of the world. You will be appreciatd by all. We all Nepalese are proud of you. Thanks for your hard Job.

      Arun koirala, Bangladesh

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bhattarai

      Lets see how they implement thir comitments.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kg

      This is a very good news for all Nepalese people and peace loving people all over the world.

      Thanks to all the Nepalese people especially the ones who fought for our country and are not here to share the victory with us today – the martyrs.

      Thanks to all the leaders, especially PM Girija Pd. Koirala for his persistant hard work at such an old age.

      KG, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Humnath ,south Korea

      This is good news for all Nepal and Nepali.Let hope for bright future of Nepal and all Nepali as well peaceful country of world again.
      Hum Nath Gyawali
      South Korea

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krish malaysia

      gooood

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajkrai

      Thik 6, implemention hunu parcha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bipin

      good news. I hope Maoist will control corruption may help country go forward.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhakti Nepali

      Umesh ji,
      Thank you very much for your incredibly great job. I think you are not taking any rest and going on for whole day and night.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Nepali

      Dear Umesh Ji,
      You’re doing a great job by keeping us abreast of the new development in time. You’re very prompt. As a good wisher of yours, I’d like to give only a piece of advice that, please never be biased to any political parties or idology, because, in Nepal, unlike in Europe and in America, ‘bam’ has equal contributations in shaping Nepal’s destiny as that of ‘Kang’.You agree with me or not, the current changes in Nepal would not have been possible if there were not ‘left forces’ in Nepal including Maoist and the UML.And so does Nepali congress. In this Universe ‘nothing is perfect, no body is perfect’. So, please don’t be biased knowingly or unknowingly. It will only tarnish your great job. Again thanks for keeping us abreast of the new development in Nepal.

      Prem Nepali
      USA, OH

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gurung kaji hk

      thanks for your hard work …let’s wish and hope everyparty and peoples respect this agreement

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yubaraj

      Thank you Umesh ji for your kind information about the success of dilogue among the 7 party allience and moist. It is really good to hear the news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • charup

      We Appreciate you , Umesh G !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sangita limbu

      Good News!!

      I respect Nepalese politicians for their visions and commitments.
      Let pray for it’s execution.

      Sangita Limbu
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आत्माराम कॅड्ळ तथा कुवैत बाशि नेपाी

      उमेश जि हजुर ल्े हामि बिदेश र शोदेश् मा रहने नेपाली हरु लाइ नया खबर दिन् का लागि अहोरात्र खट्इ समचार सस्प्रेसन गर्नुभै सहयोग गरिदिनु भएको मा धेरै धन्यबाद ल! हुनत् यो तपाइ हामि का लागि खुशिको कुर पनि हो! भगवान पशुपतिनाथ ले नेपाली जनता को दुख लाइ बुझि (खुसि न्याय पुर्न तवर्ल्े दिलाइ दिनमा) हाम्रा ति नेताहरु लाइ दिनु भएको सद बुद्ददि ज्ञान् बिबेक ले गरेको यो राम्रो काम् को लागि म लगायत सम्पुण कुवैत बासि नेपाली हरुको तर्फ देखि आभार बेक्क गर्न चाहनचःॅउ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GG

      Good News.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chhoro

      Great Job! I appreciate your hard work. We need people like you who can work hard and give us great news as well.

      Many thanks to you …

      Cheers !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आत्माराम कंडेल, कुवेत

      उमेश जि हजुर ल्े हामि बिदेश र शोदेश् मा रहने नेपाली हरु लाइ नया खबर दिन् का लागि अहोरात्र खट्इ समचार सस्प्रेसन गर्नुभै सहयोग गरिदिनु भएको मा धेरै धन्यबाद ल! किनकि यो तपाइ हामि का लागि खुशिको कुरा हो! भगवान पशुपतिनाथ ले नेपाली जनता को दुख लाइ बुझि (खुसि न्याय पुर्न तवर्ल्े दिलाइ दिनमा) हाम्रा ति नेताहरु लाइ दिनु भएको सद-बुद्ददि ज्ञान् बिबेक ले गरेको यो राम्रो काम् को लागि म लगायत सम्पुण कुवैत बासि नेपाली हरुको तर्फ देखि आभार बेक्क गर्न चाहनचःॅउ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnubabu

      great news :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • T Dhakal

      धेरै खुशी लग्यो उमेश जी समचार को लगि धन्यवाद्
      अब माओबादी र सात दललाई सद बुद्धि आओस्
      Maryland, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddha b. lama

      i thing allmost o.k.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BT

      Many Many thanks Umeshji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabhat

      Thanks god we could feel some relife now. but already damage had been done lot. it takes year and year’s true commitment to recover it with proper system.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • youtom

      wao aaja sapan sakar hune days suru bho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Guru Pd. Dhakal

      That’s very progressive decision but in Nepal there may loose to impliment these. So Nepali should be more careful.

      Nuwakot, now in Quala Lumpur, Malaysia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KAFLE

      Very good effort. You became the number one in posting the detail information about the final aggrement between the Maoists and SPA on the Web.
      We really apreciate your determination to post most current reports on Nepalese big events.
      Keep it up.
      Thank you.

      Tokyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhatta

      Its great !!! Yo ta sarai ramro vayo ni. Aba to implement, at bata pasina chahin aunu vayena ni haina?
      Nepal ma j pani bolna ra lekhna chahin sajilai hunchha tara to implement, you are seeing .

      Bhatta
      Malaysia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madhav Rijal

      ऊमेश जी,

      मलाई आज धेरै खुशि लाग़्यो, शायद जिवनमा पहिलो पटक, जब मैले तपाई को ब्लग समाचार बाट दल-माओवादी एऊटा निर्णयमा पुगेको थाहा पाए /र शुभ-कामना सफलता को/

      माधव रिजाल्, सिड्नी-अष्ट्रेलिया/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • C Regmi

      Very pleased to hear the news. This is the start point to believe that all politicians including maoists are now serious about what they are doing.

      Thanks for the update eventhough it was night time in nepal.

      C Regmi
      London.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • puru

      Today, I have got an opportunity to read the most awaited news for more than a decade in the first Nepali Blog “mero sansar”. The written materials are very good and lets hope that will be followed by eight parties and every Nepali people to make a beautiful and developed Nepal.
      At last thanks a lot to Umesh G for providing this news for the first time in the media.
      Puru from
      U. of Miami
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jyapoo

      Sounds good to me. Hope they implement them effectively.

      -Jyapoo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • julum

      let us hope every thing will now be fine.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yadab

      This day should be written as the Dawn of Historical Change in Nepal and should be converted into the Republican Day in the beginning of the next year. Many wishes for the brave Nepalese, civil society and the leaders whose efforts brought this day.

      Many many thanks Umeshji for the news update.

      Yadab

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parshuram Bhandari

      मेरो संसार का समस्थ पाठक लाई समय मा नै सुखद समाचार पढ्न अहोरात्र काम गरी सहयोग गरी सेवा गर्नु भयकोमा तपाईं लाई धेरै धन्यवाद छ म तपाईं को रेगुलर पाठक हु सधैं गनत्रन्त्र र प्रजातन्त्र को पक्ष लेख्नु है कुनै बेला मौका मीले धेरै धेरै कुरा गरौला तपाईंको भलो चाहने।

      सुबेक्षुक्:-परशुराम भण्डारी
      भर्जीनिया अ्मेरिका

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amit

      Umeshji
      Great job.Lets hope we now have a bright future.

      Amit

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Let’s see !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yadav

      Very Very Good News
      Congratulations to all the Nepali people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker