मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन्

    -नेपालियन/मिन्नेसोटा,अमेरिका-

    Khume

    यी दुई जना मान्छे कसरी एकै ठाउँमा, जोइ-पोइ त होइनन् भन्नुहोला ? पक्कै होइनन्। एउटा दाहिने फर्केको अनि अर्को देब्रे, कुरै मिल्दैन किन एकै ठाउँमा ? त्यो पनि प्रश्न उठ्न सक्छ। तर पृथ्वी नारायण शाहको दिव्य उपदेश हेक्का गर्नुभएको भए कुराको गम पाइसक्नुभयो होला। लोकतन्त्रको आन्दोलनताका पृथ्वीनारायण शाहको मूर्तिले पनि सजाय पाएको थियो। फेरि यी पुराना राजाको चर्चा गर्दा मण्डले कहलिने डर पनि उत्तिकै छ। आजकाल त अरुलाइ बोलेर तल पार्न मण्डले शब्द ठूलै अस्त्र भएको छ। कुनै बेला “म” बाट आउने सबै मण्डलेको कित्तामा पर्थे। तर अहिले समयले कोल्टो फेरेको छ, यो कुरा उप्काउन नै डर छ।

    तर यी दुबै व्यक्ति मण्डले नभएर प्रजातन्त्र मान्ने पार्टीसँग आवध्द छन। पार्टी फरक होला तर पेशा एउटै हो , घुसखोरी। एकजना घुस दिन प्रख्यात छन् त अर्का घुस खान नामुद छन्। अनि दुबै एकै दिन चर्चामा आए तर फरक किसिमले। एक जनालाई घुस दिएकोमा सजायको भागिदार बनाइयो, अर्कालाई चाहिँ घुस खाएको बलियो प्रमाण नभेटिएकोले सफाइ दिइयो।

    देब्रेतिरका टोपीमा हात राखेर मन्द मुस्काउने ज्याक अब्रामोफ हुन। यी अमेरिकी नागरिक अमेरिकाका राजनीतिज्ञलाई महंगा उपहार दिएर अमेरिकी प्रशासनलाई आफ्नो प्रभावमा पारेको आरोपमा थुनामा छन्। अमेरिकी न्याय विभागको सहभागिता भएको भए वरिष्ठ कर्मचारीको सहायताले यिनी पनि उम्कन पाउन सक्थे तर मायामिका फेड्रल वकिलले ढिलासुस्ती नगरी अब्रामोफलाई ६ वर्षको कारावास सजाय सुनाए। अरबपति अब्रामोफ अब जेलमा घन्टाको १ डलर भन्दा पनि कम रकममा ज्यालादारी गर्नुपर्ने हुन्छ ।

    दाहिने तिरका लाज र सान मिश्रित मुहार भएका व्यक्ति खुमबहादुर खड्का हुन। यिनी जनताको भोट पाएर सांसद मात्र होइन कि बडा-बडा नेताको कृपा पनि पाएर पटक-पटक मन्त्री पनि भइसकेका छन्। ०४६ साल भन्दा पहिला झुत्रे कपडामा देखिने यिनी अब आलिसान महलमा बस्छन्। सम्पत्तिको त लेखाजोखा नै छैन। देब्रे हातले जोखे पनि अरबौँको सम्पति छ। तर नेपालका वकिलले यी चिल्ला गाडीमा सवार नव घरानियाको अकूत सम्पति नै देखेनन्। जति देखे, त्यो सबै यिनले परिश्रम गरेर कमाएको देखे। हुन त घुस खान पनि त ठूलै परिश्रम गर्नुपर्छ। तर यिनको सम्पति कानुन अनुरुप नै कमाएको ठहरियो। अब त यिनी सफा मात्रै होइन स्वच्छ पनि कहलिए। अब कता यिनै घुसले सर्वाङ्ग निथ्रिएका महापुरुष मन्त्री हुन बेर छैन।

    नेपालमा घुसको जालो व्याप्त छ। नम्बरै गन्ने हो भने पनि ८ नं को घुस्याहा देशमा पर्छ। यसले सबैलाई दिक्क पक्कै पारेको छ। मालपोतमा नामसारी गर्नदेखि लिएर सुरक्षाको जिम्मा लिने प्रहरीसम्ममा घुसतन्त्र सप्रेको छ। मनमा पाप नराखी भन्ने हो भने घुस नेपालको संस्कार नै भइसकेको छ। मान्छे जति कराए पनि कसैलाई भन्सार जस्तो घुस खान पाउने कार्यालयमा काम दिए चुप लागेर जान्छन्।

    कसैले छोरीको बिहे गर्नुपर्‍यो भने केटाको बाउले भन्सारमा काम गरेको होस् त, बेहुलो जस्तोसुकै होस्, खुरुक्क छोरी दिन्छन्। अनि त एन्टी करप्सन एक्सपर्ट नारायण मानन्धरले भने जस्तै पत्याउन करै लाग्छ- हामी गरिब भएर घुस खाएकन होइनौँ, बरु घुस खाएर गरिब भएका हौँ। हुनत घुसतन्त्रलाई निर्मूल पार्न अख्तियार बनाइएको हो, अझै यसलाई सबल पार्न यसका हाङ्गाबिङ्गा पनि तयार पारिएका छन्। हुनत स्पष्ट रुपमा घुस खानेहरु मान र सानका साथ घुमिरहेका छन्, तर घुस दिनेलाई चाहिँ उनीहरुको दोषै छैन कि जसरी पानीमाथि ओभानो राखिन्छ। घुस लिनेलाई जस्तो कारबाही हुन्छ, घुस दिनेलाई पनि त्यस्तै कारबाही भए घुसखोरी पक्कै मौलाउने थिएन।

    लोकतन्त्रको बलले बन्ने सनातन पार्टीको सरकारले तिनै मूर्ति फुटाइएका पुराना राजाको एक दुईवटा उपदेश शिरोधार्य गरे पनि देशको मुहार फेरिन्थ्यो कि ?

    [माथिका फोटा तथा विभिन्न तथ्याङ्क इन्टरनेट खोजमा आधारित भएको जानकारीसहित यो ब्लग इमेलमा प्राप्त भएको हो]

    No related posts.

    26 comments to घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन्

    • prakash

      Ya Maobadi haru ke herera baseko tyo Gaun ma suraki ko naam ma athawa bihana beluka khana napugera 100 rupiya ghus khako peon lai marna bhanda ta yasta lai safaya garnu parthyo ki. Sayad timi haru pani hissse dar ho ki jasto lagyo.
      Nepal ka political parties sab ka sab yauta dyangka mula. Ukhelera naphali kana desh kehi hudaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj gurung

      Neta haru ghus lincha and mao haru chanda lincha.Chor-chor mausera bhai.cuz of corrupted king,sarkar and maos,our country is one of the poorest country in the world.Neta haru lay chora-chori bidesh ma padaucha,mercedes chadera hidcha.mao neta ko pani c….c.. bedash manai padcha.Where the hell,they get the monay from? Sabai janta ko paisa hoina ra?Sabai autai khet ko mula ta hoo.Nothing is going to happen. Chanakya said…Jungle ma gayera hera sojo rukh katincha bango rukh……… king birendra and family, gandhi family, sabai gone.Is there any nathuram goadshe, to shot the bad and corrupted netas and maos from nepal…………….raj….usa

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Anti-corruption

      Maobadi mitraharu,

      Normally, I refrain from making a plea to any group, sect or political parties. However, the repeated decisions of special court to vidicate these proven corrupts of all their wrong-doings has prompted me to make a plea.

      This is the time that you have to make us feel your presence. These corrupt leaders may have gotten a clean chit from the “government’s court”, but they should be brought to justice in people’s court. No one else can make that happen! I request you to do something. Please!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Byas, USA

      खुमेलाई घुस्स्याहा भन्ने को त्यो मण्डले ?

      अमेरिका बाउ लाई बोलाई दिउ ? कि भारत दाईलाई ?

      बढता हैन है . लोकतन्त्र हामीले कत्रो दुख गरेर माओबादीसन्ग मागेर ल्यायेको .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepalean

      Thanks to all the friends for the feedback. I appreciate all kind of feedbacks for this blog.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Naresh King

      Yo ho ni tarika yethartha lai lekhney …. khali aauta ko pakshya ma matrai lekhnu hundaina sabai lai autai taraju ley jokhera lekhnu parchha Any way the nepali like you is alive so that I am very thankful to God may god keeps you live for thousand of years……Do keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bittertruth

      i also once heard about the connection of Indian Don with this khumrey. lets hope, the next election will decide everything. congress, don’t hope to get bhot from peoples. UML, too, don’t hope to get bhot from peoples. except their cadres… we want change.. may be he sits on coming up interim govt but what about next step. i’m quite sure, days ahead are good. but there is corruption in every government offices. we have to change top level who is also immerged in sharings of bribery money gotten from brokers.. they must be hung.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • karki D.

      ज़नाताले यत्रो दुख गरेर ल्याएको परिबर्तन यिनै घुस्याहाहरु लाइ दिनै पिच्छे एक एक गरेर छुटाउनका लागि पो हो कि जस्तो भएको छ अहिले | हैन यि नेताहरुको चेत अझै पनि खुलेको छैन जस्तो छ | त्यसैले फेरि एक पटक यि नेता हरु जति सबै लाइ खाल्डामा हलेर पुर्नु पर्ने भएको छ | तर सबै नेताहरु एकै प्रकारका चाहि छैनन | कोहि राम्रा चरित्रका पनि छन | तर अब जन्ताले को असल र को बेइमान भन्ने छुटयाइसकेका छन | खबरदार घुस्याहाहरु | तिमिहरुको पनि दिन नजिकै आएको प्रस्ट भएको छ अरु केहि दिन मोज गर अनि आफ्ना बिरुद लागेको सबै मुद्दाहरु आफ्नै तर्फ फैसला गराओ | २३८ बर्ष पुरानो इतिहसको त अहिले यो हबिगत भयको छ भने तिमिहरु त हिजो अस्तिका फुल न हौ | जनता जागे कसैको केहि लाग्दैन |त्यो केहि पहिले देखियको कुरा हो | त्यहा जनता नेता का पछि लगेका हैनन कि परिबर्तनका लागि अघि बढेकाहुन | यो ध्रुबसत्य कुरा हो |
      अर्को मुख्यकुरा केहो भने यो अदालतको पनि अब जनताले दोहोलो काढने छन | धैर्य गर न्यायधिस तिमिहरुको पनि दिन छोटिदैछ | तिमिहरु अरुलाइ फैसला सुनाउथ्यौ भने अब जनता ले तिमिहरुको भबिष्यको फैसला सुनाउने छन | दन्ड सजाय बढो खठोर हुनेछ | सायद तिमिहरु यो नेपलि समाजमा कालो धब्बाका रुपमा रहेर मुख देखाउन समेत लायक रहने छैनौ | जनता निष्पक्ष न्याय चाहन्छन तिमिहरु जस्तो भ्रष्टाचारि न्यायाधिस हैन | देशका भ्रष्टाचारी जति सबैलाइ एक एक गरेर फासी दिनेछन यि सोझा जनताले यकदिन तिमिहरु लाइ | अब धेरै टाढा छैन त्यो दिन | माओबादी पनि यस्ता भ्रष्टाचारीलाइ चाहि केहि पनि गर्न सक्दोरहेनछ | सायद पैसा उस्लेपनि भागबण्डामा चन्दा स्वरुप पाइरहेको होला | त्यसैले यो बिषयमा चुप लागेर बसेको हामि जन्ताले अनुमान गरेका छौ | ससद पनि किन केसिको सिफारिस तुरुन्त लागु गर्दैन | यसको पनि छिनोफानो हुनेछ | बैन्क डुबाउने,जनता ठग्ने,भ्रष्टाचार गर्ने,काला बजारि गर्ने,जनतालाइ दुख दिने यि सबैको अन्त्य अबसमभावी भएको ले तिनिहरुको अन्त्यको दिन गन्ति सुरु भैसकेको छ | जनता कहिल्यै दमन,अन्याय,अत्याचार र भ्रष्टाचार लाइ सहदैनन | जनता आफु भोको बसेर नेता,कर्मचारी,न्यायधिस,कालाबजारिका खेलाडी,भ्रष्टाचारी सबैका चर्तिकला र मोजमस्ती राम्ररी हेरेर बुझीसकेका छन र एउटा पाठ सिकाएर आर्कोको तयारीमा जुटदैछन | जनज्वारभाटा फेरि यिनैका बिरुध उर्लदैछ, धैर्य गरौ केहि समय पुनः |हैन भने तुरुन्त सुध्रिहाल तिमिहरुलाइ नै राहत हुनेछ | अन्यथा……….बिजोग हुनेछ तिमिहरुको | अब जन्ता सुखद,सम्मुनत,बिकशित,शान्त,सम्पन्न नेपाल बनाउन चाहन्छन | नयाँ सुनौलो नेपाल बनाउन चाहन्छन र बनाउने पनि छन आफै अघिसरेर | खबर्दार………जनताका दुश्मन माथि उल्लेखित घटकहरु |

      जय देश नेपाल |||||||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sabir

      Umesh jee,
      Umesh jee.
      Let’s not forget that court has given this verdict when Moist, democratic forces are in power. Furthermore CIAA is “Kun Dyan ko Mula ho”.
      It seems that Nepaliyan knew the all facts about Khum Bahadur’s corruption case. Where was he when the case was in the Special court? Busy in “Bhada Majhna” in America! Kabir’s comment is “a complete GHATIYA MENTALITY”.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kabir

      KHUM BAHADUR IS THE MOST CORRUPTED LEADER IN THE HISTORY OF NEPAL MORE THAN WAGLE, GACHADAR AND OTHER NETAS..

      HE HAS THE LINK WITH THE UNDERWORLD DON DAOUD IBRAHIM TOO..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kabir

      SATHI HO BEAWERE THIS TIME ALSO KHUM BAHADUR IS GOING TO BE THE MINISTER>>
      THIS COUNTRY IS NOT THE PRIVATE PROPERTY OF KHUM BAHADUR SO HE CAN DO WHATERVER HE WANTS..
      HE SHOULD BE PUNISHED..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kabir

      if god ask me any wishes then i’d rather prefer to ask “D**** TO KHUM AND HIS FAMILY”
      KHUM BAHADUR GO TO HELL AND TAKE GIRIJA AND SHER BAHADUR ALSO WITH YOU..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kabir

      D**** to Khum Bahadur and his family..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kabir

      umesji thanks for the article..
      indeed as Umesji said Khum Bahadur is the number one corrupted leader of Nepal..
      He became Home minister several time which post is considered as the “Hakim Haruko pani Hakim” CDO’s and everything falls under Home Ministry..
      If we leave such corrupted politician then our country nepal will become the world’s number one corrupted nation(Nepal ranks 12th currently.
      He should be punished

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gagan

      साथिहो लह्ररो तान्दा पहरो गरजन्छ तेसैले कसैले कसैलाइ कार्बहि गर्छ भनेर आस नगर्नुस्!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      umesh ji
      they all are the hell people so the law of excution should be applied for them because they are the burden of the earth.But one thing CIAA is also a center of curruption so they never win the any cases because they draft the case in that way which never support the evidence.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu pd subedi/kathmandu

      कहाँ अ्एरिका र नेपालको काम कार्वाहिको कुरा गरेको? अ्एरिकामा कानुन अनुसार मान्छे चल्छ भने नेपालमा मान्छे अनुसार कानुन चल्छ । जहाँ सम्म खुम बहादुर को कुरा छ, उनि त अब निकट भबिस्य मा नै मन्त्री हुन लागेका मान्छे हुन। अहिले यिनलाई जेलमा हालियो भने त भविस्य मा काङ्रेस पार्टीले जनताको मत पाउन गार्हो हुन्छ भनेर अहिलेको सरकारले मन्त्री हुन योग्य सबित गरिदिएको मात्र हो । सरकार नै आफ्नो भए पछी कानुनको धज्जी उडाउने परिपार्टी हाम्रो नेपाली प्रजान्त्रमा पहिलेको चलन हो र त्यो चलन अहिल लोकतन्त्रमा पनि छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kanjan

      nepalean ji
      kahile bata yesto marmik lekh lekhne jos chalechha, i didnot know you were such a good writer
      tapaiko lekh ramro chha, situation demanding
      i am also afraid of people beginning with “ma” he…he…. dont get surprised.
      ke garnu nepal ko halat tehi nai ho.
      looking forward for your next article,

      lekhne matra nabhayara kehi garnu pani paryo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      OLD REGIME needs to be completely dismissed and then people will see a real justice.

      ALL THESE ARE DRAMAS!

      PALACE & ITS NETWORKS [Panche, ranas, higher level gangs of servants of old regime] first needs to be decommissioned from power.

      THESE GANGS are sucking our nation & 95% of poor & innocent people.

      PEOPLE WAR will not end until all these gangs get completely distroyed!

      PEOPLE WAR IS TO BUILD A NEW NATION FOR THE SAKE OF MAJORITY OF PEOPLE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madhu

      i just read in nepalnews.com that even govinde got decleared innocent. girija is clean, khume is clean, govinde is clean, gachhedar is clean then who is corrupts in nepal? i think nepalese have to fight against corrupt judiciary system.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sabin sharma

      Pahile rajale gareko kamko bare question garna painna bhanthe ahile court ko decision ma question garna painna bhan6n, aru ta aru samsadle pani napaune po bhandai the ali asti. Aba hami jasta fuchchce fachhele question garnai garo bho ni. Judge le pani yeso table muni bata hat thape ki bhanyo bhane jail jana parne ho ki bhanne dar, aba ta khum bdr le ramrai kam garera kamayeka holan bhandinai parne bho.

      Hamro desh ta bichitra kai bho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abinav shrestha

      Ha Ha Ha Umesh G
      Tyo Moro Girija laie Biswas garnay hami Nepali ani jhanaie Maobadi. Girija ko history padhnuss kahilay uslay janata ko favour ma kam gareko cha ra? bahucharchit Ghusyaha Khumay, Govinday laie clean cheat dinay Court pani sanka ko ghera ma parcha.
      Aba en kaie hath ma dadu panyou cha k garun Bchara Judge haru pani? Aba tini Judge haru pani future ka minister ta hun ni, tin lay pani ta future ma affu lay ghuss khanda bachnay idea garnu paryo ni, ahelay tini haru laie action linda pachi affu minister vaya pachi ghus khaya pachi affu laie pani aru kasaielay action lincha inkaie case laie najir manera.
      A mora affu laie krantikari vannay, duni laie marera hidnay timi maobadi haru sachhikaie Mard ka santan haru ra Nepal Ama ka saput ho vanay gara na Karbahi khumay, Govinday jasta ghussyaha Neta lai ani tini haru laie clean cheat dinay vrasta Judge haru laie/
      Pashupati nath Desh Bachau

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सागर नेपाली

      जुन जोगी आएपनी कानै चीरेको, कान कती चीरेको चैं फरक फरक। आर्थीक मामीलामा माओबादी माथीको बिश्वास पनी उठेको छ, चन्दा पनी आर्थीक भ्रष्टाचारनै हो। को राम्रो छ त? ग्याने? खुमे ले मुर्ती र गांजा त आफै आर-पार गरेको छैन नी, ग्याने, चरश चन्दे लगायत त तेसैका बिशेसग्यं कलीन्छन। भ्रष्टाचार नीयन्त्रण गर्न पाए त कस्तो राम्रो हुन्थ्यो, तर यो जरै देखी तेही संस्कृती बसेको देशमा तुरुन्तै संभब देखीन्न। अमेरीकामा पनि भ्रष्टाचार न हुने त होइन तर नेपाल हेरीकन १०% मात्र हुन्छ होला।
      तेस्तै हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surya

      you have point dude……….

      Surya from paris

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KKK

      Hellow maobadis
      what do you say on this??
      we have hope on you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijay Dhungana @ Chicago

      Everything is possible in our so called ‘Democracy’. So don’t be panic to hear such verdicts in our country. Anyway, its not a fare judgement, I beleive.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker