नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता
प्रस्तावना
नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटक पटक गर्दै आएका ऐतिहासिक संर्घष्ा र जनआन्दोलन मार्फत् लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै,
सात राजनीतिक दल र ने.क.पा.-माओवादी) वीच सम्पन्न १२ बुँदे समझदारी, ८ बुँदे सहमति,नेपाल सरकार र नेकपा -माओवादी)बीच सम्पन्न २५ बुँदे आचारसंहिता, २०६३ साल कार्तिक २२ गते सात राजनीतिक दल र नेकपा माओवादीका शीर्ष नेताहरुको बैठकका निर्णयहरु लगायत नेपाल सरकार र ने.क.पा.(माओवादी) वीच सम्पन्न सवै सम्झौता, सहमति, आचारसंहिता र संयुक्त राष्ट्र संघलाई प्रेषित समान धारणाको पत्राचारप्रति पूर्ण प्रतिवद्धताको पुनर्पुष्टि गर्दै,
देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पर्ुनसंरचना गर्ने संकल्प गर्दै,
प्रतिष्पर्धात्मक वहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्यमान्यता प्रतिको पूर्ण प्रतिवद्धतालाई दोहोर्याउदै,
मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानव अधिकार सम्बन्धी आधारभूत सिद्धान्त र मान्यताहरुप्रति प्रतिवद्ध रहँदै,
स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा संविधान सभाको निर्वाचनमा सहभागी हुन पाउने नेपाली जनताको आधारभूत अधिकारको प्रत्याभूति गर्दै,
लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक-सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, अखण्डता, र्सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै,
२०६४ साल जेठ महिनाभित्र स्वतन्त्र र निष्पक्ष रुपले संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धतालाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्दै ,
संविधान सभामार्फ् नेपाली जनताको र्सार्वभौमसत्ताको सुनिश्चितता, अग्रगामी राजनीतिक निकास, राज्यको लोकतान्त्रिक पुनर्संरचना र आर्थिक-सामाजिक-सांस्कृतिक रुपान्तरण गर्न दुबै पक्षबीच भएको राजनीतिक सहमतिका आधारमा देशमा २०५२ सालदेखि चल्दै आएको सशस्त्र द्वन्द्वलाई अन्त्य गरी शान्तिपूर्ण सहकार्यको नयाँ अध्याय प्रारम्भ भएको घोषणा गर्दै,
नेपाल सरकार र नेकपा -माओवादी)का बीच भएको युद्धविरामलाई दर्ीघकालीन शान्तिमा परिणत गर्ने प्रतिवद्धताकासाथ नेपाल सरकार र नेकपा -माओवादी)का बीच यो विस्तृत शान्ति संझौता सम्पन्न गरिएको छ ।
१. प्रारम्भिक
१.१ यस सम्झौताको नाम ‘विस्तृत शान्ति सम्झौता, २०६३’ रहेको छ । छोटकरीमा यस सम्झौतालाई शान्ति सम्झौता भनिने छ ।
१.२ यो संझौता सरकार पक्ष र माओवादी पक्षको र्सार्वजनिक घोषणा मार्फ् आजैका मितिदेखि लागू हुनेछ ।
१.३ दुवै पक्षले आ-आफ्नो मातहतका सबै निकायलाई यो सम्झौता तत्काल कार्यान्वयन तथा पालना गर्न आवश्यक निर्देशन जारी गर्नेछन् र कार्यान्वयन गर्ने गराउने छन् ।
१.४ अनुसूचीमा सङ्लग्न सात राजनीतिक दल, सरकार र माओवादी पक्ष बीच भएका सबै सहमति, समझदारी,आचारसंहिता र निर्णयरु यस सम्झौताको अभिन्न अङ्ग मानिने छन् ।
१.५ यो सम्झौता कार्यान्वयन गर्न आवश्यकता अनुसार पछि गरिने सहमति र सम्झौताहरु पनि यसैका अंग मानिने छन् ।
२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस सम्झौतामा ः-
-क) ‘युद्धविरामू भन्नाले नेपाल सरकार तथा ने.क.पा. -माओवादी) बीच एक अर्कालाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमण, अपहरण, बेपत्ता, थुनछेक, सशस्त्र बलहरुको परिचालन, सुदृढीकरण, आक्रामक एवं हिंसात्मक कारवाही तथा जुनसुकै माध्यमबाट समाजमा विध्वंश फैलाउने, उत्तेजित पार्ने एवम् भड्काउने क्रियाकलाप निषेध गर्ने कार्यलाई जनाउँछ ।
-ख) ‘अन्तरिम संविधानू भन्नाले संविधान सभाद्वारा नयाँ संविधान निर्माण भई लागू नभएसम्मको लागि जारी गरिने ‘ नेपालको अन्तरिम संविधान २०६३’ लाई जनाउँछ ।
-ग) ‘अन्तरिम मन्त्रीपरिषद्’ भन्नाले अन्तरिम संविधान बमोजिम गठन हुने ‘अन्तरिम मन्त्रीपरिषद्’ लाई जनाउँछ ।
-घ) ‘दुवै पक्षू भन्नाले नेपाल सरकार पक्ष र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पक्षलाई जनाउँछ ।
-ङ) ‘प्रचलित कानुन’ भन्नाले नेपालको अन्तरिम संविधान २०६३ र यससँग नबाझिएका प्रचलित नेपाल कानुनलाई जनाउँछ । तर यस परिभाषाले अन्तरिम संविधान २०६३ जारी हुनु अघिको कानुनी व्यवस्थालाई वाधा पुर्याउने छैन ।
-च) ‘प्रमाणीकरण’ भन्नाले संयुक्त राष्ट्र संघले सेना,लडाकु र हतियारको प्रमाणीकरण गरी यथार्थ लगत तयार पार्ने विषयलाई जनाउँछ ।
३. राजनीतिक -आर्थिक- सामाजिक रुपान्तरण र द्वन्द्व व्यवस्थापन ः
दुबै पक्ष देहायबमोजिम राजनीतिक-आर्थिक- सामाजिक रुपान्तरणको नीति तथा कार्यक्रम अवलम्वन गर्न र देशमा विद्यमान द्वन्द्वको सकारात्मक ढङ्गले व्यवस्थापन गर्न सहमत छन् ः
३.१. २०६३ कार्तिक २२ गते सम्पन्न सात दल र नेकपा -माओवादी)का शर्ीष्ा नेताहरुको बैठकका निर्णयरु -अनुसूची-६) का आधारमा देशमा अग्रगामी राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन सुनिश्चित गर्ने ।
३.२ अन्तरिम संविधानका आधारमा अन्तरिम व्यवस्थापिका -संसद गठन गर्ने र अन्तरिम सरकारद्वारा आगामी २०६४ जेठ महिनाभित्र स्वतन्त्र र निष्पक्ष रुपमा संविधान सभाको निर्वाचन सम्पन्न गर्ने र नेपाली जनतामा अन्तरनिहित र्सार्वभौमसत्ताको व्यवहारिक प्रत्याभूति गर्ने ।
३.३ मुलुकको शासन व्यवस्था सम्बन्धी कुनै पनि अधिकार राजामा नरहने । स्वर्गीय राजा वीरेन्द्र, रानी ऐर्श्वर्य र निजहरुका परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गर्ने । राजाको हैसियतले राजा ज्ञानेन्द्रलाई प्राप्त भएका
सबै सम्पत्तिहरु -जस्तै विभिन्न स्थानका दरबारहरु, वन तथा निकुञ्जहरु, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु आदि) राष्ट्रियकरण गर्ने । राजसंस्था कायम राख्ने या नराख्नेबारे संविधानसभाको पहिलो बैठकद्वारा साधारण वहुमतले टुंगो लगाउने ।
३.४ विश्वव्यापी रुपमा स्वीकृत आधारभूत मानव अधिकार, वहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली, जनतामा निहित र्सार्वभौमसत्ता र जनताको सर्वोच्चता, संवैधानिक सन्तुलन र नियन्त्रण, विधिको शासन, सामाजिक न्याय र समानता, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, नागरिक समाजको अनुगमन, पूर्ण प्रेस स्वतन्त्रता, जनताको सूचनाको अधिकार, राजनीतिक दलहरुका क्रियाकलापहरुमा पारदर्शिता र जवाफदेहीता, जनसहभागिता, निष्पक्ष, सक्षम तथा स्वच्छ प्रशासनतन्त्रका अवधारणाहरुको पूर्ण परिपालना गर्ने राजनीतिक प्रणाली अवलम्वन गर्ने ।
३.५ वर्गीय, जातीय, भाषिक, लैङ्गकि, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्दै महिला, दलित, आदिवासी जनजाति,मधेशी, उत्पीडित, उपेक्षित र अल्पसङ्ख्यक समुदाय,पिछडिएका क्षेत्र लगायतका समस्याहरुलाई संवोधन गर्न राज्यको वर्तमान केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पर्ुनर्सरचना गर्ने ।
३.६ सामन्तवादका सवै रुपहरुको अन्त्य गर्ने आर्थिक सामाजिक रुपान्तरणको न्यूनतम साझा कार्यक्रम आपसी सहमतिले तय गरेर लागू गर्दै जाने ।
३.७ सामन्ती भूस्वामित्वको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गर्ने नीति अवलम्वन
गर्ने ।
३.८ राष्ट्रिय उद्योगधन्दा र साधनश्रोतको संरक्षण र पर््रवर्धन गर्ने नीति अनुसरण गर्ने ।
३.९ शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्य सुरक्षामा सवै नागरिकको अधिकार स्थापित गर्ने नीति लिने ।
३.१० सुकुम्वासी, कमैया, हलिया, हरवाचरवा लगायतका आर्थिक सामाजिक रुपले पछाडि परेका वर्गलाई जग्गा लगायत आर्थिक सामाजिक सुरक्षाको व्यवस्था गर्ने नीति लिने ।
३.११ सरकारी लाभको पदमा रहेर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्नेहरु उपर कडा कार्वाही गरी दण्डित गर्ने नीति लिने ।
३.१२ देशको आर्थिक-सामाजिक रुपान्तरण एवं न्यायका साथै देशलाई छिटो समुन्नत र आर्थिक रुपले समृद्धशाली वनाउन एक साझा विकास अवधारणा निर्माण गर्ने ।
३.१३ श्रमिकका पेशागत अधिकारको सुनिश्चितता गर्दै उद्योगधन्दा, व्यापार, निर्यात पर््रवर्धन आदिका लागि लगानी वृद्धि गरी रोजगारी एवं आय आर्जनका अवसरहरुको व्यापक वृद्धि गर्ने नीति अनुसरण गर्ने ।
४. सेना र हतियार व्यवस्थापन
संविधान सभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न र सेनाको लोकतान्त्रिकरण तथा पर्ुनर्संरचना गर्न विगतमा भएका बाह्र बुँदे समझदारी, आठ बुँदे सहमति, पच्चीस बुँदे आचारसंहिता, संयुक्त राष्ट्र संघलाई पठाइएको पाँच बुँदे पत्र र कार्तिक २२ गते सम्पन्न शर्ीष्ा नेताहरुको बैठकका निर्णयरु अनुरुप निम्न कामहरु गर्ने -
म्ााओवादी सेनाको सम्बन्धमा -
४.१. २०६३ साल साउन २४ गते नेपाल सरकार र ने.क.पा.-माओवादी) को तर्फबाट संयुक्त राष्ट्र संघलाई पठाइएको पत्रमा व्यक्त प्रतिवद्धता अनुसार माओवादी सेनाका लडाकुहरु
९ऋomदबतबलतक० निम्न लिखित स्थानहरुमा अस्थायी शिविरहरु ९ऋबलतयnmभलतक० मा सीमित रहने । संयुक्त राष्ट्र संघद्वारा उनीहरुको प्रमाणीकरण र अनुगमन गर्ने ।
मुख्य शिविरहरु निम्न स्थानहरुमा रहनेछन् ः
१. कैलाली २. सुर्खेत ३. रोल्पा ४. नवलपरासी
५. चितवन ६. सिन्धुली ७. इलाम
मुख्य शिविरहरु वरिपरि ३/३ वटाका दरले सहायक शिविरहरु रहनेछन् ।
४.२. माओवादी सेनाका लडाकुहरु शिविरमा रहेपछि शिविरको सुरक्षार्थ चाहिने हातहतियार र गोलीगठ्ठा वाहेक अन्य सवै हतियारहरु शिविर भित्रै सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चावी सम्बन्धित पक्षले नै राख्ने । सो ताल्चा लगाउने प्रक्रियामा संयुक्त राष्ट्र संघको निगरानीका लागि उसको रेकर्ड, साइरन सहितको संयन्त्र ९म्भखष्अभ० सम्मिलित गर्ने । भण्डारण गरिएका हातहतियारहरुको आवश्यक जाँच गर्नु पर्दा संयुक्त राष्ट्र संघले सम्बन्धित पक्षको रोहवरमा गर्ने । क्यामरा अनुगमन लगायत यस सम्बन्धका अन्य विस्तृत प्राविधिक विवरण संयुक्त राष्ट्र संघ, ने.क.पा.-माओवादी) र नेपाल सरकारका सहमतिले तयार गर्ने ।
४.३. माओवादी सेनाका लडाकुहरु अस्थायी शिविरमा बसिसकेपछि उनीहरुको रसदपानी लगायत अन्य आवश्यक व्यवस्था नेपाल सरकारले गर्ने ।
४.४ माओवादी सेनाका लडाकुहरुको रेखदेख, समायोजन र पुनर्स्थापना निम्ति अन्तरिम मन्त्रीपरिषद्ले विशेष कमिटी बनाएर काम गर्ने ।
४.५ माओवादी नेताहरुको सुरक्षा व्यवस्था सरकारसँगको सहमतिले गर्ने ।
नेपाली सेनाको सम्बन्धमा -
४.६ संयुक्त राष्ट्र संघलाई प्रेषित पत्रमा व्यक्त प्रतिवद्धता अनुसार नेपाली सेना ब्यारेकभित्र सीमित रहने । उसका हतियारहरु कसैको पनि पक्ष या विपक्षमा प्रयोग नहुने कुराको प्रत्याभूति गर्ने । माओवादी सेनाका तर्फबाट भण्डारण भएका हतियारको बराबरी संख्यामा नेपाली सेनाले पनि आफ्ना हतियारहरु सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चावी सम्वन्धित पक्षले नै राख्ने । सो ताल्चा लगाउने प्रक्रियामा संयुक्त राष्ट्र संघको निगरानीको लागि उसको रर्ेकर्ड, साइरन सहितको संयन्त्र ९म्भखष्अभ० सम्मिलित गर्ने । भण्डारण गरिएका हातहतियारहरुको आवश्यक जाँच गर्नु पर्दा संयुक्त राष्ट्र संघले सम्बन्धित पक्षको रोहवरमा गर्ने । क्यामरा अनुगमन लगायत यस सम्बन्धका अन्य विस्तृत प्राविधिक विवरण संयुक्त राष्ट्र संघ, नेपाल सरकार र ने.क.पा.-माओवादी) को सहमतिले तयार गर्ने ।
४.७. नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन नयाँ सैनिक ऐन बमोजिम मन्त्रिपरिषद्ले गर्ने । अन्तरिम मन्त्रिपरिषद्ले राजनीतिक सहमति र अन्तरिम व्यवस्थापिकाको सम्बन्धित समितिसमेतको सुझाव लिएर नेपाली सेनाको लोकतान्त्रिकरणको विस्तृत कार्ययोजना तर्जुमा र कार्यान्वयन गर्ने । यस अर्न्तर्गत नेपाली सेनाको उपयुक्त संख्या, लोकतान्त्रिक संरचना, राष्ट्रिय र समावेशी चरित्र निर्माण गर्दै लोकतन्त्र र मानवअधिकारको मूल्यद्वारा सेनालाई प्रशिक्षित गर्ने लगायतका कामहरु गर्ने ।
४.८ नेपाली सेनाले गर्दै आएका सीमा सुरक्षा, आरक्ष, निकुञ्ज, बैंक, विमानस्थल, विद्युतगृह, टेलिफोन टावर, केन्द्रीय सचिवालय, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतका कामहरुलाई निरन्तता दिने ।
५.युद्धविराम
५.१ सैन्य कारवाही र सशस्त्र परिचालनको अन्त्य ः
५.१.१. दुवै पक्ष देहायमा उल्लिखित कार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्दछन् ः-
क) प्रत्यक्ष वा अप्रत्यक्षरुपमा एक अर्काेप्रति लक्षित कुनै पनि किसिमको हात हतियारको प्रयोग वा आक्रमण गर्ने कार्य,
ख) दुबै पक्षको सहमतिले हातहतियार भण्डारण गरिएको स्थानमा हातहतियारसहित या रहितरुपमा अर्को पक्षको हातहतियार खानतलासी वा वरामदी गर्ने कार्य,
ग) कुनै व्यक्तिलाई नोक्सानी गर्ने वा मानसिक दवाव पुर्याउने कार्य,
घ) एक अर्कालाई लक्षित गरी धराप -एम्बुस) थाप्ने कार्य,
ङ) हत्या तथा हिंसात्मक कारवाहीहरु
च) अपहरण/पक्राउ/ थुनछेक/बेपत्ता पार्ने कार्य
छ) र्सार्वजनिक/निजी/सरकारी वा सैनिक सम्पत्ति नोक्सानी,
ज) हवाई आक्रमण वा बम्बारी,
झ) जमिन मुनी बारुद विछ्याउने कार्य -माइनिङ्ग) र विध्वंसात्मक कार्य -स्यावोटेज),
ञ) एक अर्काको सैनिक गतिविधिको सुराकी गर्ने कार्य ।
५.१.२ दुवै पक्षले थप सैन्य भर्ती गर्ने छैनन् र हातहतियार, गोलीगठ्ठा तथा विष्फोटक पदार्थ ओसार पसार वा एक अर्का विरुद्ध सैनिक हर्कत गर्ने छैनन् ।
तर, अन्तर्राष्ट्रिय सीमा र भन्सार विन्दुमा हात हतियार, विष्फोटक पदार्थ वा त्यसको अंश वा कच्चा पदार्थ जस्ता सामानहरु गैरकानूनी रुपमा ओसार पसार गर्ने कार्य रोक्ने सम्बन्धमा अन्तरिम सरकारले सुरक्षा निकाय परिचालन गरी गस्ती गर्न, खानतलासी गर्न वा वरामदी गर्न सक्नेछ ।
५.१.३ कुनै पनि व्यक्ति वा समूह अवैध हात हतियार, गोलीगठ्ठा र विष्फोटक पदार्थ साथमा लिई आवतजावत गर्ने छैनन् ।
५.१.४ दुवै पक्ष युद्धको समयमा प्रयोग गरिएका धराप तथा बारुदी सुरुङ्गहरुको रेखाङ्कन, भण्डारण ३० दिनभित्र एक अर्कालाई जानकारी दिन र ६० दिनभित्र निष्कृय र निर्मूल गर्न एक अर्कालाई सहयोग गर्नेछन् ।
५.१.५ कुनै पनि नागरिक सभा वा राजनैतिक सभा वा र्सार्वजनिक कार्यक्रममा दुवै पक्षका सेना हतियार वा कम्व्याट पोशाकसहित उपस्थित हुने छैनन् ।
५.१.६ नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनआन्दोलन र शान्ति संझौताको मर्म र भावना अनुरुप तथा प्रचलित कानूनबमोजिम कानून व्यवस्था र शान्ति सुव्यवस्था एवं अपराध अनुसन्धानको कार्य चालु राख्नेछ ।
५.१.७ एक पक्षका सशस्त्र व्यक्तिले अर्काे पक्षका सशस्त्र व्यक्तिलाई ‘शत्रु’ भनी सम्बोधन गर्न र व्यवहार गर्न समेत रोक लगाउने गरी आ-आफ्ना सशस्त्र निकाय र व्यक्तिलाई परिपत्र र्
गर्नेछन् ।
५.१.८ सशस्त्र द्वन्द्वको क्रममा कब्जा गरिएका, ताला लगाइएका वा प्रयोग गर्न नदिइएका सरकारी, र्सार्वजनिक, निजी भवन, जमिन तथा अन्य सम्पत्तिहरु लगत खडा गरी तत्काल फिर्ता गर्न दुबै पक्ष सहमति व्यक्त गर्दछन् ।
५.२ स्थिति सामान्यीकरणका उपायहरुः
५.२..१ इच्छा विपरीत तथा प्रचलित कानुन प्रतिकूल नगद तथा जिन्सी संकलन र कर असूली गर्न पाइने छैन ।
५.२..२ आफ्ना कब्जामा रहेका मानिसहरुको बारेमा जानकारी र्सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवै पक्ष मञ्जुर गर्दछन् ।
५.२.३ दुवै पक्षद्वारा वेपत्ता पारिएका व्यक्तिहरुको तथा युद्धको समयमा मारिएकाहरुको बास्तविक नाम,थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचनाहरु र्सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलब्ध गराउन मञ्जुर गर्दछन् ।
५.२.४ दुबै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गराउन तथा युद्धबाट पीडित र विस्थापित व्यक्तिहरुको लागि राहत कार्य र पुनर्स्थापन गराउन राष्ट्रिय शान्ति तथा पुनर्स्थापन आयोग गठन गर्न र त्यसमार्फ् यससम्बन्धी काम अगाडि बढाउन सहमत छन् ।
५.२.५ दुबै पक्ष सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकारको गंभीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुको बारेमा सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न आपसी सहमतिबाट उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गर्न सहमत छन् ।
५.२.६ दुवै पक्ष नेपाली समाजमा लोकतन्त्र, शान्ति र अग्रगामी परिवर्तन सुनिश्चित गर्ने प्रतिवद्धताकासाथ देशमा विद्यमान सबै स्वरुपका युद्ध, आक्रमण, प्रत्याक्रमण, हिंसा र प्रतिहिंसा परित्याग गर्ने प्रतिज्ञा गर्दछन् । शान्ति स्थापना र शान्ति सुरक्षाको व्यवस्थामा दुवै पक्षले एक अर्कालाई सहयोग गर्ने कुरामा सहमति रहेको छ ।
५.२.७ दुवै पक्ष विभिन्न व्यक्तिहरुलाई राजनीतिक कारणले लगाइएका आरोप, दावी, उजुरी र विचाराधीन रहेका मुद्दामामिला फिर्ता लिन र थुनामा राखिएका बन्दीहरुको स्थिति तत्कालै र्सार्वजनिक गरी तुरुन्त रिहा गरिने ग्यारेन्टी गर्दछन् ।
५.२.८ दुवै पक्ष सशस्त्र द्वन्द्वको क्रममा विस्थापित व्यक्तिहरुलाई राजनीतिक पर्’वाग्रह बिना स्वेच्छाले आ-आफ्नो पैतृक वा पर्’व बसोबासको स्थानमा र्फकन दिन, युद्धका कारणले नष्ट भएका पर्’वाधारहरु पुनर्निर्माण गर्न र विस्थापित व्यक्तिहरुलाई ससम्मान पर्ुनस्थापना तथा सामाजीकरण गर्न प्रतिवद्धता व्यक्त गर्दछन् ।
५.२.९ उपरोक्त सर्न्दर्भमा उत्पन्न समस्याहरु आपसी सहमतिको आधारमा समाधान गर्न एवं आपसी सम्बन्ध सामान्यीकरण तथा मेलमिलाप गर्न अनुकुल वातावरण श्रृजना गर्ने कार्यमा सबै राजनितिक दलहरु, नागरिक समाज र स्थानीय संघ संस्थाहरु समेतको सहयोगमा व्यक्तिगत तथा सामुहिक रुपमा उत्तरदायित्व लिई कार्यान्वयन गर्न गराउन दुबै पक्ष सहमत छन् ।
५.२.१० दुवै पक्ष परिवारका कुनै सदस्य एक अर्का पक्षसँग सम्वद्ध भएका आधारमा परिवारका अन्य सदस्यहरुमाथि कुनै पनि विभेद नगर्न र कुनै पनि दवाव नदिन प्रतिबद्धता जाहेर गर्दछन् ।
५.२.११ नेपाल सरकार तथा र्सार्वजनिक निकायका कर्मचारीहरुलाई देशको कुनै पनि भागमा स्वतन्त्र रुपमा आवतजावत गर्न, आफ्नो कर्तव्य पालन गर्न तथा आफ्नो
कार्यसम्पादनको क्रममा तिनीहरुलाई कुनै पनि किसिमको वाधा अवरोध खडा नगर्न र त्यस्तो अवरोध खडा हुन नदिन तथा उनीहरुको काममा सहयोग गर्न दुवै पक्ष सहमत छन् ।
५.२.१२ संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय दातृ समुदाय लगायत नेपाल स्थित कूटनैतिक नियोग, राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, प्रेस, मानव अधिकारवादीहरु, निर्वाचन पर्यवेक्षक तथा विदेशी पर्यटकहरुलाई नेपाल राज्यभित्र कानुन बमोजिम निर्वाध आवत जावत गर्न दिने कुरामा दुवै पक्ष सहमत छन् ।
५.२.१३ दुवै पक्ष प्रचार-प्रसारका कार्यक्रमहरु शिष्ट र मर्यादित ढङ्गले संचालन गर्न प्रतिबद्ध छन् ।
६. युद्ध समाप्ति
६.१ २०६३ कार्तिक २२ गते सात राजनीतिक दल र नेकपा -माओवादी) वीच सम्पन्न ऐतिहासिक सहमतिको आधारमा सरकार माओवादीवीच चालु युद्धविरामलाई स्थायी रुप दिदै २०५२ सालदेखि चलिआएको सशस्त्र युद्ध समाप्त भएको घोषणा गर्दछौं ।
६.२ सात दल र नेकपा -माओवादी) का शर्ीष्ा नेताहरुको २०६३ साल कार्तिक २२ गतेको बैठकबाट भएका निर्णयरु दर्ीघकालीन शान्तिको लागि मूल नीतिगत आधार हुनेछन् ।
६.३ नेपाली सेना ब्यारेकमा र माओवादी सेनाका लडाकुहरु अस्थायी शिविरमा आइसकेपछि सहमति, संझौता र कानुन प्रतिकूल हतियार राख्न, पर््रदर्शन, डरत्रास र कुनै पनि रुपमा हिंसा र हतियारको प्रयोग गर्न कानूनतः दण्डनीय हुनेछ ।
६.४ दुवै पक्षका सेनाले कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न र पक्ष विपक्षमा लाग्न पाउने छैनन् । तर उनीहरुलाई मताधिकारबाट बञ्चित गरिनेछैन ।
७. मानव अधिकार, मौलिक अधिकार र मानवीय कानूनको परिपालना
मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा अन्तर्राष्ट्रिय मानवीय कानून र मानव अधिकार सम्बन्धी आधारभूत सिद्धान्त र मान्यताहरुप्रति प्रतिवद्ध रहँदै दुबै पक्ष देहायका विषयहरुमा आफ्नो सहमति जनाउँछन् ः
७.१ मानव अधिकार ः
७.१.१ दुवै पक्षले मानव अधिकारप्रतिको सम्मान र संरक्षण तथा अन्तर्राष्ट्रिय मानवीय कानूनप्रतिको प्रतिवद्धताको पुनःपुष्टि गर्दछन् र कुनै पनि व्यक्ति उपर वर्ण्र्ाालिङ्ग, भाषा, धर्म, उमेर, जात जाति, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, अपाङ्गता, जन्म र अन्य हैसियत, विचार वा आस्थाको आधारमा भेदभाव हुनु हुँदैन भन्ने कुरालाई स्वीकार गर्दछन् ।
७.१.२ दुवै पक्ष नेपाली जनताको नागरिक, राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको उपभोग गर्ने वातावरण सिर्जना गर्न सहमत छन् र भविष्यमा कुनै पनि अवस्थामा यस्ता अधिकार हनन नहुने वातावरण बनाउन प्रतिवद्ध छन् ।
७.१.३ दुवै पक्ष सम्झौता पत्रमा उल्लेख भएका अधिकारको उपभोगमा बाधा पुर्याउने जिम्मेवार व्यक्तिहरु माथि कानुन अनुसार निष्पक्ष छानवीन तथा कारवाही हुनेछ भनी प्रतिवद्धता जाहेर गर्दछन् र दण्डहिनतालाई प्रश्रय नदिने सुनिश्चितता प्रदान गर्दछन् । यसका साथै द्वन्द्व र यातना पीडित तथा वेपत्ता पारिएकाहरुको परिवारको राहत प्राप्त गर्ने अधिकारलाई समेत सुनिश्चित गर्दछन् ।
७.१.४ दुवै पक्षले र्सवसाधारणलाई यातना दिने, अपहरण गर्ने, जबरजस्ती कुनै काममा लगाउने काम गर्ने छैनन् र त्यस्ता कार्यलाई निरुत्साहित गर्न आवश्यक कारवाही समेत गर्नेछन् ।
७.१.५ दुवै पक्षले धर्म निरपेक्षताको मूल्य मान्यताका आधारमा कुनै पनि सामाजिक, सांस्कृतिक, धार्मिक संवेदनशीलता, धार्मिक स्थल र व्यक्तिको धार्मिक आस्थाको सम्मान गर्नेछन् ।
७.२ बाँच्न पाउने अधिकार ः
७.२.१. दुबै पक्षले व्यक्तिको बाँच्न पाउने आधारभूत अधिकारको सम्मान र संरक्षण गर्दछन् । कसैलाई पनि यो आधारभूत अधिकारबाट बञ्चित गरिने छैन तथा मृत्युदण्ड दिइने गरी कुनै पनि कानुन बनाइने छैन ।
७.३ वैयक्तिक मर्यादा, स्वतन्त्रता र आवतजावतको अधिकार
७.३.१. दुवै पक्षले वैयक्तिक मर्यादाको अधिकारको सम्मान र रक्षा गर्दछन् । यस सिलसिलामा कानून बमोजिम स्वतन्त्रताको उपभोग गर्नबाट बञ्चित व्यक्ति लगायत कोही पनि यातना वा अन्य क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायका पात्र हुने छैनन् । कानुनतः नागरिकको गोपनीयताको अधिकारलाई सम्मान गरिनेछ ।
७.३.२. दुवै पक्षले व्यक्तिको स्वतन्त्रता र सुरक्षाको अधिकारको पूर्ण सम्मान गर्दै कसैलाई पनि स्वेच्छाचारी वा गैरकानूनी थुनामा राख्ने, अपहरण गर्ने वा बन्धक बनाउने छैनन् । दुवै पक्षले बेपत्ता पारेका र कब्जामा राखेका प्रत्येक व्यक्तिकेा अवस्था र्सार्वजनिक गर्न र तिनीहरुका परिवारजन, कानूनी सल्लाहकार र अन्य आधिकारिक व्यक्तिलाई यससंग सम्बन्धित जानकारी दिन सहमत छन् ।
७.३.३ दुवै पक्षले प्रत्येक नागरिकको स्वतन्त्रतापर्’वक आवतजावत गर्न पाउने अधिकार तथा आफ्नो बसोबासको स्थान कानुनी मर्यादामा रही छान्ने स्वतन्त्रतालाई सम्मान तथा संरक्षण गर्दै द्वन्द्वबाट विस्थापित भएका व्यक्ति र निजका परिवारहरु आफ्नो मूल बासस्थानमा र्फकन पाउने वा तिनीहरुले चाहे अनुसार अन्य कुनै ठाउँमा बसोबास गर्न पाउने अधिकारको सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दछन् ।
७.४ नागरिक तथा राजनीतिक अधिकार
७.४.१ दुवै पक्ष प्रत्येक व्यक्तिको विचार, अभिव्यक्ति, संघसंस्था खोल्ने तथा शान्तिपर्’वक भेला हुने स्वतन्त्रता तथा शोषण विरुद्धको हकको सम्मान र संरक्षण गर्न प्रतिवद्ध छन् ।
७.४.२ दुवै पक्ष प्रत्येक नागरिकलाई प्रत्यक्ष वा आफूले इच्छाएको प्रतिनिधि मार्फ् र्सार्वजनिक सरोकारको विषयमा भाग लिने, मतदान गर्ने, निर्वाचित हुने र र्सार्वजनिक सेवामा प्रवेशको समानताको अधिकारको सम्मान गर्दछन् ।
७.४.३ दुवै पक्ष व्यक्तिको सुसूचित हुने अधिकारको सम्मान गर्न प्रतिवद्ध छन् ।
७.५ आर्थिक- सामाजिक अधिकार
७.५.१ व्यक्तिले स्वतन्त्ररुपले छानेको वा स्वीकारेको रोजगारी गरी जीवन यापन गर्ने अधिकारको सम्मान तथा संरक्षण गर्न दुवै पक्ष प्रतिवद्ध छन् ।
७.५.२. दुवै पक्ष सबै जनताको खाद्य सुरक्षा सम्बन्धी हकको सम्मान एवम् प्रत्याभूति गर्न प्रतिवद्ध छन् । खाद्यवस्तु, खाद्य उत्पादन, खाद्यान्नको प्रयोग, ओसारपसार तथा वितरण कार्यमा कुनै हस्तक्षेप नगरिने सुनिश्चितता गर्दछन् ।
७.५.३ दुवै पक्ष नागरिकको स्वास्थ्यसम्बन्धी हकको सम्मान र संरक्षण गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्दछन् । दुवै पक्षले औषधिको आपर्’र्ति, सहायता एवम्् स्वास्थ्यसम्बन्धी अभियानमा बाधा पुर्याउने छैनन् र द्वन्द्वको कारणबाट घाइते भएकाहरुको औषधि उपचार गर्न एवं पर्ुनस्थापनाको कार्य गर्न प्रतिवद्धता व्यक्त गर्दछन् ।
७.५.४ दुवै पक्षले सबैलाई शिक्षासम्बन्धी अधिकारको प्रत्याभूति र सम्मान गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै शिक्षण संस्थामा उपयुक्त शैक्षिक वातावरण कायम गर्न प्रतिवद्ध छन् । दुबै पक्ष शिक्षासम्बन्धी हकको उल्लंघन नहुने कुराको सुनिश्चितता गर्न सहमत छन् । शिक्षण संस्थालाई कब्जामा लिने एवम् प्रयोग गर्ने र शिक्षक विद्यार्थीहरुलाई बेपत्ता पार्ने वा कब्जा वा अपहरण गर्ने कार्य तत्काल रोक्न र विद्यालय तथा अस्पताललाई असर पार्ने गरी सैन्य व्यारेक नराख्न सहमति व्यक्त गर्दछन् ।
७.५.५.कानून बमोजिम बाहेक कसैको पनि व्यक्तिगत सम्पत्ति जफत वा कब्जा गरिने छैन भन्ने कुरामा दुबै पक्ष सहमति व्यक्त गर्दछन् ।
७.५.६ दुवै पक्ष मुलुकमा औद्योगिक वातावरणलाई नखल्वल्याई उत्पादन कार्यलाई निरन्तरता दिन, औद्योगिक प्रतिष्ठानमा सामूहिक सौदावाजीको हक एवं सामाजिक सुरक्षाको सम्मान गर्न, औद्योगिक प्रतिष्ठान र श्रमिकबीच कुनै समस्या उत्पन्न भएमा उनीहरुलाई शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्न प्रेरित गर्ने कुरामा विश्वास गर्दछन् र अन्तर्राष्ट्रिय श्रम संगठनले तय गरेको कामको अधिकारको सम्मान गर्दछन् ।
७.६ महिला तथा बालबालिकाको अधिकार
७.६.१ दुवै पक्ष महिला तथा बालबालिकाका अधिकारहरुको विशेष संरक्षण गर्न, कुनै पनि प्रकारको यौनजन्य शोषण तथा दर्ुर्व्यवहार लगायत महिला तथा बालबालिका विरुद्ध हुने वालश्रम लगायतका सबै खाले हिंसात्मक कार्यहरुमाथि तत्काल रोक लगाउन र अठार वर्षवा सोभन्दा मुनिका केटाकेटीहरुलाई कुनै पनि सैन्यबलमा समावेश वा उपयोग नगर्न पूर्ण रुपमा सहमत छन् । यसरी प्रभावित बालबालिकाहरु तुरुन्त उद्धार गरिने छन् र तिनीहरुको पुनर्स्थापनको लागि आवश्यक र यथोचित सहयोग प्रदान गरिनेछ ।
७.७.वैयक्तिक स्वतन्त्रताको अधिकार
७.७.१. दुबै पक्ष आस्था र विचारको स्वतन्त्रता, वाक तथा प्रकाशन स्वतन्त्रता, शान्तिपर्’वक र बिना हातहतियार भेला हुने स्वतन्त्रता,, आवागमनको स्वतन्त्रता, आफूखुशी पेशा व्यवसाय गर्न, सम्पत्ति आर्जन र भोगचलन गर्ने स्वतन्त्रता, शान्तिपूर्ण राजनीतिक कृयाकलापमा सहभागी हुने स्वतन्त्रता, कानुनको नजरमा सबै समान हुने र सहिष्णुतापूर्ण न्याय व्यवस्था सञ्चालन गर्न गराउन सहमत
छन् ।
८. मतभेद निरुपण तथा कार्यान्वयन संयन्त्रः
८.१ दुवै पक्ष विगतमा भए गरेका त्रुटिहरुलाई भविष्यमा नदोहोर्याउने र क्रमिक रुपमा सच्यांउदै लैजाने गरी वैयक्तिक एवम् सामुहिक रुपमा उत्तरदायी हुने सहमति प्रकट गर्दछन् ।
८.२ राष्ट्रिय शान्ति तथा पुनर्स्थापन आयोगले शान्ति अभियानलाई सफल बनाउन आवश्यकता अनुसार संयन्त्रहरुको निर्माण गर्न सक्नेछ । आयोगको गठन र कार्यविधि अन्तरिम मन्त्री परिषद्ले तय गरे बमोजिम हुनेछ ।
८.३ दुवै पक्ष वर्तमान र भविष्यमा हुन सक्ने सबै किसिमका पारस्परिक मतभेद वा समस्यालाई आपसी सम्वाद, समझदारी, सहमति तथा वार्ताको माध्यमबाट समाधान गर्न प्रतिबद्ध छन् ।
८.४ यो सम्झौता, अन्तरिम संविधान तथा सात दल एवं नेपाल सरकार र नेकपा -माओवादी) वीच भएका सबै निर्णय सहमति र समझदारीहरु कार्यान्वयन गर्न अन्तरिम मन्त्रीपरिषद्ले राष्ट्रिय शान्ति तथा पुनर्स्थापन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग, राज्यको पर्ुनर्संरचना सम्बन्धी उच्चस्तरीय सुझाव आयोग लगायत आवश्यकता अनुसारका अन्य संयन्त्रहरुको गठन गर्ने र तिनीहरुको कार्यविधि निर्धारण गर्न सक्ने कुरामा दुबै पक्ष प्रतिबद्धता व्यक्त गर्दछन् ।
९. कार्यान्वयन तथा अनुगमन
यस सम्झौतामा उल्लेख गरिएका सहमतिको कार्यान्वयन तथा त्यसको अनुगमनको लागि निम्न व्यवस्था गर्न दुवै पक्ष सहमत भएका छन् -
९.१ दुवै पक्ष संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको नेपाल स्थित कार्यालयबाट यस संझौतामा उल्लेखित मानवअधिकार सम्बन्धी प्रावधानहरुकोे अनुगमनको कामलाई निरन्तरता दिन सहमत छन् ।
९.२ दुबै पक्ष संयुक्त राष्ट्र संघको नेपाल स्थित मिशनबाट पर्’व प्रेषित पाँच बुँदे पत्र र यस संझौतामा उल्लेख भए अनुसार सैन्य तथा हतियार व्यवस्थापनको अनुगमन गराउन सहमत छन् र त्यस कार्यमा सहयोग पुर्याउन प्रतिवद्धता व्यक्त गर्दछन् ।
९.३ दुबै पक्ष संयुक्त राष्ट्र संघबाट संविधान सभाको निर्वाचनको पर्यवेक्षण गराउन सहमत छन् ।
९.४ राष्ट्रिय मानव अधिकार आयोगले कानून बमोजिम निर्वाह गर्नुपर्ने दायित्वका साथै यस सम्झौतामा उल्लेख गरिएका मानव अधिकार अनुगमन सम्बन्धी कार्यहरु पनि सम्पादन गर्नेछ । आयोगले आफ्नो कार्य सम्पादन गर्ने क्रममा मानव अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग आवश्यक समन्वय गरी सहयोग लिन सक्नेछ ।
९.५ माथि उल्लेखित सबै निकायले दिएका प्रतिवेदनहरु बुझन, अनुरोध गरेका सूचनाहरु उपलब्ध गराउन तथा तिनले दिएका सुझाव तथा सिफारिसहरुको कार्यान्वयन सहमति र छलफलको आधारमा गर्न दुवै पक्ष सहमत छन् ।
१०. विविधः
१०.१ कार्तिक २२ गतेको निर्णयको मर्म र शान्ति संझौताको भावना अनुरुप सरकार वा राज्य संयन्त्रका कुनै पनि क्षेत्रमा समानान्तर वा अन्य स्वरुपको संयन्त्र संचालन नगर्न दुवै पक्ष सहमत छन् ।
१०.२ दुवै पक्ष प्रस्तुत सम्झौताको कार्यान्वयनका लागि आवश्यकतानुसार अन्य पूरक सहमतिहरुमा हस्ताक्षर गर्न मञ्जुर गर्दछन् ।
१०.३ दुवै पक्षको सहमतिबाट प्रस्तुत सम्झौतामा कुनै पनि समयमा संशोधन गर्न सकिने छ । संशोधन गर्न चाहेमा सो को लिखित सूचना अर्को पक्षलाई प्रदान गर्न दुवै पक्ष सहमत छन् । त्यसरी सूचना प्राप्त भएपछि दुवै पक्षको सहमतिबाट संशोधन गर्न सकिनेछ । त्यस्तो संशोधनले गर्ने व्यवस्था मान्यता प्राप्त न्यूनतम अन्तर्राष्ट्रिय मानव अधिकार, मानवीय कानूनको मापदण्ड तथा शान्ति स्थापनाको मूल मर्मभन्दा न्यून हुने छैन ।
१०.४ यो संझौताको कुनै व्याख्यामा कुनै विवाद उत्पन्न भएमा यो संझौताको प्रस्तावना र अनुसूचीमा सङ्लग्न दस्तावेजहरुका आधारमा दुबै पक्ष सम्मिलित संयुक्त संयन्त्रले व्याख्या गर्ने छ र यो व्याख्या अन्तिम हुनेछ ।
१०.५ अन्तरिम व्यवस्थापिका -संसद गठन भए पछि यस संझौतामा उल्लेखित ‘दर्ुइ पक्ष’ को अवधारणा तथा स्थिति स्वतः समाप्त हुनेछ । यसपछि यस संझौतामा उल्लेखित सम्पर्’ण्ा अभिभारा कार्यान्वयन गर्ने गराउने दायित्व अन्तरिम मन्त्रीपरिषद्ले व्यवस्था गरे बमोजिम हुनेछ । संझौताको पालना तथा कार्यान्वयनमा सहयोग पुर्याउनु सबै राजनीतिक दलहरुको कर्त्तव्य तथा जिम्मेवारी हुनेछ ।
१०.६ सिङ्गो मुलुक संविधान सभाको निर्वाचनको मुख्य अभियानमा केन्द्रित भइरहेको बेला आफ्ना समस्या र मागहरुलाई संवाद र वार्ताको माध्यमबाट समाधान गर्न तथा संविधान सभाको निर्वाचन तथा शान्ति सुरक्षाको स्थितिलाई सहयोग पुर्याउन सबैमा हार्दिक अनुरोध गर्दछौं ।
१०.७ सशस्त्र द्वन्द्वलाई अन्त्य गर्दै संविधान सभाको निर्वाचनद्वारा नयाँ लोकतान्त्रिक नेपालको निर्माण तथा दिगो शान्ति ंस्थापनाको यो ऐतिहासिक अभियानमा सकृय सहभागिता जनाई सफल बनाउन नागरिक समाज, पेशागत समुदाय, जनवर्गीय सङ्गगठनहरु, पत्रकार जगत, वुद्धिजीवीहरु र आम नेपाली जनसमुदायमा हार्दिक अपील गर्दछौं ।
१०.८ पूर्ण लोकतन्त्र र दिगो शान्ति स्थापनाको यो अभियानमा नेपाललाई सहयोग पुर्याउन सबै मित्र राष्ट्रहरु तथा संयुक्त राष्ट्र सङ्घ लगायत अन्तर्राष्ट्रिय समुदायलाई हार्दिक आग्रह गर्दछौं ।
देश र जनताको भविष्यप्रतिको जिम्मेवारी बोध गर्दै र यस विस्तृत शान्ति सम्झौता प्रति पूर्ण प्रतिबद्ध हुंदै हामी-नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट हस्ताक्षर गरी यो विस्तृत शान्ति सम्झौता र्सार्वजनिक गर्दछांै ।
प्रचण्ड अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
गिरिजा प्रसाद कोइराला प्रधानमंत्री नेपाल सरकार
हस्ताक्षर मिति ः-२०६३/८/५
No related posts.









Umesh dai,
Dharai Khusi Lago yo khabar sunera,Aaba bistarai janata ko khusi badai cha.Sayad Sadai ko lagi Shanti aauncha ki?? Om Shanti..Shanti..Shanti..
KPS, Dolakha
मन परे हरियो, नपरे रातो
0
0
Splendid ! A very historical day for Nepal and Neplease people. We all are very happy and happy. This has proved that the neplease people can solve their national problems themselves without any cofusion. This glorious time rearly comes in the context of the world histry that we got.
Wonderful!
OOOOho!
Devraj.
मन परे हरियो, नपरे रातो
0
0
Great N good news.
But, Santi samjhauta ma sign bhayo bhandaima hami Nepali Khusi Huna chai teti sakdainau, Yo santi samjhauta lai Byawahar ma Utarna parchha Nepal Sarkar Ra Kamred Prachanda ji ko party le.Hami ta kewal Janta matra hau Des ko sampurna sakti ko bagdor waha haru sanga nai cha.Tesaile Hami Nepali Janata le chahana gareko Nepal santi, Naya Nepal ko Sthapana,Garna 7 party ka Neta jiu haru ra Maobadi ka neta jiu haru le Afno Afno swaretha bhanda Mathi Uthera Des ko Bikas garnu Hos,Yehe chha hami sampurna nepali janata ko subhakama na.At last Thank You Barista Neta Girija Prasad Koirala Jiu,Ra Nepal kamnist maobadi ka Adhachya K.Prachanda Jiu Santi sthapana garna tapai haru le puryaunu bhayeko yogdan parti hami Sampurna Nepali Janata Aabhar prakat garnu ko sathai kahele pani tapai haru ko yog dan lai bhulne chainau.
sujan bajracharya
Khandbari-1
Shankhuwa Sava
मन परे हरियो, नपरे रातो
0
0
good news,all the best ……..
and
के मण्डले को मुटु हुँदैन?
मेरो भनाइ को मतलब के हो भने बिगत केही दिन देखि हाम्रो सङ्गठन(अन्तराष्टृयताबादि नेपालि एक्यबद्दता मन्च स्विजर्ल्याण्ड)(insof swiss) को इ-मेल मा बिभिन्न प्रकार का धम्की,गाली तथा अ-मर्यादित मेल हरु पठायर केही मण्डले हरु ले आफ्नो काएरता देखाइरहेका छन । भने इ-मेल लगायत नाम पनि नक्कली लेखेर यस्तो कार्य गर्नु उनिहरु को काएरता तथा मण्डले चरित्र बाट नाङ्लो ठटायर हात्ती तर्साउने काम गर्न खोजेको आभास हुन्छ ।त्यस्ता मन्डले को मुटु हुँदैन नत्र भने मुटु भयको र सच्चा मान्छे त्यो हो जो अगाडी आएर वीरोध गरोस ।वा आफ्नो मत प्र्कट गरोस । त्यसैले उसको पहिचान गर्नु जरुरी भयको छ ।यसको लागि पहिला त उसको आइ पि ठेगाना पत्ता लगाउनु जरुरी भयको हुनाले कृपया यसको बारेमा केही बताइदिनु हुन्छ कि आइपी ठेगाना पत्ता लगाउन के गर्नु पर्ला ।हुन त त्यो मेल लियर हामी यहाँ को प्र्शासन (पुलिस) को मा जादा पनि हुने हो तर हामी हाम्रो कायर मण्डले लाइ सुधृने मौका दिन चाहन्छौ त्यसैले उसको पहिचान हुनु जरुरी छ ।यसमा हामी लाई लोकतन्त्रबादि साथीहरु ले साथ् दिनुहुनेछ भ्न्ने आशा गर्दछौ ।
aasish and insof switzerland
swiss
मन परे हरियो, नपरे रातो
0
0
really good news
balla dhukka vayo..
aba ta maoist fighterko laagi sarkarle rasadpaani dine vaesita chanda aaanka ta banda hunchha holani?? ra abduction pani banda hunchha hola…
if still continue it then nepalese people never forgive again ..
thanks prachanda and girija baaje
मन परे हरियो, नपरे रातो
0
0
ज्ञानेले गोहीको आंसु झारेको देख्दा छक्क परें। माओबादी दमनको नीहुंमा देशको सारा अधीकार हतीयाउन खोज्ने त्यो भाई-मारा को मुख बाट शान्ती सम्झौताको प्रशंसा हुनु गोहीको आंखाबाट आंसु आउनु जस्तै हो।
मन परे हरियो, नपरे रातो
0
0
Aba Des banla jasto chha.
Hami pardesi lai pani bhot halne bebastha hos hai
netaji haru
Any way great news
By Dr. Saila
मन परे हरियो, नपरे रातो
0
0
aba sabai nepali milera afno matribhumi ko sarbhabhaumsatalai jogai rakhi santipurna ra abhab rahit nepal ko nirman garun
मन परे हरियो, नपरे रातो
0
0
great news thank you umesh ji and thank you all leader and thank’s we neapli
मन परे हरियो, नपरे रातो
0
0
Congratulations to all the Nepalese!!!
Jaya Nepal!!!
मन परे हरियो, नपरे रातो
0
0
je hos lamo pratikchya pachi desh ma shanti lyauna safal bhayeko ma girija ra prachanda lai muri muri dhanya baad didai bida chahanchuthink nepal seenepal and peace nepal
मन परे हरियो, नपरे रातो
0
0
Great News
मन परे हरियो, नपरे रातो
0
0
देशको समुन्नत,शान्त र सुदृढ भविश्यकोलागि गरिएको यो सम्झौता अबश्यपनि कोसेढुंगा साबित भएको हामिसबै नेपालि ले महशुस गरेका छौ | कार्यान्वयन पक्ष सबल रहोस | शान्तिको दियो सदा-सर्बदा झलमलाई रहोस | कोहि कसैले भविश्यमा कहि कतैपनि सोझा तर शक्तिशालि नेपालि जनता विरुद्ध रक्तपातपूण हिंसात्मक गतिबिधि संचालन गर्ने दुष्प्रयास नगरुन | सबैमा सदबुद्धि आओस | तर साना,मझौला,ठुला सबै भ्रष्टाचारीको चाहि दोहोलो काढौ | नयाँ सुनौलो नेपालको निर्माणमा सबै एकजुट भएर आगाडी पंक्तिबद्ध रुपले बढौ |
सम्झौताको पूर्णपाठ प्रस्तुत गर्नुभएकोमा धेरै-धेरै धन्यबाद तपाई लाई |
धन्यबाद !!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
good news. LG jindabad.
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा शान्ति आयकोमा हामी नेपाली मात्र होइन, नेपाल र नेपाली प्रति माया गर्ने सन्सारका धेरै बुद्धिजिबिहरु पनि खुशि छन।। आज हामीले पढेको भरमा मात्र,खुसि पाउन सकिन्न, किनकि हाम्रा नेताहरुले गर्ने काम र बाटो हमिलाइ खोलिदियेका छन्, अब हामीसबैले आ-आफ्नो छेत्रबाट सहयोगपनि गर्नु पर्छ।।हामि सम्पुर्ण नेपालिले हाम्रो पुरानो “खुट्टा तान्ने” पर्बिर्तिलाइ हटायर हाम्रा नेताहरुलाइ साथमा साथ दियर अगडि बड्नुपर्छ, अनिमात्र हामि २५०लेचाहे जस्तो “नयानेपाल”को सृजना गर्नसकिन्छ। धन्यबाद छ, हाम्रा नेताहरुलाइ।। जय नया नेपाल।।।।।।।।।।।।।।।।।।।।।।।।।
मन परे हरियो, नपरे रातो
0
0
Shanti k bal likhit patrama matra simit narahos bhanne “Shubha_Kamana”
मन परे हरियो, नपरे रातो
0
0
hi umesh jee
it is very good news for all nepali .now by the grace of god , all problem will solve automatically.
rasul from doha
मन परे हरियो, नपरे रातो
0
0
बल्ल ढुक्क भयो
मन परे हरियो, नपरे रातो
0
0
la la moj hune bhayo chhapapaamaar haru pani leiutenant captain hune bhaye prachanda le 25kg ko sripej lagaune bhayo , babu ram sreepej ko puakh milayera basne bhayo, budi sanga relax garna paune bhayo la la chha chha aaba giraja ko taalu maq aalu chadai nai falchha, madhav ko anus ma bhuikattar pasne bhayo.j hoos 15 hajar manis mare ko khera najane bhayo-tara k garne babu ra prachanda ko koi marena kyare hahahahha j hos desh maa shanti kaamwali bai aaune bhayo la moj gara mora ho.Yeso haami lai pani samjanu hola- red chhai nahannu hola hai.Thanku prachanda and Babu i salute ur master mind.Tara tapai haru le chhapaamaar ma aafno chhora buhari rakhnu bhaye ko bhaye aaja badi ejjet paunu hunthiyo.tara ladies lai ta hudina kyra panther ko pahadai hunthiyo re ni ho?Sayaad tapai le control garnu hunthiyo hola ni hoina aafno manchhe lai hos ramro bhayo.ho ho ho ho ho.
मन परे हरियो, नपरे रातो
0
0
Where is Federal Government? Autonomas? Republic? All maoist are cheater………..
मन परे हरियो, नपरे रातो
0
0
सम्झौता त भयो, तर कार्यान्वन कत्तिको हुन्छ त्यो हेर्न बाकी छ। माओबादि को बिगत को कृयाकलाप हेर्दा त मलाई अझै पनि शन्का लाग्छ। जे होस सबै कुरा लाई नकारात्मक सोचाईले हेर्नु हुदैन। आशा छ नेपाल मा अब दिगो शान्ति छाईरहनेछ।
मन परे हरियो, नपरे रातो
0
0
Aaba prachanda ra baburam le Daabaa lageko pet thulo parne bhayo ni,jungle pasera khai rakheke ko baani sarkari bhaat le feri bore garla ni je hos santi chai hune bhayo
मन परे हरियो, नपरे रातो
0
0
Congratulation to all Nepali with new Nepal.
मन परे हरियो, नपरे रातो
0
0
Nepal sarakar ra Ne.ka.pa.maowadi ko shanti samjhauta le nanya Nepal ko nirmana garna bato khuleko cha. yaslai dubai pachale acharsha palana garema nepali ko chahana pura hunnecha. From U.S.A. rishi gaire.
मन परे हरियो, नपरे रातो
0
0
i’m very happy with the news..hope nobody will kill each other.. hope there won;t the stream of blood in the country and hope there won’t any people living in fear..
Now when i’ll get to nepal i can happily visit my relatives living in the village in bhojpur again..
i’d like to congratulate everybody on this great occasion..
long live nepal.
मन परे हरियो, नपरे रातो
0
0
hey its too long…already bored in second line…haha just kidding..hope it will go into full effect..good luck to everyone…aakanshyaa…
मन परे हरियो, नपरे रातो
0
0
Happy to know the great step towards permanent peace in Nepal. Happinesses are mounted so the wishes are.Hope for best,Good luck for all/us.
मन परे हरियो, नपरे रातो
0
0
thanks a lot … i wish longlasting peace.
hemraj
kangwon national university
south korea
मन परे हरियो, नपरे रातो
0
0
Now everyone should come together to make this effort successful. Who ever now comes on the street with their personal demands should be thrashed by people. Now no more tanker strikes, no more chakka jams, no more demands from anyone. Let country gain peace first and then let it come to the track and then we make our demand. Don’t let anyone take benefit of this liquid phase. Let us all unite to make the election successful. Let all the people return to their home in peaceful way so that they can vote. Otherwise it is of no use if these people cannot return to their home.
मन परे हरियो, नपरे रातो
0
0
IT IS REAIIY GOOD SIGN FOR THE DEVELOPMENT OF NEPAL BUT BOTH THE PARTIES SHALL ABIDE THIS AGREEMENT. THE PARTY WHO DO NOT FOLLOW ,THEN HE WILL NOT BE MORE IN NEPALI POLITICS.THE NEPALI PEOPLE DEFINATELY PUNISH WHO DO NOT FOLLOW.
FORM NEW YORY.
मन परे हरियो, नपरे रातो
0
0
Wow, great news Umeshji. Now lets see how the leaders materialise their commitment into action. We must all devote our full energy in making our motherland the best in the world.
Thanks to Prachanda, Girija, 7 party, Ian Martin, India and all concerned.
Many thanks to Umeshji also for providing the update.
मन परे हरियो, नपरे रातो
0
0
And now Nepalese will be gulaam of India soon too. What else you want?
मन परे हरियो, नपरे रातो
0
0
धेरै धेरै धन्नेबाध गिरिजा बाबु र प्रचन्ढ लाइ किन क नेपाल लै शान्ति दिलौन कोसिसि गरेकाले
गरिबि नेपालि राबिन
बन्ग्लादेश ढाका
मन परे हरियो, नपरे रातो
0
0
i am very glad hearing the end of war.this is the time of unification ,reconstrution of nation and pursuit of happiness.i am not maoist supporter but i like to say they brought fertile wave in politics of nation.some people could blame they took 12,000 lives
but they broke the feudality of society.i like to give many many thanks to prachanda because he could take more lives but he came in new politics with the deep inspiration of nationlity.thank u very much prachandiji on ur understanding of people demand.maoist should play significant role if any bad game goes against the interest of nation.dont undermine maoist they fought for change and now we all r heading to get.thank u god bless nepal
मन परे हरियो, नपरे रातो
0
0
wow ! Finally the bloody war is over..This calls for a big celebration.Cheers to all Nepalese !
मन परे हरियो, नपरे रातो
0
0
good news…. as for the time being
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ नेपाली जनता ! नेपालमा अब कहिले पनि अशान्ति नहोस् । विश्वले पनि शान्तिको संभावनको आशा जगाओस् ॥
मन परे हरियो, नपरे रातो
0
0
Good initiation !!!
But let see how the peace agreement will be followed by both sides. Main problem is not “terror” but the problem is “hand which raise gun” and povertiy is the main problem. Government to the date never considered deprived people as people. If new governemt will not satiate the people aspiration, then again arms will be raised by another group or people until Nepalese people are powerful. We need to see the implementation of HLPC report by the present government. This will be the first salute to the people of Nepal by the present government if it is implemented.
Attention to all political leader including Maoist !!! Be careful and honest to the nepalese people.
Koshal, Reno NV, USA
मन परे हरियो, नपरे रातो
0
0
yesai gari santiprakriya abadi badadai jaos yehi mero subha kamana //
मन परे हरियो, नपरे रातो
0
0
**** At last, we can expect peace but how long? ***
The historical peace deal has given the democratic status for Maoists and also it has legalised all excesses and human rights violations done by Maoists.
“This moment marks the end of the 238-year-old feudal system,” Prachanda said after the deal was signed. In fact this statement is still untrue. The feudal monarchy institution has not been abolished yet.
I wish, whatever modality is used for a complete monitoring of arms management by the UN, it must ensure free and fair elections to a constituent assembly. This will become the first stepping stone for peace and stability of the country.
We have to look beyond the election of constituent assembly as well. The Maoist party should never be allowed to keep arms wing any more. We can keep our peace and freedom (Democracy) only when Maoists respect “Ballots” and stop worshiping “Guns”.
मन परे हरियो, नपरे रातो
0
0
Great!
मन परे हरियो, नपरे रातो
0
0
साच्चिकै प्रशस्त गृहकार्य गर्नुपर्ने रहेछ, केही समय लागे पनि आखिरमा राम्रो नतिजा आयो, खुशी लाग्यो।
मन परे हरियो, नपरे रातो
0
0
no audio and video?
मन परे हरियो, नपरे रातो
0
0