Users Stat

Users Online.
BuddhiSagar Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

माअ‍ोवादीबाट मानवअधिकारको गम्भीर दुर्व्यवहारः राष्ट्रसंघ

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल नेकपा-माओवादीलाई आफ्ना “कानुन कार्यान्वयन” गतिविधिहरू जुन हालै विशेषगरी काठमाडौँ उपत्यकामा तीव्र बनेका छन्, र जसबाट मानवअधिकारको गम्भीर दुर्व्यवहार भएको छ तिनलाई रोक्नका लागि आह्वान गर्दछ। उच्चायुक्तको कार्यालय-नेपाल यी समानान्तर “कानुन कार्यान्वयन” गतिविधिहरूलाई गैरकानुनी एवं अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डहरूप्रति नेकपा-माओवादीले बारम्बार व्यक्त गरेका प्रतिवद्धताहरूको उल्लङ्घन भएको ठान्दछ। यी प्रतिबद्धतामध्ये भदौ १७ गते नेकपा-माओवादी केन्द्रीय समितिको बैठकको परिणामस्वरूप जारी गरिएका निर्देशनहरू पर्दछन्। यी निर्देशनहरूमा पार्टी कार्यकर्ताहरूले अपहरण, यातना र दुर्व्यवहार गर्ने छैनन् र यस्ता कार्यमा दोषीहरूलाई जवाफदेही बनाइनेछ भन्ने स्पष्ट रूपमा उल्लेख गरिएको छ।

UNITED NATIONS
OFFICE OF THE HIGH COMMISSIONER
FOR HUMAN RIGHTS IN NEPAL

प्रेस विज्ञप्ति -२०६३ कात्तिक १५

नेकपा-माओवादीलाई “कानुन कार्यान्वयन” गतिविधिहरू रोक्न उच्चायुक्तको कार्यालय-नेपालद्वारा आह्वान

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल नेकपा-माओवादीलाई आफ्ना “कानुन कार्यान्वयन” गतिविधिहरू जुन हालै विशेषगरी काठमाडौँ उपत्यकामा तीव्र बनेका छन्, र जसबाट मानवअधिकारको गम्भीर दुर्व्यवहार भएको छ तिनलाई रोक्नका लागि आह्वान गर्दछ। उच्चायुक्तको कार्यालय-नेपाल यी समानान्तर “कानुन कार्यान्वयन” गतिविधिहरूलाई गैरकानुनी एवं अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डहरूप्रति नेकपा-माओवादीले बारम्बार व्यक्त गरेका प्रतिवद्धताहरूको उल्लङ्घन भएको ठान्दछ। यी प्रतिबद्धतामध्ये भदौ १७ गते नेकपा-माओवादी केन्द्रीय समितिको बैठकको परिणामस्वरूप जारी गरिएका निर्देशनहरू पर्दछन्। यी निर्देशनहरूमा पार्टी कार्यकर्ताहरूले अपहरण, यातना र दुर्व्यवहार गर्ने छैनन् र यस्ता कार्यमा दोषीहरूलाई जवाफदेही बनाइनेछ भन्ने स्पष्ट रूपमा उल्लेख गरिएको छ।

नेकपा-माओवादीको नेतृत्वलाई कात्तिक १४ गते पठाएको एक पत्रमा, उच्चायुक्तको कार्यालय-नेपालले अक्टोवर (असोज-कात्तिक)मा मात्रै भक्तपुर, ललितपुर र काठमाडौँ जिल्लाहरूमा ३९ व्यक्ति अपहरण भएको आफूले पुष्टि गरेको उल्लेख गर्‍यो। नेकपा-माओवादी आफैले कात्तिक ४ गते ८० भन्दा बढी व्यक्तिलाई बन्दी अवस्थामा राखिएको सार्वजनिक रूपले घोषणा गरेको थियो, जसलाई तिनले आपराधिक गतिविधिसँग जोडिएको आरोप लगाएका थिए।

नेकपा-माओवादीका कार्यकर्ताहरूले व्यक्तिहरूलाई गोप्य स्थानहरूमा एकान्त कारावासमा राखेका छन् ( यसरी मानवअधिकार दुर्व्यवहारप्रति उनीहरूको जोखिमता बढेको छ। सेप्टेम्बर (भदौ-असोज) र अक्टोबर (असोज-कात्तिक)मा उच्चायुक्तको कार्यालय-नेपालले आठ ठाउँको भ्रमण गर्‍यो जहाँ नेकपा-माओवादीले काठमाडौँ उपत्यकामा व्यक्तिहरूलाई बन्दी अवस्थामा राखेका थिए। यी ठाउँहरूमा नेकपा-माओवादीले ओगटेर बसेका कतिपय कारखानाका भवनहरू र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (एएनटीयूएफ) र अखिल नेपाल यातायात मजदुर युनियन (एएनटीडब्लूयू)लगायतका भ्रातृ सङ्गठनका कार्यालयहरू थिए। उच्चायुक्तको कार्यालय-नेपालले नेकपा-माओवादीले व्यक्तिहरूको सोधपुछका लागि प्रयोग गर्ने काठमाडौँ उपत्यकामा कम्तीमा सातवटा अन्य ठाउँ भएको रिपोर्ट प्राप्त गरेको छ।

उच्चायुक्तको कार्यालय-नेपालले चरम पिटाइलगायत दुर्व्यवहार र यातनाका धेरै रिपोर्टको छानबिन गरेको छ। उच्चायुक्तको कार्यालय-नेपालका कर्मचारीले नेकपा-माओवादीले बन्दी बनाएकाहरूमध्येमा दुर्व्यवहार र यातनाको दावीहरूसँग मिल्ने गम्भीर चोटपटक भएको प्रत्यक्ष देखेका छन्।

बन्दी बनाई राखिएका व्यक्तिहरूसँग तत्काल पहुँच प्राप्त गर्नमा नेकपा-माओवादी कार्यकर्ताहरूद्वारा उच्चायुक्तको कार्यालय-नेपाललाई कहिलेकाहीँ बाधा पनि पुर्‍याइएको छ। अक्टोबर -असोज-कात्तिक)मा कतिपय अवसरमा, “उच्चायुक्तको कार्यालयलाई विनाअवरोध कुनै पनि ठाउँको भ्रमण गर्ने स्वतन्त्रता हुनेछ” भन्ने मानवअधिकार तथा मानवीय सिद्धान्तहरूप्रतिको प्रतिबद्धताबारे वैशाख ३ गते पार्टीद्वारा जारी वक्तव्यविपरीत उच्चायुक्तको कार्यालय-नेपालले पक्डिएका व्यक्तिहरूसँगको पहुँच प्राप्त गर्न नेकपा-माओवादीको हस्तक्षेपका लागि अनुरोध गर्नुपरेको थियो। उच्चायुक्तको कार्यालयले कात्तिक १४ गते पठाएको आफ्नो पत्रमा नेकपा-माओवादीद्वारा बन्दी राखिएको अवस्थामा रहेका व्यक्तिहरूसँगको पूर्ण पहुँच उच्चायुक्तको कार्यालयलाई दिने पार्टीको नीतिबारे केन्द्रीय र क्षेत्रीय नेतृत्वबाट हालै आएका आश्वासनहरूको स्वागत गर्‍यो। तर, यस्तो पहुँच उच्चायुक्तको कार्यालयलाई आफ्नो कार्यादेश पुरा गर्न दिनका लागि तत्काल दिनु अत्यन्त जरुरी छ।

“उच्चायुक्तको कार्यालय-नेपाल पुनः नेकपा-माओवादीको नेतृत्वलाई सबै समानान्तर “कानुन कार्यान्वयन” गतिविधिहरू, र विशेषतः यातना र दुर्व्यवहारका घटनाहरू, रोक्नका लागि आहृवान गर्दछ। आपराधिक शङ्कास्पद व्यक्तिहरूलाई पक्रन र थुन्ने एकमात्र दायित्व राज्यअधिकारीहरूको हुन्छ र कानुनी शासनको पुनःस्थापनाको लागि सबै पक्षले यसको सम्मान गर्नु अति आवश्यक छ,” उच्चायुक्तको कार्यालय-नेपालकी अफिसर इन्चार्ज स्यान्ड्रा बेइडासले भन्नुभयो।

For further information contact Mr. Kieran Dwyer at OHCHR-Nepal:
Tel.: 428 0164 (Ext. 321) – Mobile: 98510 14263

Related posts:

  1. नेपालीलाई राष्ट्रसंघ महासचिवको सन्देश
  2. 'श्रीमान् गम्भीर..' नेपालमा हट्यो, अमेरिकामा हटेन
  3. एमालेमा भने गम्भीर मतभेद
  4. इन्द्रजात्रामा पनि 'श्रीमान् गम्भीर..' नै
  5. युवराज पारसमाथि भारतीय वेबपत्रिकाद्वारा गम्भीर आक्षेप

9 comments to माअ‍ोवादीबाट मानवअधिकारको गम्भीर दुर्व्यवहारः राष्ट्रसंघ

  • maobadile jegaryo tyo thikai gardai chha kawa karaundai garchha pina sukdai garchha hatisakeko rajtantralai bachaunu khojne mandaleharulai aka ekgarera sidhaunu parchha ra tyomandaleko sidha sadha sarbaharaharulai pani samjhaunu parchha teti gardapani bhayena bhane sidhaidinu parchha aaja bhanda pahile pandhra barsha pahileko malai ahile yaad aaunchha sankhuwa sava jillako nudhaki gaunbhannema ak tatopani bajar lagthiyo teha autale gitarlera janageetgayeko thiyo teha herne manchhe thuprai thiye tyo geet gaundagaundai kehi chhin pachhi pulishharu aayera tiyo manchhelai samatna khojyo tara samatna sakena tes pachhi teha herneharulai nirdosharulai danthi danthile kuteko thiyo tyo ahile pani malai yaad aaunchha tesaile malai lagchha jantako chahana pura garhune arukunai bikalpa chhaina matra maobadi ho kehi paunu chhabhane kehi gumaunu parchha jantale pani yo sochnu parchha
    rcc dharan – 5

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • rajan subedi

    Umesh ji
    i am also against with the present activities of maiost in the different places of the nepal.the abducted different people in charging different blames and beated them cruely.it shows that the maiost are not serious about the peresent talk.
    in other hand the maiost leaders have the double standa4red about the present activities because without odering these things willnot posible in the heart of kathmandu.If they are really serous about the present chahous of the society then they are also independent to investigate any ¨matter but they must provide the acess of UNHCHR for monitor.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jharana Adhikary (ashadhikary@yahoo.com)

    Rajtantra ra Maobadi Tantra..

    There will be no difference between Rajtantra and Maibadi Tantra. Both are Autocratic, anti democratic, Rustic and so more.

    The persons who run the Peoples’ court (JANADALAT) are such guys who don’t know what is human rights and never want to know. The court they termed Peoples’ court is not a people court that is Jungle’s court, where the Lion ( the king of Forest) make any decision and the punishment is of course death/amputation or such non-human (Jungli).

    So any Mao badi who doesn’t agree write to me in this blog. If you agree do the best what you can to improve your Party’s image! Thats my request!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • काठ्मण्डौँको गतिबिधी मात्र देख्न्ने रहेछ उच्चायुक्तको कार्यालयले? मोफसलमा दिनहुँ माओबादीहरुद्वारा गरीएका दर्जनौँ ज्यादतीहरुका बारेमा पत्रपत्रीकाहरुमा प्रकाशीत समाचारहरु के झुठा हुन्? अनि कति प्रतिशत् घट्नाहरु मिडियासम्म आईपुग्छन हामिकहाँ भन्ने कुरा त जगजाहेरनै छ । वास्तवमा यति धेरै सास्ति ज्यादती र त्रासदी नेपाली जनताले ईतिहाँसमा कहिल्यै भोगेका थिएनन् । एकादेशमा एउटा मान्छे अकारण मर्‍यो भने गाइनेदाईले गाउँ-गाउँ ,घर-घरमा बर्षौँ सम्म गीत गाएर जिविकोपार्जन गर्थे ,हामी ध्यान दिएर सुन्थ्यौँ, र कथाहरु बन्थे कहानी लेखिन्थे । अहिले आएर माओबादीहरुले मान्छेको जिन्दगिलाई खशि-बोका सरह ठान्दछन । मृत्यू र लाशहरू त बर्तमानमा सामान्य हुन पुगेको छ । छिमेकमा देखादेखि लाश परेको छ आँखाले देखेको छ तर बोल्न सक्दैन ! नेपालीलाई यति निष्ठूर र सँबेदनाहीन त २३७ बर्षे राजतन्त्र मात्र होइन १०४ बर्षे राणाकालले पनि गराएको थिएन । अपहरण ,बलजफ्ति, आतङ्क ,कुटपिट र जबरजस्ति चन्दा त माओबादीहरुको कचहरिमा दरपीठ हुने केसहरु हुन । यो कस्तो खालको शक्ती हो जो फाँट फुकेको साँढे सरह छ । विधि-विधानको मतलब छैन,सामाजिक मुल्य-मान्याताहरु को कुनै महत्व छैन ,र मान्छे र सभ्यता सँग त सबै भन्दा ठुलो दुश्मनी छ !! र पनि सबै भन्दा राम्रो आफैलाई ठान्दछ !!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Marconi

    KING VS MAOIST
    ______________

    Umesh Je, News J sukai hos, duee maddae Jo sukai ko barema hos, tara tapai ko blog ma comment garne haru Ki chai KING ka supporter hunchan, ki chai MAOIST ka.
    Godawari ra Bhairawnath dubai Nepal ko Itihash ka kalanka hun.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ram

    UNHCR neapl has raised real and important question and must have been done by our human right activists. They shout at NA but donot speak single word againts maoists atrocities. Somebody from outside should spaek about notority and actually anarchy and chhadapan of maobaadi.
    Hope that they will listen otherwise they will strenthen the impression put forward by Moriaty.
    morning shows the day. Moaist’s activites in last 6 months do not give hope ….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Mitu khanal

    This is like as our expectioin. i am not expecting better things from such “Jungali”.
    Now, they are not in full power, eventhough they are doing such things, we cannot imagine what will they do after getting the power.
    Only person that can protect us in this situation is our PM ( along with SPA) by technically separating their arms.Otherwise, if we give power to them,Nepal won,t be there after six month.its my challenge to us…….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • infidel

    तात्तो न छाराको समानान्तर सरकारलाई UNOHCR ले अलिकति भएपनि थर्काएको देखेपछि एकनाशे मानवाधिकार को मन्त्र जप्दै हिँड्ने हाम्रा मानवाधिकारीहरुलाई पनि अलि जाँगर आउने हो कि ? भैरवनाथ गणको मात्रै चश्मा लगाएका बन्धुहरु त्यो भन्दा बाहिर गोदावरीतिर पनि हान्निने हुन् कि , हेर्दै जाउँ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • They were going beyond limit. This attempt was must.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes