-उही कुमार लामा-
नेपालमा २०६३ सालमा बडो उथलपुथल भयो। श्री ५ महाराजाधिराज ठकुरी माइलाको दर्जामा घटुवा भए, अर्थात् प्रचण्ड प्रतापि भूपति भूपतिलाल भए। यस परिवर्तनले नेपाली भाषा र शैलीमा समेत परिवर्तन ल्यायो। प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूले पुराना उखान-तुक्का काम नलाग्ने ठानी तिनलाई नेपालको राजनीतिक वातावरण सुहाउँदो निम्नानुसार परिवर्तन गरेका छन्। परिवर्तित उखान-तुक्का स्कूल र कलेजका नेपाली विषयमा तत्काल समावेश गरिने भएको छ। स्कूल छाडिसकेका तथा सर्वसाधारण सबैको जानकारीका लागि परिवर्तित उखान-तुक्का सञ्चार माध्यममार्फत् प्राज्ञहरूले सार्वजनिक गरेका छन्।
हिस्स बुढी हरियो दाँत – २२ कातिक २०६३ को सरकार-माओवादी सहमतिलगत्तै फेरिएको चिम्से एफ (फटाहा) “मोरा”यार्टीको दाँतको रंग।
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ – जनता गणतन्त्र भन्दै गर्छन् लडिजाफसाद राजतन्त्र अलाप्दै गर्छ।
नखाउँ भने दिनभरको सिकार खाउँ भने कान्छा बाको अनुहार – मालदाइवादी भनूँ भने १० वर्ष लडेको माओवादी, गणतन्त्रवादी भनूँ भने लडिजासँग नजिकिएको पनि त्यही माओवादी।
भीरको चिण्डो उँधो न उँभो – २०६३ को नेपाल गणतन्त्र न लोकतन्त्र।
कहीँ नभएको जात्रा हाँडीगाउँमा – कहीँ नभएको मूर्तिचोर नारायणहिटीमा।
गर्ने-वर्ने हनुमान पगरी गुथ्ने ढेँडू – बन्दुक हान्ने छोरो श्रीपेच लाउने बाउ।
ढेँडूको पुच्छर लट्ठी न हतियार – बांगेको श्रीपेच टोपी न सुरुवाल।
आफैं त महादेव कसले देला बर? – मुण्टो हेर्दै बांगे माइला कसले मान्ने महाराज?
हात्ति छिर्यो पुच्छर अड्कियो – आन्दोलन सिद्धियो बांगे अड्कियो।
काँक्रा चोरलाई मुड्के सास्ति – मूर्तिचोरलाई गणतन्त्रको सास्ति।
दसा लागेको स्याल शहर पस्छ – जेठ १९ मा दसा लागेर नारायणहिटी छिरेको भूपतिलाल माघ १९ मा कू गरेर गणतन्त्र निम्त्याउँछ।
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर – भटट पार्न लगायो दरबारतिर आफू लुक्यो एयरपोर्टतिर।
नमच्चिने पिङ्को सय झड्का – मूर्ति र गाँजा बेचेर पुगेन बन्दुक भटट पड्का।
लुटको धनले फुपूको श्राद्धः ठूलदाइसँग लुटेको धनले ठूलदाइकै श्राद्ध।
नगद देख्दा महादेवका तीन नेत्र – बाफरे बाफ! त्यस्तो देख्दा ठकुरी माइलाको त झन चारै नेत्र हुन्छन्।
धोवीको कुकुर घरको न घाटको – नारायणहिटीको माइलो हिन्दू सम्राट न सेरेमोनियल किङ्।
हात्ति छिर्यो बजार कुकुर भुके हजार – मुलुकभर आन्दोलनकारी उर्ले लाखौं-हजार, माइला र माइली उडे पोखरा बजार।
कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखे पनि बांगै – बांगेको मुण्टो ५९ वर्ष कोसिस गर्दा पनि सोझिएन।
ओह्रालो लागेको मृगलाई बाच्छाले लखेट्छ – नारायणहिटीमा लुकेको ब्वाँसोलाई अढाई करोड नेपालीले लखेट्छन्।
भिर ताक्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न – बांगेलाई समातेर नक्खु खोरतिर हुल्न सकिन्छ कतारतिर भाग्ने मौका दिन सकिन्न।
अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ – बिस लाख जनताले झण्डै फ्रान्सेली क्रान्ति सम्झाएको बांगोमुण्टे जनआन्दोलन- ३ सुन्दा मुर्छा पर्छ।
नाच्न जान्दैन आँगन टेँडो – डिस्कोमा नाच्न जान्दैन बन्दुक पड्काउँछ भेडो।
मामाको घोडा मेरो हिँहीँ – रक्ताम्य श्रीपेच भूपतिलालको टाउकोमा छिःछिः।
भदौमा आँखा फुटेको गोरु सधैँ हरियो देख्छ – पञ्चायत कालमा आँखा फुटेको ठकुरी माइलो आजीवन तानाशाही व्यवस्था नै देख्छ।
अरूलाई के धन्दा घरजुवाइँलाई खानको धन्दा – जनतालाई गणतन्त्रको धन्दा लडिजालाई दरबारको फन्दा।
ताक परे तिवारी नत्र गोतामे – ताक परे दोहा (कतार भाग्ने) नत्र नक्खुवास।
लोभीको धन पापीले खान्छ – ठूलदाइको धन मालदाइले चपाउँछ।
कागलाई बेल पाक्यो हर्ष न विस्मात – गणतन्त्र आउनै लाग्यो तास खेल्दै ठस्-ठस् बस्ने माइलीलाई हर्ष न विष्मात।
मर्ने बेलामा हरियो काँक्रो – थोते हवल्दारले ८४ वषर्को उमेरमा चपाएको फल।
अन्त्यमाः-
आमाको दुधले पुगेन बाउको घुँडा चुस्ने – जनआन्दोलन- २ ले लोकतान्त्रिक गणतन्त्र ल्याएन भने जनआन्दोलन- ३ थाल्ने।
उही कुमार लामाको सम्पर्कः- kumarlama75@gmail.com
(१६ मंसिर २०६३)
No related posts.









sarai ramro kumar jee
la yeuta copy narayanhiti pathaunu paryo. sake bange pani padhera murchha parchha hola.
je hos malai sarai man paryo yo naya ukhan tukka.
suvas
मन परे हरियो, नपरे रातो
1
0
माम्पाख कुमारलामा दाई (माफ गर्नुश मजाक गरेको क्या) ! यसरी पनि लेख्ने ? बिचरा माईलादाईलाई कस्तो रिस उठेको छ होला अहिले /
फेरि कु भयो भने हाम्रो त हाड छाला काड्छ होला है?
मन परे हरियो, नपरे रातो
0
0
केपी ढुंगानाजी, तपाईं काम गर्ने अखबारका सम्पादकलाई नै मैले भर्खरै फोन गरेर उखान तुक्का हो कि टुक्का भनेर सोधेँ। उहाँले तुक्का हो भन्नु भयो। तै पनि मेरो अनुरोधमा शब्दकोष नै पल्टाएर भन्नुभयो, “दुबै चल्ने रहेछ।” अब त चित्त बुझ्यो कि तपाईंको? नत्र तपाईं आफैँ पनि शब्दकोष पल्टाएर हेर्नुहोला। अनि अलिक बुझेरमात्रै कमेण्ट लेख्ने पो हो कि?
मन परे हरियो, नपरे रातो
0
0
What kind of grammar are you talking about Ajay Dhakal? Do you mean that above article has been written in wrong gramatical form? Then, I should feel pity on you. After all this is just a phrasal collection and has not much to do with grammar.
If your suggestion is that the term “Tukka” should be with hard T then that is spelling problem, but NOT grammar.
I’m also not sure as Kumar Lama, whether the Tukka should be with hard T or soft T. But it is ukhan tukka, not only ukhan. KP Dhungana, did you really check on Nepali dictionary? I seriously doubt you.
With apology, a request to you guys to grow up. Read properly before writing any comment.
मन परे हरियो, नपरे रातो
0
0
खै त, कसैले पनि कुमार लामाजीले भने जस्तो बृहत नेपाली शब्दकोश हेरेर तुक्का हो कि टुक्का भनेर पुष्टि गरेनन् त। आफ्नो साथमा त्यो शब्दकोश छन त थियो तर हरायो। कसैसँग शब्दकोश छैन कि के हो ?
मन परे हरियो, नपरे रातो
0
0
Sushila Timsina ji malai mail garnus na mero e-mail binas_timsina@hotmail.com
मन परे हरियो, नपरे रातो
0
0
दू:ख पाइस् मंगले आफ्नै ढंगले-शान्तिको बाटोमा आए माओबादी, माइलाको माघ १९ को “कू”ले।
मह काढ्नेले हात चाट्छ–१२जना दाजुभाइ मार्नेले श्रीपेच लाउछ
दूधको साक्षी बिरालो – ठकुरी माइलाको साक्षी काजु कान्छा
म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो- जनता ताक्छन् गणतन्त्र लडिजा ताक्छन् राजतन्त्र
मन परे हरियो, नपरे रातो
0
0
very good ,excelent
please keep it up
hahahahaha ………..nice
¨thanks for kumar lama and thanks for umesh jee
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
kumar jee loktantrik ukhana tukkako lagi dhanyabad tara badhi nai bhyo bhane namitho pani huna sakchha ni, to pani khayal garnus hai.
Japan
मन परे हरियो, नपरे रातो
0
0
I agree with K.P. Dhungana. If you are presenting your views in a blog that has thousands of visitors, you should be aware of basic grammatical things.
About the content, some are funny but some more are just added to increase the number, just like the movie “Borat”
मन परे हरियो, नपरे रातो
0
0
यसरी ब्लग लाई हल्का कुराहरु लेखेर फितलो पार्न भयननि? अहीले रमाइलो गर्ने बेला हैन लामा जी, सक्नुहुन्छ भने राख्त्रीय गान परिवर्तन गराउन पहल गर्नुस् । । ।तपाईं को मन अल्झेन र नयाँ रस्त्रीय गन पढेर??????????????
Rajendra
मन परे हरियो, नपरे रातो
0
0
कुमार लामाजी सुनेको भरमै लेख्नु मलाई अलि उचित लागेन तर पनि हसिमजाकमा लेखेको भन्नु भएको रहेछ । । त ठिकै छ मेरो कुनै गुनासो छैन । तर ठकुरी माइला राजा भएपछि कतार आउँदा यहाँको परराष्ट्र मन्त्री को पि. ए. लाई भेट्न पनि हम्मे परेको कुरा कतार बासी नेपाली हरु को माझ लुकेको छैन । इज्जत जोगाउन को लागि दोस्रो पटक कतार छिरेको हो । ठुलो रकम खर्छ गरेर यहाँ explorer 75 हो कि …….. त्यस्तै मैले नाम चाँही बिर्सें प्रोग्राम C.T. Centre म गरेको थियो। दरबारको ठुलो रकम बाट यहाँ stall राखेको थियो त्यो यहाँ को नेपालीलाई शायदै सम्झना होला । किन कि माइला निस्कनु भन्दा पहिले नै stall बन्द गर्ने सुर कसी सकेका थिए । हामी कतार मा 1.5 लाख नेपाली छौ । ठकुरी माइलाले यहाँ कुनै पनि हालतमा ठाउ पाउदैन ।
रह्यो कुरा होटलको तपाईंले भन्नु भए जस्तै पुष्टी गर्न गार्हो छ । मैले भ्याए सम्म खोजी गर्ने छु ।
धन्यवाद
_________________________
Deepak, Doha, Qatar, 5961286
मन परे हरियो, नपरे रातो
0
0
खोला तर्यो लौरो बिर्स्यो:- जन-आन्दोलन २ सफल भयो छेपारे नेताहरुले जनभावना(लोकतान्त्रिक गणतन्त्र)बिर्स्यो.
मन परे हरियो, नपरे रातो
0
0
Kumar jii, its really nice. aba 100% ta perfect nai k po hunchha tara pani keep it up.
Yo negative thinking tyagau sathiharu ramro prayash lai ramro nai bhannu parchha. “jasko khayo usko nai kubhalo chitayo” bhane yastai hunchha. Hamrai tax bata palinu parreko chha ajjha hamilai nai das banauna khojda kaha pachha yaslai. ‘chokta khana gaki budi jhol ma dubera mari” bhaneke yastai ho. khub tyaslai jestha 19 le matra napugera magh 19 machhaunu pareko thiyo.
मन परे हरियो, नपरे रातो
0
0
माथिनै हासो ठट्टा भने पछि असलाइ जे पायो त्यहि भन्न मिल्दैन के पि ढुङ्गाना जी।
ठट्टा भए पनि ठटाको जस्तो छ। राम्रो छ।
मन परे हरियो, नपरे रातो
0
0
Sorry for typing erron. The correct typing is:
“For example, the patriotic jaya desh, jaya naresh (Hail to the country, Hail to the Crown) went out of fashion in 1990 when the sovereignty of Nepal was transferred from the King to the people.”
Thanks.
मन परे हरियो, नपरे रातो
0
0
Dear Kumarji,
Your use of the word “tukka’is appropriate.
“ Tukka is a Nepali term reffering to idiomatic expressions. It also can refer more broadly to proverbial phrases, comparisons, and conventional similes and metaphors. Hence, a tukka, which may be a compound word or a group of words, is a building block of aesthetic folk expression. Tukka are frequently used as aesthetic drevice in Nepali folk song and narrative.—— Some tukka are popular and lasting, others appear, then go out of fashion. For example, the patriotic jaya desh, jaya naresh (Hail to the country, Hail to the Crown) went on fashion in 1990 when the sovereignty of Nepal was transferred from the King to the people.”
from South Asian Folklore Encyclopedia published by Routledge, New York, USA.2003. Pages 618-9.
मन परे हरियो, नपरे रातो
0
0
राम्रो छ धेरै नै ! तर कतिमा चाहीँ कुमारजीको शब्द चयनगर्न असुहाउँदो लाग्यो । वहाँको मसला फेरेर लेख्ने कला कसरी फुर्छ कुन्नि ! सधैँ नयाँ नयाँ स्वादमा निकाल्नु हुन्छ । बधाइ छ कुमारजी !
मन परे हरियो, नपरे रातो
0
0
Dear Friend,
Great Effort for creating 2063 edition of our old ukhans. But I request u not to use too low words for anyone as this may cause embarrassment to jana andolankaris.
Durbar Ukhans r typically great!! Keep it up.
मन परे हरियो, नपरे रातो
0
0
दीपक (दोहा) जी,
जनआन्दोलन- २ ताका त्यस्तै परे ठकुरीमाइलाले कुलेलम ठोक्ने कुरा सुनिएको थियो (बैशाख ११ गते राति लम्पसार नपरेको भए अर्को दिनको दृश्य अर्कै हुन सक्थ्यो)। कता भाग्लान् त उनी भनेर मैले नेपालका साथीहरूलाई सोधेको थिएँ त्यो बेला। उनीहरूको जवाफ थियो, “दोहा (कतार) भन्ने सुनिन्छ।”
दोस्रो, लण्डनस्थित एक स्रोतले बताएअनुसार डिस्को विक्रम गैँडा घिसार्दै भियना जानु एउटा बाहनामात्रै थियो, मुख्य उद्देश्य त दोहामा एउटा पाँचतारे होटेल किन्नु थियो। भियना पुगेपछि डिस्को दम्पति निकै दिन बेखबर भए। पछि पेरिसमा झुलुक्क देखा परे अनि त्यसपछि दोहामा। बीचमा कता हराए त? रहस्य छ पक्कै। यद्यपि दोहामा होटेल किनेको कुरा आजसम्म अपुष्ट नै छ (त्यसो त यिनीहरूको काम पुष्टि गर्नु सजिलो छैन)। त्यसैले मैले दोहा जाने कुरालाई हँसीमजाकका रुपमा प्रयोग गरेको हुँ। दीपकजी, बरू तपाईं भतिजो (मालदाइको छोरा) ले त्यता पाँचतारे होटेल किनेको कुरा खोजबीन गर्ने प्रयास गर्नुहोला। ठकुरी माइला भटटपछि २ पटक कतार गएका छन्। शायद कतारमात्रै एउटा मुलुक हो, जहाँ उनी राजा भएपछि दोहोर्याएर गएका छन्।
उखान तुक्का कि टुक्का? मसँग साथमा बृहत नेपाली शब्दकोष छैन। धेरै अघि हाइस्कूलमा पढेको मेरो सम्झना सही हो भने तुक्का हो। तर म यकिन गर्न भने सक्दिनँ। कसैले बृहत नेपाली शब्दकोष हेरेर पुष्टि गरे हुने थियो।
मन परे हरियो, नपरे रातो
0
0
Its nice Kumar Ji,,,, Keep it on and Analyze Them as they are…
Thanks
मन परे हरियो, नपरे रातो
0
0
कुमार ब्रो
एकदम राम्रो लाग्यो । कहिले काही लाईफ मा हसी मजाक पनि चाहिन्छ यार । एक दुई जना ** थकुरी हरु लाइ मन परेन भए परेन । न पर्दै गाह्रोस् । तीन हरु लाइ मन पर्ने कुरा पनि भएन । किन भने तीन हरु को काका मामा को कुरा पर्यो नि त । तर दाल गल्दैन । लेख्दै गर्नु एस्तो एथार्थ को कुरा हसी मजाक मा । Good Job !!
मन परे हरियो, नपरे रातो
0
0
कुमारजी को स्वर्णीम भण्डारमा अर्को एउटा थप:
चोक्टा खान गएकी बुढी झोलमा डुबेर मोरी – सत्ता हतीयाउन गएको ठकुरी माइलो गणतन्त्रमा डुबेर मोर्यो।
मन परे हरियो, नपरे रातो
0
0
कुमार लामाजीको लेख मलाई राम्रो लाग्छ । र यो प्रयास पनि राम्रो छ । तर कुमार लामाजी तपाईं ले जहिले पनि नराम्रो ठाउको उदाहरण दिदा किन दोहा, कतारको मात्र नाम लिनु हुन्छ किन होला? के दोहा, कतार नर्क नै हो? तपाईं को हेराइ मा दोहा, कतार भने के हो? के दोहा मा बस्ने सबै नेपाली नरकिए जीवन बिताई रहेका छन्? दोहा, कतार लाई तपाईं क सम्झनु हुन्छ? कृपया एस्को जवाफ दिनु होला ।
Deepak, Doha, Qatar, 5961286
मन परे हरियो, नपरे रातो
0
0
kumar lama ji ko ukhan and tukka katipaya kurama milena . sahi thauma pryayog bhayena .
मन परे हरियो, नपरे रातो
0
0
sorry,, that is “democracy”
मन परे हरियो, नपरे रातो
0
0
ohhhhhhh , what are all theses stuff??? Nothing news at all. Je payo tyai,, perhaps this is demecracy.
मन परे हरियो, नपरे रातो
0
0
i donot like this, probably you might say me mandale.
it is upto you to define what is mandale or not.
मन परे हरियो, नपरे रातो
0
0
एउटा कपी नरायणहिटि तिर पठाइलदीनु पर्यो सायद् माइलो पनि केहि क्षणलाइ हास्नेथियोहोला
मन परे हरियो, नपरे रातो
0
0
म गर्छु आग्राको कुरा, तं गर्छस् गाग्राको कुरा। – जनता गर्छन् गणतन्त्रको कुरा, लडिजा गर्छन् सेरेमोनीयल मोनार्कीको कुरा।
मन परे हरियो, नपरे रातो
0
0
हो..हो.. उखान-टुक्का नै हो तेस्को सही नाम।
तेस्ता छोटा मोटा कुरा सच्याउन तीर न लागौं साथी हो, ब्लग को मर्म बुझौं।
१-२ छोडेर सबै सटीक छन्। असाध्य राम्रो कुमार जी, Good Job! ।
सागर
मन परे हरियो, नपरे रातो
0
0
A Hindu Dog sorry God king will not escape to Doha, he will rather go to Benaras.
anepali in USA.
मन परे हरियो, नपरे रातो
0
0
ब्लग भन्दैमा जे पायो त्यही शब्द प्रयोग गर्न त भएन नी हो । जेमा पनि परिवर्तन गर्न खोजेर जोक्कर बन्नुभन्दा सच्याउनु राम्रो । यो तुक्का भन्ने शब्द कुनै शब्दकोषमा छैन । तुक्का हैन साथि उखानसंग आएको शब्द भएको कारण कतै टुक्का होकि भन्ने मेरो सोचाइ हो । कतै सच्याउने हो कि !
मन परे हरियो, नपरे रातो
0
0
great njob kumarbhai’
go ahead…
मन परे हरियो, नपरे रातो
0
0