मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    भूपू सैनिक र प्रहरीको मुठभेड (भिडियोसहित)

    यहाँ प्रस्तुत गरिएको भिडियो ब्लग सोमबार सर्वोच्च अदालतअगाडि गरिएको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको हो। सैनिक कल्याणकारी कोषलाई पारदर्शी बनाउनु पर्ने माग राख्दै ४ वर्षअगाडि दायर रिटउपर छिटो सुनुवाई हुनुपर्ने माग राख्दै भूपू सैनिकहरुले सर्वोच्च अदालतको प्रवेशद्वारमा ताला लगाइदिएका थिए। त्यसपछि प्रहरीले ज्यादै नराम्रो किसिमले दमन गरेर उनीहरुलाई हटाएको थियो। यस क्रममा दर्जनौँ घाइते भए। भूपू सैनिकहरुले पनि प्रतिकार गरे। यहाँ सबै पक्षले हद नाघेको देखिन्छ। एउटा अदालत, जो ४ वर्षदेखि दायर मुद्दाको सुनुवाई गर्दैन, अर्को प्रदर्शनकारीहरु, जो न्यायालयको प्रवेशद्वार मै ताला लगाएर केही कानुन व्यवसायीहरुको भाषामा ‘स्वतन्त्र न्यायपालिकाको मर्यादाविपरीत’ काम गर्छन्। अनि अर्को प्रहरी, जसलाई भीड नियन्त्रण गर्ने भन्यो कि उही टाउकोलगायतका संवेदनशील अंगमा लाठी हिर्काउने शैली मात्र आउँछ।

    प्रहरी हस्तक्षेपको भिडियो हेर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुहोला। कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिची केही क्षण डाउनलोड भएपछि पुनः सोही बटन थिचेर हेर्नुहोला।

    [भिडियो र फोटोका लागि रमेश कार्कीलाई धन्यवाद]
    मानवअधिकारका लागि राष्ट्रसंघीय उच्चायुक्तको नेपालस्थित कार्यालयले समेत प्रहरीको भीड नियन्त्रण गर्ने शैलि ठीक नभएको वक्तव्यमा उल्लेख गरेको छ। केही दिनदेखि विद्यार्थीहरुको आन्दोलनमा पनि प्रहरीले उस्तै किसिमले हस्तक्षेप गरिरहेको छ। विद्यार्थीहरु पनि सडक अवरोध गर्न टायर बालेर आफ्नै स्वास्थ्यमा समेत हानी पुर्‍याउने काम गरिरहेका छन्। उच्चायुक्तको कार्यालयले विरोध प्रदर्शनमा शान्तिपूर्ण तरिका अपनाउन पनि आग्रह गरेको छ।

    सोमबार भएको प्रदर्शनपछि मंगलबार सर्वोच्च अदालतले ४ वर्षदेखि थन्किएको मुद्दामा सुनुवाई गर्दै सैनिक कल्याणकारी कोषलाई पारदर्शी बनाउन र लेखापरीक्षण गर्ने सरकार र सैनिक मुख्यालयलाई आदेश दियो। यसले आफ्नो माग पूरा गराउन हिंसात्मक प्रदर्शन नै गर्नुपर्छ कि भन्ने गलत सन्देश पनि गएको देखिन्छ। के सोमबार त्यो प्रदर्शन नभएको भए मंगलबार त्यो रिटमा सुनुवाई हुन्थ्यो होला त ?

    सुनवाई त भयो, तर त्यसको कार्यान्वयन कसले गर्ने ? राष्ट्रसंघीय शान्ति सेनामा जाने सैनिकहरुले कति तलब र सुविधा पाउँछन् भनेर सरकारलाई त थाहा रहेनछ। त्यो तलब र सुविधाबाट कति रकम काटेर कल्याणकारी कोषमा राखिएको हो र त्यो कोषमा कति रकम छ र कसको कल्याणका लागि त्यसको उपयोग भइरहेको छ भन्ने यावत कुराहरुलाई सर्वोच्चको यो एउटा आदेशले सार्वजनिक गर्छ होला त ?

    No related posts.

    11 comments to भूपू सैनिक र प्रहरीको मुठभेड (भिडियोसहित)

    • Krishna Paudel

      Ex Army’s money goes to their boss and bosses’ wife. They all have link to palace. The NA ( name changed for everything is same) is in cotrol of few top notch people and large number of NA service holder get cheated, although they claim that they have high esteem and good record.
      And, the court is just a puppet or will be happy with some money or life threat. Why to deliver justice by loosing big sum or face risk in life.

      If you are happy, others must be happy.
      One days we have to see the judge will come out in street protest demanding that nobody follows their order or a good environment should be there so that they can do whatever they can.

      Due to maoist war about 13000 people have died. More are suffering indireclty. For that about 50% death government is responsible. But the more serious fact is that far more people are dying and will continue to die due to injustice of various sort but we don’t see it. Nothing will change until we realize that and work for real peace.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pralaya

      LOKTANTRA AYE PACHII KO NEPAL PRAHARI KO LOKTANYRIC UPAHAR, ANI HIJO KO DAKA KAMAL THAPA RA YO AHILE KO CHORR KRISHANA PRASAD SITAULA LA MA K FARAK CHAA ….. BICHARA GARIB VUPU SAINIK LE NYAYE NA PAYAPACHII K GARUN TA ? YINI HARU LE PANI BANDUK UTHAYOUNU NAI PAR KOO KI? ANI AHILE KO YO DAKA GRIYA MANTRI LAI MATHI RAJENDRA JI VANE KAI JHAI LATHI CHARGE GARNA KASALE ADIKAR DIYOOOOOOO ? YEHI HOLA LOKTANTRIC SARKAR VANE KOOO ? SATA MA PUGE PACHII SABAI TEHI KAMAL THAPA KAI ARKOO RUP HUNNNN , SAB CHORR DAKA …..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      Rajendra K.C. Timi ta Germany ma raichau.
      4 Barsa samma pani mudda ko sunuwai nagarne adalat ma timro bua pani kaam garchhan ki k ho??? ra lathi charge garera manchhe ghaite banayeko timilai thik lagyo!!!
      Yestai chha Nepali Bureaucracy todphod nabhai kehi kaam nagarne
      tesaile pani we need complete structural reform in all sector of our nation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ए कृष्ण जङ रायमाझि ज्यु,
      तपाईं र तपाईंको आयोग ले दोशी ठह्राएका २०२ जना को सुची म अर्को एक जना मान्छे को पनि नाम थप्नुस् त ,त्यो हो अहिले को गृह मन्त्री
      कृष्ण सिटौला,यती धेरै लठ्ठी बर्षाउने जिम्मा ,दिने उ र कमल थापा म के फरक भयो र ? ४ बर्ष देखि बोरा मा हालेर राखेको कुहिना लागिसक्दा पनि सुनुवाई नहुने अदालत को ढोका मा जानु एकदममै राम्रो काम गरेका छन | त्यो कुरा भोली पल्ट को सुनुवाई ले नै डेखाएको छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hendrix

      THE INHUMANE ATTITUDE OF POLICE IS ONE OF THE MAJOR FACTOR OF ORIGIN OF MAOIST FORCE.

      APPLYING PRESSURE FOR CONTROL OF RIOT IS OKAY BUT, ONCE THESE RIOT POLICE ARE LINED UP, THEY ARE ALWAYS KEEN TO BEAT PEOPLE UP, BE IT A CROWD IN A SOCCER FINAL, OR ANY EVENT. I HAVE BEEN BEATEN AND CHASED FOR THE ONLY REASON OF BEING PRESENT THERE; THEY HIT YOU SO HARD THAT YOU’LL PROBABLY END UP IN A PART OF YOUR BODY DEFORMED OR AT LEAST, REMEMBER THE BLOW FOR THE REST OF YOUR LIFE TO HATE THEM.

      THE JUSTICE SYSTEM IN NEPAL SUCKS. IN MOST CASES, IT SEEMS LIKE IT DOES NOT MATTER IF IT IS THERE OR NOT. THE MOST UNFORTUNATE THING IS ‘POWER OF TRUTH AND RATIONALITY’ THAT SHOULD HAVE BEEN VITAL FOR JUSTICE IS LAUGHED AT AND CHALLENGED MORE FREQUENTLY.

      THE LEFTOVER SOCIETAL VALUES AND ORIGINALITY OF NEPALESE SOCIETY IS DEGRADING, EVEN THOUGH MINOR SUPERFICIAL ‘AWARENESS’ HAS BEEN FELT.

      NEPAL WILL NEVER PROSPER AND BECOME A GLORIOUS NATION, NOT EVEN FOR SEVEN GENERATIONS FROM NOW, AND WE ARE JUST TRYING TO FEED OURSELVES TEMPORARY HOPES OF A BETTER LIFE AND SYSTEM.

      I HATE TO SAY ALL THESE THINGS, BUT I FEEL IT THIS WAY. I MIGHT BE WRONG BUT THE REALITY WON’T BE ANY BETTER, I GUARANTEE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डिल्लि

      यस मुठभेडमा हुनसक्ला किनेका र किनिएका मानिसहरु पनि छन् तर पनि भु पु सैनिको ४ बर्ष अघिको मुद्दामा फैसला दिन नसक्नु मुख्य कारक हो जस्लाई कसैले हातमा लिएकै किन नहोस् । सामान्य भन्दा सामान्य कुरामा सम्झौता भएको हुन्छ र त्यसमा दुबै तर्फीलाई पूर्ण जानकारी हुन्छ । सरकारी निकायले अटेर गरि सम्झौता उपलब्ध नगराउनु र त्यही अवस्थामा अदालतले फैसला नदिकनै मुद्दा थन्क्याएर बर्षौ सम्म पीडितहरुलाई न्यायवाट बन्चित गराउनु न्यायिक अपराध नै हो । अझ ४०-५० बर्ष सम्म मुद्दा नछिनिएका वा अन्यायिको पक्षमा भएका फैसला अनगिन्ति भएको उदाहरण हाम्रा सामु यथेष्ट छन् । त्यसैले कानुनु राज्यको कुरा गरेर मात्र हुदैन । बिना दवाब कुनै पनि काम कार्यवाही समय सिमा भित्र हुन्छ भन्ने कल्पना गर्नु नै बेकार भैसकेको छ हाम्रो देशमा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aasish,switzerland

      “लातको भुत बात्ले मान्दैन” भनेको यही हो ढुङ्गा मुढा नगरि टायर सायर् नबालि गरियको आन्दोलन त आन्दोलन नै होइन भन्ने कुरा सर्कार मा बस्ने ले र सम्बन्धित पक्छ ले नबुझेपछि कसको के लाग्छ ।नत्र भने ४ बर्स देखि थन्कियर बसेके फाइल जब आन्दोलन कारि दैलो सम्म आयर ताल्चा लगाउने साहास गरे तब खुल्यो तर यसको मतलब हिम्सत्मक आन्दोलन नै समस्या को समाधान भने होइन ।पैले त ब्यबस्था परिबर्तन गर्नु पर्यो नि यहा त सम्मानित न्यायपालिका भ्निन्छ तर यस्ता मान्छे पनि छन जसक मुद्दा २५ -३० बर्स देखि अदालत मा सडेर बसिरहेका छन अब के ति सबै ले सर्बोच्च अदालत को गेटमा ताल्चा लगाउने? यसबारे मा सम्बन्धित पक्छ ले समयमै बिचार गर्नु पर्ने बेला भयको छ ।
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajendra K.C., Germany

      thikai chha, adalat nai gherna gaye pachhi yatiko kutai khanai parchha.

      sarkar le thik garyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hello dudets and duddiess
      Nice clips, people still seems very danger from both sides. danda wala and jhanda wala. we can’t even think these days people beat people. what a human in nepal? r they realy leave in nepal or they are mobilised some where eals? where is Human rights? why people go to High court? and get hurt? it’s time to point out court or what? some thing should be done in this nature to correct the future on foreseen.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • a nepali in USA

      Rana Priministers used to pocket all the royalty money of the British Gurkhas, similarly the Thakuri family is pocketing all the money of the poor soldiers who go out in other countries as peace keeping force from Nepal.They have the right to see the account. All the Nepalese people should help the poor soldiers to get their money back.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Editor jee this is something good but still need to find out what kind of x-army were invelved to that really? First Gvt.need to find, are they really nepali x-army? or may be starting to use army by wrong hand. According to their Nara they are using by wrong hand. any way this is good to know by all people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker