केही तथ्याङ्कसँग खेलौँ है त पहिला। यस वर्षको बजेटमा छुट्याइएका रकम-
कर्णालीका गाउँमा बत्ती पुर्याउन- १४ करोड २५ लाख
शिक्षकशिक्षिकाको क्षमता अभिवृध्दि गर्न- ३७ करोड
अनि,
सेनाको कल्याणकारी कोषको बेरुजु रकम- छ अर्ब !
सेनाको कल्याणकारी कोषको सञ्चालन पारदर्शी भएन भनेर भूपू सैनिकहरुले सर्वोच्च अदालतमा अस्ति जात्रा गरेका थिए। प्रहरीले हस्तक्षेप गरी कयौँलाई घाइते बनाइदिएका थिए। भोलिपल्टै चार वर्षअघिदेखि थाती रहेको मुद्दाको सुनवाई गर्दै कोषको रकम पारदर्शी बनाउनू भन्ने आदेश सर्वोच्चले दियो।
त्यही अनुरुप सोमबार सेनाले पत्रकार सम्मेलन गरी कल्याणकारी कोषका बारेमा जानकारी सार्वजनिक गरेको हो। त्यसमा दिइएको जानकारी अनुसार आर्थिक वर्ष २०६१/६२ सम्मको आयव्ययको लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयबाट भइसकेको रहेछ। त्यस अवधिसम्म कार्यालयले अौँल्याएको बेरुजु रकम रहेछ- छ अर्ब १८ करोड ३० लाख ३३ हजार। त्यसमध्ये दुई अर्ब ९३ करोड ८१ लाख फर्छ्यौट भइसकेको रहेछ।
तर अझै पनि झण्डै ३ अर्बको बेरुजु बाँकी रहेको छ। यो अरुले हैन, सेनाले नै सार्वजनिक गरेको तथ्याङ्क हो। तपाईँ अनुमान गर्नुस् त ३ अर्ब ! सेनाको कल्याणकारी कोषको यत्रो बेरुजु रकमले कसको कल्याण भइरहेको होला ?
यो कोष राष्ट्रसंघीय मिसनमा जाने शान्ति सैनिकहरुको तलब रकमबाट कट्टा गरी बनेको हो। शान्ति सैनिकमा जानेहरुका अनुसार उनीहरुलाई आफ्नो तलब र सुविधा कति हुन्छ भन्ने समेत थाहा हुँदैन। कति रकम कट्टा गरेर कति कोषमा राखिएको हो र कोषमा कति रकम छ, कसरी खर्च हुन्छ- यसअघिसम्म सार्वजनिक भएको थिएन।
सर्वोच्चको आदेश अनुसार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सैनिक कल्याणकारी कोषमा मूलधनका रूपमा सात करोड ५० लाख १६ हजार अमेरिकी डलर र चार अर्ब ७२ करोड १६ लाख ५४ हजार रुपैयाँ गरी कुल रू. दस अर्ब छ करोड ६५ लाख ८४ हजार रहेको छ।
बिस्तारै अब सेनाभित्र हुने अन्य अनियमितता पनि सार्वजनिक हुँदै जाअोस् र नेपाल सेना वास्तविक रुपमा लोकतान्त्रिक सेनाका रुपमा रहोस् न कि कुनै व्यक्तिको निजी सेनाका रुपमा !
No related posts.









Thanks!
-No accountability at all. either in ‘illegal killings or illegal expense!
Same for the peoples & Nation.
- Rs7 ‘kror’ can be used to generate ‘Electricity’ istead of borrwoing from ‘Donars’ and ‘selling to foreign Companies’.
-Minister ‘Karki’ don’t Sell the ‘Resources’.
मन परे हरियो, नपरे रातो
0
0
नेपाली सेना संग यती धेरै पैसा छ र man power पनि त्यती नै धेरै छ इनिहरुको पैसा र Man Power लाइ त नेपाल अधिराज्य भरिको बाटो खनाउँन लगाउँन पर्ने । उसै त काठमाडूको बाटो यति जाम हुन थाल्यो कि कुरा नगरे पिन भयो । जहाँ जहाँ बाटो बन्छ त्यहाँ बिकासको लहर आफै आउँछ ।
मन परे हरियो, नपरे रातो
1
0
Casey जन्तु, यो आधीकारीक समाचार रीपोर्टीङ गर्ने साईट होईन ब्लग हो भनेर गोरुको टाउको जत्रो अक्षरमा लेखेको छ त, तीम्रो घैंटो मा घाम लागेन? कल्लाइ उपदेश दीएको? तीमीले पैसा दे’र चला’को साईट हो? चित्त बुझ्दैन भने न हेर न त यो साईट?? दिनमा ५ पटक आफै यो साईट हेर्छो, आफै कराउंछौ?
मन परे हरियो, नपरे रातो
0
0
hahaha !!!!!!!!!! that’s true …….i agree with the article ,we should know the truth,,,,,,i agree with ptech and still laughing with sagar nepali funny and nice comment,,,,ukku pelne machine ma……..
मन परे हरियो, नपरे रातो
0
0
त्यै मोरो परमसेनाधीपती-त् ले खानु भयो होला नि। वहांलाई र वहांको पागल-प्रेमी पुत्र लाइ जती भए नी पुग्दैन क्या रे। सेना त वहांकै नीजी सम्पती हो, अरु कस्ले अनीयमीतता गर्ने आंट गरोस्?
वहां र वहांको पुत्रलाइ उखु पेल्ने मेशीन मा राखेर दुई चार राउण्ड घुमाउन पाए ठ्याक्कै सबै झर्थ्यो होला।
मन परे हरियो, नपरे रातो
1
0
This comment is in response to casey comment.
What a hell is he talking about better article. He is doing such a good job of letting us know the news on current affairs. You can see the web counter, which is giving the clear indication of popularity of this site. In spite of this, it is nonsense to say people do not respect this site.
मन परे हरियो, नपरे रातो
0
0
Yeta ekchin herau India ko Chala
दमक, मंसिर २५ – भारतले आफूहरूको नम्बरी जमिन अतिक्रमण गरेको यहाँका कोरोबारीका बासिन्दाले दाबी गरेका छन् । गाउँलेले विवाद सुल्झाउन सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन् ।
सीमा क्षेत्रका कोरोबारी १,२,३,४,८ र ९ वडाका ३३ परिवारका ६२ बिघा नम्बरी जमिन भारतीय क्षेत्रमा पारिएको गाउँलेले बताएका छन् । नयाँ तथा साना स्तम्भ गाडेर भारतमा पारिएको उक्त जमिनको धनीपुर्जा पीडित पक्षसँग छ । दुवै पक्ष सम्मिलित टोलीले चार वर्षअघि उक्त स्तम्भ गाडेको हो । उनीहरूले मालपोत समेत बुझाइरहेका छन् ।
पीडितको उजुरीपछि आइतबार इलाका प्रहरी, गौरीगन्जका प्रहरी निरीक्षक सन्तोष तामाङ र सीमा सुरक्षा बल -एसएसबी) सिंहबारी क्याम्पका निरीक्षक मुरलीधर झाको नेतृत्वमा स्थलगत निरीक्षणका लागि गएको टोलीसमक्ष उनीहरूले बिबाद सुल्झाउन अनुरोध गरेका हुन् ।
‘भारतले रातारात चलाखी गरेर हाम्रो जमिन पारेको हो,’ सहि अनुसन्धान गरी विस्थापित हुनबाट जोगाउन माग गर्दै कोरोबारी-१ का पीडित रसुल मियाले भने- ‘धनीपुर्जा छ तर न हामीले जमिन बेच्न पायौं, न त त्याग्नै सक्छौं ।’ नेपालको जमिन भारतको किसनगन्ज जिल्लामा पारिएको हो ।
१ सय ३८ देखि १ सय ४६ नम्बरका मुख्य तथा जंगे पिलरभित्र नयाँ तथा साना पिलर गाडेर जमिन अतिक्रमण गरिएको पीडितको दाबी
छ । ‘सानो पिलर गाड्नु एक साताअघि भारतीयले १ सय ४० नम्बरको ठूलो पिलर रातारात सारेको हो’ मियाले भने, ‘ठूलो सारेपछि सानोले हाम्रो जमिन मिच्न सजिलो बनाए ।’ ठूलो पिलर करिब ३ सय मिटर नेपालतर्फ सारिएको पीडितको दाबी छ ।
मालपोत बुझाइरहेको बताउँदै मियाले आफ्नो ७ बिघा १ कठ्ठा १० धुर जमिन भारतीय क्षेत्रमा पारिएको बताए । यज्ञबहादुर पौडेलको ३ बिघा ५ कठ्ठा, बसन्त राजबंशीको २ बिघा भारतमा परेको छ । उनीहरूले जमिन भने उपभोग गर्दै आएका छन् ।
थप अनुसन्धान नगरे बर्षौंदेखि कागजातसहित बसेका उनीहरूलाई जतिबेला पनि रित्तोहात बिस्थापित हुनुपर्ने चिन्ता छ । उनीहरूले झापाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी समाधानका लागि पहल गरिदिन निवेदन गरिसकेका छन् ।
निरीक्षण गर्न गएका टोलीले स्थानीय स्तरबाट समाधान हुन नसक्ने जनाउँदै माथिल्लो निकायमा पुर्याउने आश्वासन दिएका छन् ।
ठूलो समस्या रहेको स्थलगत निरीक्षणमा गएका निरीक्षक सन्तोष तामाङले बताए
मन परे हरियो, नपरे रातो
0
0
नेपाली को रगत चुस्ने सेना लाई साँच्चै कारबाही कैले हुने हो ,खोइ कुन चै नेपाली छोरो जन्मने हो कैले कुन्नी
मन परे हरियो, नपरे रातो
0
0
King is the god of nepal army because now also we can see in the hequater of army in big words that “king and Queen parti samerpet” and about the misuse amount all that amount is invest for there king and chief of army.there is one saying ” tiger shakari huncha bhanu ra rajatantra prajatantra badi huncha bhanu aautai ho” that can be aply to army also now .
मन परे हरियो, नपरे रातो
0
0
etro paisaa kasari nilchan holaa….babaa…
मन परे हरियो, नपरे रातो
0
0
Powerless king might have 5 arba rupees among of that 6 arba.
मन परे हरियो, नपरे रातो
0
0
what is real nobody knows so why they are still doing drama.Anyway itis the symptom of public winin the country
मन परे हरियो, नपरे रातो
0
0
who is expen this largest amount of army.so we are all people suspended.they are also give ponishment.
ok
rajesh.
मन परे हरियो, नपरे रातो
0
0
what a cheap article? If u r really better than others or you wanna shows your better caliber, then go on the depth of the news and try to publish it. don’t ever swim in the surface of the news, where every people goes. Samewise don’t wrote the same things. Be something extra and try to give some extra and new intereting news. then only every people will respect your site and you will get the sucess very soon.
keep on try to acheive it.
casey
मन परे हरियो, नपरे रातो
0
0
सेनामा भयका यो लगायट अरु भ्रसतचारका कुरहरु पनि सार्वजनिकहुनै पर्छ । यो देस का सबै जनताको चासोको बिषय हो ।
राजा ठालु भयको बेला भयको एस्तो कृयाकलाप को सार्वजनिक हुनै पर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
gopya huda sab kura haru yestai ho
मन परे हरियो, नपरे रातो
0
0
Pals,
Definately, the entire royal dynasty, and their BHAARDARS have been exploiting such kinds of huge ransom in many unnoticed ways from ages in Nepal.
Nepal army could be ranked as one of the most corrupt and sick organizations in the world. There are still thousands of KAZJI SHAHEBS holding the officer ranks with 10 minus 2 degree or fake certificates.
However, its a great step that such things are getting revealed out in open. Not only the royal family, in fact there are thousands of other families who too need to quit the SAAMANTI attitude and learn to live as honest,fair,educated, competitive citizen and remain completely free from SAAMANTI hangovers now onwards.
मन परे हरियो, नपरे रातो
0
0
It may be noted that the king was the supreme commander of the army and thus he could use any amount for his and other family members’ travels tours, treatment and intertainments etc. As there is no law to question him and his family members it is futile to talk about all these things.
a nepali in |USA
मन परे हरियो, नपरे रातो
0
0