ब्लगको मजा नै यही हो, आफूले नजानेका र नबुझेका कुराहरुका बारेमा पाठक साथीहरुसँग सल्लाह गर्न पाइन्छ। उहाँहरुले बुझाइदिनुहुन्छ कतिपय नबुझेका कुराहरु। आज पनि त्यस्तै दुई वटा नबुझेका कुरा बुझाइदिनुहुन्छ भन्ने आशाले यो ब्लग लेख्ने जमर्को गरेको हुँ। प्रसंग हाम्रो सरकारी समाचार एजेन्सी राससद्वारा प्रेषित दुई वटा समाचारको हो। त्यसो त समाचार अलि पुरानो हो अर्थात् सोमबारको। मंगलबार माअोवादीहरुले बन्द गरिहाले। बन्दको बेला यस्तो ब्लग अलि प्रासंगिक नहोला भनेर आज राखेको हुँ।
पहिला यो समाचार-
वनकरियाले बन्ध्याकरण गरे
हेटौँडा, ३ पुस। मकवानपुर जिल्लामा रहेका लोपोन्मुख वनकरिया जातिका कृष्ण वनकरियाले परिवार नियोजनको स्थायी बन्ध्याकरण गरेर आफूलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
आठ सन्तानका पिता ४० वर्षीय वनकरियाले हिजो हेटौँडास्थित मेरिस्टाप क्लिनिकमा स्थायी बन्ध्याकरण गरेका हुन्।
मकवानपुर जिल्ला विकास समिति, स्थानीय विकास कोषकी सामाजिक परिचालक रञ्जिता न्यौपानेको लगातारको सल्लाहबाट प्रेरित भई आफूले बन्ध्याकरण गरेको उनले बताए। आफ्नो बसोबास स्थानमा गएर अन्य वनकरियाहरूलाई पनि परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्न सम्झाउनेसमेत उनले बताए।
हाँडीखोला गाविस वडा नं. ७ टवाङ्ग्रा खोला मुसेधाप दमारमा १३ परिवार वनकरिया बस्दै आएका छन्। ती परिवारका सङ्ख्या २२ पुरुष र ३३ महिला गरी जम्मा ५५ जना रहेको जिल्ला विकास समितिका सूचना अधिकृत रामकृष्ण थापाले बताउनुभयो। रासस
यहाँ मैले नबुझेको कुरा के हो भने लोप हुन लागेको जातिको संरक्षण गर्नुपर्ने हैन ? समाचारमा नै भनिएको छ- लोपोन्मुख वनकरिया जाति।यस्तो जातिको संरक्षण गर्नुपर्नेमा झन् स्थायी बन्ध्याकरण गरिदिने ? फेरि त्यसैलाई ‘उदाहरणीय काम’ पो भनिँदो रहेछ। लोपोन्मुख जातिलाई लोप पार्ने काम हैन र यो ? कि मैले कुरा नबुझेको हो ?
अब अर्को समाचार तर्फ लागौँ।
प्रधानन्यायाधीश रुस प्रस्थान
काठमाडौँ, ३ पुस। सर्वोच्च अदालतका प्रधानन्यायाधीश दिलीपकुमार पौडेल रुसी महासङ्घको प्रधानन्यायालयको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गर्नुभयो।
यही पुस ६ देखि ११ गतेसम्मका लागि तय गरिएको सो भ्रमणमा प्रधानन्यायाधीश पौडेल श्रीमती प्रेमलता पौडेलसहित चारजना संलग्न रहनुभएको छ।
भ्रमणमा रुसको न्यायप्रणालीलगायत अन्य महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ। रासस
प्रधानन्यायाधीशलाई विभिन्न देशबाट निमन्त्रणा आउने गर्छ, त्यो अनौठो कुरा हैन। तर श्रीमतिसहित ? श्रीमतिसहित निमन्त्रणा आएको होला ! राजाले रानी, युवराजले युवराज्ञी र प्रचण्डले सीतालाई भ्रमणमा लाने गरेको हामीले देखेकै हौँ। यो पनि त्यही त होला नि, हैन र ? भ्रमणका क्रममा समाचारमा भनिए जस्तो न्यायप्रणालीसहित अन्य महत्त्वपूर्ण विषयमा छलफल हुँदा असम्बन्धित व्यक्तिहरु चाहिँ के गरी बस्ने होलान् ? भ्रमणमा संलग्न अन्य दुई जनाको नाम चाहिँ राससलाई समेत थाहा रहेनछ कि के हो ? अचम्म छ बा ! मैले मात्र किन कुरा नबुझेको होला ?


1.Every national visit should be accounted for— people are dying for food, water so let’s spend them wisely
मन परे हरियो, नपरे रातो
2
0
husband and wife should be together
मन परे हरियो, नपरे रातो
2
0
बनकरियाको बारेमा मैले बुझेकोत के भने यि जातिलाइ लोपहुन नदिनको लागि अस्थाईब्न्ध्याकरन गर्नैहुन्न भन्नेत हैननि|फेरि कुनचाहि सरकारलेपो बोलेको कुरालाइ प्रतिबढ्तादिएको छ र?जुन परिचारिकाले उनलाइ प्रोसाइत्बात यो काममा सफलबनाइन यो उनको आफ्नो पेशाको उपलब्धि हो|लोपउन्न्मुख भन्दैमा भयेभरको सन्तान बनायर कस्को सहाराले लिएर ति बालकलाइ लालनपोसन गर्ने?सरकारलेत निति मात्र लिन्छ |बन्ध्याकरन त्योपनि थाई त हैन नि अस्थाइ हो र अर्को कुरा बच्चानहुँदै यो गरेकोत हैन नि हैँन र?२ देखि ३ समन त उनिहरु सन्तान पैदागर्न सक्छ्ननि,सख्या ज्यादाभन्दापनि मानिस त्यो पनि उनिहरुपनि अहिलेको अर्थमा अरु सरह जीबन बिताउन सक्ने हुनु पर्यो नि |न सरकाले जिम्मा लिन्छ न त उनिहरु अहिलेको परिस्थितिमा सम्पन्न छन,न त शिक्षा क्षेत्रमानै माथि छन येस्तो अब्स्थामा उनिहरुको जिबन कस्तो सँन्ग बितेको होला त्यो हेर्नु पर्ने हुन्छ|त्येसकारनले उनिहरुलाइ अहिले सन्तान उत्पादन हैन हामिसरह जिँउन सिकाउनु पर्यो नि हैन र?र अर्को कुरा न्याँयधिशको कुरोमा मैले जानेको अर्थ चाँहि येहि हो कि हरेक पति (लोग्ने मान्छे)ले एउताजिम्मेवारि पद्को गहन भुमिका खेल्छ भने उश्को पत्त्निले स्वत स्थान(मतलब त्येहि अनुसार्को मानसम्मान)पाउँछ यो अहिले अनि नेपालमात्र हैन हरेक देशको बेलापात्रोमा देखिन्छ अझै भन्नु पर्दा प्राचिन काल देखिनै यो कुरा हुँदै गरेको देखिन्छ|त्र २ जनाको बिषयेमा भने के भन्ने तिनिहरु उनका सुसारे हुन सक्छन यदि अरुनै हुनभने खासै राम्रोकुरा हैन यो नाताबाद हो देशको लागि नसुवाउनेकुरो हो मलाइ जहासमन लाग्छ देशको जिम्मेवार ब्याक्तिले यो गर्नु अति अनुचित हुन्छ त्योपनि आफ्नो निजिनभै बिधिवत यात्रामा यो सुहौदैन|
मन परे हरियो, नपरे रातो
1
0
बिचरा न्यायधीश ज्यू ले पनि के गरुन रात भरि श्रीमतीको कच कच सुन्नु भन्दा त लग्नुनै बेसनी । जस्तै भए पनि श्रीमतीको पनि छर छिमेक नातागोता साथी भाइ हरुको अगाडी रवाफ वा धाकधक्कु त देखाउँनै पर्योनी । यो देशमा पोष्टमा भएकाहरुको भन्दा उनीहरुको श्रीमतीहरुको त चल्छनी श्रीमती ले जेभन्यो श्रीमानले पुरा गरिहाल्छ । देश बिर्गनुको कारण यो पनि हो ।
मन परे हरियो, नपरे रातो
0
0
bhanai and garaima bhinata hune nepalko mathidekhi talasamako parmparalenai ho ni des bhugolkai garib muluk bhaeko hoina ra? no.1 ko issu ta already 8 jana bhaisakechha bandhyakaran garnuko kunai auchityanai dekhina.
मन परे हरियो, नपरे रातो
0
0
In the concerning about the new appointed Ambassdor by interim govt which is too autocratic and monopoly though i am not supporter of Maoist, for what the reason this controversy is arises ?
So, being a normal Nepalese citizen i suggest to vote in the parliament where everybody can give nomination for the so called Ambassdor, GHANTE? BHUNTE? HARKE? THULE? PUNTE, etc might be ambassdor, why not? so they can alos earn little money being a ambassdor;
मन परे हरियो, नपरे रातो
0
0
First issue you arised is correct. Similar to Chitawan Rhino hunting case. while second is I think its usual. Meanwhile if his wife using official fund that will never excuseable. Otherwise let them travel independently…
Thanks Umesh
Rajendra form Chosun
मन परे हरियो, नपरे रातो
0
0
कस्तो लिँडे कुरा गर्छ बा यो उमेश भाइ पनि कहिलेकाहिं त यार। यार, संरक्षण गर्ने भन्दैमा ८ वटा भन्दा बढि कति पाउने हो यार उस्को बुढीले। फेरी मोर्ला नि यार। अनि फेरि मान्छे को संरक्षण जनावर को जस्तो नि हैन नि त यार। त्यस्को छोराछोरी लाई राम्रो संग पढाई दियो भने त्यसले बढाइ हाल्छ नि सन्तान पछि। बर्सै पिच्छे ब्याउन लगायर कहां हुन्छ यार।
चितवन मा गैंडा बढायेको जस्तो हो र यार। अल्लि मिल्ने कुरा गर न यार उमेश भाई।
गुरुङ दाई, अमेरिका
मन परे हरियो, नपरे रातो
0
0
पहिलो- गरीब सँग बिस्वेशोर कार्यक्रम भन्या जस्तै हो,कार्यक्रम्को लछ्या गरीब जती बिसेशोर सँग सोर्ग जान्छन अनि धनी जती गीरिजा सँग । आदिबासी लोप हुन लागेकालाई सुमारेको ठिकै त होनि नत्र त फेरि तिनिहरुको जनसन्ख्या बढ्यो भने फेरि आरछ्यण् कोटा दिनु पर्छ अनि फेरि स्वाएत छेत्र माग्छन्। सधैको टेन्सन् नै टेन्सन् तेसैले होलानि! यो ब्राह्मण् कुटिल् सास्त्र हो के! नेपालमा गरीब् र तल्लो जाती नभए कति आनन्द हुन्थ्योहोला हगि यि सामन्तहरुलाइ?दोस्रो- ब्यातिगत खर्चमा मौकामा चउका हान्या होलानी!
लाटो नेवार! अबत कुरो बुझ्नु भो होलानी ?
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा अहिले गर्नलाई पनि जे पनि छुट छ र भन्नलाइ पनि जे पनि छुट छ । यो गर्नु हुने, यो गर्नु नहुने, गरे पनि यो भन्नु हुने यो भन्नु नहुने आदि कुरा सोच बिचार गर्ने निकाय, ब्यक्ति हरु जिम्मेवार ठाउमा शायद छैनन् अहिले । त्यसैले हेर्ने, सुन्ने र चुप् लागेर बस्ने बाहेक अरु बिकल्प छैन बौद्धिक समुदय माझ ।
मन परे हरियो, नपरे रातो
0
0
रासस मा नया नियुक्तिहरु सबै उरन्ठेउला political कार्यकर्ताहरु होलान्, पत्रकारिता, समाचार, समाचारको महत्व यस्को weight बारे बुझ्दै होलान् । परिपक्वता हाशिल् गर्न समय लाग्छ नि त! भर्खर त हो नेपालमा लोकतन्त्र(???) आएको, त्यसपछिका नियुक्तिवालाहरुलाई पत्रकारिताबारे सिक्ने मौका त दिनै पर्यो नि । दुइ चार बर्षपछि वहाहरु पनि च्याम्पेन हुनु होला । Please take it easy unless it is harmfull.
मन परे हरियो, नपरे रातो
0
0
sarbochha adalaat niyamawali ma tyas sambhandhi byawasthaa hunu, ra sansar ma jaha pani first ladies harule aupacharik bhraman ma sath sathai jaanu lai anya artha maa lina mildaina ki?
arko kura, yasto bhraman ma, wife green passport ma afnai kharcha ma jaane byawastha chha. rajya kosh durupayog hune awastha chaina bhane yesto bhraman lai anyatha lina mildaina.
saathai, anya desh ka first ladies haru sanga interaction hune, uniharu ko bhumika baremaa gyan hune hunaale pani yesto bhraman justified hunchha.
मन परे हरियो, नपरे रातो
0
0
खै के भन्ने – प्रश्न यति धेरै घत लाग्दो छ कि यसको उत्तर सजिलो छैन। किन भन्नुहोला – किन भने नबुझेको लाई पो बुझाउन सजिलो हुन्छ। बुझिसकि सकेको लाई के भन्ने?
पहिलो news पढ्दा त मलाई ठिकै लागी राखेको थियो। जब तपाईले लेख्न थाल्नु भयो कि ति के जति हुन मान्छे हरूलाई धेरै breeding गर्न छोड्न छाडेर किन तिनि हरूलाई परिवार नियोजन गरेको भनेर- हैन मेरो दिमागमा खिया लाग्या कि तपाईको? मैले त भुझ्नै सकिन कसरि बच्चा धेरै जन्मायर एउटा जाति अथवा भनौ कुनै पनो समाजको भलो हुन्छ oops – nothing more
मन परे हरियो, नपरे रातो
0
0
Regarding the Chief Justice .. he and his entourage are visiting Moscow under invitation. Chief Justice is not a crooked politician or political post, that post is a respectable post and I don’t have anything to say on that but support that post. If he is using tax money .. he deserves it. Most importantly .. what ever tax money he is using is for the good and justifiable.
Regarding the tribe, which is on the verge of extinction, I personally would like to know much more about that particular tribe than an individual tribe being publicized by some NGO for their vested interest. What is the origin of this particular tribe, what is the most fascinating thing about this tribe and their culture. What is peculiar of this tribe than general public which attracted so called NGO to study them. I know in western Nepal there is a tribe (nomadic type) and are dependent on the Bee Honey (See book Honey Hunters of Nepal – Eric Valli and Diane Summers). Is this tribe is hoax or it really exists? Or is this a hype of some ficticious NGO for a public stunt?
Thanks
मन परे हरियो, नपरे रातो
0
0
“MAILE BUJHEKA KURA”
1. Lop huna lageko jati lai lop huna nadina Umeshji ullekh garnu bhako dampati ko matra dayitwo haina, aba aath, aath jana chhora chhori bhayi sake pachhi aru kati jana thape ma chahin tyo jati lop nahune ho tyo kura Umeshji le prashtyauna paryo. Baru baigyanik tarika bata sochne ho bhane, ukta byakti ko sukrakit (sperm) sperm bank ma save garera rakhnu chahin parne ho, pachhi artificial insemenation garera aru mahila haruma garvadharan garauna sakinthyo. Umesh ji lai blog ma ke lekhau ke lekhaun bhanne lagera timepass garnu bhako ho ki, sanchikai yo kura nabhujhnu bhako ho? Pura desh lai ganatantrik parnu parchha, neta haru le yasto garnu parchha, janata le tyasto garnu hunna bhanera ta khub lekhnu hunchha, nikkai bujhakki manchhe hunuhunchha jasto lagyathyo, aja yo ke khyalthatta garya hola, Umesh ji le.
2. Aba Umesh ji jodi bhaneko chara churungi, kita fatyangra ko ta nachhutyaunu re bhanchhan bhane, manchhe ko jodi tyasma pani nepal ko nyayadhish le afu bidesh jana paunda afnai jhyain jhyain bihe garera bhitrayeko jibansangini lai pani lana napaune ta, tapain le dekhnu bhako chhaina, G8 sammelan hunda Bush le Laura Bush, Blair le afni srimati, sabaile afno ardhangini lai liyerai hindeka hunchhan ni. Yasto kura ma ta Unesh ji sochayi lai ali farakilo nai banaunu parla aja ko paribartit hami Nepali nagarik haru le haina ra, tyahi puranai sano, chhoto, chhuchcho manasikta lai nirantarta dinu afno sochayi ko hochopana ko bigyapan garnu matra ho. Umesh ji baru tapain pani Nepal ka jilla jilla gaun gaun ghumna janda sandhain namile mileko belama afni priyasi lai liyera hindne garnus, tapainlai thaha hunchha tyo kati mahattopurna hunchha bhanera.
Singo Nepal ko sab bhanda thulo nyayadhish le afu bidesh bhraman ma jana paunda afni Srimati lai lana pani napaune ta, ke hami tyati samma daridra chham ra Umesh ji, sochayima?
Kamsekam maile tapain jasto manchhe bata yasto kura aaula bhanne chahin apekchhya gareko thiyina, tara thaha bhayo ki tapain pani tyahi dyang kai mula hunuhundo re chha bhanera. Chitta nadukhaunus tara sochayi lai badlindo nepal ko paristhiti sangai ajha farakilo banaunu jaruri chha Umesh ji, hami sabaile.
Jay Nepal.
मन परे हरियो, नपरे रातो
0
0
लोप हुन लाग्यो, breed गर्ने, चीडीया घरमा राख्ने, तेस्तो पनी कुरा हो?
स्वेच्छाले परीवार नीयोजन गर्यो त कीन टाउको दुखाई?
उनीहरु मान्छे की जनावर??
मन परे हरियो, नपरे रातो
0
0
जम्मा ५५ जना बनकरीया? उनीहरुले आफ्नो अस्तीत्व कसरी राख्छन्?
बनकरीयाले आफ्नो अस्तीत्व जोगाउन बनकरीयालाई नै बिवाह गर्नु पर्यो (मीलावट गर्न पाईएन)। ती १३ परीवार बनकरीयाले आफ्नै परीवार भीत्र बिबाह गर्ने त गर्दैनन् होला नी, भने पछी एक ब्यक्तीको बिबाहको लागि १२ वटा घर भीत्र बाट वर/वधु पाईनु पर्यो। तेस्मा पनी घट्टीमा एउटा काका र एउटा मामा एक जनाको रहेछ भने पनी १० घर मात्र रह्यो। अब मन मिल्नु/नमिल्नु लाइ परै पन्छाउने हो भने पनी उमेर त मील्नु पर्यो नी वर र वधु को। कसो?
मेरो बिचारमा जनजाती जोगाउने नाममा एस्तो नचाहीने दबाब दिनु उपयुक्त हुंदैन। जनजाती जोगाउन सन्तानको थुप्रो लगाउनु प्रोत्साहन गर्नु कत्तीको न्यायचीत हो। बरु हामी सबै नेपाली एउटै जाती (मदनकृष्ण-हरीवंश ले भनेजस्तो) नेपाली हुनु पर्छ जातीय अस्तीत्व मेटाएर वा अन्तर्जातीय बिवाह गरेर।
मन परे हरियो, नपरे रातो
0
0
I think going with a wife is not a big deal. Its a personal issue anyway.
I dont think one can question on the biological aspects of the emotional instincts.
Cheers
मन परे हरियो, नपरे रातो
0
0
Very good news.
well done mate!
मन परे हरियो, नपरे रातो
0
0
This is good if Bankariya adopt family planning then it helps to reduce death percentage and they could survibe by their arrange food and they might stablish in one place instated to hanging all jungle. Secound this is good to visit with wife why U wrote this even Prachand does same and every one doing same. This is right to women to visit with husband.
मन परे हरियो, नपरे रातो
0
0
नमस्कार ब्लगर जि,मेरो बुझाइमा यो लोपनमुख बनकररिया जातिहरुलाइ बन्ध्याकरन गराएर जनसङ्ख्या बड्नुमा रोक लगाइराख्ने र बाकिरहेको बन्कररिया जातिहरु त त्यसै मिति पुगेपछि सिधाइ माथि गैहाल्छन नि हैन र?अनि अर्को चोटि त संरछण नै गर्नु पर्दैन नि त्यसैले त उदाहरणिय काम भयो नि।हा>>हा>>हा>>अर्को कुरा राजा र नेताहरु भनेको त रास्ट्रीय ढीकुटि रिताएर बिदेश भ्रमण गर्दा श्रीमतिको साथमा गर्लफ्रेण्ड नै लिएर गएपनि कस्को पो के लाग्यो र?तसर्थ त्यत्रो नेपालि जनताहरुलाइ न्यायमा अन्याय र अन्यायमा न्याय दिलाउने न्यायको प्रतिमुर्तिले एकमात्र आफ्ना प्रेमकि लता श्रीमतिलाइ साथमा लैजादा किन आइतबार जनाउनु र?यो पाठकले बुझेको यती नै हो ।
नबुझ्नेलाइ श्रीखान्ड बुझ्नेलाइ खुर्पाको बिंड यती भन्दा पनि नबुझे धराणे कालो बाङ्गुरको लिंड!!!!!हे हे हे!!
मन परे हरियो, नपरे रातो
0
0
Dear Umesh, you’ve gone crazy. You want Bankaliya community to conseve like animal in the jungle preserving their natural habitat and keeping them away from the developed world. You are wrong, we should try to preserve their culture, tradition and alot of other things. We should make them aware and literate in such a way that the new born would not die untimely.
Secondly, i think you are married and you know, understand and respect the relationship between husband and wife. Don’t you think, you will feel like taking your wife and children in such oppertunity? Do you like yourself to be like a machine? Don’t you think the happiness of your near and dear once brings tremendious joy in you? OR you love to be alone and have lots of drinks and go crazy for other women.
मन परे हरियो, नपरे रातो
0
0
Umesh Ji, On the first issue, I agree with Krishna Ji’s views. It’s not like bird conservation
. To give birth to more childeren, his wife has to go through more pains. You also know this thing. And she already has ‘A Quarter Dozen’ of offsprings. If they become able they are sufficent. We don’t have any rush to make a proportionate population of Bankaiyaas with other society right now. We should work for their better health & better life ahead.
Regarding the second issue, I don’t want to suggest you. This news itself is incomplete ,as you said. We shouldn’t act before we know. May Mr. & Mrs Poudel have nice time in USSR.
मन परे हरियो, नपरे रातो
0
0
मित्र अब मेरो बिचार सुन्नुहोस्
१. बन करियालाइ बन्ध्याकरन गरेर,लोपतालाइ निरन्तरता दिन खोजेको|अनि त बन करियालाइ लोप हुन लगेको भनेर, नेता,नागरिक समाज र NGOs हरु Hero हुन पाइने|
२.spouse बिना को यात्रामा गोर्खालिले बिदेशमा गडबड गर्ने chance बढि छ|त्यस माथि बिदेश भ्रमणमा देशको काम त excuse मात्र हो, वास्तबिकता त आफु पनि घुम्न्नु र जहानलाइ पनि घुमाउनु नै त हो नि|सँसारको सबै भन्दा गरिब मुलुकबाट गई अरु बिकसित मुलुकहरु दर्शन गर्न र धर्मपत्निलाइ पनि गराउन मन त लाग्ने होला नि राजा देखि रैति सबैलाइ|
मन परे हरियो, नपरे रातो
0
0
On the First issue.
The man already had eight children, how many more you want him to have? Rather offer his children better life than to encourage him to have more children. If the man had only one or two children then it would be an issue!
Second issue.
It’s just another example how public coffer is utilized. Nobody like to serve the country but like being served when they reach high profile. They say, they are MP, judge, leader, etc and Pajero, big house, tax exemption, foreign tour etc are their right. Whatever goes with the people. Without such petty privilages, how can they serve? And, they are also among Nepali, whom they are there to serve. And,you have to start noble work from your home.
मन परे हरियो, नपरे रातो
0
0
Husband & wife should be together, may be she is going own personnel expense.
Madhab
Doha Qatar
मन परे हरियो, नपरे रातो
0
0