संयुक्त राष्ट्र्सङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले आज बिहीबार मैना सुनुवार हत्याकाण्डको प्रतिवेदन सार्वजनिक गर्न दिउँसो १ बजे छाउनीमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सोही सम्मेलनमा वितरित प्रेस विज्ञप्ति र प्रतिवेदन यहाँ राखेको छु। १५ वर्षकी मैना सुनुवारको पाँचखालस्थित शान्ति कार्य तालीम केन्द्रमा (शान्तिको तालिम दिनुपर्ने ठाउँमा अशान्तिको काम ?) यातनाका कारण मृत्यु भएको थियो। उच्चायुक्तको कार्यालयले यो मुद्दामा नेपाली सेनाको तर्फबाट भएको पारदर्शिताको अभाव र मुद्दाले उपचार खोज्दा मानवअधिकार उल्लङ्घनका पीडितहरू वा तिनका आफन्तहरूले अझै सामना गर्नुपरेका धेरै अवरोध,मानवअधिकार उल्लङ्घनमा संलग्न भएको आशङ्का गरिएका सुरक्षाफौजका सदस्यहरूलाई जवाफदेही बनाउन सरकारको तर्फबाट देखिएको राजनीतिक इच्छाको अभावबारे पनि गम्भीर सरोकारहरू उठाएको बताएको छ।
उक्त प्रतिवेदनका अनुसार, सेनाले मैना सुनुवारलाई काभ्रेपलाञ्चोक जिल्लाको उनको आफ्नो घरबाट २०६० फागुन ५ गते श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा लगी तत्कालीन प्रमुख सेनानी बबी खत्रीको आदेशबमोजिम एक मिनेट ६-७ पटक पानीको एउटा ठूलो भाँडोमा मैना सुनुवारको टाउको डुबाउन आदेश दिने दुई सहसेनानीसहित सात नेसे अधिकृत र सैनिकको उपस्थितिमा उनलाई यातना दिइयो । प्रतिवेदनका अनुसार, सैनिकहरूले त्यसपछि उनका भिजेका हात र खुट्टामा चार-पाँचपटक करेन्ट लगाए; यातना डेढघण्टा जारी रह्यो र यसपछि उनलाई तालिम केन्द्रको परिसरमा भएको एउटा भवनमा थुनियो जहाँ उनलाई आँखामा पट्टी र हातमा हतकडी लगाएर छोडियो; उनले पछि वान्ता गर्न र मुखमा फिंज काढ्न थालिन् र औपधी उपचार नपाइकन उनको मृत्यु भयो । यो मृत्युको ढाकछोप गर्न प्रयत्न गरियो। शवको पिठ्यूँमा गोली हानिएको र यसलाई तालिम केन्द्रभित्र गाडिएको थियो । त्यसपछि उक्त तालिम केन्द्रका तत्कालीन इन्चार्ज महासेनानीले नेसेको हिरासतबाट भाग्न खोज्दा मैना सुनुवारलाई गोली हानिएको भन्दै बनावटी प्रतिवेदन तयार गरे ।
प्रेस विज्ञप्ति यस प्रकार छ-
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल
प्रेस विज्ञप्ति – २०६३ पुष ६
मैना सुनुवारको यातना र मृत्युसम्बन्धी प्रतिवेदन
नमस्ते,
संयुक्त राष्ट्र्सङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सन् २००४ फेब्रुअरीमा (शाही) नेपाली सेना -नेसे)को हिरासतमा मृत्यु भएकी १५ वर्षीया मैना सुनुवारको यातना र मृत्युसम्बन्धी आफ्नो प्रतिवेदन विमोचनका लागि तपाईंहरूलाई आज यहाँ निम्त्याएको छ ।
यो प्रतिवेदनले न्याय खोज्ने प्रयास र यो मुद्दामा प्रगतिको अभाव एवं नेसेको तर्फाट भएको पारदर्शिताको अभाव अभिलेख गर्दछ । यो मुद्दाले उपचार खोज्दा मानवअधिकार उल्लङ्घनका पीडितहरू वा तिनका आफन्तहरूले अझै सामना गर्नुपरेका धेरै अवरोध चित्रित गर्दछ । यसले मानवअधिकार उल्लङ्घनमा संलग्न भएको आशङ्का गरिएका सुरक्षाफौजका सदस्यहरूलाई जवाफदेही बनाउन सरकारको तर्फबाट देखिएको राजनीतिक इच्छाको अभावबारे पनि गम्भीर सरोकारहरू उठाउँछ । यस्ता अभियोजनहरू पीडित र सुरक्षाबलका संस्थाहरू दुवैका लागि पारस्परिक रूपले लाभप्रद हुनेछन् र यसले नेपालमा कानुनी शासनमा विश्वासको पुनर्बहाली, जुन एउटा सफल शान्ति प्रक्रियाको लागि अत्यन्त आवश्यक छ, गर्न सघाउ पुर्याउनेछ भन्ने कुरामा उच्चायुक्तको कार्यालय विश्वास गर्दछ ।
शव व्यवस्थापन सम्बन्धमा लापरबाही गरेकोमा तीनजना अधिकृतलाई छोटो अवधिका लागि कारागार सजाय दिएर कोर्ट अफ इन्क्वायरी र त्यसपछिको सैनिक अदालती कारबाहीमार्फ् मैना सुनुवारको मृत्युबारे आफूले छानबिन गरेको नेसे दाबी गर्दछ । उच्चायुक्तको कार्यालय, नेपालको दृष्टिकोणमा न्याय गरिएको छैन ।
अनेकौं अनुरोधका बाबजुद नेसेले कोर्ट अफ इन्क्वायरी बोर्ड र सैनिक अदालतसँग सम्बन्धित दस्तावेजका प्रतिलिपिहरू उच्चायुक्तको कार्यालयलाई उपलब्ध गराउन विफल भएको छ । तर, अन्य स्रोतहरूबाट उच्चायुक्तको कार्यालयले एउटा दस्तावेज प्राप्त गरेको छ, जुन कोर्ट अफ इन्क्वायरी बोर्डको प्रतिवेदन भएको देखिन्छ । यो प्रतिवेदनका उद्धृत अंशहरू प्रेसमा आएका छन् । यसले मैना सुनुवारको बीभत्स यातना र मृत्युको विवरणको वर्ण्र्ाागर्दछ र यसले यस्तो दस्तावेज उच्चायुक्तको कार्यालय, नेपाललाई सीधै उपलब्ध गराउन नेसेले गरेको अस्वीकृति दाबी गरिएजस्तो गोपनीयतासम्बन्धी मुद्दाहरूको कारणबाट नभएको, बरु दर्ुर्व्यवहारको गाम्भर्ीयलाई ढाकछोप गर्ने प्रयत्नको अङ्ग भएको जनाउँदछ ।
उच्चायुक्तको कार्यालय, नेपालले प्राप्त गरेको प्रतिवेदनको प्रतिलिपिले नेसेकर्मीहरूद्वारा मैना सुनुवारको यातनामा आफ्नो सहभागिता स्वीकार गरेका वक्तव्यहरूलगायत कोर्ट अफ इन्क्वायरी बोर्डका छानबिनहरू सङ्क्षेपिकृत गरेको छ । उक्त प्रतिवेदनका अनुसार, नेसेका अधिकृतहरूले मैना सुनुवारलाई काभ्रेपलाञ्चोक जिल्लाको उनको आफ्नो घरबाट २०६० फागुन ५ गते श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा लगे । सो तालिम केन्द्रमा तत्कालीन प्रमुख सेनानी बबी खत्रीको आदेशबमोजिम एक मिनेट ६-७ पटक पानीको एउटा ठूलो भाँडोमा मैना सुनुवारको टाउको डुबाउन आदेश दिने दुई सहसेनानीसहित सात नेसे अधिकृत र सैनिकको उपस्थितिमा उनलाई यातना दिइयो । प्रतिवेदनका अनुसार, सैनिकहरूले त्यसपछि उनका भिजेका हात र खुट्टामा चार-पाँचपटक करेन्ट लगाए; यातना डेढघण्टा जारी रह्यो र यसपछि उनलाई तालिम केन्द्रको परिसरमा भएको एउटा भवनमा थुनियो जहाँ उनलाई आँखामा पट्टी र हातमा हतकडी लगाएर छोडियो; उनले पछि वान्ता गर्न र मुखमा फिंज काढ्न थालिन् र औपधी उपचार नपाइकन उनको मृत्यु भयो ।
कोर्ट अफ इन्क्वायरी बोर्डको प्रतिवेदनले मैना सुनुवारको यातनामा संलग्न अधिकृत र सैनिकहरूले यो मृत्युको ढाकछोप गर्न प्रयत्न गरेको पनि निष्कर्षनिकाल्यो । शवको पिठ्यूँमा गोली हानिएको र यसलाई तालिम केन्द्रभित्र गाडिएको थियो । त्यसपछि उक्त तालिम केन्द्रका तत्कालीन इन्चार्ज महासेनानीले नेसेको हिरासतबाट भाग्न खोज्दा मैना सुनुवारलाई गोली हानिएको भन्दै बनावटी प्रतिवेदन तयार गरे । कोर्ट अफ इन्क्वायरी बोर्डले “श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रबाट पठाइएको विवरणसँग … कुनै हालतमा पनि सहमत हुन सक्ने अवस्था रहेन । उक्त तालिम केन्द्रका तत्कालीन निमित्त प्रमुख म. से. बबी खत्रीले हुँदै नभएको कुरालाई अतिरञ्जित तवरले कपोलकल्पित कुराहरू लेखी लेखाइ घटनाको झुठो विवरण … पठाएको” भन्दै सो प्रतिवेदन ठाडै अस्वीकार गर्यो ।
कोर्ट अफ इन्क्वायरीपछि, नेसेले सैनिक अदालती कारबाहीको स्थापना गर्यो, जुन सन् २००५ सेप्टेम्बरमा समाप्त भयो । सैनिक अदालतले तीन अधिकृतलाई लापरबाही गरेकोमा दोषी पाएको नेसेले र्सार्वजनिक घोषणा गरेपछि उच्चायुक्तको कार्यालय, नेपालले मैना सुनुवारको मृत्युका लागि उत्तरदायित्व तोक्न तथा उचित ढङ्गले जिम्मेवारहरूलाई सजाय दिन सैनिक अदालत विफल भएको भनी निराशा तथा क्षोभ व्यक्त गर्दै तत्कालीन प्रधानसेनापतिलाई लेख्यो । उच्चायुक्तको कार्यालयले सैनिक अदालतका परिणाम पूर्ण रूपले अपर्याप्त थिए र तिनले सुरक्षाफौजद्वारा हुने भावी आपराधिक कार्यहरू निरुत्साहित गर्ने कारको रूपमाभन्दा यस्ता दुर्व्यवहारहरूलाई बढावा दिने संभावना भएको भन्ने अडान लिएको छ ।
नेसेले यो घटनामा उच्चायुक्तको कार्यालय, नेपाल र नेपाल प्रहरी दुवैका छानबिनमा बाधा पुर्याएको छ । उच्चायुक्तको कार्यालय, नेपालको कार्यादेश विस्तृत रूपमा उल्लेख गरिएको नेपाल सरकारसँग भएको सम्झौताअनुसार उच्चायुक्तको कार्यालय, नेपालले नेसेको कोर्ट अफ इन्क्वायरी र सैनिक अदालतसँग सम्बन्धित दस्तावेजहरूका लागि घरीघरी अुनरोध गरेको छ । यी धेरै अनुरोधका जवाफमा नेसेले उच्चायुक्तको कार्यालयलाई सङ्क्षिप्त जानकारीमात्र उपलब्ध गराएको छ, र अभियोगहरूको एउटा सूची वा सैनिक अदालतको निर्णयको पूर्ण पाठ उच्चायुक्तको कार्यालयलाई उपलब्ध गराउन अस्वीकार गरेको छ ।
नेसेले नेपाल प्रहरीलाई दस्तावेज तथा घटनाका शङ्कास्पद व्यक्तिहरूसँगको पहुँच उपलब्ध गराउन लिखित रूपमा पनि अस्वीकार गरेको छ, किनकी कोर्ट अफ इन्क्वायरी र सैनिक अदालतलमार्फ् आफूले यो मुद्दाको टुङ्गो लगाइसकेको नेसे दावी गर्दछ । नेसेका छानबिनहरूबाट एउटा स्वतन्त्र, पारदर्शी र पूर्ण जाँचबुझ हुन्छ भन्ने कुरामा उच्चायुक्तको कार्यालय, नेपाल विश्वास गर्दैन र नागरिक अदालतमा यो मुद्दाको स्वतन्त्र छानबिन तथा अभियोजनका लागि आहृवानलाई जारी राख्दछ । यो मुद्दा समाप्त भइसक्यो भन्ने नेसेको दाबी स्वीकार्य छैन । नेसेले नेपाल प्रहरी र उच्चायुक्तको कार्यालय, नेपाललाई आफ्ना छानबिन र सुनुवाइसँग सम्बन्धित सबै दस्तावेज उपलब्ध नगराएसम्म नेसेको आन्तरिक कार्यविधिको प्रक्रिया र परिणाम पूर्ण रूपले जाँच गर्न सकिदैंन । नेसेले आन्तरिक सैनिक कारबाहीसँग सम्बन्धित दस्तावेजहरू उच्चायुक्तको कार्यालयलाई उपलब्ध गराउन अस्वीकार गरेका कैयन गम्भीर मानवअधिकार उल्लङ्घनहरूमध्ये यो केवल एउटा हो ।
मैना सुनुवारको मृत्युमा जवाफदेहीता प्रदान गर्न र भावी मानवअधिकार उल्लङ्घनहरू निरुत्साहित गर्न दुवैका लागि उचित किसिमले शव उत्खनन गर्ने कार्यलगायत निजामती अधिकारीहरूद्वारा मैना सुनुवारको मृत्युबारे गरिएका फौजदारी छानबिन पूरा गरिनु अति आवश्यक छ भन्ने उच्चायुक्तको कार्यालयले अडान राख्दछ । नेसे सैनिक अदालतको परिणामले गम्भीर अपराध र मानवअधिकार दुर्व्यवहारहरूका लागि सैनिक न्यायाधिकरणले नागरिक अदालतहरूको क्षेत्राधिकारलाई प्रतिस्थापन गर्न सक्दैन भन्नेमा जोड दिन्छ । उच्चायुक्तको कार्यालयले गम्भीर मानवअधिकार उल्लङ्घनबारेका मुद्दा सैनिक न्यायाधिकरणमा नभई नागरिक अदालतमा चलाइनुपर्ने अपरिहार्यता अन्तर्राष्ट्रिय मापदण्डहरूले चाहेको छ भनेर नेसेको घरीघरी ध्यानाकर्षण गरेको छ ।
मानवअधिकार उल्लङ्घनकर्ताहरूलाई तिनले गरेका कार्यका लागि जवाफदेही बनाएर दण्डहीनताको अन्त्य गर्नेबारे आफू गम्भीर रहेको नेपाली जनता र अन्तर्रर्ााट्रय समुदायलाई देखाउन सरकार र सुरक्षाफौजलाई अझै पनि एउटा अवसर छ । प्रधानसेनापतिले उच्चायुक्तको कार्यालय, नेपाललाई यो कुरामा नेपाल प्रहरीलाई सहयोग गर्न आफू प्रतिबद्ध रहेको आफ्नो आश्वसन दिनुभएको छ । उहाँले यो प्रतिबद्धता पूरा गर्न र मैना सुनुवारको मुद्दामा अन्ततः न्यायले बाटो लिन्छ तथा गम्भीर मानवअधिकार उल्लङ्घनका अन्य मुद्दाहरूलाई यसरी नै नागरिक अदालतले हेर्नबाट छेकिने छैन भन्ने सुनिश्चित गर्न अति आवश्यक छ ।
प्रतिवेदन पीडीएफ फाइलमा रहेको छ। डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
No related posts.









मैना सुनार कि आमालाई जत्तिकै पीडा भाको छ है पूर्वी नेपालको सुनुवार आदिवासी जातिलाई | सुनुवार = अटोइथ्नोनिम किराँती-कोंइच हो |
सुनार र सुनुवारमा फरक थाहा पाउन नसक्ने हिन्दुवादी मिडिया देख्दा मैना सुनार कि आमालाई भन्दा पनि बढी पीडा हुन्छ |
तर हाम्रो कुनै पनि त्येस्तो बिन्ति बिसाउने औथोरीटी नभाकोले इ १९६१ देखि आजसम्म पीडाको पीडा नै छ |
कहिले आउला मैनाकि आमालाई जस्तो पीडा बिसाउने दिन ?
मन परे हरियो, नपरे रातो
3
0
कुनै पनी पेशामा ३ कीसीमका आदेश नमान्न छुट हुन्छ यदी त्यो निम्न कुरा संग बंझ्छ भने:
१. legal – if the order is against the law.
२. ethical – if the order is against the ethics.
३. safety – if the order risks the safety of the person as well as safety of others.
यि कुरा हरु युद्धमा पनी लागु हुने भएकोले होला ईराकको अबु गारीब झ्यालखानमा राखीएका बन्दी हरुलाई माथीको आदेशमा यातना दिने अमेरीकाका सेना हरुमाथी कारबाही चलेको।
तर हामी नेपाली त्यती सभ्य कहां छौं र?
मन परे हरियो, नपरे रातो
2
1
Individuals from Army, maoists, police and other people how have been invoved in such heinous crime is a crime against humanity….No one is above the law
They all should be punished with the magnitude of their act…
There must be somany maina sunuwar(innocent citizens) either killed by the state in the name of being a maoist or maoists killing for being a spy or even people who has taken advantage of the situation..
We should enquire more and punish the culprits
मन परे हरियो, नपरे रातो
1
0
That is very bad news to all nepali and kina tayo karnal lai punish na garako? if army doesnot punish that army than we nepali have to punish to make maina yatma peace.
मन परे हरियो, नपरे रातो
3
0
Vey good to read such stories.We should keep watch not only Nepalese army activites but also so called peoples republic army as well.
मन परे हरियो, नपरे रातो
0
0
good news… this kind of things should be stopped…army means to protect country only not to do these kind of things….
मन परे हरियो, नपरे रातो
0
1
umesh jee namaskar
tapai ko yo samachar padera nepal aaujasto lageko chh k garnu tara aafu ta aahi le ….chhu
hoina aahele ko pm G P koirala ko santan maina sunuwar baako bhaya GP talu le k garne thiyo hola ?
ke yo goverment pani maila ko palako jastai ta hoina bhane ko?
k aahile pani nepal ma kanunko rajya hoina bhane ko ??????????/ho bhane kina testa janmara haru lai karbahi garna darauchh ta?
fari kina>>>>>>>>>>>>>???????????
tapaiko regular reader
deepak bajagain
japan
मन परे हरियो, नपरे रातो
2
0
For long run Peace and stable Democracy, we should change the rules and regulation of rubbish army Autocracy. We have to bring the army system under general rule rather than Army court.
मन परे हरियो, नपरे रातो
3
1
haina maina sunuwar ko hun kin unlai yatana diyiyo maile ta bujnai sakinni.
मन परे हरियो, नपरे रातो
2
2
TAPIEE KOO LEKH RAMROO CHA REALITY LEKNUU BHAYEEKOO CHA TARA MAOIST BAA BHAYEAKOO JADATHIIII KOO BAREYAA MA PANII LEKNUU PARYOO NOT ONLY ARMY MAOIST ALSO HAVE FAULTT IN MANY CASE LIKE MUKTI NATH ADHIKARI,ONE JOURNALIST IN SINDUPALCHOWK THERE R MANY CASES SOO ALL SHOULD BE RESPONSIBLE AND ONE SUGGESTION TO HUMANRIGHTS ACTIVETS ALSO (TAPIE HARUU SACHIEKAIEE MANAVADHIKARBADI HOO BHANII TAPIEE HARUU LEY NESPACHEYAA HUNUHOS PEOPLE AND COUNTRY NEEDS U )
मन परे हरियो, नपरे रातो
2
0
जब सम्म दण्डहीनता जारी रहन्छ तब सम्म न्यायको अपेक्षा गर्नु पश्चिमबाट घाम उदाउला भनि बाटो हेर्नुमात्र हो । माओवादी जनयुद्धको ११ वर्षौ दौरानमा कैयौं यस्ता निर्दोष मैनाहरु मारिए । सम्भवत: मारिनेको ९० प्रतिशत भन्दा बढी यस्तै मैनाहरु थिए होलान् ।
राज्य प्रणालीले नै संरक्षण दिएर सुरक्षाकर्मिले गरेको अपराधमा सुरक्षाकर्मिलाईमात्र दोष देखाउनु अन्याय हुन्छ जस्तो लाग्छ मलाई त किनभने व्यवस्थापिकाले यी कुरालाई रोक्न सक्छ् र सक्थ्यो तर सो भएन परिणाम उल्टो सुरक्षाकर्मिको मनोवल घट्छ भन्ने काईते तर्क दिएर अपराधिलाई उत्साहित पारिरह्यो । चाहे दोरम्बाको घटना होस् वा भैरवनाथ गणको वा जन्ति-मलामी माथि गरिएका वम बर्षा यी सबै युद्ध अपराध हुन् । खुलेआम समाजको अगाडिबाट घरबाट निकालेर समाज कै अगाडि लात्ति, राइफकको कुन्दा त जे मनलाग्छ उही प्रहार, लौरोले आँखा निकालिसकेर जिउँदै आँगनमा खाल्टो खनेर गाडिएका ताप्लेजुङ्का खतिवडाहरु हुन् सबैको हत्या राज्य संरक्षित गम्भिर अपराध नै हुन् । समाजले देख्दा देख्तै गरिएका यस्ता हत्यामा त सेना “घेरा तोडेर भाग्दा कार्वाहीमा मारिएको” भनेर प्रमाणित गर्न सक्छ भने हिरासतकि मैनाको पिडा कसरी आँक्न सकिएला र ! सेनाले के मात्रै गरेन ! कैयौंका आँगनमा सेनाले गाडेका लास अझै होलान् । निर्दोष आफन्तको सेना द्वारा गरिएको हत्यामा आफन्तले डाँको छोडेर रुन समेत पाएन न त सत्गत नै गर्न सक्यो ।
कालिकोटका हवाई मैदान तयार गर्ने मज्दुरहरुको एकै चिहान पारेर पनि सेना मनोवल बढाइ नै रह्यो । सुतेको मान्छेलाई पटक पटकको चेतावनि दिँदा पनि अटेर गरी सुतिहरहेकोले “आत्मरक्षाकोलागि बाध्य भै” सेनाले गोलि चलाएर मार्यो भने सेनामा कुन संयन्त्र छ जस्ले उसका मतियारलाई दण्ड दिन्छ ?
स्वचालित हतियार आफै पड्कन गै राजा-रानी लगायत राजपरिवारको हत्या गर्ने वन्दुकहरु हाम्रो देशका सेनामा छन् (राजपरिवारका लोग्ने मान्छे सबै सेना नै हुन्) भने मैनाको ढलिसकेको शरीरले “सेनाको बन्दुक खोसेकोले आत्मरक्षाकोलागि” स्वचालित बन्दुकले आफैंले हानेकोले मैनाको पठ्युँमा गोलिलागेको हुन सक्तैन भनेर कस्ले भन्न सक्छ ? जब नगरकोटको यौटै सेनाले गाउँले ढालिसकेपछि “आफैंलाई समेत मारिसकेर १०० मिटर टाढा रहेको पोखरीमा राइफल लुकाउन” सक्यो भने कस्ले भन्छ यहाँ लासले बन्दुक खोस्न सक्तैन भन्न ?
समग्रमा भन्नु पर्दा यो ११ बर्षे दौरानमा सेनाको कुकृत्य भोग्नेहरु ८० बर्षे हजुरवाहरु देखि १० बर्षे बालकहरु समेत रहे । कति त मारिए, कति भाँचिएका करङ् छामेर बस्ने जिउँदै छन् उनिहरुलाई नै सोधे थाहा होला सेनाको मानव अधिकार कस्तो छ भन्ने ! र उनिहरुलाई नै थाहा होला सेनाको न्याय कस्तो छ भन्ने । त्यसैले जवसम्म अचानो न्यायाधिस बन्दैन तव सम्म कतिवटा जिवात्मा छप्कायो खुकुरीले त्यसको गन्ति निस्किदैन ।
मन परे हरियो, नपरे रातो
5
1
plz give me your con. no. i will call u
मन परे हरियो, नपरे रातो
2
1
कीन गलत ब्यक्तीहरुले संरक्षण पाउंछन्? म कुरा बुझ्दीन। के यि नेताहरु मान्छे होईनन्? उनीहरुको यस्तो ह्रीदय बिदारक घटनाहरुले पेट पोल्दैन? रगत तात्दैन?
के उनीहरुको १५ वर्षको सन्तान छैनन्? उनीहरुले आफ्नो सन्तानको छवी त्यो बच्चीमा देख्दैनन्?
पशुहरु, दाम्लोले बांधेर घांस लगेर हाल्दीन पाए हुन्थ्यो।
मन परे हरियो, नपरे रातो
7
0
and………… wot the girija does? may be culprit babi chetri will be one of his ambassador for one country………………. who got guts to punish them? gi ri ja? never …… he will give award to babi for this job…………
मन परे हरियो, नपरे रातो
4
0
Sati le sarapeko Desh ke kura garnu chha ra. Here every major culprits have escaped justice throughout history. So this is just an another example. We are not ruled by law. I just pray to lord Pashupatinath that such incidents do not repeat in the future. Maina should be declared a great martyr.So folks, if we can, lets work for a Nepal where our children and grandchildren should not have to go through all this.
Prayas
Washington, D.C.
मन परे हरियो, नपरे रातो
5
1
KEEP UP THE REAL STORIES LIKE THIS, ARMY ONE THE WHO IS BAD IN OUR COUNTRY. THEY ARE THE ONE WHO BRING FROM EX YOGLOSLAVIA PEACE KEEPING FORCE 1991 TO BACK IN NEPAL AND GIVES CRUL BEHABHIER IN ARMY WHO SPEEK TO PAY WHATEVER AMOUNT UN USED TO PAY. SAMGHANA CHHA 128 JANA FIRTA LYAYA KO THIYO RA 1 BARSA SAMMA NAJARBANDAMA RAKGEKO THIYO.TESA PACHHI JAIL PATHAYAKO THIYO. YESTAI HO BHANE RRMY NAI BAD CHHA RA PURA NAI ARMY SYSTEM CHANGE GARNU PARCHH. SABAI NEPAL SENA HUNCHHAN, HUNU PARCHHA OK UP THE GOOD WORK THANK U FO INFO.
मन परे हरियो, नपरे रातो
6
2