मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कोइराला भन्छन् गाउँ जानू, तर गएर के भन्ने ?

    अघि नेपाल टेलिभिजनमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई विशेष निर्देशन दिँदै गरेको हेरेको थिएँ। उहाँले कार्यकर्ताहरुलाई गाउँ गएर लोकतन्त्र र शान्तिका लागि काँग्रेसले गरेको योगदानका बारेमा बुझाउनु पर्छ र संविधान सभाको बारेमा प्रचार गर्नुपर्छ भन्दै गर्नुभएको देखिएको थियो। उहाँको निर्देशनमा नेपाली शब्दभन्दा अंग्रेजी शब्द बढी सुनिएको थियो। थाहा छैन, नेपाली कार्यकर्तालाई नेपालमा बसेर निर्देशन दिँदा पनि नेपाली भाषाको भन्दा अंग्रेजी भाषाको मोह उहाँमा किन देखिएको हो। खैर, त्यो महत्त्वपूर्ण विषय हैन। उहाँले गाउँ-गाउँ जानू र केही भएमा त्यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु भनी भन्नुभएको थियो। त्यसो भन्दा लामो ताली बजेको थियो।

    हजुर, उहाँले भन्नुभए जस्तै काँग्रेसका कार्यकर्ताहरु अब गाउँमा गएर संविधान सभाको बारेमा प्रचार गर्नै पर्छ। त्यसमा माअ‍ोवादीहरुले केही अवरोध पुर्‍याए भने त्यसको जिम्मेवारी पनि प्रधानमन्त्री कोइरालाले लिनै पर्छ। किनभने उहाँले नै माअ‍ोवादीसित सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। अनि माअ‍ोवादीसित डर नमानी गाउँ जाने निर्देशन पनि उहाँले नै दिँदै हुनुहुन्छ। उहाँले गाउँ जाँदा जे हुन्छ, त्यसको रिपोर्ट तुरुन्त आफूलाई दिन पनि भन्नुभएको थियो।

    प्रधानमन्त्री कोइरालाले आफ्ना कार्यकर्ताहरुलाई गाउँ गएर संविधान सभाको बारेमा प्रचार गर्न निर्देशन त दिनुभयो, तर संविधान सभामा काँग्रेसले के नारा लिएर जाने हो, त्यो भने बताउनु भएन। अब यी कार्यकर्ताहरु गाउँ जाँदा कसैले काँग्रेसको राजतन्त्र सम्बन्धी नीति के हो ? भनेर सोध्यो भने कार्यकर्ताहरुले के जवाफ देलान् ? चुप बस्नु बाहेक उनीहरुको विकल्प छैन।

    किनभने त्यत्रो लामो निर्देशन भाषणमा उहाँले राजतन्त्रको बारेमा कुनै पनि कुरा उठाउनु भएन। खाली गाउँ जान मात्रै भन्नुभयो।

    अहिले नेपाली राजनीतिमा सर्वाधिक चासोको विषय रहेको राजतन्त्रका सम्बन्धमा काँग्रेसको आधिकारिक धारणा के हो ? यो धारणा बिना नै संविधान सभाको प्रचार गर्नु नैतिकताका आधारमा पनि उपयुक्त हुँदैन। किनभने संविधान सभा भनेको जनता आफैले संविधान बनाउने हो। त्यसैले प्रत्येक मतदाताले आफूले चुनेर पठाएका प्रतिनिधि र पार्टीहरुको धारणा कस्तो हो भन्ने बारेमा बुझ्न पाउनु पर्छ। अनिर्णयको बन्दी भएर संविधान सभाको निर्वाचनमा जानु र संविधान सभाको बैठक सुरु भइसकेपछि बल्ल पार्टीले आफ्नो धारणा बनाउनु कुनै पनि हालतमा उपयुक्त हुँदैन।

    के हो त काँग्रेसको आधिकारिक धारणा। गएको महाधिवेशनमा काँग्रेसले राजतन्त्र निरपेक्ष रहने मात्रै निर्णय गरेको थियो। संविधान सभाको निर्वाचनमा काँग्रेसले के नारा लिएर जाने त ? गणतन्त्रको नारा कि सेरेमोनियल राजतन्त्रको ? यदि सेरेमोनियल राजतन्त्रको नारा लिएर जाने हो भने काँग्रेस नराम्रोसित पराजित हुने निश्चित छ। सार्वजनिक रुपमा जतिसुकै गफ हाँके पनि काँग्रेसका कार्यकर्ताहरुसित अनौपचारिक कुरा गर्दा उनीहरु त्यो कुरा स्वीकार्छन्। काँग्रेसभित्रैको ठूलो पंक्ति पनि सेरेमोनियल राजतन्त्र राख्न नहुने पक्षमा छ। त्यसैको डरले पो हो कि काँग्रेस बिना एजेन्डा नै संविधान सभाको निर्वाचनको प्रचारमा जुट्न खोजेको ? सकेसम्म अनिर्णित नै रही चुनावमा जाने अनि चुनावपछि कोठे निर्णय लादने दाउ पो हो कि ?

    यदि त्यसो हो भने प्रधानमन्त्री कोइरालाले आज कार्यकर्ताहरुलाई निर्देशन दिने क्रममा भन्नुभएको ‘ननडेमोक्रेटिक फोर्सलाई डेमोक्रेटिक नर्म्सको कुरा’ कुन नैतिकताले सिकाउने ? महत्त्वपूर्ण विषयमा कोठे निर्णय प्रजातान्त्रिक हो ?

    No related posts.

    25 comments to कोइराला भन्छन् गाउँ जानू, तर गएर के भन्ने ?

    • P Shrestha

      अरे पकवानजी, तपाईं कांग्रेसी कार्यकर्ता हो, कांग्रेसी बिचारको पक्षपोषण गर्ने तपांईको कर्तब्य हो । राजा राख्न पनि कांग्रेसले मात्र सक्छ, फेंक्न पनि कांग्रेसले मात्र सक्छ भन्नु हुन्छ । तपांईको कुरा मान्ने या नमान्ने सर्वाधिकर मसँग नै सुरक्षित राखेर एउटा प्रश्न सोधूं ?
      यसो तपांईको कुरा बुझ्दा गणतन्त्रको आकर्षण तपाईंइलाई पनि छ । तर तपाईंको परमप्रिय नेता गिरिजा बाबु राजा राख्न चाहनुहुन्छ भन्ने कुरोमा प्रष्ठ हुनुनुहुन्छ । अब तपाईंले कारण पनि दिन पर्‍यो । यदि राजतंत्र को प्राण कांग्रेसमा रहेको भए, कुन कारणले तपाईंहरु राजतन्त्रलाई बचाई रहनु हुन्छ ?
      राजा र मेरो घांटी जोडीएको छ भनेर त होइन ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      INDRA JI,

      CONGRESS WILL BE SWEPT OUT AFTER CA POLLS IF HELD FAIRLY.

      What Congress gave to nation & its people even it had majority govn. 2 times in 12 years.

      The gangs of NC works to protect the OLD REGIME [palace, rNA, panches, higher & higher classes that only represent 5-10% of nepalese people].

      CONGRESS IS A SERVANT OF OLD REGIME.

      It never believes on people’s power.

      As Congress along with OLD REGIME could not dismiss people’s voices by mean of guns, then finally these gangs are pretending to agree to go for CA POLLS..

      Interim statue, interim govn., CA polls…are these agenda of NC to fight against fedual regime???

      NC is following the maoist’s agenda as all these have been now people’s agenda.

      OLD REGIME, MORIARTY CO., LTD are using NC to lead the OLD REGIME with agenda of MAOISTS.

      NC is completely a failed party.

      After CA POlls, NOONE [INDRE KO BAAWU CHANDRE]COULD SAVE THESE GANGS [PALACE, NC, rNA, PANCHES, ETC..]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • L N Gautam

      आज देशमा राजतन्त्र र गणतन्त्रको बारेमा गम्भिर बहस् चलिरहेको छ । यस्तो बेलामा पार्टिको त के कुरा कुनै यक् ब्यक्ति पनि यस्को बारेमा निरपेक्ष्य रहन सक्तैन । नेपालि कङ्रेस् जुन् प्रजातन्त्र को पर्याय बनिसकेको छ, राज्तन्त्र को बारेमा चुप् रहन असम्भव् छ । तर गिरिजाको चाला हेर्दा र उन्को मानसिक्ता हेर्दाखेरि नेपलि कङ्रेस् येहि अबस्थामा चुनावमा गय पनि आस्चर्य मान्नु पर्दैन । येस् अवस्थामा नेपलि कङ्रेस् का इमान्दार् कार्यकर्ताले दबाब् दिनु पर्दछ र जन भाबनाको कदर् गर्न बाध्य पार्नु पर्दछ।
      अस्तु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      Indra ji, you are right, jasle j bhana pani congress is the loyal party of nepal, and nepali people love nepali congress, they need congress party. After election mouist will go heeellllllllllllllllllllll.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhusan bhusal

      Congress will never come out with clear vision . Congress is Girija and Girija is congress . It was Mr Ser Badr only who dared to fight with Girija though he
      could stand no longer as it seems now. I can not think how congress workers tolerate this old man.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • काँग्रेस अब कता ?
      -ईन्द्र क्षेत्री”पकवान”
      नेपालको सबैभन्दा पुरानो र एक मात्र प्रजातान्त्रीक दल नेपाली काँग्रेस अहिले प्रमुख सैद्धान्तिक मुद्धामा अनिर्णयको बन्दी बनेको छ । काँग्रेसले गएको महाधिवेशन मार्फत बि पि कोइरालाद्वारा प्रतिपादित सँबैधानिक राजतन्त्रको सिद्धान्तलाई परित्याग त गर्‍यो तर भविष्यमा के हुने भन्ने बिषयमा मौन बस्यो । नेपाली काँग्रेस राजतन्त्रको विषयमा अहिले पनि तटस्थ छ । काँग्रेसको यो मौनतालाई बिभिन्न थरिका तत्वहरुद्वारा आ-आफ्नो स्वार्थ अनुसार प्रयोग र दुरुपयोग गर्ने काम भैरहेको छ । काँग्रेसका ईमान्दार कार्यकर्ताहरु किँकर्तब्यविमुढ छन् । जन-अन्दोलन-२ को सफलताको प्रमुख भागिदार हुँदाहुँदै पनि जनतामा लिएर जानको लागि उनिहरुसँग कुनै खास एजेण्डा छैन । गिरिजाबाबु अहिले बोल्ने अवस्थामा हुनुहुन्न । उहाँ अझै पनि बोर्डरलाइनमै हुनुहुन्छ । परिस्थितिले उहाँमाथि उहाँकै भनाई चरिथार्थ गरिदिएको छ । किनभने उहाँले बोल्ने त्यो दिन नेपालको ईतिहाँसमा महत्वपुर्ण दिन हुनेछ । दुई महामन्त्री दुइटा भाषा बोल्नुहुन्छ । सुशिलदाको कुरा “कौन पुछे खेस्रीका दाल”! काँग्रेस भित्र गणतन्त्रको सम्पुर्ण मोर्चा सम्हाल्ने नीतिगत जिम्मेवारी पाएका नरहरी आचार्यहरु पार्टी परित्याग गर्ने घुर्की देखाउँदै छन् । काँग्रेसले यत्रो ख्याति कमाएको र यति द्विविधाग्रस्त भएको यसको जीवनमा सायद यो पहिलो पल्ट हो । काँग्रेस अहिले ईतिहाँसको अत्यन्तै गम्भीर मोडमा उभिएको छ , अलिकति चुक्यो कि गयो ।
      १२ वर्ष उत्पात मच्चाएका बिद्रोहिहरु औँला ठडाउन नाकैमुनि आईसके । अन्य सहयोगि दलहरु गणतन्त्रको नारा लिएर चुनाव प्रचारमा निक्लि सके । आगामी जेठमा सँबिधान सभाको चुनावको रट लगाईँदै छ । गिरिजा प्रसाद कोइराला के बोल्लान र त्यसैको सेरोफेरोमा केहि बोलौँला भन्ने ताकमा हुन्छ्न काँग्रेसी नेताहरु ! अहिले मुलुक आमुल परिवर्तनको सँघारमा खडा छ । मुलुक गणतन्त्रमय बनेको छ । एकातिर समावेशी आकाँक्षाहरु उर्लेर आएका छन् भने अर्कोतिर पुनरसँरचना र पुनरब्यबस्थापनका एजेण्डाहरु छन् ।
      जब नेपाली काँग्रेसले काठमाण्डौ महाविधेशन मार्फत राजतन्त्रको सवालमा तटस्थ रहने निर्णय गर्‍यो नेपालको राजतन्त्र त्यतिबेलै धरापमा परेको हो । काँग्रेसले चाहेरनै नेपालमा राजतन्त्र रहेको हो र काँग्रेसले चाह्यो भने मात्रै नेपालमा गणतन्त्र आउँछ । जन्मकालदेखि नैका गणतन्त्रवादीहरुले आफ्नो कारणले मुलुकमा गणतन्त्र आउँदैछ भन्नु ढाँट कुरा हो । काँग्रेस गणतन्त्र तर्फको यात्रामा धेरै अगाडी बढीसकेको छ । माओबादी सँगको १२ बुँदे सम्झौता,प्रतिनिधी सभाको घोषणा-०६३ ,ब्रीहत् शान्ति सम्झौता र अन्तरिम सँविधानको सहमति जस्ता अग्रगामी कदमहरु काँग्रेसकै चाहना र अग्रसरतामा भएका हुन । यि सबै उपक्रमहरुमा काँग्रेस आफ्ना अडानमा कहिँपनि चुकेको छैन ।

      मुलुकको लागि काँग्रेस अपरिहार्य छ भन्ने कुरा आम भै सक्यो । जनताले सबैभन्दा सजिलो र नजिकको मान्छे काँग्रेसिलाई नै ठान्दछन् । घुमाएर कुरा नगर्ने,बुझपचाएर दुख नदिने,कडा र नबुझ्ने शब्द नबोल्ने,हानमारका कुरा नगर्ने र चुनाव हार्दा पनि र जित्दा पनि उस्तै । अत्यन्तै राम्रो छबि छ काँग्रेसको जनतामा । जनताले सोझो भाषा चाँडै बुझ्दछ । यो काँग्रेसको प्लस प्वाइँट हो । काँग्रेस प्रतिको यहि अनुरागले जनता माओबादीको गोली खान तयार भयो,घरखेत छोडेर बिस्थापित हुन राजी भयो,शान्तिको आशमा जन-आन्दोलनमा ज्यान न्योछावर गर्न तयार भयो तर काँग्रेस छोड्न तयार भएन । जनबिश्वासको यत्रो बिरासत बोकेको दल आफैँमा अनिर्णायक हुनु अत्यन्तै दुखको कुरा हो ।

      तर सबैले बुझ्नै पर्ने कुरा के पनि हो भने सँक्रमणकालमा अनेक प्रकारका चलखेलहरु हुन सक्दछन्,नेपाल राष्ट्र ,नेपाली समाज र नेपाली जातीको ऐताहाँसिक निरन्तरतालाई सुब्यवस्थित ढङगले आम नेपालीको चाहना अनुसार अग्रमनको दिशामा रुपान्तरण गर्ने भन्ने कुरा चानचुने होइन त्यो पनि बैधानिक र शान्तिपुर्ण रुपमा कसैलाई भौतिक क्षत्ति नपुर्‍याइकन । यो रक्तबिहिन क्रान्ति हो । जुन क्रान्ती शान्तिपुर्ण रुपमा नेपाली काँग्रेसले गर्दै छ अहिले । गणतन्त्रका कुरा गर्न गिरिजाबाबुलाई पनि आउँछ होला । गिरिजाबाबुले चाहेको अवस्थामा अहिलेनै नेपाल् गणतन्त्र घोषणा हुन सक्दछ र उहाँ गणतन्त्र नेपालको प्रथम राष्ट्रपति ! माओबादीहरुले त प्रस्ताबै गरि सकेका हुन् । वाह-वाह पनि पाइने ताली पनि पाइने ! ईतिहाँसमा नाम पनि रहने । तारिफ कल्लाई मन पर्दैन र ? तर समकालिन नेपालमा गिरिजाप्रसाद कोइराला मात्र एउटा त्यस्तो ब्यक्ति हो जसलाई आफ्नो भन्दा ज्यादा मुलुकको भविष्यको चिन्ता छ जो सस्तो लोकप्रीयता र दलीय स्वार्थबाट माथि उठेर ८५ वर्षको बृद्ध र रुग्ण शरीर लिएर अहोरात्र खटिरहेको छ । एउटा जाबो राजदुतको नियुक्तिलाई लिएर यत्रो बवण्डर मच्चाउनेहरुले अलिकति उहाँबाट शिक्षा लिनु पर्ने हो । माओबादीले अत्तो थापे जस्तो र ए मा ले हरु ले गरे जस्तो सस्ता र बिकाउ कुरा गर्ने हो भने केहि क्षणलाई लोकप्रीय बन्न त सकिएला,चुनाव पनि जितिएला तर अन्ततोगत्वा जनताको नजरमा गिरिन्छ । कहिल्यै उठ्न नसक्ने गरि । यो काँग्रेस सँस्कृति बिरुद्धको कुरा हो ।

      तर अब ज्यादा ढिला गर्न हुन्न काँग्रेसले । केन्द्रीय समितिबाट, महासमितिबाट वा परि आएमा विशेष महाधिवेशन गरेरै भए पनि गणतन्त्रको एजेण्डा पारित गरिहाल्नु पर्दछ । किनकि”सार्वभौम,प्रजातान्त्रीक,स्वतन्त्र र समृद्ध नेपाल” निर्माणको काँग्रेसको महा-अभियानमा अवरोध गर्ने प्रमुख तत्व राजतन्त्र नै हो ।

      २२ दिसेम्बर ००६ kshetriindra@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari gautam

      That is good but without taking any aganda about rajatantra that will be meaningless to them,so i request congress to make sure about rajatantra.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ganatantra

      Sumanji,
      it would be more interesting if we could see the total nos. of votes, otherwise it is not different from “kantipur poll”. I hope u understand what I’m trying to say.
      thanks

      ***************
      सुमन भनेको को हो ? मैले त चिनिनँ नि !
      कुन जवाफमा कति मत परेको छ हेर्नका लागि See Maps मा क्लिक गर्नुस्।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ** Congress Party at Crossroads **

      Why Prime Minister Koirala Could not decide the fate of monarchy in the country? Is it the lack of his leadership ability?

      We have a rich king in the poor country. The monarchy institution has no place in 21 century Nepal. If Congress party wants to survive beyond the CA election, it must take a decisive action to abolish the monarchy institution.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casey

      It was a very good of Pm. he instructed his people to move village for the promotion of his party’s policy towards consititunal voting to the public.

      It is very easy to direct his parties’s workers to move village and doesn’t have to pay, it is his big politics to expand people all over the village by taking fake responsibility of them.

      He is our pm who never takes responsibility for example, currently we are suffering from appointments of university different post. Is he has done?. last year in Nagarkot, lots of civilians died still they had not get compentation Does he take responsibility of it? likewise still lots of protestors of II andolan are lying in the bed Is he has given any compentation to them?

      So beeter to not be a “crow of fog” let’s suggest Our Prime minster to not produce new drama to the public to get sympathic vote on Consitiutinal voting>

      He is not serious in his post. He only see the future of Congress especially those his “KOIRALA FAMILY” his daughter Sujata & Rest of all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Man Iwahang

      काँग्रेसले कहिले पो वास्‍तविक नेपाली जनताको पक्षमा उभिएको छ र ? समाजवादको नाममा गरीब नेपाली जनता
      माथि राजनीति गरी कडरौं रष्‍ट्रवादी तथा प्रगतिशिलवादी जनताको भाग्‍य र भविष्‍य माथि खेलबाड गरिरहेको इतिहासले
      प्रषट्‌याउं छ । मुलुक सामन्‍तवाद, जातियसम्राज्‍वादी एवं निरङकुस अधिनायकवादबाट मुक्‍ति पाई स्‍वतन्‍त्र, सम्‍मुन्‍नत
      तथा अग्रगामि क्रान्‍तिकारी संघिय स्‍वयेततामा स्‍वर्‌णिम परिवर्‌तनको प्रसब पिडामा छटपटी रहेको यो ऐतिहासिक
      कालखण्‍डमा आएको बेला फेरी पनि नेपाली काँग्रेस त्‍यहि अफापीय हिन्‍दुअतिवादि, ब्राहमाणवादी तथा राज्‍य विखण्‍डनकारी
      कस धङधङगि गनाहउने सामन्‍तवादी राजतन्‍त्र कै मुल पिलर बन्‍ने आभास भएको छ । यसले काँग्रेस फेरी पनि
      राजतन्‍त्र जोगाउने बलियो खम्‍बाको रुप उभिएको छ । यो काम नेपाल र नेपाली जनताको लागि ऐतिहासिक घात हुनेछ
      उप्‍प्रान्‍त काँग्रेस नेपालको लागि कहिले आवस्‍यक पर्‌ने छैन यसको हालत पनि राजतन्‍त्रको जस्‍तै इतिहासमा गएर
      थन्‍किने छ ।

      संविधानसभाको चुनाब अघि राजतन्‍त्रको बिषयमा नेपाली काँग्रेसले कुनै दृष्‍टिकोण नलिई जानु भनेको जनता माथि
      अघात तथा स्‍वयम नेपाली काँग्रेस कार्‌यकर्‌ताको अपमान हो । हुनसक्‍छ संविधान निर्‌वाचन पछि कोठे राजनीतिबाट
      राजतन्‍त्र जोगाउने दाउ तर काँग्रेसको यो चाल जनतालाई राम्ररी थहा छ स्‍वभिमानि नेपाली जनताले निर्‌वाचनमा
      देखाई दिनेछन ।
      Tyaskaran Nepali Kangres le Ganatantra ma janai parchha yedi usko astiwa jogauna ko lagi bhaye pani.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arun Shrestha

      He is a leader by chance……’LATO DES KO GANDO TANNERI”……jalle je sukeai bhanos des ko hal yo hunu ma giraija swayam doshi chha…..tyaskojimmewari ta linu paryo ni. samanata ko sankriti jogaune congress pani ho…….tyasaile ma bhanchhoo nepalko rajniti ajhai anyaul ma chha

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • madan

      उमेश्जी
      आङ्रेजी सब्द् राखेर् किन बोलेको भन्दा आफु धेरै जान्ने छु भनेर देखौन ।उहा हवल्दार् हो नि थाह छैन् याहालाइ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Casanova

      काँग्रेसल्रे यी कुराहरु भन्ने,
      १.गाँउ गाँउमा प्रचारको बेला मावोबादी साथीहरुले दादागिरी गर्नेछन्, यतिसम्म कि ज्यानको पनि डर हुनेछ|हतियार पूरा container भित्र थन्क्याएको बिस्वस्त हुने छाँटकाँट छैन , अझै कति boarder पारी naxal भैयाहरुकोमा अनि नेपालमै झाडी र बँकर भित्र आपतकालिन inventory हुँदो हो| त्यसैले reporting चै detail मा गर्नु|
      २.चमेरा पार्टी UML कुन बेला कतातिर लाग्ने हो, उनीहरुसँग सबै कुरामा विश्वास गरिनहाल्नु|
      ३.ceremonial को बहानामा सबै अवसरवादी RPP candidates तथा भुत्ते मण्डले हनुमानहरुलाइ confidence मा लिई भटाभट काँग्रेसमा हुल्नु|
      ४.अन्तमा, वैदेशिय शक्तिहरुको प्रभावले भनु या जनता, मावोबादी भित्रको frustration को चुलीले, देशमा परिवर्तन आएकै हो|र यो परिवर्तनको steering बुढो हुचिलले पक्कै सम्हालेको हो|देशभित्र infamous गिरिजालाई अन्तराष्ट्रिय जगतले hero मानिसकेको छ|अब अन्तराष्ट्रिय जगतको कुरा मान्ने कि नमान्ने? भोलि उनिहरुकै भरमा देश अगि बढ्नु पर्ने स्थिति छ|नपत्याए प्रचण्ड uncle बाट confirm गर्नुहोला| प्रचण्डज्यूले नै गुरु मानेको गिरिजा हजुरबाको कुरा किन तँपाईहरुले नमान्ने?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • umesh ji ,
      kasailai bharam narahos;nepali kangres bhaneko sidhantahin habadari haru ko bhid ho , giraja ko dau bhaneko sabai nepali lai dhoka dine ho .yatika barsha ma pramidit bhai sakena ra?
      rahyo chunab ma ke ajenda lane bhanne . tyo ta yini haru le sabai bhnada ramro ajand lage pani katai gadha dhoera gai hunchha ra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jit

      काङ्रेसले जे सुकै गाह्रोस् , मलाई त मतलब नै छैन तर पनि एउटा सचेत ब्यक्तिको हैशिईतले यदि मात्र भन्छु , काङ्रेसले अहिले गणतन्त्र नारा लिए पनि संबिधान सभको चुनाव पछि सेरेमोनियल किङ को पक्षेमा उभिन सक्ने खतरा छ, पहिलो बैठाक हुनु भन्दा अगाडि नै जितेर आएको सम्सदहरुलाई राजा र काङ्रेस् मिलेर किन्नेछन् ।
      त्यसैले काङ्रेसले गणतन्त्र को नारा लिएर गए पनि , काङ्रेसको पछि नलाग्न म अनुरोध गर्दछु ।
      अनि अरु पार्टीहरुले संबिधान सभको चुनाव मा जितेर आएको सम्सदहरुलाई आफ्नो पार्टीको नियन्त्रण्मा राख्न जरुरिछ नत्र भने ज्ञाने र गिरिजले किन्नेछ होशियार ।
      जित गुरुङ , गोर्खालि हाल बेल्जियम

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Deepak Jadit

      कहाँ छ उमेश जी कोईराला संग त्यत्रो बुद्धि? बुद्धिनै नभएको पनि होइन है फेरी तर यस्तो बुद्धि छ कि त्यस्ले देश र जनतालाई सधैं पछाडी नै छोडीराख्छ । गाउँ जांदा के लिएर जाने भनेर यदि कार्यकर्ताले सोधेका भए गिरिजाले भन्ने थिए – “तपाईंहरुलाई गाउँ जानलाई के चाहिन्छ? मैले जानुहोस भने पछि जानुहोस न खुरुक्क । हैन केहि लिएरै जान्छौं भन्नुहुन्छ भने देखि हुम!!!!!! रुख बोकेर जानुहोस रुख । त्यही रुख हो हाम्रो र जनताको बिचको सम्बन्ध , त्यही रुख हो हाम्रो परिचय । “

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • what’s wrong jee U still in confuse NC Girija and Deauba follownig King.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • TAS GRG / WAR ZONE-very danger.

      hey! you are the man … good logic… Pm should realize that is how he became a Prime minister. Yeah! He has got the right to lead his party but now he is not supposed to give such a direction where violence may take place …he should make the good environment for all the nepalese peoople for the pease NEPAL. I don’t know what the hell is going on with him??? Alternatively, is he thinking that being a Prime minister “I am powerful” and is he trying to use to the power?? Hey! PM beware!! Try to maintain your position and respect the feelings of Nepalese people – or else they may kick you out.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      All these parties [Panches, NC etc..]are SERVANTS OF OLD REGIME “MONARCHY”.

      These parties do not believe in people’s power.

      They want to be protected by the GUN of OLD REGIME as being servants of OLD REGIME.

      NC can do NOTHING against MONARCH! NC does not even think to disarm rNA & PALACE who have been working against people for years & years!!!

      NC want to occupy the political platform of country which can be safeguarded by guns of rNA of OLD REGIME.

      THIS IS WHY ALL THESE DRAMAS ARE ONGOING!!!

      Hence, NC [Along with Moriarty Co., Ltd] want to work together with rNA & PALACE to disarm poeple’s guns!!!

      AT THE END OF THE DAY, THE PEOPLE’S GUN WILL DEFEAT THE PALACE’S GUNS!!!

      LET’S WAIT & SEE!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hello, I already menson myview from your bolg. NC Girija will follow king, without king they haven’t seen their long future in nepal.Most important thing is Girija is totally forgoten his speech at Nayabaneshower and trying to go againest with peoples mendate. Please God give good mind to Girija to respect Janaandolan-2.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BN

      This is understood that NC could not support monarcy any more but GP Koirala has been hesitating to say this because of balance of power or in other word he is afraid to beat the cat in locked room. Koirala is still afraid with King Gyandra and his possible coup. There is no way to NC without republic. I think it is Koirala’s immatuare politics.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kanjan

      good analysis keep it up!!!! :-)
      yedi teso ho bhane ta nepali janatalai dhoka matra ho aru kehi hoina, its due to girija that now nepali congress will have to struggle for existance.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yes Boss

      मेरो बिचारमा नेपाली कांग्रेस अव गणतन्त्रमा जान पर्छ । यसो भयो भने मात्र नेपाली कांग्रेसको अस्थित्व रहन्छ । अन्यथा नेपाली कांग्रेस पनि इतिहासमा मात्रै सिमित रहनेछ । यो त अति जरुरी हो नेपाली कांग्रेसका लागि ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ABC

      Girija ta pasta 6 ni raja rakhnema. Tar hosiyar netaharu …JANANDOLAN -2 LE K BHANCHHA ?

      abc

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    eXTReMe Tracker